राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सरकारी गाडीहरु नियन्त्रणमा (फोटाे सहित)
राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सरकारी गाडीहरु नियन्त्रणमा
आज मिति २०७९।०२।१२ राष्ट्रिय युवा संघ नेपाल कास्कीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आफ्नो विरोध प्रदर्शन जारी राखेको छ । सो क्रममा आज राष्ट्रिय युवा संघ नेपाल कास्कीले सरकारीका नम्बर प्लेटका कास्की र कास्की आसपासमा चल्ने ५० भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिई दिनभर रहने गरि प्रशासनको जिम्मा लगाएको थियो । सो विरोध प्रदर्शनमा कास्कीको नागडाँडा, हेमजा, हरिचोक, पि.एन. क्याम्पस गेट अगाडी, सभागृहचोक, रत्नचोक, अमरसिंहचोकमा राष्ट्रिय युवा संघ नेपाल कास्की युवाहरु परिचालित भएका थिए ।
?
स्मरण रहोस्, राष्ट्रिय युवा संघ नेपाल कास्कीले विरोध प्रदर्शन स्वरुप पहिलो दिन चिप्लेढुंगा देखि महेन्द्रपुलसम्म शान्तिपूर्ण विरोध ¥याली निकालेको थियो । दोश्रो दिन मूल्य वृद्धिको विरुद्धमा सभागृह देखि पृथ्वीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो भने आज तेश्रो दिन कास्की जिल्ला सरकारी सवारी नम्बर प्लेटका सवारी साधनलाई नियन्त्रणमा लिई साँझ छोड्ने काम गरेको थियो । यि विविध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटी कास्कीका पदाधिकारी तथा सदस्यहरु र अनेरास्ववियुका केन्द्र देखि जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कुरा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका सचिव नमराज के.सी.ले जानकारी दिनुभयो ।

बुद्ध एयरको ‘अमानवीय हर्कत’ जलेकी महिलालाई ५ घण्टा कुरायो, तर मानेन लैजान ।
बुद्ध एयरको ‘अमानवीय हर्कत’ : जलेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन
काठमाडौं। कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो।
बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको छ।
अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो। एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खाएर राखे। त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमान् केन्द्रसँग मन्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए। घाइते वा गम्भीर प्रकृतिका बिरामीलाई विमानमा लैजानुअघि परिवार वा नजिकका आफन्तसँग मन्जुरीनामा लिने गरिन्छ।
साथै, घाइते र उनको सहयोगीको रूपमा गएका श्रीमानको गरी २ ओटा टिकेटको बोर्डिङ पास दिइसकेको थियो। बुद्धका कर्मचारीले घाइतेको अवस्था समेत हेरेका थिए। ह्वील चियरमा बसिरहेकी घाइतेले आफू विमानमा बस्न सक्ने बताएकी थिइन्।
त्यति बेला विमानस्थलमा बुद्धको जहाज थिएन। काठमाडौं जान पर्खिरहेका यात्रुलाई लिन राति ९ बजेपछि मात्रै काठमाडौंबाट विमान धनगढी पुग्यो। केही बेरपछि यात्रुलाई विमानमा चढाउन विमानस्थलको १ नम्बर गेटबाट रनवेतिर बोलाइयो। घाइते लोकशरीलाई पनि ह्विलचियरमा सहयोगीले लैजादैथिए। तर, बुद्ध एयरका कर्मचारीले रोके। ‘घाइतेलाई विमानमा नचढाउन पाइलटले भनेका’ भन्दै विमानका कर्मचारीले लैजान दिएनन्।
आगोले जलेर घाइते भएकी बाजुरा बुढिगंगाकी लोकशरी कुँवर उनका पति र सहयोगीका साथ चिकित्सकले घाइतेलाई जहाज चढ्न मिल्छ भनेर सिफारिस गरेका थिए। घाइतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घाइतेको टिकट बन्दोबस्त गरिदिएका थिए। चार घण्टा कुराएर मन्जुरीनामा र बोर्डङ पास बनाइसकेको घाइतेलाई लैजान नसक्ने बताएपछि विमानस्थलसम्म छाड्न गएकाहरूले जसरी पनि लैजान भन्दै अनुनय विनय गर्न थाले।
‘पाइलटको आदेश’ भन्दै आफूहरूको हारगुहार बुद्धका कर्मचारीले नसुनेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले नेपालभ्यूजसँग टेलिफोनमा भने, ‘‘म आफैँ स्वास्थ्यकर्मी हुँ। उहाँको उपचारमा सहयोग गरिरहेको थिए। उहाँलाई विमान सजिलै बस्न सक्नुहुन्थ्यो। उनी ह्विलचियरमा बसिरहनुभएको थियो। सबै प्रक्रिया पूरा भएपछि अन्त्यमा बिरामीमालाई लैजान मानेनन्। पाइलटले बिरामीलाई पनि हेरेनन्। कर्मचारीहरूले नै पाइलटले लान नमानेको बताए।’’
७ हजारको टिकटमा उडाउन नमानेपछि ३६ हजार तिरेर एम्बुलेन्स
बुद्ध एयरले घाइतेलाई छाडेपछि आफन्तहरूले ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्स भाडामा लिए। यो समाचार प्रकाशित हुँदा (बिहीबार मध्यान्न १ बजे) घाइते बोकेको एम्बुलेन्स रुपन्देही आइपुगेको छ। बाजुरा बुढिगंगा १० लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। उपचारको लागि ढिला हुँदा उनको अवस्था जटिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताउँछन्।
‘‘जहाजले लैजान नमानेपछि एम्बुलेन्सको खोजी गरियो। बल्ल बल्ल ३६ हजार रुपैयाँमा सस्तो पाइयो। अरूले पैसा खोजखाज गरेर एम्बुलेन्स रिजर्भ गरिदिए। हामी अहिले काठमाडौं जाँदै छौ,’’ एकेन्द्रले टेलिफोनमा भने, ‘‘हिजै अस्पताल पुर्याउनुपर्ने बिरामी अझै बाटोमा छ। अवस्था झन्भन्दा झन् गम्भीर बनेको छ।’’
घाइतेलाई अस्पतालले रिफर गरे पनि उपचारको पैसा नभएपछि विभिन्न व्यक्तिसँग सहयोग जुटाइएको थियो। बुद्ध एयरलाइन्सले नलगेपछि फेरि एम्बुलेन्सको लागि पैसा जुटाउँदा केही समय लागेको थियो।
लोकशरी कुँवर धनगढीबाट एम्बुलेन्समै बसेर काठमाडौं आउँदै छिन्, उनी बस्न नसक्ने भन्दै बुद्ध एयरले छाडेर आएको थियाे।
आलोचनापछि बुद्धको दाबी : स्ट्रेचर मगाएको भए लैजान्थ्यौँ
आकस्मिक रूपमा अस्पताल पुर्याउनुपर्ने बिरामीलाई छाडेको बुद्ध एयरले भने घटनाबारे प्रतिक्रिया दिन मानेको छैन। बजार निर्देशक तथा जनसम्पर्क अधिकारी रूपक जोशीले घटनाबारेमा धनगढीको म्यानेजरसँग सोध्नुपर्ने बताए। आफूलाई केही जानकारी नभएको भन्दै उनी पन्छिए।
बुद्ध एयर धनगढीका व्यवस्थापक बुद्धराम चौधरीले भने बिरामी बस्न नसक्ने भएकाले लैजान नमानेको बताए। पहिले जानकारी गराएमा स्ट्रेचर उपलब्ध हुने भन्दे नर्मल सिटको टिकट काटेकाले नलगिएको उनी बताउँछन्।
‘‘ती बिरामी ह्विलचेयरमा बस्न नसक्ने अवस्थामा थिइनन्। अनि कसरी आकाश माथि डेढ घण्टा बस्न सक्थिन्। दिउँसै खबर गरेर स्ट्रेचर चाहियो भनेको भए उहाँलाई लग्न सकिन्थ्यो तर उहाँहरूले नर्मल टिकट काट्नुभयो,” उनले भने।
राष्ट्रिय युवा संघ कास्कीले निकाल्यो भब्य मसाल जुलुस!( पुरा भिडियो )
पोखरा ११
राष्ट्रिय युवा संघ कास्कीले कडा रुपमा मसाल जुलुस निकालेको छ् ! कार्यक्रम सभागृह बाट सुरु भै पृथ्वी चोक मा समापन भएको थियोे ।
केन्द्रिय सदस्य ,प्रदेश सदस्य , जिल्ला सदस्य ,वार्ड सदस्य को ब्याप्क उपस्तिथि रहेको थियो भने मुल्य विरुद्ध को माग गरि चर्को नारा , मसाल सहित उत्रिए भने कार्यक्रम समापन अध्यक्ष पान बहादुर जि सि ले बोल्दै गर्दा सम्पूर्ण लाइ धन्यवाद सहित आउदो दिन मा पनि सरकारले गरेको ज्यादती को विरुद्ध सधैं राष्ट्रिय युवा संघ नेपाल कास्की सधैं तयारी रहेकोे जानकारी सचिब नबराज छेत्री ले बताउनु भयो ।।
रवीन्द्र मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट राजिनामा I
काठमाडौं, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको चुनावमा पार्टी पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा मिश्रले राजीनामा दिएका हुन् ।
आज एक विज्ञप्ती जारी गर्दै मिश्रले अब पार्टीको साधारण सदस्यको रुपमा मात्र रहने पनि जनाएका छन् ।
उनले लेखेका छन्,‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।’
उनले पार्टीका उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफुले लिएर राजीनामा दिएको समेत स्पष्ट पारेका छन् । उनले लेखेका छन्,‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।’
‘पागलवस्ती’ का ‘पागल’ हर्क साम्पाङ कसरी बने ‘म्यान अफ द इलेक्सन’ I
मरेको मान्छे सडेको वस्ती ! यो गीतको शब्द हर्क साम्पाङको हो । जतिसुकै अन्याय र अत्याचार हुँदा पनि मरेको मान्छे जसरी चुप लागेर बस्नेलाई घोचपेच हो यो ।
भ्रष्ट र दुष्टको शासन छ मस्ती !
गीतमा साम्पाङ भन्छन्-
हिमाल ढलोस् कि सीमा सरोस्
वस्ती जलाउँदै उडाउँछन् धुलो
देश फुटाई जनता जुधाई
विधि के होइन शक्ति मिलोस्
न्याय मरोस् कि सत्य जलोस्
सुँगुरको सपना वश डुँड भरियोस्
समाजमा जागरण ल्याउने यस्तो गीत गाउँदै सामाजिक सञ्जाल र टोल टोल हिंड्थे राई । उनका अगाडि पछाडि कोही थिएनन् । एक्लै बेथिती र अनियमितताविरुद्ध लडे ।
प्लेकार्ड लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुग्दा सामुन्ने पाहुनालाई माला लगाएर भित्रा पुर्याइन्थ्यो । उनलाई नगर प्रहरीले ठेलेर बाहिर निकाल्थे ।
साम्पाङले आफ्नो समाजका लागि आफै लडाईं लडे । उनले आफू जनतालाई भेडा बनाएर पछाडिबाट धपाउने व्यक्ति नभई जनताको अगाडि लाग्ने नेता हुने बताउँथे । जग्गा प्लटिङ देखि गैरकानूनी रुपमा ढुङ्गागिट्टी निकाल्ने कदमको विरुद्ध उत्रिए । वस्ती नै बिगारेर निर्माण गर्न खोजियो । त्यसविरुद्ध उत्रिए ।
वर्षौैं देखि मैदानमा खटिएका साम्पाङ धरानका परिचित अभियन्ता थिए । उनले एक्लैले सुरु गरेको अभियानमा सबैभन्दा बढी युवा र महिलाले साथ दिए । वृद्धा आमाहरुले हर्क नजितेपनि एक भोट लौरोमा भने । तर, हर्क राईमा आत्मविश्वास थियो । आफ्नो नियत सफा भएको बुझेर चुनाव जित्नेमा निश्चिन्त थिए ।
भोट माग्न जाँदा हुल बाँधेर गएनन् । एक्लै हिंडे । ट्याम्पो लिएर माइकिङ गर्ने र एक्लै भाषण गर्ने गर्थे । दृढनिश्चियी थिए साम्पाङ ।
पार्टीले उम्मेदवारहरु थोपरेर पठाउने परिपाठीप्रति मतदाता असन्तुष्ट थिए । कोही आओस् र नगर बदलोस् भन्ने चाहन्थे । हर्क साम्पाङका अगाडि पार्टीको टिकट लिएर आएका उम्मेदवारहरु नै कमजोर सावित भए । एक्लै चिच्याएर धरानको गल्ली गल्ली हिंड्ने साम्पाङलाई जनताले रोजे ।
धरानको खानेपानीको भ्रष्टाचार होस् या वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भ्रष्टाचारको विषय नै किन नहोस् । हर्कराज धरानका गल्लीमात्र नभई काठमाडौंसम्म आए । मिडिया खोज्दै हिंडे । उनी रिपोर्टर्स क्लब नेपालमा पनि अनियमितता उजागर गर्न आइपुगेका थिए।
हर्कको पाराले उनलाई कतिपयले पागलको संज्ञा दिए । सायद उनी पागलवस्तीका पागल थिए जो बेथितीविरुद्ध पागलै बनेर लागेका थिए । त्यही पागलपन धरानको वस्तीले स्वीकार गर्यो ।
निरन्तर असल नियतले पाइला सारेका हर्कराज धराने जनताको मनमै बसे । त्यसैले मत दिएर सानदार जीत दिलाए । अब उनका सामु चुनौती झन् बढेको छ । विसंगति र बेथिती विरुद्ध लड्नुछ । अब हर्क सामु अग्निपरीक्षा आएको छ । यसमा उनी कसरी उत्रिएलान् ? प्रतिक्षाको विषय छ ।
एमालेले ५ वर्ष अघि जितेका महानगरपालिकाहरु नेकपा एस र स्वतन्त्रको हातमा l
पोखरा, ११ जेठ । नेकपा एमालेले २०७४ को स्थानीय तहको चुनावमा २ महानगरपालिकाको मेयर जितेको थियो । काठमाडौंमा र पोखरामा एमाले बाट विजयी भएका थिए । तर, यसपटक एमालेले ती महानगरपालिका जित्न सकेन । बाँकी महानगरपालिका पनि एमालेको हातमा रहेन ।
काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर चुनाव जित्न नसक्ने भइसकेका छन् । मेयरमा स्वतन्त्रका बालेन साहको जीत सुनिश्चित भइसकेको छ । एमाले ले यसअघि जितेको काठमाडौं महानगरपालिका बालेनको नेतृत्वमा पुग्ने भएको छ । उप-मेयरमा भने एमालेकी सुनिता डंगोल जितेकी छिन् ।
पोखरामा एमालेले विगतमा जितेकोमा यसपटक नेकपा एसका धनराज आचार्यले जितेका छन् । पोखरामा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर जितेकी छिन् ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल, ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन, विराटनगरमा काँग्रेसकै नागेश कोइराला र वीरगञ्जमा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी भएका छन् ।
काँग्रेसले विगतमा जितेको ललितपुर र विराटनगरमा फेरि जितेको छ । माओवादी केन्द्रकी रेनु दाहाल पनि भरतपुरमा फर्किएकी छिन् । जसपाका राजेशमान सिंहले वीरगञ्ज जितेका छन् । विगतमा महन्थ ठाकुर नेतृत्वको राजपाबाट चुनाव लडेका उनी यसपटक उपेन्द्र यादव नेतृत्वको जसपाबाट चुनाव लडेर जित्न सफल भए । उपेन्द्रको नेतृत्वको दलले वीरगञ्जमा पुनः मेयर जिताउन सकेको छ ।
एमालेबाट पोखरामा मञ्जुदेवी गुरुङ, ललितपुरमा आस्था शाक्य र विराटनगरमा शिल्पा कार्की उपमेयरमा विजयी भएका छन् । काठमाडौंमा एमालेकी सुनिता डंगोलले उपमेयरमा जीत पक्का गरिसकेकी छिन् ।
एमालेले २ महानगरपालिकामा भने उपमेयर पनि गुमाएको छ । वीरगञ्ज र भरतपुरमा भने काँग्रेसका उम्मेदवारले उपमेयर जितेका छन् । गठबन्धनमा रहेको काँग्रेसले पोखरा र जसपाले विराटनगरको उपमेयर हारेको छ ।
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न!!
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार पोखरा महानगरपालिका वडा नं. १५ वडा कमिटीले मिति २०७९।०२।११ गते, बुधबार का दिन गरेको आकस्मिक रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । सो रक्तदान कार्यक्रममा कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्ष क. नविन रानाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि नवनिर्वाचित वडाध्यक्ष क. तोरण बहादुर बानियाँ, विशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीका अध्यक्ष क. पान बहादुर जि.सी., जिल्ला कमिटी सचिव क. नमराज के.सी., जिल्ला सदस्यहरु ः सागर गुरुङ्ग, उमेस विसुङ्खे, सोम पुन, नवनिर्वाचित वडा सदस्यहरु आशिष भण्डारी, बलराम पौडेल उपस्थिति हुनुहुन्थ्यो । सो कार्यक्रम वडा कमिटीका सचिव क. सन्तोष जलारीले संचालन गर्नुभएको थियो ।
पोखरामा रगतको अभाव भएको जानकारी पाए लगत्तै राष्ट्रिय युवा संघ नेपाल, कास्की जिल्ला कमिटीले सो कार्यक्रम आयोजना गरेको थियो । मिति २०७९।०२।१४ गते राष्ट्रिय युवा संघ नेपाल माछापुच्छे« गाउँपालिका कमिटीले र मिति २०७९।०२।१३ गते राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीले रक्तदान कार्यक्रम आयोजना गर्ने कुरा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका कास्कीका सचिव नमराज के.सी.ले जानकारी गराउनुभयो ।
पोखरा महानगरमा कुन वडामा कुन पार्टीले जित्यो, पूरा हेरौ ।
पोखरा महानगरमा कुन वडामा कस्को नेतृत्व?
निर्वाचित वडा_अध्यक्षहरु …
पोखरा-१: एमाले बिजयी☀️ शाहारा प्रधान
पोखरा-२: काङ्ग्रेस बिजयी🌳 दिवसमान प्रधानाङ्ग
पोखरा-३: काङ्ग्रेस बिजयी🌳 प्रकाश उदास
पोखरा-४: काङ्ग्रेस बिजयी🌳 देवकृष्ण पराजुली
पोखरा-५: एमाले बिजयी☀️ बिष्णु प्रसाद बराल
पोखरा-६: एमाले विजयी☀️ बिष्णु बहादुर भट्टराई
पोखरा-७: कांग्रेस विजयी 🌳 राम मोहन आचार्य
पोखरा-८: एमाले विजयी ☀️ रुद्र प्रसाद बराल
पोखरा-९: कांग्रेस विजयी 🌳 दिपेन्द्र मरासिनी
पोखरा-१०: कांग्रेस विजयी 🌳 राजेश गुरुङ
पोखरा-११: कांग्रेस विजयी 🌳 प्रेम प्रसाद कर्मचार्य
पोखरा-१२: काङ्ग्रेस बिजयी🌳 सन्तोष बास्तोला
पोखरा-१३: काङ्ग्रेस बिजयी🌳 किरण बराल
पोखरा-१४: कांग्रेस विजयी 🌳 बोधराज कार्की
पाेखरा-१५: – एमाले विजयी ☀️ तोरण वानिया
पाेखरा-१६: – कांग्रेस विजयी 🌳 अमृत शर्मा तिमिल्सिना
पाेखरा-१७: – एमाले विजयी ☀️ राधिका शाही योगि
पाेखरा-१८: – काङ्ग्रेस बिजयी🌳 शिव प्रसाद तिमिल्सिना
पाेखरा-१९: – कांग्रेस विजयी 🌳 पुस्पेन्द्र पाण्डे
पोखरा-२०: -एमाले विजयी ☀️ गंगा केसी
पोखरा २१ : एमाले विजयी ☀️ दीपक प्रसाद सुवेदी
पोखरा २२ : स्वतन्त्र विजयी 🍍 हिमलाल बराल
पोखरा-२३: काङ्ग्रेस बिजयी 🌳 राजकाजी गुरुङ
पोखरा-२४: काङ्ग्रेस बिजयी 🌳 भरत बहादुर अधिकारी
पोखरा-२५: काङ्ग्रेस बिजयी 🌳 मोतिराज तिमिल्सिना
पोखरा-२६: काङ्ग्रेस बिजयी🌳 नरेन्द्र थापा
पोखरा-२७: कांग्रेस विजयी 🌳 पुर्ण कुमार गुरुङ
पोखरा-२८: कांग्रेस विजयी 🌳 श्री कृष्ण लामिछाने
पाेखरा-२९: एमाले विजयी ☀️ श्री प्रसाद गुरुङ
पाेखरा-३०:- कांग्रेस विजयी 🌳दुर्गा प्रसाद सुवेदी
पाेखरा-३१:- कांग्रेस विजयी 🌳 ढक नाथ कडेल
पाेखरा-३२:- कांग्रेस विजयी 🌳 अक्कल बहादुर कार्की
पाेखरा-३३:- कांग्रेस विजयी 🌳 राम चन्द्र अधिकारी
पाँचदलीय गठबन्धनलाई हराउँदै पोखराको उपप्रमुखमा मञ्जु गुरूङको दोस्रो जित
पोखरा, जेठ ११ । सत्ता गठबन्धनलाई पराजित गर्दै पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयीहुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै गुरुङ दोस्रोकार्यकालका लागि पोखरा महानगरको उपप्रमुखमा विजयी हुनुभएको हो ।
गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो । विसं २०७४ को पहिलोनिर्वाचनमा गुरुङले काँग्रेसका सरस्वती गुरुङलाई पराजित गरेर उपप्रमुख निर्वाचित हुनुभएको थियो ।
यसैगरी उपप्रमुखमा राप्रपाका रञ्जना कुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशिल साझाका माधव भण्डारीले २६४ र आमुलपरिर्वतन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका थिए ।
लागू औषध सहित ३ जना मानिस पक्राउ!!
लागू औषध सहित ३ जना मानिस पक्राउ
=======================
मिति २०७९।०२।०८ गते ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२६ जरुवा स्थित चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.२६ जरुवा बस्ने वर्ष ३० को किशोर परियार, ऐ.ऐ. बस्ने वर्ष ३४ को ज्ञान बहादुर पुन र जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.३१ लामास्वारा बस्ने वर्ष ३१ को बिक्की भन्ने विकास गुरुङको साथबाट लागू औषध डाईजापाम-३० एम्पुल, फेनेरागन-३० एम्पुल, नुर्फिन–३० एम्पुल गरी जम्मा-९० एम्पुल र नाईट्रोभ्याट १५ ट्याबलेट लागू औषध र ३ थान मोबाईल सहित फेला पारेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
स्रोत : कास्की प्रहरी
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा