काठमाडौंमा एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या !!
काठमाडौं । काठमाडौंमा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने रामेछापकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको आज बिहान ३ः२० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
“श्रेष्ठले के कारण आत्महत्या गरेकी हुन् भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले बिश्व पाटि लाइ भने।
अन्नपूर्ण गाउँपालिकामा महिला संजाल समिति गठन ।।
अन्नपूर्ण गाउँपालिकामा महिला संजाल गठन
जेष्ठ ४ कास्की ,
कास्कीको अन्नपूर्ण गाउँपालिकामा महिला लक्षित कार्यक्रमहरु प्रभावकारी तरिकाले संचालन गर्न पालिका स्तरीय महिला संजाल समिति गठन गरिएको छ । महिला संजाल वडा नं.-३ का अध्यक्ष एवं पुर्व जनप्रतिनिधि कमला केसीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो, समितिको उपाध्यक्षमा वडा नं.-१० का अध्यक्ष रिता क्षत्री र कोषाध्यक्षमा वडा नं.-१ का अध्यक्ष हरि कुमारी खत्री र सदस्य सचिवमा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला कुवाँर रहेका छन् भने सदस्यहरुमा अन्य वडाका अध्यक्षहरु हरिमाया अधिकारी, नारायणी केसी, भगवती केसी, लक्ष्मी देवकोटा , जयदेवी गुरुङ , मन्जु सुवेदी , जेनिसा परियार र विविमाया गुरुङ रहेका छन् , पालिकाले यस अघि नै कार्यपालिका बैठक बाट महिला संजाल गठन सम्बन्धि कार्यविधि पास गरि प्रत्येक वडाहरुमा वडा स्तरीय महिला संजाल समिति गठन गरिसकेको थियो । अन्नपूर्ण गाउँपालिकाले भौतिक पुर्वाधार विकास सँगै सामाजिक तथा मानव संसाधन सम्बन्धि विकासलाई प्राथमिकता दिदै महिला , दलित , जनजाती , युवा, अपांगता नागरिक सम्बन्धि सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै अगाडि बढाएको छ । नवनिर्वाचित पालिका स्तरीय महिला संजाल समितिलाई बधाई तथा शुभकामना दिदै गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसीले समिति गठन सँगै महिला लक्षित कार्यक्रम हिजोका दिनमा भन्दा प्रभावकारी तरिकाले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । महिला लक्षित सशक्तीकरणका कार्यक्रम महिला दिदिबहिनीहरुको आफ्नै कार्यक्रम भएकोले महिला दिदिबहिनीहरुकै चाहाना अनुसार कार्यनयन गर्दा अझ बढी प्रभावकारी हुने अपेक्षा सहित महिला संजाल गठन सम्बन्धि कार्यविधि बनाएर अगाडी बढेको बताउनुभयो । कार्यक्रमको संचालन गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख निर्मला कुवँरले गर्नुभएको थियो ।
अष्ट्रेलियामा अन्तराष्ट्रिय एभरेष्ट डे मनाईने ।
फेन्काको आवद्ध संस्थाहरुको आयोजनामा २८ मा नेपाल चिनाउँदै अष्ट्रेलियामा अन्तराष्ट्रिय एभरेष्ट डे मनाईने ।
सिड्नी ।
नेपालको पहिचान र परिचयलाई विविध विषयसंग जोडर अन्तराष्ट्रियस्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् ।
यसै सन्दर्भमा अष्ट्रेलियामा रहेका फेडेरशन अफ नेप्लिज कम्युनिटी एसोसियन (फेन्का) आवद्ध सामाजिक सदस्य संघ संस्थाहरुको आयोजनमा २८ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे मनाउने घोषणा गरेको छ ।
संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपले समेत नेपाल आकर्षक देश रहेको बारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने उद्धेश्यका साथ २८मे मा एभरेष्ट डे को आयोजना गरिएको फेन्काका अध्यक्ष डा. कृष्ण हमालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो माउन्ट एभरेष्टका बारेमा देश तथा विदेशमा प्रचार प्रसार गर्ने, पर्यटन प्रवद्र्धन गर्दै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कार्यक्रम आयोजना गरेका हौं । पर्यटन क्षेत्रको प्रवद्र्धन संगै नेपालको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । “हिमाल संरक्षण गरौं” भन्ने नाराका साथ २८ मे मा अष्ट्रेलियामा स्थानिय समय अनुसार विहानको ८ बजे देखी नेपाली कला संस्कृति झल्कने विविध कार्यक्रम गरी तयारी गर्ने कार्यक्रम रहेको छ ।
यो कार्यक्रम अष्ट्रेलियाका ८ वटै राज्यमा २८मे मै विभिन्न संघ संस्थाको सहयोगमा एकसाथ आयोजना गरिएको पनि अध्यक्ष हमालले बताउनुभयो ।
यसैवीच न्यू साउथ वेल्सका स्टेट कोडिनेटर विष्णु हमालले सिड्नीको Five dock मा २८मे मा विहान ८ बजेबाट कार्यक्रम सुरु हुने बताउनुभएको छ । उहाँले नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुती सहित एभरेष्ट डे मनाउने कार्यक्रम रहेको बताउनुभयो।
नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउनु भयो फेन्का का महासचिव डा. मधुसुदन पुडासैनी ले नेपालको हितका लागि पनि सबै सहभागि हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले नेपाली समुदायले अष्ट्रेलियामा रहेर पनि नेपालको पयर्टन, कला, संस्कृति जर्गेना गर्ने र प्रचार प्रसार गर्ने कार्य गर्दै आएको समेत बताउनुभयो ।
यसैगरी अष्ट्रेलियामा रहेर सामाजिक कार्य गर्दै आउनुभएका रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष तथा सामजसेवी मुक्तिराम पोख्रेलले सामाजिक कार्यमा नेपालीहरुको सहभागि बढ्दै गएको भन्दै नेपालको हितका लागि २८ मे मा आयोजना गरिएको यो पवित्र कार्यमा पनि उल्लेख्य रुपमा सहभागिता रहने जानकारी दिनु भएको छ।
निर्देशन अनुसार काम गर्न बिद्यालय कर्मचारीलाई तिवारिको अनुरोध ।
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जिल्ला अध्यक्षहरूलाई विशेष अनुरोध गर्दै प्राप्त निर्देशन अनुसार कार्य गर्न अनुरोध गरेका छन् ।
अध्यक्ष तिवारीले वर्तमान अवस्थामा विद्यालय कर्मचारीका माग पूरा गराउन केन्द्रीय समितिका पदाधिकारीहरू निरन्तर लागिपरेको बताएका छन् ।
तिवारी भन्छन्,‘जिल्ला अध्यक्षज्यूहरूलाई विशेष अनुरोध । वर्तमान अवस्थामा हामी केन्द्रीय समितिका पदाधिकारीहरू निरन्तर आफ्नो हर प्रयास गर्दैछौं । तसर्थ सबै जिल्ला अध्यक्ष तपाईंले प्राप्त निर्देशन अनुसार जिल्लामा कार्य गर्नु गराउनु हुन हुन जानकारी गरिन्छ ।’
प्रधानमन्त्रीले भने रेशम चौधरीलाई कानुन बनाएरै छुटाउने हो !!
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीका विषयमा कानुन बनाएरै निर्णय गरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले टीकापुर घटनाबारे सर्वोच्च अदालतको आदेश आइसकेकाले अब कानुन बनाएरै अघि बढ््नुपर्ने उल्लेख गरे ।
संसद्मा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफमा उनले चौधरीसहितका राजबन्दीका विषयमा यसअघि अध्यादेश ल्याएर निर्णय गर्न खोज्दा नसकिएको बताए । अब संसद्बाटै कानुन पारित भएपछि त्यसबारेमा निर्णय लिइने बताए ।
“राजनीतिक आन्दोलनका राजबन्दीका विषयमा एकमुष्ट निर्णयका लागि कानुन संसद्मा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “रेशमलाल चौधरीका विषयमा प्रस्टसँग प्रश्न राख्नुभएको छ । यसअघि पनि अध्यादेशबाट छुटाउने प्रयास गरेकै हो । अदालतबाट जे फैसला भएपछि छिटो होस् भनेर अवाज उठाएकै हो । अहिले फैसला आएको छ । अब समस्या समाधान गर्ने विषयमा हामी गम्भीर छौँ ।”
उनले गिरिशचन्द्र लाल आयोगको तत्कालीन प्रतिवेदनबारे आफूले प्रस्ट पारिसकेको भन्दै त्यसमा भएका ‘व्यावहारिक र कानुनी जटिलता’ फुकाएर सार्वजनिक गरिने बताए ।
विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी
विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी
काठमाडौँ । भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ।
दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।
आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ। जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।
हरेक विहान गर्नुहोस् यी काम
बिहान-बिहानै हत्केला हेर्नुहोस् : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस। मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ।
मन्दिर सफा राख्नुहोसः घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ। यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।
बिहानै भुमिलाई प्रणाम गर्नुहोसः बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ। साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ।
गाईलाई रोटी खुवाउनुहोस्ः सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस। तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस।
सुर्यलाई जल चढाउनुहोस्ः सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ।
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा !
काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीतिमान तोडेका हुन् । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका हुन् ।
सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन् । सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एण्ड एक्सिपीडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । झण्डै एक सय आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन् । उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिता शेर्पाले सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाएको बताए । उनका अनुसार करिब एक सय आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप एक सय आरोही चुचुरोमा पुग्ने अनुमान छ । “कामीरिताले विश्वकीर्तिमान बनाउनुभएको छ, आरोहण धमाधम भइरहेको छ, सञ्चार सम्पर्क राम्ररी नभएका कारणले सबै आरोही समूहको एकिन जानकारी आइसकेको छैन, आज बेलुकासम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने छ, साँझसम्म ‘गुड न्यूज’ आउला”, निर्देशक खतिवडाले भने।
कामीरिताले सगरमाथाको २७औँ पटक आरोहण गरेर विश्वलाई सकारात्मक सन्देश दिएको उनले बताए । “कामीरिता शेर्पाले सगरमाथाको २७ पटक आरोहण गरेर विश्वलाई सन्देश दिनुभएको छ”, उनले भने, “सगरमाथाको जति धेरै आरोहण भयो त्यति नै राम्रो सन्देश जान्छ, यसले आरोहण र आरोहीलाई हौसला मिलेको छ ।”
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन् । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, ती पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् ।
यसैगरी यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सगरमाथाको आरोहण गरेका छन् । शेर्पा आज बिहान सगरमाथाको चुचुरोमा पुग्नुभएको थामसेर्कु ट्रेकिङ कम्पनीले जनाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।
राष्ट्रिय युवा संघ कास्कीले गर्यो सम्मान कार्यक्रम, सप्ताहव्यापी कार्यक्रम गर्ने ।
पोखरा, राष्ट्रिय युवा संघ नेपाल को ३४ औं स्थापना दिवसको अवसरमा जिल्ला कमिटी कास्कीले भब्य रुपमा सम्पन्न गरेको छ। राष्ट्रिय युवा संघ नेपाल कास्किले आयोजना गरेक सम्मान तथा शुभकामना कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल का पुर्ब केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले पाटि सचिब माननिय गोकर्ण बिष्ट को प्रमुख आथित्यतामा, नेकपा एमाले केन्द्रिय सदस्य हरु, प्रदेश का नेताहहरु, जिल्ला कमिटि का नेता हरु लगाएत जिल्ला भरका ४०० बढि युवाहरुको सहभागिता रहेको थियो।

३४ औं स्थापना दिवसको अवसरमा कस्किका पुर्ब जिल्ला अध्यक्षहरु बिध्या बिमल बराल , बैन बहादुर गुरुङ , जिबन आचर्य , हरि लम्साल, दर्शन लामा, नबराज ओझा , बिस्णु पुन, डिल्ली राम सुबेदि, लाइ सम्मान गरेको थियो भने स्थानिय निकायको कास्कीको ७२ ओटा वडा मध्य उत्कृष्ट वडा पोखरा महानगर वडा न ०८ कमिटि र उत्कृष्ट स्थानिय ०५ पालिका मध्य अन्नपूर्ण गाउपालिका कमिटि लाइ उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले जेठ महिना भरी नै बिबिध कार्यक्रम हरु गर्ने जनाएको छ्।युवा संघ कास्कीले आज प्रमुख बक्तालाइ मात्र प्रशिक्षणतमक मन्तब्य राख्न दिएर नयाँ खालको झल्को र उदाहरण दिएको थियो। सो कार्यक्रमको सन्चालन युवा संघ कास्कीका सचिब नमराज के सि ले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष पान बहादुर जिसि ले गरेका कुरा प्रचार बिभाग प्रमुख सुनिल खड़काले बिश्वपाटीलाई बताए ।
”V27 Had been launched Today From Pokhara”:Vivo
”V27 Had been launched” Today:
Retail Distributer Pokhara
Shrestha Traders
Owner – Sunil Shrestha ,
Vivo company TSM territory
Sales Manager -Sandip Thapa (Pokhara )

भलिबललाई पूर्व अध्यक्ष मनोरञ्जनद्वारा आर्थिक सहयोग!!
नेपाल भलिबल संघको आयोजनाम हुने काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले आर्थिक सहयोग गरेका छन् । आज सोमबार कार्की ब्याङकेट,बबरमहलमा आयोजित पत्रकार सम्मेलनका अवसरमा पूर्व अध्यक्ष शर्माले उक्त च्याम्पियनसिपका लागि नगद १ लाख प्रदान गरेका हुन् । यस्तै आर्थिक सहयोग गर्ने क्रममा टाईगर ग्रुप अफ पोखराले नगद १ लाख र बिद्यालय भलिबल कमिशनले नगद ७५ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व अध्यक्ष शर्मा र बिद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्र बहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गरे ।
यस्तै उक्त प्रतियोगिताका लागि विभिन्न संघ संस्था तथा भलिबल प्रेमीहरुबाट आर्थिक सहयोगको प्रतिबद्धता आईरहेको अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।
एभरेष्ट तेक्वान्दोको तयारी पूरा
संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा वढी खेलाडीले प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५ सदस्यीय कमिटी पनि गठन गरिएको छ । जसमा नौ अन्तर्राष्ट्रिय निर्णायक रहने छन् । प्रतियोगिता सञ्चालनका लागि मेरिल्यान्ड तेक्वान्दो संघ, एनआरएनए मेरिल्यान्ड, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), साथी बाल्टिमोर, एचके ली तेक्वान्दो एकेडेमी, हिमालयन तेक्वान्दो, सनसाइन तेक्वान्दो, ग्लोबल तेक्वान्दो, युनाइटेड एभरेष्ट तेक्वान्दो, इगल तेक्वान्दो एकेडेमी, जुन ली तेक्वान्दो एकेडेमीलगायतका संघसंस्थाले पनि सहयोग गर्ने निर्देशक कार्कीले जानकारी दिए ।
कार्कीको पहलमा मेरिल्यान्डको बाल्टिमोरमा एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन नामक गैर नाफामूलक संस्था सञ्चालन हुँदै आएको छ । फाउन्डेसनले नेपालमा तेक्वान्दोको विकास तथा विस्तारमा विभिन्न सहयोग गर्दै आएको छ । विगत केही वर्षदेखि नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा ‘एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ आयोजना हुँदै आएको छ । यस वर्षको प्रतियोगिता आगामी डिसेम्बरमा चितवनमा हुँदैछ । विगत तीन दशकदेखि तेक्वान्दोमा अनवरत रुपमा लागेका कार्कीले सन् २०१५ अमेरिकामा तेक्वान्दो स्कुल पनि सञ्चालन गर्दै आएका छन् । स्कुलमा चार वर्षदेखि ७३ वर्षसम्मका दुई सय खेलाडीले नियमित रुपमा प्रशिक्षण लिँदै आएका छन् ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा