संविधानको पालना र संरक्षण मेरो प्रमुख दायित्व हुनेछ : राष्ट्रपति पौडेल !!!
४ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन् ।
उनले अघि भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’
सांसदहरुका लागि शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताए ।
उनले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने बताए ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित !!
काठमान्डौं,३ चैत । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।
निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ- १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन्। उनले कुल ३० हजार ३२८ मतभार पाएका छन्
दुई साताअघि तीन लाख जरिवाना गरिएको केन्द्रीय क्यान्टिनको स्याण्डविचमा भेटियो मुसाको लिँड !
काठमाडौँ ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारका बेथिति कति कति । हुँदा हुँदा खाजाका लागि सञ्चालन अनुमति दिइएका चमेना गृहहरुलेसमेत चरम सीमा नाघ्न थालेका छन् । मुलुकको प्रधानमन्त्री तथा प्रशासनिक प्रमुख मुख्यसचिवलगायत सचिवहरूको कार्यालय रहेको परिसरमा सञ्चालित क्यान्टिनहरूले अखाद्य पदार्थ खुवाउनु आफैमा लज्जास्पद मात्रै होइन, म्याद गुज्रिएका अखाद्य खानेकुरा बिक्रिवितरण गरेको फेला परेपछि दण्डित गरिएको दुई साता पनि नबित्दै पुनः सोही गल्ती दोहोर्याउनुले ‘…के के लाई भन्दा देख्नेलाई लाज’ को अवस्था आएको छ ।
स्वस्तिक क्याटरिङ सर्भिस प्रा.लि. सिंहदरवारको नाममा केन्द्रीय क्यान्टिनबाट मगाइएको खाजा सेटमा मुसाको लिँड भेटिएको छ । राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालयहरूलाई बोलाएर दिएको माध्यमकालीन खर्च संरचनाको तालिममा सहभागीहरूलाई बाडेको खाजामा मुसाको लिँड भेटिएको हो । कार्यक्रममा सहभागी तथा आयोगकै अधिकृत बबिता भट्टराईले सामाजिक सञ्जालमा स्याण्डविचमा मुसाको लिंड रहेको फोटोसहित पोष्ट गरेकी छिन् ।
‘लगभग २ साता अघि मात्र अखाद्य वस्तु तथा गुणस्तरहीन र सडेगलेका खानेकुरा भेटिएको भनी ३ लाख रुपैयाँ जरिवानामा परेको सिँहदरवार परिसरको स्वस्तिक क्याटरिङ्ग सर्भिस प्रा। लि। लाई न सम्बन्धित संयन्त्रले बन्द गराउन सक्यो न क्याटरिङ्ग आफै सुध्रेको देखियो’ उनले फेसबुक पेजमा लेखेकी छिन् ‘आज कार्यालयको एउटा कार्यक्रममा खाजा त्यहीबाट ल्याइएको रहेछ स्यान्डविचमा मुसाको ट्वाइलेट । केन्द्रीय प्रशासनिक क्षेत्रमा अवस्थित चमेना गृहको अवस्था त यस्तो छ भने अन्य स्थानको खाद्यान्नको गुणस्तर के होला, सोच्नेरबोल्ने को ?’
यो त एउटा उदाहरण मात्रै हो, सिंहदरवारस्थित प्रत्येकजसो मन्त्रालयका छेउछाउमा ठड्याइएका झोपडपट्टिहरुको अवस्था पनि यो भन्दा झन् दयनीय छ । सुविधा सम्पन्न संरचनामा सञ्चालन गर्न दिइएकै क्यान्टिनको अवस्था त यो छ भने टिनको छानामुनि प्लाईले बारेर बनाइएका अँध्यारा कोठाभित्र बन्ने खाना तथा खाजाको अवस्था के होला ? त्यो त स्वयं उपभोग गर्ने कर्मचारीहरूले मात्रै भोगेका छन् ।
केन्द्रीय क्यान्टिनको हकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई साता अघि गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला पारेसँगै तीन लाख जरिवाना गरेको थियो । तर दुई साता पछि पुनः खाजामा मुसाको लिँड फेला पर्यो ।
यसबारे खाजाको प्याकेटमा उल्लेखित दुबै मोबाइलमा फोन गर्दा उठेन ।
स्वस्थ र स्वच्छ खान पाउने उपभोक्ताहरूको अधिकार सिंहदरवारभित्रैबाट हनन भइरहेको छ भने दूर दराजका नागरिकको अवस्था के होला ? यस्ता गतिविधि रोक्न खोज्ने महानिर्देशक (सहसचिव)हरूको रातारात सरुवा हुन्छ तर हजारौँ कर्मचारीलाई गुणस्तरहीन खाना खुवाउने क्यान्टिनहरू भने निर्बाध रूपमा गल्ती दोहोर्याई रहँदा प्रशासनिक संयन्त्र फेलिएर भइसकेको नै हो त ?
पाएको सेवा सुबिधाको रकम जनताकै हितमा खर्चेको छुः अध्यक्ष सुबेदि ।
पोखरा ।
युवा समाजसेवी राजन सुवेदीले आफु जनप्रतिनिधि निर्वाचित भए पश्चात प्राप्त सम्पूर्ण रकम हरू समाजसेवामा खर्च गरेका छन । उनले फेसबुक मार्फत सम्पूर्ण रकम सार्बजानिक गरेका छन ।
उनले आफ्नो फेसबुकमा निम्नलिखित कुराहरू व्यक्त गरेका छन ।
जनताको सेवा बापत पाएको सेवा सुविधाकाे रकम जनताकै हितमा खर्चेको छु ।
जय रुपा
समृद्ध रुपा र मेरा सपनाहरु ……
रुपा बनाउन लागाै , रुपा बने तपाई हामी बन्ने हाे
जनप्रतिनिधि भएपश्चात् प्राप्त गरेको सेवा सुविधाको रकम यसरी खर्च गरिएको छः
१) बिरामी जनताको औषधोपचारः रु. १००००।-
२) जन्मदिनमा वृद्धाश्रममा लत्ताकपडा र खाद्यान्न सहयोगः रु. ३००००।-
३) शान्तिदिप युवा क्लब : रु. ५०००।-
४) सिद्धार्थ स्मृति क्लब : रु. ५०००।-
६) युवा प्रोत्साहन कार्यक्रम : रु. १००००।- ( माझकोट )
७) खेलकुद महासङ्घ, गण्डकी प्रदेश : रु. ५०००।-
८) सिद्धार्थ स्मृतिको भलिबल प्रतियोगितामा टिम दर्ता (रूपा-२) : रु.४०००।-
९) कालिका मावि, रूपा- १ मा विद्यार्थी पढाइ कार्यक्रम : रु.५०००।-
१०) रूपा गाउँपालिका स्थापना दिवसमा खेलाडीलाई यातायात खर्च : रु. ३०००।-
११) पूर्व विद्यार्थी मञ्च, शिवालय मावि : रु. ५०००।-
१२) सुकल्प समाज राष्ट्रिय महाधिवेशन : रु.५०००।-
१३) रूपा- २ अन्तर्गत साविकका वडाहरूमा खेल सामग्री वितरणतर्फः
* साविक- ९ : भलिबल १ थान
* साविक ८ : भलिबल ४ थान, जाली २ थान
* साविक ७ : भलिबल २ थान, जाली १ थान (माझकोट) र भलिबल १ थान, जाली १ थान (गैरीगाउँ)
* साविक ६ : भलिबल २ थान
१४) रूपा- ४ : भलिबल २ थान
१५) रूपा- ६, भिरचोक : २ थान भलिबल, १ थान फुटबल
१६) रूपा- ६ भँगरा : २ थान भलिबल
१७) रूपा- ६ आँपुखोला : १ थान भलिबल, १ थान फुटबल
१८) रूपा- ६ आँपुखोला : भाँडाकुँडा खरिदका लागि : रु. ७५००।-
१९) रूपा- १ : भलिबल २ थान
२०) रूपा- १, देउपुरबेँसी : भलिबल १ थान, जाली १ थान (हस्तान्तरण बाँकी)
२१) रूपा- ५, आँपुखोला : भलिबल १ थान, जाली १ थान (हस्तान्तरण बाँकी)
२२) देउराली बजार रुपा ५ – बल एक थान जालि एक थान
६) रूपा- ६, तालबेँसी : भलिबल १ थान (हस्तान्तरण बाँकी )
मैले जनप्रतिनिधि भएबापतको सेवा सुविधाको सबै रकम र मेरो केही थप रकम यसरी जनताको सेवामा खर्च गरेको छु । म चाहान्छु- जनप्रतिनिधिहरूले नि:शुल्क सेवा दिनुपर्छ (सकेसम्म ) मैले रूपा बनाउने कसम खाएको छु । सकेजति बनाउने दृढ इच्छाशक्ति छ । सबैको साथ पाएमा अझै धेरै गर्न सकिन्छ भन्नेमा विश्वस्त छु । मलाई थाहा छ, माथि उल्लिखित खर्चका शीर्षकहरूमा मात्रै खर्च गरेर पुग्दैन । मलाई यो पनि ज्ञान छ, मैले योगदान गर्नुपर्ने क्षेत्रहरू व्यापक छन् । आगामी दिनमा पक्कै पनि तपाईँहरूको सुझावका आधारमा योजनागत सुधार गर्ने नै छु । यो वर्ष केही विद्यालयमा पोशाक वितरण गर्ने योजनामा छु । नयाँ सालको शुभारम्भसँगै तपाईँको टोलका विद्यालयमा आउने छु । बाँकी अर्को वर्षमा……
लेखराज भट्ट भन्छन् – मुलुकलाई समृद्ध बनाउन समाजवादमा जाने एमालेको लक्ष्य हो !!
धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउन माजवादमा जाने एमालेको लक्ष्य भएको बताएका छन् ।
एमालेको धनगढी नगर स्तरीय जनसंगठनहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्टले यस्तो बताएका हुन् ।
उनले जनपक्षीय नीति र कामले मात्र समाजवाद स्थापना गर्न सकिने उल्लेख गरे ।
![]()
इन्चार्ज भट्टले भने, ‘संसद, सरकार हुँदै जनपक्षीय नीति बनाएर देशलाई समृद्धि बनाउदै नेपालीलाई सुखी र समृद्ध बनाउन समाजवादमा जाने हो। त्यसैका लागि पार्टीले दुई महिने ग्रासरुट अभियान चलाएको हो ।’
भट्टले हालै सम्पन्न भएका तीन तहका चुनावमा आन्तरिक समस्याले गर्दा पराजय व्यहोर्नुपरेको बताउदै पार्टीको नीति, सिद्धान्त र निर्णय पालन गर्न निर्देशन समेत दिए।
नेतृत्वसँग कार्यकर्ता मात्र नभएर जनतालाई पनि जोड्ने उद्देश्यले पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उनको भनाई थियो ।
किरण चेम्जोङ बने भारतीय आईलिगका उत्कृष्ट गोलकिपर !!

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय आईलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । आईलिगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन् ।
किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो । च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग आईएसएलमा बढुवा भएको छ ।
पञ्जाबले सन् २०१७/१८ पछि पहिलो पटक उपाधि जितेको हो । अघिल्लो वर्ष गोकुलम केरलाले उपाधि जितेको थियो । आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।
योजनावद्ध विकास आवश- नेकपा पृथ्वीसुव्वा गुरुङ
योजनावद्ध विकास आवश्यक ः उपमहासचिव गुरुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले योजनाबद्ध विकास अहिलेको आवश्यकता भएको बताएका छन् । देशको चौतर्फी विकासका लागि आवधिक कार्ययोजना आवश्यक हुने उनको तर्क थियो ।
उनले कार्यायोजना बिनाको कुनै पनि काम सफल नहुने भन्दै हरेक क्षेत्रमा यसको महत्व रहेको दाबी गरे । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको पोखरामा सम्पन्न तेस्रो बैठकलाई सम्बोधन गर्दै गुरुङले संगठनलाई चुस्त राख्नुपर्नेमा पनि जोड दिए । एमालेका जनसंगठनहरुमा रहेका कमजोरीहरुको खोजी र निराकण गर्नुपर्ने उनको धारणा थियो ।
कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त प्रधान हुने भएकाले संसाररभरका कम्युनिष्टहरुले विधिमा बसेर काम गर्ने गरेको पनि जिकिर गरे । ‘कहिलेकाहिँ पार्टीमा सिद्धान्त र विधिभन्दा व्यक्तिप्रधान भएको देखिन्छ, तर विशिष्ट परिस्थितिमा मात्रै त्यस्तो देखिएको हो’, गुरुङले भने,‘सिद्धान्त र विधिलाई व्यवहारमा लागू गर्नसक्ने, विशिष्ट परिस्थितिको सामना गर्नसक्ने व्यक्ति नै नेता हो ।’
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रस्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए । आचार्यले सूचना र सञ्चारको युग भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरुले आत्मसाथ गर्नसक्नुपर्ने बताए ।
बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी इञ्चार्ज रामकृष्ण ज्ञवाली, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, सचिव शुष्मा पौडेल र कोषाध्यक्ष इन्द्र आचार्यलेलगायतले बोलेका थिए । बैठकले संगठन सुदृढीकरणसहित प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले राखेका २१ प्रस्ताव पारित गरेको छ । बैठकबाट विभिन्न विभाग गठन गरिएको महासचिव आश गुरुङले बताए ।
दोस्रो टिका कार्की स्मृति भलिबल कपको उपाधि सनराईज युथ क्लबलाई ।
सिडनी, अष्ट्रेलिया ।
दोस्रो टिका कार्की स्मृति भलिबल कपको उपाधि सनराईजलाई ।
दोस्रो टिका कार्की स्मृति भलिबल कपको उपाधि सनराईज युथ क्लब अष्ट्रेलियालाई ।
अष्ट्रेलियाको सिडनीमा बागलुंग समाज अष्ट्रेलियाले आयोजना गरेको दोस्रो टिका कार्की स्मृति भलीबल कप २०२३ को उपाधि सनराईज युथ क्लब अष्ट्रेलियाले उचालेको छ ।
सनराईज युथ क्लबले पहिलो खेल गोल्डेन ब्वाइज, दोस्रो खेल ढोरपाटन र फाइनल खेलमा म्याग्दि काली लाई हराउदै उपाधि उचालेको हो । उपाधि उचालेर सनराईज युथ क्लब अष्ट्रेलियाले प्रथम पुरस्कार को रुपमा २२०० अष्ट्रेलियन डलर, कप, सर्टिफिकेट र गोल्ड मेडल प्राप्त गरेको छ ।
सनराईज युथ क्लबको नेतृत्व कप्तान खीम मल्लले सम्हालेका थिए भने खेलाड़ीहरूमा चन्द्र बहादुर घर्ती मगर, बिजय लामा, सुरेश मल्ल, राजु शेरचन, प्रेम क्षेत्री, कृष्ण पाण्डे, याम बहादुर रोका, बम बहादुर काउछा पुन, मदन काऊछा, खेमु केसी र नसीन थापा रहेका थिए । क्लबको म्यानेजरको रुपमा मन गुरुंग र प्रशिक्षकमा श्याम कुमार थापा मगर ले जिम्मेवारी सम्हालेका थिए ।

क्लबका संस्थापक राजु गौचनले उपाधि हात पारे पश्चात सबै खेलाड़ीहरूमा खुशी व्यक्त गर्दे बधाई तथा सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए र आयोजक लाई बिशेष आभार प्रकट गर्दे टिका कार्की प्रति भाबपूर्ण श्रदांजली अर्पण समेत व्यक्त गरेका थिए ।
त्यस्तै क्लबका अध्यक्ष सुरेश मल्लले आफ्नो नेतृत्वमा सनराईज युथ क्लबले उपाधि हात पार्नु एक गर्व अनी खुशीको कुरा रहेको बताए साथै सहभागी सम्पूर्ण खेलाड़ीहरूमा धन्यवाद सहित आगामी दिनहरुमा समेत आयोजना हुने बिभिन्न भलीबल कपहरूमा आफ्नो क्लबको बलियो उपस्थिति रहने समेत बताएका छन त्यस्तै प्रायोजक र सहयोगी मनहरू प्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।
उक्त खेलमा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका उपाध्यक्ष प्रकाश सुबेदि सहितको टोली मैदानमा सनराईज युथ क्लबको समर्थनको निम्ति रहेका थिए ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्यका संयोजक तथा समाजसेवी देब गुरुंगको आतिथ्यतामा पुरस्कार वितरण गरीएको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको कुरा सनराईज युथ क्लबका सक्रिय सदस्य तथा खेलाड़ी खेमु केसीले बिश्वपाटीलाई बताएका छन ।
जुत्ता चप्पल मेला बन्द गर्न माग गर्दै सिडियोलाई ज्ञापन
जुत्ता चप्पल मेला बन्द गर्न माग गर्दै सिडियोलाई ज्ञापन ॥
भरतपुर । चितवन जुत्ता चप्पल मेला रोक्न माग गर्दै फेन्सी व्यवसायी संघ चितवनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । औद्योगिक प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि सञ्चालित मेलाका कारण साना व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
मेलाले चितवनमा व्यवसाय गरिरहेका फेन्सी व्यवसायीलाई प्रत्यक्ष असर गरेको व्यवसायीको गुनासो छ । नेपाली उत्पादनको प्रबद्र्धन हुनु सकारात्मक पक्ष भएपनि व्यवसायीका गोदाममा जुत्ता चप्पल विक्री नभई थन्किएको अवस्थामा उद्योगले ज्यादै न्युन दर राखेर मेलामा जुत्ता चप्पल विक्री गर्दा व्यवसायीलाई असर पुगेको उनीहरुको भनाइ छ ।
‘चितवन जुत्ता चप्पल मेला तत्काल बन्द गराई हामी साना व्यवसायीलाई सहज रुपमा व्यवसाय सञ्चालन गरी व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य गर्नुहुनको लागि ज्ञापन पत्र पेश गर्दछौँ’, सिडियोलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । मेला लामो समयसम्म चल्दा कर तिरेर बसेका व्यवसायीलाई असर पुगेकोमा आफु जानकार रहेको सिडियो पौडेलले बताए।
इटहरीका पूर्व मेयर द्वारीकलाल एमालेमा फर्किए, भन्छन्- मैले बनाएको घरमा अरूको रजाइँ सहन सकिन
इटहरीका पूर्व मेयर द्वारीकलाल एमालेमा फर्किए, भन्छन्- मैले बनाएको घरमा अरूको रजाइँ सहन सकिन ॥
विराटनगर । इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किने भएका छन् ।
एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।
मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए ।
निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने- सुनसरीमा एमाले बनाउन द्वरीकले जति मेहनत कसले गरेको छ ? १,२,३,४ नाम दिनुस् ।
एमाले बनाउने म रजाइँ गर्ने अरू ? प्रश्न गर्दै उनले आफूले बनाएको घर फर्कन कसैलाई सोध्न नपर्ने बताए ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा