आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?
स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ। मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ।
आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?
– मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
– मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने
पोखराका मेयरलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण ( पत्र सहित)
पोखराका मेयरलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण ( पत्र सहित)
पोखरा महानगरपालीकाका मेयर मान बहादुर जिसीले निर्वाचन आचारसंहिता विपरित पोखरा ४ र ५ नम्बर वडा जोड्ने फिर्के पुलको उद्घाटन गरेको भन्दै मुख्य निर्वाचन कार्यालय पोखराले स्पष्टीकरण सोधेको छ ।

कास्कीमा ४० भन्दा बढी कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश -केपी ओलि बाट सम्बोधन !
पोखराः पुर्ब प्रधानमन्त्री एवम् नेकपा एमालेको अध्यक्ष के. पि. शर्मा ओलि ज्युको नेतृत्व रहेको नेकपा एमाले पार्टीको सोमबार पोखरामा आयोजित वृहद् चुनावी सभामा ४० बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष ओलिको सुखी नेपाल समृद्ध नेपाली भन्ने मुल नारालाई विश्वास गरेर उनीहरु यो पार्टीमा प्रवेश गरेका हुन् भन्ने बुझिएको छ। यसरी नै ओलि नेतृत्व रहेको पार्टीमा कार्यकर्ता प्रवेश गराउन सकियो भने नेकपा एमाले पार्टीले आउँदै गरेको स्थानीय तहको सदस्य चुनावमा देश भरका विभिन्न ठाउँहरुबाट उत्साहजनक मत ल्याएर जित हासिल गर्ने सम्भावना छ ।
प्रवेश गर्नेमा भर्खरै विभाजित नेकपा विप्लवका कार्यकर्तासमेत रहेका छन् । सभामा माओवादी केन्द्रकी सचिवालय सदस्य लक्ष्मी प्रसाद सुवेदी प्रवेश गरेकी छन् ।


त्यस्तै, कास्कीका विभिन्न पालिका र पोखरा महानगरअन्तरगतका वडाबाट स्वतन्त्र नागरिकसहित अन्य एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमाले पोखरा ८ राष्ट्रिय युवा संघ वडा कमिटी द्वारा बृहत युवा शक्ति प्रदर्शन।(भिडियो सहित)
नेकपा एमाले पोखरा ८ राष्ट्रिय युवा संघ वडा कमिटी द्वारा बृहत युवा शक्ति प्रदर्शन।
पोखरा ८ मा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ वडा ८ मा आफ्ना सुर्य धोजावाहक उम्मेद्बारहरुलाई जिताउनका लागि आफ्नो सम्पुर्ण शक्ति सडकमा उतार्ने नीति लिएको छ। त्यसै अनुरुप हिजो , आज निरन्तर करिब ४० भन्दा धेरै मोटरसाइक स्कुटर तथा गाडीहरु सडकमा उतारेर र्यालीको आयोजना गरेको निर्वाचन परिचालन कमिटीका युबा संयोजक सन्जिब बराल ले बताए ।
साथै सुनिल खड्का ले उनले आफ्नो वार्डमा मात्रै नभएर सिङ्गो पोखरा महानगरका सम्पूर्ण सुर्य धोजावाहाक उम्मेद्बारहरुलाई जिताउन र विपक्षीलाई परस्त गर्न आफ्न जुनसुकै शक्ति आप्नाउन पछी नपर्ने समेत बताए। साथै कार्यक्रमको अथितीका रुपमा राष्ट्रिय युबा संघ नेपालका कास्की जिल्ला अध्यक्ष पान बहादुर क्षेत्रिको उपस्तिथि रहेको थियो।उनले युबाहरुलाई आफ्न उम्मेद्बारलाई जिताउन लाग्नुपर्छ भनेर प्रेरित गरेका थिए।
नेकपा एमाले अन्नपूर्ण-०२ मा बृहत् युवा शक्ति प्रदर्शन।
एमाले अन्नपूर्ण-०२द्दारा शक्ति प्रदर्शन।
१/२५
कास्कीको अन्नपूर्ण गाउपालिका वार्ड नं-०२ एमालेले आफ्ना सुर्य धोजावाहक उम्मेद्बारहरुलाई जिताउनका लागि आफ्नो सम्पुर्ण शक्ति सडकमा उतार्ने नीति लिएको छ। त्यसै अनुरुप हिजो करिब एक सय भन्दा धेरै मोटरसाइक स्कुटर तथा गाडीहरु सडकमा उतारेर र्यालीको आयोजना गरेको निर्वाचन परिचालन कमिटीका युबा संयोजक किशान भण्डारीले बताए साथै उनले आफ्नो वार्डमा मात्रै नभएर सिङ्गो गाउपालिकामै सुर्य धोजावाहाक उम्मेद्बारहरुलाई जिताउन र विपक्षीलाई परस्त गर्न आफ्न जुनसुकै शक्ति आप्नाउन पछी नपर्ने समेत बताए। साथै कार्यक्रमको अथितीका रुपमा राष्ट्रिय युबा संघ नेपालका कास्की जिल्ला सचिब नबराज क्षेत्रिको उपस्तिथि रहेको थियो।उनले युबाहरुलाई आफ्न उम्मेद्बारलाई जिताउने लाग्नुपर्छ भनेर प्रेरित गरेका थिए।
पुतलिबजार-१४, पोखरा प्रगतिशील अभियानद्वारा उम्मेदवार अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न ।
पुतलिबजार-१४, पोखरा प्रगतिशील अभियानद्वारा अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न ।
नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट आऊदो स्थानीय तहको चुनावको सन्दर्भमा पुतलीबजार नगरपालिका र वडा नम्बर १४ स्याङजा को उम्मेदवारहरू बिच अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं पुतलीबजार बजार नगरपालिका मेयर पदका उम्मेदवार सिमा क्षेत्री, बिशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा साबिक चण्डिकालिका गा बि स अध्यक्ष ओम शर्मा, पुतलीबजार नगरपालिका उप-मेयर पदका उम्मेदवार महेश पुरि र अतिथिको रुपमा वडा नम्बर १४ का अध्यक्ष पदका उम्मेदवार शेषराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सिमा क्षेत्री ले कार्यक्रममा सम्बोधन गर्दै सम्बृद्ध पुतलीबजार सुखि नगर बासी बनाउने अठोट का साथ आफु अनी आफ्नो टीमले विगतका दिनमा जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेको र गर्न बाकि रहेका काम आगामी दिनमा जनताले बिश्वास गरेको खण्डमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए साथै यस पटक पनी एमाले बिजयी हुने कुरामा सबैमा ढुक्क हुन समेत आग्रह गरेकी थीइन ।
अतिथि एवं वडा अध्यक्ष पद्का उम्मेदवार शेषराज ढकाल ले प्रत्यक्ष लाभ हुने बिकास निर्माण, स्वास्थ्य, शिक्षा लगाएतको स्थानमा काम भएको र वडा मा सुसासन सहितको समृद्ध वडा बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
पुतलिबजार-१४, पोखरा प्रगतिशील अभियान का संयोजक राज कुमार ढकाल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचालन भने सचीव दिपिन ढकाल र स्वागत यादब गिरिले गरेका थिए ।
कार्यक्रममा स्याङजा, पुतलिबजार-१४ घर भई पोखरा बसोबास गर्दै आएका नेकपा एमाले समर्थक हरूको बाक्लो उपस्थिति रहेको कुरा सचिव दिपिन ढकालले बिश्वपाटी लाई बताए ।
पोखरा-८ को निर्वाचन परिचालनमा सन्जिब अनी सुनिलले पाए जिम्मेवारी ।
आज मात्रै यहीँ वडा नं. -८ , पोखरामा सभापति सन्जिब बराल र युवाहरुको ढुकढुकी श्री रुद्रनाथ वरालज्युको प्रमुख अथितिको उपस्थितमा राष्ट्रिय युवा संघको सचिवालयको बैठक सम्पन्न भएको छ । यो बैठकमा विशिस्ट अथितीको रूपमा कास्की जिल्लाका सदस्य सुनिल खड्का र सक्रिय सदस्य आशिष बराल ज्युको नि उपस्थिती रहेको थियो साथसाथै विशाल गुरुङ ,किरण भण्डारी नबराज वराल , अविशेक छेत्री ,एलिस परियार , आदि जस्ता उर्जाशिल युवाहरुको पनि उपस्थिती रहेको थियो । उक्त बैठकमा छलफल गर्दा निम्न व्यक्तिहरुलाई विभिन्न विभागको जिम्मेवारि दिएको छ :-
१. युवा परिचालन संयोजक :- सन्जिब वराल
२. प्रचार प्रसार प्रमुख एवम् युवा प्रवक्ता :- सुनिल खड्का
३. युवा बेबस्तापक : आशिष बराल
समग्रमा यो बैठकको निस्कर्स के छ भने आउँदै गरेको स्थानीय तहको बैशाख ३० गते हुने चुनावमा निर्वाचन प्रचार प्रसारमा जोड दिएर वडा अध्यक्ष रुद्रनाथ वराल लगायत उहाँको सम्पुर्ण टोलिलाई विजयी गराउन दृढता प्रस्तुत गर्दै सबैको साथ र सहयोगको अपेक्षा राखेको छौ।
५ दलीय गठबन्धन टुट्यो पोखरामा !
पोखरा । जनता समाजवादीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए । आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन् ।
‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचार बारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ । गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन । हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं ।’
उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं,’ उनले अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं ।’ जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो ।
तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन् ।
नेकपा एमाले ८ को कोण सभा भब्य साथ सम्पन्न ! (फाेटाे सहित)
नेकपा एमाले 0८ को कोण सभा सम्पन्न भब्य साथ सम्पन्न !!

पोखरा ,आज सम्पन्न भएको कर्यक्रम मा प्रमुख आतिथि पुर्ब गृहमन्त्री,स्वस्थ मन्त्री खगराज अधिकरि रहनुभएको थियो।
प्रदेश सदस्य- मिना गुरुङ लगायतका शीर्ष नेताहरु को उपस्थिति रहेको थियोे ।
स्वागत मन्तव्य निर्वाचन परिचालन सम्योजक सोम्नाथ बराल ले गर्नुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष उम्मेदवार रुद्रनाथ बराल ले बोल्दै वडा नं. ८ का वडाध्यक्षका प्रत्यासी रुद्र नाथ बरालले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाए । उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।
पोखरा–८ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा रुद्र नाथ बराल, खुला महिला सदस्यमा पबित्रा के सि, दलित महिला सदस्यमा लक्ष्मी बि क, खुला सदस्यमा गोबिन्द बराल र हिरा काजि श्रेष्ठ प्रत्यासी रहेका छन् ।

प्रमुख अतिथि केही दल गठबन्धन बनेर एमालेलाई हराउने प्रपञ्चमा लागेको टिप्पणी गर्दै उनले गठबन्धन आफंैमा मिल्न नसकेको र चुनावपछि गठबन्धनको अस्तित्व समाप्त भएर बताए ।एमाले सरकारको पालामा जत्तिको विकास कुनै पनि सरकारले गर्न नसकेको दाबी गर्दै उनले आसन्न चुनावमा एमालेको विकासलाई नै प्रचार गरेर अगाडि बढ्नुपर्ने बताए । एमालेको सरकारको पालोमा पोखरा विमानस्थल, सडक निर्माण र नागरिकलाई स्वास्थ्य बीमा जस्ता कार्यक्रम ल्याएको भए तापनि गठबन्धनको सरकारले विकासको कामतर्फ नभइ स्वास्थ्य बिमा कार्यक्रमलाई नै रोक्नतर्फ लागि परेकाले उनीहरुको भण्डाफोर गर्दै चुनावी प्रचार प्रसारमा लाग्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
उक्त कार्यक्रम संचालक पार्टी सचिब दिपक राज घिमिरे संचालन गरेकोे थिए ।उक्त कार्यक्रममा ४०० जना को जनसागर को बाक्लो उपस्तिथिति रहेको थियोे ।



What Should You Know Before Starting Hair Fall Treatment!
There’s hardly any doubt in the statement ‘hair loss is a curse for men’. Millions of men all over the world look for different ways that can help them to re-grow hair on their bald scalp.
Discovering various types of balding solutions that work can be quite difficult, but there are still a few reliable methods that can deliver effective and long-lasting results. How well these treatments help with your problem will rely upon the type of balding you have and how much your scalp reacts to the different treatments.
Are you also dealing with hair loss issues and looking for an effective solution? Are you confused about the type of hair treatment that you should get? To disperse off all the confusions… here are a few tips and suggestions just for you.
Find a hair loss treatment centre with an excellent reputation
It a good idea to put in your time and energy into finding a hair transplant centre that has a vast experience in delivering effective solutions for baldness. Here are a few points you need to keep in mind while searching for a reputable hair treatment clinic:
1. The surgeon who’ll be performing the treatment must be qualified and must have significant experience in this particular field.
2. The clinic must possess all the basic facilities required for such a cosmetic medical treatment.
3. The clinic must have an experienced staff and other medical facilities.
Know Your Expectations
Unfortunately, it’s almost impossible to reverse your baldness problem, if the problem is hereditary. You need to deal cautiously with clinics that offer a full head transplant quickly. Hair transplants are undoubtedly a standout among the best types of treatment as it offers permanent results. However, this treatment can be delivered only by the best qualified surgeon and visiting an inexperienced surgeon would be a great mistake that you might regret all your life.
The rate of success also depends on the type and quality of the donor hair. In some rare cases, the balding process might continue even after the surgery, so you need to be extra careful while choosing the hair transplant surgeon. This is why it is completely essential that you must be aware with your desires and expectations before any treatment. This can be accomplished by having a full and open consultation with your chosen surgeon.
An experienced and reputed surgeon will calmly listen to your expectations and help to resolve any issues. He will likewise give totally clear and reliable information that will help you to make a final decision.
Invest Proper Time And Effort While Finding The Hair Fall Treatments
A lot of people, who are confused while finding the most ideal hair fall solution, often choose a type of treatment that may not really suit their way of life or requirements. A reputed clinic will never put pressure on you to make a quick decision.
Remember, getting a treatment can be a life changing decision and it’s worth taking time to investigate, consider and find out the various options available. While transplants are renowned treatment for hair loss cases, there are different treatments available as well, although none is as successful as a transplant treatment.
Cost of the transplant treatment
The exact amount required for a hair transplant cannot be predicted easily because every case is different from the other and the exact amount can only be figured out after consulting the surgeon. Here are a few things on which the cost of hair transplant depends:
1. The type of hair treatment you’re getting (FUT and FUE). FUE is costly than FUT, but it’s more effective.
2. The level of baldness you’ve been dealing with. If your whole scalp is bald, then it’s quite obvious that the treatment would cost more compared to the scalp that has less baldness.
3. A few renowned surgeons may charge more fees. However, in a treatment like hair transplant, it’s better to visit a reputed clinic and famous surgeon who can deliver reliable & effective results.
Your Decision Is The Final One
Remember, no matter how many consultations you have with the surgeon, the final decision of getting the surgery will always depend on you only. A renowned cosmetic clinic knows that the decision to take any course of treatment is your choice and yours alone. You ought to never feel under strain or committed to settle on an on-the-spot choice or get a treatment without completely understanding its ramifications. Honestly, a reputed hair transplant clinic will guide you before, during, and after the treatment in the best way possible!
Article Source: https://EzineArticles.com/expert/Pankaj_Singhal/2035855
Article Source: http://EzineArticles.com/10100688
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा