‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै !!
काठमाडौँ । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरू हुँदैछ ।
लिग अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र थ्री स्टारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र शेर्पाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
च्यासल मैदानमा हुने एक मात्र खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । नवप्रवेशी चर्च र पुलिसबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । लिग यस पटक दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
आजको मौसम कस्तो रहला ?
काठमाडौँ । देशका केही भू-भागमा आज (शुक्रबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागले आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यूएईविरुद्ध ३ विकेट लिएसँगै विश्वकप लिग २ मा सन्दिपले हासिल गरे ठुलो सफलता !!
आजको खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै सन्दिप लामिछानेले ठुलो सफलता हासिल गरेका छन् ।
विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् ।
आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ । नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए ।
आज क्रिकेमा नेपालका दुवै टोली युएईविरुद्ध खेल्दै
काठमाडौँ । नेपाली क्रिकेटका लागि आज महत्त्वपूर्ण दिन रहनेछ । नेपालको सिनियर र उमेर समूहको दुवै राष्ट्रिय टोलीले आज युएईसँग खेल्दै छन् । दुवै खेल युएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप नै छ ।
सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको निकै नजिक छ । त्यसैले यु-१९ टोलीको खेल निकै महत्त्वपूर्ण हुनेछ ।
अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र युएई खेल्दै छन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ ।
६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैले नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ । उता नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न युएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ । लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई युएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।
यस खेल जितेमा नेपालको ३० खेलबाट (घ) अङ्क हुनेछ र नेपाल युएईलाई पछि पार्दै ७ राष्ट्र सहभागी लिग टु मा पाँचौँ स्थानमा समेत उक्लनेछ । नेपालले अब ७ खेल खेल्न बाँकी छ । जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ । युएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । युएई शृङ्खलाको पहिलो खेलमा पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
युएई २९ खेलबाट २९ अङ्कसहित पाँचौँ स्थानमा छ । ३० खेलबाट ७ अङ्क रहेको पपुवा न्यु गिनी अङ्कतालिकामा पुछारमा रहने पक्का भइरहेको छ।
केपी ओली कपको उपाधि मच्छिन्द्रले जित्यो !!
काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । त्यसअघि मच्छिन्द्रका लागि खेलको ५ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदोबाटोका लागि खेलको १८ औँ मिनेटमा जोर्डन ओवानाले गोल गरेका थिए ।

उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो ।
गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित !
काठमाडौँ । गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि १० मिनेट सभा स्थगित भएको थियो ।
यसपछि आजै बसेको १७ औँ बैठकमा सरकारले विजनेश दिन नसक्दा सभा अनिश्चितकालका लागि स्थगित भएको हो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जनाए ।
प्रदेशसभाबाट फागुन १४ गते दुई वटा प्रतिस्थापन विधेयक पारित भएको थियो । ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिस्थापन विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिस्थापन विधेयक’ पारित भएको थियो । उक्त विधेयक फागुन ८ गते आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले प्रदेशसभामा प्रस्तुत गरेका थिए । फागुन १० गते सामान्य छलफल र फागुन १४ गते दफावार छलफलपछि ती विधेयक पारित भयो । बुधबार भने प्रदेश प्रमुख गुरुङले सम्बोधन गरेपछि सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।
नेविसङ्घले खटायो स्ववियू निर्वाचनका लागि प्रतिनिधि
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि आज उपत्यकाका ३५ क्याम्पसमा नेविसङ्घका नेतालाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको हो ।
नेविसङ्घ केन्द्रीय स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक इन्जिनियर भुवन भट्टले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि फागुन १९ गते क्याम्पसमा सङ्गठन दर्ता गर्दा उत्साहजनक सहभागिता गराउन र आफ्नो उम्मेदवारलाई विजय गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।
नेविसङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रविन कैनी, पद्मकन्या क्याम्पसमा करिना पुरी, त्रिचन्द्र क्याम्पसमा सुवास पौडेल, शङ्करदेव क्याम्पसमा विष्णुहरि खड्का, महाराजगञ्ज चिकित्सा क्याम्पसमा विनोद शाही ठकुरी, पशुपति बहुमुखी क्याम्पसमा जयराम बडाल, वाल्मिकी क्याम्पसमा अर्चना रेग्मी, ग्रामीण आदर्श क्याम्पसमा सुशान्त आचार्य र अमृत क्याम्पसमा ताराबहादुर थापालाई प्रतिनिधिका रूपमा तोकिएको छ ।
यस्तै पाटन क्याम्पसमा प्रविन ज्ञवाली, विश्वभाषा क्याम्पसमा धर्मराज शाही, सरस्वती क्याम्पसमा शोभा बस्ताकोटी, काठमाडौँ शिक्षा क्याम्पसमा सुजन बञ्जारा, आरआर क्याम्पसमा गणेश टन्डन, नेपाल ल क्याम्पसमा राजकुमार बस्नेत, नेपाल कमर्स क्याम्पसमा तीर्थ मिश्र, कोटेश्वर क्याम्पसमा एञ्जर कार्की, सानोठिमी क्याम्पसमा जगतजङ्ग विष्ट, आयुर्वेद क्याम्पसमा राजकुमार भट्टराई र पिपल्स क्याम्पसमा पवन थापालाई तोकिएको छ ।
यसैगरी ललितकला क्याम्पसमा सुवास पुरी, मनहरा क्याम्पसमा विजेन केसी, वानेश्वर क्याम्पसमा उत्तम कार्की, भक्तपुर क्याम्पसमा अनिल सापकोटा, एनआर क्याम्पसमा सुनील शर्मा, जनप्रशासन क्याम्पसमा कृष्ण सुवेदी, पब्लिक युथ क्याम्पसमा सुजन बुढामगर, महेन्द्ररत्न क्याम्पसमा गणेश भण्डारी, जनमैत्री क्याम्पसमा उत्तम सुवेदी र कैलाशकुट क्याम्पसमा बिन्दा बोगटीलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको संयोजक भट्टले बताए ।
आज पहिलोपटक पोखराबाट रात्रिकालिन हवाई यत्राको शुरुवात !!
आज भद्रपुर देखि उडेको बुद्ध एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साझ ८:०५ बजे अवतरण गरेको छ ।
शनिबार जन्मिएका व्यक्तिहरु यी ५ कारणले भाग्यमानी हुन्छन् ।
सिडनी,
ज्योतिषी शास्त्रीका अनुसार हामि कति भाग्यमानी छौ भन्ने बारे बारले बताउने गर्छ । सात बारमा शनिवार जन्मिएका व्यक्तिहरु धेरै भाग्यमानी हुने ज्योतिषी शास्त्रीमा बताइएको छ ।
तर शनिवार जन्मिएका व्यक्तिहरु कति भाग्यमानी छन् त भन्दा ज्योतिषी शास्त्रीका अनुसार शनिवार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ ।
जुनसुकै व्यक्तिले विभिन्न समस्याहरुबाट छुटकरा पाउन शनिलाई न्यायप्रेमी देवताको रुपमा मानिने हसनाले शनिदेवको रुपमा पिपलको रुख तथा अन्य ठाँउमा पुजा गर्ने गर्छन् । शनिवार जन्मेका व्यक्तिहरु धेरै भाग्यमानी हुने गर्५न । यस्ता व्यक्तिहरुमा बिभिन्न विशेषताहरु हुने गर्छन् ।
जस्तै शनिवार जन्मेका मानिसहरु अन्याय नसहने हसन्छन् । त्यस्तै सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन् ।त्यसैगरी निकै बुद्धिमानी , गम्भिर र जिम्मेवार स्वभावका हुन्छन् । (यो दिन जन्मका मानिसहरु अन्याय नसहने र सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन् ।त्यस्तै कपडाहरु पनि सामान्य प्रकारको भएपनि ब्रान्डेड खालका लगाउने स्वभावका हुन्छन् ।
साना तथा ठुलाको सम्मान गरी धेरै मान प्रतिष्ठा कमाउछन् ।त्यस्तै यस्ता मानिसहरु अर्काको नोकरी भन्दा पनि आफ्नो व्यापार गर्न मन लगाउछन् । रिसालु स्वाभावको भएपनि यिनीहरुको बाल्यकाल एकदमै कष्टपूर्ण र जीवन खुशी र सुखमा वित्छन् । तर शनिबार जन्मिएका व्यक्तिहरु लाई २० ,२५ र ४५ वर्षको उमेरमा केही अप्ठ्यारो समस्याहरु हुन्छन् ।
नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलियो-परराष्ट्रमन्त्री पौड्याल
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि प्रश्न उठेको छ ।
सोमबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू जान नपाएको बताइन् । मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा कोइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । कोइरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ति गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको मन्त्री पौड्यालले जानकारी गराइन् ।
मन्त्री पौड्यालले भनिन्, ‘जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौँ । उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ । तर, औपचारिक रूपमा यसको निर्णय भइसकेको मलाई थाहा छैन । र सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ । तर यसको कानूनी हैसियत के हो ? कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यस्ता केही कानूनी कुराहरु छन् । जसलाई प्रष्ट पार्नुपर्ने जरुरी हुन्छ ।’
नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्नेमा जोड दिइन् । मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुने बताइन् ।
नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको उनको टिप्पणी थियो । विदेशी प्रतिनिधिको भेटमा भेटहरुमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको स्मरण गराउँदै उनले दलका नेताहरूले कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेका बताइन् ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा