राष्ट्रिय युवा संघ नेपाल कास्की रूपा वडा ३ को अधिवेशन सम्पन्न- अध्यक्षमा हिरालाल कुमाल
राष्ट्रिय युवा संघ नेपाल रूपा वडा ३ को अधिवेशन सम्पन्न ॥
रात्यि युवा संघ नेपाल, रुपा गा. पा वडा नं.३ को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि ने.क.पा एमाले कमिटी अध्यक्ष तथा सोही वडाका जनप्रतिनिधी अध्यक्ष दिपेन्द्र गौतम हुनुहुन्थ्यो ।
उक्त अधिवेशनले हिरालाल कुमाल को अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको छ। सो अधिवेशनमा राष्टिय युवा संघ नेपाल, का क्षेत्र नं. १ क का संयोजक प्रकास देवकोटा, छेत्र नं. २ क का संयोजक राजु गिरी , जिल्ला कमिटी सचिव नमराज के सीले आफ्नो भनाई राख्नु भएको थियो।
सो अधिवेशनमा पार्टि कमिटीका बडाका जिम्मेवार नेता तथा कार्यकर्ताको बक्लो उपथिती थियो भने निवाचित कमिटीलाई जिल्ला सचिव नमराज के.सी. ले सपत खुवाउनु भएको थियो।
जसरी भए नि प्रदेश नं. १ को नाम कुनै धर्म र जातीयतामा जोडिएर हुन दिने छैनौं !!
जसरी भए नि प्रदेश नं. १ को नाम कुनै धर्म र जातीयतामा जोडिएर हुन दिने छैनौं
बिहिवार ,२०७९/०५/१६
कमल-०५,झापा
कुल प्रसाद वगाले
जतिसुकै गरेपनि हेर्नुहोस् मुख्यमन्त्री प्रदेशको प्रमुख भएको नाताले यो कुरा बुझ्न जरुरी छ कि प्रदेशमा लिम्बुवान किरात मात्र छैनन सबै जातजाति, भाषा, धर्महरु रहदै आएको प्रदेश हो यसलाई जातिय हिसाबले न राखियोस। यहाँ लिम्बुवान किरात मात्र छैनन, अरु जात जाती नि छन यसरि नै सबै प्रदर्शनमा उत्रिने हो भने जातीय द्वन्द सुरु हुन जान्छ । त्यसैले प्रदेशको नाम प्रदेशको सोन्दर्यताको आधारमा राखियोस । बिश्वले चिन्ने सगरमाथा हामी माझ छ हाम्रै प्रदेशमा छ । प्रदेशलाई बिश्वमा चिनाउनको निम्ति प्रदेशको नामाकरन सगरमाथा प्रदेश राखियोस जातीय आधारमा प्रदेशको नामकरण गर्ने हो भने भोलिको दिनमा हुने जातिय द्वन्दको जिम्मेवार मुख्यमन्त्री हुनेछन् ।
काठमाण्डौँ महानगरपालिकालाई अल्फा बिटा कम्पनीले कानुनी उपचारमा जान्छौं भन्दै प्रमाणपत्र सार्वजनिक गर्दै ।
बिहीवार ,२०७९/०५/१६
अल्फा बिटा समूहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको भुईं तल्ला व्यवसायीक प्रयोजनका लागि काठमाडौं महानगरपालिकालाई थप दस्तुर बुझाएको दाबी गरेको छ।
अल्फा बिटा समूहले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहितको टोलीले निरीक्षणका क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
गत ९ भदौमा अल्फा बिटा कम्प्लेक्समा पुगेर महानगरले त्यहाँस्थित संरचनामा रहेको फार्मेसिमा डोजर चलाएको थियो। अल्फा बिटा हाउसका संचालक द्वीराज शर्मा र मेयर शाहबीच चर्काचर्की भएको थियो।
बच्चा जन्मेको पहिलो वर्षमा जापानमा गरिने मुख्य जापानी संस्कारहरू!!
कुनैपनि परिवारमा बच्चाको जन्म हुनु निकै खुसीको कुरा हुन्छ । बच्चाको जन्म संस्कार मनाउने परम्परा चाहिँ देश, धर्म, समुदाय वा सम्प्रदाय पिच्छे फरक फरक हुनसक्छ ।
संसारका कतिपय समुदायमा बच्चाको जन्म भएसँगै विभिन्न प्रकारका संस्कारहरु निभाइन्छ । जापानीको पनि आफ्नै मौलिक जन्म संस्कार र परम्परा छन् । नेपालीहरुको जस्तै न्वारन, पास्नीसंग हल्का फुल्का मिल्दोजुल्दो त केहि अनौठा जन्म संस्कारहरु प्रचलनमा रहेका छन् । जापानमा बच्चा जन्मे पछि एक वर्ष पुग्दासम्म मुख्य रूपमा गरिने पाँच संस्कारहरू ओशिचिया मेइमेइ शिकी, ओकुइजोमे, हात्सु-जेक्कु, इस्शोउ मोची र एराबितोरी हुन् ।
ओशिचिया मेइमेइ शिकी (बच्चाको नामकरण) रितिरिवाज वा प्रचलन अनुसार बच्चाको नाम राखिने कार्य हो । यो शिशु जन्मेको सातौं रात्रीमा गर्ने गरिन्छ । यस दिन नजिकका नातेदारहरू भेला गरेर बच्चाको नाम घोषणा गरिन्छ । यस दिन नवजात शिशुलाई सेतो कपडामा सजाइन्छ (परम्परागत रूपमा, नवजात शिशुहरूलाई जन्मेको १७ दिनसम्म सेतो लुगा नै लगाइन्छ) र अतिथिद्वारा पैसा वा उपहार दिइन्छ । साथै केहि विशेष परिकार खाएर मनाइन्छ ।
ओकुइजोमे (पहिलो खाना) ओकुइजोमे सामान्यतयाः बच्चाको जीवनको १०० औं दिनको वरिपरि हुन्छ । यस दिन विभिन्न परीकार तयार गरी बच्चालाई ’पहिलो खाना’ को रूपमा चखाइन्छ ।
हात्सु-जेक्कु (पहिलो पर्व) हिनामात्सुरी प्रत्येक वर्ष मार्च ३ मा मनाइने बालिकाहरूको उत्सब हो । जसलाई गुडिया दिवस वा बालिका दिवस पनि भनिन्छ । बच्चाको पहिलो हिनामात्सुरी विशेष तरिकाले मनाइन्छ । यस चाडमा बालिकाका आमाले हिना गुडियालाई रातो कपडामा सजाएर बाहिर नदीमा छोडिदिन्छन् । परम्परागत मान्यता अनुसार, हिना गुडियाले परिवारका बालिकालाई रोग र दर्भाग्यबाट सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ ।
त्यैसैगरी बालकको पहिलो बाल दिवस विशेष तरिकाले मनाइन्छ । प्रत्येक वर्ष मे महिनाको ५ तारिख मनाइने बाल दिवस पहिले केटाहरूको पर्व भनेर चिनिन्थ्यो । यस दिन परिवारका सद्स्यहरूले बालकको राम्रो स्वस्थ र तागतको सम्मान स्वरुप परम्परागत रूपमा आफ्ना सामुराई (योध्दा) को झल्को दिने खेलौनाहरु प्रदर्शन गर्छन् र आफ्नो घर टोल कोइनोबोरी (झण्डा जस्तो फरफराईने माछा आकारका नोबोरी) ले सजाउछन् ।
इस्शोउ मोची जापानी बच्चाको पहिलो जन्मोत्सवमा दिइने १ दशमलव ८ किलोको चामलको केक हो । बच्चा जन्मेको एक वर्ष पुगेपछि बच्चाको लागि गोलाकारको १ दशमलव ८ किलोको रातो र सेतो रंगको मोची (चामलको केक) बनाएर कपडामा बाढी बच्चाको ढाडमा बोकाइन्छ । यस विधीको उद्देश्य बच्चाको दीर्घायु, शान्तिमय जीवनको कामना र जीवनभर खानाको कमिको महसुस नहोस भन्ने हो ।
एराबितोरी (छनौट) एराबिटोरी बच्चाको पहिलो जन्म दिवसमा गरिने क्रियाकलाप हो । यसका लागि कलम, पैसा, रुलर र चपस्टिक जस्ता धेरै वस्तुहरू बच्चाको अगाडि राखिन्छ र बच्चालाई रोज्न दिइन्छ । दिइएको वस्तु मध्ये बच्चाले जे रोज्छ भविष्यमा बच्चाको त्यहि वस्तुसंग सम्बधित बाटो रोज्ने विश्वास गरिन्छ । जस्तै यदि उसले पैसा रोजेमा व्यवसाय गर्ने वा धन कमाउने, कलम रोजेमा लेखक, चपस्टिक्स रोजेमा कुक आदि ।
भारतीय सेनाका प्रमुख पाण्डे नेपाल आउँदै!!
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आगामी आइतबार नेपाल आउने भएका छन् । नेपाली सेनाले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थल सेनाका प्रमुख पाण्डे नेपाल आउन लागेको जानकारी दिएको हो ।
पाँच सदस्यीय भ्रमणदलका साथ उनी नेपाल आउने भएका हुन् । भ्रमणको क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । सेना प्रमुख पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्नेछन् ।
भ्रमणका क्रममा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । उनी आगामी बिहीबारसम्म नेपालमा रहने सेनाले जनाएको छ ।
चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने!!
काठमाडौं । आगामी चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन् ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा आवश्यकमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन् ।
मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९ सय ६० जनशक्ति आवश्यक पर्ने आयोगले जानकारी दिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार सात सय हुने अनुमान गरेको छ ।
स्थानीय चुनावमा २१ हजार नौ सय ५५ मतदान केन्द्र तोकिएको थियो । प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन् । मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ ।
चुनावमा एक सय ६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही संख्यामा निर्वाचन अधिकृतको कार्यालय रहने छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक हजार चार सय ८५ कर्मचारी नियुक्त हुने छन् ।
मतगणनाका लागि आयोगले दुई हजार चार सय ७५ जना कर्मचारी आवश्यक हुने आयोगको भनाइ छ । मतगणना कार्यका लागि क्षेत्रअनुसार पाँच जना कर्मचारी परिचालन गरिने भएको छ ।
Former football Captain, Kiran Chemjong’s Marriage!!
Kiran Chemjong, former captain and goalkeeper of the Nepali national football team, is getting married today. He is getting married to his girlfriend Kanchan Niraula. He has taken people from Imadol in Lalitpur to a party palace in Baluwatar.
Kiran and Kanchan got engaged at the football ground in Malé, the capital of the Maldives. The engagement was done after Kiran’s Maldivian club won the Premier League title.
Goalkeeper Kiran Chemjong is among the 30 players who are undergoing closed training for the upcoming friendly match between Nepal and Bangladesh in Kathmandu on September 27.
गठबन्धनमा भएका पार्टीहरुको सिद्धात एकअर्कोसँग फरक फरक ।
कमल -०५,झापा
२०७९/०५/१५
बुधबार
मुख्य कुरो त बिचार धारणा नै मिल्दैन गठबन्धनमा भएको पार्टीहरूको , फेरि यि पार्टीहरूमा कसैले साम्यवादी सिद्धान्त बोकेको छ भने , कसैले पुँजीवादी सिद्धान्त बोकेको छ त कसैले राजावादी एवंम हिन्दुराष्ट्रको मुख्य एजेन्डा बोकेर हिँडेको छ , अचम्मको कुरा त यति धेरै भिन्नता हुँदाहुँदै पनि गठबन्धन चाहिँ के का लागि भयो र किन भयो ? ५ वटा गठबन्धनमा रहेका पार्टीहरूको ५ थरीका कुराहरु हुन्छन् जस्ले गर्दा बादविवाद नआउला भन्न सकिन्न हिजो एउटै सिद्धान्त, बिचार धारणा बोकेर हिँडेको दुई पार्टीमा त बादविवाद आयो भने यो त ५ वटा विभिन्न सिद्धान्त, बिचार धारणा बोकेर हिँडेको गठबन्धन हो नआउला भन्ने त आशा नै छैन चाहे त्यो स्थानिय तहमा होस् या राष्ट्रिय स्तरको होस् जनताले देशमा स्थीर सरकार , विकास, समृद्धि चाहेको हो भने गठबन्धनमा भोट नहालेको राम्रो हुन्छ ।
कुल प्रसाद वगाले थापा
माछापुच्छ्रेको पालिका अधिवेशन भदौ १८ मा हुने – राष्ट्रिय युवा संघ नेपाल कास्की !!!
कुल प्रसाद वगाले थापा
२०७९/०५/१४
आगामी शनिबार राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिका कास्किको प्रथम अधिबेशन गर्न आज राष्ट्रिय युवा संघ माछापुच्छ्रे गाउँपालिका संयोजक राजेन्द्र गौतमको अध्यक्षतामा सह संयोजक उज्ज्वल पुन उपलब्ध जिल्ला कमिटी सदस्य विभिन्न वडा इन्चार्ज सहितको बैठक बसि जिम्मेवारी समेत तोकेको छ जस अनुसार प्रतिबेदन लेखन राजेन्द्र गौतम योगेन्द्र के सि र रुद्र राना भाट अर्थ ब्यबस्थापन उज्ज्वल पुन अतिथि ब्यबस्थापन राजेन्द्र गौतम प्रतिनिधि ब्यबस्थापन योगेन्द्र के सि प्रचार प्रसार रमेश परियार हल ब्यबस्थापन केशव राज अधिकारी सास्कृतिक तथा साउण्ड ब्यबस्थापन नवीन राना यातायात ब्यबस्थापन रमेश जि सि स्वयंसेवक अतिथि सत्कार पानी ब्यबस्थापन हिमाल तामाङ कार्यलय ब्यबस्थापन युवराज जि सि लाई जिम्मेवार तोकेको छ ।
आयोजक सम्मेलन कमिटीमा संयोजक ,सहसंयोजक यस भुगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य र वडा अध्यक्ष तथा सम्पुर्ण बिभागका एक जना रहने ब्यबस्था गरेको छ भने सम्पुर्ण वडाको यहि भाद्र १६ गते बैठक बसि प्रतिनिधि छनौट गर्ने गरि मातहतको कमिटीलाई निर्देशन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सिले तोकेको समयमै सम्पुर्ण पालिका अधिबेशन सम्पन्न गर्न जिल्ला कमिटीको पुर्ण बैठक को मर्म अनुसार राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँ पालिका लागि परेकोमा धन्यवाद समेत व्यक्त गरे राष्ट्रिय युवा संघ नेपाल कास्की क्षेत्र नं ३ का संयोजक योगेन्द्र के सि ले आम युवाको प्रतिनिधि सस्था राष्ट्रिय युवा संघ नेपाल गतिविधि गरेरनै जनताको मन जित्ने हुदा संगठन बिस्तारमा नअल्झिन सुझाए त्यस्तै राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं ३ (क) प्रदेश निर्वाचन कमिटी संयोजक रुद्र राना भाटले सम्पुर्ण माछापुच्छ्रे बासी युवाहरूको नेतृत्व चएन गर्ने दिन भाद्र १८ गते भएकोले लागि पर्न अनुरोध गरे ।
राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गा पाका अध्यक्ष राजेन्द्र गौतम को अध्यक्षतामा भएको बैठकको स्वागत उज्ज्वल पुनले गरेका हुन भने संचालन युबराज जि सीले गरेका थिए ।
रास्ट्रघाती नागरिकता विधेयक खारेज गर ।
कुल प्रसाद वगाले थापा
२०७९/०५/१४
अन्तरछिमेक पार्टीगत सम्बन्ध
छिमेकी देशहरू संग पारस्परिक सम्बन्धको अतिरिक्त पार्टीगतरूपमा त्यहाँको सत्तासिन पार्टी लगाएत अन्य ठुला दलहरूसंग पनि सम्बन्ध स्थापित गर्नु दुई देश बीचको विद्यमान सम्बन्धलाई मजबुत एवं प्रगाढ़ बनाउने एउटा महत्वपूर्ण उपाय हो।तसर्थ अन्तरछिमेक पार्टीहरू बीच सम्पर्क भेटघाट र दुई देश बीचको विविध मामिल तथा समस्याहरूको समाधनार्थ छलफल विचारविमर्श गर्नु र सुमधुर समझदारीपूर्ण दह्रीलो सम्बन्धका लागि विविध कार्यक्रम विचारगोष्ठीहरू आयोजन गर्नु निश्चयनै सकारात्मक पक्ष हो।दुई देश बीचको सम्बन्धलाई समयसापेक्ष बनाउन जनताको पनि साथ समर्थन चाहिन्छ।सर्वविदित नै छ कि सरकार र जनता बीच पुलको काम राजनीतिक दलले गर्दछ।यस अर्थमा छिमेकका दलहरू संगको अन्तरसम्बन्धले दुई देश बीचको सम्बन्धमा प्रभावकारी महत्व राख्दछ।
हाम्रा दुई छिमेक र नेपाल बीच सुरक्षा, विकास र समृद्धिको दृष्टिले निकै ठुलो खाडल छ।हाम्रो विकास र समृद्धिको लागि वाह्य सहयोग अपरिहार्य
छ।दुई छिमेक संगको हाम्रो सम्बन्धको स्वरूप त फरक छ नै तथापि सम्बन्ध सहयोगात्मक छ।सबैको आ-आफ्नो राष्ट्रीय स्वार्थ हुन्छ।त्यसप्रति सबै सम्वेदनशील हुन्छन्।त्यसमा कुनैपनि किसिमको कम्प्रोमाइज हुन सक्दैन।तसर्थ सदैव सचेत रहनु अत्यावश्यक छ।
उत्तर र दक्षिण संगको हाम्रो पार्टीगत सम्बन्धले गति लिएको छ। नेपालमा उत्तरको पार्टीगत भ्रमणले केही बर्ष देखि निरन्तरता पाईरहेको छ।सम्बन्ध जतिसुकै पुरानो सुमधुर दरिलो रहेतापनि कहिलेकाहीँ नेताहरूको (ईगो) अहम् भावको कारण संकटको स्थिति पैदा हुने गर्दछ।नेपाल भारत सम्बन्धको दौरान नेपालले धेरै पटक संकटको अवस्था भोगेको छ।तसर्थ पार्टीगत सम्बन्ध रहेको अवस्थामा नेताहरूको (ईगो) अहम् भावमा परिवर्तन ल्याउन पार्टीहरूले सकारात्मक भूमिका खेल्न सक्छन्।यस्तै गरि सरकारले आफ्नो लक्ष्य प्राप्तिको लागि पार्टीगत सम्बन्ध को पनि उपयोग गर्न सक्छ।हाम्रा कमरेडहरूको बेलाबखत चीनको औपचारिक अनौपचारिक पार्टीगत भ्रमण हुने गरेको सर्वविदित नै छ।चीनले आफ्नो राष्ट्रीय स्वार्थ पूर्ति गर्न वैचारिक समानताको आधारमा भावनात्मक दवाव ( sentimental Pressure )को प्रयोग गर्न सक्छ।चीनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमणकालमा राज्य प्रमुख,सरकार प्रमुख तथा कम्युनिस्ट शीर्ष नेताहरूसंगको भेटमा चीनको सुरक्षा चासो व्यक्त गरे ।
यस्तै गरि कम्युनिस्ट नेताहरू एक भएर अगाडी बढन ,नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन आग्रह गर्दै अमेरिकाको SPP मा सामेल नहुने नेपालको निर्णयको स्वागत गरेका थिए।साथै नेपालको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारेका थिए ।
हाम्रा छोटा बडा सबै खाले नेताहरूको पनि समय समयमा भारत भ्रमण भइरहन्छ।सोही दौरान अवस्था र आवश्यकतानुरूप भारत सरकारले आफ्नो स्वार्थ पूर्ति गर्न अन्तर छिमेक पार्टीगत सम्बन्धलाई उपयोग गर्न पनि सक्छ।प्रत्यक्ष परोक्ष मनोवैज्ञानिक दवाव ( psychological pressure ) पनि दिन सक्छ।भारतीय जनता पार्टी अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा हाम्रा भूपु प्र मं प्रचण्डले चीनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालको मैत्रीपूर्ण भ्रमण सकेर फर्किएको अर्को दिन २०७९ असार ३१ गते तात्तातै मित्र राष्ट्र भारतको तीनदिने भ्रमण गर्नु भयो।तुरन्तातुरन्ती भएको भ्रमणको सिलसिला उल्लेख गर्दै केही भारतीय लफन्दरो मिडीयाले प्रचण्डलाई भारतीय ऐजेंटको रूपमा प्रस्तुत गर्ने दुष्प्रयास गरेको पनि सुनियो।भ्रमण पार्टीगत सम्बन्ध सन्तुलनकालागि हो भनेतापनि तुरन्तातुरन्ती किन भन्ने प्रश्न आफ्नो ठाँउमा छदै छ।तथापि भ्रमण पार्टीगत सम्बन्ध कै क्रममा भएको पुष्टि भारतीय विदेशमन्त्री एस जयशंकरले लेखेका थिए “ भारतीय जनता पार्टीका अध्यक्ष @jpnadda को निमन्त्रणामा भारत भ्रमणमा रहनु भएका @cmprachanda लाई स्वागत गरन् पाउँदा ख़ुशी लागेको छ”।भ्रमणको क्रममा कमरेड प्रचण्डले भनेका थिए “ दुई पार्टीको सम्बन्ध लाई दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रो संग बढाउनु पर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु ”।
स्वदेश फर्किदा अत्यन्त प्रफुल्लित कमरेड प्रचण्ड भन्दै थिए “ सरकारको तर्फ बाट भाजपा को तर्फ बाट जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो मलाई चाहिँ पहिला प्रधानमंत्री भएर जांदा भन्दा अहिले फरक लागेन उस्तै उस्तै नै चाहिँ गरेको पाईयो र त्यो पनि निकै सकारात्मक थियो। BJP अध्यक्षले बोलाएको हुनाले प्रेसिडेंटले अन्तिम भेट गरिसकेपछि क्लाईमेक्स त्यही हो भन्ठानेर हो कि प्र. मं. मोदी संगको भेट अहिले सम्भव भएन भन्ने आयो ”।
भ्रमणको फल के कस्तो आउने हो जनतामा कौतुहल थियो।फल आउन समय चाहिँ लागेन्।
वैवाहिक अङ्गीकृत नागरिकताको हकमा सात बर्षको प्रावधान सहितको विधेयक राज्य व्यवस्था समिति बाट पारित भएर संसदमा पेश भएको, त्यसको पक्षमा नेकपा माओवादी ( केन्द्र) रहेको तर संसद विघटन भएको कारण पेन्डिङ्ग रहेको उक्त विधेयक वर्तमान सरकारले फिर्ता लियो ।संशोधन गर्यो। सात बर्षे प्रावधान हटाईएको नागरिकता विधेयक नेकपा माओवादी ( केन्द्र )को विशेष साथ सहयोग समर्थनमा पारित भयो।अब वैवाहिक अङ्गीकृत नागरिकताको हकमा आज सिंदूर भोलि नागरिकता पाउने अवस्था लागू हुने भयो।तैपनि मरुभूमिमा पाईने सुतुरमुर्गले आफुलाई शिकारी बाट बचाउन जिउ बाहिर रहनेगरि टाउको मात्र बालुवामा घुसारेर आफु पुर्ण सुरक्षित रहेको ठाने जस्तै गरि माओवादीले पनि प्र.मं.देउवा र भू पु प्र मं.ओली माथी सम्पूर्ण दोष थोपर्दै आफुहरू लाई चोख्याउने ढाट अभिव्यक्ति दिईरहेका छन्।एउटा अन्तर्वार्तामा कमरेड देव गुरुङ बोल्दै हुनुहुन्थयो “ तत्कालीन प्रधानमंत्री के पीले सात बर्षको प्रावधान राख्नु भयो। ठीक छ भनेर त्यो बेलाको नेकपा सचिवालयले निर्णय गर्यो ।राज्य व्यवस्था समितिले निर्णय गरेर फुल हाउसमा टेबल भईसकेको अवस्थामा त्यही प्रक्रियालाई अगाडी बढाउन पर्छ भन्ने कुरा चाहिँ अहिले पनि हाम्रो मत थियो।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा