२०८३ जेष्ठ २६ मंगलवार

One killed and 30 injured in train accident near The Hague !!

One killed and 30 injured in train accident near The Hague

A passenger train carrying approximately 50 people derailed in the Netherlands early on Tuesday after striking construction equipment on the track, according to Dutch emergency services, resulting in at least one fatality and 30 serious injuries.

At the scene of the accident in Voorschoten, a village close to The Hague, rescue personnel could be seen transporting the injured in the early morning darkness. The emergency services reported that the accident happened about 3:25 a.m.

19 individuals were sent to hospitals, according to a fire department spokeswoman who talked to Dutch radio. According to the emergency services, other people were receiving immediate care.

According to the ANP news agency, the first carriage of the night train from Leiden City to The Hague derailed and plowed into a field after the accident. It was the second carr

Kathmandu Mahanagarpalika announces 51 vacancies for Office Helper !!

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन !!

काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वाेच्च अदालतमा दिएका छन् ।
लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए ।
‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सर्लाहीको हरिपूर्वा-५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो।
अख्तियारका सहसचिव भोला दाहालका अनुसार सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालले अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपपत्र सहित विशेषमा मुद्दा दायर गरिएको छ। भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका,नगरकार्यपालिकाको कार्यालय सर्लाहीको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत छन्।
नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्त गरेको आरोप अख्तियारको छ।

विवाह भएकाहरू समेत छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – गायिका एलिना

पोखरा, नेपाल ।

विवाह भएकाहरू समेत छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान

‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो । गीत भाइरल भएपनि गायिका चौहानको व्यस्तता बढ्नु स्वभाविक हो ।

स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सांगीतिक कार्यक्रमसँगै अष्ट्रेलियामा रहँदै आएका युवक विष्णु सापकोटासँग प्रेमको चर्चा पनि चल्न थालेको छ । सापकोटासँग उनको भेट गत भदौमै तिजको कार्यक्रमका सिलसिलामा अष्ट्रेलियामै भएको थियो । त्यहीवेलादेखि उनीहरु प्रेममा रहेको बताइन्छ ।

भदौको कार्यक्रमबाट फर्किदा विष्णु पनि उनीसँगै नेपाल आएका थिए । नेपालमा उनीहरुले एउटा युगल गीत समेत गाए ‘बाजा तालमा’ । गीतले चर्चा भने कमाउन सकेन । एलिनाले विष्णुसँगको एउटा टिकटक दुबैलाई जोडेर बनाएकी छन् । उक्त भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाई समेत दिएका छन् ।

यद्यपी एलिनाले भने अहिले सम्म मुख खोलेकी छैनन् । स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहेकी यी गायिकाले विवाह नहुँदासम्म ‘अफेयर’बारे आफूले केही नखुलाउने बताएकी छन् । उनले ‘इन्गेजमेन्ट भएका कतिपयको सम्बन्ध त टुटेको हुन्छ, विवाह भएकाहरू समेत छुट्टिएका हुन्छन्’त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही नबोल्ने उनी बताउछिन् ।

विवाह भयो भने जानकारी गराउने चौहानको भनाइ छ । उनले अफेयरमा होरहोइन भन्नेबारे समेत केही नखुलाउने बताइन् । ​एलिना अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका हुन् । सांगीतिक करिअरलाई रफ्तारमा दौडाइरहेकी उनी स्टेज कार्यक्रमका लागि बिहीवार युकेतर्फ प्रस्थान गर्दैछिन् । वैशाखमा मात्र उनी नेपाल फर्किने छिन् ।

एक बर्षमा ७ हजार नेपालीलाई अमेरिकाले दियो भिजिट भिसा, कसरी पाइन्छ अमेरिकी भिजिट भिसा?

काठमाडौं ।

एक बर्षमा ७ हजार नेपालीलाई अमेरिकाले दियो भिजिट भिसा, कसरी पाइन्छ अमेरिकी भिजिट भिसा?

अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ। अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन्।

आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको छ। यो बर्ष झण्डै ९ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए।

जसमध्ये विना अन्तरवार्ता भिसा नवीकरणको आवेदन दिनेहरु उल्लेख्य थिए। २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको हो।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो। यद्यपि सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा पाउने प्रतिशत दर बढे पनि संख्या भने घटेको छ। २०२० मा ७ हजार ७ सय ५१नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको छ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए। त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो। आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो। सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो। सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो। सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए। कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो।

समाचारमा उल्लेख भएको संख्या र प्रतिशत अमेरिकी दूतावास काठमाडौंको मात्र होइन, नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएका विश्वका कुनै पनि देशमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटको हो।

यस कारणले अष्ट्रेलिया जान खोजेका विद्यार्थीले पाएका छैनन भिजा ?

सिडनी, अष्ट्रेलिया ।

यस कारणले अष्ट्रेलिया जान खोजेका विद्यार्थीले पाएका छैनन भिजा ?

वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट)का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा रिजेक्सन भएको छ । उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्राप्ती भने तुलनात्मक रुपमा केही धेरै छ ।

शैक्षिक परामर्श व्यवसायीहरू अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेको करिब १० प्रतिशतको मात्रै भिसा लागेको छ । उच्च शिक्षाको हकमा भने ५०–६० प्रतिशतको भिसा लागेको छ । ‘

पछिल्लो समय अस्ट्रेलिया अध्ययनमा आवेदन गर्ने नेपाली विद्यार्थीको भिसा अस्वीकार अत्यधिक छ । भेट कोर्समा ९० प्रतिशतसम्म भिसा अस्वीकार भएका छन् । उच्च शिक्षामा यो दर ४० प्रतिशत रहेको अनुमान छ,’ राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का अध्यक्ष सन्तोष प्याकुरेलले भने ।

कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययन आगमन रोकेको अस्ट्रेलियाले खुला गरेलगत्तै ठूलो संख्यामा भिसा लागेको थियो, तर केही महिनायता यो दर निरन्तर घटिरहेको छ । गत जुन महिनामा भेट कोर्समा सबैभन्दा कम अर्थात् २२ प्रतिशत नेपाली विद्यार्थीको मात्रै भिसा लागेको छ । कुल पाँच हजार सात सय ४८ नेपाली विद्यार्थीले भिसा आवेदन गरेकामा दुई हजार पाँच सय आठ अर्थात् ४३.६३ प्रतिशतको भिसा लागेको थियो । यसमध्ये उच्च शिक्षातर्फ तीन हजार पाँच सय ७९ ले आवेदन गरेकामा दुई हजार १८ अर्थात् ५६.३८ प्रतिशतको भिसा लागेको थियो । भेटतर्फ दुई हजार एक सय ६३ आवेदनमध्ये चार सय ८५ अर्थात् २२.४२ प्रतिशतको मात्रै भिसा लागेको थियो । जुन महिनामै पोस्ट–ग्र्याजुयट रिसर्च क्षेत्रमा ६ जनाले आवेदन दिएकामा पाँचजनाको भिसा लागेको थियो ।

गत जनवरीदेखि जुनसम्म आवेदन गर्ने २१ हजार ६ सय ७१ जनाले आवेदन गरेकामा १४ हजार एक सय ३८ विद्यार्थीको भिसा लाग्यो । पोस्ट–ग्र्याजुयटमा ३१ जनाले भिसा पाए । ६ महिनाको अवधिमा २१ हजार ६ सय थियो भने कुल १४ हजार एक सय ३८ अर्थात् ६५ प्रतिशत भिसा पाए । जुलाई महिनाको विवरण अस्ट्रेलियन सरकारले वेबसाइटमा सार्वजनिक गरिसकेको छैन । उनीहरूसँग डिपेन्डेन्ट भिसामा जानेको संख्यासमेत छ ।

अ‍ेस्ट्रेलिया अध्ययनका लागि परामर्श दिने व्यवसायीहरूको संस्था ऐरीका अध्यक्ष द्विराज शर्माले अस्ट्रेलिया अध्ययनका लागि अहिले कागजातमा कडाइ गरेको बताए । कतिपय नेपाली विद्यार्थीको ‘स्तर’लाई लिएर आलोचना भएपछि अस्ट्रेलियन सरकारले कागजातमा कडाइ गरेको उनको भनाइ छ । ‘गत जुनयता भिसा रिजेक्सन बढेको छ । अहिले युनिभर्सिटीमा अध्ययन गर्न जानेको हकमा धेरैको भिसा लागे पनि भेट कोर्समा एकदमै न्यून मात्र भिसा लागेको छ,’ उनले भने, ‘भिसा सफलता दर कम भएपछि आवेदनसमेत कम हुन थालेको छ ।’

कोभिड– १९ को संक्रमण विश्वमा बढ्न थालेपछि अस्ट्रेलियाले सन् २०२० मा सीमानाका बन्द गरेको थियो । कोभिड महामारी रोकिएपछि गत डिसेम्भरबाट अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका लागि सीमा खुला गरेको थियो । सीमा खुला भएसँगै आवेदन गर्ने अधिकांश नेपाली विद्यार्थीको भिसा लागेको थियो ।

समग्रमा एनओसी लिने घटे, तर अन्यत्रको तुलनामा अस्ट्रेलियामा अझै आकर्षण अष्ट्रेलियाको विद्यार्थीको भिसा लाग्ने दर कम भएपछि शिक्षा मन्त्रालयबाट एनओसी लिनेको संख्यासमेत घटेको छ । तर, अन्यत्रको तुलनामा अस्ट्रेलिया अध्ययनकै लागि एनओसी लिनेको संख्या धेरै छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा सबैभन्दा बढी झन्डै चार हजारले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । अस्ट्रेलिया अध्ययनका लागि एउटा विद्यार्थीले एकभन्दा बढी एनओसीसमेत लिने गरेका छन् ।

गत साउनमा अस्ट्रेलियाका लागि चार हजार एक सय तीन, बेलायतका लागि नौ सय २६, अमेरिकाका लागि सात सय ४३, क्यानडाका लागि ६ सय ४५ र कोरियाका लागि दुई सय ६३ ले एनओसी लगेका छन् । अस्ट्रेलियाको बोर्डर खुलेपछि एनओसी लिनेको संख्या निकै बढेको थियो । एकै दिनमा झन्डै १२ सयले एनओसी लगेका थिए । अहिले दैनिक तीन सयको हाराहारीमा एनओसी जारी भएका छन् ।

गत वर्ष पनि सबैभन्दा धेरै एनओसी अस्ट्रेलियाका लागि भएको थियो ०७८/७९ मा शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ जनाले एनओसी लगेका थिए । यस वर्ष वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको थियो । दुई वर्ष कोभिड– १९ का कारण प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि ०७८/७९ मा तेब्बरभन्दा बढीले एनओसी लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सोही वर्ष ६४ देशमा अध्ययनका लागि अनुमति लगेका छन् । १ साउन ०७८ देखि ०७९ असार मसान्तसम्ममा एक लाख १४ हजार चार सय २९ एनओसी जारी भएका छन् । ०७७/०७८ मा जम्मा २९ हजार चार सय ३२ एनओसी जारी भएका थिए ।

गत वर्ष पनि नेपाली विद्यार्थीको आकर्षणको मुख्य केन्द्र अस्ट्रेलिया बनेको थियो । कुल एनओसी जारी भएकामध्ये आधाभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि थिए । ०७७/७८ मा भने धेरै नेपाली विद्यार्थी जापान गएका थिए । जापानका लागि आठ हजार एक सय ४६ र दोस्रो गन्तव्य अस्ट्रेलियाका लागि चार हजार आठ सय ४९ जना विद्यार्थीले एनओसी लिएका थिए ।

वैदेशिक अध्ययनमा सुरुमा प्रतिविद्यार्थी औसत १३ लाख खर्च जापान र ओरिकाका लागि एनओसी लिएका ९९ प्रतिशतको भिसा लागेको छ । जापानको सिओई पाएपछि र अमेरिकामा भिसा आएपछि एनओसी लिन्छन् । क्यानडाका लागि ६३ प्रतिशतको भिसा लाग्ने गरेको परामर्श व्यवसायीको भनाइ छ । सुरुमा अध्ययन गर्न जानका लागि प्रतिविद्यार्थी औसतमा १३ लाख खर्च हुने गरेको छ । यो युनिभर्सिटी तथा कलेज शुल्कको औसत शुल्क हो । गत आर्थिक वर्षमा शिक्षाका लागि झन्डै ७० अर्ब रुपैयाँ बाहिरिएको थियो ।

रामपुर कृषि क्याम्पस नेवि संघलाई शून्य भोट, सभापतिमा संयुक्तका दिवस विजयी ! !

रामपुर कृषि क्याम्पस, खैरहनी चितवनमा अखिल संयुक्त विजयी भएको छ । अखिल संयुक्तका दिवस पौडेल सभापतिमा विजयी हुनुभएको हो । नेपाल विद्यार्थी संघ हार्ने निश्चित भएपछि प्रक्रियामा असन्तुष्टि जनाउँदै अन्तिममा चुनावी प्रक्रियामा सहभागी हुन नमानेका कारण सभापतिमा शून्य भोट परेको हो ।

संयुक्तका पौडेलले सभापतिमा १ सय १९ मत ल्याउँदा नेवि संघका आशिश जैशी देवकोटाको शून्य भोट आएको हो । सचिवमा अखिल संयुक्तका सन्तोस रताला जोशीले १ सय १९ मत ल्याउँदा नेविसंघका विवेक अर्यालले १ मत ल्याउनु भएको छ । कोषाध्यक्षमा सुजाता नेपालले १ सय १५ मत ल्याउँदा नेवि संघकी समीक्षा बस्नेतको ५ भोट आएको छ । कोषाध्यक्षमा पनि अखिल संयुक्तले जितेको छ ।

पोखराको न्यूरोडमा माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको निधन ! !

पोखरा । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।

घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ ।

नेपाललाई थ्री नेसन्स कपको उपाधि !!

काठमाडौं । घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो ।
लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ।
नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।
खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणि कुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो । जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए ।
तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे ।
पहिलो हाफमा नेपाल र लाओसको बराबरी
त्यसबाहेक दुबै टोलीले गोलको थुप्रै अवसर गुमाएका थिए ।
खेलको चौथो मिनेटमा लाओसका वौनफाचन वौनकौङले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरीएको थियो ।
खेलको १५ औं मिनेटमा लाओसका वौनफाचनको फ्रिकिक रोहित चन्दले हेडमार्फत क्लियर गरे ।
लगत्तै १८ औं मिनेटमा वौनफाचनकै प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले डाइभ हान्दै जोगाए ।
खेलको २२ औं मिनेटमा नेपालका नवीन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हाफ भलि प्रहार सासाभाथले डाइभ हान्दै जोगाए ।
खेलको २६ औं मिनेटमा नेपालका नवीनको फ्रिकिकमा आयुषले गरेको प्रहार सासाभाथले जोगाए ।
खेलको ५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दिपक सिंह ठकुरीबीच तालमेल नमिल्दा लाओसका गोलकिपरले सहजै बल आफ्नो नियन्त्रणमा लिए
५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडर लाओसका माइकल भाङलाई लाग्दै गोल हुनबाट जोगिएको थियो ।
खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।
खेलको ६८ औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिरबाट नेपालका निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो ।
७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अन्जन विष्टले प्रहार गरेका थिए । उक्त बल लाओसका गोलकिपरले सासाभाथले रोकेपछि आएको रिबाउन्डमा मनिष डाँगीले गोल गरेका थिए । तर उनी अफसाइड रहदा गोलले मान्यता पाएन ।
नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्सको उपाधि जितेको हो ।
यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) , राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरे ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय