निर्वाचन परिचालन कमिटीको बैठक बस्दै!
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।
आज आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उक्त बैठक बस्न लागेको हो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठकमा निर्वाचनबारे थप रणनीति तय गरिने बताइएको छ ।
समानुपातिकका लागि दल दर्ता गर्ने अन्तिम दिन आज !!
काठमाडौँ । आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ ।
निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न दिएको समयअनुसार आज आइतबार अन्तिम दिन हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ ।
गत साउन २२ देखि ३१ गतेसम्म आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए । दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चारवटा समूह बनाएका छन् । दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने आयोगले बताएको छ । आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ ।’
दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ । आयोगको निर्वाचन कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।
राष्ट्रिय सभा बैठकमा आज नागरिकता विधेयक टेबुल गरिँदै!!
काठमाडौँ । राष्ट्रिय सभाको आइतबार बस्ने बैठकमा नागरिकता विधेयक टेबुल गरिँदैछ ।
राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट पारित भएर आएको नागरिकता विधेयक टेबुल गरिने उल्लेख गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालद्वारा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराइनेछ ।
यसअघि, संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको उक्त विधेयक प्रमाणीकरण नभई सन्देशसहित पुनः प्रतिनिधि सभामा फिर्ता पठाइएको थियो । उक्त विधेयक प्रतिनिधि सभाले कुनै पनि परिवर्तन नगरी पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले पारित गरेपछि सोही विधेयक प्रमाणीकरणका पुनः राष्ट्रपतिसमक्ष पठाइने तयारी रहेको छ ।
नेपालको संविधानले दोस्रोपटक फिर्ता गर्ने अधिकार नदिएकाले यो विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई छ ।
निर्वाचनका आयोग द्वारा घरघरमा मतदाता शिक्षा दिने!!
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।
गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले आगामी निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो ।
अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचन सम्बन्धी निर्देशिकाहरू जारी भएपछि त्यसका आधारमा सामग्रीहरूलाई अन्तिमरूप दिइने आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख सूर्यप्रसाद अर्यालले बताए ।
अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारप्रसार गरिने बताए ।
आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्विटर, भाइबरमा नियमित प्रसारण गर्नेछ ।
आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरूलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्ने जनाएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल!
काठमाडौं : नेकपा एमाले को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
आजको बैठकमा हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनुहुने छ । समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ ।
समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ ।
कपिलवस्तुमा एक पुरुषको गोली हानी हत्या!!
कपिलवस्तु, १० भदौ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अज्ञात समूहले गोली हानेर एकजनाको हत्या गरेको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।
घरमै बसिरहेका उनलाई अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली प्रहार गरेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल कास्किले भाद्र महिना भित्र सम्पुर्ण स्थानीय तहको अधिबेशन गर्ने ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीले पोखरा महानगर पालिकाका सम्पुर्ण वडा इन्चार्जहरुको सफत ग्रहण तथा सम्मान कार्यक्रम गरेको छ ।आज राष्ट्रिय युवा संघको कार्यलयमा भएको उक्त बैठकमा राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि ले सफत ग्रहण गराएका हुन भने नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ्ग राष्ट्रिय युवा संघ नेपाल कास्कीका इन्चार्ज तथा सह इन्चार्ज हरि लम्साल र डिल्लीराम सुबेदिले खादामाला लगाइ बधाई सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष पान बहादुर जि सि को अध्यक्षतामा भएको बैठक सन्चालन सचीव नवराज के सिले गरेका हुन उक्त बैठक ले सम्पुर्ण इन्चार्ज तथा वडा कमिटी संयोजक रहेको सम्मेलन आयोजक कमिटीको बैठक २०७९ भाद्र ११ गते १ बजे राख्ने र प्रथम पोखरा महानगर पालिकाको अधिबेशन बारे छलफल गरि निर्णय गर्ने भन्ने निर्णय गरेको छ केन्द्रिय कमिटीको निर्देशन अनुसार भाद्र महिना भित्र सम्पुर्ण पालिकाको अधिबेशन सम्पन्न गर्ने तयारीमा जुटेको छ ।
कास्की युवा संघको संघठानिक र राजनीतिक कामको गरिमा बढ्दै !!
कास्की ,
हरि लम्साल कास्की जिल्ला ईन्चा्ज भए पछि कास्कीकाे काम सांगठनिक र राजनीतिक रुपमा राष्ट्रिय युवा संघको उचाइ र सागंठनिक गतिविधि बढनुका साथमा संस्था गत गतिशीलता बढेको छ ।
जिल्ला अध्यक्ष पान बहादुर जिसि र जिल्ला ईन्चार्ज हरि लम्साल काे उच्च समाेन्वय भएको काम आलिक माथी उठेको छ र प्रदेश संयाेजक महेन्द्र गुरुङ , प्रदेश ईन्चार्ज सन्तोष रावलले पनि कास्कीको काम राम्रोसँग अगाडि बढाउन अधिकतम कोसिस र सकारात्मक सहयोग गर्नुभएको छ । साथै सह ईन्चार्जहरु सुजा गुरुङ , बिष्णु सुवेदी र डिल्लीराम सुवेदी ले पनि सकारात्मक सहयोग गर्दै आउनुभएको छ् ।
यो कास्की जिल्ला युवा संघको कमिटीको लागि निकै खुसीको विषय हो । यसरी नै कास्की युवा संघको गरिमा बढाउने कामको हामीले अपेक्षा गरेको छौ इन्चार्ज हरि लम्साल ले बताए ।
राष्ट्रिय युवा संघ नेपाल् कास्कीको कार्यालय विभाग प्रमुखमा उमेश बिसुन्के चयन !!
राष्ट्रिय युवा संघ नेपाल कास्कीको प्रथम पुर्ण बैठक दुरान रेस्टुरेन्टमा बसेको थियो। उक्त पूर्ण बैठकबाट जिल्ला कार्यालय विभाग प्रमुख जस्तो गरिमा पदमा सर्वसहमत नियुक्त हुनभएको छ ।
उहाँ विगत लामो समयदेखि बिधार्थी आन्दोलनमा आबद्ध भएर युवा सङ्गठनमा उल्लेखनीय भुमिका खेल्दै वडा कमिटी ९ र १३ को इन्चार्ज को समेत नेतृत्व पाउनुभएको छ।
10 Advantages of Swimming Lessons for Children !!
#1 Safety
Drowning is the second most common cause of accidental death among children aged one to fourteen. The most crucial and pressing reason to enroll a child in swim lessons is, perhaps, the safety component. Being proficient and confident on the water can help lessen the chances of a disaster occurring. According to research, proper swimming lessons cut the chance of drowning in children aged one to four by an astounding 90 percent. Infant swimming classes are extremely crucial since learning to swim at such an early age builds the groundwork for becoming safe, successful, and comfortable swimmers.
#2 Physical Exercise
Swimming may be a fun way to keep your kids active and healthy throughout the year. While most people are aware that swimming is a terrific low-impact aerobic workout, it also has a slew of other health advantages, including increased strength, endurance, flexibility, balance, and more.
#3 Improves Cardiovascular Health
Swimming is one of the finest exercises for cardiovascular health because it trains your heart and lungs to function together more efficiently. As a result, your heart has to work less hard to pump blood and oxygen throughout your body.
#4 Improves Lung Capacity
One of the most important things swimmers learn early on is how to manage their breath, which helps them develop their lung capacity. This permits oxygen to flow more effectively through the body and create energy.
#5 Muscle Growth
Your young fish will engage muscular areas that they would not have had the opportunity to build otherwise during swim training. Each swim stroke they learn will require them to use various muscles to pull, kick, and glide through the water.
#6 Reduces Anxiety and Stress
Most individuals find it relaxing to be in the water. Swimming is also thought to be a stress-relieving activity for other reasons. People who are physically active tend to be happier and healthier. This is because exercise releases endorphins while decreasing cortisol. Swimming back and forth across the pool a few times gets the blood circulating and floods your body with a joyful sensation.
#7 Enhances Memory
Exercise also helps to enhance the brain region connected with memory and learning. So, when your children learn the backstroke, breaststroke, freestyle, and butterfly, consider the benefits to their minds as well as their bodies.
#8 Enhances Concentration
Swimming requires a great deal of synchronization, not just physically but also psychologically. There’s a lot of emphasis on leg kicks and arm pulls, as well as breath control, which leaves little room for anything else. As a consequence, children get focused on developing their swimming abilities and begin to experience astonishing gains.
#9 Increases Confidence
We understand that youngsters might be apprehensive about the water and new experiences. Taking those initial few pulls and kicks away from the wall and toward the other half of the pool may be frightening for inexperienced swimmers. Kids acquire confidence in themselves and their talents with each kick, stroke, and breath.
#10 Increases appetite
Swimming requires physical exertion, as well as the energy your kid expends to remain warm in the water, so it’s not surprising that he or she may be hungry afterward. You should expect your child’s hunger to rise if they have regular swimming time in their schedule.
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा