पोखरा ८ मा एमालेको घरदैलो : जनताको उम्मेदवारसंग उत्साह उम्मेद्बारको बिकासको संकल्प।
पोखरा ८ मा एमालेको घरदैलो : जनताको उम्मेदवारसंग उत्साह जनतासंगै उम्मेद्बारको बिकासको संकल्प !
पोखरा, २३ बैशाख / नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ८ को चुनावी घरदैलोको क्रममा उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्दै वडाको विकासको प्रतिबद्धता सुनाएका छन् । वडाको समग्र आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्नका लागि एमालेका आफूहरुलाई जिताउने उनीहरुले वडाबासीसमक्ष आग्रह गरेका छन् ।
एमालेका उम्मेदवारहरुले बिहिवार पोखराको जाल्पा टोल, निल्गिरि टोल, बगाले टोलि , सिद्दार्त चोक आदि घरदैलो गरेका थिए । युवाका आशा चेतन कार्की ले पाँच दलीय गठबन्धन आफैमा कमजोर भएर गठबन्धन गरेको जनाउदै त्यो गठबन्धनको कुनै औचित्य नभएको बताए ।
सोही अवसरमा बोल्दै वडा नं. ८ का वडाध्यक्षका प्रत्यासी रुद्र नाथ बरालले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाए । उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।
पोखरा–८ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा रुद्र नाथ बराल, खुला महिला सदस्यमा पबित्रा के सि, दलित महिला सदस्यमा लक्ष्मी बि क, खुला सदस्यमा गोबिन्द बराल र हिरा काजि श्रेष्ठ प्रत्यासी रहेका छन् ।

उक्त जानकारी पार्टी सचिब दिपक राज घिमिरे ले हामि निरन्तर अभियान मा पाँच सिट लेराउने हाम्रो मुल धारणा भनि कुरा बताए ।

प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाले क्रुज पार्टी आयोजना गर्दै ।
सिड्नी, प्रवास अर्थात् बिदेशमा रहेका युवाहरूको साझा संगठन प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाले क्रुज पार्टीको आयोजना गर्ने भएको छ ।
यही आऊदो मे २० शुक्रबार साँझ सिड्नीमा क्रुज पार्टीको आयोजना गर्न लागेको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागीएको हो ।

उक्त क्रुज पार्टिमा सिड्नीमा चर्चित गायक हरू द्वारा दोहोरी गीत, लाईभ म्युजिक, बिभिन्न प्रकारका नृत्य, युवा पुस्ता लाई मध्यनज़र गरी डिजे, बिभिन्न थरिका नेपाली खानाका परिकारहरू आदि संगै अन्य बिभिन्न कार्यक्रमहरू समेत समावेश रहेको आयोजकले बताएका छन । कार्यक्रममा प्रवेश शुल्क ७५ डलर रहेको छ भने नेपाल देखी भ्रमणमा आएका बुवा आमाको निम्ति ३५ डलर, ४-१६ वर्ष का उमेर लाई ३५ डलर र सो भंदा तल को उमेर समूहलाई निशुल्क प्रवेश गराइने रहेको छ । नेपाली कला संस्कृति अनी व्यस्त समय बिच पनी केही रमाइलो अनी नौलो अनुभव साटासाट गरने उद्देश्यले कार्यक्रम अझ रमाइलो हुने बताईएको छ ।

आयोजक संस्था एवं प्रवासी नेपाली युवा मंचका अध्यक्ष अरुण गौतमले नेपाली समुदाय बिच बिगत लामो समय देखी बिदेशमा रही रहदा नेपाली संस्कृति लाई अझ व्यापक प्रचार अनी प्रवद्धन गर्ने, बिदेशी व्यस्त जीवन शैली लाई केही समयको लागी भएपनि रमाइलो अनी मनोरंजन गरेर समुदायमा रहेका नेपालीहरू बिचको पारिवारिक भेटघाट गर्नका निम्ति यस कार्यक्रमको आयोजना गरीएको बताए साथै कार्यक्रमलाई भव्य र सफल बनाउनका निमित्त अझै कसरी थप रमाइलो र व्यवस्थित गर्न सकिने कुरामा बिशेष ध्यान र गृहकार्य जारी रहेको बताए ।

उक्त कार्यक्रममा तीन सय (३००) जनाको उपस्थिति रहने बिश्वास गरीएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका निम्ति बिभिन्न उप-समितिहरू समेत गठन गरीएको छ जसमा प्रायोजक व्यवस्थापन, सांस्कृतिक बिभाग, टिकट व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, अतिथि सत्कार, खानाको व्यवस्थापन गरी उप-समितिहरू गठन गरीएको छ । युवा मंच न्यु साउथ वेल्स राज्यमा आवद्ध रहेका ५८ सदस्यीय राज्य समिति लाई पूर्ण रुपमा उचित जिम्मेवारी सहित परिचालन गरिने समेत बताईएको छ । सबै साथीहरू ले यस कार्यक्रमलाई व्यवस्थित गर्नका निम्ति आफ्नो स्थान बाट लागी परेको न्यु साउथ वेल्स राज्य संयोजक सरोज भण्डारीले बिश्वपाटीलाई बताए साथै यो कार्यक्रम मा उपस्थिति हुनका निम्ति सबै सिड्नी बासीहरूमा आह्वान समेत गरेका छन ।

प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाले यस अघी पनी रक्तदान कार्यक्रम, ८ वटै राज्यमा भेटघाट कार्यक्रम एवं बारबिक्यू कार्यक्रम, बिभिन्न कारणवश आर्थिक हिसाबले कमजोर अवस्था रहेका लाई सहयोग जस्ता बिभिन्न कार्यक्रमहरू गरिसकेको छ त्यस्तै आऊदो दिनmaa समेत नेपाली समुदाय बिशेष गरी नव आगन्तुक बिद्यार्थी, युवा अनी हरेक समूहको लागी कार्यक्रमहरू गरिने बताईएको छ ।
देउवालाई पौडेलको प्रश्न~राज्यको ढुकुटीबाट हेलिकोप्टर चढेर आएर हप्काउने ?
दुबई। भरतपुर महागनरपालिकाका मेयरका उमेदवार जगन्नाथ पौडेलले राज्यको ढुकुटी सकेर आफुलाई नहप्काउन कांग्रेस सभापति शेरवहादुर देउवालाई चेतावनी दिएका छन् । हेलिकोप्टर सयर गरेर आउने अनि आफुलाई हप्काउने योजना अनुसार भरतपुरमा आमसभा राखिएको भन्दै उनले आपत्ति समेत जनाए ।
मनोनयन दर्ता गरेको भोलिपल्टदेखि बर्बाद भयो फिर्ता लिइदिनुप¥यो भनेर लगातार फोन आएको भन्दै उनले गठबन्धन संविधान विरुद्ध भएकाले आफुले त्यसको विरोध गरेको वताए । ‘हरेक ठाउँमा गठबन्धन गरेपछि कहीँ श्रीमतीलाई कहीँ बुहारी र कहीँ छोरीलाई दिने विषयको मैले विरोध गरेको हो।’– उनले भने।
पौडेलको विरुद्धमा भरतपुरमा जनसभा गर्न लागेकोमा आपत्ति जनाए। ‘मलाई हप्काउन र तर्साउन हो, आमसभा जनताको हितमा छैन । त्यस्तो अभ्यास सकिनुपर्छ । भोलिको आमसभामा नजानुहोस् । राज्यको ढुकुटीबाट हेलिकोप्टर चढेर आएर स्वतन्त्र उमेदवारविरुद्ध उभिन पाईदैन।’
उनले नेताहरुलाई ‘तपाईं नेता हो तर पृथ्वीनारायण शाह होइन, तपाईंको हैकम चल्दैन विधान नेतृत्वले पनि मान्नुपर्छ’ भन्दै लोकतन्त्र कसैको कुर्सीको संरक्षणका लागि नआएको वताए ।
६० हजार मत भएको पार्टी कांग्रेसले २० हजार मत भएको पार्टीलाई अघिल्लोपल्ट नेता मानेपछि यसपल्ट नैतिकताको आधारमा कांग्रेसले भाग पाउनु पर्नेमा त्यसो नभएको पौडेलको गुनासो छ। ‘अब भोलि पनि चाहियो ? हामी दास हो ? यहाँका नेता कार्यकर्ताले सधैं माओवादीलाई भोट दिने हो ?’ उनले भने
भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न !
२२ वैशाख, चितवन । सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।
हाकिम चोकमा अघिल्लो दिन साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।
महानगरको सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुगिसकेका छन् ।
स्थानिय तह निर्वाचनका लागि वडा नं ८ का उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त !!
स्थानिय तह निर्वाचनका लागि वडा नं ८ का उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त
नेकपा एमाले पोखरा ८ ले घर–घरमा प्रतिवद्धता पत्र बाँड्दै ५ वर्षभित्र सबै वाचा पूरा गर्ने जनाएको छ । वडावासीसँग भेटघाट तथा घरदैलो कार्यक्रमको सिलसिलामा पुगेको पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँदा आवश्यकता र औचित्यका आधारमा ५ वर्षभित्र पूरा गर्ने वाचा गरेको हो । टोलीले आज वडाको विभिन्न टोल क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ साथै जारी छ् अभियान । जनता भेटघाटका लागि घर–घरमा पुगेका उमेद्वारसहितको टोलीलाई टोलवासीले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन् ।घरदैलोकै क्रममा अध्यक्ष पदका उमेद्वार रुद्र नाथ बराललाई वृद्धवृद्धाले शीरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनुभएकोमा अब फेरी धेरै मतले विजयी भएर जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आर्शीवाद दिएका थिए । आर्शीवाद लिँदै बरालसहित उम्मेदवारको टोलीले निर्वाचित भएपछि जनताले छिट्टै महसुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिए । ’स्थानीय चुनाव नजिकिंदै जाँदा यतिबेला नेकपा एमाले पोखरा–८ ले घरदैलो तथा भेटघाट कार्यक्रमलाई सक्रियताका साथ अघि बढाएको छ । भेटघाटका क्रममा वडावासी जनताले देखाएको हार्दिकता र आत्मियता देख्दा निर्वाचित भएर छिटो जनताको सेवामा लाग्न आतुर भएको अन्य उमेद्वारले बताएका छन् । पोखरा ८ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा रुद्र नाथ बराल, महिला सदस्यमा पबित्रा के सि , दलित महिला सदस्यमा सुनिता बि क, खुल्ला सदस्यमा गोबिन्द बराल र हिरा काजि श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।
म्यादि हु भनेर सामाजिक संजाल हल्लाउने युवक पक्राऊ ।
काठमाडौँ — दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।
माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।
रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ । रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।
नेकपा एमाले ८ को भोलि को कार्यक्रम तालिका सहित!!
नेकपा एमाले वडा पार्टी कमिटी वडा न.८ निर्वाचन परिचालन कमिटी द्वारा उमेदवार परिचय तथा घरदैलो कार्यक्रम भाेलि मिति २०७९/०१/२२ बिहान ७.३० बाट सुरू।
सभागृह हलपछाडि नयाँ बजार,सभागृह पथ,न्युरोड पुर्ब नगरपालिका अगाडि न्युरोड बजार दायाँ बायाँ ।
बे्कफास्ट:७ -७.३० हारति खाजा घर।नयाँ बजार
घरदैलो सुरू:७.४५
पार्टी सचिब : दिपक घिमिरे
बिप्लबलाई पार्टी बाट निष्कासन, संयोजकमा बास्तोला ॥
२१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।
केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले जानकारी दिए ।
भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ । स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।
श्रोतः अनलाईन खबर ।
निर्वाचन आयोगले उम्मेदवारलाई भन्यो : बैंकमार्फत मात्र खर्च गर्नू
२० वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ ।
मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।
आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था छ । जहाँ उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्न बैङ्क वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ ।
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने लगायतका व्यवस्था निर्वाचन आचारसंहितामा छ ।
२५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने प्रावधान आचारसंहितामा छ ।
त्यस्तै खर्चको विवरण तथा बिल भर्पाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्ने लगायतका व्यवस्था पनि छ ।
हेलिकप्टरबाट बिउ छर्छु र सिँचाइ गर्छु भन्ने उम्मेदवार को हुन् ?
२० वैशाख, डोटी । ‘कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बिउ, छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ ।’
यो कुनै नाटक वा चलचित्रको स्क्रिप्ट होइन, ३० वैशाखमा हुने स्थानीय तहका उम्मेदवारको प्रतिवद्धता पत्र हो । जुन सामाजिक सञ्जालमा भाइरल छ ।
यो प्रतिबद्धता पत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीको हो ।
‘हर हर ठकुराठी, घर घर ठकुराठी’ को नारासहित पुतली चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका ठकुराठी सशस्त्र प्रहरी बलको अवकाशप्राप्त कर्मचारी हुन् । ‘२०५१ सालमा मैले प्रहरीमा जागिर सुरु गरेँ, त्यसपछि सशस्त्र प्रहरीमा गएँ’ ठकुराठी भन्छन् ‘सशस्त्र द्वन्द्वको क्रममा प्युठानमा आक्रमणमा पर्दा खुट्टामा गोली लाग्यो ।’
उनले ८ वर्षअघि सशस्त्र प्रहरी बलबाट अवकाश लिएका थिए । अशक्तताकै अवस्थामा सशस्त्र प्रहरी बलले उनलाई सञ्चार सम्बन्धी तीन महिने तालिम दियो । उनी भन्छन् ‘मेरो तालिम प्रमाण पत्रमा इन्जिनियर खडक ठकुराठी लेखेको छ, म इन्जिनियरिङ पठाइ गरेको मान्छे होइन ।’
४४ वर्षीय ठकुराठी हाल डडेल्धुरा जिल्ला सदरमुकाममा इलेक्ट्रोनिक्स सामान मर्मतको काम गर्छन् ।
प्रतिबद्धता पत्रमा उनले हेलिकप्टरबाट बिउ छर्ने र सिँचाइ गर्ने कुरा मात्रै गरेका छैनन्, गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा नदी महाकालीमा चार वर्षभित्र नेपाली झण्डाबाहक पानी जहाज चलाउनेसमेत उल्लेख गरेका छन् ।
जनतालाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई तीन सय ६५ दिन नै दशैं मनाउने वातावरण मिलाउने, गाई, भैंसी तथा बाख्रालाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउने, टप्वाको डाँडादेखि भागेश्वरको मन्दिरसम्म केबुलकार चलाउने उनको घोषणा छ ।
गाउँपालिकालाई दुई वर्षभित्रमा नगरपालिका घोषणा गर्ने र बेरोजगार युवालाई भत्ताका साथै सीपमूलक तालिम प्रदान गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
पढ्दा र सुन्दा ‘हावादारी गफ’ लागेका यी प्रतिबद्धता सबै पूरा गर्न सक्ने ठकुराठीको दाबी छ ।
‘हेलिकप्टरबाट बिउ छर्ने भनेको खेतबारीमा धान, गहुँ, मकैको बिउ छर्ने भनेको होइन’ उनी स्पष्ट पार्दै भन्छन् ‘नाङ्गा डाँडामा सिजन अनुसार बोटबिरुवाको बिउ छरेर डाँडाहरुलाई हरियाली बनाउने भनेको हुँ ।’
उनी बिउ छर्ने काम पनि आफूले नगर्ने बताउँछन् । भन्छन्, ‘मैले गर्ने होइन, राज्यले गर्ने हो ।’
– साभार (अनलाइन खबर)
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा