२०८३ जेष्ठ २६ मंगलवार

संसद्‍मा हाजिर गर्दै टाप कस्दै !

काठमाडौं । संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, अनिवार्य उपस्थितिको व्यवस्था नहुँदा बैठकमै सांसदहरूको सहभागिता न्यून हुने गरेको छ । कहिलेकाहीँ त महत्त्वपूर्ण विषयमा निर्णय लिन गणपूरक सङ्ख्याकै अभाव हुने गरेको छ ।

प्रतिनिधिसभा नियमावलीमा सांसदलाई अनिवार्य हरेक बैठकमा सहभागी हुनै पर्ने व्यवस्था छैन । जसले गर्दा सांसदहरु बैठकमै नआउने र आए पनि हाजिर मात्रै गरेर बाहिरिने प्रवृत्ति बढेको छ । सांसदहरूले बैठकमा सहभागी भएबापत २ हजार भत्तासमेत पाउँछन् ।

जसले गर्दा हाजिरीमा यतिसम्म बेथिति छ कि बैठक सकिएको एक घण्टा पछिसम्म पनि  सांसदहरू हाजिर गरिरहेका भेटिन्छन् । तर, बैठक सकिएपछि कसले हाजिर गर्छन्, बैठकमा कति समय बस्ने गरेका छन् लगायतका विवरण संसद् सचिवालयसँग छैन । भएका विवरण पनि पारदर्शी छैनन् ।

मङ्सिरमा भएको निर्वाचनपछि बसेको पहिलो अधिवेशनमा २९ वटा बैठक बसे । जसमा धेरै अनुपस्थित हुनेमा यिनै शीर्ष तहका नेताहरू नै छन् । प्रधानमन्त्री पुष्पकमल जम्मा ८ दिन उपस्थित भए भने शेरबहादुर देउवा १२ दिन र केपी शर्मा ओली १४ दिन बैठकमा सहभागी भए । यिनै नेता प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा ३ सय ९९ वटा बैठक बस्दा  सबैभन्दा धेरै अनुपस्थित हुनेमा थिए ।

वैशाख १५ मा अन्त्य भएको पहिलो अधिवेशनमा पुसमा ६ जना, माघमा ३ जना, फागुनमा १५ जना, चैतमा ५ जना र वैशाखमा १६ जना एक दिन पनि उपस्थित भएनन् । पुसमा १२, फागुनमा ४१, चैतमा २ र वैशाखमा १६ जना सांसद १ दिन मात्रै  उपस्थित भएको तथ्यांक छ । यसले संसद्प्रति सांसदको गैरजिम्मेवारपन बढ्दै गएको देखिन्छ ।

संसदीय दलका नेता तथा प्रमुख सचेतकले आफ्ना सांसदलाई संसद्को काम कर्तव्य र दायित्व बुझाउन नसक्दा  र संसद्मा सहभागी हुनै पर्ने गरी ह्विप जारी नगर्दा सांसदहरूको मनलाग्दी बढेको हो ।

राष्ट्रियसभामा अहिले चलिरहेको १३ औँ अधिवेशनबाट  विद्युतीय हाजिरी प्रणाली सुरु गरिए पनि संघीय संसद्मा यसको थप आवश्यकता महसुस गरिएको छ । राष्ट्रिय सभामा यसको प्रयोगले अभिलेख राख्न सहज हुनुका साथै  समयमै उपस्थित  हुनेको सङ्ख्या पनि केही बढेको सचिवालयले जनाएको छ ।

कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका हुने सांसद र दलका प्रमुख नेता नै  संसद् बैठकप्रति जिम्मेवार र जबाफदेही नबन्नु गम्भीर प्रश्न हो ।

त्रिकेटर केसी र फुटबलर सावित्रा सर्वोत्कृष्ट !!

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय त्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी साम्बा घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि अवार्ड वितरण गर्दै आइरहेको छ । उपाधिसँगै दुवै खेलाडीले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फ करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो । राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् । उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन् । यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् । करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए । उनले तीन पटक ४ विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् । केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट ३ पटक लिने नेपाली पहिलो खेलाडी हुन् । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका साथै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए । ‘यसरी नै खेलाडीलाई सम्मान गरेर फ्युचरमा अझै राम्रो गर्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद,’ पुरस्कृत भइसकेपछि खेलाडी केसीले प्रतिक्रिया दिए । यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन् । त्यस्तै महिलातर्फ पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको सर्वोत्कृष्ट फुटबलकी सावित्रा भण्डारी घोषित भएकी छन् । तर, उनी हाल खेलको दौरान भारतमा रहेकाले उनको पुरस्कार परिवारका सदस्यले ग्रहण गरेका थिए । उत्कृष्ट ३ मा सावित्रासँगै आर्चरीकी रोजिना थापामगर, आइटिएफकी सुस्मिता थापामगर परेकी थिइन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर २६ वर्षीया सावित्रा भण्डारी ‘साम्बा’ लमजुङमा जन्मिएकी हुन । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबलभन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन् । उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरी उनले देशको प्रतिनिििधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् । उनी ०७० सालदेखि विभागीय एपिएफ क्लबसँग आवद्ध छिन् । उनी भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन् । यसअघि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ छन् । भलिबलकी अरुणा शाहीले २ पटक सर्वोत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । सुवास उदीयमान, स्व. निसिमलाई कीतिशेष पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । उनीसँगै उत्कृष्ट ३ मा परेका फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै उनी वर्ष उदीयमान खेलाडी घोषित भएका हुन् । १९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशका सोही टोलीका टिम कप्तानसमेत हुन् । नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्याउन उनको ठूलो योगदान रह्यो । नेपालले क्रीकेटको यु १९ विश्वकप खेल्दैछ । भण्डारीले यसअघि विश्वकप छनोटका लागि पाँच खेल खेले । पाँच खेलमा उनले कुल ७ विकेट लिए । चार खेलमा उनले विकेट लिएका हुन् । सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । हङकङ विरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए । मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । भण्डारी बागलुङमा जन्मिएपनि खेलथलो भने कास्की हो । कास्कीमा नै रहने क्रीकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडी मध्येकै एक हुन् । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए । प्रदेश छनोट पश्चात उनी सुरुआती २८ मा पर्न सफल भए । उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिँदा कुल १ सय २० रनसमेत बनाए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए । त्यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई खेलकुद पत्रकार मञ्च, गण्डकीले कीर्तिशेष सम्मान अर्पण गरेको छ । थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।

पत्रकार मदन पक्राउ !!!

काठमाडौँ । सुरक्षान्युज डट कम नामक अनलाइन पोर्टलका सञ्चालक, पत्रकार मदन भण्डारी पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरले भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट शनिबार पक्राउ गरेको हो ।

पोखराबाट आएका भण्डारीलाई सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भण्डारीविरुद्ध परेको जाहेरीपछि अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । भण्डारीलाई परिसरको हिरासतमा राखिएको छ ।

 

रास्वपा ले सरकारको समर्थन लियो फिर्ता।

रास्वपा ले सरकारको समर्थन लियो फिर्ता।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बसुन्धरास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सभापति रवि लामिछानेले बताए। “केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने सर्वसम्मत निर्णय गरेको छ,” सभापति लामिछानेले भने।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशभित्र र बाहिरका समर्थकको भावनाअनुसार, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए।
गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा सहभागी भएको थियो। गत पुस १० गते सरकारमा सहभागी भएको रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो। तर, सरकारलाई दिएको समर्थन भने यथावत राखेको थियो।
त्यतिवेला रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेको थियो। यससँगै स्वास्थ्य राज्यमन्त्री पनि पाएको थियो।

Routine of Nepal Banda को कथा ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-१० की बेलमती नेपालीलाई  क्यान्सर लागेकाे थियाे। उनको उपचारका लागि श्रीमान्‌ले भैंसी बेचे। त्यतिले नपुगेर एक हजार ७२० वर्गमिटरमा रहेको घरजग्गा बन्धकी राखेर गाउँकै साहुसँग पाँच लाख ६५ हजार रुपैयाँ ऋण लिए।
तर, जायजेथा सबै सकिंदा पनि उपचार गराउन चाहिने खर्च जुटेको थिएन। त्यही वेला ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबूक पेजमा सहयोग माग्दै उनीहरूबारे पोस्ट भयो। त्यसको एक सातामा  पाँच लाखभन्दा बढी रकम उठ्यो। अहिले बेलमतीको उपचार सफल भई यी दम्पती रुकुम फर्किसकेका छन्।
उपचार खर्च जुटाउन सहयोग गर्ने फेसबूक पेजबारे बेलमतीका पति खड्के नेपालीलाई खासै जानकारी छैन। “उहाँहरूले सहयोग नजुटाएको भए त उपचार बीचमै छाडेर फर्कनुपर्थ्यो होला,” खड्के भन्छन्।
गत पुसमा काठमाडौं बसुन्धराबाट १३ वर्षीय बालक घर छाडेर हिंडे। आफन्त र प्रहरीले महीना दिनसम्म खोजे, तर भेटाउन सकेनन्। बालकको परिवारले अन्ततः रुटिन अफ नेपाल बन्दको सहयोग लियो। त्यहाँ पोस्ट हुनासाथ बालक टोखाको एक नर्सरीमा काम गरिरहेको अवस्थामा भेटिए।
बालककी दिदी भन्छिन्, “हामीले त भाइ भेट्ने आश मारिसकेका थियौं। पोस्ट गरेको भोलिपल्टै भाइ भेटिएको खबर आयो। शुरूमा त हामीलाई विश्वासै भएन।”
यी उदाहरणले प्रस्ट पार्छन् फेसबूक पेज रुटिन अफ नेपाल बन्द कति प्रभावकारी छ भन्ने। छोटकरीमा ‘आरओएनबी’ भनिने यो पेजलाई लिएर खासगरी युवा पुस्ताको ‘क्रेज’ बेग्लै छ। सूचना, समाचार सम्प्रेषणदेखि सहयोग जुटाउन यो प्रभावकारी मानिन्छ।
महीनामा करीब २५-३० जना हराएको विषयमा पोस्ट हाल्छौं, त्यसमध्ये १०-१२ जना भेटिन्छन्। नागरिकता, पासपोर्ट जस्ता कागजात पनि उत्तिकै संख्यामा भेटिन्छन्,” रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल भन्छन्, “रगत नपाएर आत्तिएका बिरामीको आफन्तले यहीं पोस्ट गरेका कारण रगत पाएका छन्। उपचार खर्च नपाएका बिरामीलाई पनि आरओएनबीले खर्च जुटाइदिएको छ।”
रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल।
यसरी शुरु भयाे
पौडेल मूलधारको सञ्चारमाध्यमले नहाल्ने तर सर्वसाधारणका लागि अति महत्त्वपूर्ण हुने सूचना आरओएनबीले पोस्ट गर्ने बताउँछन्। २०६८ सालमा बन्दको ‘अपडेट’ दिन १६ वर्षे ठिटोले शुरू गरेको सामान्य फेसबूक पेज थियो, आरओएनबी। २०८० सालमा आइपुग्दा युवाको ठूलो जमातले आरओएनबीलाई विश्वास गर्न थालिसकेको छ।
आरओएनबीको प्रभाव राष्ट्रिय राजनीतिसम्मै विस्तार भइसकेको छ। त्यसको उदाहरण नेपाली कांग्रेस नेत्री आरजु राणाको टिप्पणी पनि हो। २०७९ असार ६ गते एउटा कार्यक्रममा कांग्रेस नेत्री राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आरओएनबीलाई ‘कन्सल्ट्यान्ट हायर’ गरेकाले चुनाव जितेको दाबी गरिन्।
“बालेन साहको सोसल मिडिया तपाईंले हेर्नुभएको छ? ‘उहाँले कतिमा कन्सल्ट्यान्ट हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई? उहाँको बारेमा आउँदै आउँथेन। यत्रो ठूलो ‘आउटरिच’ छ रुटिन अफ नेपाल बन्दको। उसले परिचालन गर्‍यो, एनालाइसिस गर्‍यो। राजनीति हो एभ्रिथिङ इज फेयर भन्छन्,” राणाले भनेकी थिइन्।
साहको जितलाई राणाले मात्र होइन, अरूले पनि आरओएनबीसँगै जोडेर हेरे। तर, पौडेल यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँछन्। पेज मार्फत कुनै पनि दलका नेतालाई समर्थन नगरेको दाबी गर्छन्। स्थानीय तह निर्वाचनका वेला स्वतन्त्र उम्मेदवार साहसँगै कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितबारे पनि बराबर पोस्ट हालेको उनको भनाइ छ। तथापि, साहकै पोस्टमा सबैभन्दा बढी ‘इंगेजमेन्ट’ भएकाले उनलाई समर्थन गरे जस्तो देखिएको पौडेलको तर्क छ।
नेत्री राणाको अभिव्यक्तिकै प्रभावले गत निर्वाचनमा आरओएनबीलाई ठूला पार्टीका दर्जनौं नेताले पोस्ट हाल्न आर्थिक प्रलोभन दिए। दबाब थेग्न नसकेर पौडेलले एक साताभन्दा बढी मोबाइल बन्दै गरे। कुनै नेता वा पार्टीलाई समर्थन गरेको ‘ट्याग’ लाग्ने बुझेपछि आरओएनबीले अब चुनावमा राजनीतिक पोस्ट नगर्ने नीति नै लिएको छ।
आरओएनबीको उदय
२०६८ सालतिर पौडेल एसएलसी दिएर ब्रिज कोर्स पढिरहेका थिए। गिभ मि गोल डटकम न्यूजपोर्टलमा खेल पत्रकारिता पनि गर्थे।
त्यस वेला विभिन्न राजनीतिक दलको आह्वानमा नेपाल बन्द भइरहन्थ्यो। बन्दका सूचना र समाचार मूलधारका सञ्चारमाध्यममा त्यति आउँदैनथे। सूचना नपाएर सर्वसाधारणले बाटोमा दुःख पाउँथे। पौडेल आफैं वनस्थलीबाट बागबजार ब्रिज कोर्स गर्न धाउँदा कहिलेकाहीं त आधा बाटोमा पुगेर बन्द भएको थाहा पाउँथे।

त्यो वेला विवेकशील आन्दाेलनका अगुवा उज्ज्वल थापा लगायतका नेताहरूले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रम र प्रदर्शनको आयोजना गरिरहन्थे। पौडेलले यही बन्दविरोधी अभियानलाई साथ दिन र बन्दको सूचना दिन रुटिन अफ नेपाल बन्द नामक फेसबूक पेज खोले।
पेजमा पोस्ट भएका बन्दका जानकारी देखेर पेजमा फलोअर्स बढे। फलोअर्सले नै विभिन्न ठाउँबाट बन्दको सूचना र फोटोहरू पठाउन थाले। बन्दको अवस्था थाहा पाउन आरओएनबी गतिलो माध्यम भयो।
बिस्तारै पेजमा लोडसेडिङको तालिका पनि पोस्ट हुन थाल्यो। मानिस हराएकोदेखि कागजपत्र हराएको सूचना समेत पोस्ट हुन थाल्यो। पहिरोले राजमार्ग अवरुद्ध भएकोदेखि डढेलोका घटना पनि पोस्ट भयो। मूलधारको सञ्चारमाध्यमले स्थान नदिएका तर सर्वसाधारणसँग सरोकार राख्ने विषयलाई पौडेलले आरओएनबीको खुराक बनाए।
त्यसबीच ब्रिज कोर्स सकाएर पौडेल आईटी पढ्न थाले। वेभ डिजाइन, डिजिटल मार्केटिङ, एफिलियट मार्केटिङ, एसईओ, न्यूज प्लग इन सम्बन्धित फ्रिलान्सिङ काम पनि गर्थे। तर, आरओएनबीको लोकप्रियता यसरी चुलियो कि उनले ती काम चटक्कै छाडे। पेजलाई नै समय दिन थाले।
पेजमा आएका प्रतिक्रियाले पोस्टको विश्वसनीयता कायम राख्न पनि पौडेललाई सचेत गराउँदै लग्यो। सूचना ‘भेरिफाइ’ गर्दै पोस्ट गर्न थाले। “केही कुरा छिटो हालेर भाइरल त होला, तर मानिसले पत्याउँदैनन् भन्नेमा म शुरूदेखि नै सचेत थिएँ,” पौडेल भन्छन्।
युवाकेन्द्रित सूचना
पौडेलका अनुसार आरओएनबीले भइसकेको घटनाबारे मात्र पोस्ट हाल्छ। नकारात्मक तथा मानहानि गर्ने समाचार प्रकाशित नगर्ने त पेजको नीति नै छ। त्यस्तै, अनुसन्धानमूलक र खोज पत्रकारिता पनि नगर्ने भएकाले गल्ती हुने सम्भावना न्यून छ। “विवादमा पर्ने, कसैको मानहानि हुने र मूलधारको सञ्चारमाध्यमले जस्तो घटना नभई अनुमानको भरमा या स्रोतको आधारमा भनेर समाचार हाल्दैनौं, त्यसैले गलत सूचना जाने जोखिम कम छ,” उनी भन्छन्।
यद्यपि, आरओएनबीलाई मूलधारका सञ्चारमाध्यममा प्रकाशित समाचार ‘कपी पेस्ट’ गर्ने गरेको आरोप पनि छ। तर, पौडेल सो आरोप मान्न तयार छैनन्। उनी आरओएनबी मूलधारको सञ्चारमाध्यमभन्दा फरक रहेको र समाचारभन्दा युवाकेन्द्रित सामग्री प्राथमिकतामा रहेको बताउँछन्। समाचार मात्र हालेर यति लोकप्रिय हुन असम्भव भएको उनको बुझाइ छ।
आरओएनबीमा अहिले १० जना कर्मचारीले सूचना सङ्कलन गर्छन्। केही स्वयंसेवी पनि छन्। फेसबूकमा पोस्ट गर्न छुट्टै टीम नै छ। सबै गरेर २० जना कर्मचारी छन्।
अहिले आरओएनबीको पेजमा फलोअर्सको संख्या ३९ लाख ३६ हजारभन्दा बढी छ। अधिकांश पोस्टमा २० हजारभन्दा बढी ‘लाइक्स’ सामान्यतया हुने गरेको छ। “भ्रामक समाचारले एकछिन भ्यूज त आउला, तर पेजमा फलोअर्स बढाउन भ्रामक सूचना होइन नयाँ प्रविधि, किवर्ड, अल्गोरिदम जस्ता विषयहरूमा ख्याल राख्नुपर्छ,” पौडेल ‘फेक आरओएनबी’ बारे भन्छन्।

विज्ञापनरहित बनाउने योजना
विज्ञापनका लागि सयौं अनलाइन सञ्चारमाध्यम छन्, टेलिभिजन र पत्रपत्रिका छन्। विज्ञापनदाताले आफ्नै फेसबूक पेज बनाएर डलर तिरेर ‘बुस्ट’ गरे हजारौं/लाखौं लाइक जुटाउन सक्छन्। तर, पनि ठूला ठूला कम्पनी अहिले एउटा पोस्टका लागि आरओएनबीलाई हजारौं रकम तिर्न तयार छन्।
पौडेल सबै विज्ञापन स्वीकार गर्दैनन्। उनका अनुसार आएका प्रस्तावमध्ये ७० प्रतिशत विज्ञापन मात्र पोस्ट हुन्छन्। जसमा उनी ‘प्रोमोशनल कन्टेन्ट’ भनेर पनि लेख्छन्। आएका सबै विज्ञापन हाल्दा ‘अर्गानिक भिजिटर’ गुम्ने र सूचनाको लागि पेज फलो गरेका फलोअर्सलाई अन्याय हुने कुरामा उनी सचेत छन्।

विज्ञापनलाई लिएर आरओएनबीको छुट्टै आचारसंहिता पनि छ। यो पेजले रक्सी तथा चुरोटको विज्ञापन गर्दैन। कमाइको पाटोमा भने पौडेल त्यति खुल्दैनन्। कार्यालय सञ्चालन खर्च र कर्मचारीको पारिश्रमिक जुटाउने बाहेक पेजबाटै कमाउने सोच नरहेको उनी बताउँछन्।
पेजले सफलता चुमेसँगै पौडेल यसलाई गैरनाफामूलक ‘सिटिजन जर्नालिज्म’ का रूपमा अगाडि बढाउने सोचमा छन्। त्यसको लागि आरओएनबीपोस्ट नामक डोमेन सञ्चारमाध्यमका रूपमा सूचना विभागमा दर्ता समेत गराइसकेका छन्। पेजको सक्रियता गुम्ने र मार्ग परिवर्तन हुने भएकाले पेजमा भने यसका सामग्री शेयर गरेका छैनन्।
आरओएनबीपोस्ट विरुद्ध प्रेस काउन्सिलले हालसम्म आचारसंहिता उल्लंघन गरेको भनेर कुनै पत्र पनि काटेको छैन। तर, आरओएनबीले पनि वेलाबखत गलत र भ्रामक सूचना दिन्छ। कहिलेकाहीं भुलसुधार नगरी मेटाउँछ। कहिलेकाहीं सम्पादन गरेर ‘अपडेट’ गर्छ। “हामीले सामान्यतया भुलसुधार गर्ने अभ्यास गरेका छौं, तर कहिलेकाहीं टीमका सदस्यहरूले थाहा नपाई पोस्ट गर्दा अप्ठ्यारो पनि परेको छ,” उनी भन्छन्।
अहिले पौडेलले विभिन्न कम्पनी तथा ब्रान्डको डिजिटल मिडिया परामर्श तथा व्यवस्थापन गरिरहेका छन्। ई-कर्मकान्डका रूपमा छुट्टै ‘स्टार्टअप’ कम्पनी समेत शुरू गरिसकेका छन्। ‘ई-स्पोर्टस्’ पनि शुरू गरेका छन्। यी स्टार्टअपबाट कमाउने अनि आरओएनबीलाई विज्ञापनरहित बनाउने योजना रहेको उनी बताउँछन्। “पेजलाई लिएर ठूलो महत्त्वाकांक्षा राखेको छैन। पेज चलाएर मलाई कतै पुग्नु पनि छैन,” पौडेल भन्छन्, “यो पेज सधैंभरि डिजिटल नोटिस बोर्डका रूपमा नै रहन्छ।”

विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगिता भब्य रुपमा सम्पन्न :

पोखरा , २२ वैशाख ।

२५६७ औं वुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सले आयोजना गरेको कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ देखि १० सम्मको प्रतियोगीतामा मदरल्याण्ड मा विका एन्जल नेपाली पहिलो , कुम्दिनी होम्सका अविस्था पालिखे दिस्रो , वालोदय माविका इसिवा पौडेल तेस्रो र हिमालचन स्कुलका आविष्कार लामिछाने सन्तवना भए । उनिहरुले क्रमश हाइसेन्सको ३२ इन्चको एचडी टीभी , कोनका २२०० वाटको भ्याकुम क्लिनर, डाईकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र लिभ्प्युरको वाटर फिल्टर पुरस्कार प्राप्त गरे ।
दश जोड २ तर्फ सैनिक आवासिय माविका सन्दिप लामा पहिलो, मदरल्याण्ड माविका कपिलराज गाहा दोस्रो ,सृजना माविका लक्ष्मण पोख्रेल तेस्रो र शिशुनिकेतन माविका पुर्ण कुमार गुरुङ्ग सान्तवना भए । पहिलो, दोस्रा, तेस्रो र सान्तवना हुनेले क्रमशः ३२ इन्चको स्मार्ट टीभी , खिन्डको एयर फायर, नियोको स्प्रिङ आरओ फिल्टर र  केन्टको वाटर फिल्टर प्राप्त गरे । यसबाहेक प्रतियोगीतामा सहभागी मध्येबाट ५ जनालाई गोला प्रथाको माध्यमबाट डिक्स होम्को सेटअप बक्स प्याकेज प्रदान गरियो ।
पोखरा ७ मासबार स्थित श्रि कृष्ण माविमा आयोजित प्रतियोगितामा कास्की जील्ला भित्रका विभिन्न विद्यालयबाट ८१ जना प्रतियोगीले विश्व शान्ति र प्रेम शिर्षकमा २ घण्टा ३० मिनेट लागाएर आफ्नो चित्रकला प्रस्फुटन गरे ।
यस अघि कार्यक्रमको क्यान्वासमा चित्र कोरेर उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) ले व्यवसाय क्षेत्रबाट नव कलाकारलाई प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । पोखरा महानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले यस किसिमका कार्यक्रममा वडाको पनि साथ र सहयोग रहने वताए । प्रतियोगिताको सहकार्य संस्था सृजनशिल कलाकार समुहका अध्यक्ष मिलन शेरचनले यस्ता कार्यक्रमले विधार्थी तथा नव कलाकारलाई आफ्नो कलालाई निरन्तरता दिन हौसला मिल्ने बताइन् । निर्णायक मण्डलका संयोजक सृजनशिल कलाकार समुहका सल्लाहकार लोक प्रसाद गुरुङ्गले सबै सहभागी प्रतियोगीको चित्रकला उत्कृष्ट रहेको र आफ्नो कलालाई निरन्तरता दिन आग्रह गरे ।
सिता एण्ड सन्सका संचालक सावित्री आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्दिप आचार्य र संचालन सृजनशिल कलाकार समुहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङले गरेका थिए !

पहाडमा पंखा ठोक्किएर भएको थियो सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना!!

काठमाडौं । पहाडमा पंखा ठोक्किएर संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर लैजादै गर्दा शुक्रबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले पनि पहाडमा पंखा ठोक्किएपछि दुर्घटना भएको जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धानअनुसार हेलिकोप्टरको पंखा भित्तामा ठोक्किएपछि दुर्घटना भएको देखिन्छ । दुर्घटनाको अन्य प्राविधिक कारणबारे हामी अनुसन्धान गरिरहेका छौँ,” डीएसपी गोदारले बाह्रखरीसँग भने ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने क्याप्टेन सुरेन्द्र पौडेलसहित चारजना घाइते भएका छन् ।

मनकामना जाँदै हुनुहुन्छ, कुटाइ खाइएला है !

मनकामना जाँदै हुनुहुन्छ, कुटाइ खाइएला है !

 

वैशाख १ गते नयाँ वर्ष मनाउने र माताको दर्शन गर्ने दुई अभिलाषासाथ शुक्रबार साँझ केबुलकार हुँदै मनकामना छिरियो । केबुलकारबाट ओर्लिन नपाउँदै बासका लागि होटलवालाहरूको तँछाडमछाड देखियो । नयाँ वर्षका दिन सबै होटल भरिभराउ थियो । राम्रो होटल खोज्दाखोज्दै ‘मिड फूलबारी’मा पुगेँ । उनले एउटा कोठाको दुई हजार रूपैयाँ लाग्ने, खाना यसैमा खानुपर्ने भनेर बताए । मैले कोठाको मात्रै कुरा गरौँ, आज नयाँ वर्ष भएकाले खानापिना साथीहरूसँग गर्ने भन्दा कुनै पनि हालतमा खाना यसैमा खानुपर्ने नत्र कोठा नदिने भनेर जिद्दी गरे ।

होटल सञ्चालक हरि श्रेष्ठले भने, ‘मनकामनामा रहेको सबै होटलको यही नियम छ, बास बसेको होटलमै खानुपर्छ । खाना आठ बजे नै खानुपर्छ ।’ खाना अर्डर दिएर मन्दिर घुम्न निस्केँ । मन्दिरमा अन्य साथीसँग भेटघाट भएपछि कुराकानीमै रातको ९ बज्यो । यत्तिकैमा होटलका साहुनीको मोबाइलमा फोन आयो, किचेन बन्द गर्ने समय भयो खाना आएर खानुस् नत्र कोठामा अर्को ताल्चा झुण्डयाइनेछ । म मन्दिरबाट फर्केर होटलमा फर्केँ । त्यसपछि मैले साहुनीलाई खाना दिनुस् भनेर अर्डर दिँदै मनकामना घुम्न आएको छु, यसरी कोठामा ताल्चा झुण्डयाइदिने भनेर न थर्काउनुस् न भनेर के भन्या’थिएँ ।

यत्तिकैमा उनको श्रीमान्् अर्थात होटल सञ्चालक श्रेष्ठ झोक्किँदै आए । ‘बस्नु छ भने बस्, बस्नु छैन भने होटलबाट बाहिर जा’ मदिराको नशामा लठ्ठ होटल सञ्चालक श्रेष्ठ झगडै गर्ने मुडमा थिए । मैले भनेँ, ‘साहुजी, यसरी किन बोल्नु भएको, म त घुम्न आएको छु, खाना अर्डर गरेकै छु, यदि ढिलो हुन्छ भने मेरो कोठामा खाना पार्सल गरिदिनुस् न । के भयो र ?’ यति भनेपछि उनी झन झोक्किए र तपाईंबाट तिमीमा सम्बोधन शुरु गरे । त्यतिले मात्रै नपुगेपछि उनले बिहारी भनेर पनि गाली दिए । मैले भनेँ, ‘साहुजी, यसरी मनकामना दर्शन गर्ने आकांक्षा लिएका दशनार्थीहरूसँग यो कस्तो व्यवहार हो भनेर भनेपछि मदिरामा लठ्ठ भएका उनले मेरो होटलबाट गेट आउट भनेर भन्दै अब तिमीलाई कोठा दिन्नँ, खाना पनि दिन्नँ भनेर होहल्ला गर्दै कुटपिट गर्ने मुडमै ओर्लिए ।

होहल्लामै रातिको दश बज्न लाग्या थियो, मैले पनि अब यस्तो किचकिचमा बस्न सकिन्न भन्ने सोचका साथ कोठाबाट निस्किँदै होटल सञ्चालक श्रेष्ठसँग बासका लागि दिएको पैसा फिर्ता गर्नुस् भन्दा कोठा दिन्नँ, पैसा पनि फिर्ता दिन्नँ भन्दै जे गर्नु’छ गर भनेर थर्काए । त्यसदिन साथी बस्दै आएको कोठामा बसेँ । अर्को दिन मनकामना माताको दर्शनपश्चात अरु होटलमा पनि सम्पर्क गरेँ तर सबैको त्यस्तै नियम थियो, कोठा पाउनका लागि यसैमा खाना खानुपर्छ नत्र कुनै उपाय छैन । के यही हो पर्यटन ? म पनि नेपालकै बासी हो भनेर नागरिकता देखाउँदा पनि बिहारीको सम्बोधनले मन खिन्न बनायो । आन्तरिक पर्यटकको त कुरै छाडौँ, नेपाल बाहिरबाट आएका भारतीय पर्यटकको हाल बेहाल देखियो । मुुलुकको आर्थिक अवस्था दयनीय बन्दै गएको बेला पर्यटनबाट केही आशा पलाएकोमा यस किसिमको मनमौजीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने हो ।

मनकामना गोरखा जिल्लामा पर्छ । यहीँबाट नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नेपाली राजनीतिमा सक्रिय छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री जन्माउने जिल्लाले व्यवसायमा ‘तमिज’ जानेकाहरू किन जन्माउने सकेन होला ? बाटोभरि मन खिन्न भइरह्यो । मनकामना माईका नाममा गुण्डागर्दी, ज्यादती, रंगभेदी विभेद गर्नेहरूकै भूगोलको मान्छे प्रधानमन्त्री र गृहमन्त्री भएका छन् । थाहा छैन, सफेद पोशाकमा भेटिने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म यो सन्देश पुग्दा कि नपुग्ला ? पुगेछ भने पनि अब फेरि मनकामना जाँदा अरुले यस्तो हविगत भोग्नुपर्ला कि नपर्ला ? नयाँ वर्षमा आफ्नै देशमा मनकामना माईको आँगनीमा यो अपमान भोग्दा म बाहेक अरुको पनि मन दुख्दैन होला र ?

प्रेम, विवाह अनि हत्याः क्यानाडाबाट बोलाएर हत्यापछि गाडियो युवतीको शव

प्रेम, विवाह अनि हत्याः क्यानाडाबाट बोलाएर हत्यापछि गाडियो युवतीको शव ॥

 

 

 

अन्टारियो। उनी आफ्नो प्रेमीलाई परिवारभन्दा बढी विश्वास गर्थिन्। उसको हरेक कुरा मान्ने गर्थिन्। यतिसम्म कि उनले प्रेमीका लागि क्यानाडाको पढाइ छाडेर उनकै आग्रहमा बीचैमा भारत फर्किइन्।

यतिसाह्रो मरिहत्ते गर्नुको परिणाम भने निकै दुःखद रुपमा आयो । युवतीले ज्यानै गुमाउनुपर्यो।

भारत पुगेपछि केही समय सम्पर्कविहीन बनेकी ती युवती एउटा फार्म हाउसमा गाडिएको अवस्थामा भेटिइन्।

अभिभावकले ठानेका थिए, छोरी क्यानाडामा अध्ययन गरिरहेकी छन् । तर भारत फर्किएको थाहा पाएपछि खोजीका क्रममा उनको अस्थिपञ्जर मात्र परिवारले देख्न पाएको पायो।

घरभन्दा करिब ५० किलोमिटर टाढा रहेको एउटा फार्म हाउसमा हत्यापछि उनलाई गाडिएको पाइएको थियो।

कथाजस्तो लाग्ने यो वास्तविक घटना हो, भारत हरियाणाको रोहतक भन्ने स्थानकी मोनिकाको।

मोनिकाको परिवार राम्रै अवस्थामा थियो। उनलार्य उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने परिवारको इच्छा थियो।

त्यस क्रममा उनीहरुले भाषा अध्ययनका लागि छोरीलाई सोनिपत पठाइदिए । त्यहाँ उनी आफ्नी सानिमासँग बस्थिन्।

सानिमाकै घरमा बसेर उनले कोचिङ क्लास लिन थालिन्। त्यही क्रममा उनको एकजना युवकसँग चिनजान भयो।

दुवैबीचको चिनजान प्रेम सम्बन्धमा रुपान्तरित भयो। भाषा अध्ययन सकेर मोनिका घर फर्किइन्।

घर फर्केपछि पनि प्रेमीसँग उनको निरन्तर कुराकानी भइरह्यो।

त्यसबीच उनको सबै प्रक्रिया पूरा भएर क्यानाडा जाने निश्चित भयो। परिवारले उज्वल भविष्यको कामना गर्दै उनलाई क्यानाडा पठायो।

क्यानाडा गएपछि पनि ती युवकसँग उनको बारम्बार सम्पर्क हुन्थ्यो।

टेलिफोनमा नियमित कुराकानी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरुको प्रेम सम्बन्ध निकै अघि बढिसकेको थियो तर यसबारे परिवारलाई भने केही थाहा थिएन।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार युवतीको सानिमालाई भने यसको केही छनक मिलेको थियो।

त्यसैबीच, युवकले मोनिकालाई भारत आउन भने। उनी आग्रह अस्वीकार गर्न नसकेर भारत फर्किन्छिन्। यो कुरा पनि परिवारले थाहा पाएको हुँदैन।

परिवारले छोरी क्यानाडामा अध्ययन गरिरहेकी होलिन् भन्ने ठानेको थियो।

उनी भने पटक पटक भारत जाने र क्यानाडा फर्कने गरिरहेकी थिइन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार २०२२ मा भारत गएका बेला उनीहरुले गाजयावादस्थित एक मन्दिरमा आफूखुसी बिहे पनि गरेका थिए।

मोनिका २०२२ को जुन महिनासम्म परिवारको फोन सम्पर्कमा थिइन्। त्यसपछि भने परिवारसँग उनको कुराकानी भएन।

त्यसयता धेरै महिनासम्म सम्पर्क हुन सकेन। परिवारले अनेक माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्यो तर केही सीप लागेन।

अनि परिवारले छोरी बेपत्ता भएको भन्दै प्रहरीमा रिपोर्ट गर्यो। प्रहरीले सोधीखोजी गर्ने क्रममा मोनिकाकी सानिमाले युवकका बारेमा जानकारी दिइन्।

अनुसन्धानका क्रममा सुनील नामका ती युवक पहिल्यै विवाहित रहेको प्रहरीले पत्ता लगायो।

त्यसपछि प्रहरीले अझ सुक्ष्म रुपमा अनुसन्धान अघि बढायो।

सुनीलसँग सोधपुछ गरियो। सुरुमा उनले प्रहरीसमक्ष झूटो बयान दिइरहे।

मोनिका कहाँ गइन् भन्नेबारे उनले आफूलाई जानकारी नभएको बताइरहे।

परिवारले मन्त्री अनलिविजसँग मोनिका बेपत्ता भएकोबारे व्यापक खोजी गरिदिन अपिल गर्यो।

त्यसपछि अघि बढाइएको अनुसन्धानका क्रममा शंकाको घेरामा रहेका सुनीललाई प्रहरीले नियन्त्रणमा लियो। प्रहरीको अनुसन्धानका क्रममा पाइएका कतिपय तथ्यका आधारमा सोधपुछ गर्दा आखिर उनले सत्य बताइछाडे।

मोनिकाले टेलिफोनमा सम्पर्क हुँदा परिवारलाई आफू क्यानाडामै रहेको बताउने गरेकी थिइन्।

तर प्रहरी अनुसन्धानका क्रममा सुनीलसँग विवाह गरेपछि उनैसँग भारतमै रहने गरेको खुलेको थियो।

विवाह भएको एक महिनापछि जुन महिनामा सुनीलले मोनिकामाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले पत्ता लगायो।

हत्या गरिसकेपछि उनले सोनीपतमा रहेको फार्म हाउसमा लगेर शव गाडेका थिए।

त्यसको करिब ८ महिनापछि मात्र घटनाबारे खुलेको हो। बयानमा सुनीलले सबै घटना बताएपछि फार्म हाउसमा गएर खोजी गर्दा मोनिकाको अस्थिपञ्जर भेटिएको थियो।

सुनीललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

के कारणले हत्या भएको भन्ने स्पष्ट भइनसकेको जनाइएको छ।

श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरमा भेट गर्न आएका तपेन्द्रको दुर्घटनामा मृत्यु

श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरमा भेट गर्न आएका तपेन्द्रको दुर्घटनामा मृत्यु ।

 

सिडनी, अष्ट्रेलिया ।

 

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारकर्मी राधिका बोहरासँग बिहे गरेर अष्ट्रेलिया गएका २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए ।

उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने वाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन् । श्रीमतीसँग गरेको त्यो वाचा अब कहिल्यै पूरा हुने छैन । यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधिकाका आँसु थामिएका छैनन् ।

नेपालमा श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि राधिकासँगै बडुवाल परिवार शोकमा डुबेको छ । आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित वनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो ।

बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा उनी शक्त घाइते भएका थिए । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धननगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षिया गरिमा महता घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ । ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षीय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय