२०८३ असार ८ सोमबार

वकिलसँग घुस बार्गेनिङ : न्यायाधीश कोइरालाको जिम्मेवारी खोसियो

साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न वकिलसँग घुस बार्गेनिङ गरेर विवादमा परेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी खोसिएको छ।

न्यायपरिषदको बुधबार बसेको बैठकले यो प्रकरणमा जाँचबुझ आयोग बनाएसँगै न्यायाधीश कोइरालाको जिम्मेवारी खोसिएको हो।

बैठकले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाउँदै ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ।

यो प्रकरणमा छानबिन समितिले प्रतिवेदन नबुझाउन्जेललाई न्यायाधीश कोइरालाले मुद्दा हेर्न पाउने छैनन्।

‘निर्णयमा ठ्याक्कै निलम्बन भनेर लेखिएको छैन। तर उहाँ (न्यायाधीश कोइराला) ले प्रतिवेदन नआउन्जेल मुद्दा हेर्न बेन्चमा जान पाउनु हुने छैन। छानबिन प्रतिवेदन नआउन्जेलसम्म उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ;’ स्रोतले नेपालखबरसँग भन्यो।

इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले कोइरालासँग घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि विवाद बढेको थियो।

उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए।

अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका थिए।

दुर्गा प्रसाईलाई सुनको लौरो उपहार!!

प्रसाईलाई सुनको लौरो उपहार

३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी एवम एमाले नेता दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । प्रसाईको निमन्त्रणामा नेपाल आएका राजकुमारले बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकन गरे । उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।

गाली शिरोमणिको उपाधि प्रेम आलेलाई दिइयोस् : झपट रावल

काठमाडाैं । नेकपा एमालेका सांसद् झपट रावललेले गठबन्धन सरकार काण्डै-काण्डकाे सरकार भएकाे बताउनुभएकाे छ ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् रावलले गठबन्धनका सरकारका मन्त्रीकाे कार्यशैलीले लज्जाजनक रहेकाे बताउनुभयाे । आफ्नै मातहतका कर्मचारीलाई अश्लिल गाली गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गाली शिरोमणिको उपाधि दिन समेत उहाँले माग गर्नुभयाे ।

कुनै पनि प्रणालीलाई सञ्चालन गर्न सभ्य समाजकाे सभ्य संस्कृतिलाई आत्मसाथ गर्नुपर्नेमा मन्त्री आलेले संस्कृतिकै धज्जी उडाएकाे उहाँले बताउनुभयाे । सांसद् रावलले भन्नुभयाे – ‘संस्कृतिकाे संरक्षण र नयाँ संस्कृति संरक्षण गर्न संस्कृति मन्त्रालय बनाएकाे हाे,सामाजिक मूल्य-मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले कहिले सर्वसाधारण र कहिले आफ्ना मातहतका कर्मचारीप्रति बोलिएका शब्द र गरिएकाे व्यवहारले हाम्रो सभ्यतालाई बेइज्जत गरेको छ, यस्ता गाली शिरोमणिलाई संस्कृति मन्त्रीको सट्टा गाली शिरोमणिको उपाधिले विभूषण गर्नुहुन हार्दिक अनुराेध गर्छु ।’

नेपाल वायु सेवा निगमकाअध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री आले फेरि विवादमा तानिनुभएकाे छ । यसअघि पनि मन्त्री आलेले कामको सिलसिलामा भारत पुगेका एक नेपाली युवकसँग अश्लील गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

नेविसंघ पृ.ना.क्याम्पस व्यवस्थापन संकायले युवा र उद्यमशिलता बारे कार्यक्रम सम्पन्न ।

बुधबार ०१ असार २०७९, पोखरा

ने.वि.संघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले युवा र उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको छ। बिद्यार्थीको पढाइ र व्यवाहरीकताको उपदेयता उजागर गर्दै उद्यमशिलताको अवसर र सम्भावनालाई कसरी पहिचान गरि उपयोग गर्न भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।

पृथ्वीनारायण क्याम्पस स्थित ह्वाईटहाउस बिल्डिङ्गमा सञ्चालित उक्त कार्यक्रम तीन सय चौध जना बिद्यार्थीको उल्लासमय सहभागितामा सम्पन्न भएको थियो।

प्रजातन्त्रवादी प्रध्यापक संघ पृथ्वीनारायण क्याम्पस अध्यक्ष देविलाल शर्मा र बिशिस्ट अतिथी युवा उद्यमी नेता नेपाली काङ्ग्रेस द्वय सिरोज विजय कोइराला, मिलन थापा र टिका गुरुङ्ग संगै नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति गौरब बराल हुनुभएको सो कार्यक्रमको सभापतित्व नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलिले गर्नुभएको थियो।

कार्यक्रमलाई पहिलो खण्डमा आयोजक बाट अतिथि संग अन्तर्क्रीयात्मक र दोस्रो उपस्तिथि बिद्यार्थीको जिज्ञासा सहितको अन्तरक्रियात्मक गरि दुई खण्ड बाट सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक शर्माले
जिवनमा पढेको कुरा व्यवाहारिकतामा आउदैन भने त्यो व्यर्थ भएको बताउदै योग्यता सहितको दक्षता बिकास गर्न बिद्यार्थीलाई जोड दिनुभयो। संसारको शश्वत र स्थायी चिज परिवर्तन मात्र रहेको बताउदै परिवर्तन संग गतिशिल बन्न नसक्दा हाम्रो शिक्षाप्रणालिमा विश्वविधालयले समस्या भोग्नुपरेको छ। पढाएको कुरा व्यवाहारिक रुपमा बुझाउने र पढ्ने बिद्यार्थीले नबुझेको कुरा सोद्ने दायित्वबाट शिक्षक बिद्यार्थीको ताल्मेल मिलाउदा शिक्षा उपयोगी र परिणाममुखी परिवर्तनकारी हुने बताउनु भयो।

बिशिस्ट अतिथी युवा उद्यमी कोइरालाले लगानी र संम्भावनाको अवसरलाई पहिचानको साथ सानो लगानीमा ग्रामीण क्षेत्रमा उद्यमको संम्भावनाको अवसरको उदाहरण दिदौ उद्यमशिल बन्न प्रेरीत गर्नु भएको थियो। साथै बिद्यार्थी राजनीतिमा यो कार्यक्रमले यथास्थिति परम्परागत शैली भन्दा पृथक बन्दै राजनीतिको उद्यमशिल (political entrepreneur) अध्याय थालनी गरेकोमा नेविसंघलाई बधाई संगै शुभकामना दिनु भएको थियो।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका सचिव शिवराम पौडेल (जुपिटर)ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम नेविसंघ पि.एन.क्याम्पस व्यवस्थापन संकाय उपसभापति अजित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।

बिशिस्ट अतिथी युवा उद्यमी मिलन थापाले “सुरुवातमा लगानी सानो पुँजिबाट गर्न सुझाबको साथ सरकारले ल्याएका उद्यमशिलताको अवसरहरु प्रष्ट पार्दै परिवारवादले महिलालाई थपेको चुनौती बिच आफ्नो अनुभवबाट उद्यमी बन्ने थुप्रै अवसरको प्रस्ट पार्दै बिद्यार्थीलाई उद्यमशिल बन्न प्रेरणा दिनुभएको थियो।

अर्को बिशिस्ट अतिथी युवा उद्यमी टीका गुरुङले आफ्नो उद्यमशिलताको अनुभव सुनाउदै लर्निङ्ग उइथ अर्निङ्ग गर्न आग्रहको साथ कुनै क्षेत्रमा त्यसको अनुभव लिईसकेपछी आफ्नो दक्षता बिकास गर्दै त्यस अनुभवलाई व्यवसायीक यात्रामा उद्यमी क्षेत्रमा अगाडि बढ्न सुझाव दिनुभयो।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति एवंम कार्यक्रमका विशेष अतिथी गौरब बरालले बिद्यार्थी राजनीतिको औचित्यता र सान्दर्भिकता धरासयी बन्यो भन्ने आम बुजाईलाई चिरेको बताउदै सामान्य ग्रामीण क्षेत्रबाट आउने बिद्यार्थीलाई उद्यमशिलताको बिकास र सोचमा नयाँ आयाम थप्न मद्धत गरेको बताउनु भयो। आगामी दिनमा यस्तै सृजनशिल र उपयोगी कार्यक्रम गर्न आग्रह गर्नु भएको थियो।
कार्यक्रमको अतिथिको रुपमा नेविसंघ पृथ्वीनारायण क्याम्पस उपसभापति द्वय मोहमद अमर अलि ,ओमकार सुवेदी, सञ्जिता आचार्य, इकाई सचिव राज आचार्य, इकाई कोषाध्यक्ष सुजि मगर, नेविसंघ पृ.ना.क्याम्पस अध्य्यन तथा अनुसन्धान बिभाग सभापति रसिस भण्डारी , नेविसंघ पृथ्वीनारायण क्याम्पस मानविकी सभापति पर्लाद अधिकारी, नेविसंघ कानुन समन्वयन समितिका सभापति दीपिका पराजुली , नेविसंघ कानुन समन्वयन समितिका निवर्तमान सभापति राजेन्द्र पराजुली तथा नेविसंघ पृथ्वीनारायण क्याम्पसमा सहसचिव सन्तोष अधिकारी,खगेश चन्द, बिवेक तिमिल्सिना, बिद्यार्थी नेता द्वय भावना पौडेल, संस्कार कोइराला, अजित क्षेत्री, प्रतिभा अधिकारी, बिवेक भट्टराई, प्रयास कोइराला, रिसिकेश चालिसे, कृष्ण पौडेल हुनुभएको थियो।
“हामिले विश्वविद्यालयमा सिकेको ज्ञान व्यवाहरीकतामा ल्याउने आजको चुनौतिलाई मध्यनजर गर्दै देशले भोगिरहेको आयातमुखी अर्थतन्त्रमा घट्दो डलर सञ्चितिको समस्याले निम्ताएको क्यापिटल क्रन्च (पुजिको संकट) समस्यालाई उद्यमशिलताको बिकास र बिस्तारले नै उत्पादकत्व सृजना गर्दछ र रेभिन्यु जेनेरेट गर्न हुनाले विश्वविद्यालयमा पढाईको गुणस्तर र सरकारी पोलिसी उद्यम मैत्री हुनुपर्छ । आजको कार्यक्रमले उद्यमशिलताको सम्भावना र महत्वले सहभागी साथिहरुको चिन्तनमा नयाँ आयाम थपेको अनुभुति गरेको छु। ” कार्यक्रमका सभापति विवेक पराजुली बताए।


कार्यक्रममा उद्यमशिलता के हो ? यो पढ्ने कुरा हो कि सिक्ने विषय हो ? विश्वविद्यालयको जनशक्ती फिल्डमा उत्रेर काम गर्न नसक्ने, नयाँ ठाउमा फेस गर्न नसक्ने बुखैचा जनशक्ति किन उत्पादन हुदैछ ? कहिले सम्म विश्वविद्यालय बेरोजगार उत्पादन गर्न कार्खाना बनिरहने ?, उद्यमी बन्न के पुजीको आवस्यक पर्न हो अथवा फेरी किन सबै पुँजिपतिहरु सफल उद्यमी बन्न सकिरहेका छैनन् ? उद्यम गर्न के चाहिन्छ ? परिवारवाद बाट माथी उठेर महिला उद्यमी कसरी बन्ने ? त्यसका चुनौतिहरु केके छ्न ? पढाइ पास हुन को लागि मात्र , जागीर खानको लागि मात्र कि ? उध्यमको लागि पनि ? शिक्षा प्रणालीमा उद्यमशिलता नजोडिनु अहिलेको समस्या हो ? यो बेमेल कसरी हटाउने ? महिला ससक्तिकरणको लागि पढाईको महत्व कति ? के पढाइ मात्र सबथोक हो कि ? विश्वविद्यालय बाट सर्टिफिकेट लिएर निस्किदै गर्दा अरु ज्ञान सीप पनि आवस्यकता छ ? जस्ता गम्भीर प्रशनको सवाल जवाफ बाट सहभागी बिद्यार्थीलाई उद्यमीको अनुभव संगै प्रोफेसरको उत्तरको अन्तर्क्रीयात्मक संवाद बाट बहुउपयोगी र व्यवाहारीक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रम एकदमै प्रोडक्टिभ र इफेक्टिभ भएको छ।बिश्वविधालय बाट उत्पादन बनेको जनशक्तिको चित्रण देखि त्यसको बिकल्प सहित उद्यमशिलताको बिकासले खोल्ने सम्भावना र अवसरका ढोका सम्म यसको महत्व प्रष्ट पारेको छ। ” कार्यक्रममा सहभागी बिद्यार्थीले बताएका छ्न।

कार्यक्रममा व्यवसायीक एवंम उद्यमशिल क्षेत्रमा अगाडि बढेका बिद्यार्थी नेता ड्रागन मार्ट, बि.एस.बी वाईन सपका सञ्चालक शिवराम पौडेल (जुपिटर) र के.एस राईस मिल का संस्थापक बिद्यार्थी नेता रसिस भण्डारीलाई सम्मान गर्दै युवा विधार्थिलाई उद्यमशिल क्षेत्रमा अगाडि बड्न प्रेरणा दिएको थियो।

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिइ ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात समेत दिइ ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाईलगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाइदिन्छु, काम लगाइ दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारेको आरोप छ।

भिषा प्रोसेसिङ एवं हवाई टिकटका लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिइ ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अब सिसडोलको कथा दोहोरिँदैन, काठमाडौंको फोहोरको बिसर्जन थालेका छौं : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको बताएकी छन्।

संसदमा सांसदहरुलाई जवाफ दिने क्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको अधिकार स्थानीय तहलाई नै हस्तान्तरण गरिएको र संघ सरकारले प्राविधिक सहायता तथा समन्वयमात्रै गर्ने बताइन्। तर काठमाडौंमा फोहोर व्यवस्थापन समस्या विकराल भएकाले संघ सरकारले अग्रसरता लिएर वैज्ञानिक व्यवस्थापनको सुरुवात भएको उनले स्पष्ट पारिन्।

‘काठमाडौंको समस्या विकराल थियो। ठूला सहरमा समस्या ज्यूका त्यू छ,’ उनले भनिन्, ‘यो सरकारको प्राथमकितामा छ। फोहोर व्यवस्थापन पहिलो शर्त हो।’

फोहोरलाई प्राथमिकतामा राखेर फोहोर मैला प्रावधिक सहायता केन्द्र स्थापना गरेको उनले जानकारी गराइन्। ‘देशैभरी प्राविधिक सहायता दिने, पूर्वाधार बनाइदिने, कुन प्रकारको फोहोरलाई कसरी बिसर्जन गर्ने, कुन टेक्नोलोजीमा कसरी गर्ने बजेटमा आएको छ। संचरना बनाउँदै जान्छौं,’ उनले भनिन्, ‘यसले देशभैरी फोहोरमैलाको सहायताको काम गर्नेछ।’

काठमाडौंको फोहोर समस्यालाई आफू मन्त्री भएर आएपछि प्राथमिकतामा राखेर व्यवस्थापनको वातावरण बनाएको उनले बताइन्। ‘मुलपानीको ल्याण्ड फिल साइटबाट सिसडोलमा २ वर्षका लागि बनाइएको साइटमा करिब १७ वर्षसम्म फ्याकियो। विविध कारणले बन्चरेडाँडामा व्यवस्थापन भइरहेको थिएन,’ उनले भनिन्, ‘म मन्त्री भएर आउँदा काम भइरहेको थिएन। स्थानीयको विरोध थियो। हामीले स्थानीय जनतासँग सम्झौता गरेर, क्याविनेटबाट निर्णय गर्‍यौं। फोहोर बिसर्जनको वातावरण बनेको छ। अहिले बाटो स्तरोन्नति गर्दैछौं। छुट्टै फोहोर बिसर्जन रोड बनाउने कुरा छ।’

मन्त्री झाँक्रीले बन्चरेडाँडामा साइन्टिफिक बिसर्जनको काम सुरु भएको उनले बताइन्। ‘सिसडोललाई व्यवस्थित बनाउने प्रयास गरेका छौं। सिसडोल साइड क्षेत्रमा अस्पताल बनाउन सुरु गरेका छौं। डाक्टर, अस्पताल आएन, पुलिस र गोली रह्यो भन्ने कथा अन्त्य गर्न चाहन्छौं,’ उनले भनिन्।

सिसडोलको दुर्गन्धलाई नास्टको प्रतिवेदनअनुसार जैविक वा अजैविक रुपमा व्यवस्थापन गर्ने र त्यसपछि बन्द गरिने उनले बताइन्।

सिसडोलको कथा नदोहोरिने नगरी बन्चरेडाँडामा व्यवस्थापन थालेको उनले दाबी गरिन्। ‘साउन १ बाट देशभर स्रोतमै फोहोर वर्गिकरणमा स्थानीय तहबाट हुने विश्वास छ। काठमाडौंकै १८ पालिकाले स्रोतमै बर्गीकरणको व्यवस्थापन मिलाउनुहुन्छ,’ उनले भनिन्।

एकीकृत समाजवादीको निष्कर्ष– कांग्रेस र माओवादीमा ‘स्वार्थी भावना’ देखियो!!

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)मा ‘स्वार्थी भावना’ रहेको निष्कर्ष निकालेको छ । मंगलबार स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको स्थानीय चुनावको समीक्षा प्रतिवदेनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धनलाई आफ्नो हितका लागि मात्र प्रयोग गरेको उल्लेख छ ।
गठबन्धनभित्र देखापरेका समस्या उपशीर्षभित्र लेखिएको छ, “गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु, यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो ।”

मेलम्ची बाढी पीडितलाई पाँच लाखका दरले दिने भनेको राहत अहिलेसम्म दिएन सरकारले

मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ। गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो।

सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन।

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो। सयौँ स्थानीयवासी विस्थापित भए। उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन्। उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन्।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ। बाढीले घरखेत बगाएपछि बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन्। बाढीले उहाँको घर बगायो भने खेत बगरमा परिणत भयो। उनी सुकुम्बासी बने।

‘सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन’, उनले भने। हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियो। पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो।

मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भएका थिए। हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन्।

हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै जान सकेका छैनन्। बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारीरहेका छन्। ‘सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैँ सताउँछ’, उनले भने।

प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो। गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्। ‘निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ’, उनले भने।

यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउँछन्।

खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो। मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि समस्या भएको छ।

हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीय बताउँछन्।

कार्यक्रम बीचमै छाडेर काठमाडौं किन फर्किए मेयर बालेन?

बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च गरिएकाले आफूहरू बीचमै हिँडेको मेयर बालेन शाहले बताएका छन्।

स्थानीय जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा एक दिन मात्र बसेर फर्केका मेयर शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं राजधानी मात्रै होइन, अझ बागमती प्रदेशका लागि त एउटा पालिका मात्रै हो। काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छाडेको हुँ।’

अब प्रश्न उठ्छ- उक्त कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्ने चाहिँ को हो?

उनीहरूले त्यस्तो के भनेका थिए जुन सहन नसकेर मेयर शाह र उपमेयर डंगोल सोमबारै काठमाडौं फर्किए?

हामीले यसबारे मेयर सचिवालयका स्वकीय सचिव भुपदेव शाह र सहायक सचिव नवीन भण्डारीसँग कुरा गर्‍यौं।

उनीहरूका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको विषयवस्तुभन्दा बाहिर गएर काठमाडौंको फोहोरमैला उठ्न नसेककोबारे स्थानीय सरकारलाई आरोप लगाएका थिए।

स्थानीय सरकार सञ्चालनसम्बन्धी तालिम दिने कार्यतालिका तोकिए पनि फोहोरमैलाको कुरा उठाएर काठमाडौंमाथि आरोप लगाउने काम मात्र भएको उनीहरूको भनाइ छ।

‘जुन विषयवस्तु निम्ति कार्यक्रम सञ्चालन गरिएको हो, त्यसैमा केन्द्रित भएर कुरा गर्नुपर्यो नि!’ भण्डारीले भने, ‘त्यहाँ त आरोप-प्रत्यारोप मात्र भयो। यो कुरा मेयरसाबलाई मन परेन र कार्यक्रमको बीचमै फर्किनुभयो।’

नवनिर्वाचित जनप्रतिनिधिहरूले स्थानीय तहमा कसरी काम गर्ने र प्रदेशसँग कसरी समन्वय गर्ने भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको थियो। तर छलफल विषयवस्तुभन्दा बाहिर गएको र बागमती प्रदेशको एउटा पालिका काठमाडौंमाथि मात्र केन्द्रित भएको मेयर शाहको सचिवालयले जनाएको छ।

कार्यक्रममा १३ जिल्लाका स्थानीय तहहरूका प्रमुख र उपप्रमुख सहभागी थिए।

अरू स्थानीय तह छाडेर मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री शालिकराम जमकट्टेलले काठमाडौंको फोहोरमैलाको विषयमा मात्र आरोप लगाएको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री पाण्डेले काठमाडौं महानगरले आफ्नो फोहोर आफैं व्यवस्था गर्नुपर्ने तर्क गरेको भण्डारीले बताए।

काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेर धादिङ र नुवाकोटका जनतालाई पीडा दिन नहुने पाण्डेको भनाइ थियो।

‘मेयरसाब संस्थाको मानमर्यादा राखी कार्यक्रममा उपस्थित भए पनि विषयवस्तुभन्दा बाहिर रहेर कुरा गर्नु उचित होइन,’ उनले भने, ‘त्यसमाथि उहाँ यस विषयमा केन्द्रित रहेर पहिलो दिनदेखि काम गरिरहनुभएको छ।’

बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन्।

‘मर्यादापालन गरेर कार्यक्रममा गएको तर फजुल कुरा गर्दा समय खेर गयो,’ सचिवालयले भनेको छ, ‘काम नपाएर त गएको होइन, उहाँलाई अहिले पाँच मिनेट पनि महत्वपूर्ण छ।’

सोमबार बेलुकी मेयर शाहले फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लागेको’ उल्लेख गरेका थिए।

सुनको मूल्य घट्यो, चाँदीको यथावत

बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ।

आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो। केही दिन यता सुनको मूल्यमा गिरावट देखिएको छ। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय