गण्डकी सरकारको सवारी मोह , गुरुङलाई फछाउदै कृषचन्द्र !!
पोखरा । संघ सरकारले थोत्रो गाडी दिएर आफूलाई अपमानित गरेको भन्दै संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू चढ्न २ करोड ५० लाखको ल्यान्ड क्रुजर गाडी किने । उनले महँगो गाडी चढेपछि चौतर्फी आलोचना पनि खेपे । मुख्यमन्त्रीले महँगो गाडी चढेपछि तत्कालीन अर्थमन्त्री किरण गुरुङले पनि १ करोड ७० लाख पर्ने टोयोटा फर्चुनर गाडी किनिदिए । तत्कालीन समयमा सरकार आफैंले बनाएको गाडी खरिदसम्बन्धी नियम उल्लंघन गर्दै महँगा गाडी किनेका थिए । उक्त गाडी खरिदबारे महालेखा परीक्षकको प्रतिवेदनमै प्रश्न उठाइएको थियो । नियमानुसार मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोडसम्मको मात्रै गाडी किन्न मिल्ने व्यवस्था थियो । सभामुख, मन्त्री तथा प्रमुख सचिवलाई ७५ लाख, महाशाखा प्रमुख र कार्यालय प्रमुखलाई ३० लाखसम्मको गाडी खरिद गर्ने व्यवस्था छ ।
तर मुख्यमन्त्री र अर्थमन्त्रीको गाडी नियमभन्दा तेब्बर महँगो भयो । सरकारले लगातार गाडी खरिदमा धेरै रकम खर्च गरेको देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा पनि थप ९ करोडका गाडी किनेको छ । १ वर्षमा मात्रै प्रदेश मन्त्रालय र मातहत निकायले ९ करोड २२ लाखको गाडी किनेका हुन् । गण्डकी सरकारले पछिल्लो ४ वर्षमा करिब ६६ करोडका गाडी खरिद गरेको छ ।
हालसम्म ६५ करोड ७० लाखको गाडी खरिद भएको मलेपको रिपोर्टमा उल्लेख छ । सवारी साधन खरिदसँगै मर्मत र इन्धन खर्चसमेत वृद्धि हुने भएकाले सवारी साधन खरिदको मापदण्ड तयार गरी यस्तो खर्चलाई व्यवस्थित गर्न मलेपले सुझाव दिएको छ ।
सरकारले भने प्रदेश संरचना नयाँ भएकाले जग बसाउनै धेरै खर्च गर्नुपरेको दाबी गर्दै आएको छ । गण्डकी सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ९९ लाखको गाडी किनेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ३० करोड ७५ लाख, आर्थिक वर्ष २०७५/०७६ मा पनि मन्त्रालयहरूले गाडी खरिदमा १५ करोड ७४ लाख खर्च गरेको थियो । गाडी खरिदमा मितव्ययी हुन मलेपको निर्देशन छ ।
मनपरी आर्थिक सहयोग
सरकारले आर्थिक सहायतामा मनपरी गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न मार्गदर्शन नै निर्माण भएको छ । सरकारको वार्षिक कार्यक्रममा परेकाबाहेक कुनै पनि सरकारी तथा गैर सरकारी संस्थालाई आर्थिक सहायता र अनुदान नदिने उल्लेख छ । प्रदेश सरकारले व्यक्तिगत २५ हजार र संस्थागत १ लाखसम्म मुख्यमन्त्रीको तोकादेशबाट सोझै र सोभन्दा बढी मन्त्रिपरिषद् निर्णयबाट दिने व्यवस्था गरेको छ । सरकारले गत वर्षमात्रै व्यक्तिगत सहायतातर्फ औषधी उपचार, खेलकुद प्रतियोगिता, लोकसेवा आयोगको तयारी कक्षालगायत कामका लागि ४ सय ८ जनालाई १ करोड ३७ लाख र ९१ संघ संस्थालाई १ करोड ६ लाख सहायता वितरण गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ५८ लाख १५ हजार र २०७७/०७८ मा २ करोड आर्थिक सहायता वितरण गरेको थियो ।
यस्तै, अनुदानमा पनि जथाभावी भएको देखिएको छ । मुख्यमन्त्री कार्यालयले २ करोड १ लाख, भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५ करोड ११ लाख, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले २२ करोड ४ लाख, स्वास्थ्य मन्त्रालयले २५ लाख गरी २९ करोड ४२ लाख अनुदान दिएको देखिन्छ । यस्तो अनुदानको सही अनुगमन भने नभएको मलेपले जनाएको छ ।
आर्थिक वृद्धिदर कमजोर
प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८० ०८१ सम्म आर्थिक वृद्धिदर १०.२ प्रतिशत पुर्याउने लक्ष्य लिएको थियो । असार मसान्तसम्म यहाँको वृद्धिदर जम्मा ६.१७ प्रतिशत पुगेको छ । कुल गार्हस्थ उत्पादन ४ खर्ब ६८ अर्ब पुर्याउने लक्ष्य लिइएकोमा हालसम्म ३ खर्ब १४ अर्व पुगेको छ भने बहुआयामिक गरिबीको जनसंख्या अझै ९ प्रतिशत छ ।
आगामी वर्षभित्र ७.३ प्रतिशतमा झार्ने सरकारी लक्ष्य छ । साक्षरता प्रतिशतमा पनि चित्त बुझ्दो प्रगति भएको छैन । ९५ प्रतिशत पुर्याउने लक्ष्य रहेकोमा ८३ प्रतिशतमात्रै पुगेको छ । अझै आधारभूत खानेपानीको पहुँच सबै नागरिकमा पुग्न सकेको छैन । हालसम्म ९३ प्रतिशतमा मात्रै आधारभूत पानीको पहुँच छ ।
पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा अनुसार समृद्धिका २६ सूचकमध्ये ६ वटा लक्ष्य प्राप्त हुन कठिन हुने र १० वटा लक्ष्य प्राप्त हुनै नसक्ने खालका छन् । सुखका १२ सूचकमध्ये एउटा कठिन हुने र १० वटा प्राप्त हुन नसक्ने अवस्था छ । सरकारले अझै आयोजना बैंकलाई व्यवस्थित बनाउन सकेको छैन भने फजुल खर्च अत्यधिक बढेको देखिन्छ । प्रदेश सरकारसँग २ लाख ३५ हजार ५१ आइटम सामग्री सम्पत्ति छन् । त्यसको मूल्य २ अर्ब १९ करोड ८२ लाख कायम गरिएको छ । केही कार्यालयको सम्पत्ति अध्यावधिक भएको छैन ।
बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न !
बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ६ सय ५० ले स्वास्थ्य सेवा लिए
पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन ।
स्थापना कालदेखी पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।
सोही अनुरुप बरेङ गाँउपालिकामा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले युनाइटेड क्लब पोखराले पोखरा देखी टाढा गुल्मीको सिमानमा रहेको बाग्लुङको दुर्गम गाँउ बरेङमा आइ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी उक्त क्षेत्रमा रहेको जेष्ठ नागरिक, अपाङ्ग, निम्न आयस्तर भएका नागरिकहरुलाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।
सो अवसरमा वोल्दै बरेङ गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरसेङ पुनले दुरदराजमा रहेको बरेङ गाँउमा आएर युनाइटेड क्लबले आफ्नो क्षेत्रमा रहेको नागरिकहरुको स्वास्थ्य प्रति देखाएको चासोको प्रशंसा गर्दै युनाइटेड क्लव प्रति आभार प्रकट गरे ।
त्यस्तै शिविरमा सहभागी डाक्टर सरोज पोख्रेलले बरेङ गाँउमा युनाइटेड क्लबको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरी त्यहांको नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत गराउने र रोगको पहिचान गराउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे ।
युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले युनाइटेड क्लबले प्रत्येक वर्ष दुर दराजमा रहेको ग्रामीण भेगका जनताहरुलाई लक्षित गरी निःशुल्क रुपमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको र सोही अनुरुप बाग्लुङको दक्षिण पश्चिममा रहेको गुल्मी संग सिमाना जोडिएको बरेङ गांउमा शिविरको आयोजना गरिएको वताए ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
स्वास्थ शिविरमा नाक, कान, घाटी, हाडजोर्नी, मुटु, छाती, पेट, स्त्रीरोग, सुगर, थाइराईड लगाएतका रोगहरुको परीक्षण सहित भिडियो एक्स रे, इसिजी, रगत तथा पिसाव परीक्षण समेत गरिएको थियो । शिविरमा डाक्टर नारायण ओझा, डाक्टर सरोज पोख्रेल, डाक्टर झपिन्द्र पोख्रेल, डाक्टर आनन्द भट्टराइ, डाक्टर आकाशमणी भण्डारी, डाक्टर सुस्मित काफ्ले, डाक्टर मिलन तिवारी, डाक्टर रितिका अधिकारी, डाक्टर ऋषि थापा, डाक्टर ऋषिका चन्द, डाक्टर रजनी राना मगर, डाक्टर पदम बहादुर पुन र प्राविधीकहरु सृजना भट्टराई, विद्या गुरुङ, ईश्वर शर्मा, शान्तिदेवी पौडेल, सन्दीप केसी लगायतले सहजीकरण गरेका थिए ।
सो अवसरमा बागलुङको बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिर संगै छिमेकी जिल्ला गुल्मीको कालीगण्डकी गाँउपालिकाका ग्रामीण बस्तीहरु धुँवाखोला लगायतका नागरिकहरुले स्वास्थ्य लाभ लिएका थिए ।
शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखरा–११ रानीपौवा, नरहरी पोलिक्लनिक डाइग्नेष्टिक सेन्टर प्रा.लि. रामबजार र एरो फर्मासिटिकल्स प्रालिको प्राविधीक सहयोग रहेको थियो ।
गण्डकीका यातायात मन्त्री जुग्जालीले गरे खादामाला प्रतिबन्ध !!
गण्डकीका यातायात मन्त्री जुग्जालीले गरे खादामाला प्रतिबन्ध
पोखरा ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् ।
बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पु¥याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।
मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ । मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।
म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उनले गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि उनले पुनः मन्त्री बनेका हुन शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका छन् ।
सृजना बिकास केन्द्रद्वारा स्वास्थ्य शिविर !!!
पोखरा ।
सृजना विकास केन्द्र पोखराद्वारा अन्नपूर्ण गाउँपालिका केन्द्रित बृहत स्वास्थ्य शिविर सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । २०३७ मा सामाजिक संस्थाको रुपमा स्थापित केन्द्रले शिक्षा, स्वास्थ्य, खेलकूद तथा बालबालिका तथा महिला केन्द्रित रचनात्मक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादूर थापाले बताए ।
वार्षिक रुपमा स्वास्थ्य सचेतना अन्र्तगत महिलाहरुका लागी महिला रोग विशेषज्ञद्धारा निशुल्क रुपमा स्वास्थ्य परिक्षण, औषधी वितरण गरिएको कार्यक्रम शुभारम्भ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी. ले गर्नुभएको थियो ।
आम समुदायलाई स्वास्थ्य बिमा अन्र्तगत गाउँपालिकाले पचास प्रतिशत अनुदान सहित विपन्नका लागि निशुल्क स्वास्थ्य सेवा दिदै आएको अध्यक्ष के.सी. ले बताए । कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. सृजना शर्मा, डा. तारा गुरुंग, डा. प्रतिक गैरे, डा. निरज पौडेल, सहकार्य सस्ंथा नयाँपुल स्वास्थ्य क्लिनिकका प्राविधिकबाट परिक्षण स्वास्थ्य सचेतना, युसीजी,ल्याब र औषधी वितरण गरिएको थियो । शिविरमा अन्नपूर्ण गाउँपालिका, मोदी गाउँपालिकाका ३०० भन्दा बढी महिलाहरुको उपस्थित रहेको थियो ।
सृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वार्ड नं. ५ का जिवनाथ पौडेल, केन्द्रका संस्थापक अध्यक्ष डम्बर बहादुर के.सी., बालगृह संयोजक सोमनाथ बराल,निवर्तमान अध्यक्ष इन्द्र पौडेल, कार्यक्रम संयोजक शान्ती शर्मा,सह प्राध्यापक राधिका रेग्मी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिब विश्व श्रेष्ठ, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, जाल्पा सामुदायिक लघुवित्त, गण्डकी प्रदेश प्रमुख युवराज शर्मा,
अभिमान मेमोरियल मा.वि.का अध्यक्ष दान बहादुर के.सी., नँयापुल स्वास्थ्य क्लिनिकका प्रमुख संजोग मरासीनी, द हेभन क्लब अफ नँयापुलका अध्यक्ष विजय भूर्तेल लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
टोपबहादुर रायमाझी पक्राउ !!
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको एसपी दानबहादुर कार्कीले जानकारी दिए।
सबै सिडिओलाई गृहमन्त्रीको निर्देशन : कार्यशैली र पद्धतिमा गुणात्मक परिवर्तन गर्नु ! !
काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुकोभर्चुअल बैठकलाई सम्बोधन गर्दै दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतिमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिएका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमायसलाई लिईने स्पष्ट पार्दै यसलाई सामान्य निर्देशको रुपमा नलिन आग्रह गरे।
विपदको पूर्वतयारी, शान्ति सुरक्षाको स्थिति, मिटर ब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमासमेत निर्देशन दिएका छन्।
७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए भने सुरक्षा निकायका प्रमुखहरु, विपद प्राधिकरणका सिईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईले समेत सम्बोधन गरेका थिए।
पोखराकी जयन्ती सुनारलाई रामा यादव पत्रकारिता पुरस्कार !
पोखराकी जयन्ती सुनारलाई रामा यादव पत्रकारिता पुरस्कार
पोखरा । मधेस प्रदेशको ‘रामा यादव पत्रकारिता पुरस्कार–२०७९’ पोखराकी सञ्चारकर्मी जयन्ती सुनार (अनिशा श्रेष्ठ) र २०८० प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
रौतहडको रेड टेलिभिजनकी सञ्चालिका रामादेवी यादवको कोरोना संक्रमणले मृत्यु भएपछि उनको स्मृतिमा स्थापित पुरस्कार सुनार र शर्मालाई प्रदान गरिएको हो ।

यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा पोहोर नै पुरस्कार घोषणा गरिएको हो । स्थानीय तह निर्वाचनको बीचमा परेका कारण अघिल्लो वर्ष पुरस्कार वितरण गरिएको थिएन । दुवै वर्षको पुरस्कार शुक्रबार प्रदान गरिएको छ । पुरस्कारको राशि २६ हजार ५ रुपैयाँ छ ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दुवैजनालाई पुरस्कार प्रदान गरे । अध्यक्ष यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मीले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउन प्राधिकरणको स्थापना गरिएको बताए ।
उनले पत्रकारिता पेसा समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरीतिहरुलाई हटाउँदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न आग्रह गरे ।
कार्यक्रममा पुरस्कृत सञ्चारकर्मी श्रेष्ठले सम्मान र पुरस्कारले कार्य क्षेत्रमा खटिने थप हौसला प्रदान गरेको धारणा राखिन् । समाजले हेर्ने दृष्टिकोण, कार्यक्षेत्रमा हुने विभिन्न खाले असुरक्षालाई पनि प्रतिवाद गर्दै सञ्चारकर्ममा लागेका महिलाहरुको हितका लागि राज्यले विशेष योजना ल्याउनु पर्ने पनि उनको भनाइ थियो ।
पुरस्कृत सुनार पोखराको सिटी वान टेलिभिजनमा कार्यरत छन् । हेल्थ अपडेट मासिकको प्रधान सम्पादक उनी स्वास्थ्य पत्रकार संघ गण्डकीको महासचिव हुन् ।
राष्ट्रिय युवा संघ कास्कीले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने ।
राष्ट्रिय युवा संघ नेपाल को ३४ औं स्थापना दिवसको अवसरमा जिल्ला कमिटी कास्कीले जेठ महिना भरी नै बिबिध कार्यक्रम सहित सञ्चालन गर्ने भएको छ्।
२०८०|०२|०१ गते जिल्ला पाटि कार्यलय को सभा हलमा ठिक ११ बजे तपसिल बमोजिमका नेताहरु लाइ अनिवार्य उपस्थितिकाे लागि हार्दिक अनुरोध गरेका छन ।
१ जिल्ला कमिटी कास्कीका सम्पुर्ण
२ पालिका कमिटीका सबै
३ क्षेत्रिय संयोजक, प्रदेस संयोजकहरु
४ वडा कमिटी अध्यक्ष तथा ईन्चार्ज हरु
प्रमुख अथिति राष्ट्रिय युबा संघ नेपालका पुर्व अध्यक्ष एबम नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सचिब गोकर्ण विष्ट रहेको कुरा जिल्ला सचिब नमराज के सि ले जानकारी दिएका छन ।

सुशान्त श्रेष्ठको उपचारको निम्ति आर्थिक सहयोग संकलन अभियान ।
सुशान्त श्रेष्ठलाई बचाऊनको निम्ति आर्थिक सहयोग संकलन अभियान ।
नेपाल तनहु घर भई हाल दिल्ली अवस्थित सुपर स्पेशियलिष्ट हस्पिटलमा उपचारार्थ सुशान्त श्रेष्ठ लाई बोन म्यारो ट्रान्सप्लाण्टको निम्ति रू ३०,००,००० उपचार खर्च लाग्ने भएको छ ।
आर्थिक अवस्था सबल नरहेको हुदा सुशान्तको आमा साबित्री श्रेष्ठले आर्थिक सहयोग गर्नका निम्ति सम्पूर्णमा आह्वान गरेकी छीन । उनले फ़ेसबुक को गो फण्ड मार्फत सम्पूर्णमा सकेको सहयोग गरी आफ्नो छोरा सुशान्त श्रेष्ठको जीवन बचाऊन सहयोग अपील गरेकी हुन ।
यस अभियानलाई अष्ट्रेलिया ब्रिसबेन निबासी सन्देश श्रेष्ठको बिशेष पहलमा अभियान संचालन गरीएको छ । यस अभियानलाई सफल बनाऊन सम्पूर्ण सहयोगी हरू प्रति बिश्वपाटी परिवार समेत हार्दिक अनुरोध गर्दछौ ।
https://www.gofundme.com/f/only-a-bone-marrow-transplant-can-save-my-son?utm_source=customer&utm_medium=copy_link&utm_campaign=p_cf+share-flow-1
शैक्षिक सामाग्री र बिद्यालय पोसाक बितरण !!
शैक्षिक सामाग्री र बिद्यालय पोसाक बितरण
चिल्डे«न–नेपालले बिद्यालय पढ्न सहयोग गरेका श्रीकृष्ण माद्यामिक बिद्यालयका बालबालिकाहरुलाई बिद्यालय शिक्षामा सहज पुरयाउन गत बर्ष जस्तै यस बर्ष पनि शैक्षिक सामाग्री बिद्यालय पोसाक बितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरामहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्यले संस्थाको कामको प्रसंशा गर्दै प्रभावकारी रूपमा वडा, बिद्यालय र चिल्डे«न–नेपालका बिच सहकार्य र समन्वय गरेर अगाडि बढनु पर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा चिल्डे«न–नेपालका कार्यसमिति महासचिब जयन्द्र भट्टराईले शैक्षिक उन्नतीको लागी संर्घष गरी अध्ययन कार्यलाई निरन्तर गरेका बालबालिकाहरु नै भोलीका सक्षम, सबल र उदाहरणीय नागरिक बन्नको निम्ति चिल्डे«न–नेपालले निरन्तर सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो । श्रीकृष्ण माद्यमिक बिद्यालय र चिल्डे«न–नेपाल बिचको सहकार्य र समन्वयले बालबालिकाहरुको शिक्षामा परिबर्तन सम्भब गर्न सकिने कुरामा जोड दिनु भएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सम्पूर्णलाई ब्यस्त समयका बाब्जुद पनि बालबालिकाका सवाललाई महत््वपूर्ण ठानेर संस्थाको निमन्त्रणालाई स्वीकार गरि उपस्थिति भएर कार्यक्रमको शोभा बढाई दिनु भएकोमा धन्यवाद दिदै संस्थाले श्रीकृष्ण माद्यामिक बिद्यालय र वडा कार्यलयहरुसंग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बरालको अध्यक्षतामा भएको थियो । अध्यक्ष शोभाचन्द्र बरालले संस्थासंग बिगत लामो समय देखी नै सुमधुर सम्बन्ध रहेको कुरा बताउदै बालबालिकाहरुले यो सहयोगको उच्चतम प्रयोग गरेर उदाहरणीय बन्न बालबालिकाहरुलाई सुझाब दिनु भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत बिद्यालयका शिक्षक प्रतिनिधि योगेन्द्र थापाले गर्नु भएको थियो । कार्यक्रममा बालबालिका, युवा तथा परिबार कल्याण शाखाका बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा बालबालिकाको शैक्षिक प्रगतीको लागी शुभकामना समेत दिनु भएको थियो ।
चिल्डे«न–नेपालले यस आर्थिक (२०८०) बर्षमा पोखरा महानगरपालिका र यस वरपर रहेका सामुदायिक बिद्यालय श्री जनप्रिय मा बि, श्री बाराही मा बि, श्री कन्या मा बि,श्री पार्दी,मा बि, श्री धर्मस्थली आधारभुत बिद्यालय,श्री साहारा आधारभुत बिद्यालय, श्रीराम आधारभुत बिद्यालय, श्री सरस्वती आधारभुत बिद्यालय, श्री कालिका मा बि,पर्बत जिल्ला कुश्मा नगरपालिका १० स्थित श्री पुर्णेश्वर मा बि र सिर्जना सामुदायिक मा बि अन्नपुर्ण १ नागडाडाका गरी ४२५ जना बालबालिकाहरुको लागी शैक्षिक सामाग्री र बिद्यालय पोसाक बितरण गरिएको कुरा बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बताउनु भएको थियो । उक्त कार्यक्रमको संचालन चिल्डे«न–नेपालका सह सयोजक रमेश सुबेदीले गर्नु भएको थियो ।

Next Page » « Previous Page
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा