२०८३ असार ८ सोमबार

ढोरबाराहि मन्दिरको दर्शन गरौ, सबैलाई रक्षा गरून । (भिडियो)

अतीनै आकर्षक धार्मिक स्थलगत भिडियाे।।

जन्मदिनको अवसरमा पोखरा-८ युवा संघ अध्यक्ष सन्जिब बरालद्वारा खेलकुद सामाग्री हस्तान्तरण !!

जन्मदिनको अवसरमा पोखरा ८ निवासी युवा नेता सन्जिब बराल द्वारा खेलकुद सामाग्री हस्तान्तरण !!

पोखरा १७ , मतगौडा २०७९/२/१५ गते का दिन सन्जिब बराल द्वारा १७ नम्बर वार्ड मा फूटबल खेलाडि युवाहरु लाइ अफ्नो जन्म दिन को अवसरमा खेलाडीहरुलाई खेल्कुद सामाग्री सहित , आफुले सक्ने जस्तोसुकै खालको सहयोग को भावनाअनुरूप वहाँले जिकिर गरेका थिए । धेरै थोरै म सधै हजुरहरु को निमित्त सधै अगाडि रहने र सधैं खेलाडी लाइ सम्मान गर्ने हुँदा मेरो जन्म दिन मा यो अवसर प्रधान गर्नुहुने सुनिल खड्का ,बिशाल गुरुङलाई हार्दिक धन्यवाद सहित आउदो दिनमा हामीले देशलाइ बिश्व मा खेल छेत्रमा चिनाउनु छ् भन्दै आफ्नो भनाइ रख्नु भयो।
कार्यक्रममा फूटबल , खेलाडी जिन्सी सहित नगद १० हजार हस्तान्तरण गर्नुभएका थिए ।

उक्त कार्यक्रममा युवाहरुको लोकप्रिय बेक्ति वार्ड ८ निवासी सुनिल खड्का ( UYC संस्थापक अध्यक्ष ) मतगौडा का खेलाडी परिचालन सम्योजक बिशाल गुरुङ , किशन भणडारि( मर्शलाट प्रशिक्षणका अन्नपूर्ण गाउँपालिका अध्यक्ष ,महानगर स्कोउट सम्योजक) लगायतका विभिन्न खेल प्रेमी युवाहरु रहनु भएको थियोे ।
बिशाल गुरुङले सन्जिब बराल प्रति आभार सहित जन्म दिन को अफ्नो बेक्तिगत एबम खेलाडीको तर्फबाट धन्यवाद बेक्त गरे ।

किशान भणडारिले समेत अफ्नो मन्तव्य खेलाडी भै देशको निमित्त नाम रख्नु र सन्जिब बराल लाइ विशेष धन्यवाद सहित जन्मदिनको अवसरमा येस्तो कार्यक्रममा गरिराख्दा निकै खुसि सहित शुभकामना दिनुभएको थियो।

कार्यक्रम संचालक सुनिल खड्काले गरे भने उनको मन्तव्य : सकेको सहयोग र सधैं युवाहरुलाई प्रशिक्षण दिदै हामी एउटा महान अभियान तथा इतिहासको एक चुनौतिपूर्ण अवस्थामा छौं। संसारभरका युवाहरू को शक्ति असाध्यै ठूलो चुनौतिको सामना गरिरहेको अवस्थामा हामी भने सगरमाथाको देशबाट नेपाललाई बिर गोर्खालीको देशको रुपमा नयाँ तर चुनौतिपूर्ण र गर्विलो परिचय बनाइरहेको छौं। वुद्धको जन्मभूमि लुम्बिनि र संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा जस्तै अग्लो परिचय नेपालका युवाहरू बनेको छ। आज हामीतिर फर्केर संसारभरका सर्वहारावादी कम्युष्टिहरुले भनिरहेका छन् –हिमाली मुलुकतिर फर्केर हेर, सगरमाथाजस्तै अटल र अग्लो नेपाली युवा को झणडा नेपालमा फहराइरहेको छ। हामी उनीहरुतिर फर्केर भनौं –युवाहरूको मन भावनामा छन् र हामीले नेपाल हुँदै संसारभर आफ्नो झण्डा फहराउने महाअभियानको नेतृत्व गर्दैछन् सम्पूर्ण खेलाडीले र भबिस्यमा देशको नाम रख्नु भन्दै अफ्नो भनाइ राखेको थिए भने कार्यक्रम समापन गर्दै सन्जिब बराल ले युवा देशको सम्भाक र युवाहरू भबिस्यका कर्णधार भएको हुँदा मेरो जन्म उत्सब खुसियाली रहेको जिकिर गरे।।।

अबदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै नराखे कारबाही गर्ने

काठमाडौं: काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ ।

त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह समेत गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिए ।

‘फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ,’ डंगोलले भने, ‘अब घरवालाले नै फोहोर सङ्कलन गर्ने सवारी साधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने डंगोलले बताए । छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने उनको भनाई छ ।

कुहिने र नकुहिने वर्गीकरण नगरी फोहोर सङ्कलन गर्ने सवारी साधनसम्म फोहोर ल्याए सम्बन्धित व्यक्तिको घरमै फर्काइने बताउँदै डंगोलले त्यस्ता व्यक्तिलाई कारबाहीस्वरूप पाँच सय रुपियाँ जरिवाना समेत गरिने जानकारी दिए ।

महानगरको निर्णयलाई नमानेको अवस्थामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्डजरिवाना गर्ने महानगरले जनाएको छ ।

काठमाडौं उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ । यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन ।

एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको छ ।

पोखराबाट जोमसोमको लागी उड़ेको तारा एयरको जहाज दुर्घटना, ६ जना बिदेशी ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको ९ एन एइटी कलसाइनको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।

जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्याे । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।

जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका पत्रकार सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।

-अनलाईन अन्नपूर्ण ।

आज गणतन्त्र दिवस l

१५ जेठ, काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

आज बजेट सार्वजनिक: वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।

सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको स्रोतले बतायो । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक-दुई वर्ष घट्न सक्छ ।’

सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरुको छ । तर देश आर्थिक संकटबाट गुजि्ररहेकाले सरकार दबाबमा छ । यद्यपि कर्मचारीको तलबमा सामान्य वृद्धि हुने सम्भावना रहेको स्रोतले बतायो ।

यस अघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठूलो आकारमा बजेट आउने बताइएको छ ।

गगन थापालाई शान्ता चौधरीको प्रश्नः के तपाईँमा मानवता हराएको हो ?(प्रमाण सहित )

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई तपाईंमा मानवता हराउन लागेको हो ? भन्दै प्रश्न गरेकाी छिन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए ।

थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेको भन्दै एमाले सचेतक चौधरीले मानवताको विषय उठाएकी हुन् ।

‘…तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपार्इंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

25K, राष्ट्रिय युवा संघ वडा ८ द्वारा खुल्ला रक्तदान कार्यक्रम सप्पन्न ६५ युनिट रगत संकलन !!( फोटाे सहित)

25K द्वारा खुल्ला रक्तदान कार्यक्रम सप्पन्न ६५ युनिट रगत संकलन !!( फोटाे सहित)

पोखरा ८ : पोखरा महानगर वार्ड ८ 25K ले शनिबार रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ६५ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक राष्ट्रिय युवा संघ वार्ड ८ अध्यक्ष सन्जिब बराल ले बताए

कार्यक्रमको अध्यक्षता 25K सस्थापक अध्यक्ष अनुप लम्साल ले गर्नुभएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि नबनिर्बाचित वार्ड ८ अध्यक्ष रुद्र नाथ बराल रहनु भएको थियो भने विशेष अतिथिको रुपमा सम्पूर्ण नबनिर्बाचित वार्ड ८ सदस्य गोबिन्द बराल, पबित्रा के सि, लक्ष्मी बि क , हिराकाजि श्रेष्ठ , अर्जुन श्रेष्ठ ( नेकपा एमाले वार्ड अध्यक्ष , दिपक घिमिरे ( वार्ड नेकपा एमाले सचिब ) रहनुभएको थियो।


अतिथिहरुमा राजेन्द्र जि सि,बिमोज पौडेल ,सुजन ढकाल ,दीपेन्द्र चालिसे ( चालिसे मोटर प्रबन्धक ), निर्मल चालिसे ,सुमन छेत्री ( 25K सदस्य) सन्दिप पनेरु, सागर पौडेल , जीवन खनाल ,सुन्दर गिरि,सन्दीप भुसाल ,किशोर सुबेदि (PEC पुर्व सभापति) लगाएत का समाजका जुझारु युवाहरु , खेलाडीहरु को बाक्लो जमात भएका थिए ।

कार्यक्रम एकदम भब्य ढंगमा बाक्लो उपस्तिथि रहेको रक्त संचार केन्द्र बाट धन्यवाद सहित आभार बेक्त गर्दै बिसम परिस्थितिमा 25K ले गरेको काम प्रति निकै खुसि बेक्त गरेको थिए ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बराल ले सम्पूर्ण युवाहरु प्रति आभार एबम कृतज्ञता सहित आउँदा दिन मा म युवा भएको नाता ले सक्ने र हजुरहरु ले गर्नुभएको येस रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाउनु भएकोमा म निकै खुशी भएको र सम्पुर्ण म स्वयम् युवा भएको हुँदा मेरो सम्पुर्ण मा सहयोग युवा प्रेरित कार्यक्रम :सरसफाइ ,खेलकुद आदि युवा कार्यक्रम लगायतका येस्ता कार्यक्रमा गर्नु पनि अनुरोध गर्नुभएको थियो !

कार्यक्रम सम्योजक सन्जिब बराल ले सम्पूर्णमा धन्यवाद सहित आफ्नो खुशी प्रकट गर्नुभयो भने कार्यक्रम समापन 25K अध्यक्ष अनुप लम्सालले सम्पुर्ण रक्तदाता ,प्रमुख अतिथि , विशेष अतिथि , अतिथिहरुलाइ आउदो दिन मा 25 K ले विभिन्न खाले कार्यक्रम लेराऊने जिकिर गरे। अन्यायको विरुद्ध सधैं 25K, राष्ट्रिय युवा संघ नेपाल सधैं हजुरहरु को सेवामा हुने जानकारी दिए।

पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ!!

काठमाडौं । पत्नी हत्यामा संलग्न रञ्जन कोइराला शुक्रबार पक्राउ परेका छन् । उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजीसमेत रहेका कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् । कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो । जबरा र केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।

उनीहरुले रञ्जन ८ वर्ष ६ महिना मात्रै जेल बस्दा सजायको ‘मक्सद पुरा हुने’ ठहर्याएका थिए । सो फैसलापछि कोइराला ०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

काठमाडौंको इचंगुनारायण घर भएका रञ्जनले सशस्त्रको डिआईजी हुँदा पत्नी गीता ढकालको हत्या गरेका थिए । काठमाडौं जिल्ला अदालतले ७ वैशाख ०७१ मा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला न्यायाधीश महम्मद जुनैद अदालतले गरेको सो फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर ०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध रञ्जन सर्वोच्चमा गएका थिए ।

गीता बूढानीलकण्ठ-५ मा बस्थिन् । ११ महिने नेशनल डिफेन्स कोर्षका लागि ०६८ भदौमा चीन गएका रञ्जनले बिदामा आएर पत्नीको हत्या गरेका थिए । गीताको शव पुस २८ मा मकवानपुरको टिस्टुङ-८ स्थित त्रिभुवन राजपथको मेत्राङमा जलाएको अवस्था फेला परेको थियो ।

काठमाडौंमा हत्या गरेर रञ्जनले पत्निको शव टिष्टुङमा लगेर जलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले ८ माघमा नागढुंगाबाट आफैंले चलाएको बा८च ५४०८ नम्बरको गाडीसहित रञ्जनलाई पक्रेर अनुसन्धान गरेको थियो ।

शिक्षा मेरो पहिलो प्राथमिकता हो-बालेन शाह

शिक्षा मेरो पहिलो प्राथमिकता हो ।

महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति गर्नेछौँ । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ । प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ । यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं ।

साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ । कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।

पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । त्यसलाई मर्ज गराएर त्यहाँका विद्यार्थी र शिक्षकलाई व्यवस्थापन गर्न सक्छौँ ।निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो ।

शिक्षा संस्कारबाट सुरु हुनुपर्छ । हामी महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम भोलिबाट नै हुन्छन् । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं ।

– बालेन शाह

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय