गण्डकीमा दोहोर्याएर उम्मेद्वारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी
पोखरा, ७ जेठ : गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् ।
गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् । यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन् । तर, गोरखाकै धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ पराजित भइन् ।
यता, तनहुँको बन्दिपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ पनि पराजित भएकी छिन् । ऋषिङकी उपाध्यक्ष गीनुमाया थापा, म्याग्देका बालकृष्ण घिमिरे र भीमादका उपमेयर सारदा खनाल भने विजयी भइन् । कास्कीको रुपा गाउँपालिकामा उपाध्यक्ष लालसुब्बा गुरुङ पुनः निर्वाचित भएकी छिन् भने पोखरा महानगरमा दोहोर्याउन खोजेकी मन्जुदेवी गुरुङको गणना सकिएको छैन ।
स्याङजामा कालिगण्डकीको उपाध्यक्ष सावित्रा कोइराला दोश्रो पटक निर्वाचित हुँदा पुतलीबजारका महेश पुरी र गल्याङकी देवीसरा थापा पराजीत भइन् । दोहोर्याएर मनोनयन दर्ता गरेकी नवलपुरकी एकमात्र उपमेयर देवचुली नगरपालिकामा दोश्रो पटक पनि विजयी भएकी छिन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ढिकी गुरुङ पुनः निर्वाचित भएकी छिन् । बागलुङ ढोरपाटनकी उपमेयर करमती पुन र पर्वतको फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारी पराजित भएका छन् ।
यस्तै, उपाध्यक्षबाट अध्यक्षमा बढुवा हुन खोजेका दुईजना पनि पराजित भए । कांग्रेसबाट मुस्ताङको थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचन र एमालेबाट स्याङजाको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ अध्यक्षमा पराजित भएका हुन् ।
जित शुनिश्चित, सुदूरपश्चिमको एक मात्र उपमहानगरमा स्वतन्त्र उम्मेदवार, प्रतिस्पर्धी भन्दा १० हजार मतले अगाडी l
धनगढी, ७ जेठ : सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जीत हाशील गर्ने निश्चित भएको छ । धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।
उनि दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडी रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् । मत गणना करिव करिव अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् ।
अव धनगढीमा करिब साढे १२ हजा मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन । त्यसैले एस पटक सुदूरपश्चिमको एक मात्र उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।
धनगढी उप महानगरपालिकाका १९ वडा मध्य १,२, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएका मध्य १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी वडा नम्बर ७ , ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा मावबादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ ।
२०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उप महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिवेला उनि कांग्रेसका उम्मेदवार नृप बहादुर वड संग २७ सय मत अन्तरले पराजीत बनेका थिए । यस पटक उनै नृप वडलाई पराजीत गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ ।
बलात्कारको आरोप लागेका मनोज पाण्डे पक्राउ परे l
काठमाडौं, ७ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (शनिबार) अपरान्ह पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनी स्वयम्भुबाट पक्राउ परेको जनाईएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। एक किशोरीले ८ वर्षअघि पाण्डेले आफूलाई बलात्कार गरेको घट्ना सोसल मिडियामार्फत सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्न आवाज उठेको थियो । आजमात्रै पनि काठमाडौंको माइतीघरमा बृहत्त विरोध प्रदर्शन गरिएको थियो ।
चट्याङ र हावाहुरीका कारण भारतको बिहारमा ३३ जनाको ज्यान गयो
भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ । हिजो दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ ।
बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितलाई राहत र उद्धारको लागि निर्देशन दिनुभएको छ ।
पोखरा ८ मा एमालेको प्यानलनै विजयी!
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा एमालेका उम्मेदवारको प्यानल नै विजयी भएको छ । रुद्रनाथ बराल नेतृत्वको टोली वडामा निर्वाचित भएको हो ।
वडाध्यक्ष बरालले २१ सय ४० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसका शारदा गिरीलाई पराजित गरे । गिरीले १४ सय ८८ मत प्राप्त गरिन् । भने, वडासदस्य गोविन्द्र बराल, हिराकाजी श्रेष्ठ, पवित्रा पौडेल, लक्ष्मि विक निर्वाचित भएका हुन् ।
७५३ स्थानीय तहहरु काे नाम के के हुन् हेर्नुस् पुरा ??
753 स्थानीय तह हरु काे नाम
1 फुङलिङ नगरपालिका ताप्लेजुङ
2 आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ
3 सिदिङ्वा गाउँपालिका ताप्लेजुङ
4 फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ
5 मिक्वाखोला गाउँपालिका ताप्लेजुङ
6 मेरिङदेन गाउँपालिका ताप्लेजुङ
7 मैवाखोला गाउँपालिका ताप्लेजुङ
8 याङवरक गाउँपालिका ताप्लेजुङ
9 सिरीजङ्घा गाउँपालिका ताप्लेजुङ
10 फिदिम नगरपालिका पाँचथर
11 फालेलुंग गाउँपालिका पाँचथर
12 फाल्गुनन्द गाउँपालिका पाँचथर
13 हिलिहाङ गाउँपालिका पाँचथर
14 कुम्मायक गाउँपालिका पाँचथर
15 मिक्लाजुङ गाउँपालिका पाँचथर
16 तुम्बेवा गाउँपालिका पाँचथर
17 याङवरक गाउँपालिका पाँचथर
18 ईलाम नगरपालिका ईलाम
19 देउमाई नगरपालिका ईलाम
20 माई नगरपालिका ईलाम
21 सूर्योदय नगरपालिका ईलाम
22 फाकफोकथुम गाउँपालिका ईलाम
23 चुलाचुली गाउँपालिका ईलाम
24 माईजोगमाई गाउँपालिका ईलाम
25 माङसेबुङ गाउँपालिका ईलाम
26 रोङ गाउँपालिका ईलाम
27 सन्दकपुर गाउँपालिका ईलाम
28 मेचीनगर नगरपालिका झापा
29 दमक नगरपालिका झापा
30 कन्काई नगरपालिका झापा
31 भद्रपुर नगरपालिका झापा
32 अर्जुनधारा नगरपालिका झापा
33 शिवशताक्षी नगरपालिका झापा
34 गौरादह नगरपालिका झापा
35 विर्तामोड नगरपालिका झापा
36 कमल गाउँपालिका झापा
37 गौरीगंज गाउँपालिका झापा
38 बाह्रदशी गाउँपालिका झापा
39 झापा गाउँपालिका झापा
40 बुद्धशान्ति गाउँपालिका झापा
41 हल्दिवारी गाउँपालिका झापा
42 कचनकवल गाउँपालिका झापा
43 विराटनगर महानगरपालिका मोरंग
44 बेलवारी नगरपालिका मोरंग
45 लेटाङ नगरपालिका मोरंग
46 पथरी शनिश्चरे नगरपालिका मोरंग
47 रंगेली नगरपालिका मोरंग
48 रतुवामाई नगरपालिका मोरंग
49 सुनवर्षि नगरपालिका मोरंग
50 उर्लावारी नगरपालिका मोरंग
51 सुन्दरहरैचा नगरपालिका मोरंग
52 बुढीगंगा गाउँपालिका मोरंग
53 धनपालथान गाउँपालिका मोरंग
54 ग्रामथान गाउँपालिका मोरंग
55 जहदा गाउँपालिका मोरंग
56 कानेपोखरी गाउँपालिका मोरंग
57 कटहरी गाउँपालिका मोरंग
58 केरावारी गाउँपालिका मोरंग
59 मिक्लाजुङ गाउँपालिका मोरंग
60 ईटहरी उपमहानगरपालिका सुनसरी
61 धरान उपमहानगरपालिका सुनसरी
62 ईनरुवा नगरपालिका सुनसरी
63 दुहवी नगरपालिका सुनसरी
64 रामधुनी नगरपालिका सुनसरी
65 बराह नगरपालिका सुनसरी
66 देवानगञ्ज गाउँपालिका सुनसरी
67 कोशी गाउँपालिका सुनसरी
68 गढी गाउँपालिका सुनसरी
69 बर्जु गाउँपालिका सुनसरी
70 भोक्राहा गाउँपालिका सुनसरी
71 हरिनगरा गाउँपालिका सुनसरी
72 पाख्रिबास नगरपालिका धनकुटा
73 धनकुटा नगरपालिका धनकुटा
74 महालक्ष्मी नगरपालिका धनकुटा
75 साँगुरीगढी गाउँपालिका धनकुटा
76 खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका धनकुटा
77 छथर जोरपाटी गाउँपालिका धनकुटा
78 चौविसे गाउँपालिका धनकुटा
79 म्याङलुङ नगरपालिका तेहथुम
80 लालीगुराँस नगरपालिका तेहथुम
81 आठराई गाउँपालिका तेहथुम
82 छथर गाउँपालिका तेहथुम
83 फेदाप गाउँपालिका तेहथुम
84 मेन्छयायेम गाउँपालिका तेहथुम
85 चैनपुर नगरपालिका संखुवासभा
86 धर्मदेवी नगरपालिका संखुवासभा
87 खाँदवारी नगरपालिका संखुवासभा
88 मादी नगरपालिका संखुवासभा
89 पाँचखपन नगरपालिका संखुवासभा
90 भोटखोला गाउँपालिका संखुवासभा
91 चिचिला गाउँपालिका संखुवासभा
92 मकालु गाउँपालिका संखुवासभा
93 सभापोखरी गाउँपालिका संखुवासभा
94 सिलीचोङ गाउँपालिका संखुवासभा
95 भोजपुर नगरपालिका भोजपुर
96 षडानन्द नगरपालिका भोजपुर
97 ट्याम्केमैयुम गाउँपालिका भोजपुर
98 रामप्रसाद राई गाउँपालिका भोजपुर
99 अरुण गाउँपालिका भोजपुर
100 पौवादुङमा गाउँपालिका भोजपुर
101 साल्पासिलिछो गाउँपालिका भोजपुर
102 आमचोक गाउँपालिका भोजपुर
103 हतुवागढी गाउँपालिका भोजपुर
104 सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु
105 दुधकोसी गाउँपालिका सोलुखुम्बु
106 खुम्वु पासाङल्हमु गाउँपालिका सोलुखुम्बु
107 दुधकौशिका गाउँपालिका सोलुखुम्बु
108 नेचासल्यान गाउँपालिका सोलुखुम्बु
109 माहाकुलुङ गाउँपालिका सोलुखुम्बु
110 लिखु पिके गाउँपालिका सोलुखुम्बु
111 सोताङ गाउँपालिका सोलुखुम्बु
112 सिद्दिचरण नगरपालिका ओखलढुंगा
113 खिजिदेम्बा गाउँपालिका ओखलढुंगा
114 चम्पादेवी गाउँपालिका ओखलढुंगा
115 चिशंखुगढी गाउँपालिका ओखलढुंगा
116 मानेभञ्याङ गाउँपालिका ओखलढुंगा
117 मोलुङ गाउँपालिका ओखलढुंगा
118 लिखु गाउँपालिका ओखलढुंगा
119 सुनकोशी गाउँपालिका ओखलढुंगा
120 हलेसी तुवाचुङ नगरपालिका खोटाङ
121 रुपाकोट मझुवागढी नगरपालिका खोटाङ
122 ऐसेलुखर्क गाउँपालिका खोटाङ
123 लामीडाँडा गाउँपालिका खोटाङ
124 जन्तेढुंगा गाउँपालिका खोटाङ
125 खोटेहाङ गाउँपालिका खोटाङ
126 केपिलासगढी गाउँपालिका खोटाङ
127 दिप्रुङ गाउँपालिका खोटाङ
128 साकेला गाउँपालिका खोटाङ
129 वराहपोखरी गाउँपालिका खोटाङ
130 कटारी नगरपालिका उदयपुर
131 चौदण्डीगढी नगरपालिका उदयपुर
132 त्रियुगा नगरपालिका उदयपुर
133 वेलका नगरपालिका उदयपुर
134 उदयपुरगढी गाउँपालिका उदयपुर
135 ताप्ली गाउँपालिका उदयपुर
136 रौतामाई गाउँपालिका उदयपुर
137 सुनकोशी गाउँपालिका उदयपुर
138 राजविराज नगरपालिका सप्तरी
139 कञ्चनरुप नगरपालिका सप्तरी
140 डाक्नेश्वरी नगरपालिका सप्तरी
141 बोदेबरसाईन नगरपालिका सप्तरी
142 खडक नगरपालिका सप्तरी
143 शम्भुनाथ नगरपालिका सप्तरी
144 सुरुङ्गा नगरपालिका सप्तरी
145 हनुमाननगर कङ्कालिनी नगरपालिका सप्तरी
146 सप्तकोशी नगरपालिका सप्तरी
147 अग्निसाइर कृष्णासवरन गाउँपालिका सप्तरी
148 छिन्नमस्ता गाउँपालिका सप्तरी
149 महादेवा गाउँपालिका सप्तरी
150 तिरहुत गाउँपालिका सप्तरी
151 तिलाठी कोईलाडी गाउँपालिका सप्तरी
152 रुपनी गाउँपालिका सप्तरी
153 बेल्ही चपेना गाउँपालिका सप्तरी
154 बिष्णुपुर गाउँपालिका सप्तरी
155 बलान-बिहुल गाउँपालिका सप्तरी
156 लहान नगरपालिका सिराहा
157 धनगढीमाई नगरपालिका सिराहा
158 सिरहा नगरपालिका सिराहा
159 गोलबजार नगरपालिका सिराहा
160 मिर्चैयाँ नगरपालिका सिराहा
161 कल्याणपुर नगरपालिका सिराहा
162 कर्जन्हा नगरपालिका सिराहा
163 सुखीपुर नगरपालिका सिराहा
164 भगवानपुर गाउँपालिका सिराहा
165 औरही गाउँपालिका सिराहा
166 विष्णुपुर गाउँपालिका सिराहा
167 बरियारपट्टी गाउँपालिका सिराहा
168 लक्ष्मीपुर पतारी गाउँपालिका सिराहा
169 नरहा गाउँपालिका सिराहा
170 सखुवानान्कारकट्टी गाउँपालिका सिराहा
171 अर्नमा गाउँपालिका सिराहा
172 नवराजपुर गाउँपालिका सिराहा
173 जनकपुर उपमहानगरपालिका धनुषा
174 क्षिरेश्वरनाथ नगरपालिका धनुषा
175 गणेशमान चारनाथ नगरपालिका धनुषा
176 धनुषाधाम नगरपालिका धनुषा
177 नगराइन नगरपालिका धनुषा
178 विदेह नगरपालिका धनुषा
179 मिथिला नगरपालिका धनुषा
180 शहीदनगर नगरपालिका धनुषा
181 सबैला नगरपालिका धनुषा
182 कमला नगरपालिका धनुषा
183 मिथिला बिहारी नगरपालिका धनुषा
184 हंसपुर नगरपालिका धनुषा
185 जनकनन्दिनी गाउँपालिका धनुषा
186 बटेश्वर गाउँपालिका धनुषा
187 मुखियापट्टी मुसहरमिया गाउँपालिका धनुषा
188 लक्ष्मीनिया गाउँपालिका धनुषा
189 औरही गाउँपालिका धनुषा
190 धनौजी गाउँपालिका धनुषा
191 जलेश्वर नगरपालिका महोत्तरी
192 बर्दिबास नगरपालिका महोत्तरी
193 गौशाला नगरपालिका महोत्तरी
194 लोहरपट्टी नगरपालिका महोत्तरी
195 रामगोपालपुर नगरपालिका महोत्तरी
196 मनरा शिसवा नगरपालिका महोत्तरी
197 मटिहानी नगरपालिका महोत्तरी
198 भँगाहा नगरपालिका महोत्तरी
199 बलवा नगरपालिका महोत्तरी
200 औरही नगरपालिका महोत्तरी
201 एकडारा गाउँपालिका महोत्तरी
202 सोनमा गाउँपालिका महोत्तरी
203 साम्सी गाउँपालिका महोत्तरी
204 महोत्तरी गाउँपालिका महोत्तरी
205 पिपरा गाउँपालिका महोत्तरी
206 ईश्वरपुर नगरपालिका सर्लाही
207 मलंगवा नगरपालिका सर्लाही
208 लालबन्दी नगरपालिका सर्लाही
209 हरिपुर नगरपालिका सर्लाही
210 हरिपुर्वा नगरपालिका सर्लाही
211 हरिवन नगरपालिका सर्लाही
212 बरहथवा नगरपालिका सर्लाही
213 बलरा नगरपालिका सर्लाही
214 गोडैटा नगरपालिका सर्लाही
215 बागमती नगरपालिका सर्लाही
216 कविलासी नगरपालिका सर्लाही
217 चक्रघट्टा गाउँपालिका सर्लाही
218 चन्द्रनगर गाउँपालिका सर्लाही
219 धनकौल गाउँपालिका सर्लाही
220 ब्रह्मपुरी गाउँपालिका सर्लाही
221 रामनगर गाउँपालिका सर्लाही
222 विष्णु गाउँपालिका सर्लाही
223 कौडेना गाउँपालिका सर्लाही
224 पर्सा गाउँपालिका सर्लाही
225 बसबरीया गाउँपालिका सर्लाही
226 कमलामाई नगरपालिका सिन्धुली
227 दुधौली नगरपालिका सिन्धुली
228 गोलन्जर गाउँपालिका सिन्धुली
229 घ्याङलेख गाउँपालिका सिन्धुली
230 तीनपाटन गाउँपालिका सिन्धुली
231 फिक्कल गाउँपालिका सिन्धुली
232 मरिण गाउँपालिका सिन्धुली
233 सुनकोशी गाउँपालिका सिन्धुली
234 हरिहरपुरगढी गाउँपालिका सिन्धुली
235 मन्थली नगरपालिका रामेछाप
236 रामेछाप नगरपालिका रामेछाप
237 उमाकुण्ड गाउँपालिका रामेछाप
238 खाँडादेवी गाउँपालिका रामेछाप
239 गोकुलगङ्गा गाउँपालिका रामेछाप
240 दोरम्बा गाउँपालिका रामेछाप
241 लिखु गाउँपालिका रामेछाप
242 सुनापती गाउँपालिका रामेछाप
243 जिरी नगरपालिका दोलखा
244 भिमेश्वर नगरपालिका दोलखा
245 कालिन्चोक गाउँपालिका दोलखा
246 गौरीशङ्कर गाउँपालिका दोलखा
247 तामाकोशी गाउँपालिका दोलखा
248 मेलुङ्ग गाउँपालिका दोलखा
249 विगु गाउँपालिका दोलखा
250 वैतेश्वर गाउँपालिका दोलखा
251 शैलुङ्ग गाउँपालिका दोलखा
252 चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक
253 बाह्रविसे नगरपालिका सिन्धुपाल्चोक
254 मेलम्ची नगरपालिका सिन्धुपाल्चोक
255 ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक
256 जुगल गाउँपालिका सिन्धुपाल्चोक
257 पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक
258 बलेफी गाउँपालिका सिन्धुपाल्चोक
259 भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक
260 लिसङ्खु पाखर गाउँपालिका सिन्धुपाल्चोक
261 सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक
262 हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक
263 त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक
264 धुलिखेल नगरपालिका काभ्रेपलान्चोक
265 बनेपा नगरपालिका काभ्रेपलान्चोक
266 पनौती नगरपालिका काभ्रेपलान्चोक
267 पाँचखाल नगरपालिका काभ्रेपलान्चोक
268 नमोबुद्ध नगरपालिका काभ्रेपलान्चोक
269 मण्डनदेउपुर नगरपालिका काभ्रेपलान्चोक
270 खानीखोला गाउँपालिका काभ्रेपलान्चोक
271 चौंरीदेउराली गाउँपालिका काभ्रेपलान्चोक
272 तेमाल गाउँपालिका काभ्रेपलान्चोक
273 बेथानचोक गाउँपालिका काभ्रेपलान्चोक
274 भुम्लु गाउँपालिका काभ्रेपलान्चोक
275 महाभारत गाउँपालिका काभ्रेपलान्चोक
276 रोशी गाउँपालिका काभ्रेपलान्चोक
277 ललितपुर महानगरपालिका ललितपुर
278 गोदावरी नगरपालिका ललितपुर
279 महालक्ष्मी नगरपालिका ललितपुर
280 कोन्ज्योसोम गाउँपालिका ललितपुर
281 बागमती गाउँपालिका ललितपुर
282 महाङ्काल गाउँपालिका ललितपुर
283 चाँगुनारायण नगरपालिका भक्तपुर
284 भक्तपुर नगरपालिका भक्तपुर
285 मध्यपुर थिमी नगरपालिका भक्तपुर
286 सूर्यविनायक नगरपालिका भक्तपुर
287 काठमाण्डौं महानगरपालिका काठमाण्डौ
288 कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ
289 कीर्तिपुर नगरपालिका काठमाण्डौ
290 गोकर्णेश्वर नगरपालिका काठमाण्डौ
291 चन्द्रागिरी नगरपालिका काठमाण्डौ
292 टोखा नगरपालिका काठमाण्डौ
293 तारकेश्वर नगरपालिका काठमाण्डौ
294 दक्षिणकाली नगरपालिका काठमाण्डौ
295 नागार्जुन नगरपालिका काठमाण्डौ
296 बुढानिलकण्ठ नगरपालिका काठमाण्डौ
297 शङ्खरापुर नगरपालिका काठमाण्डौ
298 विदुर नगरपालिका नुवाकोट
299 बेलकोटगढी नगरपालिका नुवाकोट
300 ककनी गाउँपालिका नुवाकोट
301 किस्पाङ गाउँपालिका नुवाकोट
302 तादी गाउँपालिका नुवाकोट
303 तारकेश्वर गाउँपालिका नुवाकोट
304 दुप्चेश्वर गाउँपालिका नुवाकोट
305 पञ्चकन्या गाउँपालिका नुवाकोट
306 लिखु गाउँपालिका नुवाकोट
307 मेघाङ गाउँपालिका नुवाकोट
308 शिवपुरी गाउँपालिका नुवाकोट
309 सुर्यगढी गाउँपालिका नुवाकोट
310 उत्तरगया गाउँपालिका रसुवा
311 कालिका गाउँपालिका रसुवा
312 गोसाईकुण्ड गाउँपालिका रसुवा
313 नौकुण्ड गाउँपालिका रसुवा
314 पार्वतीकुण्ड गाउँपालिका रसुवा
315 धुनीबेंशी नगरपालिका धादिङ
316 निलकण्ठ नगरपालिका धादिङ
317 खनियाबास गाउँपालिका धादिङ
318 गजुरी गाउँपालिका धादिङ
319 गल्छी गाउँपालिका धादिङ
320 गङ्गाजमुना गाउँपालिका धादिङ
321 ज्वालामूखी गाउँपालिका धादिङ
322 थाक्रे गाउँपालिका धादिङ
323 नेत्रावति गाउँपालिका धादिङ
324 बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ
325 रुवी भ्याली गाउँपालिका धादिङ
326 सिद्धलेक गाउँपालिका धादिङ
327 त्रिपुरासुन्दरी गाउँपालिका धादिङ
328 हेटौडा उपमहानगरपालिका मकवानपुर
329 थाहा नगरपालिका मकवानपुर
330 इन्द्रसरोबर गाउँपालिका मकवानपुर
331 कैलाश गाउँपालिका मकवानपुर
332 बकैया गाउँपालिका मकवानपुर
333 बाग्मति गाउँपालिका मकवानपुर
334 भिमफेदी गाउँपालिका मकवानपुर
335 मकवानपुरगढी गाउँपालिका मकवानपुर
336 मनहरी गाउँपालिका मकवानपुर
337 राक्सिराङ्ग गाउँपालिका मकवानपुर
338 चन्द्रपुर नगरपालिका रौतहट
339 गरुडा नगरपालिका रौतहट
340 गौर नगरपालिका रौतहट
341 बौधीमाई नगरपालिका रौतहट
342 बृन्दावन नगरपालिका रौतहट
343 देवाही गोनाही नगरपालिका रौतहट
344 गढीमाई नगरपालिका रौतहट
345 गुजरा नगरपालिका रौतहट
346 कटहरिया नगरपालिका रौतहट
347 माधव नारायण नगरपालिका रौतहट
348 मौलापुर नगरपालिका रौतहट
349 फतुवाबिजयपुर नगरपालिका रौतहट
350 ईशनाथ नगरपालिका रौतहट
351 परोहा नगरपालिका रौतहट
352 राजपुर नगरपालिका रौतहट
353 राजदेवी नगरपालिका रौतहट
354 दुर्गा भगवती गाउँपालिका रौतहट
355 यमुनामाई गाउँपालिका रौतहट
356 कलैया उपमहानगरपालिका वारा
357 जीतपुर सिमरा उपमहानगरपालिका वारा
358 कोल्हवी नगरपालिका वारा
359 निजगढ नगरपालिका वारा
360 महागढीमाई नगरपालिका वारा
361 सिम्रौनगढ नगरपालिका वारा
362 पचरौता नगरपालिका वारा
363 आदर्श कोटवाल गाउँपालिका वारा
364 करैयामाई गाउँपालिका वारा
365 देवताल गाउँपालिका वारा
366 परवानीपुर गाउँपालिका वारा
367 प्रसौनी गाउँपालिका वारा
368 फेटा गाउँपालिका वारा
369 बारागढीगाउँपालिका वारा
370 सुवर्ण गाउँपालिका वारा
371 विश्रामपुर गाउँपालिका वारा
372 बिरगंज महानगरपालिका पर्सा
373 पोखरिया नगरपालिका पर्सा
374 बहुदरमाई नगरपालिका पर्सा
375 पर्सागढी नगरपालिका पर्सा
376 ठोरी गाउँपालिका पर्सा
377 जगरनाथपुर गाउँपालिका पर्सा
378 धोबीनी गाउँपालिका पर्सा
379 छिपहरमाई गाउँपालिका पर्सा
380 पकाहा मैनपुर गाउँपालिका पर्सा
381 बिन्दबासिनी गाउँपालिका पर्सा
382 सखुवा प्रसौनी गाउँपालिका पर्सा
383 पटेर्वा सुगौली गाउँपालिका पर्सा
384 कालिकामाई गाउँपालिका पर्सा
385 जिरा भवानी गाउँपालिका पर्सा
386 भरतपुर महानगरपालिका चितवन
387 कालिका नगरपालिका चितवन
388 खैरहनी नगरपालिका चितवन
389 माडी नगरपालिका चितवन
390 रत्ननगर नगरपालिका चितवन
391 राप्ती नगरपालिका चितवन
392 इच्छाकामना गाउँपालिका चितवन
393 गोरखा नगरपालिका गोरखा
394 पालुङटार नगरपालिका गोरखा
395 सुलीकोट गाउँपालिका गोरखा
396 सिरानचोक गाउँपालिका गोरखा
397 अजिरकोट गाउँपालिका गोरखा
398 आरूघाट गाउँपालिका गोरखा
399 गण्डकी गाउँपालिका गोरखा
400 चुमनुव्री गाउँपालिका गोरखा
401 धार्चे गाउँपालिका गोरखा
402 भिमसेन गाउँपालिका गोरखा
403 शहिद लखन गाउँपालिका गोरखा
404 बेसीशहर नगरपालिका लमजुङ
405 मध्यनेपाल नगरपालिका लमजुङ
406 रार्इनास नगरपालिका लमजुङ
407 सुन्दरबजार नगरपालिका लमजुङ
408 क्व्होलासोथार गाउँपालिका लमजुङ
409 दूधपोखरी गाउँपालिका लमजुङ
410 दोर्दी गाउँपालिका लमजुङ
411 मर्स्याङदी गाउँपालिका लमजुङ
412 भानु नगरपालिका तनहुँ
413 भिमाद नगरपालिका तनहुँ
414 व्यास नगरपालिका तनहुँ
415 शुक्लागण्डकी नगरपालिका तनहुँ
416 आँबुखैरेनी गाउँपालिका तनहुँ
417 ऋषिङ्ग गाउँपालिका तनहुँ
418 घिरिङ गाउँपालिका तनहुँ
419 देवघाट गाउँपालिका तनहुँ
420 म्याग्दे गाउँपालिका तनहुँ
421 वन्दिपुर गाउँपालिका तनहुँ
422 गल्याङ नगरपालिका स्याङजा
423 चापाकोट नगरपालिका स्याङजा
424 पुतलीबजार नगरपालिका स्याङजा
425 भीरकोट नगरपालिका स्याङजा
426 वालिङ नगरपालिका स्याङजा
427 अर्जुनचौपारी गाउँपालिका स्याङजा
428 आँधिखोला गाउँपालिका स्याङजा
429 कालीगण्डकी गाउँपालिका स्याङजा
430 फेदीखोला गाउँपालिका स्याङजा
431 बिरुवा गाउँपालिका स्याङजा
432 हरिनास गाउँपालिका स्याङजा
433 पोखरा लेखनाथ महानगरपालिका कास्की
434 अन्नपूर्ण गाउँपालिका कास्की
435 माछापुच्छ्रे गाउँपालिका कास्की
436 मादी गाउँपालिका कास्की
437 रूपा गाउँपालिका कास्की
438 चामे गाउँपालिका मनाङ
439 नारफू गाउँपालिका मनाङ
440 नाशोङ गाउँपालिका मनाङ
441 नेस्याङ गाउँपालिका मनाङ
442 घरपझोङ गाउँपालिका मुस्ताङ
443 थासाङ गाउँपालिका मुस्ताङ
444 दालोमे गाउँपालिका मुस्ताङ
445 लोमन्थाङ गाउँपालिका मुस्ताङ
446 वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ
447 बेनी नगरपालिका म्याग्दी
448 अन्नपूर्ण गाउँपालिका म्याग्दी
449 धवलागिरी गाउँपालिका म्याग्दी
450 मंगला गाउँपालिका म्याग्दी
451 मालिका गाउँपालिका म्याग्दी
452 रघुगंगा गाउँपालिका म्याग्दी
453 कुश्मा नगरपालिका पर्वत
454 फलेवास नगरपालिका पर्वत
455 जलजला गाउँपालिका पर्वत
456 पैयूं गाउँपालिका पर्वत
457 महाशिला गाउँपालिका पर्वत
458 मोदी गाउँपालिका पर्वत
459 विहादी गाउँपालिका पर्वत
460 बागलुङ नगरपालिका वाग्लुङ
461 गल्कोट नगरपालिका वाग्लुङ
462 जैमूनी नगरपालिका वाग्लुङ
463 ढोरपाटन नगरपालिका वाग्लुङ
464 वरेङ गाउँपालिका वाग्लुङ
465 काठेखोला गाउँपालिका वाग्लुङ
466 तमानखोला गाउँपालिका वाग्लुङ
467 ताराखोला गाउँपालिका वाग्लुङ
468 निसीखोला गाउँपालिका वाग्लुङ
469 वडिगाड गाउँपालिका वाग्लुङ
470 मुसिकोट नगरपालिका गुल्मी
471 रेसुङ्गा नगरपालिका गुल्मी
472 ईस्मा गाउँपालिका गुल्मी
473 कालीगण्डकी गाउँपालिका गुल्मी
474 गुल्मी दरबार गाउँपालिका गुल्मी
475 सत्यवती गाउँपालिका गुल्मी
476 चन्द्रकोट गाउँपालिका गुल्मी
477 रुरु गाउँपालिका गुल्मी
478 छत्रकोट गाउँपालिका गुल्मी
479 धुर्कोट गाउँपालिका गुल्मी
480 मदाने गाउँपालिका गुल्मी
481 मालिका गाउँपालिका गुल्मी
482 रामपुर नगरपालिका पाल्पा
483 तानसेन नगरपालिका पाल्पा
484 निस्दी गाउँपालिका पाल्पा
485 पूर्वखोला गाउँपालिका पाल्पा
486 रम्भा गाउँपालिका पाल्पा
487 माथागढी गाउँपालिका पाल्पा
488 तिनाउ गाउँपालिका पाल्पा
489 बगनासकाली गाउँपालिका पाल्पा
490 रिब्दिकोट गाउँपालिका पाल्पा
491 रैनादेवी छहरा गाउँपालिका पाल्पा
492 बुटवल उपमहानगरपालिका रुपन्देही
493 देवदह नगरपालिका रुपन्देही
494 लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही
495 सैनामैना नगरपालिका रुपन्देही
496 सिद्धार्थनगर नगरपालिका रुपन्देही
497 तिलोत्तमा नगरपालिका रुपन्देही
498 गैडहवा गाउँपालिका रुपन्देही
499 कन्चन गाउँपालिका रुपन्देही
500 कोटहीमाई गाउँपालिका रुपन्देही
501 मर्चवारी गाउँपालिका रुपन्देही
502 मायादेवी गाउँपालिका रुपन्देही
503 ओमसतिया गाउँपालिका रुपन्देही
504 रोहिणी गाउँपालिका रुपन्देही
505 सम्मरीमाई गाउँपालिका रुपन्देही
506 सियारी गाउँपालिका रुपन्देही
507 शुद्धोधन गाउँपालिका रुपन्देही
508 कपिलवस्तु नगरपालिका कपिलबस्तु
509 बुद्धभूमी नगरपालिका कपिलबस्तु
510 शिवराज नगरपालिका कपिलबस्तु
511 महाराजगंज नगरपालिका कपिलबस्तु
512 कृष्णनगर नगरपालिका कपिलबस्तु
513 बाणगंगा नगरपालिका कपिलबस्तु
514 मायादेवी गाउँपालिका कपिलबस्तु
515 यसोधरा गाउँपालिका कपिलबस्तु
516 सुद्धोधन गाउँपालिका कपिलबस्तु
517 विजयनगर गाउँपालिका कपिलबस्तु
518 सन्धिखर्क नगरपालिका अर्घाखाँची
519 शितगंगा नगरपालिका अर्घाखाँची
520 भूमिकास्थान नगरपालिका अर्घाखाँची
521 छत्रदेव गाउँपालिका अर्घाखाँची
522 पाणिनी गाउँपालिका अर्घाखाँची
523 मालारानी गाउँपालिका अर्घाखाँची
524 प्यूठान नगरपालिका प्यूठान
525 स्वर्गद्वारी नगरपालिका प्यूठान
526 गौमुखी गाउँपालिका प्यूठान
527 माण्डवी गाउँपालिका प्यूठान
528 सरुमारानी गाउँपालिका प्यूठान
529 मल्लरानी गाउँपालिका प्यूठान
530 नौवहिनी गाउँपालिका प्यूठान
531 झिमरुक गाउँपालिका प्यूठान
532 ऐरावती गाउँपालिका प्यूठान
533 रोल्पा नगरपालिका रोल्पा
534 त्रिवेणी गाउँपालिका रोल्पा
535 दुईखोली गाउँपालिका रोल्पा
536 माडी गाउँपालिका रोल्पा
537 रुन्टीगढी गाउँपालिका रोल्पा
538 लुङग्री गाउँपालिका रोल्पा
539 सुकिदह गाउँपालिका रोल्पा
540 सुनछहरी गाउँपालिका रोल्पा
541 सुवर्णावती गाउँपालिका रोल्पा
542 थवाङ गाउँपालिका रोल्पा
543 मुसिकोट नगरपालिका रुकुम (पश्चिम भाग)
544 चौरजहारी नगरपालिका रुकुम (पश्चिम भाग)
545 आठबिसकोट नगरपालिका रुकुम (पश्चिम भाग)
546 पुथा उत्तरगंगा गाउँपालिका रुकुम (पूर्वी भाग)
547 भूमे गाउँपालिका रुकुम (पूर्वी भाग)
548 सिस्ने गाउँपालिका रुकुम (पूर्वी भाग)
549 बाँफिकोट गाउँपालिका रुकुम (पश्चिम भाग)
550 त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम भाग)
551 सानी भेरी गाउँपालिका रुकुम (पश्चिम भाग)
552 शारदा नगरपालिका सल्यान
553 बागचौर नगरपालिका सल्यान
554 बनगाड कुपिण्डे नगरपालिका सल्यान
555 कालिमाटी गाउँपालिका सल्यान
556 त्रिवेणी गाउँपालिका सल्यान
557 कपुरकोट गाउँपालिका सल्यान
558 छत्रेश्वरी गाउँपालिका सल्यान
559 ढोरचौर गाउँपालिका सल्यान
560 कुमाखमालिका गाउँपालिका सल्यान
561 दार्मा गाउँपालिका सल्यान
562 तुल्सीपुर उपमहानगरपालिका दाङ
563 घोराही उपमहानगरपालिका दाङ
564 लमही नगरपालिका दाङ
565 बंगलाचुली गाउँपालिका दाङ
566 दंगीशरण गाउँपालिका दाङ
567 गढवा गाउँपालिका दाङ
568 राजपुर गाउँपालिका दाङ
569 राप्ती गाउँपालिका दाङ
570 शान्तिनगर गाउँपालिका दाङ
571 बबई गाउँपालिका दाङ
572 नेपालगंज उपमहानगरपालिका बाँके
573 कोहलपुर नगरपालिका बाँके
574 नरैनापुर गाउँपालिका बाँके
575 राप्तीसोनारी गाउँपालिका बाँके
576 बैजनाथ गाउँपालिका बाँके
577 खजुरा गाउँपालिका बाँके
578 डुडुवा गाउँपालिका बाँके
579 जानकी गाउँपालिका बाँके
580 गुलरिया नगरपालिका बर्दिया
581 मधुवन नगरपालिका बर्दिया
582 राजापुर नगरपालिका बर्दिया
583 ठाकुरबाबा नगरपालिका बर्दिया
584 बाँसगढी नगरपालिका बर्दिया
585 बारबर्दिया नगरपालिका बर्दिया
586 बढैयाताल गाउँपालिका बर्दिया
587 गेरुवा गाउँपालिका बर्दिया
588 बीरेन्द्रनगर नगरपालिका सुर्खेत
589 भेरीगंगा नगरपालिका सुर्खेत
590 गुर्भाकोट नगरपालिका सुर्खेत
591 पञ्चपुरी नगरपालिका सुर्खेत
592 लेकवेशी नगरपालिका सुर्खेत
593 चौकुने गाउँपालिका सुर्खेत
594 बराहताल गाउँपालिका सुर्खेत
595 चिङ्गाड गाउँपालिका सुर्खेत
596 सिम्ता गाउँपालिका सुर्खेत
597 नारायण नगरपालिका दैलेख
598 दुल्लु नगरपालिका दैलेख
599 चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेख
600 आठबीस नगरपालिका दैलेख
601 भगवतीमाई गाउँपालिका दैलेख
602 गुराँस गाउँपालिका दैलेख
603 डुंगेश्वर गाउँपालिका दैलेख
604 नौमुले गाउँपालिका दैलेख
605 महावु गाउँपालिका दैलेख
606 भैरवी गाउँपालिका दैलेख
607 ठाँटीकाँध गाउँपालिका दैलेख
608 भेरी नगरपालिका जाजरकोट
609 छेडागाड नगरपालिका जाजरकोट
610 त्रिवेणी नलगाड नगरपालिका जाजरकोट
611 बारेकोट गाउँपालिका जाजरकोट
612 कुसे गाउँपालिका जाजरकोट
613 जुनीचाँदे गाउँपालिका जाजरकोट
614 शिवालय गाउँपालिका जाजरकोट
615 ठुली भेरी नगरपालिका डोल्पा
616 त्रिपुरासुन्दरी नगरपालिका डोल्पा
617 डोल्पो बुद्ध गाउँपालिका डोल्पा
618 शे फोक्सुन्डो गाउँपालिका डोल्पा
619 जगदुल्ला गाउँपालिका डोल्पा
620 मुड्केचुला गाउँपालिका डोल्पा
621 काईके गाउँपालिका डोल्पा
622 छार्का ताङसोङ गाउँपालिका डोल्पा
623 चन्दननाथ नगरपालिका जुम्ला
624 कनकासुन्दरी गाउँपालिका जुम्ला
625 सिंजा गाउँपालिका जुम्ला
626 हिमा गाउँपालिका जुम्ला
627 तिला गाउँपालिका जुम्ला
628 गुठिचौर गाउँपालिका जुम्ला
629 तातोपानी गाउँपालिका जुम्ला
630 पातारासी गाउँपालिका जुम्ला
631 खाँडाचक्र नगरपालिका कालिकोट
632 रास्कोट नगरपालिका कालिकोट
633 तिलागुफा नगरपालिका कालिकोट
634 पचालझरना गाउँपालिका कालिकोट
635 सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
636 नरहरिनाथ गाउँपालिका कालिकोट
637 कालिका गाउँपालिका कालिकोट
638 महावै गाउँपालिका कालिकोट
639 पलाता गाउँपालिका कालिकोट
640 छायाँनाथ रारा नगरपालिका मुगु
641 मुगुम कार्मारोंग गाउँपालिका मुगु
642 सोरु गाउँपालिका मुगु
643 खत्याड गाउँपालिका मुगु
644 सिमकोट गाउँपालिका हुम्ला
645 नाम्खा गाउँपालिका हुम्ला
646 खार्पुनाथ गाउँपालिका हुम्ला
647 सर्केगाड गाउँपालिका हुम्ला
648 चंखेली गाउँपालिका हुम्ला
649 अदानचुली गाउँपालिका हुम्ला
650 ताँजाकोट गाउँपालिका हुम्ला
651 बडीमालिका नगरपालिका बाजुरा
652 त्रिवेणी नगरपालिका बाजुरा
653 बुढीगंगा नगरपालिका बाजुरा
654 बुढीनन्दा नगरपालिका बाजुरा
655 गौमुल गाउँपालिका बाजुरा
656 पाण्डव गुफा गाउँपालिका बाजुरा
657 स्वामीकार्तिक गाउँपालिका बाजुरा
658 छेडेदह गाउँपालिका बाजुरा
659 हिमाली गाउँपालिका बाजुरा
660 जयपृथ्वी नगरपालिका बझाङ
661 बुंगल नगरपालिका बझाङ
662 तलकोट गाउँपालिका बझाङ
663 मष्टा गाउँपालिका बझाङ
664 खप्तडछान्ना गाउँपालिका बझाङ
665 थलारा गाउँपालिका बझाङ
666 वित्थडचिर गाउँपालिका बझाङ
667 सूर्मा गाउँपालिका बझाङ
668 छबिसपाथिभेरा गाउँपालिका बझाङ
669 दुर्गाथली गाउँपालिका बझाङ
670 केदारस्युँ गाउँपालिका बझाङ
671 काँडा गाउँपालिका बझाङ
672 मंगलसेन नगरपालिका अछाम
673 कमलबजार नगरपालिका अछाम
674 साँफेबगर नगरपालिका अछाम
675 पन्चदेवल विनायक नगरपालिका अछाम
676 चौरपाटी गाउँपालिका अछाम
677 मेल्लेख गाउँपालिका अछाम
678 बान्निगढी जयगढ गाउँपालिका अछाम
679 रामारोशन गाउँपालिका अछाम
680 ढकारी गाउँपालिका अछाम
681 तुर्माखाँद गाउँपालिका अछाम
682 दिपायल सिलगढी नगरपालिका डोटी
683 शिखर नगरपालिका डोटी
684 पूर्वीचौकी गाउँपालिका डोटी
685 बडीकेदार गाउँपालिका डोटी
686 जोरायल गाउँपालिका डोटी
687 सायल गाउँपालिका डोटी
688 आदर्श गाउँपालिका डोटी
689 के.आई.सिं. गाउँपालिका डोटी
690 बोगटान गाउँपालिका डोटी
691 धनगढी उपमहानगरपालिका कैलाली
692 टिकापुर नगरपालिका कैलाली
693 घोडाघोडी नगरपालिका कैलाली
694 लम्कीचुहा नगरपालिका कैलाली
695 भजनी नगरपालिका कैलाली
696 गोदावरी नगरपालिका कैलाली
697 गौरीगंगा नगरपालिका कैलाली
698 जानकी गाउँपालिका कैलाली
699 बर्दगोरिया गाउँपालिका कैलाली
700 मोहन्याल गाउँपालिका कैलाली
701 कैलारी गाउँपालिका कैलाली
702 जोशीपुर गाउँपालिका कैलाली
703 चुरे गाउँपालिका कैलाली
704 भीमदत्त नगरपालिका कञ्चनपुर
705 पुर्नवास नगरपालिका कञ्चनपुर
706 वेदकोट नगरपालिका कञ्चनपुर
707 महाकाली नगरपालिका कञ्चनपुर
708 शुक्लाफाँटा नगरपालिका कञ्चनपुर
709 बेलौरी नगरपालिका कञ्चनपुर
710 कृष्णपुर नगरपालिका कञ्चनपुर
711 बेलडाडी गाउँपालिका कञ्चनपुर
712 लालझाडी गाउँपालिका कञ्चनपुर
713 अमरगढी नगरपालिका डडेलधुरा
714 परशुराम नगरपालिका डडेलधुरा
715 आलिताल गाउँपालिका डडेलधुरा
716 भागेश्वर गाउँपालिका डडेलधुरा
717 नवदुर्गा गाउँपालिका डडेलधुरा
718 अजयमेरु गाउँपालिका डडेलधुरा
719 गन्यापधुरा गाउँपालिका डडेलधुरा
720 दशरथचन्द नगरपालिका बैतडी
721 पाटन नगरपालिका बैतडी
722 मेलौली नगरपालिका बैतडी
723 पुर्चौडी नगरपालिका बैतडी
724 सुर्नया गाउँपालिका बैतडी
725 सिगास गाउँपालिका बैतडी
726 शिवनाथ गाउँपालिका बैतडी
727 पञ्चेश्वर गाउँपालिका बैतडी
728 दोगडाकेदार गाउँपालिका बैतडी
729 डीलासैनी गाउँपालिका बैतडी
730 महाकाली नगरपालिका दार्चुला
731 शैल्यशिखर नगरपालिका दार्चुला
732 मालिकार्जुन गाउँपालिका दार्चुला
733 अपिहिमाल गाउँपालिका दार्चुला
734 दुहुँ गाउँपालिका दार्चुला
735 नौगाड गाउँपालिका दार्चुला
736 मार्मा गाउँपालिका दार्चुला
737 लेकम गाउँपालिका दार्चुला
738 ब्याँस गाउँपालिका दार्चुला
739 कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
740 गैडाकोट नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
741 देवचुली नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
742 मध्यविन्दु नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
743 बुङ्दीकाली गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
744 बुलिङटार गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
745 विनयी त्रिवेणी गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
746 हुप्सेकोट गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
747 बर्दघाट नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
748 रामग्राम नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
749 सुनवल नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
750 सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
751 पाल्हीनन्दन गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
752 प्रतापपुर गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
753 सरावल गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम
संसदमा विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता विधेयक पेश!
काठमाडाैं ।संघीय संसदमा आर्थिक वर्ष २०७९–८० को बजेटको विनियोजित विधेयक पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको सिद्धान्त तथा प्राथमिकताको छलफलको सम्बन्धमा संसदमा उक्त विधेयक पेश गरेका हुन् ।
आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएकोमा सो लक्ष्य भेट्न र विद्यमान आर्थिक प्रणालीलाई सुधार्दै जानुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले जिकिर गरेका छन् ।
१५ औ योजना, राष्ट्रिय गौरवका आयोजना, कृषि सुधार, गरिबी निवारणलाई न्यूनिकरण गर्ने बजेटको सिद्धान्त रहेको उनले बताए ।
अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नेक्रममा सरकारले आगामी आर्थिक वर्षमा आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने जानकारी दिएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खला प्रणालीमा आबद्ध गराउने बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खलामा आबद्ध गर्नेगरी योजना ल्याउने बताएका हुन् ।
‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रका तर्फबाट आधारभूत उपभोग्य वस्तुको उत्पादन वृद्धि गरिनेछ’ उनले भने । यस्तै, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिइने उनले बताए ।
‘आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ,’ उनले भने । यस्तै, अनुत्पादक क्षेत्रमा हुँदै आएको सरकारी खर्च आगामी आर्थिक वर्षको बजेटदेखि कटौती गर्ने उनले बताए ।
यसका साथै, प्राथमिकता प्राप्त क्षेत्रमा पर्याप्त साधान उपलब्ध गराउन र विनियोजित बजेटको परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न र संस्थागत क्षमता अभिवृद्धि गर्ने गरी बजेट विनियोजन गर्ने अर्थमन्त्री शर्माले बताए ।
अहिलेसम्म नेपालले संकलन गर्ने कूल राजश्वको अधिकांश हिस्सा विदेशबाट हुने वस्तु आयातमा आधारित हुन्छ । यसको अर्थ नेपालले विदेशबाट गर्ने वस्तुको आयातबाट उठ्न राजश्वले नै कुल संकलनको अधिकांश हिस्सा ओगट्छ ।अर्थमन्त्री शर्माले आयातलाई निरुत्साहित गर्ने लक्ष्यसहित आन्तरिक उत्पादन बढाउने बताएका हुन् । जसले कुल संकलित राजश्वमा आन्तरिक राजश्वको हिस्सा बढ्ने छ ।
अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुलुकलाई उत्पादनमुखी अर्थतन्त्रमा लाने बजेटको सिद्धान्त तथा प्राथमिकता रहेको प्रस्ताव पेस गरेका छन् ।
गोर्खा ,शहिद लखन गाउँपालिकाको पहिलो महिला वडाध्यक्षमा माओवादी केन्द्रका सकुन थापा निर्वाचित
शहिद लखन गाउँपालिकाको पहिलो महिला वडाध्यक्षमा माओवादी केन्द्रका सकुन थापा निर्वाचित
१ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गाउँपालिकाको वडा नं. २ को वडाध्यक्षमा सकुन थापा निर्वाचित भएकी हुन्। भर्खरै निर्वाचित उनी शहिद लखन गाउँपालिकाको इतिहासमा वडाध्यक्षमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्। उनले वडाध्यक्षमा ५७२ मत पाएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी पूर्व वडाध्यक्ष समेत रहेका एमाले उम्मेद्वार अचल बाबु थापाले ४५३ मत पाएका थिए ।
उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेको छ ।
हेर्नुस् यस्तो छ मत परिणाम
१) गाउँपालिका अध्यक्ष
– सूर्य – ६२४
– रुख – २४६
– हँसिया हथौडा- ५००
– छाता- ११
– कुखुराको भाले- ५
२) गाउँपालिका उपाध्यक्ष
– सूर्य – ४७८
– रुख – ३८१
– हँसिया हथौडा- ४८७
– छाता- २१
३) वडा अध्यक्ष
– सूर्य – ४५३
– रुख – ३२७
– हँसिया हथौडा- ५७२
– छाता – ३२
– कुखुराको भाले- १०
४) महिला वडा सदस्य
– सूर्य – ४६४
– रुख – ३३२
– हँसिया हथौडा- ५३५
– छाता -१४
५) दलित महिला वडा सदस्य
– सूर्य – ४६८
– रुख – ३१६
– हँसिया हथौडा-५४२
६) खुला वडा सदस्य-२
– एक सूर्य – ४४२
– दुई सूर्य – ४२८
– एक रुख – ३२५
– दुई रुख – ३४३
– एक हँसिया हथौडा- ४८३
– दुई हँसिया हथौडा – ४९४
– एक छाता- २६
– दुई छाता – ६
गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी!
गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी
गोरखा, १ जेठ । गोरखाको शहिद लखन गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । त्यहाँ एमालेका उम्मेद्वार प्रेम गुरुङ ६४७ मत सहित वडाध्यक्षमा निर्वाचित भएको हो । यस्तो छ मत परिणाम
१) गाउँपालिका अध्यक्ष
–सूर्य ६७५
–रुख ३६२
–हँसिया हथौडा ४३७
–छाता २
–हलो १
२) गाउँपालिका उपाध्यक्ष
–सूर्य ६२१
–रुख ४०६
–हँसिया हथौडा ४१५
छाता ४
३) वडा अध्यक्ष
–सूर्य ६४७
–रुख ४५४
–हँसिया हथौडा ४०७
–छाता ९
४) महिला वडा सदस्य
–सूर्य ६८४
–रुख ३६९
–हँसिया हथौडा ४०३
५) दलित महिला वडा सदस्य
–सूर्य ६०३
–रुख ४१२
–हँसिया हथौडा ३९९
६) खुला वडा सदस्य
– एक सूर्य ५९६, दुई सूर्य ५९४
–एक रुख ३८२, दुई रुख ४१३
–एक हँसिया हथौडा ४२५, दुई हँसिया हथौडा ३९७
–एक छाता ४, दुई छाता १
बिद्यार्थी दिवस र अनेरास्ववियु ॥
२०१७ साल पौष ०१ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बिपी कोईरालालाई अपदस्त गरी दलहरू माथि प्रतिबन्ध लगाउदै एकतन्त्रीय,फासिष्ट,तानाशाही पन्चायती ब्यवस्थाको स्थापना गरेपछि हाम्रो देश राजनीतिक-सामाजिक रुपले अस्थिर रह्यो, नेपाली जनसमुदायका स्वतन्त्रतापूर्वक बोल्न पाउने,पत्रपत्रिका प्रकाशन गर्न पाउने, विद्यार्थी सङ्गठनहरु खोल्न पाउने, भेला-सम्मेलन गर्न पाउने सम्पूर्ण अधिकारहरु पन्चायती शासकहरुले खोसे। २०१७ सालदेखि नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा रहेका केही राजनीतिकर्मीहरु समेत पन्चायती शासकहरुसङ्ग आत्मसमर्पण गरे, राष्ट्र,जनता र आफ्नो दल बिरोधी क्रियाकलापहरुमा उद्दत रहे जस्तै नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्री डा. तुलसी गिरी,नेकपा का महासचिव डा. केशरजंग रायमाझी ।
दलहरुमाथिको प्रतिबन्धका कारण निरङ्कुश पन्चायती ब्यवस्थाका विरुद्ध आमनेसामुनेको संघर्ष गर्न असम्भव जस्तै थियो । यसकारण क्रूर ,एकतन्त्रीय पन्चायती शासनका विरुद्ध मलामी उत्पादन गरी रातो कफन टाउकोमा बाधेर घाम र जून रहेसम्म पन्चायती शासन ब्यवस्था रहन्छ भन्नेहरुलाई युद्द्मैदानबाट तितरबितर पारी बहुदलीय शासन ब्यवस्थाको स्थापना गर्ने राजनीतिक उद्देश्य प्राप्ति का लागि साथै मानिसको सर्वाङ्गिण पक्षको बिकासको आधार को रूपमा रहेको शिक्षा सबैका लागि सर्वसुलभ ,समान र गुणस्तरीय शिक्षा प्रणाली स्थापना गर्नका लागि देशभक्त ,प्रगतिशील र जनवादी बिद्यार्थीहरुको प्यारो सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु ,ANNFSU, All Nepal National Free Students´ Union/ANNFSU) बि. स. २०२२ साल जेष्ठ ०१ गते आजका दिन स्थापना भएको हो।
यतिबेला अनेरास्ववियुका तर्फबाट सहादत प्राप्त गर्नुहुने आदरणीय दिबङ्गत अग्रज नेताहरू क. फणिन्द्रराज तिमिल्सिना (२०३८ मङ्सिर ०९) र क. मित्रमणि आचार्य (२०४२), चिनियाकाजी श्रेष्ठ (२००८ साल) लगायत नेपाल को उदयदेखि मातृभूमिको मुक्तिका खातिर जीवनको उत्सर्ग गर्नुहुने ज्ञात्- अज्ञात् सम्पूर्ण सहीदहरुप्रति आजको बिद्यार्थी – युवा दिवसमा रातो सलाम व्यक्त गर्न चाहन्छु।
आज जेष्ठ ०१ गते बिद्यार्थी दिवश । नेपाली बिद्यार्थी आन्दोलनको सगरमाथा ,सबैभन्दा ठूलो र शक्तिशाली सङ्गठन अनेरास्ववियु, अग्रजहरुको त्याग,वलिदान,निष्ठा,बिद्यार्थी समुदायप्रतिको समर्पण ,राष्ट्र, जनता ,राष्ट्रियता,जनजीवीका,सामाजिक परिवर्तन र ब्यवस्थाभित्र प्रणालीको परिवर्तनका निमित्त ऎतिहासिक, नमूनायोग्य, उदाहरणीय र वलिदानपूर्ण र अविस्मरणीय योगदान गरेको अनेरास्ववियुको इतिहास गौरवपूर्ण छ। यसका अगाडि तानाशाही पन्चायती र शाही शासकहरुले पनि आत्मसमर्पण गरे (कालापानी लगायतका नेपाली भू-भागबाट भारतीय सेना धपाउने आन्दोलनको नेतृत्व ,स्वास्थ्य लगायत सार्वजनिक यातायातका साधनमा ४५% छुटको आन्दोलन ,प्रवीण गुरुङ्गको हत्यामा संलग्न शाहज्यादा पारसको विरुद्धमा दरबारमा ५२३ हजार( ५ लाख २३ हजार ) हस्ताक्षर संकलन गरी दरवारमा बुझाई पारसको शाहज्यादा पद खोस्ने आन्दोलनको नेतृत्व, स्वतन्त्र विद्यार्थी युनियन को स्थापना ,शैक्षिक क्षेत्रमा रहेका तमामखाले विकृतिबिसङ्गतिहरु विरुद्धका आन्दोलन ,सबैका लागि सर्बसुलभ र गुणस्तरीय शिक्षाका लागि विभिन्न समयमा अनेरास्ववियुद्वारा संचालित गौरवपूर्ण आन्दोलनहरु, जनजीवीका र सामाजिक परिवर्तन सम्बन्धि विभिन्न समयमा यसले अगुवाई गरेका क्रान्तिकारी कदमहरु,बिद्यार्थीको मार्कसिट र प्रमाणपत्रको आधारमा बैङ्क ऋण सम्बन्धि आन्दोलन र यसको सूक्ष्म कार्यान्वयन) ।
यसकारण अनेरास्ववियुका प्रत्येक सदस्य र राष्ट्रले गौरव गर्ने दिन हो,आज अनेरास्ववियु स्थापनाको ५७ बर्ष शुरूवात हुँदै छ,आजको दिनमा यसको शहीदहरुको रगतले रक्तरन्जित पृष्ठभूमि ,अध्यारोको अन्त्यका निमित्त राखिएको तारा र करीब ६० डिग्रीको कोणमा अशिक्षा र अज्ञानताको समूल अन्त्य गर्न राखिको बिर्को खोलिएको कलमलाई आँखा चिम्म पारी १० बर्षको कलिलो उमेरमै अनेरास्ववियु एकताको पाचौंको सदस्यता प्राप्त गरेको,अनेरास्ववियु एकताको पाचौं लेखेको लोगो छातीमा खिपले टासेर लगाएको पूर्व अखिलको तर्फबाट गौरवबोध गर्न चाहन्छु ,अनेरास्ववियुको निर्माणमा जीवन समर्पित गर्ने अग्रजहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छु, वर्तमान अखिलले समयनुसार आफ्नो भूमिका अदाह गरी देखासिकी र अनुशरण गर्न अनुरोध ,आग्रह र अपिल गर्दछु।
बिगतको अनेरास्ववियु
कुनैबेला यस्तो थियो, विद्यार्थी आन्दोलन भनेकै अनेरास्ववियुले नेतृत्व गरेको आन्दोलन हुन्थ्यो, विद्यार्थीहरुलाई राजनीतिक रुपले संगठित र आन्दोलित बनाउदै विचार र एजेण्डाको नेतृत्व अनेरास्ववियुले गर्थ्यो,अनेरास्ववियु आन्दोलनको सडकबाघ छ,थियोे र हुने कुरा सदैव जीवीत तुल्याउनु पर्छ । ती आन्दोलनहरुले नेपालको सामाजिक, राजनीतिक परिवर्तनमा निकै महत्वपूर्ण र निर्णायक भूमिका समेत खेलेको कुरामा कसैको दुई मत हुन सक्दैन ।
नेपालको इतिहासमा तानाशाही र जनविरोधी शासकहरुका विरुद्ध मृत्युको घण्टी कति बजे,मिनेट र सेकेन्ड हैन कुन मिलिसेकेण्डमा बज्छ ? भन्ने कुरालाई पर राख्दै बाचे नेता ,मरे सहिद भन्ने साचो यथार्थलाई आत्मसात गर्दै रातो कात्रो टाउकोमा बाधेर क्याम्पस, सडक, चोक र गल्लीमा निर्भीकतापूर्वक उभिएर तत्कालीन सत्ताको प्रतिगामी कुरुपता विरुद्ध मूर्दाबादका गगनभेदी नारा लगाउदै ,धावा बोल्दै सशक्त चुनौती खडा गरेको कुरा जीवन्त यथार्थता हो , अन्याय,अत्याचार ,शोषण र दमनका विरुद्ध साहसिक बहस गरिरहेको कोही युवा-विद्यार्थी हुन्थ्यो भने ती अनेरास्ववियुका नेताकार्यकर्ता र सदस्य हुन्थे ,सिङ्गै अनेरास्ववियु हुन्थ्यो र हो।
यदि शैक्षिक, सामाजिक वा राजनीतिक मुद्दा बोकेर शिक्षालयभित्र वा सडकमा आन्दोलन गरिरहेको कुनै भीड वा समूह हुन्थ्यो भने त्यो अनेरास्ववियु नै हुन्थ्यो । किनकि, ती प्रतिकुल बेलाहरुमा राजनीतिक रुपमा समाज बदल्ने अर्जुनदृष्टि र ध्येय बोकेका समाजवादी चिन्तन , विचार र दृष्टिकोणले लैसहरु अनेरास्ववियुका नेताकार्यकर्ता नै थिए र अहिले पनि हुनु पर्दछ।
व्यक्तिगत हित संगठनको हित अधिनस्त नै थियो ,ब्यक्तिगत जिम्मेवारी र सामूहिक नेतृत्व प्रणाली थियो र छ ,लेनिनबादी सङ्गठनात्मक पद्धति अपरिवर्तनीय छ अनि आन्दोलनको भविष्यमा नै आफ्नो भविष्य देख्ने स्वप्नजीवीहरु अनेरास्ववियु हुनु स्वाभाविक थियो नै , र छ । यसैको जगमा वि.सं.२०३६को शक्तिशाली विद्यार्थी आन्दोलन जसले पन्चायतको पूरै जग हल्लायो,शासक र राजालाई जनमत संग्रह गर्न बाध्य पार्यो, २०४६को जनआन्दोलन र २०६२/६३को ब्यवस्थामा प्रणाली परिवर्तनको आन्दोलन , यी सबैमा अनेरास्ववियुको भूमिका निर्णायक रह्यो नै वा पूर्व अखिलहरुको सशक्त र नेतृत्वदायी भूमिका रह्यो ।
वर्तमानको अखिल
वर्तमान भने केही फरक छ । राजनीतिक परिवर्तनको आन्दोलनको अन्त्य भएको छ ,अब वर्गीय रूपमा यसले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ। तर, आजको अनेरास्ववियु विगतका आन्दोलनका सम्पूर्ण आदर्श र मूल्यबाट क्रमशः कमजोर र च्यूत हुँदै गइरहेको छ । हामी समाज बदल्ने उद्देश्यबाट बिमुख हुनुहुँदैन । अनेरास्ववियु जस्तो पवित्र सङ्गठन भित्र साम, दाम, दण्ड, भेदको राजनीति गर्ने विकृत मानसिकता दिनदिनै हुर्किरहेको छ । अहिले अनेरास्ववियुले ब्यवस्थित बैठक, भेला, गोष्ठी ,सम्मेलन गर्न सकिरहेको छैन , अभियान र आन्दोलनहरुले मृत्युवरण गर्दैछन् ,खराबहरुभित्र असल हुन खोज्ने यो कुरा अनेरास्ववियु र आन्दोलनको सुदूर भविष्यबिरोधी कुरा हो।
बरु अनेरास्ववियु भित्र पदको लुछाचुँडी, एजेण्डाहीन स्थायी गुटबन्दी, गुण्डागर्दी आदि तमामखाले विकृति र विसंगति चरमोत्कर्षमा पुगिरहेको छ । अनेरास्ववियु वास्वविक विद्यार्थीहरुको पहुँचबाट धेरै टाढा पुगेको छ, शैक्षिक संस्था र विद्यार्थीहरुको समस्या र दुःखहरुबाट बेखबर छ अनि गैर विद्यार्थीहरुको थलो बनेको छ, आजको अनेरास्ववियु।
यसले आन्दोलनलाई जोगाउने, ब्युँताउने, उपलब्धिहरुको जगेर्ना गर्ने चुनौतीको सामना गर्ने कुरालाई तिखार्नु पर्दछ। एकले अर्कोलाई सिध्याउने बाटोमा तीव्ररुपले अगाडि बढ्नु दु:खद कुरा हो, अनेरास्ववियु भित्र विवेकको अन्त्य हुँदै गइरहेको छ । हुनत यो अनेरास्ववियुको मात्र हैन ,सबै विद्यार्थी संगठनहरुको साझा हो ।
उल्लेखित प्रवृतिहरु सबै संगठनहरुमा व्याप्त छन् तर अनेरास्ववियुलाई बलियो नपार्दा विद्यार्थी आन्दोलनको नेतृत्व गर्न अरु झन् लायक बनिरहेका छैनन् । किन कि, यो आजको दिनसम्म विद्यार्थी संगठनहरुमा व्याप्त संरचनागत समस्या हो ।
आज विद्यार्थी आन्दोलन दिशा र अस्तित्वविहीन छ । विद्यार्थी आन्दोलन भन्ने गौरवपूर्ण वाक्य निर्माणमा अग्रजहरुको अवर्णित संघर्ष, त्याग र बलिदानी रहेको छ । यी आन्दोलनका जगमा नेपालमा ठूलाठूला सामाजिक-राजनैतिक उथलपुथलहरु सम्भव भए, तिनै आन्दोलनहरुले राजनीतिक नेतृत्व निर्माण गर्यो तर आज स्वयं विद्यार्थी आन्दोलन भने मरिरहेको छ अनि विद्यार्थी संगठनहरु भूमिकाका दृष्टिकोणले पतनको पथमा छन् ।
राजनीतिक रूपमा स्वतन्त्र नभएता पनि साङ्गठनिक रुपले स्वतन्त्र बिद्यार्थी सङ्गठनहरु आन्दोलनलाई सास हाल्नु पर्ने संगठनहरु आ-आफ्नो माउपार्टीको डरलाग्दो छाँयामात्र भइरहेका छन् । वास्तवमा यी बिद्यार्थी सङ्गठनहरु मौसमी ‘संयुक्त विद्यार्थी संगठन’ को नाममा ज्ञापनपत्रको खेतीपाती गरिरहेका छन् अनि विद्यार्थी संगठनहरुलाई असुलीखाने भाँडोमात्र बनाइरहेका छन् । यो अत्यन्तै डरलाग्दो समस्याको रूपमा बिद्यार्थी क्षेत्रमा झाङ्गिएको छ।
आज विश्वविद्यालयहरु दिनदिनै तहस नहस भइरहेका छन् ,दलीय भागवण्डामा चुर्लुम्म डुबेका छन् ,विश्वविद्यालय भित्र स्वार्थ ब्याप्त छन् ,नीजी शिक्षणसंस्थाको गोटीको सिकार भैरहेका छन् ,क्याम्पस भित्र संचालन हुने तह र बिषयहरु। विद्यार्थीहरु सरकारी शिक्षालयहरु छोडेर पूर्वाधार विहीन गल्ली-गल्लीका नीजि बिधालय र क्याम्पसतिर भौतारिरहेका छन्, मेडिकल लगायतका प्राविधिक शिक्षामा व्यापक र डरलाग्दो नीजिकरण र ब्यापारिकरण मौलाइरहेको छ,शैक्षिक माफियाहरुको चङ्गुलमा समग्र शिक्षा क्षेत्र नराम्ररी डुबेको छ, तीक्ष्ण, मेधाबी, अध्ययनशील र राम्रो अंक हासिल गर्ने विद्यार्थीहरु दिनप्रतिदिन विदेशिने क्रम बढ्दो छ, बौद्धिक चोरीका आरोप लागेका र भ्रष्टहरु विश्वविद्यालयमा पदाधिकारी नियुक्ति भइरहेका छन्,अनि यस्तो बेलामा निशर्त अनेरास्ववियु लगायतका बिद्यार्थी सङ्गठनहरु एजेन्डायुक्त ढ्ङ्गले आउनु पर्दछ। विद्यार्थी संगठनहरुमा एजेण्डाहीन, गुटबन्दी, पदको लुछाचुँडी, बैठक र सम्मेलनमा कुटाकुट, गुण्डागर्दी, क्याम्पस प्रशासनसँगको मिलेमतो नभए धम्कीमा भ्रष्टाचारको भागिदारी, कारोबार र भागबण्डा नमिले तोडफोड र आगजनी, नक्कली परिचयपत्र र शैक्षिक प्रमाणपत्रको दलाली, विद्यार्थीहरुमा आतंक सिर्जना, स्कुल-कलेजमा चन्दा असुलीको होडमा उद्दत बनिरहेका छन् ।यसले बिद्यार्थी आन्दोलनप्रतिको आकर्षण दिनदिनै ह्रास भैरहेको छ।
विद्यार्थी राजनीतिको यति धर्म निभाइसके पछि पार्टी राजनीतिमा नेतालाई सुमेरु पर्वत मान्ने, आवधिक निर्वाचन र पार्टी सङ्गठनभित्रको निर्वाचनमा आफूलाई संरक्षण गर्ने नेतालाई काँधमा बोक्ने, उसको प्रचार र आर्थिक संकलन र लाभमा कुद्ने, त्यसैको आधारमा शक्तिको अपचलन गर्ने, नियुक्ति, सरुवा बढुवा र फाइलको कारोबार आदि आदिमा उद्दत रहने कुराले बिद्यार्थी सङ्गठन दिनदिनै कमजोर भैरहेका छन् ।
समाजमा संरचनाको निर्माण मानिसले नै गर्दछन् र त्यही संरचनाको लागि काम गर्छन् । तर, त्यही संरचनाभित्र मानिसको क्रिया र गतिविधिले ज्ञान निर्माण गर्छ र त्यही ज्ञानले हिजोको संरचनालाई परिष्कार गर्छ वा बदल्छ । मानिस र संरचनाबीचको यो द्वन्द्वात्मकताले नै मानव सभ्यतालाई अघि बढाएको हुन्छ । त्यसमा ज्ञान निर्माण प्रकृयाको मुख्य भूमिका रहन्छ । आजका विद्यार्थी संगठनहरुमा ज्ञान निर्माणको प्रकृया करिब ठप्प छ । संगठनहरुमा संरचनागत अभ्यासको त्राण कमजोर भएको छ। नेताको रुचि र अरुचि नै संगठनको रुचि र अरुचि बन्ने गर्दछ । संगठनहरुमा सिद्धान्तको आधारमा विचार विमर्श, बहस र निष्कर्ष, विधि र प्रकृयाको निर्माण र पालना,आलोचना -आत्मालोचना , नयाँ सोच र दृष्टिकोणको अभ्यास भने वर्जित छ । जसका कारण विद्यार्थी आन्दोलन परिष्कृत हुन सकिरहेको छैन र आजको कन्तविजोग अवस्था विकराल भएको छ।
नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनले सफलता पाएसँगै विद्यार्थी आन्दोलन दिशाविहीन बनिरहेको छ।
जयतु संस्कृतम् (२००४) आन्दोलनबाट विद्यार्थी आन्दोलनको सुरुवात हुँदा मुख्य माग शैक्षिक अधिकारको थियो । अखिल नेपाल बिद्यार्थी फेडेरेशन (२००७), नेपाल राष्ट्रिय बिद्यार्थी फेडेरेशन (२०१३) हुँदै संगठित बन्दै गएको विद्यार्थी आन्दोलनले राजनीतिक अधिकारको मागलाई अघि बढाउदै यसप्रकार अनेरास्ववियु २०२२ जेष्ठ ०१ गते र नेविसंघ (२०२७) गठन भएका इतिहास हाम्रो अगाडि छन् । जुन बेला देशमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था भएको बखत नागरिकको राजनीतिक अधिकारको लागि लड्नु स्वभाविक नै थियो । किनकि, राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए अनि देशमा राजनीतिक स्वतन्त्रता बिना अरु स्वतन्त्रताको गुञ्जायस असम्भवप्रायः थियो। जहाँ अनेरास्ववियु नै अगुवा र नेता सङ्गठनको रूपमा रह्यो।
पार्टीहरु ‘पूर्णसत्ता’ मा थिए, देशमा पार्टीहरुको संस्थापनीकरणसँगै विद्यार्थी संगठनहरु पनि हेर्दाहेर्दै संस्थापन भए अनि राजनीतिको रसास्वादनमा तछाडमछाड शुरु हुनुथाल्यो जसले विद्यार्थी आन्दोलनलाई चाहि विघटनको बाटोमा पुर्याउदै छ भने विद्यार्थी संगठनहरुलाई पतनको बाटोमा दिनदिनै धकेल्दै छ।
त्यसकारण, आजको विद्यार्थी संगठनहरुको समस्या भनेको सामान्य समस्या होइन । यो समाजको सँस्थागत रुग्णताको ज्वलन्त उदाहरण हो । यस्तो संस्थागत परजीवीकरणको अभ्यास र प्रक्रियाबाट उत्पादन भएको युवा शक्ति देश निर्माणको महान अभियानमा सरिक हुन सक्दैन ।यसर्थ आजको विद्यार्थी आन्दोलनले आफ्नो कार्यदिशा र भूमिका प्रष्टसित तय गर्नु पर्दछ । त्यस्तै विद्यार्थी संगठनहरुमा व्याप्त संरचनागत समस्याहरुको पहिचान ,निराकरण र समूल अन्त्य गर्नतर्फ लाग्नु पर्दछ। विगत र वर्तमान एक अर्काका पूरक हुन् ,अनेरास्ववियुको गौरवपूर्ण बिगत,असल,मूल्य – मान्यता,संष्कृति र परम्पराको जगेर्ना गर्दै अनेरास्ववियुको नारा “देशभरिका सम्पूर्ण देशभक्त ,जनवादी र प्रगतिशील बिद्यार्थीहरु एक होऔ” भन्ने सार बिषयलाई आत्मसात गर्दै वर्गीय आन्दोलनमा अबका दिनमा मुख्यगरी लगाउनु पर्दछ। देश र जनताले माग्ने हरेकखाले भूमिकाका लागि अनेरास्ववियु लाई स्पातिलो तुल्याउनु पर्दछ।
यस अर्थमा अनेरास्ववियु स्थापना दिवस अर्थात बिद्यार्थी दिवसको सबैमा धेरै शुभकामना छ।
-✍️ क. झपट रानाभाट ।
नेकपा एमाले कास्की सचिवालय सदस्य एवं
निर्वाचन बिभाग प्रमुख, पूर्व अध्यक्ष, अनेरास्ववियु, कास्की ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा