२०८३ जेष्ठ २६ मंगलवार

रुकुम पश्चिम जीप दुर्घटना : गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज पठाइयो !

काठमाण्डौ – रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १५ जना रहेको र तीमध्ये ८ जना गम्भीर घाइते भएका हुन् । 

गम्भीर घाइतेमध्ये ५ जनाको अवस्था अचेत रहेको रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

सानीभेरीका कर्णबहादुर बाठा मगर र देउचन खत्री, प्रसिद्ध कुसारी, अनिता केसी, ललित बाठा मगर, प्रेम बाठामगर, बाँफिकोट–८ का रेखा खत्री र उहाँका छोरा रोशनको अवस्था गम्भीर रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

तीमध्ये चार जना प्रसिद्ध, अनिता, ललित र प्रेमलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज रिफर गरिएको छ । अरु घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिका–८ दुलीको मोतिखोलामा दुर्घटना भएको हो । 

आखिर रवि लामिछानेको पछि किन लाग्छन् युवराज सफल ?

आखिर रवि लामिछानेको पछि किन लाग्छन् युवराज सफल ?

 

काठमाडौं, जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर दिएको रिट निवेदन बुधबार दर्ता भएको हो ।

रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ । रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ । रविको प्रतिनिधि सभा सदस्य अयोग्यता सम्बन्धि बुधबार रिट दर्ता भएको सफलले बताएका छन् । विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न नसकिने रिटमा माग गरिएको छ, ’नेपालको संविधान, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले तोकेको योग्यता नपुगेको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गर्नु पर्ने रिटमा उल्लेख छ ।

लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई रिट निवेदनमा विपक्षी बनाइएको छ । वैशाख २५ गते नै सर्वोच्च अदालतमा पेसहँुदा दरपीठ भएको यो रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशमा दर्ता भएको हो ।

रवि विरुद्ध पटक–पटक मुद्दा हालेको भन्दै धेरैले सफलले हातै धोएर उनको पछि लागेको पनि आरोप लगाएका छन् । यद्यपि सफलले भने रविले नेपालको संविधान विपरित काम गरेकाले सहि बाटोमा ल्याउन खोजेको बताउँछन् ।

” alt=”” aria-hidden=”true” />

नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण!!

 

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा INTERPOL HQ को झण्डा फहराउन सफल भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास लिइएको छ ।

INTERPOL HQ

देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा कृष्णमान श्रेष्ठ !!

पाेखरा । पाेखरा २५ हेमजास्थित देवीस्थान टाेल विकास संस्था पुर्नगठन भएकाे छ । पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे संयाेजकत्वमा बुधवार बसेकाे आम भेलाबाट पुनर्गठित संस्थाकाे अध्यक्षमा कृष्णमान श्रेष्ठ निर्विराेध चयन भएका छन् । यस्तै गरी संस्थाकाे उपाध्यक्षमा सम्मरबहादुर गायक, सचिवमा तारा पौडेल, सह-सचिवमा सरस्वती नेपाली र कोषाध्यक्षामा हरिमाया कुँवर चयन भए । यस्तै सदस्यहरु कृष्णबहादुर कुँवर, माेहन भण्डारी,वसन्त सापकोटा र चेतनारायण तिम्सिना चयन भएका छन् । यसै गरी संस्थाले ५ सदस्यीय सल्लाहकार समिति बनाएकाे छ । जसकाे संयोजकमा संस्थाकाे निवर्तमान अध्यक्ष अर्जुन तिम्सिना,सदस्यहरुमा नारायणबहादुर कुँवर, विरबहादुर भण्डारी,चन्द्रकान्त त्रिपाठी र सीता नेपाली रहेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्णमान श्रेष्ठले समाज, टोल र छिमेकमा आवश्यक योजनाहरूको लागि पहल, सुरक्षित र सुन्दर टोल निर्माणमा हरदम इमानदारीपूर्वक लागि पर्ने वचनबद्वता जनाए । उनले देवीस्थान टोल विकास संस्थाले विगतका वर्षहरूमा निकै राम्रो विकासका कामहरू गरेको उल्लेख गर्दै अब आउने दिनहरूमा पनि सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा सहित वडाले दिएको निर्देशनमा अहोरात्र विकासका कामहरूमा अग्रपंक्तिमा रहेर काम गर्ने बताए । यसअघि २०७२ सालमा गठन भएकाे यस टाेल विकास संस्थाले संस्था गठनकाे केही वर्ष सकृयताकासाथ काम गरेकाे थियाे भने पछिल्लाे एक/दुई वर्ष निष्कृय जस्तै थियाे ।

इटलीमा भएकी सालीलाई नेपालबाट भिनाजुको टर्चर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ की उमा कार्कीलाई विवाह गरेर इटाली पुगेपछि उनका भिनाजुले अनावश्यक टर्चर दिएको भन्दै प्रहरीमा कारवाहीको माग गरेकी छिन् ।
उमाका भिनाजु इटहरी–१२ बस्दै आएका राजेशकुमार बानियाँले चेकमा नक्कली हस्ताक्षर गरेर दुरुपयोग गरेको र नक्कली फेसबुक आईडी बनाएर बद्नाम गराएको आरोप छ ।

कार्कीको बेलबारीका २ का युवकसँग विवाह २०७० साल फागुन २ गते भएको थियो । उनीहरुको विवाह दर्ता भने २०७९ मंसिर १२ गते विवाह भएको थियो । श्रीमान् इटालीबाट फर्केपछि विवाह दर्ता गरेर उनी श्रीमान्सहित इटाली गएकी छिन् । इटाली पुगेको दुई महिनापछिदेखि भिनाजु बानियाँले बारम्बार टर्चर दिने गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएकी हुन् ।

कार्की बानियाँको घरमा बसेर हुर्की बढेकी थिइन् । त्यहिं बसेर दिदीका सन्तान हुर्काउन सहयोग गरेकी उनी बिमा कम्पनीमा जागिरे थिइन् । उनका चेक लगायतका कागजात र एटिएममा भिनाजुको नियन्त्रणमा रहेका थिए । त्यहि बेला उनको इटालीमा बस्दै आएका बेलबारीका युवकसँग विवाह भएपछि श्रीमान्सँगै गएको बताउँछिन् । बिमा कम्पनीमा जागिर खाएर कमाएको पैसा समेत भिनाजु बानियाँलाई बुझाउने गरेको उनी गुनासो गर्दछिन् ।

बानियाँका ससुराली र उमाका माईती पक्ष कमजोर रहेका कारण त्यसको फाइदा उठाउने गरेको आरोप छ । उमालाई बानियाँले हिंसाजन्य शब्द प्रयोग गरेर म्यासेज पठाउने गरेका छन् । बानियाँले पठाएका म्यासेजमा जसरी पनि डुबाएर छोड्ने उल्लेख गरिएका छन् ।
उनी इटाली गएपछि अहिले बानियाँले दुईवटा चेक बैंकबाट बाउन्स गराएको आरोप छ । बानियाँले उमाको नाममा रहेको एनसीसी बैंकको ७ लाख ७५ हजार र मुक्तिनाथ बैंकमा रहेको ६ लाख २५ हजार रुपैँयाको चेक बाउन्स गराएका छन् । दुवै चेकमा उमाले गरेको हस्ताक्षर भने अलग–अलग रहेका छन् । राजेशकुमार बानियाँको नाममा कटेको चेकमा अक्षर समेत फरक–फरक रहेका छन् । बैंकको चेकमा मिति उल्लेख गर्ने स्थानमा अग्रेंजी मिति उल्लेख गरिएको छ । व्यक्तिगत नाममा कटेका एसीपे चेक सन् ०५–२०२२–२३ (एनसीसी) र सन् १३–०२–२०२३ (मुक्तिनाथ बैंक) मिति उल्लेख छ ।

इटालीबाट ओबीको सम्पर्कमा आएकी उमाले आफ्ना बैंकका चेक तथा कागजात नियन्त्रणमा लिएका बानियाँले हस्ताक्षर दुरुपयोग गरेर चेक बाउन्स गराएको आरोप लगाएकी छिन् । ‘पहिले त्यहिं बस्दादेखि बारम्बार टर्चर भोग्नु परेको थियो, अहिले विवाह गरेर आएपछि पनि मलाई बसिखान दिएका छैनन्’ उमाले भनिन्–मेरा कागजात नियन्त्रणमा लिएर अहिले माइती र विवाह गरेको घरमा धम्की दिईरहेका छन् ।
उनले उमालाई धम्की दिदैं म्यासेज पठाउने गरेका छन् । केहि नलागेर फेसबुक र म्यासेन्जरमा ब्लक गर्दा नक्कली फेसबुक आईडी बनाएर तथानाम लेख्ने गरेको भन्दै प्रहरीमा छानविनका लागि उजुरी दिइएको छ ।

कार्कीको तर्फबाट उनका ससुरा र श्रीमानले नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो, इलाका प्रहरी कार्यालय बेलबारीमा बानियाँलाई झिकाएर कारवाही तथा अनुसन्धान गरिदिन माग गरेका छन् । यसैगरी उमाको नाममा भएका बैंक खाताहरु दुरुपयोग भईरहेको भन्दै बन्द गरिदिन निवेदन दिइएको छ । निवदेन अनुसार उनको बैंक एकाउन्ट बन्द भएको छ । तर, बैंकमा चेक अनादरको मुद्दा भने कायमै रहने कार्कीले बताइन् । उनले बानियाँ अधिक मदिरा सेवन गर्ने र पैसा सिध्याएर पहिलादेखि नै आफूलाई टर्चर दिने गरेको बताइन् ।

यता बानियाँले भने आफैंले हिर्काएर, पढाएर, जागिर लगाई दिएर, विदेश जानेसम्म पैसाको जोहो गरिदिएको दावी गरेका छन् । उनले आफूलाई पैसा दिनुपर्ने भएपनि इटाली पुगेपछि सम्पर्कविहीन भएको दावी गरेका छन् । बानियाँले उनीहरु नक्कली कागजात बनाएर इटाली पुगेकोले चेक बाउन्सदेखि नक्कली कागजातसम्म अनुसन्धान गराउन आफु लागेको बताएका छन् । उनी राप्रपाका नेता समेत हुन् ।

सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…..

सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…..

 

 

सुनसान रात । अँध्यारो कोठा । जाँडोको महिना । शीतका थोपा तप तप चुहिँदै । ताराहरूका पिलपिल उज्यालो झ्यालको चरबाट भित्र पस्ने प्रयास गरे पनि असफल हुने अवस्था । मानौँ जताततै अँधेरी रातको विजय ।

कोठा’को एउटा कुनामा सानो काठे खाट भनौं अथाव चरपाई कुरो एउटै हो । कोठा बने’देखि नै थियो । त्यो खाटको इतिहास पनि अनौठो नै थियो । मानौँ वर्षौँदेखि त्यो कोठमा खाटमात्र स्थायी थियो । बाँकी सबै अस्थायी । त्यो खाटमा सुत्ने मानिसहरू परिवर्तन भए । सामान मानिसहरूसँगै झोलामा जाने गरे । खाट भने त्यहीँ भित्तोसँग जोडिएर बसेको छ । खुट्टाहरूमा धुलिया लागेको छ । कति बेला भाँचिन्छ ? थाहा नै छैन ।

कोठा र खाटको अवस्था नाजुक भए पनि त्यो खाटमाथि र बन्द ढोका भित्र खुसीका पलहरू सल्बला एकै हुन् । अहिलेको अवस्था फरक भए पनि त्यो खाटले धेरै’लाई खुसी हुने वाताव’ण बनाएकै हो । जब खाट नयाँ बनेर आएको थियो, दिनहुँ जस्तो जोडीहरू रमाउने गर्थे । दैनिक जसो त्यो अन्धकार’मय कोठाको खाटमा शरीरका कपडा’हरू विश्राम लिन्थे । लाली ओँठ’हरू मर्दको पर्खाइमा हुन्थे ।

पातला-मोटा कम्बरहरू आपस’मा कसिन्थे । आपसमा भोको शेरजस्तो गरी चुछचु’ढी गर्थे । मानौँ वर्षौदेखिको तीर्खा मेटाउँदै छन् । खाट र कोठाले कति’का घरबार बिगारे भने कतिलाई परम् आनन्द र सुखको अनुभव पनि दियो । यौवनबाधीहरू’लाई स्वागत गर्यो भने यौन’चारीलाई समर्थन ।

परिस्थिति बदलिँदै गयो । खाट र कोठाको परि’वेश उस्तै भए पनि अहिले त्यहाँको वातारण बदलिएको छ । पुरानो सम्झ’नाले खाट र कोठा’लाई झस्काउने गर्दछ ।

आज’भोलि अवस्था सुध्रिएको छ । कोठाको भने होइन । अँध्यारो उस्तै छ । रात जुनेली हुँदा केही उज्यालो होला । कोठामा हुने लुछाचुँडी पनि बन्द छ । अन्ध’कारमा छाउने खुसीहरू बन्द भएका छन् । पहिला:जस्तो खुल्ला छाती, पोटिलो अनुहार, रातो लिपि’स्टिक टलक्क टलकिँदैन ।

न त कुर्था सुरवाल रात’भरि शरीरबाट उत्रिएर कोठा’मा छर’पस्ट हुन्छन् । मानौँ त्यहाँ खडेरी लागेको छ । मूल सुकेको छ । अब चाहेर पनि खुल्ला बाँ’धिएका केश फुकाने हातहरू आउन सक्दै:नन् । जोस र जाँगरमा खाट भाँचि’एला भन्ने डर पनि छैन । छ त केवल सन्नाटा । अनि अँध्यारो र डर त्रास ।धेरै दिनको बन्दपछि पुन: त्यो कोठामा खुलेको छ । कोठा र खाट फेरि रौनक आउने प्रती’क्षामा छन् ।

यसपालिको रौनक अलि फरक भएर आयो । कोठा र खाट यौ’नालयबाट परिवर्तन भै’सकेको थियो । एकदम फरक । मात्र एउटी नारी त्यो कोठाको अँध्यारो’सँग लड्दै थिइन् । खाट र कोठालाई पनि उनको अवस्था देखेर प्रसन्नता’भन्दा दुख नै अनुभव भएजस्तो लाग्थ्यो । मध्यरात उनको छटपटाई खाट’लाई भारी परि’रहेको थियो । पहिलाको अवस्था’भन्दा धेरै फरक ।

रातभरिजसो छटप’टाउँदा न खाटलाई आराम न त खाटमा सुत्ने उन’लाई । पहिलाको अवस्था बरू राम्रो हो कि ? भन्ने जस्तो खाट र कोठालाई लागि’रहेको थियो । तर उनको पीडामा कमी आएको थिएन । छटपटाइरहन्थिन् ।

पहिलाको अवस्था भोगि’सकेका खाट र अँध्यारो कोठाले के भएको हो भन्ने कुरा प्रस्ट थाहा हुँदा पनि केही गर्न सक्ने अवस्था त थिएन । एउटा कुराले भने सताउँदै थियो । यसरी सहन नसकी रात’भरि छटप’टाउँदै गर्दा पनि उनको इच्छा पूरा गर्न किन कोही आउँदैनन् ? आखिर उनको पनि चाहना हो । पहिले यहाँ आएर अँध्यारो रातमा एक आपसमा कसिए पछि परिणामस्व’रूप बग्ने गरेको आनन्द।

समय बितिरहेको थियो । एउटै अवस्थाले खाट र कोठा दिक्क भैसकेका थिए । आज पनि सधैँजसो उनी कोठामा प्रवेश गरिन् । रात छिपिँदै थियो । बाहिर सुनसान भए पनि झ्यालको पुरानो पर्दा तानेर झ्याललाई पूरै ढाक्ने प्रयास गरिन् । पर्दा पुरानो भएकोले धेरै ठाउँमा च्यातिएको थियो । त्यसतर्फ उनको ध्यान गएन ।

उनले धिपधिपे उज्यालो’मा आफूलाई उभ्याइन् । झोलाबाट सानो ऐना निकालेर पुटुस्स परेक अनुहार हेर्न थालिन्। न काली न गोरी, उनको अनुहार’भन्दा पनि जवानीले उनलाई जिस्काइरहेको थियो । झोलाबाट लालीपाउडर निकालिन् । मानौँ आज वर्षौँ’पछि उनी आफ्नो इच्छा पूरा गर्दैछिन् ।

एकछिन अल’मल्ल भइन् । आफ्नो जवानी देखेर हो कि ? झोलामा रहेको फोटो पनि निकालिन् । फोटो हेरेपछि उनको अनु’हारमा परि’वर्तन आयो । सबै सिँगा:रका सामान भूइँमा राखिन् । अनुहार कालो भयो । कोठाको अँध्यारोजस्तै ।

खाटमा थ्या’च्च बसिन् । हँसिलो अनुहार चाउरी परेजस्तो भयो। लम्प’सार परेर खाटमा पल्टिन् । फोटो छातीमा टा’सिएको थियो। अँध्यारो कोठा र खाटलाई वास्त’विकता बुझ्न कठिन भयो। अँध्यारोमा बिस्तारै उनको आँखा बन्द हुँदै गयो । अँध्यारो कोठा’मा पूर्ण’रूपम सन्नटा छायो ।

पूर्णरूपमा छाएको सन्नटा धे’रैबेर स्थिर रहन सकेन । उनी सपनामै क’राउन थालिन् । मानक कुरा सपनामा पोख्न थालिन् । ‘छि ! कस्तो जिन्दगी मेरो । पन्ध्र दिने ।’ उनी बर्ब’राउँदै थिइन्।

‘आउनु न’, उनको हात कसैलाई तान्दै थियो । सारी खस्काउँदै थिइन् । बाँधिएको कपाल पनि फुकाइन् । भित्री वस्त्रको फो’टोमा गएर उनको नजर अड्कियो । शरी’र चल’मलाउन थाल्यो ।

एक्लै खुसीले उत्क’र्षमा पुगे’जस्तो गरिन् । मानौँ, प्रचण्ड गर्मीमा बर्षात् भएर शीतलता छाउने अवस्था आउँदैछ । उनको हातले शरीर’को कुनै अङ्ग बाँकी राखेन । मानौँ, कसैले उस’लाई साथ दिएको छ ।

सपनीको छट्पटीले अँध्यारो कोठा र खाट’लाई कुनै असर गरेको थिएन । पहिला नारी’पुरुष खाट र अँध्यारो कोठामा लडीबुडी गर्थे । तर आज उनी एक्लै । उनको सङ्घर्ष बढी रह्यो । हात फो’टोमा गएर ठोकियो । उनले विस्तारै सन्तुष्ट भएको म’हसुस गरिन् ।

एक्कासी सपनाबाट बिउँझिन् उनी । फोटो उठाइन् । लामो सास फेरिन् । फोटोमुनि जन्म र मृ त्युको मिति थियो । ‘माफ गर्नुहोला’ भन्दै फोटो हेरिन्। अँध्यारो कोठा र खाटले उनको पी’डा बुझे । उनको मन शान्त त भयो, भविष्य भने अँध्यारो कोठा’जस्तै थियो ।

कसरी भयो समाजसेवी गिभिना मगरको लाखौँ फलोअर्स भएको टिकटक एकाउन्ट बन्द ?

चितवन स्थित भरतपुर क्यान्सर हस्पिटलमा एक बिरामिको चेक अप गर्ने समय २ बजे थिएछ तर नर्सहरु पनी धेरै व्यस्त भएर ४ बजे सम्म पनी बिरामिलाई हेरिएन रहेछ । बिरामिको साथमा हुने शिक्षिका एवम् सामाजिक सेवामा तल्लिन एक महिला गिभिना मगर हुनुहुदो रहेछ । बिरामीको साथमा हुनेले आफ्नो बिरामी समयमा नै चेक अप नगरिदा अवस्यपनी आवेग उत्पन्न हुन्छ नै! नर्सहरु पनी कोरोना कालदेखी लिएर अन्य सपयमा पनी फ्रन्ट लाईनर्स भएर अहोरात्र बिरामिको सेवामा तल्लिन हुनुहुन्छ । आवेगमा भिडियो खिचियो अरे, अप्लोड भयो नै अरे! अब यसलाई गिजोलेर सामाजिक काम गर्ने र अहोरात्र सेवामा तल्लिन हुने नर्सहरुको बारेमा नकरात्मकता फैलाउनु गलत छ ।

भिडियो हेर्दा, भिडियो लिने र आएको बिरामी अनी उनका कुरुवालाई गरिने व्यवहार अलिक नराम्रो नै तवरको देखिन्छ । सामाजिक संजालमा कसैले नर्सहरु खराब भनेका छन्। कसैले सामाजिक सेवामा तल्लिन रहने गिभिना खराब भन्दैछन्। यहाँ दुबै पक्षको गलत भएको छ , आपसी समझदारीमा मिल्ने हो! सामाजिक संजालमा उचाल्नेहरुले न नर्सहरुको पिडा बुझेका छन्, न त कुरुवाको नै! म त भन्छु यस्ता विषयलाई पक्ष विपक्ष बनाएर हैन समझदारीमा आएर समस्याको समाधान गर्नुपर्ने हुन्छ

हामिलाई शिक्षिका, सामाजिक काम गर्ने अटल मन र अहोरात्र बिरामीको सेवामा खटिने परिचारीकाहरु दुबै आवश्यक पर्छन्। यो विषयलाई गिजोलेर एउटा सामाजिक काम गर्दै आएकी गिभिनाको लगभग १४ लाख फलोअर्स भएको टिकटक नै बन्द गर्ने अवस्था सम्म पुर्याउनु दुखद् हो अनी परिचारिकाहरुलाई गाली गलौज गर्नु पनी गलत हो । मिलेर दुबै पक्ष आउनपर्छ र पुन: पाठ सिक्दै आ- आफ्नो सत्कर्ममा फर्कनु पर्दछ । हामि चाहदैनौं एक सामाजिक काम गर्ने जेल जाउन् त्यस्तै बिरामीको सेवामा खटिने जेल जाउन् भनी! बस मिलेको देख्न पाउँ!

रिलायबल नेपाल लाइफ द्वारा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न !!

रिलायबल नेपाल लाइफ द्वारा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न

पोखरा , रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेशको आयोजनामा बृहत बीमा जागरण गण्डकी – धौलागिरी मनोज गजुरेलको साथमा एक भव्य कार्यक्रम पोखराको न्यूरोड स्थित सिटी स्क्वाएरको सभा हलमा समापन भएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनु भएका रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. का मुख्य प्रबन्धक श्री शैलेन्द्र श्रेस्ठ ज्यूले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्द्घाटन गर्नु भएको थियोे ।
औपचारिक रुपमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.गण्डकी प्रदेश प्रमुख श्री सरोज अधिकरी ज्यूले गर्नुभएको थियो।साथै उहाँले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै यस्ता कार्यक्रमहरुले ब्यवसाय प्रबर्द्धनमा उल्लेख्य उत्प्रेरणा जगाउने कुरामा दुइमत नरहेको पनि बताउनु भयो।सोही क्रममा मुख्य प्रबन्धक श्री शैलेन्द्र श्रेष्ठ ज्यूले रिलायबल नेपाल लाइफले हासिल गरेका उपलब्धी तथा विभिन्न गतिबिधिहरुका बारेमा प्रष्ट्याउनु भएको थियो।कार्यक्रमका बिशेष अथितिको भुमिका निर्वाह गर्नु भएका बरिष्ठ हास्यकलाकार श्री मनोज गजुरेल ज्यूले बहु -प्रतिभाद्वारा सहभागीहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै रिलायबल जीवन बीमा सम्बन्धि जानकारी दिदा कार्यक्रम हल तालीले गुन्जयमान भएको थियो। करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा रिलायबलका ट्रीपल एम डी आर टि श्री मीन बहादुर गुरुङ ज्यू तथा सिनिएर एजेन्सी मेनेजर श्री एसिएन रोका मगर ज्यूले आ-आफ्नो ब्यवसाय सफलताका अनुभवहरु प्रस्तुत गर्नु भएको थियो। विविध प्रतिभा प्रस्फुटन गर्ने क्रममा अभिकर्ता ध्रुब बिपस्वीले पनि आफ्नो गजलद्वारा सहभागीहरुलाई थप मनोरञ्जन दिनुभएको थियो। स्मरण रहोस रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.नेपालकै प्रख्यात जीवन बीमा कम्पनीको रुपमा पहिचान बनाउन सफल कम्पनी हो।करीब ३ घण्टा सम्म निरन्तर चलेको कार्यक्रमको संचालन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.पोखरा शाखा प्रमुख श्री सूर्य सुमन थापा ज्यूले गर्नुभएको थियो।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति !!

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकृत दीपक दाहालले बताए ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पा, विचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, सन्दीप रायमाझी, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन् ।

यसअघि प्रहरीलाई अदालतले आइतबारसम्म मात्रै थुनामा राख्ने अनुमति दिएको थियो ।

मुआब्जा समस्या सुल्झाउन विशिष्टीकृत संरचना बनाऔँ : सांसद गौतम

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने माग गरेकी छन्।

 

 

आइतवार सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजना मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने माग गरेकी हुन्। उनले रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन्।

त्यसैगरी कृषि, पशुपक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तरराष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरी यस्ता वस्तुको ओसारपसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरमा प्रयोगशाला स्थापना हुनुपर्ने उनको भनाइ छ।

उनले भनिन्‚ ‘रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहलाई प्रोत्साहन होइन, स्रोत दिएर स्थानीय तह र समूहलाई जिम्मेवार बनाइनुपर्छ। मुआब्जा विवादले धेरै आयोजना सम्पन्न हुन सकेका छैनन्। देशभर भएका यस्ता समस्या सम्बोधन गर्न एउटा विशिष्टीकृत संरचना बनाइनुपर्छ भन्ने पनि सरकारको नीति तथा कार्यक्रममा आओस्।’

उनले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचीमा समावेश गर्न समेत आग्रह गरिन्। विद्युतीय सवारीसाधनको प्रयोग बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले जोड दिइन्।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय