२०८३ असार ६ शनिबार

निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय!!

गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारी ले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला ( ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमाले को २२ , माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मत बाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु। धन्यवाद !! 🙏

सरकारले ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यन्वयन गर्ने (हेर्नुहोस शिक्षाको प्राथमिकता )!!

काठमाडौं/२५ पुस-सरकारले ‘नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम, २०७९’ सार्वजनिक गर्दै आगामी दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाउने जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सबैको समान पहुँच भएको र राष्ट्र समाज तथा जीवनसँग जोडिएको गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवाको नीति कार्यन्वयन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।

‘नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम, २०७९’ शिर्षक ६मा ‘गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार’ अन्तर्गत १० बुँदामा समावेश गरिएको छ ।

वर्तमान सरकार गठनमा सहभागि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी नेपाल, जनमत पार्टी र नागरीक उन्मुक्ति पार्टीले कार्यदल नै बनाएर न्यूनतम कार्यक्रम तयार पारेको हो ।

अष्ट्रेलियामा पुष २७ गते अन्तराष्ट्रिय नेपाली दिवश मनाईने ।

अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय नेपाली दिवश मनाईने

आधुनिक नेपालका एकीकरण कर्ता श्रीबडा महाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा अष्ट्रेलियामा नेपालीहरूले पृथ्वी जयन्ति एवम्अन्तर्राष्ट्रिय नेपाली दिवशमनाउने भएका छन्हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई‘ अन्तर्राष्ट्रिय नेपाली दिवस को रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताए 

अष्ट्रेलियामा पृथ्वी जयन्तिअन्तर्राष्ट्रिय नेपाली दिवश’ का रूपमा भव्यव्यापक रूपमा मनाउन थालेको धेरै वर्ष भईसकेको छ। अष्ट्रेलियाका नेपाली सामाजिक अभियन्ता डिला खरेल सन् २०१० देखी नै अष्ट्रेलियामा नेपाली समुदायले पुष २७ लाई पृथ्वी जयन्ति तथा नेपाली दिवशको रूपमा मनाउँदै आएको बताउँछन्नेपाली हुनुको आत्मबोधआगामी पुस्तालाई नेपाली राष्ट्रियता सँग साक्षात्कार गराउने महान दिनको रूपमा यसलाई लिन सकिनेपर्ने उनको ठम्याई रहेको छ।

पृथ्वी जयन्तिअन्तर्राष्ट्रिय नेपाली दिवस’ का आयोजक कमिटीका सदस्य युवा अभियन्ता दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्नेस्थापित गर्नका लागी तथाकथित बुद्धि जिवीहरू नै लागेको देखिनु घृणित कार्य रहेको बताउँछन्नेपाल एकीकरणनेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्नेउनको एकता अभियाको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्नेअवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ। अन्तर्राष्ट्रिय नेपाली दिवस’ को स्वरूपमा पृथ्वीजयन्तीलायस वर्ष पनि गौरव, श्रद्धा र नेपाली एकताको सन्देश दिने दिनरहेको आयोजकको भनाई छ।

बुधबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वीनारायण शाहको सम्झना गर्ने कार्यक्रम तय भएको छ। अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम नेपालीहरूको घना बसोबास भएको अबर्नमा हुन लागेको छ। क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानियाडार्बिनमा पनि पृथ्वी जयन्तिको उपलक्षमा कार्यक्रम आयोजना हुने छ। सबै राज्यहरूमा कार्यक्रमको खाका बनेको आयोजकहरूले जानकारी दिएका छन्।  

सिड्नीको कार्यक्रम:

सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुनलागेको छ। विहान ११ बजे देखी दिनभर नै ओबनमा विभिन्न प्रस्तुतीमाल्यार्पणको कार्यक्रम हुनेछ

कार्यक्रमको विवरण:

स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW

मिती:  पौष २७, २०७, सोमवार 11 January,2023

समय: बिहान ११ बजे देखीबजे सम्म (सिड्नीकोसमय अनुसार)

https://www.facebook.com/events/521185842918920/?ti=ls

क्यानबेराको कार्यक्रम: https://www.facebook.com/events/549596440388202/?ti=ls

 

गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण !!!

गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेका हुन् ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् । इन्टेलिजेन्स ब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागी उनीहरूलाई परिचालन गर्ने गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए । ‘मापदण्ड बनाएर परिचालन गरिएको छ’ एसएसपी थापाले भने–‘उनीहरु केन्द्रीय रूपमा खटिन्छन्, टिओआर पनि निर्धारण गरिएको छ ।’

नेपाल प्रहरीमा चाहिँ जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप छ ।

सुरक्षा सङ्गठनहरूले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्नका लागी विवरण मागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘सादा पोसाकमा खटिएका सुरक्षाकर्मीलाई कार्यविधि बनाएर व्यवस्थित गर्दै छौं, आवश्यकता भन्दा धेरै परिचालन गरेको पाइए फिर्ता गर्छौँ ।’

विश्वासको मत प्राप्त गर्ने कुरामा सिङ्गै संसद् मेराे पक्षमा उभिन्छः प्रचण्ड

काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। प्रचण्डले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ।’

प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आ-आफ्नो धारणा राखेको उल्लेख गर्दै उनले भने, ‘देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ।’

नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम एकताको आधार : प्रधानमन्त्री दाहाल !

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम आफूहरूको एकताको आधार भएको बताएका छन्।

ओलि को टिप्पणी – हामी सङ्ग १८० मत,भोलि ८५/८८ थपिय अचम्म मानुपर्दैन !!

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा १८० मत पाउने दाबी गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग करिब १८० मत छ त्यसमाथि भोलि ८५ / ८८ थपियो भने पनि केही अप्ठ्यारो मान्नुपर्दैन पानी ग्यासमा नलागेर अन्त पोख्नुको अर्थ छैन सबैले बुझ्नुपर्छ ।’ सरकारले विश्वासको मत पाउँदैन भनेर बाहिर हल्लाको पछि लाग्नुको अर्थ नभएको बताए ।

‘हल्ला धेरै चल्छ, कसैले सरकार ढाल्छ न सोच्नु होला धेरै खेलाडी यहाँ दर्शक भइसके यो सरकार स्थायित्वका लागि बनेको हो । यो सरकार बनाउने र गिराउने खेल होइन’ उनले भने, ‘यो स्थायी सरकार हो । कुनै हल्लाको पछि लाग्नुको काम छैन यो सरकार निकम्मा होइन गतिशिल स्थिर सरकार हो ।’

सत्ता साझेदार दलको सबैभन्दा ठूलो दल भएको नाताले सरकारलाई सफल बनाउन लाग्ने उद्घोष गरे ।

जिन्दगी गुलाफको फुल जस्तै होः अनिल खड़का ।

जिन्दगी गुलाफको फुल जस्तै हो ।

गुलाफको फुल जहाँ

त्यही भित्र काँडा छ
त्यही भित्र फुल पनी छ
कहिले ओईलाएर झर्ने
कहिले फेरी फुल्न पनी पाइने
कहिले अंजानमा अरुलाई घोचीने
कहिले मन्दीरमा पुगीने

त अनी
कहिले त्यही चिहानमा पूगीने
कहिले बिदाईमा
अनी
कहिले भेटमा पुगीने
त कहिले ठाऊ सरीने
थाहा छैन
कहिले
कहाँ हो अस्ताउने
यस्तै यस्तै हो ज़िन्दगी
ग़ुलाफ़को फ़ुल सरि
कहिले सजाऊने त
भने
कहिले चुडीने
यस्तै यस्तै हो ज़िन्दगी
गुलाफको फुल सरि

यस्तै यस्तै हो ज़िन्दगी

गुलाफको रूख सरि

✍️ अनिल खड़का

संकटा फुटवल क्लवले जित्यो २२ औ आहा रारा गोल्डकपको उपाधि !!

पोखरामा भएको आहा रारा पोखरा गोल्डकप फुटवलको उपाधि  संकटा फुटबल क्लबले जितेको छ ।

आहा राराको २२ औं संस्करणको दोस्रो पटक संकटाको पोल्टामा परेको हो । शनिवार भएको फाइनल खेलमा अमेरिकाको भुटनीज युथ सकर क्लब लाई हराउँदै संकटा च्याम्पियन बनेको हो ।  संकटाले भुटनीज क्लव युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै जित निकालेको हो ।

खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले निर्णायक गोल गरेका थिए ।  उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो

प्रतियोगितामा संकटाका कप्तान सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सर्वोत्कृष्ट चुनिएका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरे ।

यस्तै प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर,  संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड  र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए ।

आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा शुरु !

काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा शुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ ।

यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय