२०८३ जेष्ठ २७ बुधबार

बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्ले र रमेश खरेललाई प्रारम्भिक उम्मेदवारमा राखेको छ ।

१० वैशाखमा उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि पार्टीमा हुने प्राइमरीका लागि रास्वपाले ६ जनाको नाम सार्वजनिक गरेको हो । जसअनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् ।

तनहुँ १ मा डा. स्वर्णिमसँगै ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपाने छन् । पूर्व डीआईजी रमेश खरेल सुशासन पार्टीका अध्यक्ष हुन् र ४ मंसिरको चुनावमा काठमाडौं १ उम्मेदवार थिए ।

रास्वपाका अनुसार पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।

‘देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ, निगाहको होइन डेलिभरीको राजनीतिमा जाँदैछु’

‘देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ, निगाहको होइन डेलिभरीको राजनीतिमा जाँदैछु’

‘देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ, निगाहको होइन डेलिभरीको राजनीतिमा जाँदैछु’

पोखरा ।

नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् ।

वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।

‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं,’ उनको भनाई छ ।

‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ वाग्लेले भनेका छन् ।

कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने पनि चर्चा छ ।

जुलाई १ देखि अन्तराष्ट्रिय विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने, ग्राजुएट भिसाको अवधि बढ्ने

सिडनी, अष्ट्रेलिया ।

जुलाई १ देखि अन्तराष्ट्रिय विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने, ग्राजुएट भिसाको अवधि बढ्ने ।

अस्ट्रेलियाको नयाँ आर्थिक वर्ष अर्थात् आउँदो जुलाई १ देखि भिसा सम्बन्धी नियमहरू अद्यावधिक हुँदै गर्दा नेपाल लगायतका देशबाट पढ्न आउने लाखौँ विद्यार्थीहरूले अब सीमित घण्टा मात्र काम गर्न पाउने छन्। तर, केही विशेष विषयहरू पढ्ने विद्यार्थीहरूले भने उनीहरूको पढाई सकिएपछि अस्ट्रेलियामा थप समय बसेर काम गर्न पाउने पनि बताइएको छ।

अबको केही महिनामा अस्ट्रेलियामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पाक्षिक रूपमा काम गर्न पाउने अवधिमा फेर बदल हुँदै छ।

देशमा देखा परेको दक्ष कामदारको चरम अभावलाई सम्बोधन गर्न आफूले कदमहरू चालिरहेको अस्ट्रेलियाको सङ्घीय सरकारले बताएको छ।

एंथोनी एल्बनिजी सरकारले अस्ट्रेलियाली उच्च शिक्षा प्रदायक संस्थाहरूबाट आफ्नो पढाई सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्न पाउने अधिकार बढाइदिएर आफूले दक्ष कामदारको अभावलाई केही हदसम्म भए पनि सम्बोधन हुने आसा लिएको हो।

आगामी जुलाई १ देखि लागू हुने यो नयाँ व्यवस्थाले ब्याचेलर्स डिग्री सकाएका विद्यार्थीहरूले आफ्नो पढाई पूरा गरेपछि दुई वर्षको सट्टा चार वर्षसम्म अस्ट्रेलियामा नै रहेर कामको अनुभव बटुल्न पाउनेछन्।

यसै गरी, मास्टर्स डिग्री सकाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा भने यो सुविधा तीनबाट बढाएर पाँच वर्ष पुर्‍याइएको सरकारी भनाई छ।

पीएचडी लगायतका सम्पूर्ण डक्टरल डिग्रीहरू सक्ने विदेशी विद्यार्थीहरूले भने छ वर्षसम्म अस्ट्रेलियामा नै रहेर काम गर्न पाउनेछन्।

हाल यी विद्यार्थीहरूलाई आफू ग्राजुएट भएको चार वर्षसम्म मात्रै अस्ट्रेलियामा निर्बाध काम गर्न पाउने अधिकार प्राप्त छ।

यी नयाँ परिवर्तनहरू बारे बोल्दै एक अध्यागमन एजेन्ट कर्क यान भन्छन् कि दक्ष कामदारको अभाव कम गर्नु आवश्यक छ तर केही विद्यार्थीहरूले बजार हेरेर आफूले पढेको विषयभन्दा बाहिरको क्षेत्रमा पनि काम गर्न सक्छन्।

नयाँ सरकारी योजनाले विद्यार्थीहरूलाई आफ्नो भविष्य बारे थप निश्चिन्तता दिने बताउँदै, सरकारले यसका लागि रोजेका पेसाहरू बारे पारदर्शिता अपनाउनै पर्ने उनले बताए।

क्लेर ओ’निल अस्ट्रेलियाको सङ्घीय सरकारमा गृह मामिला मन्त्री हुन्।

हाल देशका केही क्षेत्रहरूमा देखिएको दक्ष कामदारको अभावलाई सम्बोधन गर्न पहलहरू भइरहेको उनी बताउँछिन्।

विशेष गरी, स्वास्थ्य, इन्जिनियरिङ, आईटी र शिक्षा क्षेत्रलाई आफूहरूले ध्यान दिएको ओ’निलको भनाई छ।

सङ्घीय सरकारका अनुसार यस्ता सुविधा पाउन योग्य पेसा तथा पढाई बारे वार्षिक रूपमा मूल्याङ्कन हुन्छ र देशको तत्कालीन अवस्था हेरेर यसमा थपघट गरिनेछ।

आफ्नो पुरा नाम बताउन नचाहने कोलिन एक ४८५ भिसा वाहक हुन्।

उनी जस्ता हजारौँ अन्तराष्ट्रिय ग्राजुएट सरकारको नयाँ कदमबाट लाभान्वित हुने छन् ।

“धेरै मानिसहरूले अस्ट्रेलियामा पढ्न आउनु अघि यसलाई बसाइ सर्ने रूपमा हेर्छन्। र यहाँ बस्नको लागि आफूले कुन विषयमा ग्र्याजुएसन गर्ने हो, त्यो एकदमै जरुरी छ,” उनले भने।

कोभिड-१९ सङ्कटका बेला अस्ट्रेलियामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले काम गर्न पाउने अवधि पाक्षिक रूपमा ४० घण्टाबाट असीमित बढाइएको थियो।

तर जुलाई १ देखि भने, पाक्षिक रूपमा ४० घण्टा नै नभए तापनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले निर्बाध रूपमा काम गर्न पाउने छैनन्।

नयाँ व्यवस्था अनुसार उनीहरूले नयाँ आर्थिक वर्षदेखि पाक्षिक रूपमा बढीमा ४८ घण्टा मात्रै काम गर्न पाउनेछन्।

यी बाहेक, रिजनल क्षेत्रमा गएर पढ्ने, बस्ने र काम गर्न चाहने मानिसहरूका लागि अतिरिक्त सुविधाहरू पनि उपलब्ध हुने बताइएको छ।

– साभार (एसबिएस)

यी हुन अष्ट्रेलियामा पीआर पाउन सजिलो हुने ५ विषयहरु, जानी राखौ ।

सिडनी, अष्ट्रेलिया ।

यी हुन अष्ट्रेलियामा पीआर पाउन सजिलो हुने ५ विषयहरु, जानी राखौ ।

१. इञ्जिनियरिङ

अष्ट्रेलियामा इञ्जिनियरिङको माग बढ्दो छ । त्यसैले इञ्जिनियरिङ गरिसकेकाहरुलाई पीआरको लागि तुलनात्मक रुपमा सजिलो छ ।इञ्जिनियरिङ अन्तर्गत इञ्जिनियरिङ म्यानेजर, शीप इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ, मटेरियल्स इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, जिओटेक्निकल इञ्जिनियरिङ, स्ट्रक्चरल इञ्जिनियरिङ, ट्रान्सपोर्ट इञ्जिनियरिङ, इलेक्ट्रियल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, इन्डस्ट्रियल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, प्रोडक्सन अर प्लान्ट इञ्जिनियरिङ, माइनिङ इञ्जिनियरिङ, पेट्रोलियम इञ्जिनियरिङ, एरोनटिकल इञ्जिनियरिङ, एग्रिकल्चरल इञ्जिनियरिङ, बायोमेडिकल इञ्जिनियरिङ, इञ्जिनियरिङ टेक्नोलोजिस्ट, इन्भाएरोमेन्टल इञ्जिनियरिङ, सफ्टवेयर इञ्जिनियरिङ, टेलीकम्युनिकेसन इञ्जिनियरिङ, टेलीकम्युनिकेसन नेटवर्क इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ ड्राफ्टपर्सन, सिभिल इञ्जिनियरिङ टेक्निसियन, इलेक्ट्रिकल इञ्जिनियरिङ ड्राफ्टपर्सन, इलेक्ट्रिकल इञ्जिनियरिङ टेक्निसियन, टेली कम्युनिकेसन फिल्ड इञ्जिनियरिङ कोर्सहरु रहेका छन् ।

२.एकाउन्टेन्सी

एकाउन्टेन्सी अन्तर्गत अष्ट्रेलियामा जनरल एकाउन्टेन्ट , म्यानेजमेन्ट एकाउनटेन्ट र ट्याकसेसन एकाउनटेन्टको लागि राम्रो अवसर छ । मास्टर अफ म्यानेजमेन्ट (एकाउन्टिङ) पूरा गरिसकेपछि इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स वा सर्टिफाइड प्राक्टिसिङ एकाउनटेन्ट प्रोफेसनल स्टडिज अष्ट्रेलियामा प्रवेश मिल्छ ।

३.नर्सिङ

अष्ट्रेलिया नर्सिङ्ग करियरको लागि राम्रो अवसर भएको देश हो । नर्सिङ करियरको लागि राम्रो कम्युनिकेसन क्षमता, धैर्यता र समूहमा काम गर्ने क्षमता हुनु जरुरि छ ।

नर्सिङ अन्तर्गत नर्स प्राक्टिसनर, नर्स(एज्ड केयर), नर्स (चाइल्ड एण्ड फेमिली हेल्थ), नर्स ( कम्युनिटी हेल्थ) ,नर्स (क्रिटिकल केयर एण्ड इमर्जेन्सी), नर्स ( डेभलपमेन्ट डिसएबिलिटि) , नर्स (डिसएबिलिटी एण्ड रिहाबिलेसन), नर्स (मेडिकल ),नर्स (मेडिकल प्राक्टिस),नर्स (मेन्टल हेल्थ) , नर्स (पेरिओपेरेटिभ ),नर्स (सर्जिकल) र नर्स (पेडीआट्रिक) कोर्सहरु रहेका छन् ।

४.मेडिकल डाक्टर

अष्ट्रेलियामा मेडिकल डाक्टरहरुको अभाव रहेको छ । अष्ट्रेलियामा मेडिकल डाक्टर विषय पढ्नको लागि एकदमै महँगो छ तर पढाई सकेपछि त्यहि अनुरुपको अवसर पनि रहेको छ । भर्नाको लागि प्रतिस्पर्धात्मक हिसाबले जानुपर्ने हुन्छ ।

५. डेन्टिस्ट

अष्ट्रेलियाका युनिभर्सिटीमा डेन्टिस्ट विषय अन्तर्गत ब्याचलर अफ डेन्टल साइन्स, ब्याचलर अफ ओरल हेल्थ, रिसर्च हाइयर डिग्री र पोस्टग्राजुएट कोर्सहरु पढ्न सकिन्छ । डेन्टिस्टहरुलाई अष्ट्रेलियामा धेरै राम्रो अवसर र कमाई रहेको छ । पीआर लिन पनि यो विषय र पेशा निकै सहज मानिन्छ ।

अमेरिकामै चरम घरेलु यातनाले मृत्युको बाटो रोजेका कृष्णप्रसादको वास्तविक घटना के हो ?

फ्लोरिडा, अमेरिका ।

अमेरिकामै चरम घरेलु यातनाले मृत्युको बाटो रोजेका कृष्णप्रसादको वास्तविक घटना के हो ?

पछिल्लो समय सामाजिक सञ्जालमा अमेरिका निवासी एनआरएनएका अभियान्ता एवं समाजसेवी कृष्णप्रसाद लामिछानेको मृत्युको विषयलाई लिएर धेरै चर्चा हुने गरेको छ । कतिपयले उनकी श्रीमती र छोरीलाई दानवीकरण गरेर स्टाटसहरु पनि लेख्ने गरेका छन् । तर यसको घटना धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले कृष्णप्रसाद लामिछानेको मुद्दामा भएको के हो ? र किन चर्चामा आयो भन्नेबारेमा जानकारी दिन लागिएको छ ।

गोरखामा जन्मिएका कृष्णप्रसाद लामिछाने करिब २० वर्षअघि अमेरिका गएका थिए । उनी त्यहाँ परिवारका साथमा व्यवसायमा संलग्न थिए । उनी एनआरएनको राजनीतिमा समेत संलग्न थिए । एनआरएनएको अमेरिका अध्यक्षको लागि चुनावी प्रतिस्पर्धामा समेत रहेका उनी अमेरिकामा रहेका नेपालीहरुकोबीचमा निकै मनपराइएको नाम हो । भलै उनले एनआरएनएको अध्यक्ष पदका लागि चुनाव जित्न सकेनन् । तर पनि उनी अमेरिकामा एक समाजसेवीको रुपमा चिनिएका थिए । लामिछाने अमेरिकामा श्रीमती र एक छोरीको साथमा बस्दै आएका छन् । उनी बेलाबेलामा नेपाल त आइरहन्छन् । तर उनीसँग उनकी श्रीमती र छोरी भने पछिल्लो समय नेपाल आउने गरेका थिएनन् । उनी एक्लै आउँथे केही समय बसेर फर्किने गर्थे ।

समाजसेवी भएको र एनआरएनएको राजनीतिमा समेत लागेको हुनाले उनीसँग धेरैको कुराकानी हुने र भेटघाट हुने स्वभाविक नै थियो । त्यसैमाथि उनी समाजसेवामा लागेको हुनाले पनि दुःख र समस्यामा परेकाहरु उनको सम्पर्कमा आइपुग्नु अस्वभाविक थिएन । तर परिस्थिति यस्तो आइपुग्यो कि उनी अन्तिम क्षणमा पारिवारिक यातनाको शिकार हुन पुग्दा उनलाई साथदिने कोही पनि भेटिएनन् । उनले दर्दनाक मृत्यु सहँदा उनले सहयोग गरेकाहरुले पनि श्रद्धाञ्जली दिनेबाहेक केही गर्न सकेनन् । यो घटनाको पृष्ठभूमिमा घटेका केही घटना र सार्वजनिक भएका भिडियोले यो मृत्युमा उनकी श्रीमती माला र उनकी छोरीको भूमिका रहेको देखिएको छ ।
No description available.
लामिछाने गत मंगलबार टेक्सासस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेको तथा मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगियो । पोस्ट मार्टम रिपोर्टमा कुनै यातनाबाट मृत्यु भएको नभेटिएपछि प्रहरीले उक्त घटना बन्द गरिसकेको छ । तर शारीरिक यातनाले मृत्यु नभएको देखिए पनि त्यसभित्र मानसिक यातना भने मुख्य कारक रहेको केही घटनाहरुले देखाएको छ ।

उनको मृत्युपछि सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । जसमा श्रीमती र छोरीले उनीमाथि चरम यातना दिने गरेको घटना बाहिर आएको छ । जसमा उनको श्रीमतीले कृष्णलाई १८ वर्षको कमाई लुकाएको भन्दै चिरेर नुन खुर्सानी हालेर झुन्डाउनु पर्ने बताएकी छन् । उक्त संवादमा कृष्णको छोरीको पनि आवाज सुनिएको देखिन्छ । उक्त आवाजमा कृष्णकी छोरीले पछाडिबाट आमाले त मार्नु पर्ने हो भनेको आवाज सुन्न सकिन्छ । उनलाई झुन्डाउनु पर्ने भनिएको छ । लामिछानेलाई अपराधी, पापी को रूपमा चित्रण गरिएको छ । उनको त्यो भनाइमा उनकी छोरीले पनि सहमति जनाएकी छन् । त्यही भिडियोमा नै उनीमाथि कुटपिट समेत भएको सुनिन्छ ।

प्रतिउत्तरमा लामिछानेले आफूलाई कुनै पनि समयमा जेसुकै पनि हुन सक्ने बताएको भिडियोमा सुन्न सकिन्छ । सो झगडाको बेला कृष्णले नेपालमा रहेका भाइ कपिलसँग मेसेन्जरमा कुराकानी गरेका थिए, जसका कारण सो रेकर्ड बाहिरिएको बताइन्छ । उनीहरुको परिवारको मुख्य समस्या भनेको श्रीमतीले श्रीमान्माथि गरेको शंका हो । राजनीतिमा लागेको हुनाले उनको बाहिर धेरै हिँडडुल हुँदा श्रीमतीले परस्त्रीसँग लागेको आशंका गर्ने गर्थिन् । कसैलाई दुःख पर्दा सहयोग गरिहाल्ने स्वभावका कारण कमाएको सम्पत्ति समेत त्यसै उँडाएको आरोप श्रीमतीको थियो । यही विषयमा उनीहरुबीच मतभेद हुँदा स्थिति घरेलु हिंसासम्म पुगेको थियो । कृष्णले पटकपटक आफूमाथि घरेलु हिंसा हुने गरेको प्रमाणसहित सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्ने गर्दथे ।

त्यसो त कृष्ण अमेरिका छाडेर भारतमा गएर बस्नेबारे पनि आफ्ना निकटस्थहरुसँग छलफल गर्दथे । तर उनले भारत जाने निर्णयभन्दा पहिले आत्महत्या गर्ने निर्णय गरे । अहिले उनको शवलाई पोस्टमार्टम सकिएपछि शनिबार दाहसंस्कार गर्ने भनिएको थियो । तर गोरखामा रहेका बुबाले अन्तिमपटक छोराको मुख हेर्ने बताएपछि अहिले दाहसंस्कार रोकिएको छ ।

अस्ट्रेलिया पठाउन भारतको पञ्जाबमा आफ्नै छोरासंग छोरीको बिहे

सिडनी अष्ट्रेलिया ।

अस्ट्रेलिया पठाउन भारतको पञ्जाबमा आफ्नै छोरासंग छोरीको बिहे ।

नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानून अनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनिक एउटा भारतको समाचारले पुष्टि गरेको छ ।

हालै भारतको पञ्जाबमा एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् । विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन् । भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।पञ्जाबमा सम्बन्धको इज्जतलाई बेवास्ता गर्दै नक्कली कागजपत्रको सहारामा दाजु-बहिनीले गरे विवाह, कारण थियो अस्ट्रेलियामा बस्ने ।

एउटी युवतीले अस्ट्रेलिया जाँदा आफ्नो असली भाइसँग बिहे गरिन् भन्ने खबर सुनेर मानिसहरु छक्क परे । यो पूरै घटनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि संलग्नता देखिन्छ । प्रहरीका अनुसार यो ठगीको गम्भीर घटना हो ।

नक्कली कागजात रिपोर्टका अनुसार यो उपलब्धिपछि युवती नक्कली राहदानी बनाएर अष्ट्रेलिया गइन् । युवतीलाई चिनेकी एक महिलाले यस कार्यको बारेमा प्रहरीमा उजुरी गरेपछि यो कुरा बाहिर आएको हो ।प्रारम्भिक अनुसन्धानमा यस षड्यन्त्रमा दाजुभाइका परिवारका सदस्य पनि संलग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार यही गाउँकी यी युवतीलाई विदेशमा बस्ने रहर थियो तर भिसा नपाएपछि उनले परिवारका सदस्यसँग मिलेर यो षड्यन्त्र रचेकी हुन् । स्थानीय पञ्जाबको एक प्रहरी चौकीमा तैनाथ इन्स्पेक्टर जय सिंहले भने, ‘अनुसन्धानका आधारमा अहिलेसम्म थाहा पाएका छौँ कि युवतीका भाइ अस्ट्रेलियाको स्थायी बासिन्दा हुन्।

र उनको बहिनीले पहिले त्यहाँ बस्नका लागि नक्कली कागजात बनाएर आएका थिए । गुरुद्वाराबाट बनेको विवाहको प्रमाणपत्र लिएको थियो, त्यसपछि रजिष्ट्रारको कार्यालयबाट विवाह दर्ता गरिएको थियो ।

Source: Epress

अस्ट्रेलिया बस्ने एक नेपाली युवती जसले केटिसँगै बिवाह गरि दुई सन्तानको आमा बनिन् ।

सिडनी, अष्ट्रेलिया ।

अस्ट्रेलिया बस्ने एक नेपाली युवती जसले केटिसँगै बिवाह गरि दुई सन्तानको आमा बनिन् ।

टिकटकमा ‘राईमामो फ्यामिली’ नामको अकाउन्टबाट पोस्ट हुने भिडियोहरूमा सामान्यतया देखिने नेपालीको भन्दा फरक वैवाहिक जीवन देख्न सकिन्छ।

समाजमा समलिङ्गी हो भनेर कतिपयले खुलेर भन्न सक्ने अवस्था नभएकै समयमा मेलबर्न निवासी सृजना राईले भने समलैङ्गिक विवाह मात्र गरेकी छैनन् दुई सन्तानकी आमा भएर मातृ वात्सल्यको सुख भोग पनि गरिरहेकी छिन्।

दुई वर्षीय छोरा र भर्खर जन्मिएकी छोरीका साथ अब भने आफ्नो परिवार पूर्ण भएको बताउँछिन् राई। सामाजिक सञ्जाल टिकटकमा समलैङ्गिक सम्बन्ध र आफ्नो जीवन यात्राबारे उनले आफूलाई प्राप्त हुने जिज्ञासाको उत्तर दिने गर्छिन्।

आफू समलिङ्गी भएको खुलेर परिवारमा भन्न नसक्नेहरूका लागी सुझाव पनि दिने गरेकी बताउँछिन् सृजना राई। सुरुवातमा आफ्नो चाहानालाई लिएर खुल्न राईलाई पनि त्यति सहज भने थिएन।

स्कुल पढ्दादेखि नै केटीहरू प्रति नै आकर्षित हुने र केटासँग प्रेम गर्न रहर नलाग्दा चाहिँ आफ्ना साथीहरू भन्दा फरक भएको जस्तो भान हुने पनि उनको भनाई छ।

तर कलिलो उमेरका कारण त्यसो भएको होला भनेर आफूले खासै वास्ता नगरेको राईले एसबीएस नेपालीलाई बताइन्। साथै परिवारले पनि केटीहरूसँग मात्र घुलमिल हुँदा “छोरी सोझी छे” भनेर सोच्ने गरेको कुरा पनि उनले फुकाइन्।

“घरमा पनि साथीहरू ल्याउँदा खाली केटी साथीहरू मात्र ल्याउँथे, त्यो गर्दा बाबा ममी पनि खुसी हुन्थे,” उनले भनिन्।
“यसले चाहिँ बोइफ्रेन्ड बनाएको छैन यो मेरो ज्ञानी छोरी भन्ने, त्यस्तो सोच्नु हुन्थ्यो।”

आफूले नर्सिङ पढ्न थाले पछि कलेजमा केटीहरू मात्र हुनाले केटीहरू प्रतिको आकर्षण झन् प्रस्ट भएको पनि सृजना राईको भनाई छ। तर पनि परिवारलाई यसबारे भन्न आफूले केही बताउन नसकेको उनले बताईन्।

हाल वैवाहिक जीवनमा बाँधिएकी मामोलाई आफूहरूको भेट भएको केही वर्षपछि राईले नेपाल घुमाउन लागेकी थिइन्।

अष्ट्रेलियामा बसेर थोरै कमाइले धेरै सम्पत्ति कसरी जोडने ?

सिडनी, अष्ट्रेलिया

अष्ट्रेलियामा बसेर थोरै कमाइले धेरै सम्पत्ति कसरी जोडने ?

अष्ट्रेलियामा नेपाली समुदाय बिस्तारै सेटल हुँदै जाने क्रम सँगै नेपालीहरुले गर्ने लगानीको धेरै भाग प्रोपर्टी मार्केटमा पनि छचल्किन थालेको छ । विगत केही वर्षहरुमा प्रोपर्टीको भाउ बढे पछि झन् यस्तो लगानी गर्ने क्रम तीव्र हुन थालेको हो ।

सामान्य आम्दानी भएका परिवारले पनि मल्टिपल प्रोपर्टी जोड्न सक्दछन् । बैंकले लोन दिने क्रममा यहाँको जागीर वा बिजनेशको आम्दानी मात्र नहेरी किन्न लागेको प्रोपर्टी भाडामा लगाउँदा हुन आउने आम्दानीलाई पनि विचार गर्ने हुँदा यहाँको ऋण लिन सक्ने क्षमता वृद्धि हुने गर्दछ ।

अहिले यहाँको आम्दानीले ५ लाख डलरको ऋण निकाल्न सकिने रहेछ भने, यो घर किनेकै भोलिपल्ट वा एकैसाथ अर्को झन्डै साढे ४ लाख डलर जतिको लोन निकाल्न सकिन्छ ।

त्यसैले यहाँले किन्न लाग्नुभएको इन्भेस्टमेन्ट प्रोपर्टीबाट आउने भाडाले पनि ऋण लिन सक्ने क्षमताको निक्र्यौल गर्दछ ।यसैगरी, इन्भेस्टमेन्ट प्रोपर्टी किन्नको लागि चाहिने डिपोजिट कि त यहाँ आफैँले सेभिङ गरेको हुनुपर्यो कि त अहिले भएको घरको भाउ बढेको हुनुपर्यो ।

उदाहरणको लागि यहाँले ५ लाखमा किनेको प्रोपर्टीको भाउ १ लाख बढ्यो भने उक्त पैसालाई निकालेर इन्भेस्टमेन्ट प्रोपर्टीमा डिपोजिटको रुपमा प्रयोग गर्न सकिन्छ तर बैंकले पत्यायो र पाइन्छ भन्दैमा जथाभावी ऋणको भारी मात्र बोकेर पनि काम छैन ।

ऋणसँगै ‘फाइनान्सियल लिभरेज हुने भएकोले गर्दा जोखिम पनि बढ्ने गर्दछ । यस्ता जोखिमलाई क्याल्कुलेटेड रुपमा उठाउनु पर्दछ र व्यवस्थापन गर्दै लैजानुपर्दछ ।

उदाहरणको लागि परिवारमा आर्थिक विपत्ति आएको खण्डमा ऋण कसरी म्यानेज गर्ने, घर भाडामा नलागेको अवस्थामा के गर्ने, जागीर फुस्केको

अवस्थामा वा श्रीमतीले बच्चा पाएर म्याटरनिटी लिभमा बस्नुपर्दा के गर्ने जस्ता सम्भावित घटनाव्रmमलाई आँकलन गर्दै विज्ञसँगको परामर्शमा मात्र प्रोपर्टी इन्भेस्टमेन्टको यात्रा तय गर्नु ठीक हुन्छ होला । – नेपालि पत्र बाट

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नयाँ वर्ष-२०८० बिशेष कार्यक्रम गर्ने ।

सिडनी, अष्ट्रेलिया ।

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नयाँ वर्ष २०८० बिशेष कार्यक्रम गर्ने ।

नेपाल रूपन्देही घर भई अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरू को छाता संगठन रूपन्देहि सामाजिक संजाल अष्ट्रेलिया (RSNA) ले आउदै गरेको नेपाली नयाँ वर्ष २०८० को अवसरमा शुभ-कामना आदानप्रदान, किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १५ तारिखक शनिवारका दिन दिउँसो १२.०० वजे देखि ४.०० बजे सम्म Tempe recreational reserve ( airport side from princess highway ) मा कार्यक्रम हुने भएको छ।

विभिन्न व्यवसायिक निकाय हरु संग सहकार्य गरी कार्यक्रमहरु गर्दै आइरहेको छ जसमा क्रमश: यूनिक होम्स न्यू साउथ वेल्स, भि.डि.ए. फाइनान्स एण्ड क्यापिटल सिडनी, चन्द्रकोट ज्वेलर्स, रकडेल , आइकोनिक एजुकेशन एण्ड माइग्रेरसन, किङसफड इन्टरनेशनल इच्चियूट, जय हो हेयर एण्ड ब्युटि, रकडेल, एभरेष्ट तन्दुरी फङ्क्शन सेन्टर, रकडेल लगायतका बिभिन्न संघ संस्थाले कार्यक्रम सम्पन्न गर्नका लागि हाते माले समेत गरेका छन् ।

कार्यक्रममा रुपन्देहि बाट अष्ट्रेलियामा आई अध्ययन, व्यवसाय तथा रोजगारीको सिल सिलामा अब्ट्रेलियामा बसोवास गरी रहेका व्यक्तित्वहरु र सुमदायमा काम गर्ने विभिन्न संघ-संस्थाका लिडर प्रतिनिधि, वालबालिका तथा अमिभावक को उपस्थिति रहने संस्थाका कला, संस्कृति तथा साहित्यिक बिभाग सब-कोडिनेटर एवं कार्यक्रम संयोजक प्रदिप खनालले जानकारी गराए। रुपन्देहि घर भई हामी बिभिन्न पेशा, व्यवसाय अध्ययनको कारणले हामीहरु छरीएका थियौ तर संजालले रुपन्देहि बासि लाई अझ प्रगाढ भाइचारा र आत्मीयता वृद्धि गरी एकआपस विच सु-सम्बध कायम गरी मातृत्व को वोध गराएको छ।

जन्म भुमीको एकता अनी भाईचाराको सम्बन्ध बिकास गर्नका निम्ति र समाजिक जागरण अभियान, परोपकारी कार्य अनी सुख दुःखमा समाज छ भन्ने हेतुले बिभिन्न समुदायका मानिस र संस्थाहरू संग समन्वय गरी सबैमा समान र समानता नै मुख्य मानिसको मानवीय भावना रहेको कारणले संस्थालाई अझ ठुलो र बिश्वासिलो बनाउन लागीपरेको संजालका अध्यक्ष मुक्ति राम पोख्रेलले बिश्वपाटीललाई बताए 
सन २०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिका लाई शैक्षिक-सामाग्री, न्यानो-कपडा वितरण, मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण, उत्प्रेरणामुलक जिवन उपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम, महिलाहरुको महान पर्व हरितालिका तिज कार्यक्रम , नेपालि तथा अंग्रेजि नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहाय वालवालिका लाई शैक्षिक अध्ययनमा सहयोग जस्ता बिभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

आगामि दिनमा समेत स्वदेश तथा विदेशमा विभिन्न सरोकारवाला सँग यस प्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत संजालका अध्यक्ष पोखरेलले जानकारी दिए ।

हामीविरुद्ध चौतर्फी घेराबन्दी छ : ओली

‘अब हुने चुनावमा एमालेले बहुमत ल्याउँछ । अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ ।’

अर्घाखाँची — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन् । एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको उनले बताए ।
एमाले अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘हामीविरुद्ध घेराबन्दी छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने, ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ । एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरुमा छैन ।’

अब हुने संसदीय चुनावमा एमालेले ५१ प्रतिशत (बहुमत) मत ल्याएर एकल सरकार बनाउने उनको दाबी थियो । हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै ओलीले भने, ‘झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’

साथै सरकार ‘बनाइदिएको’ भाेलिपल्टबाटै चालामाल ठीक नभएको र सरकार ढाल्न लागि परेको उनको भनाइ थियो ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय