२०८३ जेष्ठ २५ सोमबार

एमाले नेता योगेश भट्टराई सवार गाडी तोडफोड !!

नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।
ढुङ्गा लागेर भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी क्षति पुगेको छ ।

यसअघि आइतबार नै ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले फुङलिङस्थित भट्टराईको निवासअगाडि प्रदर्शन गरेका थिए ।

दसैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला पुगेका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए।

सम्पर्कमा छैनन् दुई हवलदारसहित २६ प्रहरी !!

काठमाडौँ । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ । सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ ।

मंसिर ८ र ९ गते ‘प्रथम फंकी बीन्स फुटसल र्टुनामेन्ट ३५+ प्रतियोगिता’ हुँदै !!

पो. म. पा. ८ का योगेन थकाली र राजन गुरुङ्ग संञ्चालक रहेको ‘फंकी बीन्स’ ले बिगत ५ वर्ष देखि सृजना चोकमा अर्गानिक कफीको स्वाद पस्किरहेको छ । । फुटबलमा रुची भएका संञ्चालक द्वय थकाली र गुरुङ्गको पहलमा मंसिर ८ र ९ गते ‘प्रथम फंकी बीन्स फुटसल र्टुनामेन्ट ३५+ प्रतियोगिता’ पोखरा–४ मा रहेको ‘स्पोर्टस क्यासल’ मा हुने भएको छ । प्रतियोगितामा ३५ वर्ष भन्दा बढी उमेरका खेलाडीहरुको मात्र सहभागीता रहने छ । प्रतियोगितामा जम्मा २२ समुहको सहभागीता रहने आयोजक संस्था फंकी बीन्सका सञ्चालकले बताए । प्रतियोगीतामा प्रथम पुरस्कार रु. ८०,०००÷–, दोस्रो पुरस्कार रु. ५०,०००÷– साथै फेयर प्ले र एम.भी.पी अर्वाडको समेत व्यवस्था गरिएको फंकी बीन्स सञ्चालक राजन गुरुङ्गले बताए । “यो फुटसल प्रतियोगिता पोखरामा आयोजना हुने ३५ वर्ष माथि उमेर समुहको फुटसल प्रतियोगिता मध्य अहिले सम्मको ठुलो धनरासीको पुरस्कार भएको प्रतियोगिता हो”, प्रतियोगिता संयोजक योगेन थकालीले बताए ।

साथै यस प्रतिस्पर्धाबाट आर्जन हुने मुनाफालाई रङ्गाशालामा फुटबल सीकीरहेका बालबालीकाहरुको सहयोगमा खर्च गरिने संयोजक थकालीले बताए । फुटसल प्रतियोगिता संचालनको लागि देश विदेशबाट सहयोग गर्ने सबै फुटबल प्रेमीमा ‘फंकी बीन्स’ ले धन्यवाद व्यक्त गरेको छ ।

भुकम्प प्रभावितका लागी अस्थाई टहरा बनाउन युवा संघका सक्रियता (रुकुम पश्चिम) !!

भुकम्प प्रभावितका लागी अस्थाई टहरा बनाउन युवा संघका सक्रियता (रुकुम पश्चिम)

 

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका बिभिन्न स्थानमा खटेर अस्थाई टहरा बनाउन सक्रियाता बढाएको छ । यसै क्रममा युवा संघ कास्कीका जिल्ला अध्यक्ष पानबहादुर जिसीको संयोजकत्वमा रहेको गण्डकी प्रदेशबाट खटिएको ५० जनाको समुहले चौरजहारीमा अस्थाई टहरा बनाएर हस्तान्तर समेत गरेको छ ।

चौरजहारी–१० र ११ का प्रभावित १४ घरपरिवारका लागी अस्थाई टहरा बनाएर हस्तान्तरण गरिएको अध्यक्ष जिसीले जानकारी दिएका छन् । स्थानिय साधन–स्रोतको प्रयोग गरेर काठपात राखेर माटोले लिपेको पर्खाल र त्रिपालको छानो भएको अस्थाई बास निर्माण गरेको अध्यक्ष जिसीले बताए ।
यसरी अस्थाई टहरा पाएपछी भुकम्पबाट घरबार बिहिन भएका नागरिक पनि खुसी भएका छन् । चौरजहारी नगरपालिका–१० पोखरीका स्थानिय शशिराम राणाले भने ‘सरकारको भर परेर त कहिले हो कहिले । चिसोले सताएको बेला न्यानो अस्थाई घर पाएर खुसी लाग्यो ।’ साथै उनि लगाएतका लावन्वित सर्वसाधारणले युवा संघलाई धन्यवाद समेत दिएका छन् ।

यसपछी आफुहरु चौरजहारी नगरपालिकाको वडा नं. १० र ११ मा तिन वटा समुह बनाएर अरु अस्थाई टहरा बनाउने काममा खटिएको युवा संघ कास्कीका सचिव नवराज केसीको भनाई छ । ‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी खटिएका छौ । यही मंसिर १४ गतेसम्म प्रभावित क्षेत्रमा खटेर काम गर्ने र यसपछी नेकपा एमालेको मध्यहपाडी जागरण अभियानमा जोडिने योजना छ’ उनले भने ।

कास्कीमा युबाहरुको रास्ट्रिय गोस्ठि हुँदै

कास्कीमा युबाहरुको रास्ट्रिय गोस्ठि हुँद

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयको को आयोजना तथा नेरेशो कास्की शाखा र युबा रेडक्रस सर्कल शिबशक्ति माबि फुलबारिको ब्यबस्थापन पौष ७ र ८ गते रास्ट्रिय जुनियर तथा युबा गोस्ठि हुने भएको छ । गोस्ठिको बिषयमा नेरेशो कास्की शाखाका सदस्य एबम् जुनियर युबा समिति कास्की का संयोजक रमेशराज भण्डारी ले ७७ वटै जिल्लाबाट र बिदेशिसमेत गरि करिब ४०० जना को ब्यबस्थापन गर्ने कुरा बताउनुभयो ।

२०८० साल पौष ७ र ८ सन्चालन हुने उक्त गोस्ठिले पोखरा घोषणापत्र जारि गर्दै समापन गरिने र रेडक्रस अभियान जिल्ला जिल्ला मा पुर्याउन महत्त्वपूर्ण भुमिका रहने समेत भण्डारी ले उल्लेख गर्नुभयो ।

रेडक्रसको नर्सरिको रुपमा मानिने युबा तथा जुनियर सरणकलका विभिन्न रास्ट्रिय कार्यक्रमहरु मा उत्कृष्ट ब्यक्ति तथा शिक्षक नायकहरुलाई समेत सम्मानका कार्यक्रमहरु रहने कुरा भण्डारी ले जानकारि दिनुभयो ।

Australia wins ICC World Cup 2023 !

KATHMANDU: Australia beat India by six wickets to win its sixth ICC ODI World Cup title at the Narendra Modi Stadium in Ahmedabad, Gujarat.

This was the first time India hosted the tournament entirely by itself.

मगर समाज अष्ट्रेलियाको अध्यक्षमा लुकेश र महासचिवमा बिशाल ।

सिडनी, अष्ट्रेलिया ।

मगर समाज अष्ट्रेलियाको अध्यक्षमा लुकेश र महासचिवमा बिशाल राना मग़र चयन ।

मगर समाज अष्ट्रेलियाको १३औं स्थापना दिवस एवं अधिवेशनले निम्न बमोजिम कमिटी निर्वाचित गरेको छ।

निर्वाचित कमिटी
Magar Samaj Australia 2023-2025 central committee
President :- Lukesh Ramjali Magar
Vice President:- Raghu Jugjali Magar
General secretary:- Bishal Rana Magar
Secretary:- Yogen Pun Magar
Assistant Secretary:- Bijan Thajali Magar
Treasure:- Yam Budhathoki Magar

Public Officer :- Geeru Jugjali Magar
Cultural Secretary :- Phulu Pun Magar
Media Co- ordinator :- Surya Garbuja Magar
Sports Co- ordinator:- Lalit Thapa Magar

Executive Member:-
Chal Bache Magar
Arun Garbuja Magar
Rekha Jugjali Magar
Prem Ale Magar
Sujan Thapa Magar
Tejendra Thapa Magar
Kishor Pun Magar
Prajun Thapa Magar
Hikmat Gharti Magar
Jagat Rontija Magar
Gajendra Jugjali Magar
Ranjita Budathoki Magar

Advisor
Rajendra Thapa Magar
Nabin Rana Magar
Anil thapa Magar
Hari Ramjali Magar
Uttam Pun Magar
Mukti Roka Magar
Gau Purja Magar
Indra Thapa Magar
Tom Thapa Magar
Nancy Pun Magar
Narayan Thapa Magar

सोहि कार्यक्रममा अष्ट्रेलियाको बिभिन्न युनिभरसिटी बाट पास हुने मगर बिध्यार्थीहरू एवं मगर कलाकारहरूलाइ सम्मान गरिएको थियो।

साथै आऊदो माघ १ गते माघे संक्रान्ति बिशेष कार्यक्रम आयोजना गर्ने समेत घोषणा गरेको छ ।

20-Jan-2024 मा माघे सक्रान्ति कार्यक्रम
स्थान Gough Whitlam Park Tempe NSW मा हुनेछ|

पोखरामा हुने केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक !

पोखरामा हुने केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक
पोखरा । पोखरामा हुने ‘प्रथम केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् ।

प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसै गरि यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् । एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो ।

खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।

मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।

प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् । यसै गरि हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ ।

मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।

अनेरास्ववियु कास्कीद्वारा घोतघोतेका आगलागीपीडित दृष्टिविहीनलाई राहत सामग्री वितरण !!

अनेरास्ववियु कास्कीद्वारा घोतघोतेका आगलागीपीडित दृष्टिविहीनलाई राहत सामग्री वितरण
पोखरा
अनेरास्ववियु जिल्ला कमिटी कास्कीद्वारा पोखरा महानगरपालिका वडा नम्बर २९ घोतघोतेमा दृष्टिविहीन निवासमा भएको आगलागीबाट क्षति भएका पीडितलाई सामग्री वितरण गरेको छ ।
शनिबार पीडितको क्षेत्रमै पुगेर १५ हजार बराबर राहत सामग्री वितरण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
राहतमा चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजा लगायत अन्य करिव एक हप्तालाई पुग्ने गरी प्रदान गरिएको अध्यक्ष पोखरेलेले बताए ।
स्थानीय जनप्रतिनिधिहरुको रोवरमा राहत सामग्री वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सिनासहित अनेरास्ववियुको जिल्ला स्तरीय नेताको उपस्थिति थियो ।

” माधव वियाेगी साहित्य पुरस्कार २०८० सुवेदीलाई “

” माधव वियाेगी साहित्य पुरस्कार २०८० सुवेदीलाई

माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रदान गरिँदै आइएकाे माधव वियाेगी साहित्य पुरस्कार २०८० एक समारोहबिच सुप्रसिद्ध कवि रामबाबु सुवेदीलाई प्रदान गरिएको छ।नगद रु. पच्चीस हजार रुपैयाँ सहित (२५०००/-) सम्मानपत्र , दाेसल्ला र फूलमाला सहित सुवेदीलाई पुरस्कृत गरिएको हाे।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बाेल्दै गुरुङले भने – ” जनस्तर बाटै माधव वियाेगी वाङ्मय प्रतिष्ठान खुल्नू अनि उक्त प्रतिष्ठानले माधव वियाेगी साहित्य पुरस्कार स्थापना गर्नू आफैँमा उल्लेखनीय कार्य हाे।यस प्रतिष्ठानले अघि बढाएका गतिविधि काव्य संस्कृतिकाे विकासमा रहेकाे सुखद पक्ष हाे। ”

कार्यक्रममा बाेल्दै विशेष अतिथि डा. पुष्पा के.सी भण्डारीले भनिन् – “सिर्जना कर्मीकाे आराधना गर्नू सभ्यताको पूजा गर्नूजस्तै हाे।त्यसैले छन्द र साहित्यकाे उन्नयनमा लाग्नुहुने सबै प्रति मेराे हार्दिक बन्दना छ ।यहाँहरुले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ।”

यसैगरी कार्यक्रममा बाेल्दै छन्दनायक माधव वियाेगीले भने – “पाेखराकाे छाेरेपाटनमा रहेकाे छन्द निवासमा अब नियमित छन्द प्रशिक्षण मात्र नभई छन्दकाे नियमित वाचन श्रृङ्खला पनि हुनेछ।”

यसै सन्दर्भमा सम्मानित स्रष्टा रामबाबु सुवेदीले भने- “म भत्किएका प्राैढहरुकाे भन्दा भाेलीकाे देश निर्माण गर्ने कलिला बालबालिकाका बारेमा बाल कविता लेख्नुपर्छ भन्ने ठान्छु।”

कार्यक्रममा बेलघारी टाेल विकास संस्थाका सल्लाहकार संयाेजक झपिन्द्र रेग्मी ,संस्कृत क्याम्पसका प्रमुख डा .जगन्नाथ रेग्मी,डेभिडफल युवा सञ्जालका महासचिव दीपक सुवेदी लगायतले बाेलेका थिए।

उक्त अवसरमा आर्या त्रिपाठी ,राेशन तिम्सिना ,निकेश गिरी,रुद्र बहादुर थापा,देवेन्द्र के.सी,रमा खतिवडा ,शालिग्राम आचार्य,शिव त्रिपाठी ,छन्दिका त्रिपाठी लगायतले रचना वाचन गरेका थिए।

प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए।स्मरण रहाेस् उक्त पुरस्कार २०७९ मा सुप्रसिद्ध कवि मुकुन्द शरण उपाध्याय लाई प्रदान गरिएको थियाे।उक्त कार्यक्रममा स्थानीय संघ ,संस्था र साहित्यकारहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय