२०८३ जेष्ठ २७ बुधबार

फेवा पर्यटन विकास समितिको अध्यक्षमा अर्जुन , सचिवमा थापा निर्वाचित !!

फेवा पर्यटन विकास समितिको अध्यक्षमा अर्जुन , सचिवमा थापा निर्वाचित
पोखरा , १० चैत ।
फेवा पर्यटन विकास समिति पोखराको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन आज पोखरामा भएको छ । पोखरा महानगरपालिका वडा नं १८ को तल्लो भुभाग भित्र छरिएर रहेका होटल ,रेस्टुरेन्ट ,क्याफे तथा गेस्ट हाउस लगायतलाई समेटेर २०७५ सालमा संस्था स्थापना भएको हो । संस्थाको कार्यक्षेत्र गौराको चैतरा देखि पामे सम्म पोखरा १८ को तल्लो भुभाग सिमान रहेको छ ।

सामूहिक हित अभिवृद्धि गरी सदस्यहरुको हक अधिकारलाई व्यवस्थित र सुनिश्चित गर्नुका साथै पोखरामा आन्तरिक र वाह्य पर्यटनको प्रवद्धनलाई टेवा पुर्याउने उद्देश्य संस्थाले लिएको छ ।

संस्थाको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनको वडाअध्यक्ष शिवप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

उद्घाटनका अवसरमा प्रमुख अतिथी तथा वडाध्यक्ष तिमिल्सनाले फेवातालको संरक्षण गर्न व्यवसायीहरुसँग वडा सधै हातेमालो गर्ने बताए । उनले वडाले निकट भविष्यमा र्नै वडाको पर्यटकिय क्षेत्र भित्र पाष्ट्रिकका बोतलहरु बेच्न छिूट्टै निषेध लगाउने तयारी वडाको रहेको जानकारी दिए । उनले वर्तमान समयमा फेवाताल कसरी जोगाउने भन्दा पनि कसरी दोहन गर्न सकिन्छ भन्ने धेरैको धर्य रहेको देखिएको बताए ।
उनले पर्यटन प्रवद्र्धन नभएसम्म होटल र रेस्टुरेन्ट व्यवसाय फस्टाउन नसक्ने बताए । व्यवसायलाई जोगाउँदै पर्यटन प्रवद्र्धन गर्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।डिजिटल होडिङ ्ग बोर्ड बनाउन लाग्ने आवश्यक बजेट वडाले विनियोजन गर्ने बताए ।

विषेश अतिथी तथा पोखरा पर्यटन परिषदका सचिव हरी भुर्जेलले पर्यटन प्रवद्र्धनको लागि विभिन्न प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । होटल र रेस्टुरेन्ट व्यवसायको लक्ष्य नै ग्राहकहरुलाई न्यायो आतिथ्यता र गुणस्तरीय सेवा दिनु नै भएको उनको भनाइ छ ।
माछा महोत्सवको परिकल्पना गरेर सुरुवात गर्नु पर्ने भुर्जेलको जोड छ ।
स्थानीय सरकार र व्यवसायीकरु सहकार्य गरेर फेवा पर्यटन समितिको प्रचारात्मक कार्यमा लाग्नु पर्ने बताए ।
संस्थापक संरक्षक तथा सल्लाहाकार पूर्व वषध्यक्ष रणबहादुर थापाले वडाका विभिन्न क्षेत्रमा पैदलमार्ग अतिक्रमण भइरहेको र स्थानीय सरकार र स्थानीयको पहलमा पूर्न सुचारु गर्नु पर्ने बताए । मासिक कम्तीमा एक पटक व्यवसायीहरुले सरसफाई कार्यक्रम गर्नु पर्ने थापाको जोड छ ।
फेवा पर्यटन समितिका अध्यक्ष रामकुमार राईको अध्यक्षतमा कार्यक्रम भएको थियो । अध्यक्ष राईले संस्थाको सांगठनिक प्रतिवदेन प्रस्तुत गर्दै वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिको विषेश पहलमा खपौदीमा डुङ्गाघाट निर्माण गरी सञ्चालन आएको छ ।संस्थाको अधिवेशनले अर्जुन सुवेदीको नेतृत्वमा १३ चयन गरेको छ । संस्थामा १ सय सदस्य रहेका छन ।संस्थाको अधिवेशनले अर्जुन सुवेदीको नेतृत्वमा १३ चयन गरेको छ । संस्थामा १ सय सदस्य रहेका छन । डुङ्गाघाट सञ्चालनमा ल्याएको , सडक बत्ती जडान गरेको , ध्वनी प्रदुष्ण कम गर्न आवश्यक अध्ययन गरेको बताए । वडा सदस्य कल्पना ढकाल , स्थानीय महेन्दगोपाल थापा , पशुपत्ती थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाको अधिवेशनले अध्यक्षमा अर्जुन सुवेदी, उपाध्यक्षमा निरन्जन खत्री , सचिवमा शिव थापा , कोषाध्यक्षमा गोपीलाल तिमिल्सीना तथा ९ जना सदस्य गरी १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । संस्थामा हाल १ सय सदस्य रहेका छन ।
स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन सुवेदीले राखेका थिए ।
सञ्चालन सचिव कृष्णबहादुर थापाले गरेका थिए ।
– (मदनमणी तिमिल्सीना )

काजु खानुका २१ फाइदा, कुन तत्व कति पाइन्छ?

सिडनी, अष्ट्रेलिया ।

काजु खानुका २१ फाइदा, कुन तत्व कति पाइन्छ?

महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।
थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एक प्रकारको तरल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ । यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।
काजु प्रोसेसिङ गर्ने काम पनि निकै कठिन मानिन्छ । सामान्यतया काजुलाई हातले छोडाउनुपर्ने हुनाले लेबर कस्ट ज्यादा पर्छ । त्यसैले पनि काजु महँगो पर्न गएको हो । काँचो काजु चाहिँ नखाँदा बेस मानिन्छ, किनकि काँचो काजुमा उरुसिओल नामको एक किसिमको टक्सिन केमिकल पाइन्छ, जसले शरीरमा पोइजन हुने डर पर्याप्त हुन्छ ।
काजुमा कुन तत्व कति पाइन्छ ?
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ । एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ ।
परिकारमा काजु
भारतीय भन्सा काजु बिना अधुरो रहन्छ । परापूर्वकालदेखि भारतमा मुग्लाइहरुले खानामा काजु मिसाएर खाँदै आएका छन् । चाहे ग्रेभीमा होस् या बिर्यानीमा, काजुको मात्रा राख्नैपर्ने उनीहरुको नियम थियो, जुन अहिलेसम्म चलिरहेको छ । आधुनिक पकवानमा पनि भन्सामा काजु बिना अधुरो रहन्छ । ह्वाइट ग्रेभीमा होस् या रेड ग्रेभी, ब्राउन ग्रेभी नै किन नहोस् काजु मैसाइएकै हुन्छ । काजुको पेस्ट विभिन्न अन्य साकाहारी सब्जीका परिकारमा पनि हाल्ने गरिन्छ ।
कबाब, मिठाइ, खिर तथा केकमा पनि काजुको मात्रा प्रसस्त मिसाइन्छ । काजुको पेस्टले खानालाई अतिरिक्त स्वाद थप्ने मात्र होइन, मुलायनपन दिनुको साथै स्वादिस्ट पनि बनाउँछ । स्वास्थ्यका हिसाबले पनि काजु निकै उपयोगी हुने हुँदा घरायसी पकवानमा पनि प्रयोग हुन थालेको छ । होटलहरुमा अति विशिष्ट पाहुनाहरुको स्वागतका लागि पनि काजु रोस्ट गरेर टक्र्याउने चलन छ । काजुको बर्फी पनि अति स्वादिस्ट मिठाइमा गणना गरिन्छ । चाइनिज या थाई किचनमा पनि काजुका यावत परिकार बनाइन्छ । स्न्याक्स होस् या मेन कोर्स, फिस होस् या चिकन, काजुको प्रयोग गरिएकै हुन्छ । कुनै खानामा काजुलाई पिरो बनाएर प्रयोग गरिन्छ त कुनैमा माइल्ड हिसाबले मिसाइएको हुन्छ ।
नियमित काजु खानुका फाइदा
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।
– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।
– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
– हड्डी मजबुत गराउँछ ।
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।
– अनुहारको छालामा चमक ल्याउँछ ।
– कुनै साइड इफेक्ट गर्दैन ।
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।
– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
– कोलेस्टेरोल घटाउन सहयोग पु¥याउँछ ।
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै प्रावि तहमा विज्ञापन खुलाएको हो ।

चैत ८ गतेको आयोगको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने छ । उम्मेदवारले चैत ९ गतेदेखि आवेदन दिन सकिने आयोगले सूचना मार्फत जनाएको छ ।

अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन्। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।

सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए।

“छोरी मान्छे”, लेखकः श्वेता मैनाली-सिडनी ।

सिडनी, अष्ट्रेलिया ।

~छोरी मान्छे
ऊ आमाको कोखबाट जन्मियो
छोरो भएर
उनी त्यही कोखबाटै जन्मिइन
छोरी भएर

दुई सन्तान ईश्वरको वरदान
तर…
समाजले एउटालाई भगवान बनायो
अर्कोलाई परिचय खोज्न सिकायो

“छोरी मान्छे” को परिचय
छोरी मान्छे भएर यो गर्नु पर्छ
छोरी मान्छे भएर यो गर्नु हुँदैन

भन्छन,
समाज फेरियो
सोच फरियो
नारीप्रतिको सम्मान फेरियो
अफसोच
फेरिएको त सताब्दी मात्र थियो
न सोच फेरियो न समाज फेरियो

जमघटमा बा-आमा
छाती फुलाउँदै भन्छन
-छोराछोरी बराबरी
भिडमा नारीवाद गर्जन्छ
-नारीपुरुष बराबरी

तर घरभित्र अनि समाजभित्र

दाजुभाईसँगको झगडामा होस
लोग्नेसँगको कलहमा होस
या समाजसँगको लडाईँमा होस

बा-आमाको अर्को स्वर हुन्छ
समाजको चर्को स्वर हुन्छ

~छोरी मान्छे हो सहनु पर्छ
छोरी मान्छे हो बेहोर्नु पर्छ
छोरी मान्छे हो मौन बस्नु पर्छ
छोरी मान्छे हो शिर झुकाउनु पर्छ

सँगै खेल्दाको झगडामा
दाजुसँग झुक्न
सिकाउने बाआमाले
मर्दको नाममा हुने
अन्याय अत्याचारदेखि
बिबाहको मन्डवसम्म झुक्न
सिकाउने समाजले
छोरी मान्छेलाई
शीर उचो बनाएर बाँच्न कहिले दिने?
स्वतन्त्रतामा हाँस्न कहिले दिने?

आफूले भोगेको दुख
बिभेदको संस्कार
आमाहरु बिन्ती
आफ्नो छोरीहरुमा नदिनुस
छोराले बोल्दा
छोरीको असहमतिहरु
पनि सुनिदिनुस
छोरी मान्छे भएर
गर्नुहुने र नहुने
सिमाना नकोर्नुस
एउटा मानव भएर
के सहि के गलत
छु्टयाउने हैसियतको बनाउनुस
आत्मनिर्भर बन्न सिकाउनुस
अन्याय बिरुद्द
आवाज बुलन्द बनाउन सिकाउनुस
दुखमा नआत्तिन र सुखमा
नमात्तिन सिकाउनुस
अनि फेरि यो समाजले दायरा नकोरोस
छोरी मान्छे भएर…………

✍️ श्वेता मैनाली
सिड्नी, अष्ट्रेलिया ॥

First day of spring 2023: Winter is over, or is it?

By Leigh Morgan
Today marks the official first day of spring 2023.

The vernal equinox, the astronomical marker of the season, happens today at 4:24 p.m. CDT.

That’s the moment when the sun will pass directly above the equator, bringing nearly equal amounts of day and night across the Earth, according to NASA.

The March equinox marks the first day of spring in the Northern Hemisphere — but it’s also the first day of fall for those south of the equator.

At the equator, an equinox results in about 12 hours of daylight and 12 hours of night, according to NASA.

It won’t feel a whole lot like spring today in Alabama. Temperatures on Monday are forecast to be on the chilly side, with highs only reaching the 50s statewide (although skies will be mostly sunny):

Monday highs
High temperatures on the first day of spring 2023 won’t feel very springy.

Monday night into Tuesday morning will be cold, and freeze warnings will again be in effect for part of the state.

Here are tonight’s very un-springlike forecast lows:

overnight lows
Low temperatures will again be near or below freezing for much of Alabama overnight into Tuesday morning.

But, back to spring. The equinox is what most think of as the official start of spring, but there’s also meteorological spring, which began on March 1 and lasts until May 31.

Meteorological seasons are grouped into three-month blocks that make it easier to tabulate data.

According to NASA that astronomical seasons happen because of the tilt of Earth’s axis and its position during its orbit around the Sun.

If you’re in the Northern Hemisphere, the sun will set just a bit farther north on the horizon each evening until the June solstice – when the sun reverses directions, moving back to the south.

And sunsets will continue to happen later in the day. That will be the case until the next astronomical seasonal marker, the summer solstice, which will happen on June 21.

What will the spring hold as far as the weather goes?

NOAA released its spring outlook recently, and it suggests Alabama could see warmer-than-average temperatures and near-average rainfall over the coming few months.

Spring outlook for temperatures
Alabama could have a warmer-than-average spring, according to forecasters.

Spring precipitation outlook
Most of Alabama could see about-average rainfall over the spring months.

For Alabama, in addition to warming temperatures, blooming plants and pollen, the spring season also marks an increased time for severe weather activity.

Alabama’s busiest months for tornadoes typically come in April and March.

Alabama tornadoes by month
Spring is typically the busiest part of the year for severe weather in Alabama, although the fall and winter months can be active as well.

“म कवि होइन”, लेखकः डिला खरेल ।

सिडनी, अष्ट्रेलिया ।

“म कवि होइन” ✍️ डिला खरेल ।

म कविता लेख्न सक्दिन म कवि होइन
हो मलाई कविता सुन्न मन पर्छ,

म कविता लेख्न सक्दिन म कवि होइन,
किन लेख्ने कविता, आधा शतक नै भै सक्यो न कतै महाकवि लक्ष्मीप्रसाद देख्छु
न कतै कवि शिरोमणि लेखनाथ देख्छु
न आदिकवि भानु न त मोतीराम नै !!

न कतै लेखिन्छन् मुना मदन न कतै लेखिन्छन् चाणक्यनीति न ॠतुविचार नै,
हिजोआज न कतै अनुष्टुप भेट्छु न् त् शार्दूलविक्रीडित नै
आ.. शिखरिनी र मन्दाक्रान्ता को त कुरा गर्ने आँट नै छैन !!

मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन म कवि होइन !!

किन लेखु कविता , हिजोआज खुद्रा व्यपारीका अनेक अनेक फाइदाका लागि ,
खैर, कान्तिपुर र साप्ताहिककै लागि
अनि अनेक अनेक सुन्दै लाज लग्ने थरी थरीका पुरस्कार को पगेरी गुथ्नका लागि
म कविता लेख्दिन, मलाइ कविता सुन्न मन पर्छ !!

हो मलाई कविता सुन्न मन पर्छ , म कविता लेख्न सक्दिन म कवि होइन !!

मलाई लक्ष्मी नै काफी शिरोमणि नै काफी मोतीराम र भानु नै काफी
उनीहरूलाई नै सुनी बस्छु, हेरी बस्छु र सोची बस्छु वाह.. क्या कविता,
एक प्रहर आफैलाई बिर्सन्छु !!

गजब छ हिजोआज त प्रगतिशील रे , प्रतिगामी रे , यथास्थितिवादी रे
क्या भित्त्र्यायौ स्वघोषितहरु हो तिमीहरुलाई बधाई छ ,
राजकाज र जमाना तिमीहरुकै छ
हो मलाई कविता सुन्न मन पर्छ ,
म कविता लेख्न सक्दिन म कवि होइन !!

अब त झनै कविता लेख्न सक्दिन, म लेख्दै लेख्दिन
तिमीहरुको मनमौजी उत्तरआधुनिकताको हिस्सेदारी लिनु छैन ,
किन गरौ र खोइ – समालोचना , नाटक , कथा र निबन्धका कुरा कोही लेख्दै लेख्दैन ,
वस् मलाई सुन्न मन पर्छ , एक प्रहर आफू आफैभित्र हराउन मन पर्छ !!

मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन, म कवि होइन !!

Putin’s surprise visit to captured Ukrainian city of Mariupol !!

Russian President Vladimir Putin has visited the city of Mariupol, nearly a year after Russia claimed to have captured the strategic port city, Russian news agencies reported Sunday.

This is the first visit of the Russian leader to the Donbas region since the Ukraine conflict started in February last year. Putin flew to Mariupol by helicopter before touring the city in a car, Tass news agency quoted the Kremlin as saying.

Putin’s visit to Mariupol was announced on Saturday. His visit came on the heels of a trip to Crimea to mark the ninth anniversary of Russia’s annexation of the peninsula.

According to Tas news agency, he visited various places in Mariupol, talked to local residents and received reports about the reconstruction of the city. Russia launched a “scorched earth” campaign against Mariupol at the start of its offensive last year, destroying the Azovastal steel works in eastern Ukraine, considered the last bastion of Ukrainian forces.
Putin’s surprise visit to Crimea was his first visit to the peninsula since sending troops into Ukraine on February 24 last year. Last December, he only crossed the bridge, which connects with Russia.

Russian state television showed him visiting the Black Sea port city of Sevastopol with his aide, local governor Mikhail Razvozayev.
“Putin is expected to attend the opening of an art school for children via video link,” Razvozayev wrote in a telegram.

The referendum on Russia’s annexation of Ukraine’s Crimea in 2014 was not recognized by Kyiv or the international community. Speaking at the Davos Forum in January, President Volodymyr Zelensky said Crimea is our land, and Ukraine will take Crimea back. Moscow has since refused to include Ukraine in potential peace talks.

At least 22 people killed by militants in a series of attacks in Congo !!

At least 22 people have been killed in a series of attacks by suspected Islamic State extremists in Eastern Ituri and North Kivu provinces of the Democratic Republic of Congo. This information was given by news agency Reuters citing officials.

In a recent report, Islamic State has claimed responsibility for an attack in an eastern village in Congo that killed 10 people and wounded several others, according to the latest Reuters report, the group said on Telegram on Sunday.

“This is our first attack in Lubero province and it is an extension of IS operations,” the group wrote in a telegram post.

The actual number of dead and injured in the attack is yet to be ascertained.

More than 100,000 people have been displaced and dozens killed in an attack by armed groups in North Kivu province in eastern Democratic Republic of Congo (DRC), the United Nations said in a report on Wednesday.

Donald Trump gets standing ovation at Oklahoma wrestling meet after claims he will be arrested on Tuesday !!!

The former president was cheered by the crowd and pumped his fist as he made his way to his seat, clad in his trademark blue suit and red tie and flanked by his security detail.

Mr Trump, 76, posed for photographs with fans at the event at the BOK Center in Tulsa, seemingly unconcerned about his allegedly imminent arrest over a hush money payment made to adult film star Stormy Daniels.

He said “illegal leaks” from the Manhattan district attorney’s office indicated he will be arrested on Tuesday.

Making the claim on his Truth Social platform, Mr Trump provided no evidence he had been directly informed of a pending arrest and did not say how he knew of such plans.

Law enforcement agencies are preparing for a possible indictment of Mr Trump as early as next week, NBC News reports.

Mike Pence, who was Mr Trump’s vice-president, told ABC News the possible indictment “just feels like a politically charged prosecution”.

Asked about Mr Trump’s call for people to protest if he is indicted, Mr Pence said he thinks protesters will understand “they need to do so peacefully and in a lawful manner”.

The Manhattan district attorney’s office declined to comment on Mr Trump’s claim and a spokesman for the former president did not respond when contacted.

Manhattan District Attorney Alvin Bragg has apparently been investigating whether payments made to Stormy Daniels and Karen McDougal in 2016 broke state laws.

Read more:
Donald Trump returns to Facebook after two-year ban
Mike Pence won’t commit to supporting Trump in 2024

A grand jury in Manhattan has been hearing from witnesses, including former Trump lawyer Michael Cohen, who says he orchestrated payments to the women to silence them about sexual encounters they said they had with Mr Trump a decade earlier.

Mr Bragg’s office is also said to be examining the way Mr Trump’s company compensated Cohen for his work.

Cohen was jailed for three years in 2018 after admitting making the payments.

He also pleaded guilty to tax evasion and lying to Congress about the extent of negotiations between the Trump Organisation and a project to build a Trump Tower in Moscow.

Cohen claimed Mr Trump directed him to make the payments worth $280,000 (£230,000) to Stormy Daniels and Karen McDougal – something the former president denies. after he lost his reelection bid in the 2020 presidential election to Joe Biden.

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय