बिस्वमा कम्युनिष्ट पार्टी स्थापना र नेपालको नौ महिने सरकार – रमेश राज भण्डारी
बिस्वमा कम्युनिष्ट पार्टी स्थापना र नेपालको नौ महिने सरकार
जर्मनीबाट देसनिकाला गरिएका क्रान्तीकारीहरुले फ्रान्समा लिग अफ दि आउट लज १८३३-१८३६ र लिग अफ दि जस्ट १८३६-१८४० गठन गरेका थिए । बैज्ञानिक बिचार धारामाथी आधारित नभएकोले ति संगठनहरुले प्रभाबकारी काम गर्न सकेको थिएन, तीनमा माक्स र एगेल्सको अगुवाइमा सन १८४६ मा ब्रुसेल्स कम्युनिष्ट लिग पनि गठन भयो । सन १८४७ को जुन महिनामा लन्डनमा यि ३ नै सगंठनको सयुक्त महासभाले ब्रुसेल्स कम्युनिष्ट लिगमा लिग अफ दि आउट लज र लिग अफ दि जस्ट सग सम्बन्धित व्यक्तिलाई समेत समाबेस गरी कम्युनिष्ट लिग गठन गर्यो र “बिस्वका मजदुर हरु एक होउ”भन्ने नारा अगाडी सार्यो ।
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा उक्त कम्युनिष्ट लिग पहिलो ब्यबस्थित सगंठन मानिन्छ । सोही लन्डन महासभाले दिएको जिम्मा अनुसार माक्स र एगेल्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र तयार गरी १८४८ को फ्रेब्रुअरीमा प्रकासित गरे । घोषणा पत्र प्रकासनको लगतै युरोपमा पुजिपती बिरुद्द मजदुरहरुको टुला ठुला आन्दोलन भए फ्रान्समा कामदार बर्गले सुरु गरेको आन्दोलन ले १८४८ मे १५ मा पुजिपती बर्गको सत्ता पल्टाउने काममा सफलता पायो त्यो सरकार ब्याबस्थित सगंठनको अभाबमा ढल्न पुगयो । ३ हजार जती मजदुर को हत्या र हजारौ मजदुर को गिरफ्तारी पछी त्यो पुन अघी बढन सकेन फलत : फ्रान्स लगायत युरोप का अन्य मुलुक हरुमा भएको दमन ले सन १८५२ सम्म मा आइपुग्दा कम्युनिष्ट लिग बिघटन भइ सकेको थियो । उक्त घटनाबाट पाठ सिक्दै तथा मजदुर बर्गको अन्तराष्ट्रिय सघं सगंठन हुनु पर्ने आबस्यकता महसुस गरी सन १८६४ मा फ्रान्स र बेलायतका मजदुरहरुको सकृयता तथा माक्स र एगेल्सको सग्लनतामा अन्तराष्ट्रिय मेहनत जनताकाे सघं ( Internation Woरking Men’s Association ) गठन भयो १६ बर्ष पहिले “बिस्वको मजदुर एक हौ ” भनि अघी सारेको नारालाई पुर्नजिबन दियो । यही सगंठनलाई” प्रथम अन्तराष्ट्रिय” भनिन्छ ।
यसैको नेतृत्वमा नेपोलियन तृतिय र नेपोलियन कै ४ हजार ससत्र बिद्रोही सेनाको नेतृत्वमा पेरिसमा मजदुर बर्गको क्रन्तिकारी सरकार ” पेरिस कम्युन्” १९७१ मार्च १८ मा स्थापना भयो आफैभित्र रहेका बिभिन्न कमजोरीहरु तथा युरोपका पुजिपती बर्ग को सयुक्त हमलाका कारण ७२ दिन भन्दा बढी पेरिस कम्युन तिक्न सकेन २८ मे १८७१ मा त्यस्को हार भयो । मजदुर आन्दोलन माथीको ब्यापक दमन र ” प्रथम अन्तराष्ट्रिय ” भित्रको आन्तरिक बिबाद र फुटका कारण त्यस्लाई बिघटन गरिनु पर्ने माग उठन थाल्यो फलत : १९७६ को फिलाडेल्फियामा सम्पन्न छैट महाधिबेसन ले प्रथम इन्टरनेसनल जनरल काउन्सिल को बिधिबत रुपमा बिघटन गर्यो ।
त्यस्को केहि बर्ष पछी १४ मार्च १८८३ का दिन कार्ल माक्स को पनि निधन भयो । सन १८८० को दसक को आखिरिसम्मा बिस्व मजदुर आन्दोलन ले चर्को रुप लिन थालो र कतिपय मुलुक मा मजदुर बर्गका राजनितिक पार्टीहरु स्थापना हुन थाले ।
जर्मनीमा सन १८६९ मा सोसल द्यामोपार्टी स्थापना भइ सकेको थियो भने अमेरिका मा १८७६ मा फ्रान्स मा १८७९ मा स्पेन, अस्ट्रिया स्विडेन र स्विजर्लेन्ड मा सन १८८९ को एकै बर्ष मा सोसोल ड्यामोक्र्याटिक पार्टीहरु स्थापना भएका थिए । बिस्वमा आएको यो परिवर्तनले मजदुरा बर्गलाई अर्को अन्तराष्ट्रिय सगंठन निर्मान गर्नु पर्ने बोध गरायो र सन १८८९ मै दोस्रो अन्तराष्ट्रिय समाजबादी सगंठनको गठन भयो । बिस्वका २० मुलुक का ३९१ प्रती निधीहरुको सहभागितामा एगेल्सको नेतृत्वमा सम्पन्न भयो र एउटा अधिबेसन द्वारा उक्त “दोस्रो अन्त राष्ट्रिय ” को गठन गरिएको थियो ।
त्यस्को केहि बर्ष मै १९८५ को अगस्ट ५ तारिका मा बिस्वकम्युनिष्ट आन्दोलन का अग्रज नेता एगेल्स को पनि निधन भयो । त्यसपछी बिभिन्न मुलुकका उथलपुथल साम्राज्य बाद्को होडमा १९१४ जनवररि १ देखी सुरु भएर १९१८ मा टुंगिएको प्रथम बिस्व युद्द सोही अबधिमा रुस मा जारसाहिको अन्त र बिभिन्न असफल क्रान्ती हरुबाट सिक्क्षा लिदै २५ अक्टोबर १९१७ मा सपन्न रुसी समाजबादी क्रान्तिको सफलता ले बिस्व को कम्युनिष्ट सगंठन बिचमा एउटा नया हलचल ल्याइ दियो ।
अन्तराष्ट्रिय आन्दोलनमा लेनिन बादी सघठान्त्मक पद्दति र साम्राज्यबाद बिरोधी आन्दोलन मा सर्बहारा बर्गको भूमिका जस्ता नितान्त नौला आयाम हरु थप्दै रुसी क्रान्ती लाई सफलताको सिखरमा पुर्याउने काम रुसी कम्युनिष्ट नेता भ्लादिमिर इलिची लेनिन १८७०-१९२४ द्वारा सम्पन्न गरियो । तत्कालिन बिस्व परिस्थिति तथा मुलुकको अवस्थाअनुसार कार्ल माक्स बाद को सिर्जनात्मक प्रयोग गर्ने क्रम मा लेनिनले ” साम्राज्यबाद भनेको पुजिबाद को सर्बोच अवस्था हो” भन्ने नयाँ बिस्लेषण अघी सारे । उनले साम्राज्यबादी युगमा पुजिबादिअर्थतन्त्र र राजनीतिकमा अन्तर्निहित विभिन्न विभिन्न कुराहरुको बिस्लेसण गर्दै एउटा मात्र देसमा पनि समाज बादी क्रान्ति को सम्भब छ भन्ने नयाँ धारणा अघि सारे उनले आर्थिक राजनितिक रणनितिक कार्यनीतिक संगठात्मक सिदान्त जस्ता पक्क्ष मा थप बिस्लेस गर्दै माक्सबाद लाई कार्यान्ययन गर्ने बाटो प्रस्ट पारिदिएका छन् I लेनिन कै समयमा रुस को तत्कालिन सामाजिक जनबादी मजदुर पार्टी को नाम परिबर्तन गरी कम्युनिष्ट पार्टी राखिएको थियो I अक्टोबर क्रान्ति को सफलता ले दिएको उत्त्साहा र विस्वका विभिन्न मुलुकहरुमा एक पछि अर्को कम्युनिष्ट पार्टी हरु गठन हुदै गए त्यसैले कम्युनिष्ट पार्टी हरुलाई समेट्न “तेस्रो अन्तरास्ट्रिय ” गठन गर्नुपर्ने आबस्यकता महसुस भइ मस्को मा २ मार्च १९१९ देखि सुरू भएको बिस्वभर का कम्युनिष्ट हरुको सम्मेलन ले ४ मार्च का दिन तेस्रो अन्तरास्ट्रिय कम्युनिष्ट को गठन गर्यो ।
यहि क्रम मा विभिन्न देस हरुमा कम्युनिष्ट पार्टी हरु धमाधम जन्मन थाले भने एसिया को कम्युनिष्ट हरुले माक्सबाद लेनिनबादलाई राष्ट्रिय स्वाधिनता को संग्राम मा पनि प्रयोग गरे ।
एसियामा चिनमा १९२१ मा कम्युनिष्ट पार्टी को स्थापना भयो भारत मा १९२५ मा कम्युनिष्ट पार्टी को स्थापना भयो १९२० मा मंगोलियन पिपुल्स रिभुलेसन पार्टी र इन्डोनेसियन कम्युनिष्ट पार्टी १९२
यहि क्रम मा विभिन्न देस हरुमा कम्युनिष्ट पार्टी हरु धमाधम जन्मन थाले भने एसिया को कम्युनिष्ट हरुले माक्सबाद लेनिनबादलाई राष्ट्रिय स्वाधिनता को संग्राम मा पनि प्रयोग गरे ।
एसियामा चिनमा १९२१ मा कम्युनिष्ट पार्टी को स्थापना भयो भारत मा १९२५ मा कम्युनिष्ट पार्टी को स्थापना भयो १९२० मा मंगोलियन पिपुल्स रिभुलेसन पार्टी र इन्डोनेसियन कम्युनिष्ट पार्टी १९२२ मा जापान कम्युनिष्ट पार्टी २९२५ मा कोरियन वकर्स कम्युनिष्ट पार्टी १९३० मा भितानामिज कम्युनिष्ट वकर्स पार्टी तथा फिलिपिन कम्युनिष्ट पार्टी १९३१ मा मलेसियन कम्युनिष्ट पार्टी श्रीलंका मा १९४० सिलोन कम्युनिष्ट पार्टी १९४३ बर्मिज कम्युनिष्ट पार्टी १९४५ मा कम्बोडियन कम्युनिष्ट पार्टी र १९४९ मा नेपाल कम्युनिष्ट पार्टी को स्थापना भएको हो ।
प्रथम बिस्व युद्द पछी मंगोलिया १९२४ को जन्म भयो भने दोस्रो बिस्वयुद्द पछी पुर्बी युरोप र एसियामा धमाधम कम्युनिष्ट सत्ता स्थापना हुनथाले युरोप को रोमानिया, चेकेस्लोभाकिया , युगोस्लाभिया , पोल्याण्ड , हंगेरी , बुल्गेरिया , अल्बानिया , पुर्बी जर्मनी आदि देसहरु ले सोभियत संघ को भौतिक तथा बैचारिक लगायत को सहयोगमा क्रान्ती सम्पन्न गरे दोस्रो बिस्वयुद्द पछी नै भियतनाममा हो ची मिन्ह को नेतृत्व मा १९४५ उत्तर कोरिया मा किम इल सुङ् को नेतृत्व मा १९४५ मा तथा चिन मा माओ त्सेतुङ् को नेतृत्व मा १९४९ मा राज्यसत्ता कम्युनिष्ट को कब्जा मा आउन सके पूर्वको एउटा ठुलो अर्ध सामन्ति अर्ध उपनिबेस मुलुकमा माक्सबाद लेनिनबाद लाई ब्याबहारमा उतार्ने काम चिनिया कम्युनिष्ट पार्टी ले एसियाको क्रान्तिकारी कम्युनिष्ट पार्टी हरु लाई उत्साहित बनायो कृसीमा आधारीत पछि परेको मुलुकलाई माक्सबाद लेनिनबाद लाई कसरी प्रयोग गर्ने सम्बन्धमा माओ त्से तुङ् ले “नौलो जनवादी क्रान्ति ” प्रतिपादन गरे माक्स्बाद लेनिनबाद ब्याबहारिक बनाउदै जादा चिनिया कम्युनिष्ट पार्टी को सन् १९४५ मा सम्पन्न सातौ महादिबेसन ले “माओ त्से तुङ् विचारधारा ” भनिएको छ ।
यसरी बिस्वमा चलेको कम्युनिष्ट क्रान्ती र चिनिया क्रान्ति को सफलता पछी एसिया महादेसकै कान्छो रुपमा १९४९ मा कम्युनिष्ट पार्टी भारत को कलकत्ता मा स्थापना भएको हो तर स्थापना वास्तबिक मिति बारे भने सस्थापक हरुको धारणा मिति फरक फरक छन् I सस्थाका महासचिब पुस्पलाल श्रेष्ठ ले १५ सेप्टेम्बर १९४९ ( २००६ साल ) मा पार्टी स्थापाना भएको बताएका छन भने अरु सस्थापक हरु नरबहादुर कर्माचार्य , नारायण विलास जोशी , र निरन्जन बैध ले २२ अप्रिल १९४९ लेनिन जयन्ति को दिन भएको बताएको छन् I २००८ साल को असोज मा सम्पन्न नेकपा को पहिलो सम्मेलन मा १५ सेप्टेम्बर १९४९ नै उल्लेख गरिएको छ । यसरी दक्षिण एसियाको सबैभन्दा कान्छो कम्युनिष्ट पार्टी ले दक्षिण एसियामा नै पहिलो कम्युनिष्ट पार्टी प्रधानमंत्री मनमोहन अधिकारी को नेतृत्व मा नेपाल मा कम्युनिष्ट पार्टी को सरकार बन्यो बिस्व का कम्युनिष्ट हरुको ध्यान सानो देश नेपालका कम्युनिष्ट सरकार मा केन्द्रित भयो तर आफ्नै कमीकमजोरी अस्थिर असक्षम दुर्दर्सि ले नौ महिना मा आफै ढल्न पुग्यो जुन नेपाल कम्युनिष्ट आन्दोलन र पार्टीलाई ठुलो चोट पर्यो ।
मसिना आ. वि. जूनियर रेडक्रस सर्कलद्वारा भूकम्पपीडितलाई राहत स्वरूप केही रकम हस्तन्तरण !
पोखरा
मिति २०८०/०८/१४ मसिना आ. वि. जूनियर रेडक्रस सर्कलद्वारा जाजरकाेट र रुकुमका भूकम्पपीडितलाई राहत स्वरूप केही रकम हस्तन्तरण गरेको छ ।

बिद्यालयमा एक कार्यक्रम गरि रेडक्रस कास्की का सभापति डण्डराज शर्मा , सदस्य रमेशराज भण्डारी र बबिता सुवेदी को विशेष उपस्थिति का साथ प्रशिक्षक गणेश भण्डारी ले डेंगुरोग सम्बन्धी सचेतनामुलक कार्यक्रम कोबारेमा प्रस्ट पार्नुभएको थियो ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ !
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
तर, आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ।
केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित !!
केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित
पोखरा । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो ।
जवाफी व्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले सतकीय साझेदारी गरे पनि जितका लागि प्रयाप्त हुन सकेन । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शुन्य(शुन्य रनमा आउट भए ।
बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन् । पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएका थिए ।
बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिएका थिए ।
आर्मी केपी ओली कप क्रिकेटको उपाधि नजिक
पोखरा । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी(२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे
कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए ।
बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारी खेले ।
बागतीका कप्तान सन्दिपले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए ।
बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए ।
आर्मीले उपाधिका लागि मधेश प्रदेश संग शुक्रबार भिड्नेछ ।
पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु !
पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु
पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले उल्लेख गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताउँदै विद्यालयस्तरका खेलकुदले नै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए ।
हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए ।
उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
बिहिबार भएको बास्केटबल उद्घाटन खेलमा हिल पोइन्टले सोसल पव्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा गोर्खा वोर्डिङ स्कुलले ज्योती कुञ्जलाई ११–८ ले, बालकल्याणले डायमण्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिसुनिकेतन मावीले समेत आ–आफ्ना खेल जितेका छन् ।
त्यस्तै आजनै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावी, मदर ल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । आज नै प्लस टु छात्र–छात्रातर्फका व्याडमिन्टन र टेवुल टेनिसका पहिलो चरणका खेलहरु जारी रहेको व्याडमिन्टन प्रतियोगिताका सांयोजक पुरन कुंवरले जानकारी दिए
स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेकोे छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।
जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया !!
जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिय
पोखरा ,मंसिर १४
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ।
सो अन्तरक्रीया कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो ।
प्रमुख पौडेलले लिजा र फ्रा ले पालिकाहरूको कार्यसम्पादनको स्तरवृद्धिमा समेत सहयोग पुर्याउने उल्लेख गर्दै बिगतको बर्षको मुल्यांकनस्तरलाई केन्द्रमा राखेर दुर्बल पक्षलाई न्यूनीकरण गर्दै सबलतातर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।
सरोकारवाला सबै पक्षहरूले इमानदारीपूर्बक काम गरेमा स्वत: कमजोरीहरू हटाउन सकिने उल्लेख गर्नुभयो।
शासकिय क्षमता अभिबृद्धीको मुल लक्ष्य मार्फत समृद्धि प्राप्त हुने हुदा सुसासनका लागि बित्तिय सुशासन महत्त्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।
जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी र सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उहाँको कथन थियो।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)को मुल्यांकन बिधि र स्थानीय तहहरूले गर्नु पर्ने कार्यहरूको सम्बन्धमा तथा बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) सम्बन्धमा कोष तथा लेखा नियन्त्रक केशवराज ढकालले सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका अध्यक्ष र कार्यकारी अधिकृत सहित सरोकारवाला जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के. सि. , जिल्ला समन्वय समिति सदस्य बालिका सुवेदी ,जिल्ला समन्वय अधिकारी नबराज बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।
पोखरामा आठौं संस्करणको पर्वतीय महोत्सव हुने !
-
आठौं संस्करणको पर्वतीय महोत्सव हुने
पोखरा- नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ। आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो। यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो।
संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। सोही अवर पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ। आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए। यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ। आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन्।
‘विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पुर्याउनेछ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं।’
श्रीकृष्ण माध्यमिक विद्यालयलाई पोखरा महानगर वडा न ७ ले खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण!!
पोखरा वडा नम्बर ७ को एक मात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयलाई पोखरा ७ को कार्यालयले खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयको प्राङ्गणमा पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्य , वडा सदस्य अर्जुन थापा र वडा सचिव राजेन्द्र प्रसाद पौडेलले सयुक्त रुपमा विद्यालयका प्र.अ टीका राम लामिछानेलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
पौष ४ गते विद्यालयको ५२ औं वार्षिकोत्सब मनाउने तयारीमा यति बेला विद्यालय रङ्गरोगन सहित अन्य तयारी भइ रहेको छ । वार्षिकोत्सबलाई भब्य रुपमा सम्पन्न पार्न वडा कार्यालय संगै साथमा रहने र वडामा रहेका सम्पुर्ण संघ सस्थाहरु तथा वडावासी लाई पनि साथमा रहन वडा अध्यक्ष आचार्यले आग्रह गर्नु भयो ।
स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफैँ विद्यार्थीलाई अध्यापन गराउदै !!
बेलबारी : मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन्।
विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउँछन्।
अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानाध्यापक समेत थिए। शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी-३ स्थित भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीकी शिक्षिका थिइन्। उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्सँगै विदेश गइन्।
लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवा निवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। व्यवस्थापन समितिका अध्यक्ष भएपछि पनि उनले विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको बताउँछन्।
शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताए।
७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ।
संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह र लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। हुमकला पाण्डेलाई गृह मन्त्रालयबाट बाग्मती प्रदेशमा सरुवा गरिएको छ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
