सेयर मार्केटको आधारभुत तालिम सम्पन्न गर्यो नेविसंघ पृ.ना. क्याम्पस व्यवस्थापन संकाय!!
सेयर मार्केटको आधारभुत तालिम सम्पन्न गर्यो नेविसंघ पृ.ना. क्याम्पस व्यवस्थापन संकाय
नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले सेयर बजारको आधारभुत तालिम सञ्चालन गरेको छ।
बित्तीय साक्षरताको बिकास संगै सेयर लगानिकर्ताको आधारभुत ज्ञान अभिवृद्धि गर्न कुशल विवेकशिल लगानीकर्ता बन्न उत्प्रेरणा गर्न उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।
पृथ्वीनारायण क्याम्पस स्थित ह्वाईटहाउस बिल्डिङ्गमा सञ्चालित उक्त कार्यक्रम एकसय एक जनाको उल्लासमय सहभागितामा सम्पन्न भएको थियो।
सेयर बजारका प्रशिक्षक एवंम सक्रीय सेयर लगानीकर्ता युवा उध्यमी सि.ए सन्जय कार्कीको प्रमुुुखअतिथ्यता एवंम प्रशिक्षण गरिएको सो कार्यक्रमको सभापतित्व नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलिले गर्नुभएको थियो।
कार्यक्रममा प्रशिक्षक एवंम लगानिकर्ता कार्किले आधारभुत ज्ञान बिना नै सेयर मार्कटको लगानी अन्ततः डुब्ने बताउदै नव प्रवेशी तथा ईच्छुक लगानिकर्तालाई एउटा परिक्षण अवधी तय गर्न सुझाव दिदै त्यस अगाडि म्युचल फण्ड, आईपियो, सिस्टम्याटिक इन्भेस्टमेन्ट पलान (sip) जस्ता माध्यमको लगानी सुरक्षित हुने र बचतको बानी बिकास गर्नमा जोड दिनुभएको थियो।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति एवंम कार्यक्रमका विशेष अतिथी गौरब बरालले एउटा संम्यम, धैर्य र बिवेकशिल लगानिकर्ताले, बित्तिय साक्षरताले सेयर मार्केटमा मात्र होइन आफ्नो व्यवसाय वा समग्र जीवन नै सफल बनाउने जोड दिदै थप यस्तै सृजनशिल र रचनात्मक कार्यक्रम गर्न आग्रह गर्नुभएको थियो।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सचिव शिवहरी पौडेल जुपिटरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम नेविसंघ पि.एन.क्याम्पस व्यवस्थापन संकाय उपसभापति अजित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको बिशेश अतिथी नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरब बराल, नेविसंघ बिबिए सभापति सञ्जिता आचार्य हुनुभएको थियो भने अतिथिमा नेविसंघ पिएन क्याम्पस उपसभापति द्वय न्युटन अधिकारी , मोहमद अमर अलि जनप्रीय बहुमुखी क्याम्पस सचिव आदित्य देवकोटा, नेविसंघ पृथ्वी नारायण क्याम्पस कानुन समिति का निवर्तमान सभापति राजेन्द्र पराजुली, पर्वत पृथ्वीनारायण क्याम्पस नेविसंघ अध्यक्ष विधान अधिकारी तथा नेविसंघका नेता सन्तोष अधिकारी , भावना पौडेल, बिवेक तिमिल्सिना, शिव बुढाघरे,स्वस्तिका चापागाईं , संस्कार कोइराला, प्रयास कोइराला रिसिकेश चालिसे, विवेक भट्टराई , अमन पौडेल, विशाल रेग्मी हुनुभएको थियो।
“आज हाम्रो शैक्षिक संस्था र संगठनहरु अत्यन्तै परम्परावादी, जडसुत्रवादी र शैद्दान्तिक भयो भन्य आरोप खेपिरहेको समयमा सेयर मार्कट सम्बन्धी आधारभुत कार्यक्रमले व्यवाहारीक प्रयोगवादी र जिवनउपयोगी बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हौ । पुजि बजार पौसा कमाउने मेसिन होइन अन्य व्यवसाय जस्तै लगानी गर्न मेकानिजम भएको सन्देश सहभागी साथिहरुले बुझ्नुभएको छ।” कार्यक्रमका सभापति विवेक पराजुली बताए।
कार्यक्रममा पुजिबजारका आधारभुत पक्ष त्यसलाई पार्न प्रभाव संगै टिएमएस, आईपियो, म्युचलफण्ड कसरी बनाउने फन्डामेन्टल र टेक्निकल एनालाईसिस कहाँ बाट गर्न, कम्पनी कसरी छनोट गर्न र कस्ता कम्पनीमा लगानी गर्न, कसरी सुरक्षित बन्ने, जस्ता आधारभुत र बहुउपयोगी ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रम एकदमै प्रोडक्टिभ र इफेक्टिभ भएको छ। मेरो व्यक्तिगत जिवनमा आम्दानी र खर्चलाई व्यवस्थापन गरि गरिएको बचतलाई लगानी गर्न सुरक्षित उपयुक्त उपया संम्बन्धी ज्ञानको बिकास भएको छ।” कार्यक्रममा सहभागी बिद्यार्थीले बताएका छ्न।
ए.बि.एस जनप्रीय क्याम्पसका नि. सभापति एवंम ग्रीन डेभलपमेन्ट बैङ्क बगर शाखा प्रमुख सन्जय पौडेलको बिशेष समन्वयनमा गरिएको थियो।
अमेरिकी प्यासिफिक कमान्डका जर्नेल बिहीबार नेपाल आउँदै l
२५ जेठ, काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउने तय भएको छ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन ।
उनी अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने छन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा
उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
कारबाही बारे ‘मलाई औपचारिक जानकारी छैन’: घनश्याम भुसाल l
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाले आफूविरूद्ध ‘बदला भाव’ राखेर अहिले अनुशासनको कारबाही गर्न खोजिएको बताएका छन्।
नेकपा एमालेको अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकोमा भुसाललाई कारबाही गर्न पार्टी सचिवालयलाई सिफारिस गरेको थियो।
आइतबार उनले आफूविरूद्ध पार्टीको आठौं महाधिवेशनदेखि नै बदला भाव राखिँदै आएको बताए।
‘यसलाई मैले व्यक्तिगत रूपमा लिएको छैन’, भुसालले भने, ‘पार्टी आन्दोलनमा जसले सैद्धान्तिक र वैचारिक विचारहरू राख्छ त्यही मध्ये बाट नेतृत्वमा जाने परम्परा हुन्छ। पार्टीको नवौं महाधिवेशन देखि नै मैले उठाएको विचारमा उहाँहरू सहमत हुनु हुन्थेन। उहाँहरू यथास्थितिको पक्षमा हुनुहुन्छ। त्यो बेलादेखि नै उहाँहरूमा मेरा विरूद्ध व्यक्तिगत बदला भाव देख्छु। त्यो नराखे हुन्थ्यो। पार्टी आन्दोलनको यो चढाइमा, यो जिम्मेवारीमा पुगेका कमरेड ओलीले त्यो नगरे हुन्थ्यो भन्ने हो।’
उनले अनुशासनको कारबाही गर्न खोजिए पनि पार्टीभित्र आफू एक्लो नरहेको दाबी गरे।
‘म एक्लो छैन। एक दुई जना जसलाई पार्टी आन्दोलनसँग लिनुदिनु केही छैन। तिनीहरूबाहेक अरू सबै आन्दोलनबाटै आएका साथीहरू छन्। ओली कमरेड सँग भएका साथीहरू पनि आन्दोलन बाट हुर्किएर आएका साथीहरू हुन्’, भुसालले भने, ‘ती साथीहरू संवेदनशील र ‘सिरियस’ छन्। म ढुक्क हुने कुरा किन हो भने नेतृत्वमा सचिवालय र स्थायी कमिटीमा मुद्दाका हिसाबले भन्ने हो भने मेरो पक्षमै साथीहरू हुनुहुन्छ भन्ने लाग्छ।’
यद्यपी पार्टीमा आफ्नो पक्षमा रहेका नेताहरू बोल्न नसकेको उनले बताए।
‘बोल्न नसक्ने कुरा टेक्निकल हो’, भुसालले भने, ‘क्रमश: बोल्नुहोला।’
उनले आफूलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको विषयमा औपचारिक जानकारी नभएको बताए।
‘मलाई औपचारिक जानकारी छैन’, भुसालले भने, ‘अनुशासन आयोगका अध्यक्षले नै बोलेपछि होला भन्ने लागेको छ।’
उनले पार्टीको पछिल्लो महाधिवेशन पछि बनेको कमिटी र प्रणालीका कारण पनि आफूलाई कारबाहीको विषय नौलो नलागेको बताए।
‘पछिल्ला दिनमा पार्टी जसरी बन्यो र हामी जुन बाटो हिँडदै छौं। त्यसै प्रकारको नेतृत्व, कमिटी र नीति बन्दै गएका छन्’, भुसालले भने, ‘अहिले जसरी महाधिवेशन भयो। व्यक्तिको आदेशमा जसरी जिल्ला अधिवेशन भए। जसरी जिल्ला कमिटीहरू बनाइए। त्यसरी कमिटीहरू बनेपछि व्यक्तिका प्रति नै उत्तरदायी हुने भए। सायद त्यो कारणले समस्या आएको हो। यसरी हाम्रो आन्दोलनको रक्षा हुँदैन। व्यक्तिको रक्षा होला। कुनै खास कमिटीको रक्षा गरौंला। त्यहाँ भएका मान्छेहरूको रक्षा गरौंला तर आन्दोलनको रक्षा हुँदैन।’
भुसालले आफूले पार्टीले हिँडेको बाटोबारे समीक्षा खोजेको बताए।
‘हामी यो बाटो हिँडेर एकपछि अर्को हन्डर-ठक्कर खाँदै आयौं। त्यत्रो पार्टी बन्यो, विघटित भयो। बहुमतको संसद गुम्यो। सरकार गयो। प्रदेशका सरकार गए। हाम्रो नेकपा एमाले विभाजित भयो। चुनावमा समेत हामीले ठक्कर खायौं भने हामीले यसको उपचार हामीभित्रै खोज्नुपर्छ’, भुसालले भने, ‘नेतृत्वमा खोज्नुपर्छ। कमिटीको आजको विधि, सञ्चालन हुने तरिका र कमिटीको बाटो यसैभित्र खोज्नुपर्छ।’
उनले पार्टीले पछिल्लो पटक हिँडेको बाटो असफल भएको दाबी गरे।
‘डेढ-दुई वर्ष हिँडेको बाटो असफल भयो। यो असफल भएपछि कोर्स करेक्सन गरौं। बाटो फेरौं हो भन्ने मैले उठाएको कुरा हुन्’, भुसालले भने, ‘यथास्थितिवादीहरू जसलाई पार्टी हारेर पनि फाइदा हुन्छ। पार्टीले जित्यो भने पनि हामीले गर्दा जित्यो भन्यो र हार्यो भने पनि अरूले हराए भन्यो। पार्टीभित्र आफ्नो निजी स्वार्थको रक्षा गर्ने, खेलोमेलो गर्ने र त्यसको व्यवस्थापनमा लागेका मान्छेहरूको त कुरा अर्कै हो। नत्र भने मैले उठाएको विषय आन्दोलनको पराजयको कुरा हो। पार्टीको पराजयको कुरा हो। त्यसमा छलफल गरौं भन्ने कुरा हो।’
उनले पार्टीमा आफूले सधैँ दलाल पुँजीवादको विषय उठाउँदै आएको र पार्टीका यथास्थितिवादीहरूलाई मन नपरेको उल्लेख गरे।
‘समाज कसरी परिवर्तन भयो भनेर यसको राजनीतिक अर्थशास्त्रीय, समाजशास्त्रीय र राजनीतिक सिद्धान्तको हिसाबमा आठौं महाधिवेशनमा नै प्रस्ताव ल्याएको थिएँ’, भुसालले भने, ‘नदीमा धेरै पानी बग्यो। जमिनदारी प्रथा गयो। राजतन्त्र गयो। सामान्तवाद हिँड्यो। तर यो पुँजीवाद उत्पादक होइन। राष्ट्रिय पुँजीवाद होइन। दलाल पुँजीवाद हो। राष्ट्रिय पुँजीवाद विकास गर्दै समाजवादतिर जाने हो भने बाटो तय गर्न मैले अगुवाइ गरेको हो’, भुसालले भने, ‘यथास्थितिवादी साथीहरूसँग विवाद थियो। उहाँहरूले यो तहको आर्थिक सामाजिक रूपान्तरणको विषयलाई व्यक्तिगत बनाइदिनुभयो।’
उनले आफूले सार्वजनिक सञ्चारमाध्यममा बोलेको कुराको बचाउ गरे।
‘पार्टीमा मैले हरेक जसो बैठकमा यी कुरा राख्दै आएको छु’, भुसालले भने, ‘पार्टीका अन्य नेताहरुले बरू नेताहरूले जुन तहको निन्दा प्रचार गरेका छन्। मैले व्यक्तिगत रूपमा कसैको निन्दा प्रचार गरेको छैन। मैले एजेन्डा नै उठाएको छु। मेरो विरोध गर्ने पार्टीका साथीहरूको रेकर्ड हेर्नुहोस्, तिनीहरूले क-कसको विषयमा कति निन्दा वचन लगाएका छन्, त्यो हेर्यो भने थाहा भइहाल्छ नि।’
एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टी सत्तामा, त्यहाँ रहेका नेपालीलाई के फरक पार्छ?
लेबर पार्टीका नेता एन्थनी अल्बनेजी अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री हुन्
अस्ट्रेलियामा लेबर पार्टी सत्तामा आएसँगै उसले रोजगारीका बिषयमा गरेका “ठूला वाचा” को लाभ त्यहाँ रहेका नेपालीहरूले समेत उठाउन सक्नेमा त्यहाँ स्थित कतिपय नेपालीहरूले विश्वास व्यक्त गरेका छन्।
चुनावी मतगणना पूरै नसकिए तापनि झण्डै एक दशकमा त्यहाँ बनेको लेबर पार्टीको सरकारमा उक्त दलका नेता एन्थनी अल्बनेजी प्रधानमन्त्री बनिसकेका छन्।
आप्रवसका मामिलामा भने उक्त दलले स्पष्टसँग ठूला प्रतिबद्धताहरू अघि सारेको नदेखिएको बताइन्छ।
तर चुनावी प्रचारका क्रममा देखिएका कतिपय गतिविधिले आप्रवसनका क्षेत्रमा आफूहरूमैत्री नीति आउनसक्ने भन्दै नेपालीहरू आशावादी रहेको बताइन्छ।
रोजगारी
धेरै नेपाली विद्यार्थीहरूको रोजाईमा पर्ने गन्तव्य मानिने अस्ट्रेलियामा एक अर्ब डलरभन्दा बढिको एउटा शैक्षिक योजना अघि सारिएको छ।
जसमा विश्वविद्यालय र प्राविधिक एवं सीपमूलक शैक्षिक संस्थाहरूमा लाखौँका सङ्ख्यामा नि:शुल्क पढ्ने र त्यहाँ रोजगारीका अवसरहरू खोलिने कुरा छन्।
अस्ट्रेलियाको नयाँ आप्रवासन नीतिले नेपाली पनि प्रभावित हुने
नयाँ आप्रवासीलाई ‘ठूला सहर हैन गाउँ’
त्यसैगरी कोभिडले असर पारेका क्षेत्रलाई तङ्ग्र्याउन सरकारी आडभरोसामा रोजगारी थप्ने कुराहरू यसपटक लेबरले चुनावी मुद्दा बनाएका थिए।
“रोजगारीका ती क्षेत्र अलिकति चलायमान हुने बित्तिकै त्यसको लाभ नेपालीहरूसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुगिहाल्ने अवस्था रहन्छ,” अस्ट्रेलियाको मोनाश विश्वविद्यालयमा राजनीतिक दलका घोषणापत्रबारे विद्यावारिधी गरिरहेका पङ्कज अधिकारी भन्छन्।
तर लिबरल पार्टीहरूको तुलनामा लेबरहरूले स्थानीय मानिसहरूलाई प्राथमिकतामा राख्ने हुँदा त्यो कसरी अघि बढ्ला भनेर जान्न केही समय पर्खनुपर्ने उनी ठान्छन्।
अधिकारी थप्छन्, “नेपालीहरूसम्म त्यो नपुग्ने भन्ने त हुँदैन तर उनीहरू पछिल्लो प्राथमिकतामा रहन्छन्।”
त्यसैगरी एजेड केअर अर्थात् जेष्ठ नागरीकहरूको स्याहारसुसारको काम गर्नेहरूको सङ्ख्या बढाउने नीति लेबरले लिएको छ।
चुनाव अघि जेष्ठ नागरीक हरूले पाउने सेवाको गुणस्तर र सुरक्षाको बिषयलाई लिएर एक उच्चस्तरिय आयोग समेत गठन गरिएको थियो।
अस्ट्रेलियामा रहेका एकजना अनुसन्धानकर्ता भन्छन्, “नेपाली विद्यार्थीहरूको एउटा उल्लेख्य सङ्ख्या अस्ट्रेलियामा नर्सिङ अध्ययनमा रहेकाले त्यस क्षेत्रमा रोजगारीको सङ्ख्या बढ्दा त्यसको लाभ उनीहरूले उठाउन सक्छन्।”
आप्रवसनका सवाल
आप्रवसनका मामिलामा भने धेरै “क्रान्तिकारी वाचा” नगरेको लेबरको नीतिलाई घटनाक्रमहरुबाट हेर्नुपर्ने बताइन्छ।
अस्ट्रेलियाको ग्रामिण शहर बिलोएलामा एउटा तमिल परिवार यसपटक लेबरहरूको निर्वाचन अभियानको केन्द्रमा देखिएको बताउँछन् अधिकारी।
भिसा सकिएको र शरण दिन गरिएको आग्रहलाई सरकारले अस्वीकार गरेपछि उक्त परिवारलाई चार वर्षअघि बिलोएला शहरबाट अध्यागमन अधिकारीहरूले निकालेका थिए।
अस्ट्रेलियामा नर्सिङ विद्यार्थीको अन्योलबारे सामाजिक सञ्जालमा सुझाव
उच्च शिक्षा: अर्बौँ रुपैयाँ नेपाल बाहिर
त्यहाँ राम्रोसँग घुलमिल भइसकेका उनीहरूलाई बिलोएलामै बसेर शरणार्थी भिसाको प्रक्रिया अगाडी बढाउन दिन भन्दै आन्दोलनहरू भएका थिए।
सिडनी शहर
त्यसपछि लेबर समर्थकहरूले चुनाव जितेमा त्यस्तो व्यवस्थाका लागि पहल गर्ने वाचा गरिएको थियो।
उक्त परिवारका छोरीहरू अध्यागमन केन्द्रमा बस्नुपर्दा उनीहरूको दैनिकीमा असर परेको भन्दै विरोध अभियान चलाइएका थिए।
पद सम्हालेपछिको सम्बोधनमा समेत प्रधानमन्त्री अल्बनेजीले भनेका थिए, “म चाहन्छु सबै अभिभावकहरूले आफ्ना सन्तानहरूलाई भन्न सक्नुपर्छ कि जहाँ जन्मेपनि, जहाँबाट आए पनि अस्ट्रेलियामा अवसरका ढोका सबैको लागि खुला छ।”
“अघिल्ला प्रधानमन्त्री स्कट मोरिसन त्यसअघि आप्रवसन सम्बन्धी जिम्मेवारीमा समेत थिए र उनले शरणार्थीको आवेदन दिन खोज्नेको सङ्ख्या सीमित पारिदिने कडा नीतिहरू ल्याएका थिए।”
तर अस्ट्रेलियाको आप्रवसन सम्बन्धी व्यवस्थालाई संसारमै राम्रो मध्येको मानिन्छ।
“राम्रो नीति भएकाले जो सत्तामा आए पनि धेरै फेरबदल गर्लान् भन्ने अपेक्षा गर्न सकिँदैन। र दुवै मुख्य दलमा यसबारे ठूलो भिन्नता समेत छैन,” घिमिरे थप्छन्।
विद्यार्थीका मुद्दा
अस्ट्रेलियामा सामान्यतया तीन प्रकारका नेपाली विद्यार्थीहरू रहेको त्यहाँका केही बासिन्दाले जानकारी दिएका छन्।
जसमध्ये एकथरी नेपालमा प्लस टु सकेकाहरू प्राविधिक तथा सीपमूलक शिक्षा लिने कलेजमा पुग्छन्।
आफ्नै कमाइका भरमा दैनिक जीवनयापन धान्नुपर्ने र कलेजको शुल्क तिर्नुपर्ने हुँदा त्यहाँ पुगिसकेको सुरुवाती वर्षपछि आर्थिक रूपले उनीहरूले सबैभन्दा कठिन अवस्था सामना गर्नुपर्ने बताइन्छ।
उनीहरूमध्ये कतिपयले धेरैजसो कठोर “शारीरिक श्रम” पर्ने काम गर्ने गर्छन्।
अर्काथरी विद्यार्थीहरू स्नातक वा स्नातकोत्तर सकेर जानेहरू छन्।
भिडिओ क्याप्शन सुरु हुँदैछ,
बस्नलायक उत्कृष्ट सहरहरू
तिनमा विवाह गरेर श्रीमान वा श्रीमति मध्ये एकजनाले काम गर्ने र अर्कोले पढ्नेगरी आउनेको बाहुल्य धेरै रहने बताइन्छ। पूर्ण छात्रवृत्तिमा पढ्न जानेहरू समेत छन्।
त्यहाँ स्नातक, स्नातकोत्तर वा पीएचडी सकेपछि शैक्षिक उपलब्धीको तह अनुसार २ देखि ४ वर्ष पूर्ण रूपमा काम गर्न पाउने प्रावधान छ।
त्यसैले अस्ट्रेलियामा रहनकै लागि पालैपालो श्रीमान-श्रीमतीले काम गर्नुपर्ने अवस्था हुने बताइन्छ।
अधिकारी थप्छन्, “चुनावी अभियान केलाउँदा विभिन्न क्षेत्रमा दक्ष जनशक्तिलाई स्थायी बसोबासको अवसर दिनेगरी कोटाहरू बढाउने अपेक्षा यतिखेरको लेबर सरकारबाट गरिएको छ।”
पछिल्ला दुई वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन नपाउँदा अर्थतन्त्रमा प्रतिकूल असर परेको भन्ने बिषयमा चुनावअघि नै दुवै प्रमुख राजनीतिक दलहरू एकैठाउँमा देखिन्थे।
तलब बढ्ने आशा
लेबर पार्टीको प्राथमिकता ठूला परिवर्तन भन्दा पनि ससाना क्षेत्रमा काम गर्नेहरूलाई समेट्ने रहेको टिप्पणीकार घिमिरेको ठम्याई छ।
“गरिखाने वर्गको जीवनयापन गर्न गाह्रो भयो भन्दै कयौँ क्षेत्रमा ४ देखि ५ प्रतिशत तलब बढाइने भनिएको छ,” उनी भन्छन्।
यतिखेर लामो समय अस्ट्रेलियामा बस्न चाहने विदेशी नागरिकहरूलाई सघाउने कुरा उठाइएका छन्।
तर भनाइमा विदेशी विद्यार्थीका रूपमा ल्याएर स्थायी बसोबास अनुमतिपत्र दिने भन्दा पनि दक्ष जनशक्तिहरूलाई सोझै स्थायी आवासीय अनुमति दिएर ल्याइनेको सङ्ख्या बढाउने कुरा लेबरहरूको चुनावी अभियानमा देखिन्छ।
लेबरहरूलाई साथ दिने स्वतन्त्र उम्मेदवारहरूको जोड त्यसमा देखिएको बताउँछन्।
नेपाल राजनीतिः प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको बारे नेताहरू के भन्छन्
स्थानीय तह निर्वाचन परिणामबारे यदाकदा असन्तुष्टि व्यक्त गर्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको नयाँ सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।
यसैगरी आफूलाई पनि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको दाबी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अप्रत्यक्ष रूपमा गरेका थिए।
कांग्रेस नेतृत्वको सरकारका केही प्रमुख सारथि दलका अध्यक्षहरूले आफूहरूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएपछि राजनीतिमा नयाँ बहस र आशङ्काहरू सुरु भएका छन्।
कतिपय जिल्ला समन्वय समिति गठनमा एमाले र माओवादीका स्थानीय जनप्रतिनिधिबीच भएको तालमेलले पनि सत्ता गठबन्धनभित्र आशङ्का बढेको ठानिएको छ।
सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन आएको त्यो प्रस्ताव कसले गरेको हो भन्नेबारे खुलाएका छैनन्।
संसदीय गणितका हिसाबले एमाले बाहेकको शक्तिले उनलाई प्रधानमन्त्री बनाउन नसक्ने भएका कारण पनि प्रचण्डलाई यस्तो प्रस्ताव यदि आएको भए एमालेबाट मात्रै हुनसक्ने अनुमान पनि गर्ने गरिएको छ।
चुनावी तालमेल भविष्यमा लोकतन्त्रका लागि कसरी ‘घातक’ हुनसक्छ
के सत्ता गठबन्धनले प्रतिनिधिसभा विघटन गर्न चाहेको हो
तर एमालेका नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै योजना नरहेको दाबी गर्छन्।
“कुरा पनि भएको छैन। हाम्रो तर्फबाट प्रस्ताव जाने सम्भावनै छैन। नेकपा एमाले त्यो गल्ती गर्दै गर्दैन” एमाले उपाध्यक्ष विष्णु पौडेलले बीबीसीसँग भने।
“नेकपा एमालेलाई कमजोर देखाउने खेल हो यो।”
प्रस्ताव र भेटको प्रसङ्ग
माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसलाई पनि “ठेगान लगाइदिने” आशयका अभिव्यक्ति दिएका थिए।
“माओवादी केही होइन अब स्थानीयमा पनि धेरै जसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र सङ्घमा पनि ठेगान लगाउने भन्यो भने हामीले एमाले जस्तै कांग्रेसलाई पनि लगाउने दिन नआओस् भन्ने छ हामीलाई,” उनले भनेका थिए।
कुराकानीमा प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गत साता दुई पटक भएका छुट्टाछुट्टै भेटमा नेकपा एमालेका नेताहरूले “प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको” दाबी गरे।
मल्लका अनुसार गत शनिवार एमाले अध्यक्ष केपी ओली निकट केही नेताहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रचण्डसँग भेट गरेका थिए।
गठबन्धन गरे पनि माओवादीबाट निर्वाचित जनप्रतिनिधि घटे
महाभियोग प्रस्ताव ‘अघि बढ्न नदिई’ संसद् अधिवेशन अन्त्यमाथि संविधानविद्को प्रश्न
“सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन पनि उहाँहरूले संसद् भवनमै कार्यकक्षमा आएर भेट्नुभएको हो। त्यसअघि पनि एक चरण भेट्नु भएको थियो,” मल्लको दाबी छ।
तर उनले भेटमा सहभागी भनिएका एमाले नेताहरूको नाम खुलाएनन्।
‘मोलमोलाइको दाउ’
एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्ने प्रस्ताव नगरिएको दाबी गरेका छन्।
बिहीवार नेता ज्ञवालीले प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि कांग्रेससँग “मोलमोलाइ”का लागि प्रचण्डले यस्तो अभिव्यक्ति दिएको आरोप लगाए।
“कांग्रेससँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो बार्गेनिङ बढाउन गरिएको सुनियोजित प्रपञ्च र प्रचार हो,” उनले भने।
गठबन्धनको अर्को साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि आफूलाई समेत प्रधानमन्त्री बन्ने प्रस्ताव आएको सङ्केत गरे।
“तपाईँलाई मात्रै होइन अन्त पनि आएको होला है,” सुर्खेतमा एक कार्यक्रममा नेपालले भने। “यस्तो प्रस्तावको भूल भूलैयामा पर्ने मान्छे म होइन।”
‘देउवाले छोड्नुभए हुन्छ’
माओवादी केन्द्रका एक नेताले माओवादी गठबन्धन तोडेर एमालेसँग सहकार्यको पक्षमा नभए पनि देउवाले आफैँ प्रधानमन्त्री पद हस्तान्तरण गर्दा उपयुक्त हुने बताए।
स्थानीय तह चुनाव: सुरुवाती सङ्केत कांग्रेसको पक्षमा ४० प्रतिशत पद, एमालेलाई कति घाटा?
कतै चर्को आलोचना र प्रतिस्पर्धा, कतै तालमेलः गठबन्धनबाहिर बनेका पाँच रोचक चुनावी सम्बन्ध
नेता हरिबोल गजुरेलले आगामी निर्वाचन गर्नका लागि प्रचण्ड वा माधव नेपालको नेतृत्वमा सरकार बनाउन सकिने बताए।
“अब यतिन्जेल मैले चलाएँ। एउटा निर्वाचन पनि गरेँ। अबको निर्वाचन तपाईँहरूमध्ये कसैले गर्नुस् भन्दा मिल्ने कुरा हो,” गजुरेलले भने। “तर यताउता गरिरहँदा राम्रो सन्देश जाँदैन नि।”
कांग्रेस निश्चिन्त
देउवा प्रचण्ड
तस्बिर स्रोत,RSS
नेपाली कांग्रेसका नेताहरू भने माओवादीले गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने सम्भावना आफूहरूले नदेखेको बताउँछन्।
“उहाँहरू (एमाले नेताहरू)ले कोसिस पनि गर्नुभएको होला। कुराहरू चलिरहेकै हुन्छन्। यो अनौठो मान्ने कुरा भएन। तर यही गठबन्धन अघि जान्छ भन्ने हामीलाई विश्वास छ,” कांग्रेस प्रवक्ता प्रकासशरण महतले भने।
पार्टीको सामर्थ्यका आधारमा चुनावी तालमेल हुने भन्दै उनले त्यसबाट गठबन्धनका कुनै पनि दल असन्तुष्ट हुने कारण नरहेको दाबी गरे।
माओवादीका नेताहरूले सरकारको नेतृत्वमा दाबी गरे कांग्रेस तयार होला भन्ने प्रश्नमा महतले भने- “प्रचण्डजीले त्यस्तो कुनै माग गरेको हामीले ठानेको छैन। माग नै नभएको कुरामा किन प्रवेश गर्ने।”
रोहिणी बस दुर्घटनाका ४ जना मृतकको सनाखत
२२ जेठ, बुटवल । रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ : २० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।
दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताए । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रात्रिबस दुर्घटनामा परी ९ जनाको मृत्यु!!
३२ जना घाइतेको भीम अस्पतालमा उपचार हुँदै
भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्याइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।
केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्याइएको छ । भीम अस्पतालमा ४ जना र युनिर्भसल शिक्षण अस्पतालमा ५ जना गरी ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल नवलपरासी संयोजकमा भण्डारी ।
दुबई, सन्तोष अधिकारी ।
नेकपा एमालेको जनवर्गीय युवा-संगठन राष्ट्रिय युवा संघ नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिम को १० औं ज़िल्ला भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ ।
उक्त भेला मार्फत १० औं अधिवेशन बाट संयोजकमा राम बहादुर भण्डारी क्षेत्री र सह-संयोजकमा ज्ञान प्रसाद पाठक (सन्तोष) को नेतृत्वमा २७६ सदस्यीय १० औं जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको छ।

उक्त अधिवेशनमा प्रमुख अतिथि को रुपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेल रहेका थिए । त्यस्तै बिशेष अतिथिमा नेकपा एमाले नवलपरासी जिल्ला कमिटी ईन्चार्ज सरिता खनाल र प्रदेश सभा साम्सद दिपेन्द्र कुमार अधिकारी रहेका थिए त्यस्तै बिभिन्न वडाका अध्यक्ष एवं प्रतिनिधि, युवा संघका वडा अध्यक्ष एवं प्रतिनिधि र बिभिन्न संघ-संस्था बाट बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन भने ज्ञान प्रसाद पाठकले गरेका थिए ।

प्रमुख अतिथि एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल द्वारा नव निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गराऊदै पौडेलले नेकपा एमाले आज एक्लो शक्तिको रुपमा स्थानीय तहको निर्वाचनको नतीजाले प्रस्ट पारेको बताए संगै मुलुकको भविष्य र जनताको सुखको निम्ति नेकपा एमाले बाहेक अन्य दल ले नसक्ने जिकिर गर्दै आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनका निमित्त सबै निर्वाचित युवा संघ का सदस्य र उपस्थित सबैमा सहयोगको निम्ति अपिल समेत गरेका थिए । यो जिम्मेवारी भंदा पनी मुलुकको भविष्य बनाउने दायित्वको रुपमा ग्रहण गर्न समेत सुझाव दिएका थिए ।

त्यस्तै ज़िल्ला कमिटी इंचार्ज, प्रदेश सभा सदस्य, ज़िल्ला अध्यक्ष लगायत सबै अतिथिहरू द्वारा नव निर्वाचित सबैमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले लाई आऊने सबै निर्वाचनमा पहिलो पार्टी र सरकारको बागडोर सम्हालने गरी जिताऊने प्रण समेत गरेका थिए ।
कार्यक्रममा करिव ३०० जना भंदा बढ़ीको सहभागिता रहेको थियो ।
Doctor, Why Can’t I Loose Weight and by the Way Why Do I Feel Sick?
Doctor, Why Can’t I Loose Weight and by the Way Why Do I Feel Sick?
This the number one question heard in my office and in physicians’ offices throughout America. There is a strong relationship between weight gain, difficulty in losing weight and feeling sick. Candida Albicans, an opportunistic fungus, is often the link between weight gain, feeling ill and the difficulties people have with losing weight. Focusing on removing Candida Albicans from the body rewards the dieter with a feeling of well being and weight loss that is steady, sustainable and healthy.
Americans are embracing the low carbohydrate diet for its ability to reduce their waist size and weight even when other diets have failed. The more important benefits of a low carbohydrate diet are usually lost in our obsession with weight. Low Carbohydrate diets have been used by nutritionists and holistic physicians for decades to control Candida Albicans. The weight loss and feeling of well being that accompanies a low carbohydrate diet is mostly associated with controlling this serious, but often over looked health condition.
I often see patients in my office who want to lose weight and have tried every diet and pill on the market with little success. During their history they often reveal a list of symptoms and complaints that they feel have no relationship to their weight problem. These patients do not realize that their weight problem and their other complaints are symptomatic of a more serious health condition known as systemic Candida Albicans. By concentrating on treating the underlying Candida Albicans my patients are able to loose weight and improve their overall health.
Betty F. . . was consulting with me for continued weight gain. She was finding it difficult to stick to a diet and exercise, partly since she saw such limited results. During her consult she admitted to gas, indigestion and fatigue. Her history included birth control pills, antibiotic use and several yeast infections. Her treatment plan included a low carbohydrate diet, nutritional supplements, and anti fungal herbals. She returned is 4 weeks, she had been able to stick to the diet with much greater ease, she felt more energetic and had no more gas. She was even happier that she had been able to loose 9 lbs. She reached her goal of a total weight loss of 22 lbs over the course of 3 months and has been able to keep it off. She now sticks to a sound diet and only takes a multi nutrient with herbals.
Candida Albicans is opportunistic yeast that often over whelms the body after antibiotic, may be passed from person to person with the exchange of body fluids, and from direct contact. It may be found in the reproductive tract, the mouth, the GI tract and in the blood. There are several common signs of Candida Albicans including vaginal yeast infections, thrush, jock itch and athlete’s foot. Candida Albicans has been linked to a number of health conditions including; asthma, depression, dizziness, fatigue, headaches, hypoglycemia, Irritable Bowel Syndrome (IBS), learning disabilities, menstrual problems, Migraines, Multiple Chemical Sensitivity Syndrome (MCSS), Prostatitis, sinus problems, and Urinary Tract Infections (UTI).
One of the major secondary problems associated with Candida Albicans is weight gain. A number of the problems associated with losing weight and staying with a diet are doing to Candida Albicans. A person with systemic Candida Albicans will often crave sugar and simple carbohydrates because this is the main source of nutrients for yeast. Mood swings and depression are often associated with the rapid change in blood sugar levels caused by the yeast. Patients often complain of gas and bloating caused by the fermentation of foods in their intestines by the yeast which naturally release gas, just like in Champaign and beer. The fermentation of foods in the intestine may also lead to alcohol production that is absorbed through the gut and may lead to symptoms of confusion, altered behavior, and difficulty concentrating. Determining whether you have a Candida Albicans can make a big difference on how easy you will be able to lose weight and keep your weight loss off.
Questions to determine if you may have Candida Albicans:
1. Have you used antibiotics in the last 2 years?
2. Do you have gas or bloating?
3. Do you have sugar cravings?
4. Do you have low blood sugar?
5. Do you have history of yeast infections, vaginal, oral, athletes foot, or jock itch?
6. Does your partner have a history of yeast infections, vaginal, oral, athletes foot, or jock itch?
7. Are you sensitive to smells?
8. Are you sensitive to alcohol?
9. Do you suffer from symptoms that your doctor cannot explain like; headaches, migraines, depression, diarrhea, dizziness, IBS, menstrual or sinus problems?
10. Do you feel fatigued all the time?
11. Do you have a hard time concentrating?
12. Do you just not feel right?
Candia Albicans can be diagnosed by a blood analysis by your physician, though many traditional physicians do not regularly order this test. A major problem with treating Candida Albicans is the low regard most physicians place on controlling it spread. A recent study showed that 27% of nurses and 33% of doctors have Candida Albicans on their hands in a hospital. You can get a reasonable idea if you have problems with Candida Albicans by answering the questions in the box above. A yes answers to 6 or more questions above, associated with any of the signs or symptoms listed above, is a good indicator that you may have a Candida Albicans problem. Dr. Mark Leder, a chiropractor and nutritionist in NYC, states ” I have treated thousands of women for weight loss and I find that over 75% of them are suffering from Candida Albicans. I tell them, you want to loose weight,? You want to be healthy? Deal with the Candida problem and everything else will follow.” A low carbohydrate diet is the first step to dealing with Candida Albicans, but an herbal anti fungal is just as important.
When Candida Albicans presents itself as a vaginal yeast infection or athletes foot will often be treated with medication. Medications may be oral or topical and can be in prescription or over the counter strength. The problems with medications is that they are often short term and or do not get to the root of the problem. To properly reduce the amount of Candida Albicans in the body a low carbohydrate diet is the first step. Nutritional and herbal supplements are also key components. Regular intake of natural anti fungal supplements gives the body a chance to gentle and slowly reduce the amount of Candida Albicans in the body. There are a number of natural anti fungal herbals and products available on the market, but quality and effectiveness vary greatly. One of the best products available, through physicians offices only, is called RxBotanicals Diet Enhancer which contains powerful anti fungal and natural herbal relaxants. The combination of anti fungal and natural herbal relaxants found in RxBotanicals Diet Enhancer gentle lowers the amount of Candida Albicans in the body while making the dieting experience easier and more successful.
America will continue to focus on the weight loss associated with low carbohydrate diets. Nutritionists and physicians will continue to embrace the multitude of health benefits associated with a low carbohydrate diets with herbal remedies and its relationship to reducing Candida Albicans in the body.
Questions or comments can be addressed to Dr. Steven Zodkoy at 732-308-0099 or szo9935741@aol.com
Dr. Steven Zodkoy is the director of Monmouth Advance Medicine in Freehold, NJ. Dr. Zodkoy is a Chiropractor, a Certified Nutritional Specialists, a Certified Clinical Nutritionist and a Diplomat American Board of Clinical Nutritionists. He is frequent expert for news broadcasts, contributing author for magazines and consultant to nutritional companies.
Article Source: http://EzineArticles.com/2723
8 Proven Weight Loss Tips
There are a lot of “crash” diets out there that promise that you’ll drop a considerable amount of weight in days or a week.
I have tried a few of these, and in my experience the weight always comes back on, just as quickly since the weight loss tips given are not something that will work with your body.
One thing you don’t want to do if you are actually serious about losing weight is to follow these fad diets and their ridiculous weight loss tips.
After their ineffectiveness has been proven time and again, people will start to wise up to that particular diet, and will head off in search of a new craze.
Lets be honest, people are always searching for new weight loss
tips because they want to lose pounds and they want immediate results, but this is just wishful thinking.
To lose weight permanently and effectively it will be a rather slow progress, all depending on your metabolic rate and how much you need to lose.
There are however some proven tried and true weight loss tips for aiding in the weight loss process, and I can make you familiar with them.
Weight Loss Tip 1
Don’t skip breakfast. Whatever you do follow this advice, because otherwise you are much more likely in fact prone to binge later in the day.
Weight Loss Tip 2
Don’t eat anything for at least an hour before going to bed.
Weight Loss Tip 3
Don’t snack while watching TV. It’s acceptable to eat a meal while watching television, but never is snacking at this time acceptable.
Weight Loss Tip 4
Substitute fruits like; bananas, watermelon, plums, peaches, and oranges for sugary treats like; cookies and candy.
Weight Loss Tip 5
Substitute honey for sugar, and carob powder for chocolate in all recipes. These taste just as good if not better when used properly.
Weight Loss Tip 6
Eat more vegetables. This can even be enjoyable if you have a
good cookbook like Good housekeeping’s latest edition.
Weight Loss Tip 7
Avoid unnecessary high calorie foods. Instead of a high calorie salad dressing for instance try cottage cheese or yogurt to improve the salads taste and peel of the pounds.
Weight Loss Tip 8
Exercise at least a half hour each day for five days out of the week. Biking on a stationery bike while reading is a great form of exercise to slim legs.
In conclusion there is nothing stopping you from losing weight
except yourself. Get off the “I can’t do anything about my weight problem” bandwagon and start dropping pounds today!
For more of Beth’s expert advice visit her Website [http:///thebestarticles4u.50webs.com] now.
Article Source: http://EzineArticles.com/1050
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा