२०८३ असार ८ सोमबार

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते!!

दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

काठमाँड़ौकी उपमेयर सुनिता डंगोलद्वारा धन्यवाद ज्ञापन व्यक्त ।

धन्यवाद ज्ञापन

‘स्थानीय तह निर्वाचन २०७९’ यहि बैशाख ३० गते निकै उत्साहका साथ सम्पन्न भएको छ । मुलुकको संघीय राजधानी समेत रहेको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका ‘काठमाडौँ महानगरपालिका’ को पनि अन्तिम परिणाम प्राप्त भैसकेको छ । साँस्कृतिक सहरको परिचय बनाएको यो काठमाडौँ महानगरपालिकामा सवै जिल्लाका नागरिक बसोवास गर्ने भएकाले पनि अन्य पालिकाको तुलनामा यो पालिका थप विशिष्ट छ । हो, मैले यहि विशिष्ट पहिचान बनाएको महानगर ‘काठमाडौँ महानगरपालिका’बाट उपमेयर पदको उम्मेदवार बन्ने सुनौलो अवसर प्राप्त गरेकी थिएँ । पार्टी र संगठनमा लामो योगदान गर्नुभएका, काठमाडौँको थप विकास र समृद्धिको आकाक्षां राख्नु भएका, यस सहरलाई सांस्कृतिक सहरका रुपमा विकास भएको हेर्न चाहनु भएका, अनुभवी र अग्रज व्यक्तित्वहरुले समेत मेरो उम्मेदवारीलाई सहजरुपमा स्वीकार गर्दै मलाई जितका लागि दिएको हौसला र प्रेरणालाई मैले कृतज्ञताका साथ ग्रहण गरेकी छु ।

मैले मेरो जितमा उत्साहित हुने भन्दा पनि तपाईंहरुले म माथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु । तपाईंहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले मेरो पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु । म मेरो कार्यकालमा तपाईंहरुले दिनुभएका कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठभई पूरागर्न लागि पर्नेछु ।

युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ । त्यसैले यो तपाईंहरुको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।

निर्वाचनपछि मतगणना सम्पन्न भई परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई त्यहि अन्त्य गर्न म यहि अपिल मार्फत सबैमा आग्रह गर्दछु । जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु । साथै निर्वाचित सवै जनप्रतिनिधिहरु पनि तत् अनुरुप अघि बढौं भन्ने पनि अनुरोध गर्न चाहन्छु । काठमाडौँको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक बन्ने छैन । र निर्वाचनमा मैले जनतासामु गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि पनि सम्बन्धित सवैले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई पालना गरी सबै मिलेर यो काठमाडौं महानगरलाई साँचिकै स्वच्छ, सुन्दर, जीवन्त, व्यवस्थित र सांकृतिक नगरका रुपमा थप विकास गर्न दत्तचित्त भई लागि परौं भन्ने पनि आह्वान गर्न चाहन्छु ।

काठमाडौँ महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनु भएको छ । हो, म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ । अहिले तपाईँहरुले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु । तपाईंहरुले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रुपमा लिएकी छु ।

उपमेयरमा निर्वाचित भएसँगै मेरो विपक्षमा मतदान गर्नुहुने मतदाताहरुको समेत सम्मान गर्दै तपाईँहरुले गरेको विश्वास र भरोसालाई अधुरो हुन नदिन म मेरो कार्यकाल भरी मेरो योग्यता, क्षमता र बर्कतले भ्यायसम्म काठमाडौँ महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण व्यक्त गर्न चाहन्छु ।

राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरुको मनोविज्ञानले पनि आशाको दियो बाल्दै हामी जस्ता युवामाथि भरोसा गर्नुलाई मैले थप चुनौतिका रुपमा लिएकी छु । अहिले नगरे कहिले गर्ने ? युवाहरुले नगरे कस्ले गर्ने ? भन्ने मनोविज्ञान पनि यो निर्वाचनमा प्रखर बनेको अनुभूति मैले गरेकी छु । त्यसैले युवाहरुको त्यो मनोभावनालाई समेत प्रतिनिधित्व गर्दै उहाँहरुको आशाको दियो मर्न नदिने प्रण गर्न चाहन्छु । तपाईँहरुको साथ, सहयोग र समर्थन भएन भने मेरा सपनाहरु सबैका साझा सपना बन्न सक्दैन् अनि ती सपना आफैँ विलय भएर जानेछन् । त्यसैले काठमाडौँ बनाउने सपना सबैको साझा बनाउन तपाईंहरु सबैको सहयोगको अपेक्षा मैले गरेकी छु ।

अन्त्यमा, काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, ३२ वटै वडाबाट विजयी हुनुभएका सम्पूर्ण वडाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । साथै, निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाताहरु, यहाँका स्थानीय आदिवासीहरु, मतदान सम्पन्न भएपछि अहोरात्र खटेर मतगणना कार्यलाई सहज बनाउन सकारात्मक भूमिका खेल्नुहुने निर्वाचन अधिकृत, अन्य कर्मचारीहरु, मतदान कार्यमा सहभागी सम्पूर्ण व्यक्तित्वहरु, सुरक्षाकर्मी मित्रहरु, सञ्चारकर्मी मित्रहरु, स्वयँ सेवकहरु, मेरो जितका लागि प्रत्यक्ष–परोक्ष रुपमा खट्नु भएका सम्पूर्ण महानुभावहरु र सुभेच्छुकहरु सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।

धन्यवाद

सुनिता डंगोल
काठमाडौँ महानगरपालिका
उपमेयर

अब हाम्रो पार्टीले बालेन संग सहकार्य गर्ने छः माधव नेपाल ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।

नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

प्रवासी नेपाली मंच अष्ट्रेलिया, तास्मानिया राज्यले सप्ताहव्यापी रक्तदान कार्यक्रम गर्दै ।

दुबई, नेकपा एमालेको बिदेश संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको तास्मानिया राज्य कमिटीले यही जुन २०२२ मा सप्ताह व्यापी रक्तदान कार्यक्रम गर्ने भएको छ ।

यही आऊदो जुन १३ देखी १९ सम्म हुन गईरहेको उक्त कार्यक्रम तास्मानिया राज्यको होबार्ट अनी लंचेस्टन शहर गरी दुई ठाऊमा हुने बताईएको छ । अष्ट्रेलियाको राष्ट्रिय रक्तदाता सप्ताहको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागीएको हो ।

राज्य कमिटीका अध्यक्ष मुगेन गौतमले तास्मानियालाई कर्म थलो बनाई रहदै आऊनु भएका नेपालीहरू बिच भाईचारा अनी दुःख सुखमा एक हुनको निम्ति र नेपाली समुदायलाई बिदेशमा नेपाली संस्कृति, रहनसहन, भाषा, भेष अनी बिभिन्न कारणले नेपाल र नेपालीलाई चिनाऊन संस्था सदैव लागी रहेको बताए साथै यस रक्तदान कार्यक्रम करिब एक हप्ता सम्म चल्ने हुँदा आफ़नो समय मिलाएर इच्छुक साथीहरूलाई रक्तदान गर्न समेत आग्रह गरेका छन । रक्तदान एक पुण्य को काम रहेको हुँदा यस कार्यक्रमलाई अवसरको रुपमा लीन समेत अनुरोध गरेका छन ।

उक्त रक्तदान कार्यक्रममा दर्ता गराउनको निम्ति होबार्ट शहरमा केराज खनाल अनी लंचेस्टनमा मुगेन गौतम संग सम्पर्क गर्नुपर्ने छ ।

यस पछी कमिटीले बिभिन्न कार्यक्रमहरू लिएर समेत आऊने कमिटिका उपाध्यक्ष केराज खनालले बताए साथै तास्मानियामा रहनुभएका नेपालीहरू लाई अपठयारो अनी दुःखमा प्रवासी नेपाली मंचलाई समझन समेत आग्रह गरेका छन । कमिटिका सचिव सुनिल खंडाल द्वारा जारी कार्यक्रमको प्रेस बिज्ञप्तिमा आगामी दिनमा नेपाल देखी आऊनुभएका अभिभावक हरू बिच पिकनिक कार्यक्रम अनी त्यस पस्चात तीज पर्व लाई मध्यनजर गरी तीज बिशेष कार्यक्रम को आयोजना गर्ने समेत गर्ने उल्लेख गरीएको छ ।

आज सम्पन्न बैठक बाट बिभिन्न कार्यक्रम हरू सम्भव भए सम्म गर्ने घोषणा गरीएको थियो ।

यस अघी प्रवासी नेपाली मंच अष्ट्रेलियाले बिभिन्न सामाजिक, शैक्षिक, पारिवारिक, स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्दै आएको छ । करिब ७५० बढ़ी सदस्य रहेको या संस्थाले आगामी दिनमा समेत समुदायको लागी बिभिन्न कामहरू गर्ने बताईएको छ ।

राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीको रक्तदान कार्यक्रम सम्पन्न!!

राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीले मिति २०७९।०२।१३ गतेका आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ४२ युनिट रगत संकलन भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता युवा संघ पालिकाका अध्यक्ष शिवहरि सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी. हुनुहुन्थ्यो । उक्त रक्तदान कार्यक्रमको संयोजकत्व युवा संघ जिल्ला कमिटी सचिव नमराज के.सी. ले गर्नुभएको थियो ।

कास्की जिल्लामा रगत अभाव भएको भनि रक्त संचार केन्द्र पोखराको आग्रहलाई मध्येनजर गर्दै युवा संघ कास्कीले तत्कालै पोखरा–१५ मा ७३ युनिट र आज अन्नपूर्णमा ४२ युनिट रगत संकलन गरेको हो । युवा संघ कास्कीले भोली देखि रक्त संचार केन्द्रको पोखराको सल्लाह बमोजिम मिति तय गरि माछापुच्छे« गाउँपालिका कमिटी, रुपा गाउँपालिका कमिटी, पोखरा वडा नं. १, २, ५, ६ वडा कमिटी तथा पोखरा महानगरका अन्य वडा कमिटीहरुमा समेत रगत संकलन गर्ने कुरा युवा संघका जिल्ला कमिटी सचिव नमराज के.सी.ले जानकारी दिनुभयो ।

आजको कार्यक्रममा पहिलो रक्तदातालाई ब्लड ब्याग युवा संघ कास्कीका जिल्ला अध्यक्ष पान बहादुर जि.सी. ले हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख अतिथिले रक्तदाताहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा युवा संघ केन्द्रिय उपाध्यक्ष, नेकपा एमाले कास्कीका अध्यक्ष, उपाध्यक्ष, गण्डकी प्रदेश समितिका कार्यालय सचिव, नेकपा एमाले नेता दामोदर बैरागी तथा जिल्लाका अन्य नेता तथा युवाहरुको उपस्थिति थियो ।

काठमाडौं नगरवासीका ‘बाहुबली’ को हुन् बालेन?

काठमाडाैं:- काठमाडाैं महानगरपालिका–६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।’

हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहुबलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन्। कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन्। त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मतसहित निर्वाचित भएकी छन्।

चुनाव अघिसम्म निकै कमजोर आकलन गरिएका बालेन्द्रले मतगणनामा अग्रता कायम गरिरहे। अन्य प्रतिस्पर्धीलाई भारी मतान्तरले पछाडि पारेर उनी अघि बढिरहे। नतिजा आउँदै गर्दा उनले २०७४ सालको स्थानीय निर्वाचनका दिन आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटस पनि निकै चर्चित रह्यो। उनले लेखेका थिए,‘मैले आज भोट गरिनँ, म उम्मेदवार थिइनँ, मैले सिभिल इन्जिनियरिङमा स्नातक गरें, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु। मलाई देश बनाउन आउँछ। म अर्कोपटक भोट गर्छु र आफैंलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’

सबैभन्दा बढी विश्वास आफैंलाई गर्ने बालेन्द्रको चामत्कारिक उदयले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। धेरैले उनको नामसँग ‘बाहुबली’ शब्द जोडेका छन्। कतिपयले उनलाई ‘नायक’ सिनेमाको नायकसँग तुलना गरेका छन्। ‘हार्दिक बधाई, सफल कार्यकालको शुभकामना बालेनजी, उपत्यकावासीको मात्रै नभएर सिंगो नेपालीको आशा अब तपाईंमाथि छ’ सामाजिक सञ्जालमा धर्मनन्द देवकोटा लेख्छन्, ‘परिवर्तनको सुरूवात अब काठमाडौंबाट।’

एमाले नेता योगेश भट्टराईले बालेन्द्रको उदय दलप्रतिको पुरै वितृष्णा नभए पनि यो खतराको घन्टी भने भएको बताएका छन्। ‘जनताले पुरै दललाई नकार्दैछन् भन्ने होइन,’ एक टेलिभिजन अन्तर्वार्तामा उनले भने, ‘तर यसले दलहरूको कमजोरीलाई ढकढकाएको भने छ।’ स्वतन्त्र रूपमा उठेका बालेन्द्रलाई जवाफदेही बन्न मुस्किल हुने तर्क राख्दै राम्रो कामको पक्षमा भने एमालेका उपमेयरदेखि वडाध्यक्षसम्मले सघाउने भट्टराईले बताए।

राजनीतिशास्त्री भने दलहरूलाई सशक्त र जवाफदेही बनाउनेतर्फ ध्यान जानुपर्ने बताउँछन्। ‘दलीय सोचभन्दा पनि माथि उठेर राम्रो काम गर्ने उम्मेदवारलाई चयन गर्दा आफ्नो ठाउँको परिवर्तन हुन्छ,’ राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘यही क्रमबाट बिस्तारै समाज परिवर्तनको बाटोमा जानेछ।’ यसका लागि दलहरूले पनि समाजको हितमा लाग्ने योग्य उम्मेदवारको खोजी गर्नुपर्ने उनले बताए।

‘कोर’ क्षेत्रमा अल्झेको सप्ताह

मतगणनाको सुरुवाती दिनदेखि नै बालेन्द्रले दोब्बर मतसहित अग्रता कायम गरे पनि महानगरको पुरानो बस्तीबाट परम्परागत पार्टी नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई बढी मत आउने हल्ला चलिरह्यो।

यो हल्ला बालेन्द्र विजयको निकै नजिक पुग्दासम्म पनि चलिरह्यो। बालेन्द्रका समर्थक भने मतदानपछि उनी विजयी हुनेमा ढुक्क थिए। ‘नतिजा आउन बाँकी भए पनि उनले हाम्रो मन जितिसके,’ काठमाडौं–१४ कलंकीकी रितिमा तिमल्सिनाले केही दिनअघि नागरिकसँग भनेकी थिइन्, ‘हामी उनले साँच्चिकै चुनाव जितेको हेर्न आतुर छाैं।’ स्नातक तहमा अध्यनरत तिमल्सिनाले अन्य दलप्रति वितृष्णा बढेको समयमा बालेन्द्र आशाको किरण बनेर उदाएको सुनाइन्। उनले चाहेजस्तै भयो। अन्ततः पुरानो बस्तीबाट बोलन्द्रलाई मत आउँदैन भन्ने हल्ला बन्दाकोवीमा गुदी खोजेजस्तै अर्थहीन बन्यो। उनले प्राप्त गरेको मतले पनि यही देखाउँछ। महानगरका किनारी क्षेत्र ३२ नम्बर वडा (कोटेश्वर) बाट खसेको १२ हजार मतमध्ये ५५ सय २३ मत हासिल गरेर अग्रता लिएका उनले महानगरको ‘कोर’ बस्तीबाट पनि सम्मानजनक मत हासिल गरे।

काठमाडौंका कोरक्षेत्र मानिएका जनबहालबाट ७१७, मखनबाट ६०२, नरदेवीबाट ५२३, टेबहालबाट ६७९, महाबौद्धबाट ५५२, भीमसेनस्थानबाट ५१६ मत पाएका कारण उनको अग्रतासहितको विजय यात्रा कतै रोकिन पाएन। अझ कोर क्षेत्रबाट दलका उम्मेदवारलेभन्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजारभन्दा बढी मत पाएपछि बालेन्द्रको विजय यात्रा झनै सहज बन्न पुग्यो।

‘बाहिरी क्षेत्रमा अन्य उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएका बालेन्द्रले कोरक्षेत्रमा पनि सम्मानजनक मत पाए,’ नरदेवीका मनीष कुलीले भने, ‘सिंगो महानगरका घर–घरबाट पाएको मत नै उनको विजयको आधार हो।’

को हुन् बालेन्द्र?

बालेन्द्र साहको नामबाट चुनाव जितेका उनी संगीत जगतमा बालेनका नामले चिनिन्छन्। उनको पुख्र्याैली घर महोत्तरी जिल्लाको एकडारा–१ हो। उनका हजुरबुबा मुनिलालका चार छोरामध्ये एक रामनारायणका कान्छा छोरा बालेन्द्र हुन्। बालेन्द्रका पिता रामनारायण आयुर्वेद डाक्टर हुन्। उनी करिब चार दशकअघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रूपमा काम गर्न महोत्तरीबाट आएका थिए। सोही बेलादेखि साह परिवार यतै छ। बालेन्द्रकी पत्नी सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट हुन् भने भाउजू बैंकमा काम गर्छिन्। उनकी बहिनी चित्रकार हुन्।

पुख्र्यौली घर मधेस भए पनि २०४७ सालमा काठमाडौंको गैरीगाउँमा जन्मिएका बालेन्द्र पेसाले इन्जिनियर हुन्। सानैदेखि संगीततर्फ झुकाव राख्ने उनी स्ट्रकचरल इन्जिनियर, ¥यापर, अभिनेता, संगीत निर्माता–निर्देशक, गीत लेखक, कवि इत्यादिको रूपमा परिचित छन्। उनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्।

धन्यवाद र्‍याली

चुनाव जितेका अन्य दलले विजय जुलुस वा र्‍याली निकाल्दै गर्दा बालेन्द्रका समर्थकले भने धन्यवाद र्‍याली निकाल्ने घोषणा गरेका छन्। चुनावमा जित–हार मतगणनासँगै सकिएको बताउँदै उनीहरूले घोषणापत्रका प्रतिबद्धता व्यवहारमा लागु गर्न सकेका दिन विजय र्‍याली मनाउने बताएका छन्। ‘अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत गरिन्नँ,’ बालेन्द्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जुन दिन बोलेका वाचा पूरा गर्न सक्छौं, त्यो दिन सबै मिलेर विजयोत्सव मनाइनेछ।’ बालेन्द्रले समर्थकलाई आ–आफ्नो ठाउँमा धन्यजाद ¥याली निकाल्न आग्रह गरेका छन्।उपेन्द्र लामिछाने नागरिक दैनिकबाट

चितुवाको आक्रमणबाट बालकको मृत्यु!!

अर्घाखाँची, १३ जेठ – अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किलोमीटरको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ ।

अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको बताए ।

अनेरास्ववियु कास्कीले मुल्य विरुद्ध बिरोध गर्दै ,‘डेढ दर्जन सरकारी गाडी’ नियन्त्रणमा!!

कास्की: पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।

वृद्वि मुल्य फिर्ताको माग गर्दै पोखरामा डेढ दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले बिश्व पाटि न्यूजलाई जानकारी दिए ।

उनका अनुसार जिरोबाट ५, महेन्द्रपुलबाट १ मोटरसाईकल सहित ३, पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ४ वटा गाडी, पिएन क्याम्पस गेटबाट ५ वटा, बाग्लुङ बसपार्क र सभागृहमा समान १÷१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ ।

‘हामीले नै चाँबी लिएका छैनौ जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाएका छौ । बेलुकी ५ बजे हाम्रै उपस्थितिमा चाँबी फिर्ता गर्ने सहमति भएको छ, उनले भने, ‘आज शान्तिपूर्ण विरोध जनाएका छौ । यसलाई सरकारले बेवास्ता गर्याे भने भोलीदेखि कडा आन्दोलन थाल्छौ ।’

विहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि सुरु गरेको सवारी साधन नियन्त्रण कार्यक्रम ३५ जना बढिको उपस्थितिमा पोखराको विभिन्न चोकहरुमा गरिरहेको उनले बताए । उनका अनुसार ७७ वटै जिल्लामा एकसाथ सरकारी सवारी साधन नियन्त्रण गरि विरोध जनाउने कार्यक्रम जारी छ ।

गत ९ गतेदखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो । प्रतिलिटरमा १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाउदै प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी व्यहोर्न परेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

कति बेला एमालेले चुनाव हार्ला र ओलीलाई गाली गरौँला भनेर कुरे जस्तो गरे घनश्याम भुषालले !

नेकपा एमालेका नेता घनश्याम भुषालले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको पराजयको दोष सम्पुर्ण रुपमा अध्यक्ष केपी ओली माथी लगाएका छन् ।
अध्यक्ष ओलीले पार्टी मुभ गर्न नसकेको र आफु मात्रै कुदेका कारण एमाले हारेको आरोप समते भुषालले लगाएका छन् । एमालेले संगठित शक्तिको प्रयोग र सामुहिक इफोर्ट लगाउँन नपाएको र त्यो अध्यक्ष ओलीकै कारण भएको पनि उनले भनेका छन् ।
गठबन्धनकै कारण एमाले हारेको भन्ने कुरा स्विकार गर्न नसकिने पनि उनले भनेका छन् । विपक्षी पार्टीहरु गठबन्धन बनाएर निर्वाचनमा होमिएको अवस्थामा कमल थापा र एकनाथ ढकाल जस्ता शक्तिलाई लिएर चुनावमा जानुनै गलत भएको विश्लेषण पनि भुषालले गरेका छन् ।
“हामी मैदानमा एक्लै भयौँ, संसदीय बहुदलीय व्यवस्थामा चुनावमा यस्तो एलायन्स वा विरोधीहरु मिल्छन् कि मिल्दैनन् भन्ने कुराले अर्थ राख्छ नि त । विपक्षमा सबै एकातिर भइदिए, हामी मैदानमा एक्लै भयौँ,” भुसालले भने, “हाम्रो पनि एलायन्स त थियो तर गठबन्धन नै थिएन । कमल थापा, परिवार दलका एकनाथ ढकालहरुबाट त्यस्तो अपेक्षा गर्नु हुँदैनथ्यो । फिल्डमा त्यस्तो भयो ।”
उनले त्यो एउटा कारण भएपनि मुल कारण पार्टीको फोर्स परिचालन नै नहुँदा क्षति भएको बताए । “हाम्रो मुद्दाका बारेमा बोल्ने मान्छे एकजना अध्यक्ष मात्रै हुनुहुन्थ्यो । नेकपा एमालेको बारेमा एडभोकेसी गर्ने क्याम्पेनर भनेको एकजना अध्यक्ष मात्रै हु्नुभयो ।
त्यो सोलो प्रेजेन्टेशन जस्तो भयो,” भुसालले भने, “माथिका पदाधिकारी वा स्थायी कमिटीकाहरुको या त कसैलाई जिम्मेवारी नै थिएन या त जिम्मेवारी लिएकाहरुले त्यो काम गर्न सकेनन् । आजको चुनावी मुद्दा के हो भनेर जनतालाई बुझाउन समस्या रह्यो ।”
उनले तल रहेका संयन्त्रमा पनि केन्द्रको नेतृत्वका आड भरोसा हुन नसकेको बताए । “माथि लिडरशिपको आड भरोसा हुन सकेन ।आ–आफ्ना जिल्लामा जाने कुरा म गएँ, अर्को गयो, सबै आ–आफ्ना ठाउँमा गए त्यो अर्को कुरा भयो,” भुसालले भने, “तर, जिम्मेवारीका हिसाबले कमिटी संगठनले जुन हिसावले काम गर्नुपर्थ्यो त्यस हिसाबले गरेनन् ।
” उनले केन्द्रीय नेतृत्वमा सामूहिक भावना र परिचालनको योजना नहृुँदा पार्टीका कार्यकर्ता एक्लै काम गर्न बाध्य भएको बताए ।“सेन्ट्रल लिडरशिप कलेक्टिभली चल्नै सकेन । सबै काम ओलीजीले गर्नुभएको थियो । सचिवालय थियो होला, त्यसले सचिवालयकै काम गर्ने भयो ।ओलीजी राजनीतिक रुपमा चल्नुभयो, सचिवालयले लजिष्टक सपोर्ट गर्यो होला, आमसभामा समन्वय गर्‍यो होला,” उनले भने, “समग्रमा पार्टीको फोर्स नै परिचालन हुन सकेन।

कालकाङ्ग्रेस निती बिहिन भएको ओलीको दावी!!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए । उनले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि काँग्रेससँग कुनै नीति नभएको बताए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय