२०८३ असार ५ शुक्रबार

अष्ट्रेलियामा चम्कीदै कान्छा युवा ज्योतिष पण्डित ।

सिडनी, अष्ट्रेलिया ।

अष्ट्रेलिया अहिले नेपाली बिध्यार्थीहरूको सपनाको सहरको रुपमा चिर परिचित छ भन्ने कुरामा खासै फरक नपर्ला आफ्नो बिद्यालय काल नेपालमा पूर्ण गरेपछी गन्तव्यको रुपमा अष्ट्रेलियालाई लीने गरेको पाइएको छ । यसका कारण अष्ट्रेलियामा अहिले नेपालीहरूको संख्यामा तीव्र बृद्धि रहेको पनी छ ।

आफ्नो धर्म, संस्कार, संस्कृति अनी रीतिरिवाज संसारको जहाँ पुगे पनी रही नै रहने कुरा हो भन्नेमा दुईमत छैन।

यसैले पनी बिदेशमा हिन्दू परम्परा अनुसार गरीने कर्मकाण्डको निम्ति पण्डितको आवश्यक हुंछ नै यही आवश्यकता पुरा गर्ने हरू मध्यका एक हुन युवा ज्योतिष पण्डित प्रकाश गैरे । उनी उमेरले अष्ट्रेलिया कै कान्छो ज्योतिष पण्डितको रुपमा प्रख्यात छन । उनी आफ्नो नाम जस्तै उज्यालो, मिजासिलो अनी परिपक्व छन ।

पहाड़ घर बागलुंग भए पनी हाल लाई स्थायी बसोबास चितवन रहेको र करिव ४ वर्ष अघी अन्तराष्ट्रिय बिध्यार्थीको रुपमा उनी अष्ट्रेलिया प्रवेश गरेका थिए ।

भारतको बृन्दाबन अनी नेपालको देबघाटमा रहेको गुरुकुलमा रहेर उनले आफ्नो अध्ययन पूरा गरेका हुन । उनले अष्ट्रेलियामा कानुन बिषयमा स्नातक समेत गरेका छन ।

नेपाली समाज मात्र नभईकन भारतीय समाज संग समेत उनले नजीक रहेंर काम गरेको बताऊछन । बिसेश गरी नेपाली समाजमा सानो उमेरको पण्डितको रुपमा कसैको बारे चर्चा गर्नुपूर्व उनको नाम आऊने गरेको छ ।

सन २०१८ मा आयोजना भएको ४ औ दक्षिण एसियन एष्ट्रों कनफ़्रेन्स मा माता बिन्ध्यबासिनी सम्मान बाट समेत सम्मानित भएका छन । सोही वर्ष २०१८ मा उनले सर्बोत्कृष्ट युवा ज्योतिष सम्मान बाट समेत सम्मान प्राप्त गरेका थिए । यो संगै उनी बिभिन्न नेपाली संघ संस्था बाट नेपाली समाजमा पुर्याएको योगदान स्वरूप कैयौ पटक सम्मानित समेत भईसकेका छन भने सामाजिक भावनाले ओतप्रोत उनी बिभिन्न सामाजिक संस्थामा समेत आवद्ध छन ।

उनले २०२२ को अक्टोबर अनी नोभेम्बरमा अष्ट्रेलिया टूर समेत गरीसकेका छन उनी उक्त टूरमा बैदिक गोष्ठी अनी बिवाह, ब्रतबन्ध, घर पुजा लगायतको कार्य समेत गरेका थीए ।

नेपाली समाजको उल्लेख्य साथ अनी मायाले यहाँ सम्म आईपूगेको उनी बताऊ छन । अष्ट्रेलियामा जन्मीएका अनी हुर्केका नयाँ पुस्ताका नेपालीहरू लाई आफ्नो धर्म, संस्कारको बारेमा औपचारिक ज्ञान प्रदान गर्ने उनको उद्देश्य समेत रहेको बताएका छन यसै सम्दर्भमा बिभिन्न कलेजहरू गई आफ्नो उद्देश्य अनी नेपाली समाज प्रतीकों धर्म सम्बन्धी दायित्वको बारेमा आफ्नो धारणा व्यक्त गरेको बताऊछन ।

केवल कर्म काण्डमा मात्र सीमित नभई औपचारिक रुपमा हिन्दू धर्मलाई संरक्षण गर्नको निम्ति आवश्यकीय अध्ययनको समेत आवश्यक रहेको बताए । उनलाई बिश्वपाटी संवाददाता ले गरीएको प्रश्नमा तपाइको प्रेरणाको श्रोत चाही? “मेरो बुवा ज्योतिष भीम प्रसाद गैरे बुवा पनी ज्योतिष भएका कारणले सानो उमेर देखी त्यही रहन-सहनमा हुर्किए अनी त्यहीमा रुचि जाग्यो र लागे पनी राम्रो भएको छ अहिले सम्म यति हो आउने नयाँ पुस्तालाई धर्मको बारेमा बिज्ञान अनी बैदिकको समिश्रण सहित के कसरी प्रचार र संरक्षण गर्न सकीने कुरामा चासो रहेको छ “ उनले बताए ।

उनी हाल अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्य एड़ीलेडमा केही समय अघी मात्र सरेका छन अब उनी एडिलेड देखी आफ्नो सेवाहरू प्रदान गर्ने भएका छन ।

संवादक- तपाई संग पनी यदि केही बिषय बस्तु प्रकाशन गर्नु छ भने कृपया हामीलाई समझनुहोस ।

नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय

काठमाडौँ । a गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

एमाले सचिवालय बैठक सुरु ! !

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले कार्यालय सचिव डा.भीष्म अधिकारी जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

सरकारबाट बाहिरिने राप्रपाको निर्णय !!(विज्ञप्ति सहित )

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

‘’हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको युवा तथा जुनियर संयोजक मा रमेशराज भण्डारी

जुनियर/ युबा संयोजक मा भण्डारी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको युबा तथा जुनियर संयोजक मा रमेशराज भण्डारी चयन हुनुभएको छ । कास्की जिल्लाको ३४ औं जिल्ला अधिबेशन बाट लोकपिर्य मतका साथ निर्बाचित भण्डारी जुनियर र युबा सर्कलमा लामो समय काम गरेको साथै नेरेशो केन्द्रीय कार्यलयबाट उत्कृष्ट युबा को रुपमा पनि सम्मानित भईसक्नुभएको छ । कास्की जिल्लमा २०० वटा जुनियर / युबा सर्कल र सामुदाय तर्फ ५० गरि २५० सर्कल र करिब ३०००० सदस्य रहेको सर्कलहरुको संयोजक भण्डारी लाई प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा अग्सर भण्डारी लामो समयदेखि रेडक्रस अभियानमा रहनुभएको र जुनियर रेडक्रस सर्कल माछापुच्छ्रे माबि कक्षा ८ मा सभापति बाट सुरु गर्नुभएको भण्डारी हाल ढिकुरपोखरि उपशाखाको सचिब हुँदै गत पौष ३० मा सम्पन्न कास्की शाखाको निर्बाचनमा लोकपिर्य मतले बिजयि हुनुभएको थियो ।

विश्वकप लिग टु मा परेनन् सन्दीप

काठमाडाैँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेलमा पर्ने सम्भावना कम रहेको छ।

स्रोतका अनुसार लामिछानेलाई टिम सहभागी गराउने सम्भावना कम छ। बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले युएई जाने खेलाडीको सूची तयार गरेको हो। त्यसमा लामिछानेकाे नाम नरहेको बताइएको छ।

स्रोतका अनुसार कानुनी समस्याले गर्दा उनलाई टिममा तत्काललाई नराखिएको हो। क्यान स्रोतले भन्यो, ‘कानुनी प्रक्रिया हामीलाई थाहा छैन। सन्दीपलाई राखेर पनि नराखेर पनि हामीले खेलाडीको सुची तयार गरी सकेका छौँ। सन्दीपको ठाउँमा को हुनहुन्छ खुलाउन मिल्दैन। अब सर्वोच्चको ठोस निर्णय आएपछि सन्दीपलाई टिममा समावेश गर्ने छाैँ। उनको पक्षमा फैसला भए अन्तिम म्याचमा पनि खेल्न पठाउने छौँ।’

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदै छ भने सन्दीपको मुद्दाको फैसला १२ गते हुने छ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा रहेको छ। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा र १० वटा सर्तमा छाडेको थियो। उक्त फैसला पश्चात् उनलाई क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने टिममा समावेश गरेको थियो।

नेप्से परिसूचक ५७.७४ अंकले गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।

बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो। राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ। बिहीबार ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ।

नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.९५ अंकले, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा नेप्से घटेपनि कारोबार रकम भने बढेको छ।

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ। लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। आज छिमेक लघुवित्त ८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र नेपालबीच भेटवार्ता

११ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका सन्दर्भमा दुबै नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चुनावपूर्वको गठबन्धन ब्यूताउँने प्रयास भइरहेको बेला प्रधानमन्त्री दाहाल र नेपालबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालबीचकाे भेटमा पनि चुनावपूर्वको गठबन्धन ब्यूताउने सहमति भएको थियो।

स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता!!

काठमाडौँ । बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।

मन्त्री गिरीले भेटमा विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि आभार प्रकट गरेका थिए ।

विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

साथै मातृ शिशु स्वास्थ्य, २०७२सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए ।

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने !

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय