२०८३ जेष्ठ २६ मंगलवार

अभिनेता सारुक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला !

अभिनेता सारुक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला !

फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

एनआरएनए न्यु साउथ वेल्स सह-सचिवमा आयुष अधिकारी बलियो दाबेदार ।

एनआरएनए न्यु साउथ वेल्स सह-सचिवमा आयुष अधिकारीको जीत सुनिश्चित ।

 

सिडनी, एनआरएनए अष्ट्रेलियाको वर्ष २०२३-२०२५ को लागी चुनावको लागी अष्ट्रेलियामा यति बेला फरक माहोल बनेको छ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरू यति बेला आगामी चुनावी सरगममा आफु, सामाजिक भावना बोकेका उम्मेदवार, आफ्नो पक्षको उम्मेदवार आदि व्यक्ति लाई जिताऊनका निम्ति सामाजिक संजालमा प्रचार सामग्री सम्प्रेषण गर्ने, भोट माग्नका निम्ति बिभिन्न समूह बीच आपसी छलफल, भोट माग्न को लागी फोन सम्पर्क आदि इत्यादि गर्ने कार्य चरम बिन्दुमा पूगेको छ ।

यसै बीच नेपाली समाजमा लामो समय बिभिन्न सामाजिक संस्थामा रही काम गर्दाको अनुभव संगालेर न्यु साउथ वेल्स राज्य कमिटीको लागी टिम परिवर्तन बाट सह-सचिवको रुपमा आयुष अधिकारीले आफ्नो बलियो दाबेदार सहित उम्मीदवारी घोषणा गरेका छन ।
उनी करीब १ दशक लामो समय अष्ट्रेलियामा बस्दै आएका छन । उनको पृष्ठभुमी सामाजिक सेवा मार्फत आफूलाई समाजमा परिचित बनाऊन सफल भएको बिश्वपाटीलाई बताएका छन ।

उनी सिडनीमा नेपालीहरूको बाक्लो बस्ती रहेको अबर्न मा बस्दै आएका छन । अबर्न नेपलिज कम्युनिटीमा उनी सचिवको जिम्मेवारी समेत कुशलता पूर्वक सम्हालेक छन । यस्तै हेटौड़ा मकवानपुर कम्युनिटीमा पनी उनी सदस्यको रुपमा रहेका छन । यस्तै अनेक नेपाली सामाजिक संस्थामा उनी आवद्ध रहदै सामाजिक सेवामा जोड़ीएका छन ।

यति मात्र होइन उनी नेपाल रहदा समेत बिभिन्न अन्तराष्ट्रिय संस्थामा काम गरेका थिए । उनी इंटर्याक्ट् क्लब अफ हेटौड़ाको संस्थापक समेत हुन भने इंटर्याक्ट् क्लब अफ बिरगंजको समेत संस्थापक उपाध्यक्ष हुन । यस्तै अनेकौ सामाजिक संस्था मार्फत जोड़ीएका उनी आफुलाई समाज सेवा गर्नु एक धर्म रहेको बताऊछन ।

उनको यस उम्मेदवारी संगै बिभिन्न सामाजिक व्यक्तिहरू द्वारा खुलेर प्रशंसा समेत गरेका छन । उनको जीत समेत पक्का रहेको नेपाली समाजमा सुन्न र बुझन पाइएको छ । उनी टिम परिवर्तन बाट उम्मेदवार रहेका छन भने उक्त टिम बाट अष्ट्रेलियाको अध्यक्ष पदका लागी सामाजिक व्यक्ति देब बहादुर गुरुंग र न्यू साउथ वेल्समा अशोक उप्रेती संयोजकको रूपमा रहेका छन ।

निर्वाचन आऊदो जुलाई २९ गतेका दिन हुन गईरहेको छ । यस पालीको चुनावमा अनलाइन भोटिंग हुने भएको छ ।

एनआरएनए न्यु साउथ वेल्स युवा संयोजकमा बिनोद खड़काको जीत पक्का ।

एनआरएनए न्यु साउथ वेल्स युवा संयोजकमा बिनोद खड़काको दबदबा ।

 

सिडनी अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य कमिटीको युवा संयोजकको लागी टिम परिवर्तनको तर्फबाट बिनोद खड़काले उम्मेदवारी घोषणा गरेका छन्। (जुलाई २ तारिख आईतबार) सिड्नीमा टिम परिवर्तन उम्मेदवार घोषणा सभा बीच खड़काले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि उम्मेदवारी दिएका हुन्।

अष्ट्रेलियाको सिडनीलाई कर्मथलो बनाउदै बिगत लामो समय देखी युवाहरू बीच खेलकुद क्षेत्रलाई बिशेष फ़ोकस गरेर समाजमा युवाहरू लाई जागरुक गर्ने देखी, सामाजिक भावना जगाउने, करियर फ़ोकस कार्य, स्वास्थ्य प्रति लगाव आदि कुराहरूमा उनको लामो अनुभव रहेको छ । त्यो अनुभवलाई उनले एन आर एन ए मार्फत समाजमा युवाहरू मार्फत उजागर गर्ने बताएका छन ।

उम्मेदवारी घोषणा पश्चात खड़काले नेपाल बाट आफ्नो उज्ज्वल भविष्यको लागी अष्ट्रेलिया आउदा यहाँ परिवार बाट टाढ़ा हरेक व्यवहार, पढ़ाई, काम, परिवार आदि यस्तै खालका समस्याहरू संग जुध्न, लड़न र आफुमा निर्भर रहनका लागी त्यो स्तर सम्मको तयारी गर्ने काम एनआरएन को समेत हो बताए । बिध्यार्थी, युवा, अनी नेपाली समुदायको निम्ति युवा साथीहरूलाई काम सम्बन्धी तालीम, कुलत देखी टाढ़ा, पढ़ाई सम्बन्धी सेमिनार, खेलकुद आदि क्षेत्रमा रही काम गर्नुको बिकल्प नरहेको बताए। उनले अष्ट्रेलियामा नयाँ पीढ़ीले एनआरएनए बाट रचनात्मक काम होस भन्ने चाहना रहेको समेत बताए ।

उनले एनआरएनएको निर्वाचनमा बाट युवा सदस्यमा आफु उम्मेदवार रही रहदा यहाँ रहेका युवाको हरेक समस्यालाई आफुले प्रत्यक्ष बुझेको र सोही अनुरूप काम गर्न सकने क्षमता र बिश्वास रहेको समेत बिश्वपाटीलाई बताए। संस्थाको साख जोगाऊनका निम्ति सम्पूर्ण मतदाताहरूमा टिम परिवर्तनलाई भोट गरी बिजयी गराऊनु हुन अनुरोध संगै आग्रह गरेका छन ।

खड़का शारीरिक सुगठन क्षेत्रमा समेत आवद्ध छन, उनी बिभिन्न युवा बिशेष कार्यक्रमहरू खेलकुद, शारीरिक सुगठन लगायतमा भाग समेत लिएका छन ।

उक्त उम्मेदवार घोषणा सभामा समाजका पुराना व्यवसायी, समाजसेवी, पूर्व एनआरएनमा रहेका लामो समय काम गरेका व्यक्तिहरू, युवाहरू र एनएसडब्लु संगै अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

टिम परिवर्तनको तर्फबाट अध्यक्षको रुपमा नेपाली समाजमा चिर परिचित एवं सामाजिक व्यक्ति देब बहादुर गुरुंग र महासचिवमा बिगत १ दशक भंदा लामो समय एनआरएनए मा काम गारिसकेकी महिला आवाजको नेतृत्व समाजसेवी उषा किरण बारिया रहेकी छन भने न्यु साउथ वेल्स राज्यको संयोजकको लागी अशोक उप्रेती रहेका छन। यो संगै रकडेल निबासी सामाजिक अभियन्ता राकेश पौडेलद्वारा टिम परिवर्तनको बाट युवा संयोजकमा बिनोद खड़काको जीत पक्का रहेको कुरा बिश्वपाटीलाई  बताए ।

एनआरएनए अष्ट्रेलियाको २०२३-२०२५ को नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।

एनआरएनए अष्ट्रेलियामा प्रजातान्त्रिक समूहबाट डिला खरेल आधिकारिक उम्मेदवार ।

सिडनी,

एनआरएनए अष्ट्रेलियामा प्रजातान्त्रिक समूहबाट डिला खरेल आधिकारिक उम्मेदवार ।

 

एन आर एन ए अष्ट्रेलियाको आउदो निर्वाचनको लागी यति बेला बिभिन्न समूह, व्यक्तिद्वारा आफ्नो उम्मीदवारी घोषणा सामाजिक संजाल, प्रत्यक्ष कार्यक्रम बीच गर्दै आएका छन । यति बेला अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरूको सामाजिक संजाल प्रचार सामग्रीले भरीपूर्ण रहेको छ ।

यो संगै बिगत लामो समय देखी एनआरएनए को सामाजिक आन्दोलनमा काम गर्दै आएका दिला खरेलले समेत उम्मेदवारी दिएका छन । उनले सन् २००६ देखी अनवरत एन आर एन मा आबद्ध हुदै आएका छन । यस अघी उनी संस्था लाई ASIC मा दर्ता गरी फेडरल इंटिटी को निर्माण गर्ने प्रमुख व्यक्तिको रूपमा स्थापित छन । अन्तराष्ट्रिय नेपाली विद्यार्थी हरुका लागी विद्यार्थी सहयोगी पुस्तिका प्रकाशन गर्ने काम गरीसकेका छन । त्यस्तै युवा हरु का लागी रचनात्मक सहयोग ( रोजगारीका लागी, व्यक्तित्व विकास का लागी बिभीन्न तालिम,सेमिनार, प्रशिक्षण आयोजना) गरी निरन्तर त्यस क्षेत्रमा काम गरेको छन । स्थापित एवं नव व्यवसायी हरु का लागी उद्यमी सम्मेलन को शुरूवात गरी काम गरेको बताऊछन । संगै पर्यटन प्रवद्धन का लागी अस्ट्रेलिया का हरेक शहर हरुमा नेपाली झण्डा फहराउने काम को शुरूवात समेत गरेका थिए । अष्ट्रेलियामा नेपालीहरूको पर्वको रुपमा लीने नेपाल फेस्टीभलका बेला नेपाल हाउस प्रदर्शनी केन्द्र मार्फत नेपाली मौलिक भाषा, संस्कृति, कला, भेष भूषाको सफल प्रदर्शनी को प्रारम्भ सन् २०१२ मा सिडनी नेपाल फेस्टीभल वाट गरिएको थियो । FDI Invetment Company – NRNA AUSTRALIA HYDRO मार्फत नेपालमा Hydro Electricity मा लगानी को काम को सहजकर्ता रूपमा समेत आफुलाई स्थापित गरिसकेका छन । यस्तै एन आर एन का विविध कार्यक्रम र अभियान हरुको सहयोगी, सहजकर्ता एवं रेगुलर स्पोन्सर, एन आर एन ए आई. सी. सी. को ट्रेड इनभेस्टमेण्ट, उद्यमशीलता कमिटी तथा टास्कफोर्स मा उपसंयोजक का रूपमा निरन्तर काम गरी रहेको समेत छन ।

यस्तै जब देश दुःख्छ त्यति बेला यीनि अग्रमोर्चामा उभीने गरेका छन । नेपाली भूमी लिपुलेक मिचीएको बारेको एन आर एन ए आई. सी. सी. को अनलाईन पेटीसन Claiming Nepal Lands Back at Lipulek, Campaign को Coordinator & Moderator भई काम गरेको ।

यो संगै उनले धेरै सामाजिक कार्यहरू अनी व्यावहारिक कार्यहरूमा आफुलाई अब्बल साबित गरीसकेका छन । उनको यही क्षमताका कारण उनलाई अष्ट्रेलियामा रहेको बृहत प्रजातान्त्रिक समूहले आधिकारिक उमेदवारको रुपमा उनलाई अगाड़ी सारेको छ ।

उनको उम्मेदवारी बारे जनसम्पर्क समिति अस्ट्रेलिया का सभापति शुरेश रन सिंह गुरुंगले बिश्वपाटीलाई बताए ।

एनआरएनए अष्ट्रेलियाको चुनाव यही आऊदो जूलाई २९ गतेका दिन हुनगईरहेको छ ।

एनआरएनए न्यु साउथ वेल्स युवा उप-संयोजकमा शशांक बस्यालको दबदबा ।

एनआरएनए न्यु साउथ वेल्स युवा उप-संयोजकमा शशांक बस्यालको दबदबा ।

 

सिडनी अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य कमिटीको युवा उप-संयोजकको लागी टिम परिवर्तनको तर्फबाट शशांक बस्यालले उम्मेदवारी घोषणा गरेका छन्। (जुलाई २ तारिख आईतबार) सिड्नीमा टिम परिवर्तन उम्मेदवार घोषणा सभा बीच बस्यालले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि उम्मेदवारी दिएका हुन्।

अष्ट्रेलियाको बिशेष गरी नेपाली समाजमा युवाहरूको हीतको लागि करीब ११-१२ वर्ष सम्मको लामो समय एनआरएनए अष्ट्रेलियामा सक्रिय रहेका बस्याल यस अघी एनएसडब्लु बाट युवा सदस्य पदमा रहेर काम गरिसकेका छन्। एनएसडब्लुका विभिन्न नेपाली संघ संस्था बिशेष गरी युवा संग आवद्ध रहेका संघ संस्थामा रही लामो समयको अनुभव लिईसकेका बस्यालले एनआरएनए न्यु साउथ वेल्समा युवा उप-संयोजक पदका लागि आफु सक्षम रहेको बताएका छन ।

उम्मेदवारी घोषणा पश्चात बस्यालले नेपाल बाट आफ्नो उज्ज्वल भविष्यको लागी अष्ट्रेलिया आउदा यहाँ परिवार बाट टाढ़ा हरेक व्यवहार, पढ़ाई, काम, परिवार आदि यस्तै खालका समस्याहरू संग जुध्न, लड़न र आफुमा निर्भर रहनका लागी त्यो स्तर सम्मको तयारी गर्ने काम एनआरएन को समेत हो बताए । बिध्यार्थी, युवा, अनी नेपाली समुदायको निम्ति युवा साथीहरूलाई काम सम्बन्धी तालीम, कुलत देखी टाढ़ा, पढ़ाई सम्बन्धी सेमिनार, खेलकुद आदि क्षेत्रमा रही काम गर्नुको बिकल्प नरहेको बताए। उनले अष्ट्रेलियामा नयाँ पीढ़ीले एनआरएनए बाट रचनात्मक काम होस भन्ने चाहना रहेको समेत बताए ।

उनले एनआरएनएको निर्वाचनमा बाट युवा सदस्यमा आफु उम्मेदवार रही रहदा यहाँ रहेका युवाको हरेक समस्यालाई आफुले प्रत्यक्ष बुझेको र सोही अनुरूप काम गर्न सकने क्षमता र बिश्वास रहेको समेत बिश्वपाटीलाई बताए। संस्थाको साख जोगाऊनका निम्ति सम्पूर्ण मतदाताहरूमा टिम परिवर्तनलाई भोट गरी बिजयी गराऊनु हुन अनुरोध संगै आग्रह गरेका छन ।

बस्याल नेपाली चलचित्र, मिडिया क्षेत्रमा समेत आवद्ध छन, उनी युवा मैत्री बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरूमा भाग समेत लिएका छन ।

उक्त उम्मेदवार घोषणा सभामा समाजका पुराना व्यवसायी, समाजसेवी, पूर्व एनआरएनमा रहेका लामो समय काम गरेका व्यक्तिहरू, युवाहरू र एनएसडब्लु संगै अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

टिम परिवर्तनको तर्फबाट अध्यक्षको रुपमा नेपाली समाजमा चिर परिचित एवं सामाजिक व्यक्ति देब बहादुर गुरुंग र महासचिवमा बिगत १ दशक भंदा लामो समय एनआरएनए मा काम गारिसकेकी महिला आवाजको नेतृत्व समाजसेवी उषा किरण बारिया रहेकी छन भने न्यु साउथ वेल्स राज्यको संयोजकको लागी अशोक उप्रेती रहेका छन। यो संगै टिम परिवर्तनको जीत पक्का रहेको कुरा टिम परिवर्तन बाट बिश्वपाटीलाई  बताए ।

एनआरएनए अष्ट्रेलियाको २०२३-२०२५ को नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।

एनआरएनए न्यु साउथ वेल्समा अशोक उप्रेतीको दबदबा ।

एनआरएनए न्यु साउथ वेल्समा अशोक उप्रेतीको दबदबा ।

 

सिडनी अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको उपाध्यक्ष र न्यु साउथ वेल्स राज्यको संयोजकको लागी टिम परिवर्तनको तर्फबाट अशोक उप्रेतीले उम्मेदवारी घोषणा गरेका छन्। आज (जुलाई २ तारिख आईतबार) सिड्नीमा टिम परिवर्तन उम्मेदवार घोषणा सभा बीच उप्रेतीले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि एनएसडब्लुको संयोजकमा उम्मेदवारी दिएका हुन्।

अष्ट्रेलियाको नेपाली समाजको हकहितका लागि लामो समय सम्म एनआरएनए अष्ट्रेलियामा सक्रिय रहेका उप्रेती अघिल्लो (२०२१–२३) को कार्यकालमा एनएसडब्लु बाट एनसीसी पदमा रहेर काम गरिसकेका छन्। एनएसडब्लुका विभिन्न नेपाली संघ संस्थामा आबद्ध संगै नेतृत्वमा रही लामो समयको अनुभव लिईसकेका अशोकले एनआरएनए एनएसडब्लुको संयोजक पदका लागि आफु सक्षम रहेको बताएका छन ।

उम्मेदवारी घोषणा कार्यक्रममा उप्रेतीले एनआरएनए भित्र सामाजिक सेवा, भावना, बिध्यार्थी फ़ोकस, युवा मैत्री, राजदूतावास संगको सहकार्य, नेपाली समुदायको निम्ति कटीवद्ध रही काम गर्नुको बिकल्प नरहेको बताए। उनले अष्ट्रेलियाको नेपाली समुदायले एनआरएनए बाट ठुलो आशा अनी बिश्वास रहेको हुदा त्यो साखलाई जोगाऊनको लागी टिम परिवर्तन प्रतिवद्ध रहेको बताए।

उनले एनआरएनएको निर्वाचनमा सही अनी सक्षम र दुःख होस या सुख आवश्यक परेको बेलामा उपस्थित हुन सकने नेतृत्वको चयन गर्न सम्पूर्णमा अपील समेत गरेका छन । संस्था भित्र केही बेतीथी रहेको छ सदस्यता लीनको निम्ति जुन किसिमको गलत कार्य हामिले छताछुल्ल देखेका छौ त्यस्को मूल्यांकन केवल मतदाताहरू को हातमा रहेको हुदा सही व्यक्तिलाई भोट हाल्न सके मात्र संस्थाको सुदृढ़ीकरण हुने बताए ।

उक्त उम्मेदवार घोषणा सभामा समाजका पुराना व्यवसायी, समाजसेवी, पूर्व एनआरएनमा रहेका लामो समय काम गरेका व्यक्तिहरू, युवाहरू र एनएसडब्लु संगै अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

टिम परिवर्तनको तर्फबाट अध्यक्षको रुपमा नेपाली समाजमा चिर परिचित एवं सामाजिक व्यक्ति देब बहादुर गुरुंग र महासचिवमा बिगत १ दशक भंदा लामो समय एनआरएनए मा काम गारिसकेकी महिला आवाजको नेतृत्व समाजसेवी उषा किरण बारिया रहेकी छन । यो संगै टिम परिवर्तनको जीत पक्कापक्की रहेको एक सामाजिक अगुवाले बिश्वपाटीलाई  बताए ।

एनआरएनए अष्ट्रेलियाको २०२३-२०२५ को नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।

आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ राष्ट्रिय सभामा टेबुल !!

काठमाडौँ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ । मङ्गलवार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक सभामा टेबुल गरेका हुन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।

विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने !!

काठमाडौँ । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज सोमवार बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

विदेशमा रहेका मतदाताले मतदान गर्ने व्यवस्था कानुमा गर्न लागिएको हो । अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था गर्न लागेको आयोगले जनाएको छ ।

आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसद्मा लैजाने छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् कास्किले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ कास्किमा धर्ना ! !

पोखरा,  नेपाल विद्यालय कर्मचारी परिषद् कास्किले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ कास्किमा धर्ना दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी को सेवा सुविधामा विभेद गरेको भन्दै आज समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् कास्किमा धर्ना दिएको हो।

साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ कास्किका प्रमुख लोकनाथ आचार्यलाई विभिन्न मागसहित ज्ञापनपत्र समेत बुझाएको छ। सरकार र विद्यालय कर्मचारी परिषद्‌बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाब दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् अध्यक्ष हरिश बास्तोला बताए।

आव २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको विषय हटाएका कारण आन्दोलनमा उत्रनुपरेको सचिब किशन भण्डारी ले बताए।

जिल्ला समन्वय समितिको गाडी स्याङ्जाको अर्जुनचौपारिमा दुर्घटना १ को मृत्यु !!

जिल्ला समन्वय समितिको गाडी स्याङ्जाको अर्जुनचौपारिमा दुर्घटना १ को मृत्यु

जेठ,२४,बुधबार
स्याङ्जाको शिरुवारीबाट अर्जुनचौपारि हुदै स्याङ्जा फर्कँदै गरेको बा.१ झ.५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी अर्जुनचौपारी- ३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको छ दुर्घटनामा सवारी चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको छ। भने LDO राजेन्द्र प्रसाद पौडेलको खुट्टा भाचिएको छ भने अरु २ जना अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते हुनुभएको अर्जुनचौपारि प्रहरी प्रमुख ख्याम बहादुर क्षेत्रि ले बताउनुभएको छ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय