२०८३ जेष्ठ २७ बुधबार

कान्तिपुर मिडियाको सबै बैंक खाता रोक्का ।

कान्तिपुर मिडियाको सबै बैंक खाता रोक्का ।

काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाताहरु रोकिएका छन् । श्रम अदालतको फैसला कार्यान्वयनका क्रममा राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाता रोक्का गरिएको हो ।

‘श्रम अदालतको फैसलाअनुसार हामीले कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेका छौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डुसँग भन्यो ।

कान्तिपुरमा कार्यतर यदुप्रसाद पोखरेलसहित तीन जनाले श्रम अदालतमा दायर गरेको मुद्दाको पक्षमा फैसला भएपछि उक्त फैसला कार्यान्वयनका लागि कान्तिपुरको स्थायी लेखा नम्बर (प्यान नम्बर) उल्लेख गरेर खोलिएका सबै खाता रोक्का गरिएको हो ।

स्ववियु निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार (आज) उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १ बजेसम्म निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

उम्मेदवारी दर्ता शनिवार गरिएको थियो भने आइतबार दाबी विरोध भएको थियो। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचन तोकिएको छ। देशभरिका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।

दुई/दुई वर्षको फरकमा हुनु पर्ने स्ववियु निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । यसअघि निर्वाचन २०७३ चैत १५ गते भएको थियो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा!

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ ।


प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुुने उनको भनाई छ । ‘विगतमा हातले रिपोर्ट लेख्नु पर्थ्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे’, उनले भने, ‘अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।’

उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ ।

यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलो पटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उनले बताए ।

बुद्ध एयरले एकैपटक चार गन्तव्यबाट सुरु गर्‍यो पोखरा विमानस्थलमा रात्रिकालीन उडान

निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ। बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा, भद्रपुर विमानस्थलबाट एक, भैरहवा विमानस्थलबाट एक र नेपालगञ्ज विमानस्थलबाट एक उडान गरेको हो।
एयरका अनुसार भद्रपुरबाट राति पोखरा आएको जहाज विमान भद्रपुर फर्कने छ। यसैगरी नेपालगञ्ज र भैरहवाबाट राति आएको जहाज पनि बिहान सोही गन्तव्यमा फर्कने छ भने काठमाडौंबाट गएको जहाज काठमाडौं फर्कनेछ।

बुद्ध एयरले काठमाडौंलाई वेस बनाएर माउन्टेन, भद्रपुर, विराटनगर, तुम्लिङटार, सिमरा, राजविराज, जनकपुर, भरतपुर, भैरहवा, सुर्खेत, नेपालगञ्ज र पोखरामा उडान गरिरहेको छ। बुद्ध एयरसँग सबै एटीआर जहाज छन्।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

डिल्ली शर्माको नेतृत्वमा १२ सदस्यीय नयाँ साउदर्न हाईल्याण्ड नेप्लीज कम्युनीटी गठन ।

सिडनी,

साउदर्न हाईल्याण्ड नेपलिज कम्युनीटी, न्यु साउथ वेल्स ले डिल्ली शर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कमिटि सर्वसम्मत रूपमा चयन गरेको छ ।

नव गठित कार्य समिति मा ।

अध्यक्ष: डिल्ली शर्मा

उपाध्यक्ष: कृष्ण प्रसाद सुबेदी

महा सचिव: अनिल शाक्य

सचिव: भुपेन्द्र खड्का

कोषाध्यक्ष: श्रुति तुलाधर

सदस्यहरुमा:
– सिम्रन कंडेल
– लाक्पा डोम शेर्पा
– उज्ज्वोल पोख्रेल
– ऋषि गौतम
– कैलाश अधिकारी
– बोध बहादुर थापा र
– एन्जल श्रेष्ठ

गरी १२ सदस्यीय कमिटी चयन गरेको छ त्यस्तै कम्युनिटीको संरक्षकमा
– परसु राम अधिकारी
– अरुण गौतम
– सन्तोष बडाल रहेका छन भने

सल्लाहकारहरुमा
– अर्जुन चौलागाईं
– राम के सी
– सावित्री पौडेल
– दिपेन्द्र सुबेदी रहेका छन ।

त्यसै गरी कम्युनीटीले फेसबुक मार्फत धन्यवाद ज्ञापन समेत गरेको छ उक्त ज्ञापन

“ सिड्नि देखि हाम्रो निमंत्रणालाई स्विकार गर्दै उपस्थित हुनु भयका हाम्रो संस्थाको संरक्षक Parashu Ram Adhikari तथा Arun Gautam ज्युलाई हार्दिक आभार व्यक्त गर्दछौँ ।

साधारण सभा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण कार्यसमितिका साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

साउदर्न हाईल्याण्ड नेपलिज कमिटि २०१९ – २०२३ कर्येकाल सफल बनाउन डटेर लागि पर्नुहुने संस्थापक पूर्व अध्यक्ष / हालका संरक्षक सन्तोष बडाल लगाएत सम्पूर्ण कर्येसमतिका सदस्यहरु प्रति हार्दिक धन्यवाद ।

साथै होलि तथा BBQ कार्येक्रम लाई सफल बनाउन सहयोग पुर्याउनुहुने विजय श्रेष्ठ, अनील शाक्य, कृष्ण सुबेदी तथा सबैलाई हृदये देखीनै आभार ।

उपस्थित सम्पुर्ण महानुभावहरुमा हार्दिक नमन गर्दछौँ ।

तपाई हरुको माया तथा सद्भाव सधै यस्तै पाइराख्ने कुरामा हामी बिस्वोस्त छौ ।

साउदर्न हाईल्याण्ड नेपलिज कम्युनिटि परिवार 🙏”

उक्त कम्युनीटीले बिगतका समय देखी नेपाली समाज भित्र आइपर्ने समस्या, मनोरंजन, संस्कृतिको जगेर्ना र आवश्यकीय कामहरू समाजमा गर्ने गरेको छ र आगामी दिनहरूमा समेत कम्युनीटीले समाजको निम्ति काम गर्ने समेत नव गठित कमिटीले बताएको छ ।

आधा घण्टाको फरकमा भूकम्पका दुई धक्का !!

काठमाडौं । अछाममा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।
३२ मिनेटको फरकमा देशका भिन्दाभिन्दै स्थानमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको हो ।

केन्द्रका अनुसार आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।
३२ मिनेटको फरकमा देशका भिन्दाभिन्दै स्थानमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको हो ।

सङ्कटबाट जोगाउन आर्थिक सहयोग वृद्धि गर : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठुला विश्वव्यापी सङ्कटहरू सामना गरिरहेका अति कम विकसित देशहरूको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरूसमक्ष आग्रह गरेका छन् ।

कतारको दोहोमा जारी अति कम विकसित राष्ट्रहरूको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विकास साझेदारहरूसँग सहयोग प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।

‘बढ्दो ऋण तथा मुद्रास्फितीको चुनौतीलाई जित्नका लागि ऋण सहुलियतसहित औपचारिक विकास सहयोगमा विस्तार गर्न ठोस कदम चाल्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

श्रेष्ठले धेरै सङ्कटहरूको सामना गर्दै आएका अति कम विकसित देशहरूका लागि उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठुलो लगानी आवश्यकता रहेको बताए ।
‘अति कम विकसित देशहरूलाई गुणस्तरीय र दिगो ऊर्जा, यातायात र डिजिटल कनेक्टिभिटीको भरपर्दो पूर्वाधार अहिले झनै आवश्यक भएको छ,’ श्रेष्ठले भने ।
यस्तै विश्वव्यापीकरणले सिर्जना गरेको विकासको प्रतिफलबाट दशकौँदेखि अति कम विकसित देशहरूलाई वञ्चित गरिँदै आएको पनि उनको गुनासो थियो ।
यस क्रममा उनले सबैभन्दा जोखिममा रहेको समाजलाई सुरक्षित गर्न र विकास तथा मानव स्रोतको सम्भावना उपयोगका लागि सामाजिक सुरक्षाको समृद्धि र भरपर्दो स्वास्थ्य प्रणाली आवश्यक रहेको औँल्याएका थिए ।

निरीक्षण भ्रमण कार्यक्रम l

निरीक्षण भ्रमण कार्यक्रम l

मिति २०७९।११।१९ गते तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङ ज्यू जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पाल्नु भई भौतिक पूर्वाधारहरू, प्रहरी कर्मचारी, मेश, ब्यारेक, सम्पूर्ण शाखाहरूको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कार्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभयो ।
Bishwopati.com

फेवातालमा डुंगा पल्टिदा १ घाइते !!

फेवातालमा डुंगा पल्टिदा १ घाइते

पोखराको फेवातालमा आज डुङगा पल्टिदा पोखरा १ बस्ने ७० वर्षिया यममाया गिरी गम्भीर घाईते भएकी छिन् । डुङ्गामा ६ जना सवार रहेकोमा ५ जनाको सकुशल उद्धार गरीएको छ । घाईते अवस्थामा उद्धार गरीएकी वृद्धको गण्डकी मेडीकल कलेज पोखरामा भेण्टीलेटरमा राखि उपचार भईरहेको छ । घाईते गिरीसहित डुङ्गामा सवार सबैले लाईफ ज्याकेटको प्रयोग गरेको भएपनि गिरीलाई डुबेको डुङ्गाले च्यापेको थियो । हवाहुरीले अन्य ४ ओटा कायकिङ डुङ्गालाई समेत अनियन्त्रित गराएको थियो ।अचानक आएको हावाहुरीले प्रसिद्ध तालवाराही मन्दिर नजिकै डुङ्गा अनियन्त्रीत गराई पल्टिएको हो ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय