२०८३ असार ८ सोमबार

झापा । शिवसताक्षी वडा नं. १० नेकपा एमालेको प्यानलै विजयी !!

झापा । शिवसताक्षी वडा नं. १० नेकपा एमालेको प्यानलै विजयी
भएको छ । गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हो ।
नेकपा एमालेको वडाध्यक्ष पदका उम्मेद्वार हर्कबहादुर सिगु १५ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । गठबन्धनतर्फका उम्मेद्वार पुष्प पौड्याल लाई ३६४को मतअन्तरले पछि पार्दै सिगु विजयी भएका हुन ।

त्यस्तै महिला सदस्यमा कोपिला मैनालीले १७ सय ८, दलित महिला सदस्य मंगलादेवी वि.क.ले १६ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै खुल्ला सदस्य तर्फ दिपक कुमार पोख्रेल र मातृका प्रसाद कोइराला विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आयल निगमले ह्वात्तै बढायो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल १८०, ग्यास १८ सय

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ।
निगमले आज राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ।

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई फराकिलो मतान्तरले बिजयी !!

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् ।
राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे। हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए। नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन्।
धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन्। उनले २० हजार ५ सय १० मत प्राप्त गरे। उनका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६सय ६ मत पाए।

मदन भण्डारी हरदिन मारिन्छन्: सन्देश गिरी ।

***********मदन हरदिन मारिन्छन्-कविता***********

सत्ता कब्जा गर्ने भुक्छन्
सदन सदन भन्दै,
सडक संघर्ष गर्ने चुक्छन्
सदन सदन भन्दै,
म दन दनि बलिरहेछु,
मदन मदन भन्दै।

आजकल त अनेक छ
बामपंथ नै फेक छ
ब्याज खान्छ ‘जबज’को
बैशाखी उसैको टेक्छ।

युवा पनि गजब यार!

झण्डा लिएर सर्छन्
मालिककै शरण पर्छन्
जनताको छोरो ‘दास’
-ढुङ्गा मुनि झर्छन्
आँखा चिम्काई बक्सियोस्
जनता मिल्काई बक्सियोस्
राजा बस्ने खोपीमा आजकल
राक्षस बस्ने गर्छन्।

तिम्रो फोटो संगसंगै कार्यलय नि सारीन्छन्
बल्खुको ‘शितल’मा मदन हरदिन मारिन्छन्।।

– सन्देश गिरी

७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् ।

आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितीसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् ।जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेकामध्ये ३ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये दुईवटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् ।आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेकामध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

दुई दिन दिने भनिएको बिदा बाट सरकार पछी हत्दै !!!

काठमाडाैं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ ।

बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ । यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ ।

सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए ।

उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए । ‘खासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Australia’s new PM Anthony Albanese: Leader who overcame car crash, party coup rumblings

SYDNEY: Anthony Albanese, Australia’s newly elected prime minister, was rushed to hospital last year after a four-wheel-drive slammed into his car.

“I thought that was it,” he told a local radio station.

At the time, his Labor Party trailed behind the conservative government in opinion polls, struggling to cut through during the COVID-19 pandemic.

But the near-death experience changed his life, Albanese told the media.

In its wake, the opposition leader, 59, recovered on all fronts: Overcoming serious injury, shrugging off rumblings of a party leadership coup and shedding 18kg – an image revamp that raised some eyebrows.

His suits went from baggy to tailored, his bookish wire-framed glasses switched for “Mad Men”-style black full-rims.

Vitally, though, he was able to pull ahead of the country’s ruling conservative coalition in the polls and carry his party to victory.

Source: 7 News

देशभित्र रोजगारी पाइदैन, वैदेशिक रोजगारीमा नगएर कहाँ जाउँ ?

गत चैत महिनामा कैलालीको टीकापुरका मन्दिप चन्द भारतबाट कोरोनाको त्रासले रोजगारी छोडेर नेपाल फर्किए । चन्द भारतको चेन्नईमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँग चन्द धेरै कष्ट भोगेर नेपाल फर्किए ।

कोरोना महामारीमा धेरै समस्या भोगेर नेपाल फर्किएपछि पुनः भारत काम गर्ने नजान्ने सोच बनाएर आएको चन्द बताउँछन् ।

‘के गर्नु भने जस्तो कहाँ हुँदो रहेछ । नेपाल आएको ६ महिना भयो । काम पाइँदैन्,’ उनले भने, ‘देशभित्र सामान्य रोजगारी नपाएपछि परिवार र छोराछोरी कसरी पढाउन आफैं भन्नुहोस न रु’

भारतमा सुरक्षा गार्डको काम गरेर मासिक २७ हजार कमाइ हुन्थ्यो । नेपालमा भएको १० कट्ठा जग्गमा धान रोपाइ गरेपछि काम नपाएको उनको भनाइ छ ।

यस्तै, बैतडीको दशरथचन्द नगरपालिकाका सागर क्षेत्री पनि ५ वर्षदेखि भारतको केरलामा रोजगारी गर्दै आएका छन् । क्षेत्री कोरोना भाइरसको महामारी फैलिएसँगै गत वैशाखमा नेपाल फर्किएको क्षेत्रीले बताउँछन् ।

केरला एक होटलमा मजदुरी गरेर मासिक २० हजार भारतीय रुपैयाँ कमाउने गरेको क्षेत्रीले बताए ।

‘गाउँघरमा काम पाइँदैन् । रोजगारी नपाएपछि जोखिमको परवाह नगरी घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता नै छ,’ उनले भने, ‘भारतमा काम गर्ने नगए साँझ बिहान खान लाउन समेत धौधौ हुन्छ । रोजगारी नभएपछि पैसा हुँदैन । आफै त जसोतसो बाँचिएला तर, छोरोछोरी र परिवार कसरी पाल्ने रु उनीहरुको मायाले पिरोल्न थाल्यो ।’

भारतमा कमाएको पैसाले घरखर्च लगायत छोराछोरी पढाउने गरेको उनको भनाइ छ ।

क्षेत्री र चन्द जस्ता धेरै प्रदेश नम्बर ४, ६ र ७ का नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । यी प्रदेशबाट वार्षिक ५ लाख नेपाली रोजगारीका लागि भारत जाने गरेको सरकारी अनुमान छ । भारतमा होटल, सुरक्षा गार्ड, निर्माण क्षेत्रमा, मजदुरी र अन्य विभिन्न क्षेत्रमा रोजगारी लागि जाने गरेका छन् ।

भारतबाट कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरि पुरानै रोजगारीका लागि विदेशीदै छन् । केही महिना गाउँघरमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल देख्न थालेपछि चाँडपर्वका मुखमा फेरि भारत जान थालेका हुन् । भारत रोजगारीका लागि जाने नेपालीको सीमा र भारतका रेल स्टेशनमा भीड नै लागेको छ ।

खाडी, मलेसिया र अन्य देश फर्किदै

कतारबाट गत फागुनमा घर विदामा आएका भोजपुरका रमण लिम्बू पनि नेपालमा रोजगारीको अवसर नदेखेपछि पुनःश्रम स्वीकृति लिएर उडानको प्रतीक्षामा छन् । लिम्बू कतारको डिवाइज फनिर्चर कम्पनीमा कार्यरत थिए । उनी गत फागुनमा घर विदामा आएका हुन् ।

देशभित्र रोजगारी र केही गर्नेसक्ने सम्भावना नहुँदा पुनस् रोजगारीका लागि जान पुनःश्रम स्वीकृति लिएको लिम्बूले बताए ।

‘नेपालमा बेरोजगारी भएर बस्नुभन्दा मासिक ३० हजार कमाउन कतार जान लागेको हुँ । बाँच्नका लागि भएपनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरकारसँग बेरोजगारी युवालाई ६ महिनासम्म रोजगारी दिनसक्ने क्षमता छैन । हामी विदेश नगएर कहाँ जाउँ त रु’

सरकारले बेरोजगार नागरिकलाई देशभित्र रोजगारी दिने र अवसर सिर्जना गर्ने योजना नभएका कारण धेरै नेपाली जोखिम मोलेर विदेशिनुपर्ने उनको बुझाई छ ।

यसैगरी, काभ्रेका मिलन तामाङ पनि बहराइनबाट गत माघमा घर विदामा आएका थिए । मिलनले अर्को साता बहराइन जानका लागि पुनःश्रम स्वीकृति लिइसकेका छन् । बहराइनको ग्रिल कम्पनीमा मिलन काम कार्यरत थिए ।

‘स्वदेशमा बस्दा काम नपाएपछि आफूहरु मात्र होइन परिवारमै समस्या हुन्छ । कमसेकम बहराइन गयो भने परिवार पाल्न माध्यम त बन्छ । विदेशीको रोजगारीले धेरै चुलो बलेको छ,’ उनले भने, ‘स्वदेशमा बेरोजगार बस्नुभन्दा विदेशमा कोरोना लागेपनि औषधी खाँदै काम गर्ने हो । देशमा काम पाइन्छ भन्ने लाग्दैन ।’

सरकारलाई रेमिट्यान्स भए पुग्ने र बेरोजगार नागरिक विदेशमा मरून् या बाँचुन् भन्नेसँग सरकारको सरोकार नभएको उनको आरोप छ ।

तामाङ र लिम्बूजस्ता धेरै वैदेशिक रोजगारीबाट घर विदामा आएका कामदार पुनः विदेश फर्कन आतुर देखिन्छन् । उनीहरु त प्रतिनिधि पात्र हुन् । लिम्बू र तामाङ जस्ता धेरै घर विदामा आएका नेपालीहरू नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा फर्किने तयारीमा छन् ।

सरकारले गत असारमा वैदेशिक रोजगारीबाट घर विदामा आएका कामदारका हकमा पुनः श्रम स्वीकृति खुलाएको थियो । असार महिनायता करिब ५ हजारले विदेश फर्कन पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ३० हजार कामदार रोकिएको विभागले जनाएको छ । उनीहरु सार्वजनिक यातायात नचलेका कारण रोकिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा करिब ४४ लाख नेपाली विभिन्न देशमा कार्यरत रहेको सरकारी अनुमान छ ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएर करिब २ लाख स्वदेश फर्किन विभिन्न देशमा उद्धारको प्रतीक्षामा रहेका र करिब ४५ हजार चार्टर उडानमार्फत स्वदेश फर्किएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र अर्थतन्त्र गतिशील बनाउने जस्ता क्रियाकलाप सञ्चालनमा समेत बजेटले प्राथमिकता दिएको छ ।

तर, विदेशमा सीप सिकेर आएका नेपाली स्वदेशमा केही गर्ने अवसर नपाएपछि पुनः विदेशिन बाध्य हुन्छन् । सामान्य अवस्थामा दैनिक ८ देखि १२ सय जना वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेको विभागले जनाएको छ ।

मादक पदार्थ सेवनगरी विद्यालय जाने शिक्षकमाथि अनेरास्ववियु क्रान्तिकारीको कारबाही l

मोहन वैध ‘किरण’ नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा एक शिक्षकलाई कालो मोसो र जुत्ताको माला लगाएइदिएका छन् ।

लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवनगरी विद्यालय जाने लगाएतका आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले आज बुधवार खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहामा रहेको पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिक स्थलमा मोसो दल्दै जुत्ताको माला लगाएर जनकारबाही गरेको छ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त कुराको उल्लेख गरेका हुन् ।

साथै अनेरास्ववियु क्रान्तिकारीका नेता पावेल राईलाई उक्त घट्नामा संलग्न भनी गिरफ्तार गरिएको प्रती संगठनले घोर बिरोध एवम् आपत्ति जनाएको छ। गिरफ्तार बिद्यार्थी नेतालाई अविलम्ब रिहाई गर्न अनुरोध समेत गरेको छ।

निर्वाचनमा फूलमाला बिक्री बढ्यो l

रामपुर, । रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गरेका छन्।

एक हप्तामा उनले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गरे। अहिले उनको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन्। वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गरेका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताए।

उनी भन्छन्, ‘निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ,अझै पनि फूलमालाको माग आइरहेको छ।’ यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हुँदा दङ्ग छन्। निर्वाचनलाई मात्रै केन्द्रित गरेको हुँदा उनले यस पटक एक रोपनीमा खेती गरेका हुन्।

‘छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपयलाई माला गाँस्न नभ्याएर फूलमात्रै पनि बिक्री गर्ने गरेको छु, यतिबेला फूल टिप्ने माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छु, उनले भने।

अहिलेसम्म एक लाखको व्यापार गरेका थापाको बगैँचामा अझै सो मूल्य बराबरको फूल रहेको छ। पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उनले बताए।

प्रतिकिलो ५०० र प्रतिमाला रु १५० मा धमाधम बिक्री भइरहेको छ। अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन्।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय