नायक पल शाहलाई थुनामा पठाउने उच्च अदालत पोखराको आदेश
बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ ।
यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।शाहा गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।साभार:nepalpress
सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा।
सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा।
काठमाडौं । कुनैपनि कम्पनीको दायित्व हस्तान्तरण गर्ने उदेश्यले पुँजीलाइ बिभिन्न एकाइमा विभाजन गरि सर्वसाधारणलाई प्रक्रियागत रुपमा बिक्रि गरिन्छ । दायित्व हस्तान्तरण गर्नका लागि बिभाजन गरिएको उक्त पुँजीको प्रतिएकाइ मूल्यलाइ सेयर भनिन्छ । हरेक कम्पनीले पुँजी संकलनको लागि बजारमा सेयर जारी गर्ने गर्दछ । उक्त सेयर खरिद गरि कम्पनीको सेयरको हिस्सेदार बन्ने व्यक्तिलाइ सेयरधनी भन्ने गरिन्छ । सेयर बजारमा कम्पनी र सेयरधनी बिचको सम्झौता रहेको हुन्छ । सेयर खरिद पश्चात् कुनैपनि मानिस कम्पनीको मालिक हुने गर्दछ । साथै कम्पनीको नाफा घाटा दुवैका भागिदार भने सेयरधनी रहेका हुन।
सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा
काठमाडौं । कुनैपनि कम्पनीको दायित्व हस्तान्तरण गर्ने उदेश्यले पुँजीलाइ बिभिन्न एकाइमा विभाजन गरि सर्वसाधारणलाई प्रक्रियागत रुपमा बिक्रि गरिन्छ । दायित्व हस्तान्तरण गर्नका लागि बिभाजन गरिएको उक्त पुँजीको प्रतिएकाइ मूल्यलाइ सेयर भनिन्छ । हरेक कम्पनीले पुँजी संकलनको लागि बजारमा सेयर जारी गर्ने गर्दछ । उक्त सेयर खरिद गरि कम्पनीको सेयरको हिस्सेदार बन्ने व्यक्तिलाइ सेयरधनी भन्ने गरिन्छ । सेयर बजारमा कम्पनी र सेयरधनी बिचको सम्झौता रहेको हुन्छ । सेयर खरिद पश्चात् कुनैपनि मानिस कम्पनीको मालिक हुने गर्दछ । साथै कम्पनीको नाफा घाटा दुवैका भागिदार भने सेयरधनी रहेका हुन्छन् ।
विं स. १९९५ मा विराटनगर जुट मिल्स तथा नेपाल बैंक लिमिटेडले सर्वसाधारणको लागि सेयर जारी गरेसँगै नेपालमा सेयर कारोवारको औपचारिक शुरुवात भएको हो । साथै पछिल्लो समय मानिसहरु आफुले कमाएको मोटो रकम सेयरमा लगानी गर्ने गरेको पाइन्छ । सेयर कारोबारबाट सडकबाट महलमा पुगेका उदाहरण बजारमा प्रशस्त पाइन्छ । साथसाथै सेयरकै कारण महलबाट सडकमा ओर्लिनु परेको उदाहरण पनि बजारमा प्रशस्त मात्रामा पाइन्छ । धेरै जसो मानिसहरु अरुको लहै लहैमा लागेर सेयरमा लगानी गर्दा घाटामा परिने विज्ञहरु बताउँछन् । सेयर कारोबार नेपाली उखान जाने व्यापार नजाने अपार भने जस्तै हो ।
सेयर बजारमा धेरै त्यस्ता मानिसहरु हुन्छन् जस्ले सेयर बजार घट्दा अझै घट्छ भन्दै बेच्नलाइ अरुलाई प्रोत्साहित गर्ने तथा बढ्दा अझै बढ्छ भन्दै खरिद गर्नका लागि उक्साउनेहरु प्रशस्त भेटिन्छन् । तर कारोबार राम्रो भएको र नराम्रो भएको दुबै अवस्थालाई सन्तुलनमा राखेर अघि बढेमा मात्र सेयर बजार तपाँइका लागि फाइदाजनक बन्न पुग्दछ । त्यसका लागि सेयर बजार सम्बन्धी धेरै कुराहरुको बारेमा ध्यान दिनुपर्दछ ।
सेयर कारोबार गर्दा ध्यान दिनुहोस् यी ५ कुरा:
वित्तीय स्थिति बारे जानकारी राख्नुहोस्
धेरै मानिसहरुले अरुले भनेको भरमा सेयर खरिद गर्ने गरेको पाइन्छ । तर आफुले कुन संस्थाको सेयर खरिद गर्न लागेको हो त्यसको बारेमा राम्रो जानकारी राखेर मात्र सेयर खरिद गर्नुपर्दछ । लगानीकर्ताले कुन कम्पनीको सेयर खरिद गर्न लागेको हो त्यसको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, जगेडा कोष तथा अन्य बारेमा जानकारी राख्नुपर्दछ ।
एकैपटक धेरै कम्पनीको सेयर खरिद गर्नुहुँदैन
एकै पटक धेरै कम्पनीको सेयरको हिस्सेदार हुँदा तपाईको लगानी पनि धेरै हने गर्दछ । एकातिर आम्दानीको ठुलो हिस्सा सेयरमा लगानी गरेपछि हर समय त्यहि कुराले पिरोल्छ । भने अर्काेतर्फ कुन कम्पनीको सेयर कारोबार के भइरहेको छ तपाईले ध्यान दिन सक्नुहुन्न । सेयर कारोबारीहरु बजारमा दैनिक डुलेर आफुले लगानी गरेको कम्पनीको सेयरको पोर्टफोलियो अध्ययन गर्ने गर्दछन् । तर धेरै ठाँउमा एकैपटक लगानी गर्नाले उचित ध्यान दिन सकिदैँन । मानिसहरुमा धेरै वटा कम्पनीको सेयर खरिद गरेमा धेरै नाफा कमाउन सकिन्छ भन्ने भ्रम रहेको छ । तर एकै ठाँउबाट पनि धेरै नाफा कमाउन सकिन्छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।
सेयर खरिद बिक्रिको अन्तराल कम गर्नुहोस्
आफुले खरिद गरेको सेयर लामो समयसम्म होल्ड गरेर बस्नु हुँदैन । सेयर खरिद बिक्रिको अन्तराललाइ कम गरियो भने नाफा कमाउन सकिन्छ । यदि लामो समयसम्म पनि खरिद गरिएको सेयर बिक्रि गरिएन भने निकट भविष्यमा ठुलो परिणममा घटिदिन सक्छ । साथै सेयर बढ्यो भन्दैमा झन धेरै बढ्छ भन्ने आशमा होल्ड गरेर बस्नु हुँदैन् । ह्वात्तै एकैपटक घटेर घाटा पर्न सक्छ । त्यसैले खरिद बिक्रिको अन्तरलाइ कम गर्नुहोस् ।
सस्तो मूल्यको सेयर खरिद गर्नु हुँदैन
सेयर बजारमा होस वा अन्य बजारमा मानिसहरु सस्तो पाएमा धेरै बस्तु तथा सेवाहरु खरिद गर्ने गर्दछन् । तर सेयर बजारमा त्यसो गर्नु उचित मानिदैन । किनकी सस्तो भन्दा मध्यम खालका साथै चलायमान किसिमका कम्पनीका सेयरहरु खरिद गर्दा नाफा हुने गर्दछ ।
भावी योजना तय गरेर लगानी गर्नुहोस्
लगानीकर्ताहरु सधैँ ‘नो रिक्स नो गेन मोर रिक्स मोर गेन’ भन्ने कुरामा निस्चिन्त रहनुपर्दछ । यदि सानो नाफाबाट मात्तिने तथा सानो घाटाबाट आत्तिने मानिसले कहिल्यै व्यवसायमा सफल हुन सक्दैनन् । सेयर बजारमा लगानी गर्ने मानिसहरुमा केही मात्रामा डर हुनुपर्दछ भने केही लोभ पनि राख्नुपर्दछ । सेयर बजारमा लगानी गरिसकेपछि निरन्तर फलोअप भने गरिरहनुपर्दछ । आफुले लगानी गरेको कम्पनीको विगतलाई पनि नियाल्नुपर्दछ । सेयर खरिद बिक्रिको समयअन्तराल कम गर्ने नाउमा धेरै अस्थिर हुनु हुँदैन् । विगतको अवस्था हेरेर पनि कहिलेकाही होल्ड गर्नुपर्दछ ।
एक्लै चुनाव लडेको भए धेरै सिट जित्थ्यौं, गठबन्धनको भर पर्दा गुमाउनुपर्यो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।
साथै उनले गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।उनले मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको समेत बताए ।
‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए । यसको सुधार हुनुपर्छ । प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप छन् । पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन ।’
नेपालमा बढी भएको बिजुली भारतमा बेच्न थालियो
काठमाडौं, १९ जेठ । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेच्न थालेको छ।
बुधबार राति १२ बजेदेखि भारतीय बजारमा बिजुली पठाउन थालिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।
‘२४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालेका छौं,’ प्रवक्ता भट्टराईले भने,‘ एक–दुई दिनमा अरू आयोजनाको बिजुली पनि पठाउँछौं।’ बर्खायाम सुरू भएसँगै नेपालका नदीहरूमा पानीको सतह बढेर बिजुली उत्पादन बढेपछि मागभन्दा उत्पादन धेरै भएको हो। भारतले गत चैतमा नेपालबाट थप ३२६ मेगावाट बिजुली बेच्न नेपाललाई स्वीकृति दिएको थियो।
भारतले एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो। प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी एबाट १४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि।को ५२।४ मेगावाटको लिखु-४बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।
प्राधिकरणले योसँगै ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि पठाउने छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुन्छ।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्छ। प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औसतमा नेपालले प्रतियुनिट ६ रुपैयाँ ३० पैसा भारूमा बिजुली बेचेको बताए।
प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात हुन्छ।
प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) ले गर्छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।
पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना।सबैले पढ्नै पर्ने
राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ। तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ। विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने ।
राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।‘विभागले निकट भविष्यमा इ-पासपोर्ट जारी गर्ने भएको बताएको छ। भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ।
दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने
काठमाडौं, १७ जेठ । चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् ।
सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्दै पर्छ बालेनजी ।’
देशभर ‘इन्टरनेट’ बन्द हुने ‘आईस्पान’को चेतावनी!!
काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान)ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ।
पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत प्राधिकरणले बिजुली काटिरहेको भन्दै इन्टरनेट बन्द हुनसक्ने जनाएको हो।
योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा अनलाइनबाट पठाउँदै आएको छ।
पेट्रोलियम पदार्थमा यति धेरै रकमले गिरावट हुँदै? भर्खरै आयो खुसीको खबर
सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।
‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएका छौं ‘ मन्त्रालय स्रोतले भन्यो, ‘ अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्छ ।’डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुनेछ ।
कति छ इन्धनमा कर?पछिल्लो पटकको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्छ उठाउने गरेको छ भने मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ ।
यस्तै, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ ।
सरकारी भन्सार शुल्क, कर र मूल्य स्थिरीकरण कोष शुल्क सबै पट्रोलियम प्रडक्टमा भन्सार विन्दुमै लाग्छ । यस्तै डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क, पूर्वाधार कर अतिरिक्त लाग्छ ।यसरी करकै कारण भारतीय आयल कर्पोरेसनसँग प्रतिलिटर ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा थप हुन्छ ।
यस्तै पेट्रोलमा १५ रुपैयाँ १७ पैसा ढुवानी, प्राविधिक नोक्सानीमा थप हुँदा निगमको लागत पेट्रोलमा १९४ रुपैयाँ पुग्छ । यस्तै १३४ रुपैयाँ ५४ पैसामा किनेको डिजेलमा सम्पूर्ण सरकारी राजश्व ४५ रुपैयाँ ९१ पैसा थप हुन्छ भने अन्य नोक्ब्सानी र ढुवानीको खर्च लिटरमा ७ रुपैयाँ थप हुन्छ । जसका कारण डिजेलको लागत १८९ रुपैयाँ ८२ पैसा पुगेको निगमको जनाएको छ ।
मूल्य घट्दा बढाइको थियो कर?आर्थिक वर्ष २०७६/७७ मा पेट्रोलियम पदार्थको मूल्य ओरोलो लागेको मौका पारी तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले डिजेल र पेट्रोलमा १५ रुपैयाँ पूर्वाधार कर वृद्धि गरेका थिए । उपभोक्ता मूल्यमा असर नपर्ने गरी सरकारले कर लगाएको उनको दाबी अन्तत जनताको उपभोक्ता मूल्यमै आएर जोडिएको छ ।
नेपालमा पेट्रोलियम आयात हुँदा भन्सार बिन्दुमै सरकारले उठाउने उक्त शुल्क अहिले उपभोक्ता मूल्यमै जोडिएको छ । तर, यसलाई संशोधन गर्नेबारे वर्तमान अर्थमन्त्री मौन छन् । अहिले पेट्रोल र डिजेलको उच्च मूल्य कम गर्न खतिवडाले बढाएको कर घटाए मात्रै पनि डिजेल र पेट्रोलमा उपभोक्तालाई लिटरमा १५ रुपैयाँ राहत पुग्ने उपभोक्ता अधिकारकर्मी ज्यषेति बानियाँ बताउँछन् ।
गत असारमा आयल निगम सञ्चालक समितिले तेलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएपछि पूर्वाधार कर ५ रुपैयाँ घटाउने निर्णय गरेर अर्थ मन्त्रालय पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, सो प्रस्तावमा अर्थले कुनै सुनुवाइ गरेको छैन ।
कार्यकक्षको कुर्सीमै बसेर वडाध्यक्ष मुकुन्द रिजालको ‘टिकटक’
काठमाडौं – काठमाडौं महानगरपालिका वडां. १६ का वडाध्यक्ष मुकुन्द रिजालले कार्यकक्षमै टिकटक बनाएर बस्ने गरेका छन् । सामाजिक सञ्जालमा देखिएको टिकटकमा ‘डाँडाघरे माइली…’ नामको गीतमा टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ ।
वडाध्यक्ष रिजालको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीविरुद्ध धेरै प्रतिक्रियाहरु आइरहेका छन् ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिकाको लाइभ बैठकमा उनले दिएको अभिव्यक्तिप्रति पनि उनीविरुद्ध सामाजिक सञ्जालमा प्रतिक्रियाहरु देखिएका थिए ।
त्यसलगत्तै उनको यस किसिमको कार्यकक्षमै बसेर रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि धेरै प्रतिक्रियाहरु आइरहेका छन् ।
२०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं. १६ बाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका रिजाल यसअघि पनि सोही वडाका वडाध्यक्ष थिए ।
अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना!!
काठमाडौँ । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ ।
भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् ।
मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने र सो बापत १ लाख रुपैयाँसम्म जरिवाना हुने जानकारी दिइन् ।
साथै खेतीयोग्य जमिनलाई घडेरीको रुपमा विकास गर्न नपाइने सम्बन्धी व्यवस्था पनि नियमावलीमा गरिएको छ । २०७६ भदौ ६ गते जारी भएको भू–उपयोग ऐनको नियमावली स्वीकृत भएको हो, जसको मुख्य उद्देश्य देशको समग्र भूमिलाई विभिन्न भूउपयोग क्षेत्रमा वर्गीकरण गर्ने, संघ प्रदेश र स्थानीयस्तरमा भूउपयोग योजना तर्जुमा गर्ने, भूउपयोग वर्गीकरण र योजनाअनुसार भूमिको उपयोग गर्ने लगायत रहेका छन् ।
साथै कृषियोग्य जग्गाको संरक्षण र समुचित उपयोगमार्फत उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सुनिश्चित गर्ने, गाउँ बस्ती र आवास क्षेत्रलाई सुरक्षित, जोखिम रहित र व्यवस्थित तुल्याउन योजनाबद्ध शहरी विकासलाई बढावा दिने अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताइन् ।
२०७७ वैशाख २९ गते नै भूउपयोग नियमावलीको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा पठाए पनि फिर्ता भएको र २०७८ माघ ६ गते पुनः मन्त्रिपरिषदमा पेश गरेकोमा २०७९ जेठ ९ गते नियमावली पारित भएको हो ।
नियमावली पारित भएपछि अब भू–उपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने मन्त्रालयको भनाई छ ।.
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा