२०८३ असार १३ शनिबार

काङ्गेसको हिङ थुतेर काङ्ग्रेसकैमा दल्दा पनि काङ्ग्रेस दङ्ग !

लाग्छ ! नेपाली काङ्ग्रेसले अहिले आफूलाई हिङ बाधेको टालोमात्र  ठानिरहेको छ ! हुनत त्यस टालाभित्र अझै पनि हिङ नभाको कहाँ हो र ! तर बेलाबेला काङ्ग्रेसको हिङ बाँधेको टालोबाट हिङ थुतेर माओवादी आफ्नो चुनावी अवश्म्भावी पराजयको ग्यास्टिक निको पार्छ भने काङ्ग्रेसलाई चाहिने बेलामा चाहिँ त्यही हिङ लगेर काङ्ग्रेसका कुठाउँमा दलिदिने गर्छ र उसका सम्भव सपना कुहाइदिने गर्छ !

काङ्ग्रेस कहिले चितवनमा अरुका लागि  मतपत्र च्यातेर आफ्नो लोकतान्त्रिक छविको हिङ नारायणीतिर मिल्क्याउँछ भने कहिले हिङ सिङ केही नभाका तथा चुनावी थातथलोको केही पनि ठरठेँगान र जमिन नै नभाका तर अर्काका हिङ चोरेर वा हिङ बाधेका टाला सुघेर र अर्काको जमिन ( पहिले पहिले लुटपाट र अहिले ) पार्ट टाइम ठेक्का र दलाली गरेर मात्र चुनाव जित्न सक्नेहरूका पछाडि विचित्रसँग दगुर्छ । त्यो काङ्ग्रेसी हिङ चोरचार पारी आफुले चुनाव जित्न पाइएपार त्यै हिङ लगेर त्यै काङ्ग्रेसका केजाति ठाममा लगाइदिम्ला र कुहाइदिम्ला भनेर दाउ कुरेर बसेको पत्तै पो छैन बिचरा काङ्ग्रेसलाई बरै !

हुन पनि पटकपटक काङग्रेसको जनमत कुहाइदिएको र पटकपटक धोका खाएको काङ्ग्रेसले अबको चुनावमा पनि फेल हुनेलाई रूखको प्रश्नमा हँसिया हथौडा र हँसिया हथौडाको प्रश्नमा रूखको उल्टोपाल्टो उत्तर लेख्न लगाई फेरी आफ्नै टाउकामा बन्चरो हान्न उद्यत भाको देखेर दुनियाँलाई ताजुब पनि लागिरहेछ ! रूखमा छाप हानौला भनेर हात उज्याएर बसेका चितवनका काङ्ग्रेस जनका दिमागका हार्ड डिस्कबाटै रूखचिन्ह डिलिट पो हुने भो भनेर त्यतातिरका काङग्रेसजन मनमा कस्तो हुँडलो मच्चिराको होला ! यसको साइड इफेक्ट मलुकै भरि पर्ने होकि भनेर देशभरिका काङ्गरेस जनमनमा ढ्याङ्ग्रो ठोकिरहेको पनि होला !

जब मृत्युले आफ्नै ढोका ढक्ढक्याउन आए पछि सेफल्यान्डिङ्का लागि दिल्लीमा पुगेर नेपालको आत्मनिर्णयको अधिकारलाई भेटी चढाउँदै  गिरिजाबाबुलाई राष्ट्रपतिको ललिपप देखाउँदै उहाँको खल्तीमा रहेको काङ्ग्रेसी हिङ सुँघेर शान्तिप्रक्रियाका नाममा मुलुकलाई अराजकतामा प्रवेश गराएका हुन् । पछि त्यही हिङलागेर काङ्ग्रेस पार्टीलाई दलिदिएर  गिरिजाबाबुको राष्ट्रपति पद कुहाइदिएको पनि त कहाँ धेरै भाको छ र ?
हुन पनि सुरुमा काङ्गरेसी जनहरूको सफाया बाट उत्कर्ष हुँदै जनयुद्धका नाममा करिब लिट्टे पथतर्फ गै रहेको यो पार्टीका सरदारहरूले  जनताका प्राणभन्दा प्यारा सन्तानलाई विद्रोहको भट्टीमा होम्दै गए । यसो गर्दै जाँदा जब मृत्युले आफ्नै ढोका ढक्ढक्याउन आए पछि सेफल्यान्डिङ्का लागि दिल्लीमा पुगेर नेपालको आत्मनिर्णयको अधिकारलाई भेटी चढाउँदै  गिरिजाबाबुलाई राष्ट्रपतिको ललिपप देखाउँदै उहाँको खल्तीमा रहेको काङ्ग्रेसी हिङ सुँघेर शान्तिप्रक्रियाका नाममा मुलुकलाई अराजकतामा प्रवेश गराएका हुन् । पछि त्यही हिङलागेर काङ्ग्रेस पार्टीलाई दलिदिएर  गिरिजाबाबुको राष्ट्रपति पद कुहाइदिएको पनि त कहाँ धेरै भाको छ र ? स्थानीय चुनावमा काङ्ग्रेसी हिङ् मागेर मतपत्र च्यातेर समेत देउवाजीका पाला मेयर जिताएपछि पुनः राष्ट्रिय निर्वाचनमा त्यही हिङ दलिदिएर  काङ्ग्रेसलाई  थाङ्नामा सुताएको  राप त अझै पनि कहाँ सेलाएको छ र ?

अँ, उता, जनयुद्धका इमान्दार समर्थकहरूको गुनासो पनि कम छैन । जनयुद्ध प्रति गौरव गर्ने एकजना माओवादी बुद्धिजीवि राजनप्रसाद पोखरेल जनयुद्धको इतिहास लेख्दै रहेछन् तर अहिलेको अराजनीतिक र गनाउने कुसमीकरणमा आएर उनको कलम अगाडि बढ्न पटक्कै मानेनछ ! त्यत्रा मान्छे स्वाहा पार्ने जनयुद्ध केही नेतालाई नेपालमा अरबपति र सोझासाझा जनतालाई खाडीमा अरबदास बनाउने सेटिङ्का साथ लडिएको थियो कि भनेर उनको कलम रुन थालेछ क्यारे !  जुन २४ बिहान ९।३० बजे फेसबुक पेजमा त्यही पीडा पोस्ट गर्दै उनी भन्छन्; नेपालको राजनैतीक ईतिहास लेख्दा लेख्दै मेरो त कलम टक्कै रोकियो। अहिले प्रचन्ड जी र देउबा जीको घनिस्टता, भेट्घाट र उठ्बस हेर्दा प्रचन्ड जीको नेत्रित्वले देउबा जीको नेत्रित्वको सरकारका बिरुद्ध जनयुद्ध सुरुगरेको थियो भनेर लेख्नै गार्हो भो। बाबुराम जी र उपेन्द्र जीको आत्मियता देख्दा त गौर घटनाको मन्चन सर्ससल्लाहबाट भएको थियो कि जस्तो पो लाग्यो। के एउटा शिक्षित, सम्बेदनशील र क्रान्तिचेतले भरिपूर्ण नेपाली जनताको होनहार पुस्ताप्रतीको षड्यन्त्र थियो त्यो कि क्रान्ति थियो? “नेपाली युबाहरुलाई भाडाका सिपाही नबनाउ” भनेर गीत गाउंन लगाउंदै लाखौंं युबाहरुलाई बिदेशमा मजदुर, सेबक र सेबिका बनाउने योजना थियो त्यो? मेरो त कलम अगाडि बढनै सकेन। रोकियो। ल, भइगो, लेख्दिन अब यो राजनीतिक ईतिहास । च्यात्दिएं यी पन्नाहरु। अब कसैले क्रान्ति, बर्ग संघर्स र राष्ट्रिय स्वाभिमानका गफ गरेर जनता नलडाएपनी हुने रहेछ नेपालमा ।

वास्तवमा जनयुद्ध के का लागि भयो ? अहिले लोकतन्त्र रक्षाका लागि भन्दै गरिएको शिखण्डी स्वार्थै स्वार्थहरूको झुन्ड सममिलित गठबन्धन के का लागि बनाइयो ? सुतेका र मुर्झाएका प्रश्नहरू जुरुकजुरुक ऊठ्ने छन् र नरसंहारकारीहरूको यो गठबन्धनको औचित्यमाथि भाटा हिर्काउने नै छन् ! अहिलेको गठबन्धनमा जो जो छन् वास्तवमा ती नै त्यो विद्रोह मच्चाएर यो दिन ल्याउन सेटिङ् गरेका रहेछन् भनेर किन नभन्ने ? भन्ने गम्भिर हर्कतको उत्तर त्यतिबेला काङ्ग्रेस, त्यतिबेलाको एमालेको नेतृत्व र माओवादी अनि मधेशवादी  नामधारी गठबन्धनले दिने कि नदिने ?
अँ, कक्षाकोठाबाट निकालेर रूखमा किला ठोकी मारिएका मुक्तिनाथ अधिकारी होऊन् वा क्रूर बलात्कार पश्चात् बीभत्स हत्या  गरिएकी मैना सुनार होऊन्, जुन माओवादीद्वारा मारिएका निहत्था र होनहार युवा यदु गौतम होउन्, वा  माओवादीका नाममा फोरमद्वारा मारिएका ती दर्जनौँ नागरिक होऊन्, त्यसो गर्न आदेश दिने र सुर्याउने कोको थिए ? यी सबै हिजो किन मारिएका थिए ? यी सबै प्रश्न एकदिन बौरिएर नउठी धरै छैन !

आफ्नो दरो टेक्ने जमिन भएको र बुढो लोकतान्त्रिक ब्रान्ड मानिने काङ्ग्रेस चाहिँ टेक्ने जमिन नै नभएको र  लोकतन्त्र निमोठ्नेलाई खुरुखुरु अगि लाएर आफू पुच्छर हल्लाउँदै लुरुलुरु पछाडि हिँडेको निरीह दृश्य पनि देखिँदो छ ! चुनावलाई लोकतन्त्रको प्राण ठान्ने काङ्ग्रेस आज चुनावलाई लोकत्त्रको निष्प्राण ठानिरहेछ र प्रतिगमन भन्ने कोर्सको भस्मासुरी मन्त्र जपिरहेछ !

र अन्त्यमा, लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा विघटन र चुनावलाई प्रतिगामी कदम मान्ने हो भने २०४८ सालमा  आफ्नो हुँदा खाँदाको बहुमतसहितको प्रतिनिधिसभा विघटन गर्नुहुने गिरिजाप्रसादलाई नै प्रतिगमनका राष्ट्रपिता मान्नु पर्ने पो हो कि ? आफ्नो दरो टेक्ने जमिन भएको र बुढो लोकतान्त्रिक ब्रान्ड मानिने काङ्ग्रेस चाहिँ टेक्ने जमिन नै नभएको र  लोकतन्त्र निमोठ्नेलाई खुरुखुरु अगि लाएर आफू पुच्छर हल्लाउँदै लुरुलुरु पछाडि हिँडेको निरीह दृश्य पनि देखिँदो छ ! चुनावलाई लोकतन्त्रको प्राण ठान्ने काङ्ग्रेस आज चुनावलाई लोकत्त्रको निष्प्राण ठानिरहेछ र प्रतिगमन भन्ने कोर्सको भस्मासुरी मन्त्र जपिरहेछ ! काङ्गेसको हिङ  थुतेर कसैले अहिले फेरि काङ्ग्रेसकै कुठाउँमा दलिरहेछ र पनि काङ्ग्रेस दङ्ग परिरहेछ ! यस्ता कमेडी हेर्ने दिन अझै कतिपटक फर्कीफर्की आउने हुन् बरै !

पोखराका सुनिल खड़काद्वारा जन्मदिनमा सुत्केरी मजदूरलाइ खाद्य सामग्री वितरण ।

पोखरा-८, कास्की बस्ने सुनिल खड़काले आफ़नो जन्मदिनको उपलक्ष्यमा ज्याला मज़दूरी गरेर खाने २२ दिने सुत्केरीलाई आफ़नो व्यक्तिगत खर्चमा खाद्य सामग्री वितरण गरेका छन ।

खडकाले आफ़नो जन्म दिनको अवसरमा अनावश्यक फजुल खर्च गर्नु भन्दा सेवा गर्नु नै धर्म हो भन्ने धारणाका साथ पोखरा-८, पोखरा इंजीनियरिंग कलेज पछाड़ी डेरा गरी बस्ने एक २२ दिनको सुत्केरीलाई क़रीब एक महीना पुग्ने खाद्यान्न सामग्री सहयोग गरेका छन ।

कोरोनाको समयमा देश लकड़ाऊनको अवस्थामा प्रायः सबै ज्याला मज़दूरी गरेर जीविका पार्जन गर्नेहरूलाइ निकै अपठयारो परेको समय छ, खड़काले भंछन यो समयमा बिशेस गरी बिपन्न अनी ज्याला मज़दूरी गरेर खानेलाइ साच्चै नै धौधौ परेको छ त्यसै लाई मध्यनज़र गर्दै आफूले सहयोग गरेको बताउछन ।

उनले एक बोरा चामल, घ्यु, दाल, नून, तेल, चीनी, आदि गरी क़रीब पाँच हज़ार बराबरको सहयोग गरेका छन । उक्त सामग्री हस्तान्तरण गर्दै खड़काले यस्तै बिसम परिस्थितिमा हुने खाने र हुदा खाने बिचको दूरी हटाऊनका निम्ति आफूले सकेको सहयोग गरेको र धेरै थोरै भंदा पनी सकेको सहयोग गरेको र गर्नुपर्ने बताए र सामग्री प्राप्त गर्ने सुत्केरी महिलाले खड़कालाई काम गरेर खाने अवस्था अहिले नभएको र सकने अवस्था नहुदा यो हाम्रो लागी निकै ठुलो कुरा रहेको र पुण्यको काम गर्नु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनी डेरागरी बसेको र आफ़नो पूर्ख्यौली थलो जान समेत नसकने भएका कारण बाध्यता बस बसनुपरेको बताउछन । खड़काले आगामी दिनमा समेत आफूले बिभिन्न अवसर पारी सकेको सहयोग गर्ने समेत प्रतिवद्दता जनाए ।

उक्त कार्यक्रममा वडा ८ का रेडक्रस संयोजक संजिव बरालको उपस्थितिमा वितरण गरीएको थियो ।

एनआरएनए अस्ट्रेलियाको आगामी अध्यक्षमा देब गुरुँगको प्रवल सम्भावना ।

नेपालीहरूको साझा संगठन एनआरएनए अस्ट्रेलियाको आऊदो चुनावको बारेमा ब्यापक चहलपहल सुरु भएको छ । उम्मेदवारहरू मतदाताहरूलाई आफ़नो पक्षमा पार्नका निम्ति यति बेला धमरधुस लागी परेका छन भने बिभिन्न राजनीतिक दल, संघ संस्था, व्यक्तिहरू यति बेला आफ़नो उम्मेदवारलाई जिताउनका निम्ति अनेकौ प्रयासहरू थालेका छन ।

यही चुनावी सरगम संगै अध्यक्षको एक बलियो दाबेदार अनी सम्भावना बोकेका अस्ट्रेलियाको हरेक नेपाली बिध्यार्थी, युवा, व्यवसायी अनी समुदायमा चिर परिचित उम्मेदवार एनआरएनए अस्ट्रेलियाका हालका राष्ट्रिय उपाध्यक्ष एवं एनएसडब्लु, स्टेट कोडिनेटर देव बहादुर गुरुङ्ग हुन ।

उनले सन २०१७-२०१९ मा एन आर एन ए अस्ट्रेलियाको चुनावबाट राष्ट्रिय सचिव भइ अनेकौ सुधार अनी राम्रो कार्यको सुरूवात गरेका गुरुँगको कार्यको उच्च मुल्यांकन गर्दै पुन: सन २०१९-२०२१ मा एन आर एन ए अस्ट्रेलियाका राष्ट्रिय उपाध्यक्ष संगै एन एस डब्लु, स्टेट कोडिनेटरमा भारी मतका साथ बिजयी भई आफ़नो पदभार सम्हाल्न सफल भएका थिए।

एनआरएन अस्ट्रेलियाको रास्ट्रिय सचिव भएर काम गर्दै गर्दा एन आर एन ए मा सस्थाको सदस्यता लिन चाहनेलाइ चौबिसै घण्टा सदस्यता लिन सकिने गरि नया ब्यवस्था लागु गरेका थिए भने सदस्यताको म्याद २ बर्ष सम्मको हुने निर्णय पनि गरेका थिए।

देव गुरुङ्ग राष्ट्रिय उपाध्यक्ष एवं एन एस डब्लु, स्टेट कोडिनेटर भए पछि पहिलो पटक नेपाली समुदाय बीच अंतरक्रिया कार्यक्रमको आयोजना गराएका थिए। नेपाली समुदाय र एनआरएनए बीचको दूरी क़म गरेर धेरै भन्दा धेरै नेपाली समुदायलाई एनआरएनए को सदस्य बनाउन सफल भएका थिए । नेपालबाट आफ़नो छोराछोरी, इस्टमित्र भेटन या बिभिन्न बहानामा आएका सम्पूर्ण अभिभावकहरूलाई मनोरंजन संगै भेटघाट गराउन बनभोजको आयोजना गर्दै भिजिट नेपाल २०२० सफल गराउन समेत निकै महत्वपूर्ण योगदान रहेको थियो।

प्रायः सबै नेपालिहरु आफ़नो व्यवसाय, जागीर गरिरहदा उनी भने हरेक ग़ल्ली गल्लीहरूमा गई कोभिड -१९ को महामारीमा नेपाल जान चाहने धेरै नेपाली अभिभावकहरूलाइ कार्ययोजना बनाइ सिड्नीबाट नेपाल पठाउने काम गरि थुप्रै नेपालीलाइ राहत दिने काम पनि उनले गरेका थिए। साथै मुख्य कुरा कोभिडका कारण आफ़नो जागीर गुमाएर बसेका हरेक नेपाली बिद्यार्थीलाइ कोभिडको महामारीमा घरघरै गएर राहत वितरण साथै उनकी श्रीमती आफैले घरमा खाना पकाई पकाएको खानेकुरा लीएर कोठाकोठा पुग्ने अनी काम नपाएर पिडामा भएकालाइ काम खोजि सहयोग गर्ने, जुवाको लत लागेका नेपालीलाइ सचेतनामुलक कार्यक्रमको हिस्सा बनाइ मानशिक तवरले नै उनीहरुलाई सफल र सक्षम बनाउने, समुद्रमा डूबान बाट जोगिनका निम्ति समुद्री सचेतना कार्यक्रमको संचालनका निम्ति कदम चालेका उनको हरेक योगदानको जति प्रसंसा गरे पनि कम हुन्छ। स्थानिय सरकार संग अन्तरक्रिया गरि नेपाली समुदायलाई आवस्यक सहयोगको लागि भरपुर लबिङ्ग गर्ने काममा पनि उनको योगदान रहदै आइरहेको छ। नेपालमा अड़क़ीएर रहेका नेपाली बिध्यार्थीहरूलाई कून तवर बाट ल्याऊन सकिंछ भनेर नेपाल र अस्ट्रेलियाका दुई देश बीचका राजदूतहरू बीच बिध्यार्थी समक्ष अंतरक्रिया कार्यक्रम जस्ता बिभिन्न कार्यक्रमको आयोजनाका निम्ति पहल चालेका थिए ।

नेपाली समुदायलाई अझ भनौ दुखमा परेका नेपालीहरूलाई हरदम सहयोग गर्ने उनि आफु एनआरएनएको राष्ट्रिय अध्यक्ष भए सस्थालाइ व्यवस्थित तरिकाले चलाउने र एनआरएनएमा हाबी भएको ग़लत राजनीतिलाइ सक्दो कम गर्ने, सस्था राजनीति भन्दा काम गर्ने ठाउँ भएकोले नेतृत्वलाई सधै समुदायको हितमा लैजाने कार्ययोजना रहेको गुरुङ्गको भनाइ छ।

कुरामा भंदा बढ़ी काम र फलमा बिश्वास गरनाले उनी हरेक नेपालिको मन मुटुमा बस्न सफल भएका हुन । उनी हस्पिटल, क्रियाघर, कोठामा बिना तयारी पुगेका हूँछन ।

रकड़ेल स्थित एक बिध्यार्थी गोबिन्द (नाम परिवर्तन) नेपालमा उनको आफ़नो बुवा हार्टअट्याकका कारण बितेपछि रमेश नेपाल जाने अवस्था नभई आफै बस्ने गरेको कोठामै क्रिया गरेर बसेका उनलाई भेटन गुरुँग र उनकी श्रीमती संगै पुगेका थिए र परदेशी भूमिमा आफ़नो कोही नहुदा केही व्यक्तिलाई ख़बर गरेका थिए सबैले फ़ोन मार्फ़त सांत्वना र बुवाको स्वर्गबासको कामना गरे तर देब बहादुर गुरुँग दम्पति स्वयम पुग़दा उनलाइ निकै हौशला, साथ र सहयोग पुगेको कुराको खुलेर प्रशंसा गर्दै यस्तो व्यक्ति एनआरएनए को नेतृत्वमा रहदा हामी जस्ता यस ठाऊमा बेसहराको सहारा समेत बन्ने कुरा पक्का रहेको हामिलाइ बताए ।

उनले आफ़नो जीवनको तीन दशक भंदा बढ़ी ब्रिटिस र अस्ट्रेलियन सेनामा व्यतीत गरेका उनी स्पस्ट स्वभावका र सुरूवात गरेको हरेक कार्यलाइ जसरी पनी पूरा गरेर बिश्राम गर्ने उनको अनौठो बानी रहेको छ ।
यी जस्ता अनेकौ उदाहरणिय कार्यहरू गर्दै उनी बोलिमा नम्र र आफुलाइ सधै फ़िट बनाएर हीड़ने उनको यो शैली सिक्न लाएकको छ ।

यति मात्र नभई उनका शुभ-चिन्तकहरूले उनलाइ जिताउनका निम्ति बिभिन्न सामाजिक संजालमा जिताऊँ अभियान जस्ता पेजहरू संचालनमा ल्याएका छन भने उनले सम्पूर्णमा सामाजिक कार्य गर्ने व्यक्तिलाइ चुनौ अबको युवा अनी ब्यक्ति भनेको परिवर्तनको संवाहक बनूँ पर्ने र मात्र संस्थाको हित हुने र आगामी दिनमा सक्षम नेतृत्व चयनमा टेवा पुग्ने कुरा हामिलाइ बताए ।

ए दोस्रो पुस्ताका नेताहरू हो ! : डा. विनोद श्रेष्ठ।

ए दोस्रो पुस्ताका नेताहरु हो!

ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरु आफै पनि केहि हौ कि
‘बा’ पुस्ताका परजीवी मात्र हौ!
तिमीहरुको आफ्नो पनि विचार छ कि
अझै ‘बा’हरुको पालक मात्र हौ!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
कति गर्छौ यता उता लखर लखर
विना उपलब्धिको!
कति गर्छौ वार्ता एउटै पार्टी भित्र
विना निष्कर्षको!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरुको पनि ह्याउ छ कि
होउ बुढाहरूको लेउ!
कति आस गर्छौ अझै इतिहासको
आफै बर्तमान होउ!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
बुढा ‘बा’हरुलाई मान देउ, सम्मान देउ
आफ्नो भविष्य नदेउ!
आफुहरु बसेर छिटो सर्बसम्मत निर्णय गर
र, यी बुढाहरुलाई सुनाइ देउ!!
आए आउछन नआए ससम्मान विदा देउ!!!
अब पनि यति गर्न सक्दैनौ भने
कति छेक्छौ हाम्रो बाटो
तिमीहरु पनि छिटो जाउ, चम्चामा पानी तताउ…

ए दोस्रो पुस्ताका नेताहरु हो!

ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरु आफै पनि केहि हौ कि
‘बा’ पुस्ताका परजीवी मात्र हौ!
तिमीहरुको आफ्नो पनि विचार छ कि
अझै ‘बा’हरुको पालक मात्र हौ!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
कति गर्छौ यता उता लखर लखर
विना उपलब्धिको!
कति गर्छौ वार्ता एउटै पार्टी भित्र
विना निष्कर्षको!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरुको पनि ह्याउ छ कि
होउ बुढाहरूको लेउ!
कति आस गर्छौ अझै इतिहासको
आफै बर्तमान होउ!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
बुढा ‘बा’हरुलाई मान देउ, सम्मान देउ
आफ्नो भविष्य नदेउ!
आफुहरु बसेर छिटो सर्बसम्मत निर्णय गर
र, यी बुढाहरुलाई सुनाइ देउ!!
आए आउछन नआए ससम्मान विदा देउ!!!
अब पनि यति गर्न सक्दैनौ भने
कति छेक्छौ हाम्रो बाटो
तिमीहरु पनि छिटो जाउ, चम्चामा पानी तताउ…

ए दोस्रो पुस्ताका नेताहरु हो!

ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरु आफै पनि केहि हौ कि
‘बा’ पुस्ताका परजीवी मात्र हौ!
तिमीहरुको आफ्नो पनि विचार छ कि
अझै ‘बा’हरुको पालक मात्र हौ!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
कति गर्छौ यता उता लखर लखर
विना उपलब्धिको!
कति गर्छौ वार्ता एउटै पार्टी भित्र
विना निष्कर्षको!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरुको पनि ह्याउ छ कि
होउ बुढाहरूको लेउ!
कति आस गर्छौ अझै इतिहासको
आफै बर्तमान होउ!!

ए दोस्रो पुस्ताका नेताहरु हो!
बुढा ‘बा’हरुलाई मान देउ, सम्मान देउ
आफ्नो भविष्य नदेउ!
आफुहरु बसेर छिटो सर्बसम्मत निर्णय गर
र, यी बुढाहरुलाई सुनाइ देउ!!
आए आउछन नआए ससम्मान विदा देउ!!!
अब पनि यति गर्न सक्दैनौ भने
कति छेक्छौ हाम्रो बाटो
तिमीहरु पनि छिटो जाउ, चम्चामा पानी तताउ…

प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाको केन्द्रीय कमिटी बिस्तार, अध्यक्षमा ओली ।

प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाले आफ़नो केन्द्रीय कमिटी थप बिस्तार गरेको छ । भरचुयल जुम माध्यमबाट सम्पन्न उक्त बैठकमा क़रीब ४० जनाको सहभागिता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि न्यू साउथ वेल्स राज्यका लागी महावाणिज्य दूत दीपक खड़का रहेका थिए ।
बैठक बाट केन्द्रीय अध्यक्षमा सम्राट ओली, उपाध्यक्ष बिबेक महरा र सागर पाठक, सचिव अनीश ढकाल र क़ोषाध्यक्षमा गगन केसी भने प्रवक्तामा किशोर बिस्ट चयन भएका छन ।
कार्यक्रममा ८ ओटै राज्यबाट बिध्यार्थीहरूको उपस्थिति रहेको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा एनआरएनए अस्ट्रेलियाकाे प्रतिनिधित्व जनाउदै उपाध्यक्ष देब गुरुँग, प्रवक्ता नन्दा गुरुँग साथै तीर्थ कार्किको उपस्थिति रहेको थियो । बैठकमा नेपाली समाज अस्ट्रेलियाका महासचिब संतोस आचार्य, एनपीएल अस्ट्रेलियाका अध्यक्ष निराजन गाउलि, डा. रितेश चिमोरिया, अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बैठक बाट बिभिन्न राज्यका संयोजकहरू समेत चयन गरिएको छ जस अन्तर्गत न्यू साउथ वेल्स राज्यका लागी सागर भूर्तेल, भिक्टोरियाका लागी सीद श्रेस्ठ, तासमानियाको लागी बिकास खरेल, साउथ अस्ट्रेलियाका लागी उमेश गिरी र एसिटीका लागी सूजन न्यौपाने गरि हाल लाई ५ ओटा राज्य कमिटिका संयोजकहरू चयन गरेका छन भने बाक़ी राज्यका संयोजकहरू क्रमश आगामी हप्ताहरुमा पूर्ण गर्ने गरी तयारिमा लागीएको उपाध्यक्ष बिबेक महराले बताए ।

बिभिन्न पदहरू अझै रिक्त रहेको हुदा इच्छुक बिध्यार्थीहरूले सम्पर्क गर्न सक्ने समेत बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि दीपक खड़काले नया मनोनीत पदाधिकारी, राज्य कमिटीका संयोजक र सदस्यहरूलाइ बधाई दिदै आगामी कार्यकालको शुभकामना सहित संगठनले बिध्यार्थीको हरेक मनोभावना बुझेर अगाड़ी बढ़नुपर्ने र रचनात्मक साथै दुखमा संगठन छ भन्ने भान आम बिध्यार्थी र जनमानसमा पार्नु पर्ने हूँछ साथै समाजसेवामा लाग्न प्रेरित गर्दै युवाहरूमा नया सोच र देशप्रतीकों माया अनी आफ़नो व्यक्तित्व बिकास संगै अध्ययनलाई समेत ख़्याल गरी लागनहुन सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुँगले संगठनले हाल सम्म गरेको कामको खुलेर प्रशंसा गर्दै आगामी दिनहरुमा समेत सदैब हातेमालो गर्दै अगाड़ी बढ़ने प्रतिवद्दता व्यक्त गर्दै शुभकामना ब्यक्त गरेका थिए  । त्यस्तै एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुँगले संगठनले राजनीतिक भंदा बिशुद्द बिध्यार्थीहरुको आवाज़ बोल्नुपर्ने हूँछ र समाजलाइ अगाड़ी बढ़ाऊन युवा बिध्यार्थीको ठुलो भूमिका हुने हुदा बिचार गरेर अघी बढ़न सुझाव दिदै सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दल, संस्था र बिध्यार्थीहरूले आफ़नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै सम्राट ओलिले सम्पूर्णमा धन्यवाद दिदै सबैको साथ र सहयोगले आफू थप अगाड़ी बढ़न प्रेरित रहेको कुरा बताए ।

कार्यक्रममा स्वागत मन्तव्य बिबेक महराले भने संचालन अनीश ढकालले गरेका थिए ।

म भए एमालेबाट राजीनामा दिएरमात्र देउवाको पक्षमा हस्ताक्षर गर्थेँ-वामदेवले भने l

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।

उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए ।

उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

गौतमले माधव नेपालसहितको एमाले एकतामा जोड दिदै महाधिवेशनबाट निर्वाचन हुँदा केन्द्रीय कमिटीमा माधव नेपालका ९ जना मात्र सदस्य कम रहेको स्मरण गराउँदै पार्टी आधा आधा विभाजित अवस्थामा रहेको बताए ।

यसअघि आफ्नो सम्वोधनमा ओलीले गौतमलाई ‘धेरै आउने जाने नगरी एमालेमै रहन’ आग्रह गरेका थिए । त्यसको जवाफमा वामदेवले आफू एमालेमा आइसकेको बताए । तर, पार्टी एकताको अपरिहार्यतामा उनले जोड दिए ।

उनले भने, ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’

उनले भने, ‘म तपाईंसँग आएको छु पार्टी एकता गराउनका लागि । मेरो प्रस्तावलाई सही ठान्नुहुन्छ भने एउटा माग गर्न चाहन्छु । कम्युनिष्टहरुसँग कार्यगत एकता तथा फुटेको पार्टी जुटाउने सम्वन्धमा हाम्रो पार्टीबाट तपार्इंले नेतृत्व गर्नुस् भनेर मलाई दिनुस् । तपाईंको मुख्य जिम्मेवारी यही भो भनेर छोड्दिनुस् । यति समयमा भन्न सक्दिनँ तर ढिलोचाँडो सबैको चित्त बुझ्ने गरी, कोही असहमत नहुने गरी पार्टी एकता गराउँछु । वामपन्थि एकता पनि गराउँछु । म पार्टीलाई पुरानो अवस्थामा पुर्‍याउन लाग्छु । मेरो आत्मविश्वास के छ भने म त्यसमा सफल हुन्छु ।’

आज म यति बोल्न पाउँदा धेरै खुशी भाछु । मरो खुशीको केही-केही मूल्य राखिदिनुस् । तपाईंसँग सँगै बसेर आलोचना गर्ने, कहिले रिस उठाउने नगरेको झण्डै दुई वर्ष भएको थियो । तपाईं वामदेवले फेरि विरोध गर्न थाल्यो भन्ने नठान्नुस् । म तपाईंको सबैभन्दा नजिक छु । अहिले पनि तपाईं सफल हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’

Today’s youth: anxious, depressed, anti-social: Anil Khadka

Three-generation survey reveals sharp decline in teenage mental health

 

The mental health of teenagers has sharply declined in the last 25 years and the chances that 15-year-olds will have behavioural problems such as lying, stealing and being disobedient, have more than doubled.

The rate of emotional problems such as anxiety and depression has increased by 70% among adolescents, according to the biggest time trend study conducted in Britain.

Boys are more likely to exhibit behavioural problems and girls are more likely to suffer emotional problems. The rate is higher for emotional problems, now running at one in five of 15-year-old girls. The study found no increase in aggressive behaviour, such as fighting and bullying, and no increase in rates of hyperactivity.

Nor can growing inequality over the 25 years explain the rise in problem teenagers because rates of increase were comparable in all social classes. There was no difference between white and ethnic minority teenagers.

The research found that the rising rate of 15-year-olds with behavioural problems correlated to their increased chances of experiencing a range of poor outcomes as adults, such as homelessness, being sacked, dependency on benefits and poor mental and physical health. This indicated that the rise in problems cannot be attributed to a greater likelihood to report them.

The deterioration of adolescents’ mental health in Britain is in contrast to the findings of research in the US which showed that a comparable decline tailed off in the 90s, while in Holland, there was no decline at all.

The study, Time Trends in Adolescent Mental Health, to be published in the Journal of Child Psychology and Psychiatry in November, is the first to provide evidence in support of the increasing concern from parents and teachers about the welfare of teenagers.

The research conducted by a team from the Institute of Psychiatry, King’s College London, and the University of Manchester, provides specific evidence for Britain which is in line with the World Health Organisation’s warning last year that the fastest-growing mental health problem in the world, and particularly in the developed world, was among adolescents. “We are doing something peculiarly unhelpful for adolescent mental health in Britain,” said Sharon Witherspoon, deputy director of the Nuffield Foundation which funded the research. “This is not a trend which is being driven by a small number of kids who are getting worse. It is not a small tail pulling down the average but a more widespread malaise.”

“The route people take to adulthood has become much more difficult with the pressure on for qualifications,” said John Coleman, director of the Trust for the Study of Adolescence. “When young people are faced with all these choices, they say they have to ‘make it up as they go along’.”

The study was not focused on the most serious cases such as suicide and self-harm where other recent studies have shown significant increases, but the more general experience of adolescents which is less likely to reach the point of needing professional intervention.

The findings are likely to fuel debates about how we are raising our children and whether they reflect parenting in early years or are linked to Britain’s secondary education system with its emphasis on academic achievement, and poor record of out of school activities.

A recent survey showed that discipline in secondary schools comes ahead of funding as parents’ greatest concern.

Next month, the Tomlinson report into 14-19 year-old education and training – commissioned by the Department for Education and Skills – is due to be published; a green paper on youth services is also expected this autumn.

The study did not look into possible causes, which are to be the subject of further research.

Also subject to further research is whether there has been a comparable rise in emotional and behavioural disorders among younger age groups or whether this is a specific problem in adolescence.

Source: WHO

 

प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाले जुलाई ४ मा आफ़नो पूर्ण कमिटी बिस्तार गर्दै ।

यही आऊदो जुलाई ४ आइतबारका दिन प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाले आफ़नो केंद्रीय कमिटी साथै सम्पूर्ण ७ वटै राज्य कमिटी समेत बिस्तार गर्ने भएको छ ।

संगठनका संयोजक सम्राट ओलीले आफ़नो व्यक्तिगत सामाजिक संजाल मार्फ़त सुचना जारी गरेका छन । उक्त सुचनामा उनले भनेका छन “यही आऊदो २०२१ जुलाई ४ आइतबारका दिन प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाको केन्द्रीय कमिटी, सम्पूर्ण राज्य कमिटी सहित पूर्ण कमिटी भरचुअल माध्यम बाट बिस्तार गरिने भएको छ । आदरणीय बिध्यार्थी साथीहरू यदि तपाईहरू मध्य बाट कोही कमिटीमा बसेर काम गर्न इच्छा छ भने, नेपाली बिध्यार्थीहरूको साझा संगठनको रुपमा अघी बढ़ाऊनका निम्ति हातेमालो गर्दै अघी बढ़ने सोच छ भने आऊनुहोस संग्गै हिडौ हामी अनी हाम्रो गन्तव्य एउटै हो तसर्थ हरेक राज्यमा छुट्टै कमिटी बन्ने हुदा त्यहा रहेर समेत काम गर्न सकीनेछ र एउटा छुट्टै संजाल बनाउने अभिप्रायका साथ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु ।
सम्पर्क नम्बर: ०४०५११९११० ।

संयोजक
सम्राट ओली
प्रवासी नेपाली बिध्यार्थी संगठन, अस्ट्रेलिया ।”

कमिटिको स्थापना क़रीब डेढ़ वर्स अघी प्रवासी नेपाली मंच अस्ट्रेलियाका अध्यक्ष एवं प्रवासी नेपाली मंच अंतरास्ट्रिय कमिटीका सचिब रमेश पाण्डेको सिफ़ारिस साथै बिमल अधिकारीको सक्रियतामा मंचको मातहतमा रही काम गर्ने गरी स्थापना भएको थियो । पच्छिलो समयमा संगठनले सबै बिचार, आस्था अनी भावना बोकेका साथीहरूलाई समेटेर बिभिन्न खालका बिध्यार्थी बिशेस कार्यक्रम र योजनाहरू तयार गरेर अघी बढ़ेकोले पनी हरेक बिध्यार्थीहरूले आफ़नो क्षमता अनी सक्रियताका आधारमा समान स्थान प्राप्त गर्न सकिने ओलिले बताए ।

२५ जनाको पदाधिकारी सहितको केंद्रीय कमिटी र हरेक राज्यमा ८ जनाको कमिटी गरी कुल ८९/९० जनाको कमिटी बिस्तार गर्न लागीएको छ ।

संगठनले कोरोना प्रकोपका कारण कमिटी बिस्तार गर्न ढिलाई भएको र अब यसलाइ आउदो बैठक जुम बाट टूँगाउने गरी तयारी गरेको छ साथै उक्त बैठक बाट बिभिन्न ज़िम्मेवारी समेत बांडफाड़ गरिने भएको छ । जुम मार्फ़त बैठक हुनेहुदा समय नमिलेको साथीहरूलाइ समेत समेटेर लगिने साथै पर्याप्त स्थान रहेको हुदा इच्छुक साथीहरूलाइ उचित स्थान दिन सकिने समेत बताइएको छ ।

संगठनले हाल सम्म आफ़नो गतिविधि अंतर्गत आफ़नो बार्सिकोत्सब भव्यताका साथ अस्ट्रेलियाका लागी नेपाली पूर्व राजदूत महेश दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिसकेको छ, त्यस्तै कोरोना प्रकोपको लागी भनेर बिध्यार्थीहरूका लागी शैक्षिक परामर्श संघ, अस्ट्रेलिया बाट ५७००० डलर समेत निकाशा गरेको थियो साथै नेपालमा बिभिन्न रोगहरू बाट ग्रसित भएकाहरुको लागी आज सम्म क़रीब पाँच लाख रुपैया बराबर सहयोग समेत गरेको छ त्यस्तै कोरोनाको कारण नेपाल बाट अस्ट्रेलिया आउन नपाएका बिध्यार्थीहरूका लागी बिशेस पहल स्वरूप नेपाली अनी अस्ट्रेलियन दुबै देशका राजदूत बीच बैठक समेत गरेका थिए भने अस्ट्रेलियामा बिभिन्न सहयोगी कार्यक्रम एनआरएनए संगको सहकार्यमा राहत स्वरूप खाद्द सामग्री समेत बितरण जस्ता बिभिन्न बिध्यार्थी बिशेस कार्यक्रमहरू गर्दै आइरहेको छ । पच्छिलो समय आम सर्वसाधारण समेतले संगठन प्रति चांसों व्यक्त गर्दै आफ़नो समस्या साथै सुझाव व्यक्त गर्ने गरेका छन ।

यदि कोही कमिटीमा रही काम गर्न इच्छुक बिध्यार्थी साथीहरूले स्वतः स्फूर्त रुपमा सम्पर्क नम्बर या संगठनको आधिकारिक फ़ेसबुक मार्फ़त समेत आफ़नो चाहना व्यक्त गर्न सकीनेछ र आफू संग भएको सामाजिक सेवाको भावनालाई नेपाली बिध्यार्थी र समाज समक्ष एकआपसमा  साटासाट गर्न सकीने यो सुनौलो अवसर पनी हो ।

पाठकलाई भावविह्वल पार्ने राधिका शाक्यका अनुभूति ।

गाडी दायाँ लैजा, यो बाँचोस् सई मोहनप्रसाद अधिकारीले एक्कासि दिएको निर्देशनले मार्न ठिक्क पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछ भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मरिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो (पृ. ८)

उहाँले मसँग बेलाबेला भन्नुभएको छ, १४ वर्ष जेल बसाइको क्रममा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला (पृ. ९)   

राधिका शाक्यले केपी ओलीसँग विवाह गर्दा त्यतिबेला उहाँले ठूलो जोखिम मोल्नु भएको उहाँको कथन यस्तो छ  तत्कालको समयमा १४ वर्ष जेल जीवन बिताएर भर्खर रिहा भएको, फरकजातको र धनसम्पत्ति पेसाव्यवसाय केही पनि नभएको, भित्रैदेखि जीर्ण भएको शरीर र बाहिर हेर्दा फु गर्दा ढल्ला जस्तो…, पुन; गिरफ्तार गरेर थुन्न सक्ने र मार्न पनि सक्ने व्यक्तिसँग विवाह गर्ने आँट गर्नु पनि तत्कालका लागि जोखिम मोल्नु जस्तै थियो, तर मैले त्यो जोखिम मोलेँ (पृ.१२)।

एक आदर्श पत्नी, कुशल परिचारिका र सफल धाइका रूपमा प्रस्तुत हुनु भएकी शाक्यले सानैमा मातृविहीन भै टुहुरो बनेको,  मुलुकमा लोकतन्त्र प्राप्तिका लागि १४ वर्ष बर्बर यातनामय जेलजीवन भोग्दा पाएका बर्बर यातनाका कारण ठुलाठुला रोगहरूले हमला गरी जिउ थिलोथिलो परेको व्यक्तिसँग विहे गरेर उपचार र सेवाको जिम्मा लिनु भो !  यो चानचुने जोखिम थिएन । मातृवात्सल्यका अभावमा चहरायाई रहेको केपी ओलीको  घाउमा मलहम लगाउनु भो र घाउ पुरिदिनु भो ! कुशल परिचारिकाको भूमिका निर्वाह गर्दै निरङ्कुश शासकले कारावासभित्र दिएका क्रूर यातनाका कारण बल्झिएका र क्रोनिक भैसकेका विभिन्न प्रकारका  घाउको ड्रेसिङ गरिदिनु भो ! वामपन्थी अर्गानिक विचार र व्यवहारले समेत पार्टीकी इमानदार कार्यकर्ताका रूपमा खरो उत्रिनु भो ! धाइले जस्तै जस्तै नित्यनिरन्तर सेवा गरेर अनि माया, स्नेह र पोषणाभावले कङ्कालजस्तो फू गर्दै ढल्ने शरीर भएको व्यक्ति केपी ओलीमा दरो आत्मविश्वासका लहरा लहराउन निरन्तर थाँक्रो बनेर ऊभिनु भो ! यो जोखिम मोलनाको रहस्यबारे उहाँको आत्म कथ्य यस्तो छ;

शैशवावस्थामा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचार विरोधी सङ्घर्षले र जीवनका आधा समयहरू त्रासद यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने सङ्कल्प मैले गरेँ (पृ. १२)

शत्रुले पनि कल्पनै गर्न नसक्ने गरी र भन्नै नसक्ने गरी आफ्नै अन्तरङ्ग भनिएका र आफ्नै पार्टीभित्रका मित्र(!)हरूले केपी ओलीको स्वास्थ्य जस्तो संवेदनशील विषयमा पटकपटक हमला गरेका, मानसिक यातना दिई पीडैपीडा समेत थपिदिएका कारण शाक्यको मुटु कसरी  चर्चरी चिरिएको रहेछ र हृदय भत्भती पोलिरहेको रहेछ भन्ने उनको यो ‘ मेरा अनुभूतिहरू’ पढ्दा सहजै बुझ्न सकिन्छ । लोकतन्त्रका  लागि लड्दा पञ्चायती शासकले गोलघरमा दिएको शारीरिक पीडा भन्दा कैयौँ गुना ज्यादा मानसिक पीडा दिइरहेका आफ्नै मित्र(!)हरू र चहर्याइरहेको घाउमा अन्तरङ्ग पीडाको कडा नुनचुक र खुर्सानी समेत थपिदिएका मुखपात्रहरूले दिएका उहाँका पीडाका कारुणिक अनुभूति पढ्दा भने हरेक पाठकको मुटु भने द्रवीभूत भै हाल्दो रहेछ ! नवौँ महाधिवेशनमा उमेदवारीको चर्चा चल्दै गर्दा केपी ओलीको शरीर जब बैककको अस्पतालको शैय्यामा उपचाररत थियो त्यसबेला कुरा कुरुवा बसेकी राधिका शाक्यले आफ्नै पार्टीका एक खतिवडाले केपी ओली मर्नमात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन (पृ.८८) ! भनेको कुरो सुन्दा उहाँका मन कस्तो भयो होला ! नवौँ महाधिवेशनमा अध्यक्षमा उठ्दा उहाँको स्वास्थ्यमाथि घृणित र अमानवीय राजनीति भएको रहेछ ! उहाँ लेख्नुहुन्छ, उहाँको स्वास्थ्यमा राजनीति गर्ने समूहहरूले कसैले आर्यघाटमा जाने मान्छेलाई अध्यक्ष बनाउने भनेर प्रश्न गरे, कसैले आउँदै गरेको साउन देख्न पाउँदैन भने (पृ. ९४) ।

निरङ्कुश व्यवस्था र आफ्नै अन्तरङ्ग मित्रहरूले दिएका शारीरिक र मानसिक पीडासँग केपी ओलीले आफूभित्रको तीव्र जीजिविषा र अत्युच्च मनोबलका कारण नै प्राप्त भएको कुरा शाक्यले ‘मेरा अनुभूति’ कृतिभित्र विभिन्न सन्दर्भमा पटकपटक उल्लेख गर्नु भएको छ । उच्चमनोबल, दरो आत्मविश्वास र अद्भुत आँट भएका केपी ओलीका विरुद्ध अपवित्र गठबन्धन गर्दै कोही र केही जेहादी युद्धमा लागे पनि कार्यकर्ता पङ्क्ति र आम भुइँमान्छे अझै पनि केपी फ्यान नै छ !

जनताका लागि काम गर्ने तीव्र हुटहुटी भएको नेता,  मृत र मूर्छित सपना ब्युँझाइदिने नेता र समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्ने दृढ आठोट भएको नेताका रूपमा जनताले चिनेकाले उनीमाथि जनताको अपार माया छ र उहाँ निरन्तर नेपाल र नेपालीको समृद्धिका लागि जुटिरहनु भएको छ भन्ने कुरा यस कृतिमा साक्ष बनेर आएका छन्; उहाँ निरन्तर नेपाल र नेपालीको सुख र समृद्धिको लागि जुटिरहनु भएको छ । जनताको त्यही आशीर्वादले उहाँको अपरेसन सफल भएको हो (पृ. १२४) यसरी जटिल भन्दा जटिल रोगहरू लागे पनि उहाँको दृढ इच्छाशक्ति र सहन सक्ने क्षमता निकै उच्च कोटिको छ । लाखौँ नेपालीको विश्वास, माया र आशीर्वाद आदिले गर्दा उहाँ पटक पटक मृत्युको मुखबाट फर्कन सफल हुनुभएको छ (पृ. १३०) ।

मेरा अनुभूति’ पढ्दा यस्तो लाग्छ, शाक्यका जीवनको एक तिहाइ भागमा आँसु बाहेक केही परेको छैन ! अपरेसन थिएटर र विभिन्न जटिल रोगहरूका कारण अस्पतालमा भर्ना गर्दा उहाँका हातले केँयौँ पटक “ उपचारका क्रममा केही भएमा म मञ्जूर छु’ भनेर सही गरेर बाहिर कुरुवा बस्दा उहाँका मनमा मच्चिएको पीडा, दुख र दर्दलाई व्यक्त गर्ने शब्द नभएर कतिपय ठाउँमा उहाँले आसुको भाषा बोल्नु भएको छ ! ती मध्ये अपरेसन कक्षबाट बाहिर निकाले पछिका उहाँका यी अनुभूतिलाई हेरौँ ! जनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोजदा शरीरमा हाडमा टाँसिएको छाला बाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो (पृ. ६९) । करिबकरिब माया नै मारिसकेको मान्छे फर्केर आउँदा उहाँका आँखामा बगेका खुसीका आँसुले पनि यो कृति भिजेको छ, उहाँ लेख्नुहुन्छ; धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौँको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरासुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँशु बग्नथाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन (पृ. ९२) ।

माओवादी युद्ध जुन ठाउँमा पुग्ने भनेर सुरू भएको थियो, त्यस ठाँउमा पुग्ने संभावना पूरै बन्द भएपछि र त्यहाँ पुग्नु भन्दा अगावै युद्धको जहाजका मूल पाइलट र कोपाइलटले यात्रुलाई थाहै नदिई दिल्लीमा बुझाएर आधाबाटो मै युद्धका सर्जाम हुर्याएर ज्यान जोगाउन के कसरी युद्ध बिसाइएको थियो भन्ने कुरो त इतिहासले भन्ला नै । तर शान्तिप्रक्रियामा आए पछि पनि उसले गरेका हर्कत र आतङकसँग मै हूँ भन्ने घगडान नेताहरू समेत थुरथुर काम्दा केपी ओलीबाट आतङ्ककको प्रतिरोध, विदेशीको डिजाइनमा नेपालमा विभिन्न प्रकारका क्षेत्रीय र जातीय द्वन्द्वमार्फत तवाहीका लागि छाडिएको आतङ्कको अश्वमेधको घोडालाई च्याप्प समात्ने काम जसरी भयो त्यसको पनि इतिहासले आलेख राख्ला नै !

आतङ्कको त्यसबेलाको चित्रण र त्यसलाई डिफ्युज गर्न केपी ओलीले गरेका केही आँटिला सन्दर्भसमेत यस कृतिमा पाइन्छन्; हतियार सहितको माओवादी कि चुनाव हुनै नदिने चुनाव हुन दिए, आतङ्कको बलमा आपूmले कब्जा गर्ने मनस्थितिमा थियो । (पृ. ५२) । यस परिस्थितिमा माओवादीका विसंगत विचार, अमानवीय व्यवहार, देशका लागि हानीकारक प्रवृत्ति र उसको नरसंहार विरुद्ध बोल्ने एक्ला नेता केपीजी हुनुभयो (पृ. २०) ।  

केपी ओलीले विगत दुई दसकसम्म काँधमा घाउ हुनेगरी माधव नेपाल लाई बोकिरहेको माधवले जहिल्यै धोका दिएको र कहिल्यै उँभो हुन नदिएका अनुभूति यस कृतिमा पोखिएका छन् । पराइसँग मिलेर साधारण सदस्यबाटै निष्कासन गर्ने अहिलेको उहाँको खजाञ्ची शैलीको नगदानगदी व्यवहारबाटै धेरै कुरो छर्लङ्ग भैसकेको छ  ! सिङ्गापुरमा उपचारका लागि जाँदा तपाईको आसीर्वाद चाहिन्न भनेर केपी ओलीले किन भन्नु भएको रहेछ भन्ने कुरो पनि अहिले औचित्यसहित पुष्टि पनि भयो नै ! अध्यक्षमा उठेर हार्ने र पाँच वर्ष पनि कुर्न नसक्ने नेताका हातमा परेर नेकपा एमाले विगत पन्ध्र वर्षसम्म कसरी खुम्चिएको, चाउरिएको र सुकुटी परेको रहेछ भन्ने बुझ्न केपी ओलीले पार्टी नेतृत्वमा पुगेको केही दिनमै एमालेका अगाडि अरु पार्टी लिलिपुट बनेको दृष्टान्तले नै पुष्टि गरेकै छ ! केपी ओलीप्रतिको माधव नेपालको यस्तो दृष्टकोणलाई प्रस्तुत कृतिका केही साक्ष्यहरूले यसरी प्रस्तुत गर्दछन्; आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहारहरू हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ. (पृ. ८८)  छैटौँ महाधिवेशनमा आफू माधव नेपालको सुरक्षाकवच बनेर उहाँले सघाउनु भएको थियो । तर महासचिवमा जितिसके पछि माधव नेपालले हरेक हिसाबले केपी ओलीलाई उठ्न नदिने कोसिस गर्नुभयो (पृ.९४)

केपी ओलीमा रहेको अभूतपूर्व नेतृत्व कौशल र आफूलाई ठिक र सत्य लागेको र जनताका लागि हित हुने कुरामा सम्झौताहीन ढङ्गले अघि बढ्ने केपी ओलीको स्वभावको चित्रण पनि यस पुस्तकमा छ; नेपालको इतिहासमा एउटा पनि गोली नचलाईकन देशमा शान्ति सुरक्षा कायम गरिएको थियो । यो स्थिति बनाउनको लागि गृहमन्त्रीको हैसियतमा केपीजीले यति दुःख र मेहनत गर्नुभयो कि ९ महिनामा दुईतीन पटक मात्र रातको १२ बजे अगाडि खाना खानुभयो (पृ. १६) ।

केपीको दृढ अठोट कहिलेकाहिँ जिद्दी बनेर हैरान पनि पार्दो रहेछ भनेर राधिका शाक्यले आफ्ना अनूभूतिहरू भित्र विभिन्न सन्दर्भहरूमा उल्लेख गर्नु भएको छ,….. यस्ता कुरामा उहाँको जिद्दीपनबाट म राम्ररी परिचित छु । उहाँलाई मोबाइल चलाउनबाट कसरी रोक्ने भन्ने कुरा मेरो मनमा खेल्न थाल्यो । केही समय रोक्न सफल भए पनि यस्ता कुराबाट उहाँलाई कहिल्यै बदल्न सकिएन (पृ. ३८) ।उहाँको नेतृत्व कौशलको उपभोग त्यतिबेलै नेकपा एमालेले गर्न पाएको भए एमालेको हैसियत उतिबेलै कहाँको कहाँ पुगिसक्थ्यो होला भन्ने अनुभूति पनि उहाँले यस पुस्तकमा पोख्नु भएको छ । केपीजी नेतृत्वमा आउनु अघिसम्म एमालेजस्तो अनुशासित र इमान्दार कार्यकर्ता भएको पार्टीको पहिचान भने जता पनि मिल्ने पिँध नभएको लोटा जस्तो थियो । अरूको पछि लाग्ने पार्टीबाट एमालेलाई अरू पर्टाी एमालेको पछि लाग्नुपर्ने पहिचानमा केपीजी नेतृत्वमा आउनु भएपछि पुर्याउनुभयो पृ. ५८) ।

राधिका शाक्यले लेख्नु भएका यी अनुभूतिहरू साहित्यिक पाठकलाई विभिन्न रस र भावमा डुबाउने र इतिहासका अध्येताहरूलाई केपी ओलीको यो राजनैतिक उचाइमा पुर्याउन परोक्षरूपमा यस पुस्तककी स्रष्टाको केकस्तो भूमिका रहेछ भनेर अध्ययन गर्ने आधार सामग्री समेत बन्ने देखिन्छ । पतिपत्नी पालैपालो मन्त्री बन्दा र दर्जनौँ नेता दम्पतीहरू संसद भवन छिर्दा राधिका शाक्यले चाहनु भएको भए उहाँले त्यो अवसर नपाउने कुरै थिएन, तर समाजसेवालाई आदर्श ठान्ने राधिका यस्ती मैनबत्ती भन्नु भो जसले आफू पग्लेर केपी ओलीलाई निरन्तर बलिरहने ऊर्जा दिनु भो !  मुलुकमा निभ्नै लागेको राष्ट्रियतालाई चहकिलो पार्न परोक्ष भूमिका खैल्नु भो । केपी ओलीलाई यहाँसम्म लयाइ पुर्याउने आँट, साहस र त्याग गर्नु भयो !

र अन्त्यमा यो कृति पढ्दा  हरेक पाठक भावविभोर हुन पुग्छ ! कृति पढ्दै गर्दा लेखकका वेदनाहरूसँग साधारणीकृत हुँदै हरेक पाठक कृतिमा निमग्न हुन्छ । कृति पढिसकेपछि पनि बेलाबेला पाठकको हृदय उद्वेलित हुन्छ, यो कृति पढ्दा राधिका शाक्यका सबै अनुभूति यहाँ अझै आउन बाँकी छन् जस्तो लाग्छ । आगामी दिनमा ती अनुभूति अझै सशक्त रूपमा आऊन् । यति सुन्दर कृतिमार्फत आफ्ना अनुभूतिले पाठकहरूलाई भावमा डुबाउनु हुने र इतिहासका कतिपय क्रूर सत्यलाई उजागर गर्नु हुने राधिका शाक्यलाई हार्दिक बधाई !!!

सन्दर्भ १५ असार अर्थात् धान दिवस अनी इतिहास ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसानहरूले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  १६ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।

असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चापका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठो मानिने खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैकाे ध्यान  किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ ।

अहिले कृषि छाडेर जहाँ भए पनि हामीमध्ये धेरैको मानसपटमा वालापन वा युवा अवस्थाका मीठा सम्झनाहरु नविर्सने गरी रहेका छन् । त्यो दिन दहि र चिउरा नखाएको, हिलोमा नखेलेको या रोपाई गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ । त्यसैले त कृषकहरुको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा मात्र सीमीत नभई सम्पूर्ण नेपालीमा छाउने गरेको छ ।

तर, समय परिवर्तन भएको छ । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ ।

जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा सुरु हुनुभन्दा पनि केहि अघि वा पछि सरेको छ । महत्वपूर्ण रहेको असार १५को दिनले पनि धेरै उकाली र ओराली बेहोर्दै छ । अझ हाम्रो मुख्य खाद्य वाली धानखेतिसँग जोडिएका चुनौतिहरुको त पहाड नै बनेको छ ।

अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, विउ तथा सिंचाइको अभावका बारे पनि ध्यान जान सकेको छैन ।

हामी आज असार पन्ध्र मनाइरहदा मुख्य तया तीन विषय हाम्रो सामु प्रमुख रहेका छन् । एक नेपालको सन्दर्भमा असार पन्ध्रको महिमा र यस विशेष दिनको महत्व । दोस्रो किसान अधिकार र यस दिनले उठाएका किसानका सवालहरु । तथा तेस्रो हाम्रो सभ्यता र संस्कृतिको रुपमा रहेको निधि मुख्य खाद्यवाली धान ।

अझ असार १५ अहिले पर्यटकीय पर्वको रुपमा समेत विकसित हुँदै छ । हिलोमा रेसलिङ खेलेका, स्कुल र कलेजका विद्यार्थीले हिलो खेलेका तथा विदेशी पर्याटकहरु समेत यस दिनमा धान रोपाइमा सरिक भएका र हिलो खेलेका तस्वीरले हाम्रो असार १५ रंगीने गरेको छ । यो खुशीकै कुरा भए पनि हामीले र मुख्य गरी किसानले मनाउने असार पन्ध्रको उदेश्य त्यतिमात्र होइन । हामी त्यसैमा रमेमा र गहनरुपमा नसोचे पछिल्ला केही वर्षमा देखिएझै असार १५मा अझ विकृति र विसंगति भित्रने, यो उल्लास र संघर्षको दिन भन्दा पनि एक काण्डको दिन बन्ने र हाम्रो बहश कृषि क्षेत्र, किसान, धान संस्कृतिबाट विमुख हुनेमा कुनै शंका छैन ।

त्यसैले आजका दिनमा हामीले कसरी नेपालको संस्कृति, खेतिपाती र धानको महिमासँग जोडिएको छ भन्नेबारे विष्लेषण गर्ने तथा आजको आवश्यकता, प्रतिकुलता र अवसरकाबारे छलफल र बहश चलाउन आवश्यक छ । असार १५ ले हामीलाई हाम्रो परिवेश र यहाँको एतिहासको बारेमा बताउँछ ।

त्यसैगरी यस दिनलाई किसान अधिकार दिवशको रुपमा पनि मनाइरहदा के हाम्रो देशका बहुसंख्यक सानाकिसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि ध्यानाकर्षण गर्न जरुरी छ । किसान अधिकार र खाद्य अधिकार वीना आधारभुत मानव अधिकार , आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकोले यस दिनलाई मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत यसलाई लिन आवश्यक छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय