२०८३ असार ५ शुक्रबार

सञ्जालद्धारा सिडनीमा उत्प्रेरणा मुलक सत्संग एवं भक्ति संगित कार्यक्रम सम्पन्न ।

सिडनी ।

सञ्जाल द्धारा सिडनीमा उत्प्रेरणा मुलक सत्संग एवं भक्ति संगित कार्यक्रम सम्पन्न ।


सकारात्मक सोच बाट मनलाई खुशी राख्ने उपाए, जीवन जिउने कला तथा उत्प्रेरणामूलक ज्ञान सिप प्राप्त गरी ईश्वरीय साक्षरता कसरी पूाप्त गर्न सकिन्छ् भन्ने सन्देश मुलक उद्धेश्यले आज एक कार्यक्रम न्यू साउथ वेल्स सिडनीको रकडेल स्थित झरना फुडसल सेन्टरमा सत्संग एवं भक्ति संगित साक्षरता कार्यक्रम सम्पन्न
भएको छ। रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया(RSNA) को आयोजनामा भएको सो कार्यक्रममा पण्डित प्रकाश ढोगरीको स्वस्ती वाचन बाट शुरु गरिएको सो कार्यक्रममा सञ्जालका अध्यक्ष श्री मुक्तिराम पोखरेलको अध्यक्षतामा उपाध्यक्ष दिवाकर काफ्लेको स्वागत मन्तव्य एवं महासचिव रंजिता भण्डारीको सञ्चालन भएको थियो।


सो कार्यक्रमा प्रमुख अतिथी श्री व्यास चन्द्र भुवन गुरुज्यूले कर्मभुमिमा बसेर पनि जीवनलाई सुख शान्ति इश्वरीयता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह साथ सारगर्भिक भक्ति संगित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रका विशिष्ट अतिथी न्यू साउथ वेल्स अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदुत दिपक कुमार खड्काले आफ्नो
धारणा राख्दै यस्ता कार्यक्रहरुले नैतिक शिक्षा तथा ज्ञानज्ञुनका कुरा प्राप्ती भई जीवन जगतलाई बुझि हाम्रो सनातन धर्म, संस्कार संरक्षणमा टेवा पुग्ने हुंदा सो कार्यक्रको र्सहना गर्नु भएको थियो। सो कार्यक्रममा सञ्चालक संरक्षकहरु क्रमश श्री राज खनाल, श्री कृष्ण गैरे, श्री ईश्वर पोखरेलज्यूहरुले समाजमा योगदायन पूर्याउनु हुने व्यक्तित्वहरु क्रमश NRNA USA का पूर्व कोषाध्यक्ष एवं अनेसासको Trustee नेत्रवन्धु पोखरेल, NSW का अवैतनिक महावाणिज्यदुत दिपक कुमार खड्का, पण्डित प्रकाश ढोगरी, सनातन समाज अष्ट्रेलियाका् संरक्षक एवं फोकाका अध्यक्ष डा. कृष्ण हमाल साहित्यिक प्रवक्ता विदुर सापकोटा, महिला सामाजिक अभियन्ता जानकी पौडेल, ज्याङ्गजी खरेल, पत्रकार नविन गौतमज्यूहरुलाई खादा ओढाई सम्मान गरिएको थियो।


सो कार्यक्रममा नेपाल अभिभावक संघ कोग्रा, रकडेलका अभिभावक समुदायका अगुवा लिडर संस्थाका सल्लाहकार पदाधिकारी सदस्य एवं भक्तजनतथा पत्रकारको विशेष उत्साहजनक उपस्थिति रहेको थियो। तबलामा साथ दिएर श्री कृष्ण सुवेदीले विशेष सहयोग गर्नु भएको थियो।

सो कार्यक्रमलाई नमस्ते ज्वेलर्स रकडेलका कृष्ण सुनार र वन वल्र्ड एजुकेशन एण्ड माईग्रेशनका ज्याङ्गजी खरेलले संजाल संग सहकार्य गरी विशेष सहयोग पूर्याउनु भएको थियो।

चिकित्सक कुट्ने प्रहरीलाई कारबाही नगरे चिकित्सक संघले आन्दोलन गर्ने !!

काठमाडौँ । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई २४ घण्टाभित्र कारबाही नगरे नेपाल चिकित्सक संघले कडा आन्दोलन गर्ने भएको छ।

संघले डा.सिंहलाई आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टाको समय दिएको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ’ २४ घण्टाभित्र दोषीमाथि कानूनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति नेपाल चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न सक्नेछ।’

संघले कुटपिट गर्ने प्रहरीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्नसमेत माग गरेको छ।

शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा उनको सुरक्षार्थ खटिएका वीर अस्पतालबाहिर प्रहरीले डा.सिंहमाथि लाठी चार्ज गर्दा उनी घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।

 

भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति भण्डारी!

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुयाउने बताइन् ।

‘मुलुकको उच्चतम हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रूपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने उल्लेख गरिन् ।

कानूनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उनको धारणा छ ।

 

अष्ट्रेलिया सरकारले शरणार्थी भिषाका लागि पारिवारिक पुनर्मिलन मार्ग जारी गर्‍यो।

सिडनी,

एक दशक पछि, अष्ट्रेलिया सरकारले स्थायी भिसामा शरणार्थी डुङ्गा आगमनको लागि पारिवारिक पुनर्मिलन मार्ग पुनर्स्थापित गर्‍यो।

स्थायी भिसामा परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन डुङ्गाबाट अस्ट्रेलिया आएका शरणार्थीलाई श्रमले बाटो खुला गरेको छ ।
पूर्व गठबन्धन सरकारको अध्यागमन नीति अन्तर्गत, स्थायी भिसा लिएर शरणार्थी डुङ्गा आगमनहरूद्वारा पारिवारिक पुनर्मिलन आवेदनहरूलाई मन्त्रीस्तरीय निर्देशन 80 अन्तर्गत भिसा प्रक्रियामा “सबैभन्दा कम प्राथमिकता” दिइएको थियो। अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले अब मन्त्रीस्तरीय निर्देशन 80 र 83 लाई प्रतिस्थापन गर्दै त्यो नीतिलाई औपचारिक रूपमा उल्टाउनु भएको छ।

यो निर्णय अस्थायी सुरक्षा भिसामा भएका व्यक्तिहरूमा लागू हुँदैन। सरकारले अनुमान गरेको छ, गत नोभेम्बरमा पूर्वनिर्धारित यो निर्णयले दशौं हजार परिवारका सदस्यहरूका लागि भिसा प्रक्रियाको लागि बाटो खोल्छ जुन उनीहरूको अनुरोधलाई विचार गर्न पर्खिरहेका छन्।

सरकारले यी स्थायी भिसा धारकहरूका लागि पारिवारिक पुनर्मिलन मार्गहरू सुधार गर्दैछ, जसमध्ये धेरैलाई एक दशकभन्दा बढी समयदेखि परिवारबाट अलग गरिएको छ, जसले मानसिक स्वास्थ्य समस्याहरू बढाउँदैछ र उनीहरूको जीवनमा ठूलो र स्थायी अनिश्चितता थोपरेको छ,” श्री गिल्सले एसबीएस न्यूजलाई भने। सरकारले जटिल परिस्थितिमा व्यक्तिहरूको लागि भिसा प्रशोधन गर्ने अध्यागमन कर्मचारीको संख्या पनि बढाएको छ। 20 को वर्तमान कर्मचारी समूह दोब्बर 40 हुनेछ।

अफगानिस्तान र इरानका परिवार भिसा आवेदकहरू सबैभन्दा ठूलो समूह प्रभावित हुने अपेक्षा गरिएको छ। अफगानिस्तानमा तालिवानको पकडले यो सुनिश्चित गरेको छ कि धेरै कम व्यक्तिहरू सिधै अस्ट्रेलिया आउनको लागि छोड्न सक्षम छन्, तर यसले तेस्रो देशमा पर्खिरहेकाहरूलाई पुनर्वासको सुविधा दिन सक्छ। गठबन्धनले मन्त्रीीय निर्देशनहरूलाई अवरोधको रूपमा राख्यो, तर्क गर्दै उनीहरूले डुङ्गाबाट अष्ट्रेलिया पुग्न खोजिरहेका मानिसहरूलाई रोक्न मद्दत गर्नेछन्। मे २०२२ को चुनाव पछि कार्यालयमा आएको अल्बानीज लेबर सरकारले डुङ्गाको आगमनमा फराकिलो नीति परिवर्तन गरेको छैन र “बलियो सीमा नीति संरचना कायमै छ”।

सरकारले शरण लिगेसी केसलोडको नोकरशाही बोझलाई मानवीय तरिकाले समाधान गरिरहेको छ, ”परिवर्तनहरू घोषणा गर्दै विज्ञप्तिमा भनिएको छ। श्रमको सीमा नीतिले डुङ्गा घुमाउने काम समावेश गर्दछ, जहाँ अष्ट्रेलिया पुग्न प्रयास गर्नेहरूलाई या त आफ्नो प्रस्थानको देशमा फर्काइन्छ, घर पठाइन्छ वा अध्यागमन हिरासत केन्द्रमा लगिन्छ।

अल्बानी सरकारले निर्वाचित भएमा अस्थायी सुरक्षा भिसा खारेज गर्ने वाचा पनि गरेको छ। ग्रीन्स र धेरै क्रसबेन्चरहरूले यस प्रतिबद्धतामा प्रगति नभएको बारेमा चिन्ता व्यक्त गरेका छन्, र सरकारले आगामी महिनाहरूमा कारबाही गर्ने संकेत गरेको छ। अध्यागमन विश्लेषकहरूले यो संघीय बजेटको विमोचनसँगै हुने आशा गरेका छन् किनभने परिवर्तनहरूले 31,000 अस्थायी भिसा धारकहरूलाई असर गर्नेछ र लागत प्रभाव पार्नेछ।

अनेरास्ववियुद्वारा जनप्रिय क्याम्पस पोखरामा तालाबन्दी ।

पोखरा ।

अनेरास्ववियुद्वारा जनप्रिय क्याम्पस पोखरामा तालाबन्दी ।

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिध्यार्थी युनियन जनप्रिय बहुमुखी क्याम्पस कमिटीद्वारा क्याम्पसमा आर्थिक अनियमितता गरेको आरोपमा क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएको गरेको छ ।
आज क्याम्पस कमिटीका अध्यक्ष शिव पराजुलीद्वारा हस्ताक्षरीत बिज्ञप्ति कमिटीका उपाध्यक्ष सागर प्रसाद शर्माको नेतृत्वमा बिज्ञप्ति टास र तालाबन्दी गरीएको थियो । अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य महेन्द्र उपाध्यायको उपस्थितिमा उक्त तालाबन्दी गरीएको थियो ।

जारी बिज्ञप्तिः-
नेपाली बिद्यार्थी आन्दोलनको मुलप्रबाह,शैक्षिक परिवर्तनको संवाहक,रास्ट्र राष्ट्रियता र जनजिविकाको पहरेदार संगठन अनेरास्ववियु स्थापनाकालदेखी नै विद्यार्थीहरुको अधिकार, सामाजिक न्याय शैक्षिक विकृती विसंगती र शैक्षिक व्यापारीकरण विरुद्धमा आवज बुलन्द गर्दै आइरहेको सर्वविदितै छ।
विगत लामो समय देखि जनप्रिय बहुमुखी क्याम्पसको आर्थिक अनियमितता भएको जानकारी भए संगै सूचना को हक प्राप्त गर्ने अधिकार सम्पुर्ण विद्यार्थी तथा अभिभावक को हुन्छ । २०६६ साल देखि नै क्याम्पस प्रशासन को लापरबाहीले आर्थिक क्षेत्र मा अनियमितता र नियम बिपरित क्रियाकलापमा अत्यन्तै गैरजिम्मेवार भएको र सुचना माग गर्दा गैरजिम्मेवार अभिव्यक्ति दिएको कारण क्याम्पस प्रमुख र लेखा शाखा मा तालाबन्दी गरिएको छ।
आर्थिक अनियमितता को विवरण को समस्य समाधान नभए सम्म को लागि अनिश्चितकालिन तालाबन्दी लगाएको व्यहोरा जानकारी गराउदछौ।
अध्यक्ष
शिव पराजुली

यस अघी पनी अनेरास्ववियु क्याम्पस कमिटीले बिध्यार्थीको मुद्धामा पटक पटक आन्दोलन समेत गर्दै आएको कुरा क्याम्पसका सह-सचिव सचिन अधिकारीले बिश्वपाटीलाई बताए ।

तन्दुरी रोटीकै कारण दुई पक्षबीच हानाहान : बिहे टुट्यो, बेहुला पक्राउ

भारतमा तन्दुरी रोटीलाई लिएर दुलहा र दुलही पक्षबीच झगडा भएपछि विवाह टुटेको छ।

उत्तर प्रदेशको सम्भल सहरमा प्रहरीले दुवै पक्षलाई चौकीमा ल्याएको थियो ।

जहाँ मंगलबा राति अबेरदेखि बुधबार दिउँसोसम्म पञ्चायत भएको थियो । त्यसपछि प्रहरीले बेहुलासहित ३ जनालाई नियन्त्रणमा लिएर शान्ति खलबल्याएको आरोपमा नियन्त्रणमा लिएको छ।

के थियो घटना ?

सम्भलको हयातनगर क्षेत्रका राकेशले आफ्नो छोरा तनु चन्द्रको विवाह मुरादाबादको दलपतपुर क्षेत्रका मदनकी छोरी आँचलसँग तय गरेका थिए।

बिहे गत फेब्रुअरी ७ मा हयातनगरको एक बैंक्वेट हलमा भएको थियो । विवाहको सम्पूर्ण कार्यक्रम बेहुलाको पक्षले नै सम्पन्न गरेको  थियो । जहाँ दुलही पक्षका मानिसहरु पुगेका थिए । त्यहाँ दुवै पक्षबीच विवाद भएको थियो ।

बेहुला पक्षका मानिसहरूले नास्ता र खानाको उचित प्रबन्ध गरेका थिए, एकै दिन विवाह र विवाह समारोह हुने भएकाले बेहुला र दुलही तयारीमा व्यस्त थिए। तर यसैबीच तन्दुरी रोटीलाई लिएर विवाद भएको थियो ।

रोटीलाई लिएर युवती पक्षले झगडा गरेका दुलहा तनु चन्द्रले प्रहरीसमक्ष बताएका छन्।

यस क्रममा आफू आक्रोशित भए पनि झगडा नहोस् भनेर धेरै प्रयास गरेको उनले बताएका थिए । तर विवाह भने टुट्न पुगेको उनले बताए।

तन्दुरीमा पकाउन ढिलो भएको भन्दै दुलहीका काकाले तन्दुरी बनाउनेसँग झगडा गरेका थिए।

त्यसपछि बेहुलाको दाजुले रिसको झोकमा दुलहीको काकाको गालामा थप्पड हानेको प्रहरीसमझ ती ३ जनाको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ। काकाले थप्पड खाएपछि दुलहीको भाइले बेहुलाका दाजुलाई दाजुलाई थप्पड हानेका थिए।

यसपछि जन्तीहरू र बेहुली पक्षकाबीच कुटाकुट शुरु भएको थियो। चारैतिर कोलाहल मच्चिएपछि प्रहरी त्यहाँ पुगेको थियो।

बुधबार बेहुला पक्षका मानिसहरू दिनभर प्रहरी चौकीमा बसेका थिए।

दुवै पक्षको पञ्चायतमा बसेर दुवै पक्षको कुरा सुनेपछि प्रहरीले मामिला मिलाउने प्रयास गरेको थियो। तर कोही पनि पनि माफी माग्न भने तयार नभएका प्रहरीले जनाएको छ।

न्यूजील्याण्डको समुद्रमा आधा अर्ब डलरभन्दा बढीको लागुऔषध फेला परेको छ

न्यूजिल्याण्ड ।

न्यूजिल्याण्डका अधिकारीहरूले प्रशान्त महासागरमा 3.2 टन कोकेन तैरिरहेको फेला पारेका छन्, जसमा लागूऔषधहरू अष्ट्रेलियाको बजारको लागि नियत भएको विश्वास गरिन्छ।

पुलिस, भन्सार अधिकारीहरू र रक्षा बलका कर्मचारीहरूले लागूऔषध बस्टमा सँगै काम गरे, जसले अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटलाई महत्त्वपूर्ण धक्का दिने अपेक्षा गरिएको छ, न्यूजील्याण्ड अधिकारीहरूले संयुक्त मिडिया विज्ञप्तिमा भने। ८१ गाँसको ढुवानीले रोयल न्यूजील्याण्ड नौसेना जहाज HMNZS Manawanui मा सवार न्यूजील्याण्ड फिर्ता छ दिनको यात्रा गरेको छ, र अब नष्ट हुनेछ।

ढुवानीको साइजले लागुऔषध अष्ट्रेलियातर्फ लैजाने सम्भावना बढेको प्रहरी आयुक्त एन्ड्रयु कोस्टरले बताए। “हामी विश्वास गर्छौं कि अष्ट्रेलियाको बजारमा लगभग एक वर्ष सेवा गर्न पर्याप्त कोकेन थियो र यो न्यूजील्याण्डले 30 वर्षमा प्रयोग गर्ने भन्दा बढी हुनेछ,” उनले भने। “यसमा कुनै शंका छैन कि यो खोजले दक्षिण अमेरिकी उत्पादकहरूबाट यस उत्पादनका वितरकहरूलाई ठूलो आर्थिक झट्का पुर्‍याउँछ,” उनले भने।

यो यस देशमा अधिकारीहरूले अवैध लागूऔषधको एकल ठूलो बरामद मध्ये एक हो। “यसले सिन्डिकेटको कार्यमा बाधा पुर्‍याउँदा, हामी यी समूहहरू कानून प्रवर्तनको ध्यानाकर्षणमा आउन नदिन जान सक्ने लम्बाइलाई ध्यानमा राखेर सतर्क रहन्छौं।”

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै

२५ माघ,काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

रावललाई समर्थन गरेको सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे प्रष्ट निर्णय लिन नसक्दा मुख्यमन्त्रीले ढिलोगरी विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीको विश्वासको मत लिन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा समेत नागरिक उन्मुक्ति पार्टीले प्रष्ट निर्णय अझै लिएको छैन भने प्रदेश सभाका ७ जना सांसद काठमाडौंबाट फर्किएका छैनन् ।

पार्टीका संस्थापक रेशम चौधरीलगायतका जेलबन्दीको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले माग सम्बोधन नभएका कारण विश्वासको मत दिन नसकिने बताउदै आएको छ तर आधिकारीक निर्णय भने गरिएको छैन् ।

काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेश सरकारले आफूहरुका माग मुद्दा सम्बोधनमा उद्दारता देखाएकाले विश्वासको मतबारे यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए  ।

उनले बुधबारको प्रदेशसभा बैठकमा सहभागी हुनेगरी धनगढी फर्किने तयारी रहेको बताउदै संसदीय दलको बैठकबाट प्रदेश सरकारबारे निर्णय लिइने जानकारी दिए । अर्का सांसद खुसीराम डगौरा थारुले पनि माग मुद्दा सम्बोधनमा प्रदेश सरकारले भूमिका खेल्न नसकेको बताउदै विश्वासको मतबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिएमा सुदूरपश्चिममा उनी नेतृत्वको सरकार संकटमा पर्नेछ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा २७ पुसमा मुख्यमन्त्री भएका थिए ।

नाउपाले मत नदिएको अवस्थामा भने उनी सभामुख बाहेक एमाले, माओवादी र राप्रपाका २१ जना सांसदको मत पाउनेछन् । जुन सरकार टिकाउन आवश्यक पर्ने २७ मा ६ जना प्रदेश सभा सदस्यले कम हो ।

तर एमाले र माओवादी केन्द्र भने नागरिक उन्मुक्ति पार्टीका माग मुद्दा सम्बोधनको प्रक्रियामा अघि बढिसकेकाले मुख्यमन्त्रीलाई नाउपाले विश्वासको मत दिनेमा विश्वस्त देखिएका छन् ।

माघ २४ गते मंगलबार (फेब्रुवरी ७ तारिख) को राशिफल हेर्नुहोस्, गणेश भगवानले सबैको रक्षा गरुन् !

आज श्री शाके १९४४ बि.स. २०७९ माघ २४ गते मंगलबार (इश्वी सन २०२३ फेब्रुवरी ७ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पूग्नेछ । शारिरिक आलस्यपनले सताउनेछ । पारीवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । मनोरञ्जनात्मक कार्य मन जानेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनोरञ्जनजन्य कार्यमा बढि समय व्यतित होला । पारिवारिक साथ सहयोगमा कमी आउन सक्ला । गरिरहेको कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त होला । सभा सम्मेलन जस्ता स्थानमा मान सम्मान मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामुहिक कार्य गर्न मन जानेछ । अरुका कारण आफुले सामान्य अपजस सहनु पर्ला । शारिरिक आलस्यताले सताउन सक्नेछ । खर्च बढ्ने योग रहेको छ । मानसिक चिन्ताले सताउला । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका व्यक्तिहरुसंग दुरी बढ्न सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यमा आट, शाहस आउनेछ । ब्यापार व्यावसायमा आम्दानी बृद्धि हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अधिक परिश्रमबाट मात्र कार्य सफल हुनेछ । अधिक खर्च हुने योग रहेको छ । आफन्तको साथ, सहयोग पाउनु हुनेछ । नयाँ कार्यको थालनीका लागि आट, शाहस बढ्नेछ । सबारी साधनको यात्रामा विशेष ख्याल गर्नुहोला । वाणीका कारण केही विवाद उत्पन्न हुन सक्दछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । नजिकका व्यक्तिहरुसंगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवनसाथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । सामुहिक कार्य गर्न मन जानेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आट, शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्ष सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । निर्णय लिने क्षमतामा कमी आउला । दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीला हुने छ । अरुका कारण सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसंगको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । ब्यापार व्यावसायमा मनग्य लाभ प्राप्त हुनेछ । सफलताका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । मानसम्मान प्राप्त हुने योग रहेको छ । कार्य सम्पादनका लागि सावधानी अपनाउनु होला । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउला ।

बुस्टर डोज फागुनको पहिलो साता नेपाल आइपुग्ने! !

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलो साता नेपाल आउने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुनको पहिलो हप्ता आउनुपर्ने भए पनि प्राविधिक कारणले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए ।

उनले कार्यतालिकाअनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले पठाउने भने पनि प्राविधिक कारणले नेपाललाई अझै खोप आउनेबारे जानकारी नदिएकाले ढिलाइ भएको बताए ।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’सँग ३० लाखा मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए ।

गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा बि।एफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय