२०८३ असार ६ शनिबार

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण!!

  • माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
    २०७९-०९-१५

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण गर्नुभयो ।

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तह सम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गर्नुभयो । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरु प्रति समेत उहाँले सम्मान प्रकट गर्नुभयो ।

संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’ प्रविधिको विकास संगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उहाँले बताउनुहुँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो ।

नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो । विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन दिँदै उहाँले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ-आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै संगठनको नीति अनुरूप कार्य सम्पादनको मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी रूपमा हुने एवम् प्रहरी अधिकृतहरूको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताउनुभयो ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्ड निर्देशन – विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न आदेश !!

१५ पुस, काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले  जानकारी दिए ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट!!

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

युवा लोक-दोहोरी गाएक बिज्ञान अस्ट्रेलियाको सिड्नीमा रमाउदै ।

सिडनी, अष्ट्रेलिया

युवा लोक गाएक बिज्ञान अस्ट्रेलियाको सिड्नीमा जम्दै ।

चितवन घर भएका नव लोक दोहोरी गायक बिज्ञान न्यौपाने हाल आफ्नो उच्च शिक्षाको लागि अस्ट्रेलीयाको सिड्नीमा वसोवास गर्दै आएका छन् ।

नव गाएक बिज्ञान न्यौपानको सानैदखि गीत सङ्गित क्षेत्रमा अभी रुचि राख्ने गर्थे । उनको जन्म खैरहनी नगरपालिका वडा नं २ चैनपुर चितवनमा भएको हो । एक मध्यम वर्गीय साधारण परिवारमा जन्म लिएका उनलाई विशेषत नेपाली लोक दोहारी क्षेत्रमा केही गर्ने चाहाना रहेका छ । तर पछिल्लो समय नेपालको गीत संगित क्षेत्रमा केही गर्नु पर्छ भन्ने योजनाले उनले नेपाल बाहिर अस्ट्रेलीया को सिड्नीमा रहेर पनी आफ्नो उच्च शिक्षा संगै कलाकारिता क्षेत्रमा सकेको समय र आफुलाई व्यस्त बनाएका छन । उनी अस्ट्रेलीया गएर उच्च शिक्षा हासिल गरेको झन्डै १ वर्ष हुन लागेको छ ।

त्यस्तै आफूलाई गित संगित प्रति निकै लगाव रहेपनि उच्च शिक्षाको लागि बिदेशिनु परेकोमा उनले चिन्ता समेत व्यक्त गरेका छन् । उनले नेपाल रहँुदा कस्तो मन रैछ नाम बोलको गित बजारमा ल्याउनुका साथै विभिन्न

लोक गाएक अस्ट्रेलियाको सिड्नीमा जम्दै

चितवनका नव गायक हाल उच्च शिक्षाको लागि अस्ट्रेलीयाको सिड्नीमा वसोवार गर्दै आएका छन् ।

नव गाएक बिज्ञान न्यौपानकोे सानैदखि गीतसङ्गित क्षेत्रमा रुचि राख्ने गर्थे । उनको जन्म खैरहनी नगरपालिका वडा नं २ चैनपुर चितवनमा भएको हो । एक साधारण परिवारमा जन्म लिएका उनलाई विशेषत नेपाली लोक दोहारी क्षेत्रमा केही गर्ने चाहाना रहेका छ । तर पछिल्लो समय नेपालको गीतसंगित क्षेत्रमा केही गर्नु पर्छ भन्ने योजनाले उनले अस्ट्रेलीयाको सिड्नीमा रहेर उच्च शिक्षा हासिल गर्दै आएका छन् । उनी अस्ट्रेलीया गएर उच्च शिक्षा हासिल गरेको झन्डै आठ महिना पुगेको छ ।

त्यस्तै आफूलाई गित संगित प्रति निकै लगाभ रहेपनि उच्च शिक्षाको लागि बिदेशिनु परेकोमा उनले चिनता व्यक्त गरेका छन् । उनले नेपाल रहँुदा कस्तो मन रैछ नाम बोलको गित बजारमा ल्याउनुका साथै विभिन्न कभर गितमा भिडियो बनाउने, प्रोगाममा आफ्नो कला देखाउन गरेका थिए ।

त्यस्तै उनले आफू उच्च शिक्षाको लागि अस्ट्रेलीया बसेपनि नेपाली गीत संगीत क्षेत्रलाई सधै माया गर्ने बताए । र गीत संगीत क्षेत्रमा लगाव, माया र रुचि भएकै कारणले केही समय पछि उच्च शिक्षा हासिल गरेर नेपाल फकिएपछि नेपाली लोक सङ्गितमा सक्रिय भएर लाग्ने उनको योजना रहेको छ ।
त्यसै गरी अब सिड्निमा पनि उनको प्रस्तुति हेर्न पाइने कुरा उनले बताएका छन |

लोक गाएक अस्ट्रेलियाको सिड्नीमा जम्दै

चितवनका नव गायक हाल उच्च शिक्षाको लागि अस्ट्रेलीयाको सिड्नीमा वसोवार गर्दै आएका छन् ।

नव गाएक बिज्ञान न्यौपानकोे सानैदखि गीतसङ्गित क्षेत्रमा रुचि राख्ने गर्थे । उनको जन्म खैरहनी नगरपालिका वडा नं २ चैनपुर चितवनमा भएको हो । एक साधारण परिवारमा जन्म लिएका उनलाई विशेषत नेपाली लोक दोहारी क्षेत्रमा केही गर्ने चाहाना रहेका छ । तर पछिल्लो समय नेपालको गीतसंगित क्षेत्रमा केही गर्नु पर्छ भन्ने योजनाले उनले अस्ट्रेलीयाको सिड्नीमा रहेर उच्च शिक्षा हासिल गर्दै आएका छन् । उनी अस्ट्रेलीया गएर उच्च शिक्षा हासिल गरेको झन्डै आठ महिना पुगेको छ ।

त्यस्तै आफूलाई गित संगित प्रति निकै लगाभ रहेपनि उच्च शिक्षाको लागि बिदेशिनु परेकोमा उनले चिनता व्यक्त गरेका छन् । उनले नेपाल रहदा “कस्तो मन रैछ” नाम बोलको गित बजारमा ल्याउनुका साथै विभिन्न कभर गितमा समेत भिडियो बनाउने, प्रोगाममा आफ्नो कला देखाउन गर्दै आएका थिए ।

त्यस्तै उनले आफू उच्च शिक्षाको लागि अस्ट्रेलीया बसेपनि नेपाल र नेपाली गीत अनी संगीत क्षेत्रलाई सधै माया गर्ने बताए र गीत संगीत क्षेत्रमा लगाव, माया र रुचि भएकै कारणले केही समय पछि उच्च शिक्षा हासिल गरेर नेपाल आई नेपाली लोक सङ्गितमा सक्रिय भएर लाग्ने उनको योजना समेत रहेको छ ।

त्यसै गरी उनले यस अघी सिड्निमा बिभिन्न कार्यक्रमहरू मा पनि प्रस्तुति दिई सकेका छन भने अन्य कार्यक्रममा पनी हेर्न पाइने कुरा उनले बताएका छन |

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन !!

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी पक्का !!

काठमाडाैँ । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ । तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ । अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्नेे देखिएको छ ।

केन्द्रीय सत्ता समीकरण प्रदेशमा पनि लागू हुने र सोहीअनुसार भागबण्डा हुने स्थितिमा नयाँ गठबन्धनकै सरकार बन्नेछ । गण्डकी प्रदेशसभाका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि बहुमत सङ्ख्या ३१ चाहिन्छ जुन नयाँ गठबन्धनसँग छ ।

प्रदेशसभाको दोस्रो ठूलो दल एमालेसँग २२, माओवादी केन्द्रसँग आठ र राप्रपासँग दुई सदस्य छन् । एक सदस्य रहेको एकीकृत समाजवादीको समेत समर्थन लिन सके गठबन्धन दलको सदस्य सङ्ख्या ३३ पुग्छ । जसबाट सजिलै सरकार बन्न सक्छ ।

गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएसँगै प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । नयाँ गठबन्धनका मुख्य दुई घटक एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । यद्यपि केन्द्रमा हुने सहमतिअनुसार नै प्रदेशको शक्ति बाँडफाँट हुने नेताहरूले बताएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले गण्डकी प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने बताउनुभयो । “एमालेको नेतृत्वमा सरकार बन्छ र खगराज अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो ।

आइतबारदेखि राजनीतिमा नयाँ परिस्थिति निर्माण भएकोले त्यसकै भावअनुसार प्रदेशको सत्ता अभ्यास अघि बढ्ने केन्द्रीय सदस्य नेपालीले बताउनुभयो । “केन्द्रमा पनि गठबन्धन दलहरूबीच सहमतिको खाका बन्ला, कुन–कुन प्रदेश कसले लिने भन्ने त होला तर गण्डकीमा एमालेको बलियो दाबी रहन्छ”, उहाँले भन्नुभयो ।

सरकारको नेतृत्व एमालेले लिए पनि गठबन्धनका अन्य दलहरूलाई पनि मन्त्रिमण्डल बनाउँदा सम्मानजनक भूमिका र स्थान दिइने उहाँले बताउनुभयो । बिहीबार प्रदेशसभा सदस्यको शपथ ग्रहणपछि सरकार निर्माणका लागि अग्रसरता बढाउने उहाँको भनाइ छ ।

नयाँ गठबन्धनमा दोस्रो तथा प्रदेशसभामा तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आफ्नो पार्टीको दाबी स्वाभाविक रहेको उल्लेख गर्नुभयो ।

“कांग्रेससँगको गठबन्धन हुँदा पनि अहिले गण्डकीको मुख्यमन्त्री हामीले पाउने भन्ने थियो, अहिले नयाँ समीकरण बनेको छ, मुख्यमन्त्री हामीले पाउनुपर्छ, माथि पनि त्यहीअनुसार कुरा राख्छौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीमा आलापालो हुने भन्दै प्रदेशसभा सदस्य चुमानले पहिला माओवादीलाई दिनुपर्ने बताउनुभयो ।

प्रदेश पार्टीले चाहेर मात्र नहुने भन्दै केन्द्रमा गठबन्धन दल र नेताहरूबीच हुने सहमतिले सबै कुराको छिनोफानो गर्ने उहाँको भनाइ छ । “केन्द्रमा जे सहमति हुन्छ, त्यसलाई मानेर जानैपर्छ, माथि कस्तो परिस्थिति बन्छ, हामी पनि त्यसकै पखाईमा छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रबाट आउने निर्णयपछि ससंदीय दलको नेता चयन गर्ने तयारीमा माओवादी केन्द्र छ । अहिले पनि चुमान नै दलको नेता बन्ने निश्चित जस्तै छ । एमालेले भने आइतबार सर्वसम्मतरूपमा खगराज अधिकारीलाई दलको नेता चुनेको छ । कास्की–१ (१) बाट निर्वाचत उहाँ मुख्यमन्त्रीकै लागि सङ्घको राजनीतिबाट प्रदेशमा झर्नुभएको हो ।

तनहुँ–१ (२) बाट निर्वाचित चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठनको दाबी गर्न आह्वान गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ । उक्त संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई प्रेदश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने छ । रासस

 


दुई दिन सार्वजनिक विदा !!

काठमाडौं, १४ पुस । दुई दिन लगातार विदा
सरकारले पुस १५ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

योसँगै पुस १५ गते शुक्रबार तमु ल्होसारको अवसरमा र पुस १६ गते शनिबार भएकाले दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

गृहनगर पोखरा आईपुग्यो नेपथ्य – अमृत गुरुङ !!

गृहनगर पोखरा आईपुग्यो नेपथ्य

बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवल लगायत शहरहरुको कन्सर्ट सकेर अमृत गुरुङ लगायत नेपथ्य टोली पोखरा आइपुगेको छ । पोखराबाटै उदाएको नेपथ्यले पौष १२ गते गृहमैदान पोखरा नयाँबजार प्रदर्शनी केन्दमा बेलुका ४ बजे देखि प्रस्तुती दिने छ ।

प्रचण्ड प्रधानमन्त्री भए पछि बालेनद्र साहले भने– देश धरापमा छ

काठमाडौँ– नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रोष व्यक्त गरेका छन् ।

 

सामाजिक सञ्जालमा उनले देश धरापमा पर्न सक्ने सन्देश दिएका छन् । उनले जनतालाई सधैंको सास्ती हुन सक्ने संकत गर्दै भने, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्दै तीनटै सरकारमा, हामी प्रजा सधैं सास्तीमा ।’

फुट र प्रतिगमन दुवै पराजित, अब एकता हुन बाँकी: गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् ।

आइतबार एमालेसहितका सात दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि बास्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको टिप्पणी गरेका छन् ।’

poster

‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो । चोटपछि चेत आउने यसरी नै हो बास्कोटाले फेसबुकमा भनेका छन् ।’  बास्कोटा कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्ने बताउँदै आएका छन्

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय