२०८३ असार ८ सोमबार

Why Do You Need to Stretch Before a Workout?

Stretching is an essential and an integral part of every workout program, especially mobility stretches because flexibility is considered to be part of the five most important components of everyone’s fitness It should be included in all regular training regimes and these are the main reason why:

Reduction of Injury Risk

When a person is flexible they reduce their risk of becoming injured from extensive movements and this allows you to safely increase your range of joint movement and motion.
Stretching helps to stop the degeneration of your joints and muscles.
The act of stretching your muscles loosens up and prepares the body for the impact of exercise; this reduces the chance of any injury. A strong muscle that is pre-stretched is better able to resist stress than an un-stretched muscle.
Stretching helps to improve a person’s posture, especially stretching the shoulders, chest and lower back. The flexibility gained from stretching in the hip flexors, hamstrings and muscles attached to the pelvis help to relieve stress on the spine and nerves of the back reducing the chances of lower back pain.
The body’s stress levels can decrease with stretching because as they warm up they hold less tension, this allows your muscles to relax properly. Muscles that are always tense tend to cut off much of their own blood circulation causing oxygen starvation and damage.
Stretching helps to increase the blood supply to all areas of the body especially the muscles and joints. This provides the necessary nutrient to reach the places it’s needed quickly and efficiently.
Mobility stretches improve the mechanical efficiency and performance of joints because it makes them more energy efficient, they will also improve your “body awareness” and increase your body’s ability to learn and perform different types of skilled movements.
Post Exercise, Stretching

Stretching after exercise or maintenance exercise is now considered to be just as important as pre-exercise stretches. By stretching the muscles you used during your workout session gets the muscles back to their normal length, which can help to alleviate any potential pain or stiffness because it reduces the tightening and shortening effect that often happens while exercising.
Usually, a maintenance stretch is held for between 0 to 5 seconds and repeated five to ten times.
This is often important for females as it helps relieve or reduce the chances of dysmenorrhea (painful Menstruation).
You Should Avoid Stretching

If you have had any recent bone fractures, strains, sprains or cramps except under the direction of your medical provider such as a physiotherapist.
If your joints or muscles are infected or inflamed.
If you have any signs of osteoporosis or are suffering from gout or other forms of arthritis.
If you feel any unusual pain when moving the joint or the muscles when stretched.
If you are suffering from any type of bold disorder or skin disease.
Article Source: https://EzineArticles.com/expert/Mack_Taylor/2582915

Article Source: http://EzineArticles.com/9998861

बामदेब गौतमद्वारा चुनावमा मत नदिने ।

काठमाडौं । तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले केही समय राजनीतिमा न्यूट्रल रहने बताउदै मतदान नगर्ने जनाएका हुन् ।

उनी हाल सक्रिय राजनीतिमा छैनन् । नेकपा विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका उनी हाल राजनीतिमा निश्क्रिय जस्तै रहेका हुन् ।

उनी बर्दिया बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता हुन् ।

मतगणनास्थलमा सिसि क्यामरा र फलामको बार -भरतपुरले सिकाएको पाठ!!l

चितवन – २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको थियो । भरतपुर–१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले १४ जेठ २०७४ मा मतपत्र च्यातेका थिए । त्यसपछि उक्त वडामा पुनः मतदान भयो ।

मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले एक–एक लाख रुपैयाँ जरिवानासमेत तिरायो । पुनः मतदानपछि माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर मेयरमा विजयी भएकी थिइन् । निकटम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।
मतपत्र च्यातिएको विषय राष्ट्रियस्तरमा आलोचनाको विषय बनेको थियो । उक्त घटनापछि निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि मतगणनास्थलमा तार जालीको व्यवस्था ग¥यो । २०७४ मै भएको प्रतिनिधिसभाको निर्वाचनमा मतगणनाका क्रममा चितवनसहित विभिन्न जिल्लामा तारजालीले घेरेर मतगणना गरिएको थियो ।

भरतपुरमा मतपत्र च्यातिएको घटनाबाट पाठ सिक्दै निर्वाचन आयोगले यसपटक देशभरका मतगणनास्थलमा सिसि क्यामरा अनिवार्य गरेको छ । सोहीअनुसार भरतपुर महानगरपालिकाको मतगणनास्थलमा आठवटा सिसि क्यामरा र जालीसहितको फलामको बार लगाइएको छ ।
यसपटक चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ । २०७४ सालमा प्रदर्शनी केन्द्रबाट नजिकै रहेको कभर्ड हलमा मतगणना गरिएको थियो । अहिले प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतपत्रको सुरक्षार्थ व्यवस्थापकीय कार्य भइरहेको छ । भोलि मतदान सकिएपछि महानगरको सबै मतपत्र यहाँ ल्याइने छ ।

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजालीसहितको फलामको बार राखिएको छ । प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी जालीसहितको फलामको बार बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।

मतगणनास्थलमा आठवटा सिसी क्यामरा जडान गरिएको उनले बताए । ‘मतगणनास्थलमा विद्युत र इन्टरनेटको व्यवस्था गरिसकेका छौँ । मतगणना स्थल पूरै कभरेज हुने गरी आठवटा सिसी क्यामरा जडान गरेका छौँ । मतदान सकिएर बेलुका मतपेटिका ल्याइसकेपछि प्रदर्शनी केन्द्रमा कर्मचारी, दलका प्रतिनिधि र पत्रकारबाहेक कसैलाई पनि छिर्न दिदैनौँ’, उनले भने ।
मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिने उनले बताए । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने उनले जानकारी दिए ।

‘मतगणना गर्ने कर्मचारीले मतपत्र राखिएको ठाउँभन्दा पछाडिको शौचालय प्रयोग गर्नुहुन्छ । कर्मचारी कता गए, के गरे भनेर दलका प्रतिनिधिले सिसी टिभी हेरेर थाहा पाउन सक्नुहुन्छ’, उनले भने । दलका प्रतिनिधिका लागि मतगणनास्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

मतगणना हुने ब्लकको पश्चिमतिरको छुट्टै एउटा कोठामा पत्रकारहरूलाई बस्ने ठाउँको व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिन सक्ने उनले बताए । भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

जीवन आचार्य माथी लगाईएको दोष गलत साबित! (पत्र सहित )

जीवन आचार्य माथी लगाईएको दोष गलत साबित॥

पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यलाई झुटो आरोप लगाएर फसाउने गठबन्धनको प्रयास गलत साबित भएको छ ।
‘पोखरा महानगरपालिका १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य सोही वडाका मतदातालाई प्रभाव पार्न पैसा बाँड्दै गरेको भन्ने उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्राप्त हुन आयो । तत् पश्चात वडा नम्बर १६ मा पुगेको अनुगमन टोलीले निज नेपाल प्रहरीको नियन्त्रणमा रहेको र निजले बाँड्दै गरेको भनिएको पैसा नभेटिएको भन्ने जानकारी प्रहरीबाट प्राप्त हुन आयो,’ पनेरुले भनेका छन्, निजको साथबाट चार हजार रुपैयाँभन्दा बढी रुपैयाँ बरामद नभएको भन्ने जानकारी प्राप्त भएपछि तत्काल निजलाई नियन्त्रणमुक्त गरिएको जानकारी गराउँदछौँ ।’

युवाहरुमा केपि ओलि को क्रेज!!

युवाहरुमा केपि ओलि को क्रेज!!

ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो । ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्।

ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट औपचारिक पढाइ सुरु गरेका थिए । उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो । डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो।

२०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए । कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे । उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए ।

नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए । सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे ।

त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे । लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन् ।

भोलीको मौसमबारे पुर्ब अनुमान !(पत्र सहित )

भोट हाल्न मतदाता परिचयपत्र नै आवश्यक नहुने!!( पत्र सहित)

भोट हाल्न मतदाता परिचयपत्र नै आवश्यक नहुने: वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र / नेपाली नागरिकताको प्रमाणपत्र / राष्ट्रिय परिचयपत्र / नेपाली पासपोर्ट / जग्गा धनी लालपुर्जाको सक्कल प्रमाणका आधारमा भोट हाल्न पाउने भएका छन्।

नेकपा एमाले पोखरा मनपा सचिब आचार्य प्रहरी नियन्त्रणमा॥

पोखरा मनपा वडा नंम्बर १६ का अध्यक्ष तथा नेकपा एमाले पोखरा महानगर कमिटी सचिव जीवनप्रसाद आचार्य प्रहरीको नियन्त्रणमा ।प्रचार सामाग्री सहित नगद चलखेल भएको भन्ने गोप्य सुचनाका आधारमा आचार्यलाइ गस्तिमा खटिएको वडा प्रहरी कार्यलय लामाचैरको टोलीले नियन्त्रणमा रिएको हो ।निर्वाचन आयोगले जारी गरेको मैन अबद्धीमा आचार्य लगाएतको टोलीले नगद दिदै भोट किनेको भन्ने आरोप छ ।थप अनुसन्धान चलिरहेको प्रहरीनिरीक्षक बताउछन् ।

चुनावको मिति संघारमा आएसँगै चाडपर्वको छुट्टीमा जस्तै काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै किन?

चुनावको मिति संघारमा आएसँगै चाडपर्वको छुट्टीमा जस्तै काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । चाडपर्वमा बसपार्कमा यात्रुहरु गाडी नपाएर अलपत्र परेको भेटिन्छन् । तर, चुनावका बेलामा भने राजनीतिक दल तथा उम्मेदवारहरूले मत सुरक्षित गर्न गाडी रिजर्भ गरेर मतदाता ओसार्ने गरेका छन् । बाहिरी जिल्लाका मतदाताको ठुलो हिस्सा काठमाडौंमा छन् । चुनावमा नेताहरुले आफ्नो पक्षमा मत ल्याउन आआफ्नो क्षेत्रका मतदातालाई आकर्षण गर्ने अभिप्रायले राजनीतिक दल तथा उम्मेदवारले गाडी नै व्यवस्था गरेर मतदाता ओसार्ने गरेका हुन् । चुनावमा गाडी भाडाको व्यवस्था गर्नु कति उचित हो ? यसै सन्दर्भमा आम सर्वसाधारणसँग रातोपाटीले अभिमत बुझेको छः
आफै खर्च गर्न सक्छु : हरि कँडेल, दोलखा
दोलखाका हरि कँडेल भोट हाल्न आउनैपर्छ भनेर कुनै नेताको फोन नआएको बताउँछन् । कोटेश्वरदेखि भोट हाल्न घर हिँडेका कँडेलले आफ्नो इच्छाले भोट दिन हिँडेको बताए । उनी भन्छन्, ‘काठमाडौंबाट मेरो घर पुग्दा पन्ध्र सय जति खर्च हुन्छ । म आफै खर्च गर्न सक्छु । यतिको लागि मलाई नेताको सहयोग चाहिँदैन । भोलि जितेर गाउँ ठाउँको राम्रो विकास गरुन् त्यति भए पुग्छ ।’ गाडीको व्यवस्था गर्नु भनेको भोट किन्नु हो र मतदाताले आफूलाई बेच्नु हो । घरभित्रकै मान्छे उठेको छ भने चाहि सोच्नु पर्छ । होइन भने नातेदार हुन् भनेर भोट हाल्ने होइन । आफ्नासँग सरोकार छैन, जसले राम्रो गर्छ, भोट त्यसैलाई दिने हो । भोट दिएपछि खेर जान नहुने उनको मत छ। भाडाको व्यवस्था उचित तर स्रोत खुल्नु पर्ने : शरद पाण्डे, विद्यार्थी, बुटवल
बुटवल स्थायी घर भएका विद्यार्थी शरद पाण्डे पहिलो पटक मतदान गर्दैछन् । त्यसैले मतदान गर्न निकै उत्साही छन् । अझ विद्यार्थीहरुलाई घर जाने गाडीको व्यवस्था गरिएकोमा मख्ख छन् । बुटवलसम्म एक हजार रुपैयाँ गाडी भाडा अनि बाटोमा खाना, खाजा खर्च पाँच सय रुपैयाँ लाग्छ । एकपटक आउजाउ गर्दा विद्यार्थीको ३ हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले विद्यार्थीलाई भाडाको व्यवस्था गर्नु राम्रो भएको उनको जिकिर छ । भन्छन्,‘ तर नेता वा कुनै पनि पार्टीले विद्यार्थीलाई गर्ने सहयोगको स्रोत के हो भन्ने कुराको भने ख्याल राख्नुपर्छ । भष्ट्राचार गरेर ल्याएको पैसाले सहयोग गर्नु हुँदैन ।’ पाण्डे अगाडि भन्छन्, ‘विद्यार्थी आर्थिक संकटमा हुन्छ । भाडाकै अभावले किन भोट हाल्न जाने भन्ने हुन्छ । पैसाकै अभावले विद्यार्थीले आफ्नो नेतृत्व चयन गर्न पाउने अधिकारबाट वञ्चित गरिनु हुँदैन ।’ मतदान गर्दा उम्मेद्वारको राजनीतिक, सामाजिक आचरण कस्तो छ भनेर हेर्नुपर्छ । आफ्नो क्षेत्रमा त्यो उम्मेदवारको योगदान के छ ? यस्ता कुराहरु हेरेर असल नेतृत्व आउनमा आफूजस्ता युवा मतदाताको ठुलो भूमिका हुने उनले बताए ।
हिजोको दिनमा राम्रो काम नगरेको भ्रष्टाचारमा लिप्तलाई मतदानमार्फत नै नेतृत्वबाट हटाउपर्छ । राजनीतिक अस्थिरताले नेपालीहरुले दुःख पाएको धेरै वर्ष भयो । नयाँ भिजनसहित आउने नयाँ उम्मेद्वारलाई जिताउनुपर्ने राय पाण्डेको छ । गलत नेतालाई भोट हाल्नेसँग आलोचना गर्ने नैतिक अधिकार हुन्नः प्रेमा थापा, शिक्षिका, नवलपरासी, मध्यविन्दु
गलत मान्छेलाई भोट दिनेले पछि नेताले काम गरेन भनेर गाली गर्ने नैतिक अधिकार नहुने धारणा राख्छिन्, नवलपरासी, मध्यविन्दुकी शिक्षिका प्रेमा थापा । उनका अनुसार भोट किन्ने र बेच्ने दुवै गलत हुन् । भोट माग्न हरेक नेता र पार्टीका मान्छे आउँछन् । प्रलोभन पनि देखाउँछन् तर भोट कसलाई हाल्ने भन्ने नितान्त व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो अधिकार सही नेता छान्नमा लगाउनुपर्ने उनको भनाइ छ । ‘आफूले भोट दिएको नेतालाई गाली गरेर बस्नुपर्छ भने दोष कसको त ? उनी प्रश्न गर्छिन् ।

जनताले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भोट हाल्दा पैसाको आस गर्नै हुन्न । आफ्नो क्षेत्रको समग्र विकास गर्ने नेता हो कि होइन, त्यो हेर्नुपर्छ । फलानो नेताले मेरो लागि केही गरेन भनेर गुनासो गर्ने होइन । भन्छिन्, ‘म एक व्यक्तिको खातिर कोही मान्छे नेता हुने होइन । समाजको लागि गरेको छ भने गुनासो किन ? कमाउन मात्रै लाग्छ भने त्यस्ता नेतालाई जनताले बहिष्कार गर्नुपर्छ ।’ भोट हाल्ने कुरा स्वतन्त्रताको साथै कर्तव्य पनि हो । आफूले रोजेको नेताप्रति मतदाता निर्धक्क हुनुपर्ने उनको जिकिर छ । मनमा दोधार राखेर मत दिन हुँदैन । काठमाडौंदेखि मध्यविन्दुको गाडी भाडा ७ सय रुपैयाँ छ । खाजा यता उता गर्दा एक हजार रुपैयाँ खर्च हुन्छ । नेतृत्व छान्ने मेरो अधिकारको लागि मलाई कुनै पार्टीले २ हजार खर्च पठाउन आवश्यक नभएको उनी बताउँछिन् । मतदानको कुरामा आफू सचेत रहेको थापाको भनाइ छ ।

सिड्निमा मुस्ताङ्ग अटो रिपेयर नामक अटोवर्क्स संचालनमा ल्याऊदै सुमन ।

दुबई,

नेपालि युवा सुमन पौडेलले अष्ट्रेलियाको सिड्निमा मुस्ताङ्ग अटो रिपेयर संचालनमा ल्याएका छन ।

अष्ट्रेलिया बिशेष गरी सिड्नीमा नेपालिहरुको संख्या बढ़े संगै उनीहरूले प्रयोग गर्ने सवारी साधन पनी त्यही अनुपातमा बढेको अबस्थामा सवारी साधन प्रयोग गर्दा होस या किन्दा बेच्दा होस अनी बिग्रदा बनाउनु पर्ने होस अनी अनेकौ समस्यामा पर्ने अबस्थालाई मध्यनजर गरी आफ्नो समुदाय लाई उचित अनी सही परामर्श सहित गुणस्तरीय सेवा दिने उदेश्यले आफुलाई अटोमोटिभ रिपेयर संचालनमा ल्याएको कुरा सुमनले बताए । साथै उनले भनेका छन बिदेशमा भाषाको हिसाबले या त संस्कार अनी संस्कृतिको हिसाबले नेपाली नेपाली नै एक हुन आवश्यक रहने हुदा यो व्यवसायमा हात हालेको बताऊ छन ।

66 Yerrick Road, Lakemba 2195 Sydney, Australia मा सर्भिस सेन्टर खोलि पौडेलले ब्यबसाय सुरु गरेका छन जहाँ बाट गाडिको कुनै पनि प्रकारको सर्भिसको या हरेक किसिमका कामका लागी अनलाई संगै फोन बाट बुकिङ्ग गर्न सकिने, रोड साईड सर्भिस लिन सकिने, कार पिक अप ड्रप सर्भिस लिन सकिने संगै टोइंग सर्भिस समेत उपलब्ध रहेको पौडेलले बिश्वपाटीलाई बताए ।

सवारी साधन प्रयोग को बिषयमा नयां तथा पुराना प्रयोग कर्तामा समेत कतिपय ज्ञान नहुदा बिशेष गरी नेपालीहरू संग यो क्षमता अनी ज्ञानको कमी हुदा किनबेच गर्दा र मर्मत गर्दा धेरै ठगिएको गुनासो आउने गरेकोमा अब आफुले आफ्नो कम्युनिटि मा आफु संग सम्पर्क मा आउने सबै खालका सेवा लिन आउने लाई त्यस्तो गुनासो गर्न नपर्ने गरी सेवा दिईने कुरा पौडेलले जानकारी दिए ।

आफ्नो सर्भिस सुरु भएको र औपचारिक रुपमा छिट्टै ओपनिङ्ग गरेर सबै बिच सुचना पुर्याउने आफ्नो उदेश्य रहेको बताए । मुस्ताङ्ग रिपेरिङ्ग सेन्टर बाट कार खरीदबिक्री सहित सबै अन्य गाडी सम्बन्धी सेवा लिन सकिने कुरा सुमनले हामिलाई जानकारी दिए ।

अष्ट्रेलियामा बिस्तारै व्यवसायमा नेपालीहरूको उपस्थिति राम्रो हुदै गएको छ । यसले आर्थिक अनी सामाजिक हिसाबमा नेपालीहरआइ सबल बनाउने समेत देखीएको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय