२०८३ असार ७ आईतवार

नगरिकता विधेयकमाथि राष्ट्रिय युवा सघं कास्कीको साङ्केतिक व्यङ्ग्य, ठेलागाडामा नागरिकता वितरण !

राष्ट्रीय युवा संघ कास्की जिल्ला कमिटिले नागरिकता विधेयकको विरुद्रमा “आज को भोली नागरिकता वितरण कार्यलय” भन्ने संकेतिक नागरिकता बितरण गर्ने ठेला सहित व्यापक विरोध कार्यक्रम सम्पन्न गरेको छ।

उक्त विरोध सभा मानव अधिकार चोक बाट सुरु भै चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा पुगी सम्पन्न भएको थियो ।


विरोध सभाको अध्यक्ष जिल्लाका अध्यक्ष पान व जि.सि.ले गर्नु भएको थियो। विरोध कार्यक्रममा युवा संघका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश का इन्चार्ज, स-ह-इज्चार्ज, जिल्लाका इवर्ज तथा सह इन्चार्ज, जिल्ला कमिटीका सदस्यहरुको उपस्तिथि रहेको थियो ।
सो सभामा अध्यक्ष पान बाहादुर जि सि, जिल्ला इन्चार्ज हरि लम्साल नेकपा एमाले नेता दामोदर वैरागीले बोल्नु भएको थियो भने कार्यक्रम जिल्ल्लाका सचिव नमराज के.सिले गर्नुभएको थियो।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा!!

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा देखाइएको छ । राष्ट्रिय युवासंघ नेपालले जिल्लाको चोरमारामा मुख्यमन्त्रीलाई कालोझन्डा देखाएको हो ।

करको दायरा बढाईएको, महङ्गी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै मुख्यमन्त्री नेपालीले आफ्नै जिल्लामा कालोझन्डाको सामाना गर्नुपरेको हो ।

विनिष्कर्ष सकियो माओवादी बैठक !!

माओवादी केन्द्रको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्षविना नै सकिएको हो । आज पनि पार्टी पदाधिकारीको टुंगो भने लाग्न सकेन ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीबारे लगभग टुंगो लागिसके पनि निर्णय भने भइनसकेको बताए । उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए । माओवादी केन्द्रको बैठक केही दिनयता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपि, पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन ।

पार्टी स्थायी कमिटीको अर्को बैठक शनिबार १ बजेका लागि बोलाइएको छ ।

प्रवासी नेपाली मंच अष्ट्रेलियाको अधिवेशन अगष्ट २७ र २८ मा ।

मेलबर्न । नेकपा एमालेको प्रवास स्थित भातृ संस्था प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको पाँचौं राष्ट्रिय अधिवेशन यही आऊदो अगष्ट २७ र २८ तारिखमा हुने भएको छ ।

सिड्नीको अबर्नमा रहेको “सफाएर फंग्सन सेन्टर” मा हुने मञ्चको पाँचौ अधिवेशनलाई नेकपा एमाले स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने भएका छन । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।
अगष्ट २७ तारिख बिहान १० बजे देखि दिनको ३ बजेसम्म उद्घाटन समारोह कार्यक्रम हुने र सोही दिन बेलुकी ६ बजे देखि बन्द सत्रको कार्यक्रम रहने प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले जानकारी दिए संगै कार्यक्रम व्यवस्थापनको निम्ति २८ सदस्यीय स्वयंसेवक परिचालन गर्ने समेत बताए । त्यस्तै २८ तारिख बिहान ११ बजे घोषणा सभा तथा पत्रकार सम्मेलन गर्दै अधिवेशन सम्पन्न हुने बताइएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा न्यु साउथ वेल्स राज्य सरकारका विपक्षी दलका नेता कृस मिन, प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ लगायत अन्तराष्ट्रिय कमिटिका पदाधिकारीहरु मन्चका अन्तर्राष्ट्रिय सल्लाहकार समितिका अध्यक्ष सञ्जय थापा, अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश पोखरेल, न्यु साउथ वेल्स महावाणिज्य दूत दिपक खड्का, भिक्टोरिया राज्यका महावाणिज्य दूत चन्द्र योन्जन, साउथ अष्ट्रेलियाका महावाणिज्य दुत दिपक धमाला साथै न्युजिल्यान्डका लागी नेपाली महावाणिज्य दूत आत्माराम खनाल र दिनेश खड्का लगायतको उपस्थिति रहने प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले बताए साथै सम्पूर्ण कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ति सबैमा सहयोगको निम्ति अनुरोध समेत गरेका छन ।

कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्टेट कमिटीका पदाधिकारीहरु नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरु सहित अस्ट्रेलियामा रहेका राज्य समितिहरुको प्रतिनिधित्व गर्दै करिब ३०० को वरपर प्रतिनिधि र १५० बढ़ी पर्यवेक्षक को उपस्थिति रहनेछ ।

कार्यक्रममा आज सम्म करिब ९०% प्रतिशत तयारी पूरा भइसकेको मंच तथा कार्यक्रम स्थल व्यवस्थापन उप-समितिका संयोजक दिपक पहारीले बताए साथै कार्यक्रमलाई आकर्षक बनाउनका निम्ति सबै साथीहरूको साथको अपेक्षा समेत गरेका छन ।

(समय र मान्छे) – ✍️मिलन खड्का !!

(समय र मान्छे)
घाम झुल्कने पूर्वबाट नै हो । चन्द्रमा अस्ताउने पश्चिममा पुगेर नै हो । केवल बिम्ब फेरिएको छ । परिस्थिति फेरिएको छ । खै कहाँ फेरिएको छ समय ? आखिर उही हो । उस्तै थियो । उस्तै छ ।

मान्छे भन्छन्, यो दुनियाँ हिजोजस्तो थियो, आज त्यस्तो छैन । आज जस्तो छ, भोलि यही रूपमा रहँदैन । धर्तीका श्रृंखला फेरिएका फेरियै छन् । सारा अवयवहरु बदलिएका बदलियै छन् । तर, हामी भने समय फेरिएको भ्रममा बाँचिरहेका छौँ ।

यसो गर्‍यो, उसो गर्‍यो उही समयलाई घान हाल्ने ! यस्तो पनि हुन्छ र ? कहिलेकाहीँ म पनि अलमलमा पर्छु । समय फेरिएको हो कि जीव र जीवात्माहरु फेरिएका हुन् ?

समय हो । मन हो । सबै कुरा सधैं याद भइरहन्छ भन्ने पनि हुँदैन । बिर्सन सकिन्छ । कतिपय कुराहरु मानसटलबाटै हराएर जान्छन् । जतिसुकै कोसिस गरे पनि सम्झन सकिन्न । तर, सम्झिने प्रयास गर्नु, विगतको त्यो विन्दुलाई छुने प्रयास गर्नु, छुटेको विन्दुलाई भेटाउने कोशिसको कौतुहल, जिज्ञासा वा छटपटी मनमा हुनु ठूलो कुरा हो जस्तो लाग्छ

पोखरा १७ वरपर क्षेत्रमा पानीको जोखिम न्यूनिकरणको प्रयास : युवा परिषदद्वारा विभिन्न स्थानमा साइनबोर्ड राखियो !!

पोखरा महानगरपालिका नगर युवापरिषद वडा न.१७ को आयोजनामा फुर्सेखोला,पावर हाउस,दोबिल्लामा वर्खाको समयमा पानीको वहाब अत्याधिक भइ नुहाउने क्रममा,माछा मार्ने ,लुगा धुने क्रममा धेरैजनाको ज्यान गएको हुदा उक्त घटनाहरुलाइ न्युनिकरण गर्ने उद्देस्यका साथ जोखिम न्युनिकरण सम्बन्धि सूचना बोर्ड राख्ने तथा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरियो।उक्त कार्यक्रम बिरौटा राममन्दिर को मुलकुलोमा राखी बाकी ३ वटा छोरेपाटनको ,फुर्सेखोला र दोबिल्लामा राख्नका लागि टाेलबाट प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधि ज्युहरुलाइ हस्तान्तरण गरियो ।

कार्यक्रमको प्रमुख अतिथि महानगरपालिका नगर युवा परिषदका सदस्य सन्तोष पोखरेल र विशेष अतिथि छोरेपाटनका ट्राफिक प्रहरी असई सुरेश थापा हुनुहुन्थ्यो।
कार्यक्रम सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सम्पुर्ण अतिथि ज्युहरु ,आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाताहरु, लगायत युबा परिषद् पोखरा १७ का सहयोद्दा साथीहरुमा हार्दिक आभार प्रकट गर्दछु भन्दै अध्यक्ष सरस्वती पुरी ले जानकारी दिनुभयो ।कार्यक्रम संचालक युवा परिषद १७ का सचिव प्राणनाथ पौडेल ले गरेका थिए ।

North Korea fires two cruise missiles toward sea off its west coast, South Korean officials say!!

Seoul, South Korea ,
North Korea fired two cruise missiles early Wednesday morning from the coastal town of Onchon into waters off its west coast, according to a South Korean Defense Ministry official.

Military officials from South Korea and the United States said they were analyzing the launch for further details.
After the launch, South Korea’s national security adviser held a meeting to assess the security situation and examined the military’s preparedness, according to the presidential office.
The meeting participants agreed to closely monitor any related movements ahead of joint US-South Korea military drills, planned for early next week, the office added.
North Korea is not banned from firing cruise missiles under United Nations sanctions and last did so in January.
Unlike ballistic missiles, cruise missiles are propelled by jet engines and stay closer to the ground, making them harder to detect. Most cruise missiles are not designed to carry nuclear warheads.
The launch came before a speech by South Korean President Yoon Suk Yeol to mark his 100th day in office, during which he reiterated his willingness to provide North Korea with aid — if it agreed to end nuclear weapons development and start the process of denuclearization.
Yoon also mentioned this “audacious initiative” to improve North Korea’s economy in exchange for denuclearization in separate remarks earlier this week. He first extended the offer during his inauguration speech in May.
Building tensions
North Korea has had a flurry of recent missile tests, with Wednesday’s marking the 18th launch this year, according to CNN’s count.
By comparison, the hermit kingdom conducted only four tests in 2020, and eight in 2021.
The last missile launch was on June 5, with eight short-range ballistic missiles — which South Korea and the US responded to by firing eight more missiles into waters off the east coast of the Korean Peninsula.
Tensions between the two Koreas have been building this year, with US military and intelligence agencies warning that North Korea appears to be preparing for a nuclear test — which would be its first in five years.
South Korea and the US have stepped up their cooperation to counter North Korea’s nuclear and missile programs, announcing last month that the two countries would resume long-suspended live field training this summer.

Afghanistan: Deadly blast rips through crowded Kabul mosque!!

A huge explosion has ripped through a crowded mosque in the Afghan capital Kabul, killing 21 people, police say.

Another 33 people were injured, Kabul police spokesman Khalid Zadran added.

Wednesday’s blast occurred during evening prayers. The mosque’s imam Amir Muhammad Kabuli is reported to be among the dead.

It is unclear who was behind the attack, a week after Islamic State (IS) militants killed a pro-Taliban cleric in a suicide bomb blast, also in Kabul.

The Taliban’s secretive war against IS
Security forces have now sealed off the blast scene in Kabul.

Witnesses described hearing a powerful explosion which shattered windows in nearby buildings.

“I saw that so many people were killed, even people were thrown out of the windows of the mosque,” one eyewitness told Reuters news agency.
Stefano Sozza, the head of the medical charity Emergency, which runs the city’s main hospital, told the BBC his group had already treated 35 people, including children.

“Our doctors… operated [on] the patients in need of surgical assistance all night long. The injuries were mainly related to the blast, so there were shells inside the bodies and burning injuries all over the bodies of the victims.”

He said he believed the blast was inside the mosque. “There was probably someone entering during the prayer time, so it was crowded at that moment and then [the attacker] activated this body burning improvised explosive device.

“So that all the persons that were close to the attacker were basically dead and the ones all around received several injuries,” Mr Sozza said.

News agency AP quoted Taliban spokesman Zabihullah Mujahid as saying that the “perpetrators of such crimes will soon be brought to justice and will be punished”.

But in a series of tweets, the UN mission in Afghanistan (Unama) urged the Taliban to take “concrete steps” to prevent terrorism and provide additional support to vulnerable communities.

It said the attack was “the latest in a disturbing series of bombings which have killed & injured more than 250 people in recent weeks, the highest monthly number of civilian casualties over the last year”.

Senior Taliban officials are meeting more than 2,000 tribal and religious elders on Thursday in Afghanistan’s second city Kandahar, the movement’s main power base.

A spokesman quoted by AFP news agency said “important decisions” would be taken at the major gathering.

The Kabul bombing comes days after the assassination of prominent cleric and Taliban supporter Rahimullah Haqqani in a suicide bombing.

The Islamic State group said it carried out the attack on Mr Haqqani, one of the highest profile figures to be killed since the Taliban returned to power a year ago.

The mosque was crowded, the bomb powerful, and another cleric seems to have been in the sights of Islamic State, the group which has emerged as the Taliban’s most potent enemy.

In the past month, three prominent religious leaders were targeted in Kabul and there were assassinations in other cities.

Last week it was Sheikh Rahimullah Haqqani, known to be close to the Taliban. This time it’s Amir Muhammad Kabuli, said to be an adherent of the more moderate Sufi faith.

Video posted on social media showed a scene of carnage.

One religious student who was just outside the mosque told the BBC he saw the bodies of the dead and injured sprawled inside, including children attending evening prayers.

IS’s signature has been its devastating attacks on the minority Shia Hazara community. But their focus now seems to be widening just as the Taliban celebrate their one year in power – a takeover which ended one chapter of a long bloody war but only ushered in yet another.

These Islamist groups have long been split along ideological and religious lines, deepened by intense personal and political rivalries. The Taliban don’t share IS’s adherence to an austere Salafist creed, its global jihadi ambitions and the most savage of tactics; IS reviles the Taliban for its diplomatic engagement in recent years with the US and other Western powers.

मलाइ परिवर्तन भैस नभन्नु ल !! ✍🏽 बिमल सुबेदि

मलाइ परिवर्तन भैस नभन्नु ल !!
✍🏽 बिमल सुबेदि @golden_bee🐝

यो म संग मिलेन
म यो संग मिल्दिन
यो कसै संग मिल्दैन
कोही यो संग मिल्दैनन् भनेर
मलाई परिवर्तन भैस् नभन्नु ल।

पन्चतत्वले बनेको
हामी दुइको शरीरमा
उचाई,
रङ,
मासु र हड्डीको सन्तुलन
बाहेक केही कुरामा पनि फरक छैन।

तरल,
ठोस,
अनि हावा खाएरै बाँच्छौ
अनि फाल्छौँ पनि
यही माटो अनि यही हावामा।

फरक छ त
उचाई, रङ, अनि
मासु र हड्डी पनि नभएको,
तरल, ठोस अनि हावा
खाएको र फालेको बिचको
तत्वले बनेको
यो शरीर बाहेकको-
मेरो अनुभूति
भावना
अनि बिचारमा।

ती निराकार वस्तुहरुको
अन्तरले मलाई
मेरो शरीरलाई
मेरो शरीरको व्यवहारलाई
केही भिन्न देखाएको छ भने
मलाई परिवर्तन भैस् नभन्नु ल।

जति षड्यन्त्र गरे पनि चितवन माओवादीको किल्ला हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जति षड्यन्त्र गरे पनि चितवन माओवादीको किल्ला भएको बताएका छन्। शनिबार रौतहटको कटहरीमा भएको जनसभामा अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई क्षति पुर्याउने लक्ष्यका साथ एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताएका हुन्।

आफू र माओवादीलाई सिध्याउन भन्दै एमालेले सम्पूर्ण शक्ति चितवनमा केन्द्रित गरे पनि माओवादीलाई हराउन सक्ने तागत एमालेसँग नभएको जिकीर गरे। अध्यक्ष प्रचण्डले चितवनमा माओवादीलाई कमजोर बनाउने एमालेको योजनालाई त्यहाँका नागरिकले सफल हुन नदिने बताए।

आउँदो चुनावमा माओवादी केन्द्रले २०६४ सालमा जस्तै विजयी प्राप्त गरेर पहिलो दल बन्ने सम्भावना देखेको प्रचण्डको भनाई थियो। देशमा संघीयता, गणतन्त्र, पछि परेका समूदाय, मधेसी लगायतलाई अधिकार दिलाउने काम माओवादीले नै गरेकाले चुनावमा त्यसको गुन तिर्न प्रचण्डले आग्रह गरे।

माओवादी केन्द्र र ४ दलबीच एकताका लागि हस्ताक्षर, माओवादी अब एमालेभन्दा ठूलो दल !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलसँग माओवादीको एकता हुन लागेको बताएका छन् । उनको नयाँ खुलासाले राजनीति वृतमा चर्चा पाएको हो । यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ ।
‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् ।’
‘जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने ।

प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए । उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए । ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने ।
कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ ।
यो पनि, कांग्रेसका शीर्ष नेतालाई टिकट सुनिश्चित गर्ने विकल्पको खोजी
सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि चार नीतिगत आधार तय गरेको छ । जसमध्ये एक हो, प्रतिनिधिसभा निर्वाचन २०७४ को प्रत्यक्ष निर्वाचन । २०७४ मा प्रत्यक्षतर्फ गठबन्धनमा आवद्ध दल जहाँ जितेको छ, त्यो सिटमा स्वतः दाबी रहने कार्यदलमा रहेका नेताहरुले बताएका छन् ।
तर यो सहमति गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुले नै टिकट नपाउने अवस्था देखिन्छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए ।यस्ता क्षेत्रहरुको कसरी बाँडफाँट गर्ने भनेर विकल्पबारे छलफल सुरु भएको कार्यदलका एक सदस्य बताउँछन् ।‘कांग्रेसका कतिपय नेताहरुलाई टिकट नदिई भएको छैन, तर उहाँको निर्वाचन क्षेत्रमा अघिल्लो पटक गठबन्धनकै अर्को दलका उम्मेदवार विजयी भएका छन्’, ती सदस्य भन्छन्, ‘माओवादीतर्फ पनि त्यस्ता निर्वाचन क्षेत्रहरु होलान् ।’
दलहरुको आफ्नो अप्ठ्यारो बुझ्न गठबन्धनमा आवद्ध दलहरुबीच द्विपक्षीय सम्वाद गर्ने सहमति भएको छ । ‘अघिल्लोपटक जितेका केही ठाउँमा त्यही दलका उम्मेदवार नहुन पनि सक्छन् ।

कांग्रेसमा धेरै आकांक्षी छन्’, कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने, ‘कांग्रेसका माथिल्लो तहका नेताहरुको व्यवस्थापनको चुनौती छ । तर, अरु दलले अघिल्लोपटक जितेको क्षेत्र संख्या घट्दैन ।’
बिहीबारको बैठकमा संसदमा रहेको दलहरुको संख्या, स्थानीय निर्वाचन २०७९ को जनमत र पार्टीको संवेदनशीलता लगायतलाई आधार बनाउने नीतिगत समझदारी भएको छ ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसले ३४.३ प्रतिशत मत पाएको छ भने माओवादीले १३, जसपाले ५, एकीकृत समाजवादीले ३.७ मत पाएको छ । हालको संसदमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५०, एकीकृत समाजवादीका २४, जसपाका १३ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रत्यक्षतर्फ माओवादीले ३६, एकीकृत समाजवादीले १२ (तत्कालीन समयमा एमालेबाट), जसपाले ८ र जनमोर्चाले १ सिट जितेको थियो ।त्यसमा थप क्षेत्र बढाउने उनीहरुको बल हुनेछ । कांग्रेस नेताहरुले भने ९० देखि १०० सिट आफ्नो दलले पाउनुपर्ने कर्त गर्दै आएका छन् । यद्यपि कार्यदलमा यसरी छलफल भइसकेको छैन ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय