पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धीले भाग लिँदै
पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धीले भाग लिँद
पोखरा, ०२ मंसिर ।
पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेको कारण केही खेलाडीले शुरुवाती दर्ता गरेपनि सहभागि हुन नसकेका हुन् ।’ –उनले भने ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दावी छ ।
खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । ‘प्रत्येक वर्ष वर्षमा प्रतियोगितालाई निरन्तरता दिने योजना भएपनि ६–६ महिनामा गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं ।’ उनले भने ।
तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछभने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ ।
एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री !
एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री
मंसीर १ तनहुँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ।
शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्। केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्। बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ। देशको सुरक्षा अवस्था सामान्य छ। १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं।”
“हाम्रो पार्टी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौं” प्रधानमन्त्रीले भन्नुभयो, “भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्। त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाउँ।”
“मैैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दवावमुक्त भइसकेको छैन” प्रधानमन्त्रीले भन्नुभयो, मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।”
दर्जनौं नेता-कार्यकर्ता माओवादीमा प्रवेश
कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना बिक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईं, सामाजिक व्यक्तित्वहरू दीपक गुरूङ, अभिशेक गुरूङ, सूर्य बिक, युवा व्यवसायीहरू भगवान श्रेष्ठ, विनय श्रेष्ठ, तमु समाजका अध्यक्ष चीजकुमार गुरूङ, युवा नेताहरू सन्दीप सुनार, बम बहादुर सुनार, जगत बिक, अमृत बिक, बादल सुनार, निश्चल सुनार, सुजन गुरूङ, नेत्र गुरूङ, रामबादुर गुरुङ लगायत रहेका छन्।
नवप्रवेशी नेता-कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्नुभएको थियो।
शिक्षक नायकहरु लाई दियो नेपाल् रेडक्रस कास्किले आधारभुत प्राथमिक उपचार तालिम सुरु !!
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना मा सन्चालित शिक्षक नायकहरुको लागि आधारभुत प्राथमिक उपचार प्रशिक्षण आज मंसिर १ गते (मंसिर १ देखि ३ सम्म) अन्नपूर्ण गाउपालिका का अध्यक्ष बिस्णु बाहादुर केशि,को प्रमुख आतिथ्यतामा तथा नेरेशो कास्कीका सदस्य एबम् जुनियर युबा समिति कास्की का संयोजक रमेशराज भण्डारी को सभापतित्व ,नेरेशो कास्की शाखाका सभापति डण्डराज शर्मा को विशेष आतिथ्यता लगाएत समितिका सदस्यहरु लक्ष्मि अधिकारी, के आर ढकाल,सर्मिला सापकोटा , प्रशिक्षकहरु लक्ष्मण कोईराला, नबराज भण्डारी ,मित्रलाल सुबेदि,गणेश भण्डारी को उपस्थिति एबम् ,समिति का सचिब बबिता सुवेदी ले सन्चालन गर्नुभएको कार्यक्रम मा कास्की का २४ सर्कलको उपस्थिति का साथ एक समारोह बिच उद्घाटन सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ पोखरा महानगर द्वारा सामूहिक रूपमा भाई टिका कार्यक्रम सम्पन्न । (फाेटाे सहित)
भाईटिकाको अबसरमा मिति:-२०८०/०७/२९ गतेको दिन रास्ट्रिय युवा संघ वडा न.१९ को सह-सचीव, अत्यन्तै जुझारु महिला .सुवानी पौडेलको हातबाट सामुहिक भाईटीका लगाउने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मा गण्डकी प्रदेशका का अध्यक्ष बिकास अधिकारी , सदस्यहरु , जिल्लाका पदाधिकारी ,सदस्यहरु ,पालिका का अध्यक्ष हरु ,महानगर ,वडा गरि युवा हरु को उपस्तिथित रहेको थियो।
कार्यक्रममा आयोजक पोखरा महानगर अध्यक्ष प्रदिप गुरुङले बोल्दै सम्पुर्ण उपस्थितिको निमित धन्यवाद एबम आभार बेक्त गर्नुभएको थियो।

सुवानि पौडेल बाट बाल बगैंचा नामक किताब पनि एकै पटक बिमोचन सहित सम्पुर्ण लाई दिदै आभार बेक्त गर्नुभयो ।
उक्त कार्यक्रममा करिब ३० जना लाई सामुहिक टीका लगाइएको जानकारी सचिब अविस्कार तिमिल्सिनाले बिश्व पाटि लाइ जानकारी दिनुभयो।


पोखरा १० बुद्ध चोक मा राजु परियार मृत अवस्था मा फेला !!
वडा प्रहरी कार्यालय रामबजार कास्की
मिति २०८०।०७।२६ गते अं. ०३:३२ बजेको समयमा जिल्ला कास्की पो.म.न.पा. १०बुद्ध चोक स्थित ऐ.ऐ. १४ छिनडाँडा घर भई हाल पोखरा म.न.पा. १० बुद्ध चोक दिदीको डेरा कोठामा भान्जा बर्ष ११ को मिगल परियारसंग बस्ने बर्ष २९ को राजु परियार ( अबिबाहीत) ००:३० बजे ट्वाईलेट गएको र ०३:२० बजे सम्म ननिस्कीएकोले निजको भान्जाले खो.त. गर्दा ट्वाईलेटको ढोकाको चुक्कल नलगाई ट्वाईले माथिको धारामा समाई अचेत अवस्थामा देखी घरबेटी मैया थापा लाई खबर गरी घर धनीले यस कार्यालयमा जानकारी गराए पश्चात तत्काल यस कार्यालयबाट प्र.स.नि. पदम बहादुर के.शी.को कमाण्डमा ५ जनाको टोली खटी गई निजलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएको अवस्था सिरियस उपचारमा ज्वाई राम परियार संलग्न रहेको । र ऐ. ०४:१० बजेको समयमा चेक जाँचको क्रममा डा.ले मृत घोषणा गरेको । ट्वाईलेटमा रगत सहितको सिरिन्ज फेला परेको ।
थप अनुसन्धान गर्दा निजको भान्जाको डेरा कोठाको फ्रिज मुनि लुकाई छिपाई राखेको नुर्फिन ३४ एम्पुल ,डाईजपाम ३४ एम्पुल र फेनरागन ३४ एम्पुल गरि जम्मा ३४ सेट (१०२ एम्पुल ) लागु औषध समेत फेला पारी बरामद गरिईएको। निजको दिदी १० /१५ दिन अगाडी पर्चुगल गएको भन्ने बुझिएको । उक्त स्थान यस कार्यालयबाट अं. १ कि.मि उत्तर पर्ने अन्य बिबि पछि ।
राम बजार प्रहरी प्रमुख बिनोद श्रेष्ठले विश्व पाटि लाई जानकारी दिनुभयो ।
चिल्ड्रेन–नेपालको २७ औं बार्षिक साधारणसभा सम्पन्न !!
२०८० कार्तिक २४
पोखरा
चिल्डेन–नेपालको २७ औं बार्षिक साधारणसभा संस्थाको कार्यालय मासबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्त पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संक्षिप्त परिचय दिदैं संस्थाको दिगोपन र आत्मनिर्भरका लागी प्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राखेका थिए । संस्थाको स्थापनादेखि हालसम्म कठिन परिस्थितिमा रहेका हजारौँ बालबालिका, युवा, महिला र तिनका परिवारहरुको निम्ति सामाजिक र मानवीय सेवा प्रदान गर्ने अवसर प्राप्त भएकोमा हामीलाई खुशी लागेको छ । संस्थाले बालअधिकार प्रवद्र्धन, शान्ति, वातावरण संरक्षण, महिला सशक्तीकरण, दिगो विकास र सामाजिक परिवर्तनको क्षेत्रमा कार्यरत यस संस्थाले आफ्नो स्थापना २०५२ सालदेखि सडक, श्रमिक, दलित, अपाङ्ग लगायत विभिन्न खाले जोखिममा परेका सिमान्तकृत समुदायका बालबालिका, युवा, महिला र तिनका परिवारलाई केन्द्रित गरी सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको कुरा बताउनु भएको थियो ।संस्थामा यो उपलब्धि प्राप्त गर्नको लागी कार्यसमिति पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरु, बिभिन्न सहयोगी संघ संस्था सरोकार निकाय एबं शुभचिन्तकको साथ मिलेको र सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको कुरा बताएका थिए । संस्थाले लक्षित समुहलाई प्रदान गर्दै आएको सेवालाई प्रभाबकारी बनाउदै लैजाने कुरामा समेत जोड दिएका थिए । सोही क्रममा कार्यकारी निर्देशक शर्माले संस्थालाई साथ र सहयोग गर्ने संस्थाका कर्मचारी,राज्यका निकाय,स्थानीय तह, प्रशासन र सम्पुर्ण सरोकारवालाहरुलाई समेत धन्यबाद दिएका थिए । संस्थाका कार्यसमिति सदस्य र संलग्न कर्मचारीहरु र स्वमसेवकहरुकोे अहोरात्रको खटन, मेहनतका कारण संस्थाले सफलता हासिल गर्दै आएको कुरामा जोड दिएका थिए । साधारण सभामा संस्थाको बार्षिक समाचार पुस्तिका “उज्यालोको खोजी २०८०” को संस्थाका अध्यक्ष शान्त पौडेल र कार्यसमिति सदस्यबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो ।
संस्थाले कार्य सम्पादन मुल्याङकनबाट यस बर्ष उत्कृष्ट कर्मचारीको रुपमा छनौट भएका ब्यबस्थापन अधिकृत लक्ष्मि देबी शर्र्मा र सह संयोजक दुमनाथ शर्मालाई प्रशंसा पत्र नगद र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसै गरी संस्थाको काठमाण्डौ सम्पर्क कार्यलयमा रहेर आफनो जिम्मेवारी पुरा गर्दै ग्रामिण बिकास बिषयबाट स्नातकोत्तर तह उत्तिर्ण गरेकोमा कर्मचारी बिना तामाङ लाई प्रशंसा पत्र नगदबाट सम्मान गरिएको थियो । कार्यक्रममा सहयोगी संस्था चिल्डे«न–नेपाल डेनमार्कका संस्थापक अध्यक्ष एभभच इचतखबमि लाई प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।सोही क्रममा संस्थाद्धारा संचालित सुर्यमुखी हस्तकला कार्यक्रममा संलग्न उत्पादक महिलाहरुलाई समेत पुरस्कृत गरीएको थियो ।
२७ औं बार्षिक साधारणसभामा संस्थाको आ ब २०७९÷०८० को प्रगती प्रतिबेदन संस्थाका महासचिब जयन्द्र भट्टराईले प्रस्तुत गरेका थिए, भने आ ब २०७९÷०८० को आर्थिक प्रतिबेदन र आगामी बर्ष २०८०÷०८१ को कार्यक्रम र बजेट संस्थाका कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदनहरुलाई सम्मानित सभाबाट सर्बसम्मत पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरुलाई कार्य समिति सदस्य कृष्ण प्रसाद खरालले स्वागत गरेका थिए, भने साधारण सदस्यको तर्फबाट मिना भण्डारी र कार्यसमितिको तर्फबाट रामचन्द्र पौडेलले सभामा शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिब राधा देबी शर्माले संचालन गर्नु भएको उक्त साधारण सभामा संस्थाका निबर्तमान अध्यक्ष भिमलाल गुरुङले उपस्थित सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेका थिए ।
कैलालीमा अदालतबाटै चोरी !!
कैलालीमा अदालतबाटै चोरी भएको छ। प्रहरी सुरक्षाको घेराभित्रै चोरी भएपछि घटनाले पनि चर्चा पाएको हो।
आइतबार राति १० बजेर २३ मिनेटमा अदालतको दक्षिणतर्फको झ्यालबाट चोरले प्रवेश गरेको अदालतको सिसिटिभी फुटेजमा देखिएको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए।
चोरी गर्ने अज्ञात एक जनाले करिब एक घण्टा कार्यालयभित्र बिताएको भिडिओमा देखिएको स्रेस्तेदार विष्टले बताए।
कार्यालय भित्रका विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली समेत चोरी भएको स्रेस्तेदार विष्टले बताए।
पोखराको पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरबाट बिई÷बिआर्क प्रवेश परिक्षा !!!
पोखरा,१९ कात्तिक । पोखराको लामाचौरस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरमा आधारित बिई÷बिआर्कको प्रवेश परीक्षा सञ्चालन गरिएको छ ।
विगत ९ बर्षदेखि काठमाडौँमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा पहिलो पटक काठमाडौँ बाहिर समेत परीक्षा लिइएको हो ।
विसं २०७१ साल देखि इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालिन डीन प्रा. डा. भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश परीक्षाको शुरुवात गरिएको थियो ।
पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुशी लागेको पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले बताउनुभयो ।
उहाँले आगामी दिनमा कम्प्यूटर ल्याबहरुको क्षमता बढाउँदै थोरै सिफ्टमा प्रवेश परीक्षा सम्पन्न गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख बरालले भन्नुभयो,“पहिलो पटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा क्याम्पस प्रशासन अत्यन्त आभारी र खुशी छ । परीक्षा सञ्चालनमा सहभागी भइ सहयोग गर्नुहुने शिक्षक, कर्मचारी र आवेदन दिई पश्चिमाञ्चल क्याम्पसलाई आफ्नो परीक्षा केन्द्र बनाउने सबै विद्यार्थीहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।”
संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीले प्रवेश परीक्षालाई आङ्गिक क्याम्पसहरुबाट पनि सञ्चालन गर्न बिकेन्द्रिकरणको नीति अपनाए संगै पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन भएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानले यही कार्तिक १४ गते देखि दैनिक चार सिफ्टमा कम्प्यूटर प्रविधिमा आधारित बिई÷बिआर्क प्रवेश परीक्षा काटमाडौं केन्द्रमा सञ्चालन गरिरहेको छ छ ।
त्यसैगरी कात्तिक १६ गतेदेखि पश्चिमाञ्चल क्याम्पस, पोखरामा समानान्तर रुपमा सञ्चालन भइरहेको हो ।
पश्चिमाञ्चल क्यान्पसको रिसर्च तथा इनोभेसन भवनको ३ वटा आधुनिक कम्प्यूटर ल्यावहरुमा पहिलो र दोस्रो दिनको पाँच सिफ्टको परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
यो परीक्षा कार्तिक १९ गेतसम्म जम्मा १२ सिफ्टमा सम्पन्न हुनेछ क्याम्पसले जनाएको छ । काठमाडौं केन्द्रमा प्रतिसिफ्टमा तीन सय ५० जनाले र पोखरा केन्द्रमा प्रति सिफ्टमा ६० जनाले कम्प्यूटरमा आधारित प्रवेश परीक्षामा सामेल भइरहेका छन्।
पूर्ण सुरक्षित वातावरणमा परीक्षा सञ्चालन भइरहेको र पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भइरहेको प्रवेश परीक्षाको पनि काठमाडौं केन्द्रबाटै प्राइभेट नेटवर्क र सिसिटिभी मार्फत प्रत्यक्ष अनुगमन भइरहेको बोर्डका अध्यक्ष तथा सहायक डिन प्राडा सुशीलबहादुर बज्राचार्यले बताउनुभयो ।
उहाँका अनुसार पहिलो पटक प्रविधिलाई बिस्तार गरी सफलतापूर्वक परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षार्थीहरुले अनलाईनबाटै आवेदन दिएर प्रवेशपत्र डाउनलोड गरी भौतिक रुपमा ल्यावमा उपस्थित भई परीक्षा दिएका छन् ।
पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा सात सय १ जना परिक्षार्थीहरु प्रवेश परीक्षामा सामेल भइरहेका छन् ।
आवेदन दिएका परीक्षार्थीहरु मध्य इन्जिनियरिङ अध्ययन संस्थानका पाँच वटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धनप्राप्त कलेजहरुमा दुई हजार ३ सय ४ जना गरी जम्मा चार हजार ३ सय ४४ जना बिद्यार्थीहरुले प्रति वर्ष इन्जिनियरिङ्ग अध्ययन गर्न पाउँछन् ।
संस्थानले यस प्रवेश परीक्षा भाद्र २५ गतेदेखिनै सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो, तर उक्त सूचना सहित बिद्यार्थी भर्नाको शुल्क बृद्दिको पनि निर्णय सार्वजनिक गरेसंगै बिद्यार्थी नेतृत्वबाट बिरोध शुरु भएकाले प्रवेश परीक्षा सञ्चालन अवरुद्ध भएको थियो ।
यसकारण पस्चिम नेपालमा जान सक्छ ठुलो भुकम्प ।
यसकारण पस्चिम नेपालमा जान सक्छ ठुलो भुकम्प ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।
भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।
यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ।
२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविदहरूले बताउँदै आएका छन्।
भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।
एकैचोटि १० मिटर सर्यो भने त भूगर्भविदहरूले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
News Source : Setopati
Pic Source : A crack in a road near Kathmandu caused by the earthquake. EPA/Hemanta Shrestha
हमासको कब्जामा रहेका विपिन जोशीको रिहाईको माग गर्दै शान्तिपूर्ण र्याली !!
कञ्चनपुर ,कार्तिक १९ : प्यालेस्टेनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको माग सहित कञ्चनपुरमा शान्तिपूर्ण र्याली गरिएको छ । हमास समूहकाे नियन्त्रणमा रहेका जोशीको रिहाइको लागि सरकारले ढिलासुस्ती गरेको भन्दै उनको सिघ्र रिहाईको माग सहित महेन्द्रनगरमा आफन्त तथा स्थानीय युवाहरुले आईतबार र्याली निकालेका हुन ।
साथै र्यालीमा सहभागीहरुले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र पनि बुझाएका छन् । परराष्ट्र मन्त्रालयले जोशीको रिहाइका लागि सिघ्र पहलकदमी लिनुपर्ने जोशीका घर परिवार तथा आफन्तहरूको माग रहेको छ ।
हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइ र नेपाल फिर्ताका लागि नेपाल सरकार एकदमै संवेदनशील रहेको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताए । उनले भने ,“ मेरो पनि परराष्ट्र मन्त्री संग छलफल भएको छ , उहाँले पनि पहल गरिरहनु भएको छ । सरकारले कुटनीतिक माध्यमबाट विपिन जोशीको रिहाइ गर्न भूमिका खेल्छ ।”
नियन्त्रणमा रहेका जोशीका पुस्पा जोशीले आफ्नो दाई बेपत्ता भएको करिब १ महिना पुगिसक्दा पनि सरकारको तर्फबाट सक्रिय पहल नभएको बताइन् । अब पनि हाम्रो एउटा आशा छ मेरो दाई फिर्ता आउँछ भन्ने , सरकार तथा सबै निकायले छिटो पहल गरिदियोस् , उनले भनिन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३ का विपिन जोशी सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुर क्याम्पसबाट सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजराइल गएका थिए । गत असोज २० गते प्यालेस्टेनी विद्रोही समूह हमासले इजराइल माथि गरेको आक्रमणमा परी जोशी बेपत्ता थिए र केही दिन अघि मात्रै इजराइल सरकारले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको थियो ।
युद्ध संग कुनै सम्बन्ध नरहेको तेस्रो देशको व्यक्ति विद्रोहीको नियन्त्रणमा रहेको बेला सरकारले उचित कुटनीतिक माध्यम प्रयोग गरी आफ्ना नागरिक फिर्ता ल्याउन पर्ने अन्तराष्ट्रिय जानकारहरु बताउँछन् ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा