प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो – म नातावाद, कृपावादको आरोप नलागेको मानिस हुँ!
काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अहिलेसम्म नातावाद, कृपावादको आरोप नलागेको दाबी व्यक्त गर्नुभयो। आज बिहान काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले एमालेमा नातावाद कृपावाद नभएको बताउनु भयो।
‘म नातावाद, कृपावादको आरोप नलागेको मानिस हुँ’, उहाँले भन्नुभयो, ‘नत्र मेरी श्रीमती दुई विषयमा डिग्री गरेकी हुन्। बैंकबाट रिटायर्ड भएकी हुन्।’
तर पनि आफूले राजनीतिमा उनलाई नतानेको अध्यक्ष ओलीले बताउनु भयो।
आफू बुहारी, छोराछोरी, साला, सालीलाई पार्टीमा ल्याउने प्रवृत्तिको मान्छे नभएको अध्यक्ष ओलीले बताउनु भयो।
‘मेरो आफ्नै भाइ वडा कमिटीमा छ किनभने उसले गरेकै काम त्यति हो, जसले जे काम गर्छ त्यही पाउने हो’, उहाँले भन्नुभयो।
उहाँको भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित थियो।
सम्माननीय राष्ट्रपति ज्युबाट सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयक फिर्ता!!
सम्माननीय राष्ट्रपति ज्युबाट सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयक फिर्ता
राष्ट्रिय युवा संघ नेपाल , कास्कीको जिल्ला कमिटिको पहिलो पुर्ण बैठक भब्य साथ सम्पन्न !!
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कास्कीको पहिलो पूर्ण बैठक महत्वपूर्ण राजनितिक तथा सांगठनिक प्रस्तावक पारित गर्दै सम्पन्न भएको छ ।


उक्त बैठकलाई नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष मन बाहादुर गुरुङ, नेकपा एमाले जिल्ला सचिव बैन बहादुर छेत्री , राष्ट्रिय युवा संघका केन्द्रिय कमिटी सदस्य तथा प्रदेश संयोजक महेन्द्र गुरुङ्ग, सह-संयोजक विकास अधिकारी युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज बिष्णु सुबेदि ले प्रशिक्षणत्मक मन्तब्य दिनु भएको थियो ।

सो बैठकमा कास्कि जिल्ला बाट भुगोल भएका युवा संधका केन्द्रीय सदस्य तथा चारवटाै पालिकाका संयोजक तथा जिल्लाका सदस्यहरुले समेत आ- आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो।

बैठकको अध्यक्षता युवा संध, जिल्ला कास्कीका अध्यक्ष पान वहादुर जि.सि.ले गर्नुभएको थियो भने कार्यक्रम जिल्ला कमिटी सचिव नमराज के. सि ले सन्चालन गर्नु भएको थियो।

पुर्ब वडा अध्यक्ष मृत फेला!!
२६ साउन २०७९ । गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएकोछ ।
घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घट्नास्थल र लाशजाँच मुचुल्कापछि लाशलाई पोष्ट मार्टमका लागि गह्रौं प्राथमिक अस्पताल वालिङ ल्याइने डिएसपी खतिवडाले बताए ।
एमालेले बनायो निर्वाचन परिचालन कमिटी -केपी ओली संयोजक !!
२६ साउन, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो ।
उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिव रहनेछ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।
सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
एसइईको नतिजा बुधबार आउँछ: बोर्ड अध्यक्ष शर्मा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा साउन ११ गते बुधबार प्रकासन गर्ने अन्तिम तयारी पुरा गरेको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयबस्तुहरुमा टुँगो लगाई नतिजा प्रकासनको अन्तिम काम पुरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जनाए। ‘मंगलबार अपरान्ह बोर्डको बैठक बसेर टुंग्याउनुपर्ने सबै प्राविधिक विषयबस्तुहरु टुंग्यायौं,’ अध्यक्ष शर्माले नागरिकसँग भने ‘साउन ११ गते बुधबार एसइईको नतिजा प्रकासन गर्ने तयारी सबै तयारी पुरा गर्यौं।’ उनले थपे‘बुधबार बोर्डको बैठकले नतिजा प्रकासन गर्छ।’
राष्ट्रिय परीक्षाबोर्डकाअनुसार बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु पत्यक्ष सहभागितामा तोकिएका परीक्षा केन्द्रहरुबाट एसइई दिएका थिए। यी विद्यार्थीहरुकोलागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएको थियो।
३५ अकं नल्याए अवर्गीकृत गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्याँकनको नयाँ ब्यवस्था कार्यन्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यन्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरु अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्ने ब्यवस्था गरेको छ।
०७२सालदेखि कार्यन्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाई स्तर खस्काएको , शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रेले अक्षराङ्का पद्धति कार्यन्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।
नयाँ ब्यवस्था अनुसार अब विद्यार्थीको मूल्याँकन कक्षा १देखि १२ सम्म्मा एकरुपता कायम गरेको उनले जनाए। यस अघि आधारभूत तहमा स्थानीय तह पिच्छे फरक फरक अक्षराँकन प्राणाली लागु थियो भने निजी र सरकारी विद्यालयविच पनि फरकनै रहेकोले मूल्याँकनमै समस्या आएको थियो।
यति माात्र होइन विगतमा शैद्धान्तिकमा ५ नम्बर मात्र ल्याए पास हुने ब्यवस्थाको अन्त गरेर नयाँ निर्देशिकाले विद्यार्थीमा सृजनात्मक क्षमताको विकास शिक्षकमा मिहिनेत गरेर पढाउने वानीको विकास गर्ने विश्वास शिक्षाविद् विद्यानाथ कोइरालाको छ।
पोखरामा मेयर सम्मेलन हुने!!
पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा मेयर सम्मेलन हुने भएको छ । यही साउन १३ र १४ गते यहाँ मेट्रो मेयर मिट नेपाल हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।
सम्मेलनमा महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका ’मा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
पहिलो दिनको लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्ने छन् । जसमा संघीयता, महानगर र अबको बाटो’राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ ।
यस्तै, पोखरा, काठमाडौ, बिराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौती’ सम्बोधन गर्ने छन् ।
महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’मन्तव्य राख्ने छन् ।
साथै दोस्रो दिन महानगरको साझा सवाल’ संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासन’ पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्ने छन् । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौती’ छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुनेछ । अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिने पोखरा महानगरका प्रमुख आचार्यले बताए ।
भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी भाईबुहारीको हत्या!!!
नेपालगञ्ज । बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा मंगलवार विहान मृत भेटिएका दम्पतीको पारिवारिक रिसिबीको कारण आफ्नै दाजु भाउजुले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको आफ्नै दाई भाउजुले भारतीय कन्ट्रयाक्ट किलारको प्रयोग गरी हत्या गरेको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक अधिकारीले मृतक कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खेलेको बताए । यद्यपी बिहान उनीहरु दुबैको हत्यको खबर प्रहरीलाई आरोपित भाउजु रेखाले नै दिएकी थिईन ।
प्रहरी उपरिक्षक अधिकारीले उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र सोमवार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको दाबी गरे ।
प्रहरी नियन्त्रणमा परेका विजयले दिएको शुरुवाती बयान अनुसार मृतक अञ्जलीले आफ्नो श्रीमान कृष्णकुमार र ससुरा पिरनलाई उक्साएर जेठाजु विजयलाई पिट्न लगाएको रिसमा विजयले बुहारीलाई मार्न लगाउँदा दुबैजनाको हत्या भएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका दाजु बिजय र भाउजु रेखालाई नियन्त्रणमा लिएर सार्वजनिक गर्नुको साथै घटनामा संलग्न अन्यको खोजी भई रहेको जनाएको छ । प्रहरीले हत्याको योजना बनाएको समेत भिडियो क्लिप फेला पारेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले घटनाको प्रकृती हेर्दा पहिला बुहारी अञ्जलीको हत्या गरेको र पछि भाईको हत्या भएको पाईएको बताए ।
दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित!!
2:52 AM
हाम्रो समाचार
थप समाचार
दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित
दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले एक सय १८ रनको सानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले सिरिजमा एक एकको बराबरी गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २८ ओभर एक बलमा अलआउट हुँदै दुई सय एक रन बनाएको थियो । उसका लागि लियान लिभिस्टोनले सर्वाधिक ३८ रन बनाए भने साम कुरानले ३५ रनको योगदान गरे । यस्तै जोनी ब्रेस्टोले २८ रनको योगदान गरे ।
इंग्ल्याण्डका लागि डेविड वेलीले २१ रन बनाउँदा कप्तान जोस बट्लरले १९ रनको योगदान गरे । बलिङमा दक्षिण अफ्रिकाका लागि ड्वायन प्रिस्टोले चार तथा एनरिच नट्जी र टाबरेज साम्सले दुई दुई विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिका २० ओभर चार बलमा मात्र ८३ रनमा अलआउट भयो । एकदिवसिय क्रिकेटमा दक्षिण अफ्रिकाको यो तेस्रो न्युन स्कोर हो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
मात्र ६ रन हुँदा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको पारी पुरै ध्वस्त भयो । उसको पारीलाई कमजोर पार्न आदिल रसिदले तीन तथा रिची टोप्ले र मोनय अलीले दुई दुई विकेट लिए ।
टिकटकले अब कुनै पनि भिडियोमा क्याप्सन अन गर्न दिने !!
टिकटकले अब जुन कुनै भिडियोमा पनि क्याप्सन अन गर्न दिने भएको छ । अब प्रयोगकर्ताले क्रियटरले क्याप्सन अन गरिदिन्छन् भनेर पर्खिनु पर्दैन् । आफै पनि चाहिएको भिडियोमा अब क्याप्सन अन गर्न सकिने भएको छ ।
टिकटकले अटो जेनेरेट हुने क्याप्सनको फिचर ल्याएको छ जसलाई कुनै पनि भिडियोको लागि स्वीच अर्न गर्न सकिन्छ ।
यसले तपाईलाई कानको कुनै समस्या छ वा एकदमै आवाज आईरहेको ठाउँमा हुनुहुन्छ भने सजिलै भिडियोमा के भनिएको छ बुझ्न दिन्छ ।
सामाजिक सञ्जालले क्याप्सन र टेक्सट स्टीकरका लागि समेत अनुवाद राखेको छ । अहिलेका लागि क्याप्सन अंग्रजी, जर्मन, इन्डोनेसियन, इटालियन, कोरियन, म्यान्डरिन, स्पानिस र टर्किस भाषाहरुमा रहेको छ । यस फिचरमार्फत पहिले भन्दा धेरै प्रयोगकर्तामाझ पुग्न सहज हुनेछ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा