२०८३ असार १३ शनिबार

नेबिसंघ पीएन क़्याम्पस पोखराको मुल इकाई कमिटीको सभापतिमा गौरव बराल ।

पोखरा-१, बग़रमा अवस्थित देशकै ठुलो शैक्षिक थलो पृथ्वी नारायण क़्याम्पस नेपाल बिधार्थि संघले गत बुधबार बृहत विद्यार्थी भेला आयोजना गरेर नयाँ कार्यसमिति निर्माण गरेको छ । यस संगै बर्षौ देखि अपुर्ण रहेको कार्यसमितिले अहिले आएर पुर्णता पाएको जनाइएको छ।

बृहत् बिधार्थि भेलाले कास्की ज़िल्लाका नेता एवं पृथ्वी नारायण क्यामपसमा अध्यनरत युवा एवं बिधार्थिहरू माझ सक्रिय राजनीति गरिरहेका गौरव बराललाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।

उक्त बिधार्थि भेलाले शौरभ चापागाई (शोभाखर) र सरु पौडेललाई उपसभापतिमा चयन गरेको छ भने क़्यामपस कमिटीको सचिवमा राज आचार्य, सहसचिवमा महोमद अलि, कोषाध्यक्षमा सुजी मगर (गुरुङ) र प्रजातान्त्रिक अध्यन बिभागमा स्वरुप बन्झाडे चयन भएका छन ।

बिधार्थि भेलाले १७३ जना सदस्य रहने गरी पृथ्वी नारायण क़्यामपस नेपाल बिध्यार्थी संघको मुल इकाई कमिटी गठन गरेको छ ।

नव निर्वाचित कमिटीका सभापति गौरव बरालले नेपाल बिधार्थि संघ केवल नेपाली कांग्रेसको बिधार्थि संगठन मात्र नभई सिंगो क़्यामपसमा रहेका हज़ारौ बिधार्थिहरुको सारथी र सहयात्री रहेको बताए साथै पढ़ाई संग्गै राजनैतिक चेतको समेत बिकास र परिमार्जन तवरले लाग्नु पर्नेमा जोड़ दिए ।

भेलामा क़रीब २०० बिधार्थि सहित कास्की ज़िल्लाका नेता साथै शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो । कमिटीले अबको कहि महीना भित्रै बिभिन्न बिभाग़ हरु गठन गर्ने गरी लागी पर्ने र हरेक संकाय अनी कक्षा कमिटि समेत गठन गर्ने र आम बिधार्थिको मनोभावना बुझने अनी सुनवाई हुने गरी लाग्ने कमिटीका नव निर्वाचित सचिव राज आचार्यले हामिलाइ बताए ।

भेलामा आफ़नो मन्तव्य राखदै उप-सभापति शोभाखरले नेविसंघ गुट उपगुट ले थिलोथिलो परेको अवस्थामा हरेक क़्यामपसहरूमा नया कमिटी गठन गरी ज़िल्ला भरिमा नमूना बिधार्थि संघ बंनुपर्ने बताए साथै अर्का उप- सभापति सरुले अब हरेक महिला हरू समेत देशको राजनीतिको मुल प्रवाहमा जोड़िनु पर्ने बताए र यसरी नै आफ़नो हक़ अधिकारको निम्ति लडन र लाग्न तयार रहनुपर्ने बताए ।

आर्थिक अनी सामाजिक रूपांतरणको निम्ति नव निर्वाचित नेबिसंघ कमिटीले अब नयापन अनी बिस्वासिलो तवरले काम गर्ने प्रतिवद्दता जनाए ।

कार्यक्रममा उपस्थिति सम्पूर्णलाई सभापति गौरव बराले धन्यवाद व्यक्त गर्दै पार्टी भंदा माथी बिधार्थि हो भनेर काम गर्न सबैलाइ शुभकामना संगै सहयात्राको निम्ति तत्पर रहन आग्रह गरे ।

नेपाली युवाहरू द्वारा सिड्नी कोग्राह स्थित रोयल दरबार नामक नेपाली रेस्टूरेण्ट संचालनमा आऊदै ।

अस्ट्रेलियाको सिड्नी स्थित कोग्राहमा नेपाली युवाहरु, पोखराका प्रकाश सुबेदी र काठमाँड़ौका सागर जंग बहादुर राणाद्वारा अब छिटै नै बिशुद्ध रोयल दरबार रेस्ट्रो संचालनमा ल्याउने भएका छन । यति बेला सिड्नी कोरोनाको प्रकोपको कारण लकड़ाऊनको अवस्थामा छ र लकड़ाऊन पस्चात रेस्टुरेण्टलाई बिधिवत रुपमा संचालनमा ल्याउने भएको छन।

अस्ट्रेलियामा अझ बिशेस गरी २०१६ को जनगणना अनुसार न्यु साउथ वेल्स राज्यमा मात्र ३६,२०० नेपालीहरू रहेको तथ्यांकले बताएको छ र यो संख्या त्यसै पनी बढ़दो अवस्थामा छ भने राज्य भित्रको सिड्नीमा नेपालीहरुको चाप झन बढ़दो रहेको हुनाले नेपालीहरूको माग़लाइ वास्ता गर्दै रेस्टुरेण्ट संचालनमा ल्याउन लागीएको र नेपाल कै स्वाद अनी उस्तै उस्तै वातावरणमा रमाउन मिल्ने गरी बिदेशी भुमीमा दुःख, मेहेनत र परिश्रम संगै कहिलेकाही बाहिर साथीभाई, पारिवारिक घूमघाम गरी रमाऊन मिल्ने गरी तयार गरीएको संचालक प्रकाश सूबेदिले बताए र हामिले यही व्यवसाय नै किन रोज्नु भयों भनेर सुबेदीलाई प्रश्न गर्दा उनले यो व्यवसायबाट बिदेशमा रोज़गारीको सृजना पनी गर्न सकिने र स्वादमा पनी हामी संसारको जून सुकै कुनामा रहेपनी नेपाली हो भन्ने भान गराउनु हामी युवाहरूको कर्तव्य हो भन्ने कुरा बताए । सुबेदी पोखरा देखी नै समजासेवा संगै युवा व्यवसायी समेत हुन । उनी आफूले सकेको आर्थिक सहयोग, सहयोग अभियानमा गर्ने गरेका छन । बोलिमा मिज़ासिलो अनी प्रखर वक्ताका रुपमा युवाहरू माझ लोकप्रिय छन ।

क़रीब डेढ़ करोड़ रुपैया लगानीमा संचालन गर्न लागीएको रेस्टुरेण्टमा झंडै ६० जना एकैपटक बसेर खान मिल्ने गरी सीट तयार गरीएको र क़रीब २० जनालाइ सुरूवातमा रोज़गारी समेत दिन सकिने अर्का संचालक सागार जंग बहादुर राणाले बताए । उनले पनी बिदेशमा रहेको नेपाली र नेपालको पहिचान नै खाना र स्वाद अनी संस्कृति, धर्म र भेसभुसा रहेको बताउछन ।

बिशुद्ध नेपाली परिकारहरू लिएर आऊने जमर्कोमा लागिरहेको यो टीम झट्ट हेर्दा नाम समेत पुरानो शैलीको हुदा आकर्सणको केंद्रबिन्दु बन्ने सक़्ने कुरा रहेको एक कोग्राह स्थित बसोबास गर्ने होम बहादुर नेपाली बताउछन । रोयल दरवार नामक रहेको रेस्टुरेण्ट दरबार शैलीमा देखिने गरी आन्तरिक व्यवस्थापनमा निमार्ण अगाड़ी बढ़ाइएको देखीएको छ ।

यसले के पनी देखाउछ भने हरेक युवाहरु व्यापार व्यवसायमा लागीरहदा उनिहरुको समाज प्रतिको उत्तरदायित्व अनी उदाहरणीको पात्र समेत बंनु पर्ने सिकाउद छ ।

राजि छौ त मेरो घरको बुहारि बन्नलाइ!!! लेखक:बिमल सुबेदि(GOLDEN 🐝)

✍️✍️✍️
मलाई सधै तिमिसङ्गै हुन मन छ
हास्दा अनि रुदा सङ्गै रुन मन छ

अबको भेट हाम्रो विशेष बनाउन💑
म बसेको त्यो तिम्रो मन छुन मन छ

झ्याल ढोका बन्द गरि कोठा भित्रै हुन मन छ
तिम्रो खुशीको लागि आज म टाढा हुन मन छ

फर्किएन उडेको मन साँझ परि सक्दा पनि
घर जम गरेर तिमी सङ्गै रमाउने मन छ !

तिमी मेरै हौ अनि म तिम्रै हुन मन छ ।
तिमी सङ्गै सपनाका सिखर छुन मन छ ।।

एक पाङ्ग्रो तिमी अनि अर्को म भएर ।
जिवनको रथ हाम्रो हुइकाउँन मन छ ।।

मन त छ नि सङ्ग सङगै हात समाइ हिड्न
सुख छैन म सङ्ग दु:ख नि दिन्न म

पार्दिन म कहिलै तिमिलाइ रुन लाइ
राजि छौ त हाम्रो घरको बुहारि हुन लाइ

सामाजिक संजालमा भाईरल सुभाषले आफ्नो मृत्यु दर्ता खारेज गरी पाए नागरिकता ।

जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका हुन् ।

२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी २०७२ साउन ६ गते मृत्यु दर्ता गरेका थिए । तर दुर्घटनाको एक वर्षपछि उनी जीवितै घर फर्किए ।

तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । ‘राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको छ,’ प्रजिअ निरौलाले भने ।

सुभाषको भनेर अन्त्येष्टि गरिएको शव अर्कैको

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष २०७२ साल असार २५ गते दुर्घटनामा परेका थिए । दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल आयो । परिवारले धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गरे ।

तर पछि उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भयो । उनी कार्यरत कम्पनीको लापरबाहीका तेजेन्द्रको शवलाई सुभाषको भनेर नेपाल पठाइएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किएका थिए ।

उनले आफ्नै मृत्यु दर्ता खारेजीका लागि प्रक्रिया थालेका थिए । ‘पाँच वर्षसम्म सरकारी निकायमा धाएर बिहीबार बल्ल नागरिकता पाएँ,’ सुभाषले भने ।

भोजपुरको (साविक कुदाककाउले गाविस–९) हालको षडानन्द नगरपालिका–२ का उनी भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । सुभाषको मृत्यु दर्ता भोजपुरमै गरिएको थियो ।

भोजपुरबाट जारी भएको नागरिकता नम्बर नै कायम रहने गरी मोरङबाट प्रतिलिपी उपलब्ध गराइएको प्रजिअ निरौलाले जानकारी दिए ।

मृत्यु दर्ता हुँदा लामो समयदेखि अनावश्यक दुःख पाउनु परेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुनः विदेश जाने सोच बनाएको बताए । बेलबारी बस्दै आएका उनले केही समय सिटी सफारी सञ्चालन गरेका थिए । उनका दुई छोराछोरी र श्रीमती छन् ।

रेमिट्यान्स रकम नेपाली बैंकमा राखे थप एक प्रतिशत ब्याज l

२९ साउन, काठमाडौं । विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने बताएका छन् ।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ’ मौद्रिक नीतिमा भनिएको छ ।

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन विद्युतीय माध्यममार्फत् गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

गत आर्थिक वर्षमा कोभिड–१९ महामारीबीच पनि निर्यात र विप्रेषण आप्रवाह सन्तोषजनक रहेको राष्ट्र बैंकले बताएको छ । तर पछिल्लो समय आयात वृद्धिमा तीव्रता आउन थालेको र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दवाव पर्न सक्ने सम्भावना रहेको राष्ट्र बैंकको विश्लेषण छ ।

मौद्रिक नीतिले गरेको यो व्यवस्थाले बैंक तथा वित्तयि संस्थामा लगानी योग्य रकम बढ्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ११ महिनामा ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ ।

कोरोना महामारीमा वैदेशिक रोजगारी ठप्प हुँदा समेत रेमिट्यान्स भने सन्तोषजनक नै रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना प्रभावित निजी क्षेत्रराई राहतलाई प्राथमिकतामा राखी राष्ट्र शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो । कोरोना महामारी पछिको अर्थतन्त्र पुनरोत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘बजेटमा स्टार्ट अपलाई २५ लाख सम्मको कर्जा दिइने भनिएको थियो, तर त्यो विषय कार्यान्वयनमा प्रष्ट कुरा आएन’ नेपाल उद्योग वाणिज्य महासंघका गोल्छाले भने, ‘७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिनेछ भन्नुको अर्थ बाह्य क्षेत्रमा चाप पर्ने देखिएको छ ।’ समग्रमा मौद्रिक नीति धेरै सकारात्मक रहेको ।

दैलेखका प्रेम शाहीद्वारा एक तामाङ बालिकाको उच्च शिक्षाको लागी अस्ट्रेलियामा आर्थिक सहयोग संकलन गर्दै ।

दैलेख ज़िल्ला स्थाई घर भई हाल अस्ट्रेलियाको ब्रिसबेनमा रहदै आएका युवा समाजसेवी प्रेम शाही ठकुरी यति बेला धादिंङ ज़िल्ला खनियाबास गाउपालिका-कुरी, ३, की स्वस्तिका तामाङको लागी आगामी उच्च शिक्षाका लागी आर्थिक सहयोग जुटाउनका निम्ति लागेका छन ।
स्वस्तिका तामाङ जो सधै कक्षा १ देखी १० सम्म सधै कक्षामा प्रथम स्थान हासिल गर्दै आइन र अहिले गत एसईइको परीक्षामा समेत उनी आफ़नो धादिङ खनियाबास गाउपालिका, कुरी-३, स्थित ब्रिचेत मावि बाट प्रथम स्थान हासिल गर्न सफल रहिन । उनी सानै देखी पढ़ाईमा अब्बल अनी तिखो दिमाग़की रहेकि छिन ।
उनको अभिभावकको रुपमा रहेका उनको बुवा केही वर्स पहिले नै स्वर्गबास र उनकी आमा पनी क्षय रोगबाट गुज़्रेको कारण काम गर्न सक्ने अवस्थामा छैनन त्यसैले स्वस्तिकाको भविस्यको बारेमा यति बेला देश तथा बिदेशमा उनी बारे चांसों एवं चिन्ता व्यक्त गरीएको छ ।
आर्थिक अवस्था मजबुत नभएकै कारण उनको त्यो क्षमता अनी आगामी शैक्षिक यात्राको बारेमा के गर्ने र गरीबको कोखमा जन्म लीइ अब मैले सक्ने अवस्था त छैन तर नानुको यो क्षमता देख्दा कोही सहयोगी भए उनको भविस्य राम्रो हुने थियो र अब के गर्ने भन्ने बिसयमा आफू निकै दोधारमा रहेको उनकी आमाले बताईन ।
यसै बीच अभियान कै क्रममा काठमाँड़ौ गोंगबु स्थित, बी एस टी कलेजका प्राचार्य देबेंद्र हड़खले र उनकी श्रीमती कमला रिजालद्वारा स्वस्तिकाको उच्च शिक्षाका लागी कलेजको मासिक शुल्क, ल्याब शुल्क नलाग्ने गरी अध्यनमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन । त्यस बाहेक लाग्ने खर्च ड्रेस, कापीकिताब, होस्टेल शुल्क, यातायात गरी दुई वर्सका लागी आवश्यक रक़म जम्मा गर्नुपर्ने अवस्था रहेकै कारण अभियान संचालन गरीएको छ प्रेम र पंच बहादुरले बताए ।
यसै आर्थिक सहयोगको अभियानमा प्रेमले अस्ट्रेलियामा रहेका सबै नेपाली माझ हारगुहार गरेका छन उनी भंछन “हिजो हामी पनी दूर दराज़मा रहेका थियौ न कोही-केही सहयोग पाउथ्यौ त्यों स्थान बाट आएका हौ, मलाई थाहा छ आर्थिक अवस्थाका कारण आफ़नो उच्च शिक्षा अगाड़ी बढ़ाऊन नपाउदाको पीड़ा अनी बाध्यात्मक परिस्थितिले बाधिदाको समय कस्तो हूँछ भन्ने” र सबै माझ सहयोगको लागी अपिल समेत गरेका छन ।
धादिंङ ज़िल्ला घर भई हाल काठमाँड़ौ अमृत साइंस क़याम्पसमा अध्यनरत पंच बहादुर तामाँगले यो अभियान नेपाल बाट सुरूवात गरेका हुन र नेपालमा समेत आर्थिक रक़म संकलन भईरहेको छ ।
प्रेम शाही समाजसेवी एवं युवा राजनीतिज्ञ समेत हुन ।

इच्छुक सहयोगीहरूको निम्ति, सहयोगको लागी:-
नेपालको लागी:-
बैंक खाता नम्बर: ०३७०१२२४१३५०००१८
बैंक: प्रभु बैंक
खातावालाको नाम: पंच बहादुर तामाङ

अस्ट्रेलियाको लागी:-
Prem Prakash Shahi
BSB: 064032
A/c: 10133369

आज नाग पञ्चमी, किन पूजिंछ नाग, इतिहास र मन्त्र सहित ।

श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ ।यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने गरिन्छ।

किन पुजिन्छ नाग

एक प्रख्यात किंवदन्ती अनुसार एक किसानले आफ्नो खेत खनिरहेका बेला भेट्टाएका नागका तीन वटा बच्चा मारिदिए । त्यसबाट क्रोधित भएकी नागिनीले किसानलाई तत्कालै मारीदिइन् । त्यति गर्दा पनि रीस नमरेपछि उनले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन् ।किसानकी छोरी घरबाहिर रहेकीले बाँच्न सफल भइन् ।

किसानकी छोरीले जब सबै कुरा थाहाँ पाइन् तब उनले अनेक प्रकारले याचना गर्दै नागिनीको पूजा गर्न थालिन । शुद्ध मनले पूजा गर्दै उनले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले उनको जीवन दाङ दिनुको साथै एउटा वर दिने पनि बचन दिइन् । मौका मिल्नासाथ किसानकी छोरीले आफ्ना मातापिता र भाइको जीवन मागिन् । नागिनीले तथास्तु भनी किसानको परिवारलाई आजकै दिन बचाइदिइन् । यसरी आफ्नै सन्तान मार्नेलाई समेत जीवनदान दिन सक्ने दयालू नागलाई सम्मान गर्दै श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन नागपूजा गरी घरमा टाँस्ने चलन चलेको हो ।

त्यस्तै अर्को भनाइ अनुसार एकपटक गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्ष सम्म तपस्या गरे । उनले यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएर ल्याइयो । आफ्ना गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ ।

वराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले शुक्लपञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ ।

नागपूजाको विधि

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।
नाग पञ्चमीमा व्रतको विधि

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार(ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ ।

यस्तो छ नागस्तोत्र

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।

इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।

कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।

इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।

नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।

सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।

नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।

मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।

प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।

सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।

ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।

समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।

रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।

नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

सबैमा ख़ुशीको ख़बर, कोरोना बाट बच्न यी खानेकुरा खानुस।

✍️✍️✍️
चीनबाट उत्पन्न भई संसारभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न अनेक उपायको खोजी भइरहेको छ । यो भाइरसको संक्रमण बिश्वभर फैलिएपछि बच्ने उपायको खोजीमा बैज्ञानिकहरु लागेका छन । नेपालमा पनि अहिलेसम्म एक जनामा देखिएको संक्रमण निको भइसकेको छ । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण बढिरहेको छ ।

यस्तोमा चिकित्सकहरुले खानेकुरा के खाने, के नखाने ? भन्ने बारेमा विभिन्न सल्लाह सुझाव दिएका छन् । चिकित्सकका अनुसार कोरोनाको महामारीबाट बच्नका लागि आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँदै जानुपर्छ । जस्को लागि यी खानेकुरा लिन चिकित्सकको सुझाव छ । चिनियाँ वैज्ञानिकहरुको अनुसन्धानमा कोरोना भाइरसको संक्रमण वृद्धवृद्धामा भएमा मृत्युदर धेरै हुन्छ । बुढाबुढी, बालबालिका र शारीरिकरुपमा कमजोर भएकाहरुलाई यो रोगको संक्रमण छिटो हुन्छ र मृत्युदर पनि बढी नै हुन्छ । त्यसैले यसबाट बच्न एन्टीभाइरल फूडको सेवन गर्नुपर्छ । जसले हाम्रो रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र भाइरसको संक्रमण रोक्न सुरक्षा प्रदान गर्छ ।

१. नरिवलको तेल

चिकित्सकहरुले घरमा खाना बनाउने समयमा अन्य रिफाइण्ड भन्दा पनि नरिवलको तेलको प्रयोग गर्न सल्लाह दिएका छन । यसमा लान्रिक एसिड र क्याप्रिलिक एसिड पाइन्छ । जसले हाम्रो इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।

२. भिटामिन सी

एण्टीअक्सिडेन्टले भरिपूर्ण भिटामिन सीले पनि इम्युन सिस्टमलाई बलियो बनाएर भाइरसबाट बचाउँछ । त्यसैले आफ्नो दैनिक खानेकुरामा अमला, सिमलामिर्च, सुन्तला, अम्बा, मेवा, किवी, भुटुकलगायतका फलफूल खानुपर्छ । जस्ले कोरोना भाइरससँग लडन सक्छ ।

३. अमिलो फलफूल

अंगुर, काफल, किम्बु, ऐँसेलु, स्टबेरी, डार्क चकलेटलगायतका खानेकुराले पनि भाइरसबाट बचाउँछन् । यी फलफूलले परावैजनी किरण र फङ्गल इन्फेक्सन मात्र होइन, विभिन्न प्रकारका भाइरसबाट हाम्रो शरीरलाई सुरक्षा दिन्छन ।

४. स्टार सौफ

स्टार सौँफलाई पनि एन्टीभाइरल खानेकुरामा लिने गरिन्छ । तर नेपाल जस्ता देशमा यो सजिलै फाउन मुस्किल पर्छ । यसमा सिकिमक एसिड पाइन्छ । जसले भाइरल इन्फुएलन्जालगायतका भाइरसलाईसमेत नियन्त्रण गर्छ ।

५. अदुवा

अदुवा पनि एन्टीभाइरल खानेकुरा हो । यसलाई नेपालमा सजिलै पाउन सकिन्छ । त्यसैले खानेकुरा र पिउनेकुरामा यसको प्रयोग गर्नुस् । दिनमा तीन चार पटक अदुवाको सेवनले इम्युन सिस्टम बलियो हुन्छ ।

६. तुलसी

गाउँघरमा सजिलै पाउने तुलसीको प्रयोग पनि एन्टीभाइरलको रुपमा गरिन्छ । यसमा म्युनिटी पावर बढाउने तत्व धेरै हुन्छ । त्यसैले बिहान एक चच्चा तुलसीको धुलो लिँदा इम्युनिटी सिस्टम राम्रो हुन्छ । त्यसैले यसलाई रोगप्रतिरोधात्मक बुटीकारुपमा पनि लिने गरिन्छ ।

७. लसुन

लसुनलाई पनि एन्टीभाइरल खानेकुरा मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व भरपूर मात्रामा पाइन्छ । दैनिक एक चम्चा लसुनको पेष्ट सेवनले रोगबाट बचाउन सहयोग गर्छ ।

८. कागती

कागतीमा पनि भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसमा पाइने एन्टीअक्सिडेन्टले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्छ ।

९. ग्रिन टी

ग्रिन टीमा पनि एन्टीअक्सिटेन्ट तत्व पाइन्छ । यसको सेवनले एन्टीभाइरलको काम गर्छ । त्यसैले खाना आसपासको समयमा ग्री(नटीको प्रयोग गर्नुपर्छ । यो खाली पेटमा भने खानु हुँदैन । एजेन्सीको सहयोग

एमसीसी पास गर्न गृहकार्य गरौ: सभामुख अग्नि सापकोटा ।

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न चाहेको खुलासा भएको छ । एमसीसी पास गर्नका लागि सर्वदलिय सहमतिका लागि भित्रभित्र लभिङ गरिरहेको खुलासा भएको हो ।
सापकोटाले आफ्नै कार्यकक्षमा पत्रकाररुसँग कुरा गर्दै यो परियोजनामा सर्वदलिय सहमति होस् भन्ने चाहेको कुरा बताएका थिए । यसको मतलव उनी संसदबाट एमसीसी पास होस् भन्ने चाहेका छन् ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको घोषणा गरेका हुन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उनले भने ।
यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।
उनले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको पनि पत्रकारलाई सुनाए । अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ ।

सरकारले दिने अनुदानको जस्तापाता लिन कांग्रेस कार्यकर्ता बन्नुपर्ने !

सुर्खेत । सुर्खेतको चिंगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिले सरकारले अनुदानमा दिएको जस्तापातामा व्यापक अनियमिता गरेको गुनासो आएको छ ।

गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष बुदे खत्रीले आफन्त, कार्यकर्ता र पहुँचवालालाई अनुदान उपलब्ध गराएको पाइएको हो । गरीव, दलित र अपांगता भएकालाई उपेक्षा गरेको आरोप उनलाई लागेको छ । उनी नेपाली कांग्रेसबाट चुनाव जितेर वडाध्यक्ष भएका हुन् ।

‘खरले छाएको घरलाई जस्तापातामा रुपान्तरण गर्ने सरकारको योजना भए पनि गाउँमा चर्को राजनीति गरिएको छ,’ चिंगाड–२ का एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कांग्रेस भएको खण्डमा गोठका लागि पनि रकम दिने गरी नाम पठाइएको छ । आसेपासे र कार्यकर्ताहरुका लागि बजेट आएजस्तो गरेर वडाअध्यक्षले मनपरि रुपमा नाम छनोट गरेका छन् ।’

केन्द्र सरकारकाे शहरी विकास मन्त्रालयले प्रदेशमा सुरु गरेको कार्यक्रम हो– सुरक्षित आवास । यो कार्यक्रमअन्तर्गत खरले छाएको घरमा जस्तापाता खरिदका लागि ५० हजार रुपैयाँ दिने प्रावधान छ ।

चिंगाड–२ का अपांगता भएका सुरबहादुर खत्रीले चुहिने खरको छानोबाट जस्तापाताको आशा गरेका थिए । उनले वडाध्यक्षलाई भेटेरै भन्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

‘सरकारले पचास हजार रुपैयाँ दिने भन्ने खबर सुनेको थिएँ, तर मेरो नाम नै वडाले राखिदिएन,’ सूरबहादुरले पहुँच नहुनाले गरिबले झनै दुख पाउनुपरेको गुनासो गरे ।

सोही गाउँकी तिलसरा खड्का पनि आफ्नो घर जीर्ण भएपछि अर्काको घरमा बस्दै आएकी थिइन् । जस्ता पाए आफ्नै घरमा सर्ने योजनामा रहेकी उनी पनि निराश छिन् । ‘घरमा पानी चुहिन थालेपछि अर्काको घरमा शरण लिएका छौं । तर वडाले पहुँचवालाको गोठ बनाउनका लागि पैसा दिन थालेको छ रे,’ उनने भनिन् ।

सोही वडाकी सिउकली खत्रीले अहिले नै दुईवटा घर छ । निर्माणाधीन तेस्रो घरका लागि सुरक्षित आवासले दिने ५० हजार पाउन उनले बैंकमा खाता खोलेकी छन् । वडाध्यक्ष निकटका वीरे राना, चन्द्रबहादुर नेपाली, चक्रबहादुर राना, कालो खड्कालगायतले जस्तापाताको अनुदान लिइसकेका छन् । जवकि उनीहरुको पहिलेदेखि नै जस्ताले छाएको घर छ ।

लालबहादुर खत्री, तिलक प्रसाद उपाध्याय, शिवप्रसाद उपाध्याय, चैते रोकाया, पूर्णबहादुर खत्रीलगायत खरको छानो भएकाहरुको भने नाम नै पठाइएको छैन । वडामा यो आयोजनाले ६२ वटा घरको छानो फेर्ने तयारी गरेको छ । सबैले बैंकमा खाता खोलिसकेका छन् भने केहि दिनमा नै उनीहरुको खातामा रकम जम्मा हुने प्रक्रियामा रहेको छ ।

यसबारेमा कुरा गर्न खोज्दा वडा अध्यक्ष बुदे खत्रीसँग सम्पर्क हुन सकेन । चिंगाड गाउँपालिकामा यो कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

शहरी संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका इन्जिनियर रामकृष्ण आचार्यले पालिकाले नै मूल्यांकन गरी पठाउने गरेको बताए । ‘हामी त्यहाँ जाँदैनौं, सम्बन्धित पालिकाले नै मूल्यांकन गरेर पठाउने हो,’ उनी भन्छन्, ‘खरका छानामुक्त बनाउने हाम्रो कार्यक्रम हो । प्राथमिकता अनुसार सबैका छाना बदलिन्छन् ।’

उनले जस्तापाताले घर छाएका व्यक्तिहरुले नपाउने बताउँदै त्यस्तो भएको खण्डमा उजुरी दिन सकिने बताए । ‘उहाँहरुले पालिकामा उजुरी दिन सक्नुहुन्छ । उजुरी दिएको खण्डमा जस्तापाता भएकाहरुले उक्त अनुदान पाउँदैनन्,’ उनी भन्छन्, ‘खरको छाना हटाउने काम मात्रै हो । यसमा धनी र गरिब भन्ने कुरा हुँदैन । जसको खरको छानो छ उसले यो अनुदान पाउँछ ।’

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय