पुष्पलालको स्मृतिमा फलफुल र स्वास्थ्य शिविर लिएर राष्ट्रिय युवा संघ कास्की बृधाश्रममा।
नेकपाका संस्थापक महासचिव. पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसरमा राष्ट्रिय युवा संध (नेपाल) जिल्ला कमिटी कास्कीले पोखरा १७ मा पोखरा वृद्धाश्रममा वृहत स्वास्थ्य शिविर तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको अध्यक्ष्य राष्ट्रिय युवा संध जिल्ला अध्यक्ष पान वहादुर जिसीले गर्नु भएको थियो भन्ने कार्यक्रम को प्रमुख अतिथि ने.क.पा. एमाले जिल्ला अध्यक्ष मन वहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, वार्ड १७ अध्यक्ष राधिका शाही योगी युवा संघका केन्द्रीय सदस्य दिल्लीराम सुवेदी विशाल जंग राना ,राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सह सचिब सरस्वती पुरी , जिल्ला कमिटीका सहस्य ज्यु हरुको बाक्लो उपस्तिथि रहेको थियो ।
?
सो कार्यक्रममा प्राविधिक सहयोग-चातु मेमोसिलका वरिष्ठ फिजिसियन डा. सरोज प्रेखेल तथा उहाँको टिम, पद्म नर्सिङ होम को सिनियर नर्स लक्ष्मी देवकोटा ,चरक मेमोरियल पद्मम नर्सिङ मिलसु पुरी ,नर्स सरस्वती पुरी लगाएतले स्वास्थ्य सेवा सन्चालन गर्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव नमराज के. सि. ले गर्नुभएको थियो।
?
संचालक समितिको अध्यक्ष केशव कुसुम पराजुलि बर्ष यता मेडिकल टीम आउने क्रम कम भएकोले राष्ट्रिय युवा संघ कास्कीले गरेको सहयोगको प्रसंसा गर्दै यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गर्नु भयो सधै पुस्पलाल स्मृतिमा रक्तदान गर्दै आएको राष्ट्रिय युवा संघले अघिल्ला महिना रगत अभाव भए पछि रक्तसञ्चार केन्द्र पोखराको आग्रहमा मातहतको कमिटीबाट रक्तदान गराइ रगत अभाव पुर्ती गरेकाले अहिले यस्तो कार्यक्रम गरेको संघ अध्यक्ष पान बहादुर जि सीले जानकारी दिए ।
भारतमा नयाँ राष्ट्रपति !
भारतमा नयाँ राष्ट्रपति !
भारतमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् ।
राष्ट्रिय युवा संध कास्कीले मतगौडा स्थित वृद्धाश्रममा स्वास्थ्य सिविर साथै फलफूल बितरण गर्ने॥॥
राष्ट्रिय युवा संध कास्कीले मतगौडा स्थित वृद्धाश्रममा स्वास्थ्य सिविर सन्चालन गर्ने॥॥
नेपाल कम्युनिष्ट पार्टिका संस्थापक माहसचिव क. पुष्पलाल श्रेष्ठको ४४ औ स्मृती दिवसको अवसरमा वृद्धाश्रममा वृद्ध तथ वृद्धाको स्वास्थ्य युवा संघ (नेपाल) कास्की जिल्ला कमिटीको आयोजनामा मिति २०७९०४\०६ गतेका दिन पोखरा मतगौडा स्थित वृद्धाश्रममा स्वस्थ शिविर तथा फलफुल वितरण कार्यक्रमको आयोजना गरेको गर्ने भएको छ।
रचनात्मक कार्यक्रम तथा समाजसेवा मा अग्रणी स्थानमा रहेको राष्ट्रिय युवा संघ ले विषेश गरि वृद्धाहरुलाइ स्वास्थ्यमा समेत हामि संगै छौ हो भनि सान्तवना तथा उपचार गर्ने उद्देश्यका साथ सो कार्यक्रम गर्न लागेको राष्ट्रिय युवा संघ कास्कीका सचिव नमराज केसीले जानाकारी बिश्व पाटि लाई बताए ।
दुई दिने रास्ट्रपति खेल्कुद महिला अभिवृद्धि तालिम सम्पन्न !!
असार ३२, राष्ट्रीय खेलकुद परिषद को आयोजना जिल्ला खेलकुद विकास समिति कास्की को व्यवस्थापन मा यही मिति २०७९/३/३१र३२ पोखरा रगंशाला मा संचालित ‘राष्ट्रपति खेलकुद मा महिला सहभागिता अभिव्रिध्द कार्यक्रम सम्पन्न भएको छ!
राष्ट्रीय खेलकुद परिषद का वोर्ड सदस्य श्री राजेश कुमार गुरूगं को अध्यक्षता र राष्ट्रीय खेलकुद परिषद कार्यकारी सदस्य नन्दा वस्याल को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा सहभागी लाई प्रमाण पत्र कार्यक्रम का अध्यक्ष प्रमुख अतिथि पश्चिमान्चल क्षेत्रिय खेलकुद विकास समिति का कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी निर्देशक क्रष्ण तिमिल्सीना जिल्ला खेलकुद विकास समिति कास्की का कार्यालय प्रमुख प्रकाश वराल लगाएत ले वितरण गरेका थिए!
कार्यक्रम मा महिला आत्मरक्षा मनोविज्ञान लगाएत रग्बी,भलिवल,ऐथ्लेटिक कवड्डी करॉते खेलको आधारभूत सैद्धांतिक तथा प्रयोगात्मक सिकाई भएको कार्यालय प्रमुख वराल ले जानकारी दिनु भयो!
असार ३२, राष्ट्रीय खेलकुद परिषद को आयोजना जिल्ला खेलकुद विकास समिति कास्की को व्यवस्थापन मा यही मिति २०७९/३/३१र३२ पोखरा रगंशाला मा संचालित ‘राष्ट्रपति खेलकुद मा महिला सहभागिता अभिव्रिध्द कार्यक्रम सम्पन्न भएको छ!
राष्ट्रीय खेलकुद परिषद का वोर्ड सदस्य श्री राजेश कुमार गुरूगं को अध्यक्षता र राष्ट्रीय खेलकुद परिषद कार्यकारी सदस्य नन्दा वस्याल को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा सहभागी लाई प्रमाण पत्र कार्यक्रम का अध्यक्ष प्रमुख अतिथि पश्चिमान्चल क्षेत्रिय खेलकुद विकास समिति का कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी निर्देशक क्रष्ण तिमिल्सीना जिल्ला खेलकुद विकास समिति कास्की का कार्यालय प्रमुख प्रकाश वराल लगाएत ले वितरण गरेका थिए!
कार्यक्रम मा महिला आत्मरक्षा मनोविज्ञान लगाएत रग्बी,भलिवल,ऐथ्लेटिक कवड्डी करॉते खेलको आधारभूत सैद्धांतिक तथा प्रयोगात्मक सिकाई भएको कार्यालय प्रमुख वराल ले जानकारी दिनु भयो!
नारायणकाजीलाई लक्षित गर्दै ओलीको प्रश्न- विचार मिल्दैन भने किन त्यो पार्टीमा बस्नुहुन्छ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै विचार नमिल्ने पार्टीमा किन बस्ने? भनेर प्रश्न गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो विचारलाई गठबन्धन र पार्टीलाई पुर्याउन नसक्ने भए त्यसमा किन बस्ने भन्दै उनले प्रश्न गरेका हुन्।
‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्याउनुपर्यो। पार्टीलाई पुर्याउनुहुन्न भने विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू,’ श्रेष्ठतर्फ हेर्दै ओलीले भने,‘अनि पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ त्यो मात्रै छैन होला नि।’
यस्तै पार्टीमा पार्टी वा गठबन्धनमा जे जस्तो भएपनि तालीमात्रै बजाउने प्रवृत्तिविरूद्ध कुरा उठाएको भन्दै ओलीले पनि प्रशंसा गरे।
‘गठबन्धनभित्र तपाईंहरूले ठिकै कुरा उठाउनुभएको छ। जे भएपनि तालीमात्रै बजाउने गर्न भएन। त्यहाँ लड्नपर्यो र लड्ने मात्रै होइन। विचार व्यक्त गरेर छाड्ने मात्रै होइन। एउटा नेताको हैसियतले तपाईहरूको कर्तव्य हुन्छ कि तपाईहरूको विचारमा आफ्नो पार्टीलाई पुर्याउने र गठबन्धनलाई पुर्याउने,’ उनले भने।
यसअघि ओली बोल्नुभन्दा अघि श्रेष्ठले पनि बाम एकता गर्नुपर्ने प्रस्ताव गरेका थिए। एकता सम्भव नभएपनि चुनावमा तालमेल गर्नुपर्ने बताएका थिए।
उनले पछिल्ला घटनाक्रमलाई बिर्सेर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए।
‘आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ। सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु। तुम शेर तो हम सवा शेर भन्ने छाडौं। घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं,’ उनले भनेका थिए।
कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक
मुम्बई, ३१ असार । बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ ।
आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ ।
वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन् । उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन् । त्यसपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन् ।
बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन् । त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०(५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन् । भारतमा वीनालाई बिग बोसले चर्चामा ल्यायो । उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन् । अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन् ।
वीना अहिले पाकिस्तानमै छिन् । उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन् । उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन् । तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो । दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन् ।
लक्की शेर्पाको प्रश्न संघीयतालाई किन यति कुरुप बनाईयो ?
काठमाडौं, असार । नेकपा (एमाले) की नेतृ तथा पूर्व राजदूत लक्की शेर्पाले संघीयतालाई सबल बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले अहिले अभ्यास गरिएजस्तो संघीयताले जनता सुकाउने र सिमित वर्ग मोटाउने मात्रै हुने भयो भन्ने पनि चिन्ता व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत नेतृ शेर्पाले संघीयतालाई किन यति धेरै कुरुप बनाईयो ? भन्दै प्रश्नपनि उठाएकी छिन् । उनले लेखेकी छिन्–
‘यो खाले संघियता ले जनता सुकाउने सिमित बर्ग मोटाउने मात्र हुने भो । संघियता लाई किन यती कुरुप बनाइयो ?? यो के संघियता हो त ?? के हाम्रो प्रादेशिक समरचना जनता को सेवा मा केन्द्रित छ त ? के अहिले को प्रशासन सम्यन्त्र ले प्रदेश र स्थानिय निकाय लाई बलियो बनाउन भूमिका खेलेको छ त ?? संघियता लाई सबल बनाउन पहल गरौ न कुरुप नबनाऔ” ।
कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन : डा. शेखर कोइराला
चितवन, ३२ असार । नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताए ।
शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।
गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।
अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।
स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।
१४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए ।
‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए । रुस र युक्रेनबीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यबृद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए । News-Karkhana
सबैभन्दा लामो उडानको नयाँ रेकर्ड – मानवरहित विमानः||
Narayan Sunuwar
एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्।
सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको ‘जेफर एस’ नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो।
व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन मानवरहित यो विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो।
रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो विमानमा ब्याटरीको प्रयोग गरिएको छ। जसकारण यसलाई इन्धन भर्न रोकिइराख्नु पर्दैन।
उडान सम्बन्धी विवरणहरूमा यो विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखिन्छ।
बीबीसीले राखेको जिज्ञासामा एअर बसले उडानबारे कुनै प्रतिक्रिया नदिने जवाफ दिएको छ।
के फाइभजी मोबाइल सेवाले हवाई उडानलाई असुरक्षित बनाउँछ?
लाम्खुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको ‘मृत्यु’
‘ब्रह्माण्डको सुरुवाततिरको स्पष्ट दृश्य देखिने तस्बिर’
अमेरिकी सेनाको एउटा इकाई ‘आर्मी फ्युचर्स कमान्ड’ले ‘द ड्राइभ’सँग कुरा गर्दै पछिल्लो उडान “विमानको ऊर्जा सञ्चय क्षमता, ब्याटरीको टिकाउपना, सौर्य पाताको प्रभावकारिता र स्टेसन कायम गर्ने क्षमता परीक्षणका लागि” गरिएको जनाएको छ।
एरोस्पेस म्यागेजिनका प्रधान सम्पादक टिम रोबिन्सनले बीबीसीसँग कुरा गर्दै विमानले पार गरेको दुरी एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताएका छन्।
नतिजा ल्याउने विश्वास- ७०० जनाबाट छानिएर बनेको यू-२० फुटबल टिम, उत्कृष्ट!!
Narayan Rai
28 असार, काठमाडौं । कोभिड-१९ को असरले उमेर समूहको प्रतियोगिता नियमित नहुँदा यस पटक साफ यू-२० च्याम्पियनसिप खेल्नको लागि नेपालले खुला छनोटबाट टिम बनाएको छ ।
साफ यू-२० यही जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरमा हुँदैछ भने एएफसी यू-२० एसिया कप छनोट आगामी सेप्टेम्बरमा बहराइनमा हुँदैछ ।
यसपटक यू-२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिएको थियो । उनलाई बालगोपाल साहुखल र उज्जल मानन्धरले सघाइरहेका छन् । अहिले प्रशिक्षणमा ३० जना खेलाडी छन् । यहीबाट अन्तिम टिम छनोट गरिनेछ ।
यसअघि एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको टिमले सोमबारदेखि दशरथ रंगशालमा प्रशिक्षण थालेको छ । लामो समयपछि उमेर समूहको टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकाले खेलाडीदेखि प्रशिक्षक सबै जना उत्साहित छन् ।
खुला छनोट बाध्यता
फरक परिस्थितीमा निर्माण भएको टिमले साफ यू-२० मा राम्रो प्रदर्शन गर्दै नतिजा निकाल्ने आशा गरेको छ । त्यसका लागि अहिले दैनिक दुई पटक प्रशिक्षक चलिरहेको छ ।
वर्तमान नेपाली फुटबलको परिवेशका कारण नै खुला छनोटबाट टिम निर्माण गर्नुपरेको प्रशिक्षक मेघराज केसीले बताए ।
‘अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो । कोभिडले पनि असर गर्यो । यू-२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन । आज भन्दा ५-६ वर्षअघि यू-१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि,’ केसीले भने, ‘एक डेढ महिनाको समयमा नेपालभरीबाट ७०० जना बच्चाहरु आएका थिए । १० दिन लगाएर ४१ जना छान्यौँ । यसले नेपालमा फुटबल कल्चर छ भन्ने देखिन्छ ।’सुरुमा खुला छनोट गर्दा टिम कस्तो होला भन्ने कौतुहलमा भए पनि अहिले आफूले राम्रो टिम पाएको प्रशिक्षक केसीको विश्वास छ । ‘कस्तो होला टिम भन्ने थियो । जुन लेभलको टिम पाएको छौँ त्यो पाउँदा म खुशी छु । नेपालमा फुटबलको कल्चर रहेछ भन्ने देखिएको छ । खेलाडीहरु फिजिकल्ली राम्रा छन् । सन्तुष्ट नै छु । सबैले मेहनत गरेका छौँ । नतिजाको पनि निकै आशा गरेका छौँ ।’
उमेर समूहको टिम भविष्यमा राष्ट्रिय टिमको आधार पनि हो । अझ य-२० र यू-२३ बाट सिधै राष्ट्रिय टिममा पुग्न सक्छन् ।
तर यस पटक खुला छनोटबाट टिम बनाउनु बाध्यता भएको केसीले बताए । ‘नेपालको फुटबलको स्थितिले यस्तो भएको हो । संसारमा कोभिडले धेरै खेल रोकियो । नेपालमा उमेर समूहको खेल भएन । त्यसले गर्दा समयले त्यस्तो बनाएको हो । त्यही भएर खुला छनोट भयो । उमेर समूहको प्रतियोगिता भाको भए त्यही टिमबाट छनोट हुन्थ्यो । यो बाध्यता पनि थियो । कसरी टिम बनाउनेत केही न केही सपोर्ट त चाहियो ।’
राम्रो खेलाडीहरु छन् भन्ने सन्देश
यसअघि उमेर समूहमा ललित स्मृति यू-१८ च्याम्पियनससिप हुन्थ्यो । जसमा ए डिभिजन क्लबका उमेर समूहका टिमले पनि खेल्थे । त्यसबाट यू-१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो । तर यस पटक कोभिडका कारण त्यो प्रतियोगिता भएन । जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आएका छैनन् ।
उनी केही समयअघि मात्रै कुवेतमा एएफसी एसियन कप छनोट खेलेर आएका हुन् । यद्यपी उनकै ब्याचका खेलाडीहरु टिममा रहेकोले सबै उस्तै छन् ।
प्रशिक्षक केसीले आयुष घलान अहिले राम्रो गरिरहेको खेलाडी भएको सबैको रोलमोडल भएको बताए । तर आफ्नो टिममा सबै आयुष घलान नै भएको बताए । ‘पक्कै पनि आयुषले छोटो समयमा राम्रो गरेको छ । सबैका लागि रोल मोडल हुन सक्छ । उसले प्रमाणित पनि गरिरहेको छ । उ सक्षम पनि छु’, केसीले भने, ‘तर म अलग सोच्छु । मेरो लागि यहाँ भएका सबै आयुष घलान हुन् । त्यो तपाईँले पनि पाउनुहुन्छ ।’
आयुषले भने सिनियर र जुनियर टिममा केही फरक हुने बताए । ‘सिनियर र जुनियर फरक त हुन्छ नै । यो उमेर समूह हो । व्यावसायिक स्तरमा फरक हुन्छ । व्यवहार फरक पाएँ । कम्बिनेसन सजिलै लाग्यो । आफ्नै ब्याचको भएकोले सबै जना मिलेर मेहनत गरेका छन् ।’प्रशिक्षक केसीले यो टिमबाट भविष्यमा धेरै खेलाडी राष्ट्रिय टिममा पर्ने समेत बताए ।
राम्रो नतिजा ल्याउने विश्वास
यसअघि साफ यू-१९ र साफ यू-१९ को नामबाट प्रतियोगिता भएको थियो । जहाँ नेपालले सुरुको दुई संस्करण उपाधि जितेको थियो ।
तेस्रो संस्करणमा भने नेपाल घरेलु मैदानमै समूह चरणबाटै बाहिरियो ।यस पटक यू-२० लेभलमा प्रतियोगिता हुँदैछ । ‘हाम्रो प्रदर्शन उच्च रहन्छ त्यसमा ग्यारेन्टी दिन सक्छु । टिमले राम्रो गरेपछि रिजल्ट पनि राम्रो पाइन्छ । रिजल्ट अहिले केही भन्न सकिन्न । राम्रो प्रदर्शन गरेपछि नतिजा राम्रो हुन्छ’, केसीले भने ।
प्रशिक्षक केसीले टिमको बलियो र कमजोर पक्ष भन्दा पनि सबैले मेहनत गरेको र प्रतिस्पर्धा गर्न लायक टिम बनेको बताए । भने, ‘फुटबलको कुरा गर्दा यो राम्रो र यो कमजोर भन्ने भन्दा सबै पक्ष बलियो छ । हाम्रो बलियो पक्ष भनेको हाम्रो फाइटिङ टिम छ । टिम वर्क एकदमै बलियो हुन्छ । नेपाली फुटबलको बलियो टिम देख्नुहुन्छ ।’
प्रशिक्षक केसीले उमेर समूहको भएकोले विपक्षी टिमको बारेमा त्यति थाहा नहुने र आफ्नो प्रदर्शनमा केन्द्रित हुने बताए । ‘राष्ट्रिय टिम भएको भए विपक्षीको बारे जानकारी हुन्थ्यो । हामी साउथ एसियामा छौँ । अरु टिमको यू-२० कस्तो भनेर अहिले देख्न पाएको छैन । खासै अध्ययन गर्ने मौका पाएका छैनौँ । हामी कसरी बलियो हुने भनेर त्यसमा केन्द्रित छौँ ।’
साफ यू-२० र एएपसी यू-२० एसिया कप दुवै टिमको प्रशिक्षक बनेका केसीले आफ्नो लागि पनि यो अवसर र चुनौती दुवै भएको बताए । ‘चुनौती र अवसर दुवै हो । मैले के विश्वास गर्छु भने मैल मिहिनेत गर्नुपर्छ, मैले नतिजाका लागि काम गर्नुपर्छ, राष्ट्रिय लेभल होस् या सानो लेभल मैले मेहनत गर्नुपर्छ र नतिजा ल्याउनुपर्छ ।’
उनले जुनैसुकै लेभलको भए पनि राष्ट्रिय टिम हेर्न पाउनु ठूलो विषय भएको बताए । ‘कुनै पनि प्रशिक्षकका लागि कुनै पनि लेभलको राष्ट्रिय टिम पाउनु ठूलो कुरा हो । त्यसमा आफैले आफूलाई प्रमाणित गर्न सजिलै हुँदैन । तर मेरो काम यही हो । आफ्नो कामलाई गाह्रो भन्दिन । यो बेला सब नेपाली फुटबल फ्यानलाई खुशी बनाउनु आवश्यक छ । किनकी लामो समय ग्याप भएर आउँदा पनि नेपाली फुटबल स्तर घटेको छैन भनेर प्रमाणित गर्नुछ ।’
राष्ट्रिय टिमबाट खेलिसकेका घलानले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको र एएफसी यू-२० एसिया कपमा पनि छनोट हुने लक्ष्य रहेको बताए ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा