गण्डकीमा नवनियुक्त चार मन्त्रीले रिए सपथ , मनाङ्गे आउट !
गण्डकीमा नवनियुक्त चार मन्त्रीले रिए सपथ , मनाङ्गे आउट
पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीको शपथसँगै गठबन्धनका दलबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ ।
कांग्रेसका चार र माओवादीका दुई मन्त्रीको जिम्मेवारी शुक्रबार नवनियुक्त चार मन्त्रीको शपथपछि नै तोकिएको हो ।
कांग्रेसका जितप्रकाश आलेले आर्थिक मामिला मन्त्रालय, दीपेन्द्रबहादुर थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, माओवादीका रेशमबहादुर जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका छन् ।

गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री बनेका थिए । दुई हप्तापछि मन्त्रिमण्डललाई पूर्णता दिएर पाण्डेले मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । आज चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेसका महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, जितप्रकाश आले र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष शपथ लिएका हुन् ।
क्यानाडामा कृषि-खाद्य क्षेत्रका लागि कामदार लिने कार्यक्रम विस्तार गरिँदै
क्यानाडामा कृषि-खाद्य क्षेत्रका लागि कामदार लिने कार्यक्रम विस्तार गरिँदै ।
अन्टारियो। इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनसिप क्यानाडा (आइआरसीसी) ले कृषि–खाद्य अध्यागमन पाइलट प्रोग्राम विस्तार गर्ने भएको छ।
अध्यागमन मन्त्री सिन फ्रेजरले यो कार्यक्रम २०२५ मे १४ सम्म सञ्चालन हुने घोषणा गरेका छन्।
कृषि र खाद्य उद्योगहरुमा अनुभवी कामदारहरुलाई क्यानाडामा स्थायी बसोबासका लागि सहजीकरण गर्न यो कार्यक्रम प्राथमिकतामा पारिएको छ।
यी क्षेत्रमा योग्य उम्मेदवारहरुलाई आवेदन दिने अवसर प्रदान गर्ने उल्लेख गर्दै मन्त्रीले ‘वार्षिक पेशागत क्याप’ हटाउने घोषणा पनि गरेका छन्।
आइआरसीसीले वर्षको अन्त्यसम्ममा यो कार्यक्रममा केही परिवर्तन पनि गर्ने भएको छ।
उम्मेदवारको सीपको स्तरलाई ध्यान नदिइ पाइलट कार्यक्रमका लागि सहभागीहरुको परिवारका सदस्यहरुलाई खुला कार्य अनुमति (वर्क पर्मिट) मा पहुँच बढाइने भएको छ।
क्यानाडामा बसोबास गर्ने आवेदकहरुलाई जागिर प्रस्तावसम्बन्धी आवश्यकताहरु पूरा गर्ने विकल्प दिइने जनाइएको छ।
कमजोर कामदारहरुका लागि खुला कार्य अनुमति अन्तर्गत प्राप्त कार्य अनुभव स्वीकार गर्न सुरु गरिने बताइएको छ।
आइआरसीसीले कामदारहरुलाई योग्य हुने अवसर समेत प्रदान गर्ने जनाएको छ।
मासु प्रशोधन, च्याउ र ग्रीनहाउस उत्पादन, पशुपालन उद्योगहरुमा श्रमिक अभावलाई कम गर्ने उद्देश्यले ‘एग्री–फूड इमिग्रेसन पाइलट २०२०’ कार्यक्रम सुरु गरिएको थियो।
क्यानाडामा २ लाख ४३ हजारभन्दा बढी मानिसहरु कृषि, शिकार, माछा मार्ने र वन क्षेत्रमा कार्यरत रहेको तथ्यांक छ।
ती क्षेत्रमा अझै पनि १४ हजारभन्दा बढी जागिरहरु रिक्त अवस्थामा रहेको जनाइएको छ।
कार्यक्रमका लागि योग्य हुन निश्चित मापदण्ड बनाइएको छ।
अस्थायी विदेशी कामदार कार्यक्रममा १२ महिनाको पूर्ण समय, गैर मौसमी क्यानाडेली कार्य अनुभव भएको हुनुपर्ने छ।
अंग्रेजी वा फ्रेन्च भाषामा क्यानेडीयन भाषा बेन्चमार्क स्तर ४ हुनुपर्ने छ।
उच्च विद्यालय स्तरको शिक्षा वा सोभन्दा माथिको विदेशी समकक्ष अध्ययन हुनुपर्नेछ।
क्यानाडामा, क्युबेक प्रान्त बाहिर प्रचलित ज्याला वा माथिकाृ पूर्ण समय, गैर मौसमी कामका लागि अनिश्चित कामको प्रस्ताव प्राप्त गरेको हुनुपर्नेछ।
कस्तो हो यो कार्यक्रम?
‘एग्री–फूड इमिग्रेसन पाइलट’ क्यानाडाको एउटा विशेष अध्यागमन कार्यक्रम हो, जुन कृषि–खाद्य क्षेत्रमा दक्ष कामदारहरुलाई आकर्षित गर्न र त्यस क्षेत्रमा काम प्रदान गर्न सञ्चालन गरिएको छ।
देशको कृषि र खाद्य उद्योगलाई प्रवर्द्धन गर्ने क्यानाडा सरकारको पहलमा २०२० मा यो कार्यक्रम सञ्चालन गरिएको हो।
यो कार्यक्रमअन्तर्गत ती क्षेत्रका लागि योग्य आवेदकहरुलाई तीन वर्षको अस्थायी कार्य अनुमति दिइन्छ। उनीहरुलाई क्यानाडाको स्थायी बसोबासका लागि आवेदन दिन पनि अनुमति दिइन्छ।
आवेदनका लागि योग्य हुन सम्बन्धित उद्योगहरुमा रोजगारदाताबाट पूर्ण समय, गैर मौसमी रोजगारको प्रस्ताव प्राप्त गरेको हुनुपर्छ।
मासु उत्पादन, नर्सरी, ग्रीन हाउस, फ्लोरिकल्चर, च्याउ उत्पादन, पशु उत्पादन माछा उत्पादनको क्षेत्रमा रोजगार प्रस्ताव प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।
यसैगरी आवेदकहरुमा भाषामा दक्षता, शिक्षा, कामको अनुभव, ‘सेटलमेन्ट कोष’ जस्ता योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने भनिएको छ।
गण्डकी सरकार बिस्तार : पहिला मन्त्रालयको नामाकरण , त्यसपछि मन्त्रीको टुंगो !!
गण्डकी सरकार बिस्तार : पहिला मन्त्रालयको नामाकरण , त्यसपछि मन्त्रीको टुंगो
पोखरा ।
विश्वासको मत पाएको एक साता लगाएर गणडकी प्रदेश सरकारको मन्त्रीमणडल विस्तारको विवाद अफै सकिएको छैन् ।
मनाङ क्षेत्र १(१) बाट स्वतन्त्र निर्विरोध निर्वाचित प्रदेश सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे ) गत पुसमा एकृकित समाजवादी पार्टीमा प्रवेश गरे सँगै केन्द्रिय सत्ता गठबन्धन अनुरुप प्रदेशमा पनि नेकपा एसले आफ्नो पनि प्रदेशमा मन्त्री चाहिने जिकिर केन्द्रमा छ ।
१२ मन्त्रालय घटाएर ७ कायम गरिएको गण्डकीमा मन्त्रालयको कार्यक्षेत्र संशोधन हुने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालयको कार्यक्षेत्र मिलाएर मात्रै सरकार विस्तार तयारी गरेका छन् । सत्तारुढ दलबीचको बैठकले हाल मन्त्रालयको कार्यक्षेत्र नमिलेकोले संशोधन गर्ने निर्णय गरेको थियो । उक्त बैठकको निर्णयअनुसार कांग्रेस–माओवादीका सांसद सम्मिलित समितिले मन्त्रालयको कार्यविभाजन गरेको हो ।
उक्त सिफारिस बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले पास गर्ने मुख्यमन्त्री पाण्डेले बताए । ‘मन्त्रालय घटेको राम्रो हो तर मन्त्रालयको काम गर्ने क्षेत्र मिलेको थिएन । एउटा मन्त्रालयमा हुनुपर्ने कार्यक्षेत्र अर्कोमा थियो । मेरो नेतृत्वको सरकारले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्ने निर्णय गरेको छ । क्याबिनेट बैठकबाट मन्त्रालयको क्षेत्र मिलान हुन्छ,’ उनले भने ।
मुख्यमन्त्रीमा नियुक्त भएकै दिन १ साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका पाण्डेले आधा महिना बित्न लाग्दा समेत सरकार बिस्तार गर्न सकेका छैनन् । दलहरुबीच छलफल भैरहेको र केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले बताए । ‘पहिले कार्यक्षेत्र टुंगो लागेपछि मन्त्रिमण्डल बिस्तार हुन्छ,’ उनी भन्छन्, ‘मन्त्रीहरु नियुक्त गर्न कुनै समस्या छैन । तर कार्यक्षेत्र नमिलाइकन मन्त्री नियुक्त गर्दा फेरि हेरफेर गर्नुपर्ने हुन सक्छ । त्यसैले जिम्मेवारीसहित मन्त्री नियुक्त हुन्छन् ।’ कांग्रेस र माओवादीबीच मन्त्रालयको संख्या र भागबण्डामा कुनै अलमल नरहेको उनले बताए ।
‘माओवादीलाई २ वटा मन्त्रालय निर्णय भैसकेको छ । अब कांग्रेस र एकीकृत समाजवादीबीच अन्तिम चरणको बसाइँ हुन्छ,’ मुख्यमन्त्री पाण्डे भन्छन्, ‘गठबन्धन केन्द्रीय राजनीतिका कारण बनेकोले एकीकृत समाजवादीलाई मन्त्री बनाउने वा नबनाउने भन्ने निर्णय पनि केन्द्रमै हुन्छ ।’ एकीकृत समाजवादीबाट राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद छन् । उक्त पार्टीले सांसद भन्दा बाहिरबाट मन्त्री बनाउन सक्ने सम्भावना पनि उत्तिकै चर्चामा छ । तर पाण्डेले गैरसांसदलाई मन्त्री नबनाइने बताएका छन् । ‘मन्त्रीहरु सांसदबाटै बन्नुहुन्छ । गैरसांसदलाई मन्त्री बनाइँदैन,’ उनले भने । मनाङेले पनि आफूलाई केन्द्रबाटै मन्त्री बनाउने भएकोले प्रदेशमा कुनै छलफल नगरेको बताउँदै आएका छन् ।
माओवादीले २ मध्ये एक जनालाई मन्त्री बनाइसकेको छ । अर्का मन्त्री रेशम जुग्जाली दोहोरिने लगभग पक्का छ । एकीकृत समाजवादीले मन्त्री नपाए बाँकी ५ मन्त्रालय कांग्रेसको भागमा पर्छ । हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना मन्त्री बनिसकेका छन् । बाँकी ३ मन्त्रालयमध्ये नवलपुरका महेन्द्रध्वज जिसीको नाम पक्का जस्तै छ । लमजुङका टकराज गुरुङ र बागलुङका सांसद डिल्लीराम सुबेदी र दिपेन्द्र थापा मन्त्री बन्न सक्छन् । तर एकीकृत समाजवादीले मन्त्रीमा अडान नछोडे तीन मध्य एक मन्त्री बन्ने रिङ्गबाट नै बाहिरिन सक्छन् । त्यसो त कास्कीका विन्दुकुमार थापाको अडान पनि कायम छ ।
कृष्णचन्द्र नेपाली पोख्रेलको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थापा अब आफुले रोज्यको भौतिक तथा पूर्वधार मन्त्रालय लिन चाहान्छन् । त्यसोत उनि मुख्यमन्त्रीको आकाङ्क्षी हुँ भनेर चुनाव रडेका थिए । कास्कीले मख्यमन्त्री पाउनु पर्छ त्यो पनि काङ्ग्रेसले नै भनेर चुनावी मैदानमा हुमिएका थापालाइ केन्द्रिय सदस्य नेता सुरेन्द्रराज पाण्डेले बेक्र लगाइ दिएका छन् ।
गत ९ वैशाखमा मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि कांग्रेस नेतृत्वको सरकार आएको हो । २५ पुसमा मुख्यमन्त्री नियुक्त अधिकारीलाई केन्द्रीय गठबन्धन फेरिँदा सत्ताधार साझेदार माओवादी केन्द्रले गत १० चैतमा साथ छोडेको थियो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । उसको २७ , एमालेको २२, माओवादी केन्द्रको सभामुखसँग ८, राप्रपा २ र एकीकृत समाजवादीको १ सिट छ ।
पोखरामा म्याद ग्युज्रिएको मदिरा बिक्री !!
पोखरामा म्याद ग्युज्रिएको मदिरा बिक्री
मदनमणि तिमिल्सिना
पोखरा ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार म्याद गुज्रिएको सामान बिक्री वितरण गर्न पाइँदैन । यदी त्यस्तो भेटिएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बिहान एउटा सूचना प्राप्त भयो । सूचना पिकनिकमा लगिएको सामानको म्याद गुज्रिएको भेटियो भन्ने थियो । कार्यालयमा सूचना आएलगत्तै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भयो । मादकपदार्थ (बर्डवाइजर नामको बियर) म्याद गुज्रिसकेपछि पनि बिक्री भएको जानकारी पाए पनि टोली तत्कालै त्यसको अनुगमनमा लाग्यो ।
जिल्ला प्रशासनको अगुवाइमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधिको टोली उक्त बर्डवाइजर बियर खरिद गरेको सेलवेज डिमार्टमेन्ट स्टोरमा पुग्यो । त्यहाँ सोधपुछ गर्दा पोखरा ५ पस्र्याङ धारापानी मार्गमा रहेको लाभाजु इन्टरप्राइजबाट खरिद गरेको भन्ने जानकारी दियो ।
तत्कालै टोली पस्र्याङ धारापानीतिर लाग्यो । लाभाजु इन्टरप्राइज पुगेर हेर्दा ठूलो मात्रामा म्याद गुज्रेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ ।
पोखरा ५ पस्र्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘स्थानीयहरूले लाभाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं,’ ढकालले भने । त्यहाँका एक कर्मचारीले नलैजान आग्रह गर्दा गर्दै लगेको जानकारी दिएको उनले बताए । ‘हामी यहाँ आइसकेपछि यहाँको सरोकारवाला १ जना बैनीले नलैजानु भन्दा भन्दै पनि लानुभयो भन्नुभयो,’ उनले भने, ‘त्यसपछि ल ठिकै छ त नि भनेर हेर्दा स्थिति यस्तो रहेछ ।’
उनकाअनुसार जाउलाखेल डिस्टिलरीको कम्पनीले उत्पादन गरेको १३ लाख ९८ हजार ५ सय ३० मूल्य बराबरको बर्डवाइजर बियर उक्त इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १६ कार्टुन र ११ वटा बोतल प्रशासनले बरामद गरेको हो । भने, ३ सय ३० एमएलको ६ कार्टुन र ११ वटा बोतल नियन्त्रणमा लिएको हो । उनकाअनुसार सरोकारवालहरूको उपस्थितिमा नष्ट गरिनेछ । ‘यसलाई आज हामीले नगरपालिकाको गाडीमा लगेर प्रहरीको नियन्त्रणमा राख्छौं,’ उनले भने, ‘भोलि सरोकारवालाहरूको उपस्थितिमा नष्ट गरिन्छ ।’
पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कडाइका साथ लाग्नुपर्ने बताए । म्याद गुज्रिएको खाद्य सामग्री बिक्री वितरण रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने उनको भनाइ थियो । यसमा उपभोक्ताहरू पनि सजग हुनुपर्ने उनले बताए । आफ्नो वडामा सञ्चालनमा रहेको लाभाजु इन्टरप्राइज नियमपूर्वक दर्ता भएर सञ्चालनमा रहेको भेटिएको उनले जानकारी दिए ।
लाभाजु इन्टरप्राइजका एक प्रतिनिधिले उक्त बियर म्याद गुज्रिएर स्टकमा रहेको स्वीकार गरे । उनकाअनुसार म्याद गुज्रिएको बियर नष्ट गर्नका लागि राखिएको थियो । कम्पनीबाट प्रक्रियामा मिलाउँदा नष्ट गर्न ढिला भएको उनले बताए । ‘कम्पनीले पनि फाल्ने नै हो । सबै प्रक्रिया मिलाउँदा ढिला हुन्थ्यो त्योभन्दा अघि नै नष्ट हुने भयो,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले म्याद रहेको र गुज्रिएको सामान छुट्टाछट्टै राख्न निर्देशन दिएको छ । यसैगरी व्यवसाय दर्ता नवीकरण एवं वैशाख १५ देखि २५ सम्मको खरिद तथा बिक्री बिल लिएर ३ दिनभित्रमा प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ ।

म्याद गुज्रेको मादक पदार्थ सेवन गर्नु विषसरह रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए । मानव स्वास्थ्यमा ठूलो हानि पुर्याउने यस्तो खालको खाद्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई सोहीअनुसारको कानुनी कारबाहीको व्यवस्था रहेको उनले सुनाए । ‘खाद्य ऐन २०२३ मा म्याद गुज्रिएको सामान बेच्नै पाइँदैन भनिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ मा नगद जरिवाना तोकिएको छ,’ उनले भने, ‘मूल्यसूची, बोर्ड, एक्सपाइर जोन छ/छैन सबै हेरेर ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ ।’
परराष्ट्र मन्त्रालयका नासु भण्डारी पोखराको बेगनासतालमा मृत भेटिए
पोखरा बेगनासतालमा एक जना मृत भेटिएका छन् । परराष्ट्र मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी मृत भेटिएका हुन् । साेमबार बिहान ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पाेष्टमार्टमकाे लागी पश्चिमाञ्चल अस्पतालमा लगिएकाे उनले बताए । उनको मृत्यु कसरी भएको भन्ने खुलिनसकेको र अनुसन्धान भैरहेको प्रहरीले बताएकाे छ।
बुधबारदेखि पोखरा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता !!
आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुँदै छ। पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रा -कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने)मा प्रतिस्पर्धा गराइने छ।
त्यसैगरी माध्यमिक तह(सेकेण्डरी लेभल) राष्ट्रियस्तरको छात्र तथा छात्रा इभेण्टमा प्रतिस्पर्धा गराईने छ। सेकेण्डरी लेभलमा विद्यार्थीहरुको उमेर हद १७ वर्ष ननाघेको हुनुपर्ने प्रावधान फाउण्डेशनले तय गरेको छ। ‘व्याडमिन्टन खेलको विकाससँगै नयाँ प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वाससहित दोस्रो पटक विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेका हौं।’ फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले भने।
विद्यालस्तरीयसँगै पोखरा महानगर वडास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितालाई समेत समावेश गरिएको महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिए।
महिला डबल्स, ३५ वर्षमाथिको उमेर समूहको समेत राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराईने फाउण्डेशनले जनाएको छ। ४५ वर्षमाथिको र ५५ वर्षमाथिको खुल्ला राष्ट्रिय प्रतियोगितालाई समेत इभेण्टको रुपमा समेटिएको छ। प्रतियोगिता आगामी बैशाख ३० गतेसम्म पोखरा रंगशाला व्याडमिन्टन हलमा सञ्चालन हुने छ। ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहको भने डबल्स इभेण्टमा मात्रै प्रतिस्पर्धा हुने छ।
लोअर सेकेण्डरी लेभलको विजेता विद्यार्थीलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने फाउण्डेशनले जनाएको छ। त्यसैगरी सेकेण्डरी लेभल छात्र तथा छात्रा विजेताले नगद ३०, २०र १० हजार नगद प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीले माउण्टेन बाईक(साईकल) प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस्तै ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहको डबल्स इभेण्टको विजेताले पनि क्रमश ३०, २० र १० हजार नगद प्राप्त गर्ने छन्।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशन रहेको छ। त्यस्तै पोखरा महानगर खेलकुद विकास समितिले प्रतियोगितामा सहकार्य गरेको छ। फाउण्डेशनले उजुरी परेको अवस्थामा विद्यालयलाई कारवाही गरिने समेत जनाएको छ। प्रतियोगितामा एसईई दिइएको विद्यार्थीलाई समावेश नगराईने समेत फाउण्डेशनले उल्लेख गरेको छ। खेलाडीहरुको उमेर खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ।
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा !!
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ।
यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोक्ने काम पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
उनका अनुसार केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्नेलगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ। प्राविधिक काम बाहेकका अन्य काम पूरा भइसकेको बोर्डले जनाएको छ। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका बताइएको छ। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।
यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड ९एनजी० ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो। त्योसँगै परीक्षाका लागि छ वटै विषयको फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यतिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो। राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रिस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको थियो।
दुई विषयभन्दा बढी जतिसुकै विषयमा एनजी प्राप्त भएको छ ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ। यसअघि छ वटै विषयमा फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यत्तिकै परीक्षा दिनुपर्ने अध्यक्ष डा शर्माले बताए। परीक्षा फाराम भर्दा छ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ।
यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टमअनुसार दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। तर, गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो। यस्तो हुँदा ‘ड्रप आउट’ हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोककुमार राईले निर्देशिका संशोधन गरेका हुन्।
आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा. महत !
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको बताएका छन् ।
राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उहाँले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै आशा गरेअनुरुप राजस्व परिचालन हुन नसकेको र सार्वजनिक ऋणको दायित्व बढ्दै गएको बताए ।
उनले भने, “सरकारी खर्चको प्राथमिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै छ । साधारण खर्च वृद्धि हुँदै गएको छ, आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च न्यून हुनाका साथै खर्चको प्रभावकारिता बढ्न सकेको छैन ।”
उक्त प्रस्तावमाथि यही वैशाख २५ र २६ छलफल हुनेछ । राष्ट्रिसभाका सदस्यले प्रस्तावमाथि उठाउनुभएको जिज्ञासाको अर्थमन्त्री डा. महतले २६ गते जवाफ दिनुहुनेछ । ती दुवै दिन अर्थमन्त्रीले राख्नुभएका प्रस्तावमाथि केन्द्रित भई छलफल हुने अध्यक्ष तिमिल्सिनाले सभालाई जानकारी गराए ।
सभामा उठाइएका विषयवस्तुको टिपोट गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संसद् सचिवालयलाई बैठकमा निर्देशन दिइयो । राष्ट्रियसभाको अर्का बैठक यही सोमबार बिहान १० बजेर ३१ मिनेटमा बस्नेछ ।
गीतकार किरण खरेललाई सम्मान !!
गण्डकी,गीतकार किरण खरेल शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको कार्यक्रममा देखिए । सांस्कृतिक परिवारले खरेललाई पहिलो अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित गर्न पोखरा निम्त्याएको थियो । खरेल र उनका कामबारे चर्चा गर्दै कार्यक्रममा २ लाख रुपैयाँ पुरस्कार सहित कदरपत्रले सम्मानित गरियो ।
७ सय बढी गीत लेखिसकेका खरेलले ५५ भन्दा बढी नेपाली फिल्मका लागि कालजयी गीत दिएका छन् ।
‘माइतीघर’ फिल्मका लागि उनले लेखेका गीत ‘जिन्दगीलाई जित होइन हारले स्वागत गरी’, ‘नमान लाज यसरी’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ कालजयी छन् । साहित्कार तीर्थ श्रेष्ठ भन्छन्, ‘मेरो आमा पुस्ता सम्भवतः ‘माइतीघर..’ गीतमै नाच्नुभयो होला, अहिले नातिनी पुस्ता पनि यही गीतमा नाचिरहेको देख्छु ।’ अरू कुनै पनि गीतले यति व्यापकता पाउन नसकेको उनको दाबी छ । खरेलको अर्को गीत ‘नमान लाज यसरी’ को जस्तो मादकता अरू गीतमा नपाएको श्रेष्ठले अनुभव पोखे । गायक प्रेमध्वज प्रधान र भारतीय गायिका उषा मंगेशकरले गाएको यो गीतलाई खरेलकै शब्दले जीवन्त बनाए । कार्यक्रममा पोखरेली गायक विनोद बानियाँ र रजनी ऋदम राईले सोही गीत गाउँदा खरेल पुलकित देखिन्थे ।
१९ वर्षकै उमेरमा ‘ए दूरका सितारा, मेरो चाँदनी कहाँ छ’ लेखेका खरेलको उक्त गीत पहिलो पटक २०१४ सालमा गायक बटुकृष्ण ज्वालाद्वारा भारतमा रेकर्ड गराएका थिए । खरेलका गीतहरू नेपाल र भारतका थुप्रै गायकले गाइसकेका छन् ।
साहित्यकार सरुभक्तले नेपाली गायन क्षेत्रमै उथलपुथल हुने गरी खरेलले गीत लेखेको टिप्पणी गरे । परम्परागत शैलीमै लेखिएका गीत चलिरहेका बेला खरेलको आधुनिक शैलीका गीतले त्यसताकाको गीतरसंगीतको धार नै फेरि दिएको भन्दै आधुनिक गीत लेखनमा खरेल सर्वोच्च प्रतिभाका रूपमा स्थापित भएको सरुभक्तले सुनाए । अझ तीर्थ श्रेष्ठले अम्बर गुरुङको एक किस्सा सुनाउँदै खरेललाई नेपाली गीत क्षेत्रको सगरमाथा नै कहे । खरेलका गीतमा प्रकृति, माटो, नारीप्रति विशेष मोह भेटिन्छ । खरेल आफू खुला आकाशमुनि खोलाको छङछङ आवाज सुनेर जन्मे, हुर्केकाले प्रकृतिसँगको मोह गीतमा झल्किएको बताउँछन् । साथै संयुक्त परिवारमा आमा, फूपू, दिदीको स्नेहमा हुर्केकाले नारीप्रति सम्मान र मोहको आभाष पनि हुने थपे ।
कवि तीर्थ श्रेष्ठले पनि खरेलले स्रोता र गीतका पारखीको सदिच्छा जहिल्यै पाएको सुनाउँदै भने, ‘यति धेरै माया, स्नेह, सम्मान सरकारबाट मिल्दैन, सरकारबाट केही नपाए पनि उहाँले सबथोक पाउनुभएको छ । श्रेष्ठका ४ वटा कृति सार्वजनिक छन् । सम्मानित भएपछि खरेल
पोखराकाबारे केही भावुक देखिए । पहिलोपटक २०२४ सालमा दार्जिलिङबाट आएका अम्बर गुरुङसँगै गोपाल योञ्जन, अरुणा लामा, रञ्जित गजमेरलगायतको टोलीसँग पोखरा आएर कार्यक्रम चलाएको स्मरण गरे । विस्मृतिमा उनी केही भावुक भए । आफ्ना मित्र अम्बर गुरुङकै नामको पुरस्कार पाउँदा खुसी लागेको भन्दै खरेलले गुरुङको पनि बयान गरे । ‘मभन्दा केही महिनामात्र जेठा अम्बर, मेरो अनन्य मित्र जसले मेरा १० वटा गीतमा संगीत भरेर रेकर्ड गराए, आज उनकै नामको यो पुरस्कार पाउनु मेरा लागि अविस्मरणीय र गौरवको क्षण हो ।’
अबर्न नेप्लीज कम्युनिटी सिडनी, अष्ट्रेलियाको तेश्रो साधारण हुदै ।
सिडनी, अष्ट्रेलिया ।
अबर्न नेप्लीज कम्युनिटी सिडनी, अष्ट्रेलियाको तेश्रो साधारण सभा हुदै ।
अष्ट्रेलियाको सिड्नि स्थिति ने
अष्ट्रेलियामा लामो समय देखी कर्मभुमी बनाएर नेपाली सामाजमा सामाजिक
अधिबेशनलाई सम्पन्न गर्न पत्रकार हेमन्त काफ्लेको नेतृ
संस्थाका उपाध्यक्ष जितेन्द्र
कार्यक्रम अबर्न स्थित अबर्न फ्रे
संस्थाको सदस्यताको लागिः
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा