२०८३ असार ६ शनिबार

पेलेको नाममा राष्ट्रिय रंगशाला बन्ने !!

अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरेको छ । विश्व फुटबलका लेजेण्ड पेलेको स्मृतिमा स्टाडियो नेसनल डी काबो भर्डको नाम ‘पेले स्टेडियम’ नामाकरण गरिएको हो।

केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरिएको बताएका छन् । १५ हजार दर्शक क्षमताको उक्त रंगशाला राजधानी प्राइया नजिकै रहेको छ । विश्व फुटबलकै महान खेलाडीको रुपमा परिचित पेलेको ८२ वर्षको उमेरमा अघिल्लो साता मृत्यु भएको थियो।

पेले क्यान्सर पीडित थिए। पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि उचालेका थिए। पेले चारवटा विश्वकपमा गोल गर्ने खेलाडी मध्येका एक हुन् ।

पेलेले २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए । पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरिएको थियो ।

क्रोयसिया विरुद्ध ४-१ को अन्तरले नेपाल विजयी।

होबार्ट, तास्मानिया ।

होबार्ट सोसियल वर्ल्डकपमा क्रोयसिया विरुद्ध नेपाल ४-१ ले विजयी ।

होबार्ट सोसियल वर्ल्डकप २०२३ मा नेपाल ले आफ्नो पहिलो खेलमा क्रोयसिया लाई ४-१ को फ़राकिलो अन्तरले विजयी भएको छ ।

हरेक वर्ष तास्मानियाको होबार्टमा राज्य सरकार ले आयोजना गर्ने उक्त होबार्ट सोसियल वर्ल्डकपमा नेपालले समेत आफ्नो सहभागिता जनाएका छ । नेपालको पहिलो खेलमा नेपाल र क्रोएसिया बिचको खेलमा नेपाल ४-१ को फ़राकिलो गोलले विजयी भएको छ ।

नेपालको तर्फ बाट २ गोल भिम क्षेत्रीले गरेको हुन भने बाकी २ गोल दिपेन्द्र कुँवर र रोसन गिरीले गरेका थिए ।

खेलको पूर्व सन्ध्यामा कार्यक्रमको आयोजना गरीएको थियो उक्त कार्यक्रममा अतिथिको रुपमा नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तोयराज भट्टराई, नेपालको जर्सी प्रायोजक प्रवासी नेपाली मंच तास्मानियाका अध्यक्ष मुगेन गौतम, एनटीएसए का अध्यक्ष विष्णु सापकोटा, एनआरएनए तास्मानिया युवा संयोजक सुरज अधिकारी, मार्फा क्लबका प्रायोजक आशिस तिवारी, नेष्ट तास्मानियाका उपाध्यक्ष केराज खनाल र कोषाध्यक्ष सरोज पाण्डे, गोरखा लेजेंड क्रिकेट क्लबका अध्यक्ष प्रकाश उप्रेती, तिलीचो फुटबल क्लबका संस्थापक पूर्ण बहादुर आले लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

मार्फा फुटबल क्लबका अध्यक्ष एवं होबार्ट सोसियल वर्ल्डकप नेपालका प्रमुख रवीन पौडेल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सबै अतिथि एवं बिभिन्न संस्थाका प्रतिनिधि, मार्फा क्लबका सदस्य, खेलाडीहरू, शुभ चिन्तक तथा उपस्थिति सबैमा धन्यवाद व्यक्त गरेका थिए साथै खेलमा जीतको निम्ति खेलाड़ी हरू लाई हौसला प्रदान गर्दे शुभकामना व्यक्त गरेका थिए ।

नेपालको दोस्रो खेल आऊदो जनवरी ८ आइतबारको दिन दिउसो २ बजे द बहामास संग ऑलिंडा ग्रोभ ग्राउंडमा हुने कुरा होबार्ट सोसियल वर्ल्डकप २०२३ को नेपालका म्यानेजर अस्मित दनाईले विश्वपाटीलाई बताए ।

उक्त खेलमा नेपाली समर्थक हरूको बाक्लो उपस्थिति रहेको थियो ।

साहुले लुटेको जमिन किसान द्वारा कब्जा सुरु, आन्दोलनको घोषणा ।

सुस्ता ।

लामो समय देखि आन्दोलीत मिटर ब्याजी साहु बाट पीड़ित किसान तथा गरिव जनताहरु न्यायको निम्ति आफ्नो घर देखि शासकहरु बस्ने सहरको माइतिघर चोक सम्म आवाजहरु उठाउदै आईराखेका छन् ।

महिनौ दिन सम्मको सडक संघर्षमा आम जनताको सहभागिता र ऐक्यबद्धताले सरकारले केहि थान सम्झौता गरेको थियो तर कार्यन्वयन कहाँ पुग्यो भन्ने पिडित किसान जनताहरुलाई पत्तो नै छैन । जनताको रेखदेख गर्नु पर्ने सम्बन्धीत सरकार र त्यसका निकायहरुले जनगुनासो र समस्याहरु हल गर्न तिर जागरूकता नदिदाँ जनताहरु आफ्नो मुक्तिका लागि बाटो खन्न बाध्य हुन्छन अनी हुनै पर्छ । त्यहि बाटो किसान मजदुर सङ्घर्ष समितीले आज सुरु गरेको आफ्नो फेसबुक पेज बाट निम्न बिषय सार्वजनिक गरेको छ ।

“आजदेखि मिटर व्याज तथा ठगी बिरुद्ध किसान मजदुर सङ्घर्ष समिती अर्को चरणको प्रतिरोधी आन्दोलनमा प्रवेश गरेको छ।

पीडित तथा संघर्ष समितिका सदस्य सुरेन्द्र यादवको जग्गा साहु अमित साहले जालसाजी पूर्ण ढङ्गले फर्जि कागज बनाई अदालतमा मुद्धा जाहेर गरी अदालतले लिलामीको फैसला गरेकाले सुरेन्द्र यादव भूमिहीन भएका थिए।

आज संघर्ष समितिले गरेको निर्णय अनुसार उनको जग्गामा समितिको झण्डा फहराएर उक्त जमिन पीडितले भोगचलन गर्ने गरी पीडितको स्वामित्वमा समितिले आफ्नो नियन्त्रणमा लिएको छ। साथै आजैदेखि समितिले सुद्खोर विरुद्ध प्रतिरोधात्मक आन्दोलन सुरु भएको घोषणा समेत गरेको छ।

राज्यको कानुनि अदालतले न्यायको खरीद बिक्री गरी किसानलाई भूमिहीन बनाउने जस्तो निर्णय कदापी न्याय संगत हुन सक्दैन। किसानका विरुद्ध भएका गैरन्यायिक फैसलाहरुको तत्काल खारेज गर्न संघर्ष समिति सम्बन्धित पक्षलाई चेतावनी दिदैँ पीडित किसानका जमिनको रक्षार्थ जस्तोसुकै निर्मम निर्णय लिन समेत बाध्य हुने घोषणा गर्दछ।

“संसारभरका किसान-मजदुर एक होऔँ !” ✊“

उक्त आन्दोलनमा राजनैतिक अभियान्ता सन्देश गिरी, निर्ग नवीन लगायत अन्य युवाहरूको सहभागीतामा नेतृत्वदायी भुमिका निभाइरहेका कुरा संघर्ष समितिका एक अधिकारीले बताए ।

सयौं युवाहरू नयाँ वर्ष २०२३ मनाऊन मेलबर्नमा भेट हुदै ।

मेलबर्न, अष्ट्रेलिया ।

सयौंको संख्यामा युवाहरू नया वर्ष मनाऊन मेलबर्नमा भेट हुदै ।

प्रवासी नेपाली मंच अष्ट्रेलियाको युवा संगठन प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाको भिक्टोरिया राज्य कमिटीले अंग्रेज़ी नयाँ वर्ष बिशेष शुभकामना आदान-प्रदान तथा भेटघाटको आयोजना गर्ने भएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबर्नमा हुन गईरहेको उक्त कार्यक्रममा अंग्रेज़ी नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान साथै बारबिक्यू कार्यक्रम रहने प्रवासी नेपाली युवा मंच, भिक्टोरिया राज्य कमिटीका प्रमुख बिकास सिलवालले बताएका छन साथै कार्यक्रमलाई सफल बनाऊन सबै सरोकारवाला समक्ष सहयोग र सबै मेलबर्न बासी युवाहरूलाई उपस्थितिका निम्ति आह्वान समेत गरेका छन ।

प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाका सचिव बिरोध थिंगको अनुसार उक्त कार्यक्रममा सय भंदा बढ़ी युवा युवतीको सहभागिता रहने र त्यही अनुसार तयारी भई रहेको बताए ।

प्रवासी नेपाली युवा मंच, समाजमा रहने हरेक नेपाली हरू बिच सुख-दुख अनी सबै खाले अवस्थामा साथमा रहेको युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले बताए संगै उनले अष्ट्रेलियाको आठ ओटा राज्यमा आफ़नो कमिटी रहेको र यस अघी नै भेटघाट कार्यक्रम अनी सुख दुःखमा नेपाली बिधार्थि तथा हरेकको साथ काम गर्दे आएको बिश्वपाटीलाई बताए साथै हरेक समस्याका सिधा सम्पर्क समेत गर्न सकीने समेत बताएका छन ।

कार्यक्रम मेलबर्न को Jack Rover Reserve 217 Camp Rd, Broadmeadows VIC 3047 मा आऊदो ८ जनवरी आइतबार का दिन दिउसो २ बजे बाट कार्यक्रम सुरु हुने पाईएको छ ।

कार्यक्रमलाई सफल पार्नका निम्ति केन्द्रीय कमिटी बाट सचिव बिरोध थिंग अनी कोषाध्यक्ष संजिब थापाको सहकार्यमा तयारी अघी बढ़ीरहेको कुरा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका महासचिव अनिल खड़काले बताए ।

सैन्य विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

एजेन्सी । काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।
विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन् । उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो । उक्त विस्फोटमा चार जना घाइते भएका थिए । पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ । पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ

प्रदेश नं. १ : दुई अध्यादेश प्रस्तुत, एउटा नियमावली पारित

विराटनगर, १७ पुस । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ ।

आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेशसभा नियमावली २०७४(संशोधन सहित) पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेवुल भएको छ । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो ।

हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका छौँ, हामी आफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गछौं तर, प्रशासनिक रुपमा कर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागि प्रदेश निजामती सेवा अध्यादेश २०७९ सदन नभएको बेला आवश्यक देखिएकाले ल्याएका हौँ ।’

सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि टेवुल गरेको छ ।

आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।

काँकरभिट्टामा छ लेनको मितेरी पुल सञ्चालनमा !

मेचीनगर, १७ पुस । झापाको काँकरभिट्टा स्थित मेची नदीमा निर्मित छ लेनको मितेरी पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि आज उक्त पुल सञ्चालनमा आएको हो ।

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गर्नुभएको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काट्नु भएको थियो ।

काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ । पुलको सञ्चालन हुने जानकारी पाएपछि आज दिउँसो कार्यक्रममा सर्वसाधारण र रस्थानीय सामाजिक व्यक्तिहरुको भीड लागेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गर्नुभएको थियो । पुलको आधा भाग नेपाली सीमाभित्र बनेको छ ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । निर्माणको क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा नेपाल सरकारले दिएको थियो ।

समाज अनी देश बिकासमा महिलाको भुमिकाः परिष्मा थापा ।

समाज अनी देश बिकासमा महिलाको भुमिकाः परिष्मा थापा ।

समाज अहिले जटिल परिस्थितिमा गुज्रिरहेको छ । यससँगै नेपालको अर्थतन्त्र धरासायी हुने आंकलन गरिएको छ । झण्डै आधा आकास ओगटेका महिलाहरुको अवस्था र जिम्मेवारी सीमित हुन गए अवस्था झनै भयाभय हुने निश्चित छ । विवाह गरेर श्रीमानको घरमा गएर एक दुई वटा सन्तानको आमा बन्दैमा जिन्दगी सहज बित्छ भन्ने मनोसामाजिक चेत शहरिया महिलामा प्रशस्त भेटिन्छ । भौतिक सम्पत्ति जस्तै गरगहना, घर र घरमा सजिएका अमूर्त सम्मत्तिको होडबाजी चल्दै बाटोमा उभिएर झगडा गर्ने प्रवृतिमा दिनचर्या बिताएका शहरीया महिलालाई देख्दा आज समाज कुन दिशातिर गइरहेको छ भन्ने प्रश्न उब्जन्छ । श्रीमतीको छिमेकीसँगको होडबाजीलाई जिताउनकै लागि भएपनि श्रीमानहरु आफ्ना कार्यालयका चलअचल सम्पति भित्राएर आफ्नो घरमा राम्रै जोहो गरेको पनि देखिन्छ । यस्तै अनेकन माहोल सिर्जना हुँदा हरेक क्षेत्रमा दिन प्रतिदिन भ्रष्टाचार मौलाउँदो छ ।

व्यापारीहरु कालोबजारी गर्न खप्पिस देखिन्छन् । कर्मचारीहरु धर्म छाडा भइसके, विचौलियाहरुले राता रात करोडौंको घरबास जोडिसके, तर नेपालका गरीब र हुँदा खाने उत्पीडित वर्ग, जाति, समुदाय वा मजदुर वर्गको अवस्था उस्तै रहनुले समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा नेताका चुनाव जित्ने नारा मात्र बनेका छन् । हामीजस्ता स्वतन्त्र रुपले आफ्नो परिश्रम गरेर दिन बिताउन रमाउनेहरुले पनि अनैतिक धनबाट लिप्त भएका र गरगहनामा सजिएका महिलालाई ठूलो देख्ने र उनीहरुकै प्रसंशा गर्ने प्रवृतिले पनि उनीहरुलाई आत्मबल मिलेको छ । तसर्थ खराब प्रवृतिलाई निरुत्साहित गर्न हामी सचेत नागरिक सधैं सजग र सचेत रहनु आवश्यक छ ।

एक ठाउँबाट खराब प्रवृति मौलायो भने त्यसको हजारौं ठाउँमा तत्कालीन वा दीर्गकालिन असर पर्ने हुँदा हरेक क्षेत्रमा उत्तिकै जिम्मेवार र होसियार रहेर काम गर्नुपर्ने देखिन्छ । तसर्थ हामी सबैले नैतिकता र आफ्नो परिश्रममा रमाउने संस्कार विकास गर्नु जरुरी छ । सभ्य र शिक्षित समाजमा पनि जनचेतनाको कमि छ । अहिलेको यस विषम परिस्थितिमा काठमाडौ, चितवन जस्ता शिक्षित वर्गहरुको बसोबास हुँदै आएका जिल्लामा स्वाथ्यकर्मी र कोरोना संक्रमितलाई गरिएको अमानविय व्यवहारले पनि जुनसुकै समाजमा जनचेतनाको कमि महसुस गरिएको छ । यस परिवेशमा समाजलाई सुसूचित बनाई राख्नलाई पनि चेतना फैलाउने काममा महिला वर्ग उत्तिकै जिम्मेवार हुनु जरुरी छ । आफ्ना छोरा बुहारी छोरी ज्वाइँलाई डाक्टर नर्स बनाउनकै लागि जीवनभरी कमाएको सम्पत्ति खर्च गर्न लालाहित हुने तर, आफ्नै छरछिमेकमा समस्यामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत फ्रन्टलाइनमा काम गर्ने तथा कोरोना संक्रमितलाई मनोवैज्ञानिक असर पर्ने खालका गतिविधि गर्न सहयोग गर्ने महिला पुरुष जोसुकैलाई पनि अब जनचेतनाको पाठ पढाउनु जरुरी छ । जसका लागि महिलाहरुको भूमिका अधिक रहनु पर्दछ ।

समाजमा देखिएका कुसंस्कार र कुरुती बुझ्नका लागि पनि महिलालाई घर भित्र मात्र सीमित नराखी बाहिरी वातावरण पनि बुझ्न अग्रसरता बढाउनु पर्ने देखिन्छ । महिलाहरुले पनि आफू यो देशको जिम्मेवार नागरिक हो भनि चिनाउन आवश्यक छ । मानव भएर बाँच्न सिक्नु पर्दछ भन्ने भावना जगाउनु छ । ठाउँ–ठाउँमा महिला समूहहरु र महिलाका हकहितमा बोल्ने संघसंथाहरु प्रशस्त भएपनि तिनीहरुले उत्पीडित महिलाका बारेमा आवाज उठाउन सकेको देखिँदैन । कति महिलाकर्मीहरु त यसलाई सेवा भावले नहेरिकन पेसेवर भएको देखिन्छन् । उनीहरु आफ्नो फाइदाका लागिमात्र पेशा जोगाइरहेको पनि पाइन्छ । समाजमा पीडित महिलाका बुलन्द आवाजलाई सशक्तिकरण गरी रुढीवादी समाजमा परिवर्तन ल्याउन खोज्ने महिला अधिकारकर्मीहरुको नेतृत्वदायी भूमिकालाई समाजले अनावश्यक ठान्दछ ।

दिनहुँ गरीब महिलाहरुले प्रजनन् स्वास्थ्यको समस्याले अकालमै ज्यान गुमाउनु परेको छ । बोक्सीको आरोपमा अपहेलना खेप्नु परेको छ । परिवारको सेवामा रमाउन नसक्ने महिलाहरुले घर खान नजानेकी भन्ने आरोप खेप्नुपरेको छ । कतिपय शिक्षित महिलाहरु त घर भित्र नै बाँधिनु पर्छ भन्ने मनोसामाजिक चेत भएकाहरुको फन्दामा परेर मानव भएर बाँच्न पाएका छैनन् । तर केही महिलाले राम्रै अवसर पाएको देख्दा महिलाहरु धेरै सुखी छन् जस्तो पनि लाग्छ । आफूमा आँट र भरोसा लिएर अघि बढ्ने महिलाहरुबाट घर परिवार र समाजलाई योगदान मिलेको पनि छ । तसर्थ महिलाहरु अब यत्तिकै सजिने र सजाइने वस्तु मात्र बनेर बस्ने बेला यो होइन ।

अब महिलाहरु बाँचुन्जेल आफ्नो परिश्रममा रमाउन सिक्नु पर्छ । आफूले जाने गरेका कामलाई निरन्तरता दिन पाउनु पर्छ । आम महिला देश र समाजको हक हितमा लाग्नसके मात्र देशले काँचुली फेर्नेछ र समृद्द नेपाल र सुखी नेपाली भन्ने नाराले सार्थकता पाउन सक्छ ।

“फेरिएको सत्ता समिकरण ” – ✍️रामराज अधिकारी

📝रामराज अधिकार
पार्टी प्रवक्ता,नेकपा एमाले मादि गा. पा. कास्की
> फेरिएको सत्ता समिकरण,
➡️चुनाव अगि लामो समय टिकाउने घोषणा गरेको दक्षिणपन्थी गठवन्धन प्रधानमन्त्री पदमा कुरा नमिल्दा एक्कासि परिवर्तन भइ टुटेको छ। प्रधानमन्त्रीको लागि मात्रै कुरा नमिल्दैमा गठवन्धन तोडेर एमाले सग नजाने घोषणा गरेका प्रचण्ड त्यहि प्रधानमन्त्री पदको लागि चुनावको गठवन्धन तोडेर एमाले सग गठवन्धन गरेपछि र जनताको म्यान्डेटलाई समर्थन गर्दै प्रतिपक्ष मा बस्ने जनाएको एमाले संविधान रक्षा लोकतान्त्रिक अभ्यासको रक्षा र चुनाव लाई मध्यवर्ती तिर जान नदिन सरकारको नेतृत्व गर्न तयार भएपछि राजनीतिमा असम्भव केही छैन भन्ने कुरा छर्लङ्ग भएको छ। जस्ले अहिले राजनितीक समिकरण फेरिएर चुनावी गठवन्धन टुटेर एमाले माओवादी सहितको गठवन्धनमा नयाँ सरकार बनेको छ।

>कसरि भयो त वामपन्थि सक्तिहरुको टुटफुट?
➡️ स्थापना देखिनै विवादित रहेको नेकपा २००६ साल बैशाख १० गते स्थापना भएको भन्नि बुजिएपनि भदौ ३० मा मा घोषणा भएकाले कसैले भदौ ३० मा स्थापना मान्ने गरेका छन त कसैले बैशाख १० मा । क.पुस्पलाल ले स्थापना गरेको नेकपा मा उहाँ महासचिव हुनुहुन्थ्यो २००६ सालको सम्मेलन पछि २००८ सालमा पनि क. पुस्पलाल लाई नै महासचिव छानियो तर केही समय हुन नपाउदै राजनीति समितिको बहुमत पुर्याई उहालाई मनमोहन ले महासचिव बाट हटाई आफू महासचिव वनेपछि झन विवादमा आएको नेकपा पछि विभिन्न असन्तुष्टि फुट हुँदै अहिलेसम्म सम्म आईपुग्दा धेरै टुक्रा टुक्रा भएको पाईन्छ जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाएको देखिन्छ सत्ता स्वार्थ, सिद्धान्तमा विवाद, पदलोप आदिले गर्दा तहसनहस भएको बाम जसले गर्दा विभिन्न बाह्य सक्तिहरु मिलेर नेपालको स्वाभिमान लाई हस्तक्षेप गर्न खोजेको पाईन्छ त्यसैले सबै वामपंथी एकजुट भएर देशलाई विकासतर्फ लम्क्याउनुको विकल्प देखिदैन
>सम्भव होला त वामपन्थि एकता?
➡️ एकाएक राजनितीमा परिवर्तन भएर एमाले माओवादि सहितको गठवन्धनमा सरकार वनेपछि धेरैले अब वामपन्थी एकता सम्भावनाको कुरा उठाउन थालेका छन,जनता कार्यकर्ताले पनि वाम एकता भएको हेर्न चाहेको बुज्न सकिन्छ। एमाले माओवादीका दोस्रो तहका नेताहरु पनि वामपन्थि एकताको लागि सक्रिय छन यसले गर्दापनि वाम एकता हुने सम्भावना नकार्न सकिँदैन।
अगिल्लो चुनावमा धन्नै २ तिहाइ ल्याएर पार्टी एकता गरि ने क पा बनेको एमाले माओवादी केही समयमै राजनीतिक स्वार्थका लागि फुटेपछि जनतामा निराश पैदा भएको थियो जसले यो चुनावमा एमाले ले केही अनुभव र माओवादी,नेकपा एस लगायतका पार्टीले राम्रै सजाय पाए। यसरी हेर्दा अब नेताहरुले फुट हैन जुट पार्टिको लागि हित छ भन्ने बुजिसकेका छन यसले गर्दा पनि वाम एकता सम्भावनाको ढोका खोलिसकेको छ।
यसरी हेर्दा एमाले माओवादी सहितका दोस्रो तहका नेताहरु वाम एकताका लागि सक्रिय रहेको देख्दा र काङ्ग्रेस सगको गठवन्धन टुटेर कम्युनिस्टको सरकार भएको अवस्था नेताहरूले आफ्ना केही गल्ति लाई सच्याउदै घमण्ड त्यागेर एक ठाउँ उभिने हो भने वाम एकताको लागि यो ठूलो अबसर हो र वामपन्थी एकता भएको खन्डमा कार्यकर्ता सहित जनतामा पनि खुशि छाउने थियो र देशले पनि निसकासको बाटो पाउने थियो।
➡️जे होस नेताहरुलाई शुभकामना ।🙏

रोनाल्डो साउदी क्लबले अल नसरमा अनुबन्ध !!

काठमाडौं । पोर्चुगिज कप्तान तथा भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन्

उनिलाई २०२५ सम्मको लागि अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जनाएको छ ।

यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ  ।

रोनाल्डोलाई अल नसरले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ । नसरले वार्षिक १७५ मिलियन पाउन्डको अफर गरेको थियो ।

कतार विश्वकप अघि ३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए । रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए ।

तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन् । रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।

त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स गएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय