बलात्कारिलाई फाँसी दे सरकार !!
कमल -०५,झापा
२०७९/०५/१४
कुल प्रसाद वगाले
छ्या भन्न नि लाजैमर्दो कुरा ; अहिलेका चेलिबेटीहरु बाहिर खुलेर नि हिँड्न नपाउने । यो कस्तो बिडम्वना अहिलेका युगका चेलीहरुको । एउटा बाहिर हिँड्नेलाई उनीहरुलाई स्वतन्त्रता भन्ने चिज पनि हुन्छ नि । हाम्रो देशमा मात्रै यस्तो हो कि अरु देशमा पनि यस्तै बाहिर एक्लै हिँड्दाखेरी हाम्रो देशका चेलीहरु जस्तै डराउनुपर्छ । किन अहिले यति शिक्षित जमानामा पनि दिनदिनै बलात्कार जस्तो जघन्य अपराधहरु बढीरहेको छ । थुक्कर यी बलात्कारि नालायक र नामर्दाहरु त बरु किरा परेर मर्नु नै बेश हुन्छ । एउटा समाजिक मान्छे भइसकपछि त मान्छेहरु ईमान , इज्जत , मान ,सम्मान र प्रतिश्ठा भन्ने चीज हुँदैन र । कस्तो यस्तो घिनलाग्दो काम गरेर नि समाजमा कसरी मुख देखाएर हिँड्छन् नि यी बौलाहा चोरहरु । सक्छ्स् भने यी घोप्टेहरुलाई फाँसी दे सरकार ।
नेपालका युवाहरू जति सबै विदेश पलायन हुने क्रम बढ्दो ।
कमल -०५, झापा
२०७९/०५/१४
कुल प्रसाद वगाले
देशभित्र र मुलुकमा जति पनि अति दक्ष , सामान्य दक्ष अनि निम्न दक्ष जनशक्तिहरु छन् ;तिनीहरुको उचित व्यवस्थापन हुन नसकेको कारणले गर्दा यहाँका युवाहरु दिनहुुँ रूपमा विदेश पलायन हुन व्याध्य छन् । जब विद्यार्थीहरुको हातमा शैक्षिक योग्यताको स्नातकोत्तर तहको हुन्छ तबसम्म पनि रोजगारका अवसरहरु सिर्जना हुन सक्दैन फलस्वरूप उनीहरुको घरायसी बाध्यताले च्यापेको हुनाले विरोजगार नै बस्नु भन्दा केही पैसा भए नि कमाउन विदेश जाने गरेको पाइएको छ ।पछिल्लो समयामा +२ सिध्याएर नै IELTS गरेर अस्ट्रेलिया वा जापानीज भाषा सिकेर जापान जाने प्रवृति नै बढेको पाइएको छ ।किन यी देशमा विद्यार्थीहरु औधी रुचि हुन पुग्यो ? यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । के यो विदेशीने प्रवृति रोक्न नसकिने नै होर ।नेपालमा नै केही गरौं भन्ने सोच आजको युवावर्गमा हुनु अति नै आवश्यक छ ।
एक शिक्षकले बिद्यार्थीमाथी चड्कन् १५ दिन आराम गर्न चिकित्सकको सुझाव!!!
बुटवल, भदौ१३ । बुटवलको सुख्खानगरमा रहेको दिप बोडिड हाई स्कुलका एक शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई कानमा चट्कन हानेपछि १५ दिन सम्म आराम गर्नुपर्ने भएको छ।
विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझिलाई चट्कन हानेको असरका कारण बिद्यार्थीले १५ दिन स्वास्थ्यलाभ गर्नुपर्ने अवस्था आएको अभिभावकको गुनासो छ।
तिलोत्तमा वडा नं. ५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावक चन्दा रायमाझिले बताईन। कक्षामा हासेको भन्दै कानको माथीपट्टि चडकन लगाईएछ दुखाई बढी भयो भनेपछि चेक गराउन गएको डाक्टरले आराम गर्नुपर्छ भन्नु भएको छ उनले भनीन्।
यसअघि पनि आफ्नो छोरा माथी विद्यालयमा शिक्षकले कुटपिट गरेको उनको गुनासो छ। उनले यस पटक पनि शिक्षकबाट कुटाईखाएपछि घटना बारे बुज्दा आफुलाई विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले थर्काएको समेत बताईन।
फिजिकल पोलिसमेन्ट दिन नपाईने भएपनि विद्यालयका शिक्षकले पटक पटक विद्यार्थीहरुलाई कुटपिट गरेकाले उक्त विद्यालयमा विद्यार्थीहरु अशुरक्षित भएको उनको भनाई छ।
‘हामीले विद्यालयमा विश्वास गरेर आफ्ना नानीबावुहरुलाई पढन पठाउने तर यहाँ शिक्षकले कुटपिट गर्दा विद्यार्थीलाई मनोबैज्ञानिक त्रास बढेको छ। मनोविज्ञानमा गम्भिर असर परेको छ। यसमा विद्यालय प्रशासन र विद्यालयका प्राचार्य गम्भिर बन्नुपर्छ।’ मैले अव छोरालाई त्यहां पढन पठाउने की नपठाउने ? उनले भनिन्।
उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको चन्दा रायमाझिले बताईन। विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले भने आफुलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए।
राष्ट्रिय परिक्षा केन्द्रले भोलि कक्षा -१२ को नतिजा प्रकाशण गर्दै छ । यसरी हेर्नुहोस् नतिजा ।
कमल -०५, झापा ,
BREAKING ! कक्षा १२ को परीक्षाको नतिजा भोलि प्रकाशण हुँदै छ ।
तर ‘कक्षा १२ को नतिजा भोलिसम्म प्रकाशन गर्ने तयारी हो । केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’
– Chairman, Mahashram Sharma
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले यो पटक तीनथरि नतिजा सार्वजनिक हुने जनाएको छ । आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

नेपाल केन्याको भ्रमणको आज टि-२० आई शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम खेल हुँदै ।
कमल-०५,झापा
कुल प्रसाद वगाले
केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी-२०आई श्रृंखलाअन्तर्गत पाँचौं तथा अन्तिम खेल आज खेल्दै छ ।
श्रृंखला २-२ को बराबरीमा रहेकाले आजको खेल शृंखलाको निर्णायक पनि हुनेछ ।
पहिलो खेलमा नेपाल विजयी रहँदा दोस्रोमा पराजित भएको थियो ।
तेस्रो खेलमा १५७ रनको लक्ष्य पूरा गरेको नेपालले हिजो भएको चौथो खेलमा १०२ रनको लक्ष्य पूरा गर्न सकेन ।नेपालको ब्याटिङमा निरन्तर समस्या देखिइरहेको छ । श्रृंखला जित्नका लागि नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।
यसै श्रृंखलाको बीचमै जारी भएको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएर १५औं स्थानमा झरेको छ ।
त्यसैले वरियता सुधार गर्न भएपनि अन्तिम खेल जित्नैपर्ने दबाब छ ।
अब कुरा गरौं समग्र नेपाली खेलकुद क्षेत्रमा -कुल प्रसाद वाग्ले !!
अब कुरा गरौं समग्र नेपाली खेलकुद क्षेत्रमा
राष्ट्रको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली खेलकुद ; चाहेँ त्यो फूटबल अथवा क्रीकेट होस् ; एकदमै ठुलो असर पर्दछ ।धनी देशहरुले त्यसै अर्थतन्त्रमा यत्रो फड्को मारेको होइनन् ।सोच्नुहोस् खेलकुद क्षेत्रले देशलाई निकै गहकिलो धनराशि निम्ताउन मद्दत गरेको हुन्छ ।
तर दुर्भाग्यको कुरा चै के हो भने नेपालमा खेलाडीहरु पनि match fixing जस्तो फोहोरी र अबध्र चक्रभियु फसेको तथ्य पनि हामीलाई अवगत नै छ ।यो जति लाजमर्दो कुरा त के नै हुन सक्छ र महोदय ।हजारौं नेपाली फुटबल समर्थकहरु भने देशले खेलकुद क्षेत्रमा केही प्रगति गर्ला भनेर रंगशालामा पैसा तिरेर हेर्न पुग्छन् अनि recharge गरेर data किनेर खेल हेर्छन् ।तर यो सबै हाम्रो मिहिनेत बालुवामै जाने हो कि पानीमा जाने हो ।किन आर्को कुरा यो खेल क्षेत्रमा किन राजनीति भित्राउनु ।के जुनै पनि क्षेत्रमा राजनीति मिसाउनु जरुरी छ र ।त्यसैले गर्दा यहाँका अब्बल र क्षमतावन खेलाडीहरुले अवसर नपाउनाले खेल्नबाट वन्चित हुनुपरेको विडम्बना पनि हामीसँग छदैँ छ ।त्यति मात्रै कहाँ होर हजुर प्रथमा खेलाडीहरुको तलब धेरै भइदिएको भए पो विचारा खेलाडीहरुले धन्न पो त ।खासगरी उहाँहरुले पाउने तलब ज्यदै न्यून भएकाले उहाँहरुले परिवार धान्न नसकेका कारणले अहिले दिनहुुँ रूपमा उहाँहरुको विदेशीने प्रवृति बढिरहेको छ ।अनि यहाँ खेलकुदको विकासका लागि चाहिने भौतिक पुर्वाधारहरुको नै कमि छ ।यहाँ न त रंगशालाको उचित व्यवस्थापन छ न त यहाँ नियमित रूपमा प्रशिक्षण नै हुन्छ । यो खेलकुद क्षेत्रमा आबद्ध निकायहरुको म ध्यानाकर्षण गर्दै यो क्षेत्र छिटै नै विकास भएर उचाईमा पुग्न सफल होस् मेरो कामना छ ।
स्वास्थ्य र शिक्षा देश विकासका प्रमुख आधार हुन् -कुल प्रसाद वाग्ले
नेपालको स्वास्थ्य र शिक्षाको कुरा गरुम एक पल्ट किनकि स्वास्थ्य र शिक्षा देश विकासका प्रमुख आधार हुन् ।
मेरो विचारमा जुन देशमा निशुल्क स्वास्थ्य र शिक्षा छ , त्यो देश वास्तविक रूपमा एकदमै विकसित अथवा त्यो देश आफ्नो देश र जनताहरुका लागि पुरै कर्तव्यनिश्ट छ।
तर जुन देशमा निशुल्क शिक्षा हुँदैन , त्यो देश अल्पविकसित देश अथवा विकासोन्मुख देश हो । यस्ता देशहरूले कहिल्यै नि आफ्नो देशको अर्थतन्त्र बलियो बनाउन सक्दैनन् ।
अब हाम्रो देशको स्वास्थ्यको कुरा गर्ने हो भने यो देशमा स्वास्थ्यको क्षेत्रमा हाम्रो देशले चाहिएको दक्ष जनशक्ति नै निकाल्न सकेको छैन । यहाँ भएका स्वास्थ्यका रूपमा काम गर्ने संस्था र उपचारक स्थानहरुले बिरामीहरुले चाहेको जस्तो उपचार प्रदान गरेको नै छैन । यहाँ गाउँ गाउँमा बस्ने मानिसहरुलाई रोगले च्यापेको अवस्थामा उपचार नपाएर त्यहाँका बिरामीहरु दिनदिनै मर्ने क्रम बढिरहेको पाइन्छ ।
त्यसपछि अब कुरा गरुम नेपालको शिक्षाको :-
नेपालमा विशेषगरी व्यावहारिक र व्यावसायिक शिक्षा दिने किसिमको शैक्षिक अध्ययन नै छैन । हामी विद्यार्थीहरुमा ज्ञान भएता पनि रोजगारका असीमित अवसरहरु पाइदैन । यहाँ रहेका सरकारी विद्यालयहरुले यहाँ खोलिएका सामुदायिक विद्यालयहरु स्वच्छ रूपमा प्रतिस्पर्धा गर्नका निम्ति उचित व्यवस्थापन गर्ने मौका नै पाएका छैनन् ।सरकार विद्यालयले जीवनोपयोगी कला र सीप प्रदान गर्न असक्षम हुने भएकाले अभिभावकहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन व्याध्य भएका छन् । विशेषगरी सामुदायिक विद्यालयहरुले अति चर्को मुल्य लिने र मनोमानी ढंगले विद्यालयलाई व्यवस्थापन गर्ने भएकाले यहाँ धनी बाउआमाहरुका छोराछोरी मात्रै पढ्न सक्छन् अनि बाकीँ रहेका गरिब जनताहरुका छोराछोरीहरु मात्रै सरकारी विद्यालयमा पढ्ने गर्दछ्न् ।
यहाँ रहेको शिक्षाको क्षेत्रमा अर्को मुख्य समस्या भनेको हाम्रो देशमा उत्पादन भएका दक्ष जनशक्तिहरुलाई यहीँ देशभित्र नियन्त्रण गरेर राख्न सकेको छैन । जति पनि अति दक्ष , सामान्य दक्ष अनि निम्न दक्ष जनशक्तिहरु छन् ;तिनीहरुको उचित व्यवस्थापन हुन नसकेको कारणले गर्दा यहाँका युवाहरु दिनहुुँ रूपमा विदेश पलायन हुन व्याध्य छन् । जब विद्यार्थीहरुको हातमा शैक्षिक योग्यताको स्नातकोत्तर तहको हुन्छ तबसम्म पनि रोजगारका अवसरहरु सिर्जना हुन सक्दैन र उनीहरु विदेशीन बाध्य हुन्छन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्की , रूपाको पालिका अधिवेशन भदौ १८ मा हुने !!!
राष्ट्रिय युवा संघ नेपाल कास्की , रूपाको पालिका अधिवेशन भदौ १८ मा हुने !!!
राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीको सर्कुलर बमोजिम रूपा गाउँपालिकामा वडा अधिवेशन तथा पालिकाको अधिवेशन र संगठन विस्तारको काममा तिव्रता आएको छ।
रूपा गाउँपालिका कमिटीले वडा नं.१ मा बालमणी पौडेलको अध्यक्षतामा र वडा नं. ५ मा रवि गुरुङको अध्यक्षतामा कमिटी गठन गरिसकेको छ।

यही मिती २०७९/०८/१५ गते वडा न ७ को रामकोट , हंसपुर, र वडा नं. ४ को धामि गाउँमा त्यसै गरी भदौ १६ गते वडा नं. ३ को पोल्याङ मा र वाड न २ को थुम्कीमा , भदौ १७ गते वडा नं. ६ को भिरचोकमा सम्पन्न गरी मिति २०७९/०५/१८ मा गाऊँपालिकको अधिवेशन, फाल भन्ज्याङको थापा भवनमा गर्न युवा संघ रूपा संयोजक उपेन्द्र गुरुङले जानकारी दिनुभयो।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको निर्देशन अनुसार कास्कीमा सबै वडा तथा पालिकाको अधिवेशन भदौ २१ भित्र गरि सकेर कार्तिकको १० भित्रमा जिल्लाको अधिवेशन गर्ने गरि विशेष तयारीमा कास्की जिल्ला जुटेको कुरा कास्की जिल्ला सचिव नमराज के.सीले बिश्व पाटिलाई जानकारी दिनुभयो।
पोखरा २० राष्ट्रिय युवा संघ वडा भेला अध्यक्षमा बिष्णु प्रसाद बास्तोला !!
भदौ १३,पोखरा
राष्ट्रिय युवा संघ नेपाल, पोखरा महानगरपालिका वडा नम्बर-२० भलाम मौजाको युवा भेला जिल्ला अध्यक्ष पान बहादुर जिसिको प्रमुख आथित्यमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य भिम प्रसादबास्तोला,मन्बुजा बिक तथा वडा अध्यक्ष गंगा केसी र पार्टी अध्यक्ष त्रिलोचन गौतमको,राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटीका सचिव नमराज केसी , वडा २० इन्चार्ज एब्म जिल्ला सचिबालय सदस्य गणेश पौडेल , राष्ट्रिय युवा संघ कास्की जिल्ला सदस्य एबम प्रचार प्रमुख सुनिल खड्का को उपस्थित रहेको थियो।

पोखरा-२० का अग्रज नेता, युवाहरु को उपस्तिथि रहेको थियोे !
भेला बाट निम्न लिखित पदाधिकारी चयन हुनुभएको थियोे । सफत ग्रहण प्रमुख अतिथि पान बहादुर जिसि ले गराउनुभएको थियो।
अध्यक्ष : बिष्णु प्रसाद बास्तोला
उपाध्यक्ष : शिव पौडेल
सचिब: सन्तोष अधिकारी
सहसचिव: सुर्य सुवेदी
सहसचिव: लक्ष्मी बास्तोला
कोषाध्यक्ष: धुर्ब भण्डारी
उक्त कार्यक्रम संचालक पार्टी सचिब प्रकाश गुरुङले गरेका थिए ।
नेपाल विद्यालय कर्मचारी परिषद कास्की जिल्ला समितिले १ हप्तासम्म सामुदायिक विद्यालयहरु बन्द!!
कास्की-१२,सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । येस्को प्रभाव कास्की जिल्लामा नि देखिएको छ् ।
विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको तालाबन्दी भयेको बिद्यालय परिषद्ले जनाएको छ ।
परिषद्का सदस्य किशन भण्डारीका अनुसार जिल्ला विद्यालय तालाबन्दी गर्नको लागि समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । जिल्लामा विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।
सदियौ देखि न्यून पारिश्रमिका बाबजुद पनि बिधालयको आर्थिक प्रशासनिक पाटो समाल्दै आएका जिम्मेवार विधालय कर्मचारी र कार्यलय सहयोगीको उचित व्यवस्थापन र उचित मुल्यांकनको निम्ति गठन भएको छ।.
उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।
कास्की जिल्ला सम्पूर्ण सामुदायिक विद्यालय ।
विषय : जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा यस कास्की जिल्लाका अर्न्तगत सम्पूर्ण विद्यालय कर्मचारीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्ष तथा सम्पूर्ण जिम्मेवारी लिई निरन्तर कर्तव्य निष्ठ भई काम गरिराखेका छौं । तर राज्यले आ.ब. ०७९/०८० को बजेट भाषणबाट सम्पूर्ण कर्मचारीको तलब वृद्धि गर्दा समेत हामी विद्यालय कर्मचारीहरुलाई बढेको तलबमानमा संलग्न नगरेको अवस्था साथै हामी विद्यालय कर्मचारीहरुको दरवन्दीको लागि पहल नगरेको हुँदा २०७९ भदौ १ गतेबाट निरन्तर आन्दोलित भएको कुरा अवगतै छ । सो आन्दोलनको आवाज सरकारले नसुनेकाले विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार हाम्रो आवाज सुनाउन मिति २०७९ भदौ १२ गतेदेखि १८ गतेसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय भएकोले हाम्रो आन्दोलनलाई सहयोग र सहजिकरण गरिदिनुहुन यस कास्की जिल्लाका समुदायिक विद्यालयका वि.व्य.स. अध्यक्ष, प्र.अ. शिक्षक र विद्यालय कर्मचारीहरुमा सादर अनुरोध गर्दछौं ।
विद्यालय कर्मचारी परिषद् जिल्ला समिति,कास्की अध्यक्ष हरिसचन्द्र बास्तोलाले बिज्ञप्ती जारी गरेका छन ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा