१० बुँदे सहमति सहित मिल्यो एमाले
१० बुँदे सहमति सहित मिल्यो एमाले
काठमाडौँ-
नेकपा एमालेका समस्या समाधान गरेर एकताबद्ध हुने निर्णय कार्यदल बैठकले गरेको छ।
तेह्र घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले भने- ‘एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको छ।’ कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको हो।
नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्।
एमालेका सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई सुनाए।
दस बुँदे प्रस्तावमा एकता कमजोर भएको उल्लेख गर्दै यस्तो स्थितिको अन्त्य गर्न एकताको रक्षा र विकास र सुदृढीकरणका लागि निर्णय गरिएको उल्लेख छ।
कटुतापूर्ण अन्तरविरोधलाई विधिसम्मत अन्त्य गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरुलाई राखी अन्यलाई पुरानै अवस्थामा राख्ने सहमति पनि कार्यदलबीच भएको छ। सदस्यता नवीकरणलगायत महाधिवेशनका लागि कार्यदल गठन गरिने सहमति पनि भएको छ। कार्यदलको सिफारिस कार्यान्वयनका लागि स्थायी समिति बैठक बस्ने सहमति पनि भएको छ।
विवाद समाधान कार्यदलको बैठक आइतबार १३ घन्टामा बल्ल सकिएको हो। बिहान ९ बजे सुरु भएको बैठक राति सवा दस बजे सकिएको हो।
दिनभरि बसेको बैठकका क्रममा घनश्याम भुसाल, बिष्णु पौडेल, रघुजी पन्तलगायतका नेता बीचमै बाहिरिँदै बैठकस्थलमा फर्केका थिए। नेपाल पक्षका नेता भुसालले बैठकका बीचबाट बाहिरिएर बानेश्वर पुगी नेता नेपाललाई बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए।
बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो।
१० महिनापछि सिड्नीमा कोरोनाले ५० जना अस्पताल भर्ना, एक जनाको मृत्यु l
२७ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नीलगायत ठूलो इलाकामा कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप कडा गरिएको छ ।
सिड्नीमा संक्रमण बढ्दै गर्दा शनिबार साँझसम्म एक जनाको मृत्यु भएको छ र दर्जनौलाई सघन उपचारमा भर्ना गरिएको स्वास्थ अधिकारीहरुले बताएका छन् । सिड्नीमा ९० को दशकमा रहेकी एक महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो ।
झन्डै पाँच हजार जनामा परीक्षण गरिएकोमा शनिबार साँझसम्म ७७ जनामा कोभिड-१० को संक्रमण पुष्टि भएको छ भने आइतबार साँझसम्म १०० जना पुग्ने अनुमान स्वास्थ अधिकारीले गरेका छन् ।
यो क्रम बढ्दै गएमा एक साता थपिएको लकडाउन अन्त्य हुनेमा आशंका छ र सरकारले त्यसभन्दा अगाडि नै कसरी यो समस्याको सामना गर्ने भन्ने विषयमा बहस शुरु भएको छ ।
यहाँको निति निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वविद्यालयका प्रोफेसरहरुले यो विन्टरलाई लकडाउन विन्टर बनाउनु पर्ने सुझाव दिइरहेका छन् । पटक -पटक लकडाउन थप गरेर जनतालाई निराश र अलमल गर्नुभन्दा लामो लकडाउन घोषणा गर्नु उचित हुने धारणा उनीहरुको छ ।
युनिभर्सिटी अफ न्यु साउथ वेल्स (युएनएसड्ब्लु)का सहायक प्रोफेसर तथा रणनीतिक स्वास्थ्य परामर्शदाता बिल बोमेनले चौथो चरणको लकडाउनको सुझाव दिएका छन्,जसमा अत्यावश्यक नभउका बजार बन्ददेखि पाँच किलोमिटर यात्रा सीमित गर्नेसम्मका निर्णयहरु पर्दछन् ।
प्रहरीले लकडाउन उल्लंघनकर्ता १०० भन्दा बढीलाई शनिबार जरिमाना गरेको छ । तीमध्ये म्यारिक्भिल इलाकामा एक्कै घरमा जम्मा भएर तास खेलिरहेका १५ जना र अबन इलाका जन्मदिन मनाइरहेका १० जना पनि थिए ।
ती इलाकामा नेपालीको बस्ती बाक्लो छ । रक्डेलमा भएको एक नेपाली व्यवसायले अघिल्लो साता नै पाँच हजार डलर जरिमाना तिर्नु परेको खबर प्रकाशित भएको थियो ।
सरकारले ‘घरै बसौ’ भन्ने आदेश जारी गरेको छ, जसमा अत्यावश्यक सामान खरीद गर्न एक घरबाट एक दिनमा एक जना मात्रै बजारमा निस्कन पाउने जानकारी गराएको छ । घरमा कोही पनि आगन्तुक नबोलाउन र समस्या भएमा सरकारसँग सहयोग माग्नु भएको छ ।
आफू बसेको स्थानीय सरकारी इलाकाभन्दा १० किलोमिटर बाहिर घुमफिरमा ननिस्कन र एउटै कारमा एकै घरका बाहेक कसैलाई नबोक्न पनि आदेश जारी गरिएको छ ।
लकडाउनका कारण घरबाट निस्कन नपाउँदा काम गुमाउनुका साथै अन्य कुनै समस्यामा परेको खण्डमा सरकारले सहयोग गर्ने विश्वास दिलाएको छ ।
”अहिले सुपरमार्केटहरु संक्रमणको केन्द्र भएकाले एक घरबाट दैनिक चाहिने कुरा किन्न एक जना मात्रै जाऔं र बाहिर निस्कँदा सधैं मास्क लगाऔं,” सरकारी स्वास्थ्य अधिकारीहरुको सुझाव छ ।
नेपाली भाषामा जारी गरिएको सन्देशमा पनि ‘घरमा कोही पनि आगन्तुक नबोलाउनुहोस र भिडियो कल, फोन वा सामाजिक सञ्जालबाट प्रियजनहरुसँग सम्पर्कमा गर्नुहोस’ भनिएको छ ।
सहयोग चाहिएमा सरकारी निकायहरु र सामाजिक सँस्थाहरुलाई सम्पर्क गर्न, कुनै लक्षणको आशङ्का भएमा वा संक्रमितसँग निकट भएको सम्भावना भएमा तुरुन्त र अनिवार्य परीक्षण गर्न तथा रिपोर्ट आउन्जेलसम्म आइसोलेशनमा बस्न अनुरोध गरिएको छ ।
आइसोलेशनमा बस्नु पर्दा आर्थिक, व्यवहारिक र मानसिक कुनै पनि समस्या हुँदा सरकारलाई जानकारी दिएमा सहयोग पाइने विश्वास दिलाउँदै सरकारी सूचनाहरुमा भनिएको छ , ‘परीक्षण गर्दा संक्रमित भैहालेमा आइसोलेशनमा बस्दा वा औषधि गर्नु पर्दा र खोप लगाउँदा अस्ट्रेलियामा कुनै शुल्क लाग्दैन ।’
गुडविल स्पोर्ट्स सेंटर द्वारा यूनिटी यूथ क्लबलाई खेलकुद सामग्री सहयोग ।
२७ असार २०७८ आइतबार
पछिल्लो समयमा युवा वर्गलाइ मध्यनजरमा राख्दै युवालाइ खेलकुद तर्फ अग्रसर बनाउनको लागि कास्कि पोखरा ८ मा रहेको यकता युवा क्लवलाइ न्युरोड स्थित गुडविल स्पोर्टसले केहि थान खेलकुद सामग्रि सहयोगस्वरुप खेलाडिको हौसला बढाउनको लागि प्रदान गरेको छ।

सहयोग सामग्रिमा बल/जालि/पम्प २ थान जर्सि/ब्याण्ड/पन्जा लगायतको खेलकूद जिन्सि सामग्रि सहयोग गरेको छ र उक्त सामग्री मध्य व्यक्तिगत हिसाबमा क्लबका अध्यक्ष सुनिल खड्काद्वारा पाँच हज़ार त्यसै क्लवका सहसचिव प्रितम गुरुङबाट पाँच हजार र बाकि रकम दश हजार भने गुडविल स्पोर्टसका सन्चालक मदन के.सि र सुन्दर महत क्षेत्रिबाट गरी बिस बराबर बराबरको सामग्री संकलन भयको हो ।

सामग्री लिदै क्लबका अध्यक्ष सुनिल खड़काले गुड़विल स्पोर्ट्स प्रति युवाहरूले चालेको पाइलाहरूमा युवाहरू कै सहयोग र साथ रहनु पर्ने र यस्तो सहयोगले अझ समाजमा काम गर्न हौसला बढ़ने र स्पोर्ट्स सेंटरको प्रगति अनी व्यापारमा सफलताको शुभकामना व्यक्त गरेका थिए, र सामग्री हस्तान्तरण गर्दै गुड़विलका संचालकले समाजमा यूनिटी क्लबले शिक्षा र युवा अनी व्यवसायहरू प्रति सहयोग गर्दै सबै संग्ग सहकार्य गरेर अगाड़ी बढ़न सुझाव सहित शुभेच्छा व्यक्त गरेका थिए र आगामि दिनहरुमा पनि यस्तै सहयोग गर्ने कुरा बताएका छन्।
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि ।
२७ असार २०७८ आइतबार
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।
अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासमा गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेन । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।
५२ औं मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् । लगत्तै गोलरक्षक एमिलिआनो मार्टिनेजले रिचार्लीसनको प्रहारमा उत्कृष्ट बचाउ गरे । खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए ।
अर्जेन्टिनाले सन् १९९३ पछि मुख्य प्रतियोगिताको उपाधि पहिलोपटक जितेको हो । पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो । त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगेपछि उपाधिबाट बन्चित हुँदै आएको थियो।
लियोनेल मेसीका लागि पनि पहिलो मुख्य प्रतियोगिताको उपाधि हो । मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् ।
यूनिटी यूथ क्लब पोखराको दोस्रो सचिवालय बैठक सम्पन्न ।
युनिटी युथ क्लब पोखराको दोस्रो बैठक सम्पन्न भएको छ । छोटों समयमै सबैको माया र साथ पाउदै सामाजिक कार्यमा अग्रसर रहेको छ ।
क्लबका अध्यक्ष सुनील खड़काको अध्यक्षतामा सम्पन्न बैठकको संचालन किरण भणडारि साथै स्वागत मन्तव्य क्लबका उपाध्यक्ष ईश्वर पहारिले गरेका थिए ।
पोखरा महानगपालिका वडा नम्बर ८ मा स्थापना भएको युनिटी युथ क्लबको दोस्रो बैठक भौतिक उपस्थितिका साथ असार २५ गते सम्पन्न भएको छ। कोरोनाका कारण देश बन्दाबन्दी भईरहेको अवस्थामा समाजमा भएको र हुने विकृती संगै स्वास्थ्य, शिक्षा, महिला अनि बालबालिकाको लागि काम गर्ने मुख्य उदश्यका साथ स्थापना भएको क्लबले आफ्नो पदाधिकारी सहित सचिवालयको दोस्रो बैठक सम्पन्न गरेको छ।
बैठकमा पदाधिकारी सहित सचिवालय सदस्य गरी १३ जना उपस्थिति रहेको थियो। आगामी दिनहरूमा क़्लबले कोरोनाको जोखिम न्यूनिकरण र बाढ़ी अनी बिभिन्न प्रकोपहरू बाट कसरी अगाडी बढ़ने र समाज रुपान्तरणमा युवाहरू कसरी लाग्ने भन्ने बारेमा केन्द्रित रहेको थियो। उक्त बैठकमा कार्यकारी पदाधिकारीहरूको पुनर्गठन समेत गरिएको छ।
पुनर्गठन भएसङै क्लबको अध्यक्षमा सुनिल खड्का नै सर्बसम्मत चयन भएका छन भने, उपाध्यक्षमा ईस्वर पहारी, महासचिवमा किरण भण्डारी सचिव, सह-सचिव र कोषाध्यक्षमा सन्दीप भुसाल, सुजन उचाइ ठकुरी, पृतम गुरुङ र दीपा राई क्रमशः चयन भएका छन भने सदस्यहरूमा अविशेक छेत्री, विशाल गुरुङ, सुवास सापकोटा, पुर्ण नेपाली, सन्तोष छेत्री र विस्णु पोख्रेल चयन भएका छन।
क्लबले आफ़नो आन्तरिक व्यवस्थापन सुदृढ़ र मजबुत बनाउनका निम्ति बिभिन्न उप-समितिहरू समेत गठन गरेको छ । जन अंतर्गत शिक्षामा सन्दिप भुसाल, खेलकुदमा पृतम गुरुङ, स्वास्थ्यमा सुवास सापकोटा र स्वयमसेवक तथा आकस्मिक प्रकोप व्यवस्थापनमा सुजन उचाई रहेका छन। क्लबले आगामी बैठकहरूमा बिना कारण अनुपस्थिति रहने साथीहरूलाई स-सम्मान बिदाइ गरी नव आगन्तुक सेवाको भावना र काम गर्न इच्छुक साथीहरूलाई अगाड़ी बढ़ाऊने निर्णय समेत सम्पन्न गरेको छ । सबै खाले छेत्रमा काम गर्न छींटो र सजिलो होस भन्ने उदेश्यका साथ बिभागहरू गठन गरिएको क्लबका अध्यक्ष खडकाले जानकारी दिए।
उनले क्लब केवल क्लबका निम्ति नभएर सामाजिक सेवाको भावनाले ओतप्रोत भएका व्यक्तिहरुको लागी एउटा अवसर भएको बताए र सम्पूर्ण क्लबमा आवद्द हुन इच्छुकहरूले सम्पर्क गरी धेरै भंदा धेरै युवा साथीहरू सहितको समाज सेवा र देश बिकासको परिकल्पना सहित लाग्न सहज हुने कुरा बताए।
क्लबले आफ़नो स्थापना संगै गत महीनामा सृजनाचोंक अवस्थित अस्थाई प्रहरी कार्यलय र पोखरा महानगरपालिका अंतर्गत रही सरसफ़ाई गर्ने कर्मचारीहरूलाई मास्क, स्यानीटाइज़र, साबुन आदि सहयोग गरिसकेको छ र बिभिन्न कोरोना बिरुद्दको अभियानमा समेत स्वयम सेवकको भूमिका निर्वाह गरी लागिपरेको छ ।
जीवनमा ख़ुशी के हो अनी परिवर्तन के हो, मन छुने लघु कथा, (सामान्य) लेखक: बिमल सूबेदी ।
राजधानीको मुख्य सडक अगाडि बिनय प्रधानले छ अना घँडेरी किने । त्यसमा भब्य बंगला तथा स्विमिङ्ग पुल बनाए । ब्यवसाय पनि सानदार रूपल फष्टाएको थियो । उनको घर अगाडि विजय पनेरुको एउटा सानो छाप्रो थियो । बिहान मिर्मिरे सुरु भएदेखी त्यो छाप्रोमा बच्चाहरुको हो-हल्ला सुरु हुन्थ्यो । तर ती सुखद तवरले जीवन यापन गरिरहेका थिए । धेरै पटक बिनयले छाप्रो हटाउनलाई जग्गा निखन्न खोजे । बिजय पनेरुले बेच्नै मानेनन् । बिभिन्न राजनीति संयन्त्र लगाएर भगाउन खोजे । तै पनि सकेनन् । उनी हालत भएर थाकेपछि छाप्रो हटाउने योजना त्यही तुहियो ।
समय बित्दै गयो । बिनय प्रधान आफ़नो ब्यवसाय सम्हाल्थे । दिनभरी भागाभाग तथा मिटिङ्ग हुन्थ्यो । कहिले भनेको जस्तो परिवारको भोजन सम्म नसिप हुन्नथ्यो । अाधा जीवन देश बिदेश हिँड्दा हिँड्दै हवाइ यात्रामा बित्यो । उमेरले भने पचास टेक्यो । स्वास्थ्य गडबडीको कारण शनिवार घरमा अाराम गर्ने निर्णय बनाए । धेरै समय पछिको घरको बसाइ निकै सन्तुष्टि लाग्यो। बिहानको झुल्के घाम ताप्न उनी आफ़नो घरको छतमा पुगे । छतबाट बिजय पनेरुको परिवार पहिले को जस्तै अती खुशी देखे । उनलाई आख़िर वास्तविकता के रहेछ भन्ने जान्न मन लाग्यो ।
कहिल्यै छिमेकको छाप्रोमा खुट्टा नटेकेका बिनय प्रधान त्यस छाप्रोमा पुगे । पहिले गरेका गल्ती प्रति माफी माग्दै भने, ” म अरबौँको ब्यवसाय सम्हाल्छु । विस्वका अनेकौ सफल मान्छेसँग मेरो हर दिन हर समय उठबस हुन्छ । तर… किन हजुरहरू जति भने खुसी नै हुन सकिन ।”
जस्तो भए पनि घरमा अाएको पाहुना सत्कार गर्न मन लाग्यो । थालमा मकै भटमास दिँदै बिजय पनेरुले भने, ” ठूलाहरुका हालत जहिल्यै खराव हुन्छ । कसैले बिभिन्न धर्मलाई आफ़नो भनेर ठूलो बनाए । न त भगवान राम, कृष्ण, जीसस, बुध्द तथा मोहम्मद पैगम्बरका सन्तान जिवीत छन् । न पहिलाका विश्व विजेता सम्राटका सन्तान हरू जीवित छन् । न त शक्तिशाली जीव डाइनोसर नै जीवित छ । प्रकृतिको अनुकुलता भनेको सामान्य बन्नु हो । खुशी हुन को लागी सार्वा प्रथम आफू सामान्य बन्नुपर्छ ।”
यस्ता सर्तसहित नेतृत्वमा गगन थापाको नाम फाइनल,काँग्रेसले देखायो उच्च लोकतान्त्रिक संस्कार ।
महामन्त्रीको नेतृत्वमा गगन थापाको नाम फाइनल हुने लगभग पक्का भएको छ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा कोइराला परिवारभित्र सभापतिमा सहमतिमै एक जनाले उम्मेद्धवार दिनेबारे छलफल भएको छ । शेखर कोइरालाले यसबारे छलफल अघि बढाएका छन् । स्रोतका अनुसार उनले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरेको भन्दै सघाउनको लागि शशांक र सुजाता कोइरालालाई आग्रह गरेका थिए ।
कतिसम्म भने आफूलाई साथ नदिएपनि अब पछि नहट्ने शेखरको जवाफ थियो । स्रोतकाअनुसार शेखरले यसपटक युवा नेताहरुलाई अघि सारेर टिम बनाईसकेका छन् । उनले आफू सभापतिमा उठ्ने र उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगन थापालाई अघि सार्ने तयारी गरेको बुझिएको छ । पछिल्लो समय युवा नेताहरुपनि शेखरसँग निरन्तर सम्वादमा छन् ।
शेखर, शशांक र सुजाताबीचको पछिल्लो छलफलमा सहमतिमै एक जनाले सभापतिमा उम्मेद्धवारी दिने सहमति बनेको स्रोतको दाबी छ । देशभरिका नेता तथा कार्यकर्ताले आफूलाई नेतृत्वमा आउनको लागि दबाब दिएको भन्दै नेतृ सुजाता कोइरालाले पनि यसअघि नै सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । वर्तमान सभापति शेरबहादुर देउवाले पूनः नेतृत्वमा दोहोरिने घोषणा गरेसँगै विपक्षी गठबन्धन पनि देउवालाई काउन्टर दिनेगरि छलफलमा जुटेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक देउवाविरुद्ध आफ्नो पक्षबाट सहमतिमै एक जनाको मात्रै उम्मेद्धवारी दिने बताएका छन् । पौडेल आँफैपनि नेतृत्वमा आउन ईच्छुक छन् । तर, उनलाई दोस्रो तहका नेताहरुले साथ दिनेरनदिने भन्नेबारे अन्यौल छ ।
सभापतिमा उठ्ने बताउँदै आएका विमलेन्द्र निधिले हिजोमात्रै सभापतिकै आकांक्षीहरु डा। शशांक कोइराला र प्रकाशमान सिंहसँग संयुक्त रुपमा छलफल गरेका थिए । निधिले तीन जना मिलेर अघि बढौं भन्ने प्रस्ताव राखेको बुझिएको छ । निधिको प्रस्तावमा कोइराला र सिंहको पनि सकारात्मक जवाफ रहेको बुझिएको छ । तर, निधिले कोइराला र सिंहसँगको भेटवार्तालगत्तै संस्थापनईतरका युवा नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापतिमा उपसभापति विमलेन्द्र निधि लड्ने दावी गरेका छन्। उनले अनलाइन खबरसंग अन्तर्वार्ता दिंदै सभापति शेरबहादुर देउवाविरुद्ध आफू उभिएको दावी गरेका छन्।
‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’, निधिले भनेका छन्, “म सभापतिमा लड्ने कुरा तय गरिसकें, यसमा ढुक्क हुनुस् । समय छ, उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।”
“कृपा गरी सबैलाई आग्रह गर्दछु, मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो ।”, निधिले भनेका छन्।
“मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । उहाँको योगदानलाई प्रेरणादायी रुपमै लिनुपर्दछ, प्रशंसा गर्नुपर्दछ । तर आजका दिनमा पार्टी, मतदाता र देशका लागि नयाँ जेनेरेशनले बढी दिनसक्छ, यो बढी प्रभावकारी हुनसक्छ ।” निधिले भनेका छन्।
निधिले भनेका छन्, “म अहिले ६६ वर्षको भएँ । १५ औं महाधिवेशन हुँदा ७० वर्ष कटिसकेको हुन्छु । तपाईंले ‘ट्रयाक रेकर्ड’ हेर्नुभयो भने नेपाली कांग्रेसको प्रतिस्पर्धा त कम्युनिष्टहरुसँग हुन्छ । दुई पार्टीको नेतृत्व दाँज्नुभयो भने कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ, त्यसैले समाज, पार्टी र देशलाई जुन गति दिनुपर्ने हो त्यसमा असर गरेको छ । त्यसलाई निकास दिन र पार्टीमा नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्दछ । त्यसकारण मैले यो महाधिवेशनमा सभापति लड्छु भनेको हुँ ।”
विशेष स्रोतका अनुसार गगन थापा पनि सभापतिमा लड्ने भएका छन्। स्रोतका अनुसार गगन थापालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि समर्थन गर्ने भएको छ।कृष्णप्रसाद सिटौला समूहले समर्थन गर्ने सक्ने एक नेताले जानकारी दिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेता गोपालमान श्रेष्ठले देउवाले काँध फेर्ने बेला आएको बताएका छन्। श्रेष्ठले सभापतिमा आफ्नो उमेदवारी रहने घोषण गरेका छन्। देउवाले सभापतिको उमेदवारका लागि प्रदेशका केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा सो समूहका प्रभावशाली नेता श्रेष्ठ भने उपस्थित भएनन् ।
“उहाँले आफ्नो उमेदवारीकै विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो भन्ने मैले थाहा पाइहालेँ,” श्रेष्ठले एक मिडियासंग कुरा गर्दै भने, “उहाँलाई मैले एकवर्ष पहिले नै भेटेर अब पार्टी सभापतिमा मैले उमेदवारी दिने हो । तपाईंले सहयोग गर्नुस् भनेको हुँ । अहिले उहाँले आफू नै सभापति हुनका लागि जसरी बैठक गर्नुभएको छ । त्यो जानेर म नगएको हुँ ।”
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरिसकेकोले अब यसबाट ब्याक नहुने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो उद्देश्य रहेको सुनाए । उनले आफू १४औं महाधिवेशनमा सभापतिमा उठ्ने बताए । आफूले पार्टी सभापति शेरबहादुर देउवालाई पनि सभापतिमा उठ्ने भनेर भनिसकेको पनि उनले सुनाए । उनले आफूलाई सभापतिमा यसपटक देउवाले सहयोग गर्नेमा विश्वास रहेको पनि सुनाए । उनले भने(“मलाई विश्वास छ, अहिले निर्णय गर्ने समय छ, त्यो बेलासम्म उहाँले मलाई सहयोग गर्नुहुन्छ । देउवा प्रधानमन्त्री पनि भैसक्नुभयो, सभापति पनि भैसक्नुभयो । उहाँ र मबीच कुराकानी भएको छ । १३औं महाधिवेशनमा पनि यो कुरा उहाँलाई भनेको थिएँ ।”
सोमबार दिउँसो निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले ‘लञ्च मिटिङ’ गरिसकेका छन् । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी निधि, कोइराला र सिंहले भेटवार्ता तीव्र बनाएका छन् ।
सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।
रास्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा वृक्षरोपण तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न ।
राष्ट्रिय युवा संघ नेपालको बृहत देश व्यापी वृक्षरोपण अभियान अन्तर्गत गण्डकी प्रदेशमा रहेका सबै ज़िल्लाहरुमा वृक्षरोपण कार्यक्रम संचालन भइरहेको छ। गण्डकी प्रदेश अन्तर्गत कास्की ज़िल्लामा पनी रास्ट्रिय युवा संघ नेपालका केंद्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा वृक्षरोपण तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको गहनाको रुपमा रहेको फेवाताललाई अझ सुन्दर बनाउने उद्देश्यले फेवाताल बाराहि चोंक स्थित फुटट्र्याक वरपर वृक्षरोपण अभियानको सुरूवात गरीएको छ, कार्यक्रममा युवा संघ नेपालका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सांसद राजीव पहारीले केंद्रीय अध्यक्ष किरण पौडेल, उपाध्यक्ष तथा प्रदेश २ का इंचार्ज संजिव कुमार सुरज झा, गण्डकी प्रदेश कमिटीका संयोजक महेन्द्र गुरुँग र ज़िल्ला कमिटी अध्यक्ष पान बहादुर जिसिलाइ विरुवा हस्तान्तरण गरी कार्यक्रमको सुरूवात भएको थियो ।
कार्यक्रममा कास्की ज़िल्ला अध्यक्ष पान बहादुर क्षेत्रीको बिशेस पहलमा करिव २० वटा बोत्तल प्लामको विरुवा भारतको कलकत्ता देखी ल्याइएको थियो र बिभिन्न विरुवा गरी क़रीब ५० विरुवा लयाइएको थियो। साथै उक्त अवसरमा ज़िल्ला कमिटीले आफ़नो भित्तेपात्रो समेत विमोचन गरेको छ, संघका केंद्रीय अध्यक्ष किरण पौडेल र गण्डकी प्रदेश कमिटिका संयोजक महेन्द्र गुरुँगद्वारा बिमोचन गरीएको थियो।

कार्यक्रममा आफ़नो भनाइ राखदै किरण पौडेलले कास्की ज़िल्ला देशकै हिसाबले पर्यटन र राजनैतिक हिस्सा बोक्ने मध्य एक ज़िल्ला हो, देशमा राज्य सत्ता बिरुद्द केही उग्र तत्वहरुको कारण देशले गति लीन नपाएको र यस्को सामना गर्नका निम्ति सबैमा आव्हान गर्दै संघको गरिमा अनी युवाहरुको सक्रियातालाई रचनात्मक अनी सृजनात्मक ढंग्गले अगाड़ी बढ़न शुभकामना व्यक्त गरे, उपाध्यक्ष संजीवले बिगतमा पनी कास्की ज़िल्ला कमिटीले बिभिन्न समय सन्दर्भ अनुसार काम गर्दै आएको र आगामी दिनमा समेत अझ गति बढ़ाएर लैजानका निम्ति शुभेच्छा प्रकट गरेका थिए ।
गण्डकी प्रदेशमा बागलुङ जिल्लाबाट सुरूवात भएको वृक्षारोपण कार्यक्रम यस अघी नै लमजुंग, गोरखा, कास्की लगायतका बिभिन्न ज़िल्लाहरुमा वृक्षरोपण अभियान कार्यक्रम व्यापक ढंगबाट चलिरहेको र यसलाइ सम्पूर्ण ज़िल्लाहरुमा सम्पन्न गर्ने गरी निर्देशन दीइसकेको र लागिपरेको गण्डकी प्रदेश संयोजक महेंद्र गुरुँगले बताए, उनले अबको युवा झोला र झण्डामा मात्र सीमित नभई रचनात्मक अनी देश बिकास र जनताको सुशासनमा केंद्रित रही काम गर्नुपर्ने बताए र गण्डकी प्रदेशका हरेक ज़िल्ला कमिटी बाट बाढ़ी, पहिरो, राहत, वृक्षरोपण जस्ता बिभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा पाएको अपार सहयोगको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै जिसिले कास्की ज़िल्लाका युवा साथीहरूमा राजनीतिक चेतना, वातावरण जोगाउने, देश बिकास गर्ने जस्ता सकरात्मक बिचारले गर्दा हरेक उपल्लो कमिटीको निर्देशन मान्न र लाग्नमा सहज भएको बताए, उनले आगामी दिनमा जनजीविकाको समेत रक्षा गर्दै आएको युवा संघ भोलिका दिनमा आवश्यक हरेक गतिविधि गर्न आट र ल्याकत राखदै सम्मांननिय प्रधानमंत्री बिरुद्द जून खालको स्यालहुइया भैरहेको छ त्यस्को कदापि मान्य र सैय नहूने र देश बिकास गर्न केपी ओली नै अझ दश वर्स प्रधानमंत्री रहनु पर्ने बताए र त्यसै अनुरूप ज़िल्ला कमिटीका सम्पूर्ण साथीहरूलाई निर्देशन दीएका थिए ।

कार्यक्रममा युवा संघका स्थाई कमिटी सदस्य, केंद्रीय सदस्य, प्रदेश कमिटी सदस्य, ज़िल्ला कमिटी सदस्य तथा वडा कमिटिका सदस्यहरूको उपस्थिति रहेको कुरा युवा संघ कास्की ८ का उपाध्यक्ष तथा युवा नेता सुनील खड़काले बताए ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्न विवेकशील साझा युवा सङ्गठन कास्कीको चेतावनी ।
✒️ सुनिल खड़का, कास्की ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता गर्न विवेकशील शाझा युवा सङ्गठन कास्कीले वर्तमान सरकारलाइ चेतावनी दिएको छ। विवेकशील साझा युवा संगठन कास्किका संयोजक बिजय पराजुलीले आफ़नो सामाजिक संजाल फ़ेसबुक मार्फ़त पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर भन्ने विसयलाई लीएर प्रेस बिज्ञप्ति जारी गरेका छन ।
प्रेस विज्ञप्ति
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्।
(प्रकाशन तथा प्रशारण को लागि आग्रह सहित)
विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहर र लामो समय लकडाऊन(बन्दाबन्दि) को कारण नेपाली जनता को आर्थिक अवस्था तथा दैनिक जिवनयापन निकै कष्टकर बन्दै गएको छ। यस विषम परिस्थितिमा पनि नेपाल सरकार/नेपाल आयल निगम लिमिटेड ले पछिल्लो पटक ६ जुलाई २०२१ अर्थात् २०७८ असार २२ गते राति १२ बजे देखि लागु हुने गरी पेट्रोलियम पदार्थ को मुल्य बृद्धि गरेको छ। साबिक मुल्य मा २ रुपैयाँ बृद्धि गरि पेट्रोल रु.१२९, डिजेल तथा मट्टितेल रु.११२ प्रति लिटर पुर्याएको गैरजिम्मेवारि सरकार को निणर्य प्रति विवेकशील शाझा युवा सङ्गठन घोर भ्रत्सना गर्दछ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु भनेको कुनै पनि समान ढुवानी मा लाग्ने खर्च बृद्धि भई अन्ततः सम्पुर्ण उपभोग्य वस्तुको बजार मुल्य बृद्धि हुनु हो। यस्तो कोरोना माहामारीको भयावह अवस्थामा पनि दैनिक उपभोग्य वस्तु को मुल्य बृद्धि हुदा नेपाल सरकार ले जनताको दुखि रहेको घाउमा मल्हम लगाउनुको सट्टा नुनपीरो छर्कने काम प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
यस विषम परिस्थितिमा जनताको पक्षमा स्वास्थ्य तथा आधारभूत आवश्यकता परिपूर्ति गराउनु राज्यको प्रमुख दायित्व हो।तर विडम्बना सँधै राज्यबाट यसरी नै जनताको ढाड सेक्ने गरी मुल्य बृद्धि गराउनु भनेको लोकतन्त्र माथि खतराको घन्टी बज्नु हो । त्यसकारण सरकारले असार २२ गते राति १२ बजे बाट लागु हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता गरि सर्वसुलभ मुल्यमा बिक्री वितरण को लागि विवेकशील शाझा युवा सङ्गठन जोडदार माग गर्दछ।।
यदि राज्यले यस्तो बन्दाबन्दि (लकडाऊन) तथा माहामारीको विषम परिस्थितिमा पनि महंगी बढाउने र जनताको ढाड सेक्ने गरि गरेको निर्णय फिर्ता गर्दैन र जनतालाई पिडा माथि पिडा दिने काम निरन्तर गर्छ भने विवेकशील शाझा युवा सङ्गठन सरकारको विरुद्धमा निर्णायक संघर्ष गर्न पनि बाध्य हुनेछ।
कास्की जिल्ला संयोजक
विजय पराजुली
विपक्षीविरूद्ध सडकमा उत्रदै रास्ट्रिय युवा संघ, अध्यक्ष किरण पौडेल–सडकमा भेटेर सडकमै जवाफ दिने हो ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ। पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष किरण पौडेलले विपक्षी गठबन्धनबिरुद्द सडक आन्दोलनको घोषणा समेत गरे।
‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनको बिरुद्द, हाम्रो पार्टीको विरुद्द, सरकारको विरुद्द, देशको स्थिरतको बिरुद्द एउटा ठुलो राष्ट्रिय–अन्तरराष्ट्रिय डिजाइन भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘जस्तालाई त्यस्तै जवाफ दिने ढङ्गले सडकबाट अदालतलगायत राज्यका विभिन्न अङ्गहरुलाई प्रभावित पार्न खोज्ने तत्वहरुलाई सडकमा भेटेर सडकबाटै जवाफ दिने र सशक्त दबाब दिनेगरी आन्दोलन घोषणा गरेका हौ।’
विपक्षी गठबन्धनले गलत नियतका साथ सरकारविरुद्द गतिविधी बढाएको ठहर युवा संघको छ। संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज सञ्जिव कुमार सुरज झालगायतको उपस्थितीमा घोषणा गरिएको आन्दोलन भोलीदेखी नै शुरु हुने बताइएको छ।
‘राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा र बिदेशीको गोटीमा बनेका विपक्षी गठबन्धनको बिरुद्दमा देशभरी नै आन्दोलनको घोषणा गर्दछ,’ अध्यक्ष पौडेलले भने।
युवा संघले यसअघि नै विपक्षी गठबन्धनकाविरुद्द गतिविधी शुरु गरिसकेको थियो। केहि दिनअघि जनकपुरमा विपक्षी गठबन्धनविरुद्द प्रदर्शन भएको थियो। संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज झाको निर्देशनमा भएको उक्त प्रदर्शनमा युवाहरुको ठुलो समुह सडकमा उत्रिएको थियो।
‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनको बिरुद्द, हाम्रो पार्टीको विरुद्द, सरकारको विरुद्द, देशको स्थिरतको बिरुद्द एउटा ठुलो राष्ट्रिय–अन्तरराष्ट्रिय डिजाइन भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘जस्तालाई त्यस्तै जवाफ दिने ढङ्गले सडकबाट अदालतलगायत राज्यका विभिन्न अङ्गहरुलाई प्रभावित पार्न खोज्ने तत्वहरुलाई सडकमा भेटेर सडकबाटै जवाफ दिने र सशक्त दबाब दिनेगरी आन्दोलन घोषणा गरेका हौ।’
विपक्षी गठबन्धनले गलत नियतका साथ सरकारविरुद्द गतिविधी बढाएको ठहर युवा संघको छ। संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज सञ्जिव कुमार सुरज झालगायतको उपस्थितीमा घोषणा गरिएको आन्दोलन भोलीदेखी नै शुरु हुने बताइएको छ।
‘राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा र बिदेशीको गोटीमा बनेका विपक्षी गठबन्धनको बिरुद्दमा देशभरी नै आन्दोलनको घोषणा गर्दछ,’ अध्यक्ष पौडेलले भने।
युवा संघले यसअघि नै विपक्षी गठबन्धनकाविरुद्द गतिविधी शुरु गरिसकेको थियो। केहि दिनअघि जनकपुरमा विपक्षी गठबन्धनविरुद्द प्रदर्शन भएको थियो। संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज झाको निर्देशनमा भएको उक्त प्रदर्शनमा युवाहरुको ठुलो समुह सडकमा उत्रिएको थियो।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा