२०८३ असार ९ मंगलवार

पोखरा ८ मा एमाले उम्मेदवारको मतदाता भेटघाट अभियान जारी !!

नेकपा एमाले पोेखरा ८ ले वडाका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ ।  उम्मेदवारहरुसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितीमा वडाका विभिन्न टोलमा मतदाता भेटघाट गरिएको हो ।पुर्ब स्वस्थ मन्त्री ,गृहमन्त्री मननिय खगराज अधिकारी को उपस्तिथिति रहेको थियो उहाँले उम्मेदवारहरु लाइ शुभकामना दिनुभएको थियो।

घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जीतको शुभकामना दिए । बिहान ७ बजेदेखि सुरु गरिएको भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

पोखरा–८ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा रुद्र नाथ बराल, खुला महिला सदस्यमा पबित्रा के सि, दलित महिला सदस्यमा लक्ष्मी बि क, खुला सदस्यमा गोविन्द बराल र हिराकाजि श्रेष्ठ रहेका छन् ।

नेकपा एमाले पोखरा १८ सराङ्कोट मा उम्मेदवार परिच्यात्मक तथा आमसभा सम्पन्न

पोखरा १८ सराङ्कोट मा उम्मेदवार परिच्यात्मक तथा आमसभा सम्पन्न भएको छ ।निर्वाचन परिचालन कमिटी का सयोजक अरुण थापा को सयोजकत्वमा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती नेकपा एमाले का पोलिट्ब्युरो सदस्य माननीय जगत ब बि क महनगर मेयर पद्क उम्मेदवार कृष्ण थापा उपमेयर पदका उम्मेदवार मन्जुदेबी गुरुङ लगायत प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सिना जिल्ला सदस्य नगरकमिटि सदस्यहरु लगायत अग्रज र सराङ्कोट्बासिको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम लाई प्रमुख अथिती जगत बि क अथिती हरु कृष्ण थापा मन्जुदेबी गुरुङ रण ब थापा लक्षमण तिमिल्सिना महिला नेत्री भोजकुमारी थापा समाजसेबी प्रेम ब थापा चिन्तामणी तिमिल्सिना रुद्र तिमिल्सिना लगायत ले सम्बोधन गर्नुभएको थियोे स्वागत मन्तब्य सहसयोजक रामचन्द्र शर्मा ले गर्नुभएको थियो भने समापन सयोजक अरुण थापाले गरेको उक्त कार्यक्रम सन्चालन पार्टी सचिव तथा सहसयोजक शालिकराम तिमिल्सिना ले गरेका थिए ।

निर्वाचन आयोगद्वारा स्थापितलाई स्पष्टिकरण ।

काठमाण्डाै – नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ । 
काठमाण्डाैकाे एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘स्थापितलाई तपाईँले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो’, अर्यालले भन्नुभयाे । 
आयाेगले स्थापितसँगै महिला पुनर्स्थापना केन्द्र (ओरेक) सहित ४५ वटा संस्था र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोधेको छ । ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उहाँले बताउनुभयो ।
नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रमा आफूलाई लागेको ‘मीटू’ आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि खनिनुभएको थियो । त्यसपछि पनि उहाँले आफ्ना प्रतिस्पर्धी बालेन शाहमाथि अभिव्यक्ति दिएकोबारे पनि निकै आलोचना भएको थियो । ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रसय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो । 

तेजेंद्र बिक्रम मल्लको अध्यक्षतामा ओएनफ वेस्टर्न अष्ट्रेलिया कमिटी गठन ।

तेजेंद्र बिक्रम मल्लको अध्यक्षतामा ओएनफ डब्लुए गठन

प्रवासी नेपाली मञ्च ‘ONF’ को पश्चिम अस्ट्रेलिया स्तरिय भेला यहि आइतबार मे १ तारिकका दिन भब्यताका साथ सम्पन्न भएको छ । उक्त भेलाले तेजेंद्र बिक्रम मल्लको अध्यक्षतामा १९ सदस्यिय प्रवासी नेपाली मञ्च, पश्चिम अस्ट्रेलिया गठन गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिब रमेश पान्डे ज्युको प्रमुख आतिथ्यता मा सम्पन्न भेलामा ओएनफ अस्ट्रेलिया अध्यक्ष केशब जोशी, ओएनफ अस्ट्रेलिया सचिव शिशिर नेपाल एवं ओएनफ अस्ट्रेलिया आर्थिक बिभाग प्रमुख राम घिमिरे ज्यु बिशेश अतिथिको रुपमा पाल्नुभएको थियो ।

आफू जहाँ गएपनी बिचार संगै जाने र बिचार कहिल्यै नमर्ने भन्दै मुख्य अतिथि रमेश पान्डे ज्यु लगायत सम्पुर्ण अतिथिज्युहरुले नव निर्वाचित कमिटि लाइ बधाई दिदै संगठनमा एक्यवद्धता जनाउदै समाजमा अग्रसर भएर सामजिक काम गर्न र कसैको जिवनमा सकारात्मक परिवर्तन सहितको सेवामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

होमनाथ निरौला ज्युले संचालक गर्नुभएको उक्त भेलाको सभापतित्व पर्थका अग्रज भैरब ढकाल ज्युले गर्नु भएको थियो ।

जहाँ स्वागत मन्तव्य ओएनएफ अष्ट्रेलियाका नेता मधु पन्थीज्युले राख्नुभएको थियो भने माधब ढुङाना ज्युले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

भेलाले चयन गरेको नवनिर्बाचित १९ सदस्यिय प्रवासी नेपाली मंच, पश्चिम अस्ट्रेलियाको
अध्यक्ष- तेजेंद्र बिक्रम मल्ल
उपाध्यक्ष- गुनाखर सुबेदी ‘दिपक’
सचिब- गोपाल घिमिरे
सह सचिव- याम पन्थी

सदस्यहरु
यम केसि
राजन घिमिरे
मुक्ति सिम्खडा
प्रदिप न्यौपाने
प्रकाश घिसिङ
अनिल भुसाल
हिमाल राना
दिलिप पान्डे
बिक्रम रेग्मि
बिबेक नेपाल
कृस्टी उप्रेती
बांकि ४ सदस्य पछि थपिने

नवनिर्बाचित ९ सदस्यिय सल्लाहकार समिति
भैरब ढकाल
मधु पन्थी
अग्निधर भन्डारी
माधब ढुङाना
कृष्णमान श्रेष्ठ
शेखर घिमिरे
सबिन आचार्य

बांकि २ सदस्य पछि थपिने गरिने गरी निर्णय गरीएको छ ।

भोटेकोशिमा कांग्रेसका उम्मेदवार, गाईको मासु बेच्ने देखी ज्यान मार्ने उधोग सम्म ।

काठमाडौं ।

नेपाली काँग्रेसले भोटेकोशी गाउँपालिका लागि अध्यक्षको उम्मेदवार बनाएका व्यक्ति अबैध धन्दामा लाग्ने गरेको खुलासा भएको छ । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ निकासी गर्ने आरोप लागेका पासाङनुर्पू शेर्पा ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति हुन् ।

रहस्यमय ढंगले आर्थिक उपार्जन गरेका उनलाई २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएको आरोप छ । सोही अभियोगमा उनी पक्राउ परेका थिए । २०७५ कात्तिमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का लामाबिरुद्ध काठमाण्डौंको बौद्धमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

भारततर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले शेर्पालाई पक्राउ गरेको थियो । सो बेला आर्थिक चलखेलका आधारमा थुनामुक्त भएका थिए । बौद्ध प्रहरी कार्यालयका तत्कालिन डिएसपी नरेन्द्र चन्दले शेर्पाको अपराधमा संलग्नता भएको जिकिर गरेका थिए । नेपाली काँग्रेसका नेताको भनसुनमा प्रहरी थुना बाट मुक्त भएका उनी त्यही बेलादेखि काँग्रेसका सम्पर्कमा आएको उनका नजिकका साथीहरु बताउँछन् ।

उनले अबैधरुपमा आर्जन गरेको सम्पत्तिले काँग्रेस सभापति शेरवहादुर देउवादेखि काँग्रेस सिन्धुपाल्चोकका नेता मोहन बस्नेतसम्मलाई प्रभावमा पारेर टिकट हात पारेको भोटेकोशीका काँग्रेसी नै बताउँछन् । उनले टिकट पाउनासाथ धेरै काँग्रेस कार्यकर्ताले पार्टी छोडेका छन् ।

फरार अवस्थामा रहेका शेर्पाका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ,दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ ।

सुरुमा बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका लामाको टोलीले गोरुको मासु,वाँदरको गिदी,गैडाको खाग,हात्तीको दारा,कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । उनीहरुले काठमाडौंको नख्खु नजिक चाईना लङ फूड नामको कम्पनी सञ्चालन गरेर अबैध काम गरेको उनीहरुका निकटहरु बताउँछन् ।

यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ । उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । त्यसोत चीन बिरोधी बिवादास्पद धर्म गुरुको आडमा पनि लामाले अबैध काम गर्ने गरेका बताईन्छ ।

– जनप्रशासन खबर बाट साभार ।

सिड़नीमा RSNA ले “म भित्रको म” आत्म-वृतान्त पुस्तक बिमोचन गर्दै ।

रुपन्देहि सामाजिक सन्जाल अष्ट्रेलियाको कला-संस्कृति तथा साहित्यिक समन्वय समिति (RSNA) को आयोजनमा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको बिमोचन गर्ने भएको छ ।

यहि आऊदो शनिबार मे ७ तारिक अपरान्ह ३ बजे देखी ५ बजे सम्म ARNCLIFFE COMMUNITY CENTRE INCORPORAITING COROMATION AND ELIZABETH HALLS मा आयोजना हुन गइरहेको छ साथै सो बिमोचन एवं विश्लेषणात्मक अन्तरकृया कार्यक्रममा सिड्नी निवासी सम्पुर्ण साहित्य प्रेमी श्रस्टा पाठकवृन्द एबम् सर्जकलाई आरएसएनए अस्टे्लियाका कला संस्कृति तथा साहित्यिक समन्वय समितिका संयोजक सुचना पाण्डे ज्यू ले सबैलाई उपस्थिति भईदिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ।

यो आत्मवृतान्त शात्तलाल मुल्मीले लेख्नु भएको हो उहाँ नेपालका प्रतिस्ठीत सामाजिक र मानव अधिकारका अभियन्ताका रुप चिरपरिचित हुनु हुन्छ।वहाँको बिगतको चार दशक भन्दा बढी नेपालका गैर सरकारी संस्थाहरुको संगठन, बिकास र बिस्तारमा उहाँको उल्लेखनिय योगदान रहेको छ ।

मुल्मीले ८० को दशकमा बेलायतको दातृसंस्था OXFAM को नेपाल स्थित प्रतिनीधीको रुपमा समेत काम गरिसक्नु भएको छ ।

वहाँले गैरसरकारी महासंघको महासचिवमा रहि एक दशक सम्म संस्थाको विकास मात्र नभएर यसको स्वतन्त्रता र स्वायत्तताका लागि सशक्त आवाज उठाइ रहनु भयो। आज यो महासंघ देशका ८ हजार बन्दा बढी संस्थाहरुको छाता संगठन भएको छ।

उहाँले सूर्ती नियन्त्रण लागि दिनु भएको योगदानको कदर स्वरुप विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय पुरस्कार पाउने नेपालको दोश्रो व्यक्ति हुन पनी सफल हुनु भएको थियो ।

हाल उहाँ बिभीन्न संघ-संस्था मा आवद्ध रही नेपाल सरकारको सामाजिक सेवा परिषदको सल्लाहकार सदस्य मा रही आफ्नो क्षेत्रमा क्रियाशिल समेत हुनु हुन्छ।

यो पुस्तक उहाँले हाल सम्म गर्नुभएको आफ्नो जिवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गरिएको छ उहाको अष्ट्रेलिया को भिजिट को क्रममा सो पुस्तक बिमोचन गर्न थालिएको आरएसएनए अष्ट्रेलिया अध्यक्ष मुक्तिराम पोखरेलले बिश्वपाटि लाई जानकारी गराउनु भयो ।

यस अघी संस्थाले बिभिन्न सामाजिक एवं नेपाली समुदायको हक़ र हित अनी भेटघाट गर्ने संगै रचनात्मक अनी सृजनात्मक कार्यक्रमहरू गर्दै आएको छ । गत महीनामा सिड़नीमा करिब ५०० जनाको उपस्थितिमा बृहत् बारबिक्यु कार्यक्रमको आयोजना समेत गरेको थियो जसमा राज मन्त्री प्रमुख अतिथि रहेका थिए ।

“आमा”

सायद कर्म यस्तै थियो
भिकाको बेला तिम्रै काख प्यारो थियो,
म रोएको बेला तिम्रै हात प्यारो थियो
ती यादहरु निकै न्यानो थियो !

आफू लडेउ मलाई हिँड्न सिकायौ
सही के?गलत के?तिम्ले सिकायौ,
मलाई नयाँ लुगा तिम्ले त्यही सिकायौ
मेरो पेट भरि आफू भोकै निदायौँ!!

मनमा मूल फुटेनि ओठमा हाँसो देखायौं
मेरो भविष्य बिग्रन छ भनी हात समाई लेख्न सिकायौ,
हर बखत मात्र पीडा लुकायौ
मलाई चिसो लाग्छ खाटमा आफू भुइँमा निदायौं!!

तर दुःख बुझिन मन लागेन लेख्न
म भएँ साथी भाई संग बेस्त,
बुझिन तिम्रो मनको भाव
तिम्ले जति गरे पनि बेख्त!!!

ट्यापे गजेडी भएँ म समाज को
तिम्लाई मुख देखाउने धरी लाज भो,
भविष्य पुरै विनास भो
तर छोडेनौं मेरो साथ त्यो!!

सायद यही नै होला आमा को ममता
भनेर सक्किन तिम्रो पीडा लुकाउने क्षमता
सायद यही नै होला आमा को अर्थ
सन्तानको को जिन्दगी बनाऊ आफ्नो जीवन गर्छन् समर्थ ,
ढाँटेको छैन अनी बनाएको होइन बाहाना
गाली र स्नेह दुवै थियो तिम्रो मायामा!!
मेरी आमा मन देखिनै भन्छु
“आमा दिवस को सुभकामना”

स्थानिय तहको चुनाव र बालबालिका !!

स्थानिय तहको चुनाव र बालबालिका

रमेश सुबेदी
नेपालमा स्थानिय निकाय निर्वाचन यहि २०७९ बैशाख ३० गते हुन गैरहेको छ । निर्वाचन आयोगले यस बिषयमा सबै जसो पुर्व तयारी पुरा भैसकेको बताएको छ, साना ठुला राजनीतिक दलहरु आफ्नो चुनावी अभियानमा जनता माझ बिगतको चुनाव पछिका राम्रा काम र गर्नु पर्ने कामको योजना सहित होमिइसकेका छन । गाउँ शहरमा चुनावी सरगर्मी तातेको छ। यतिखेर मतदाताहरु पार्टी र दल भन्दा पनि जनताको बिचमा भिजेको स्थानिय सुख दुःखमा काम लाग्ने गाँउमै बस्ने खालको लोकप्रिय उमेदवारलाई रोज्ने र उसैलाई जिताउने एक किसिमको निश्कर्षमा पुग्नको लागी व्यापक छलफलमा जुटिइरहेका छन ।
नेपाली नागरिकहरूको दबाब र अभियान पश्चात २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सप्पन्न भैइ ५ बर्ष जनताका प्रतिनिधिले शासन गरे,यो ५ बर्सको अबधि बैशाखमा सकिदै छ र पुनः बैशाख ३० गते स्थानीय तहको निर्बाचन देसै भर एकै चरणमा सप्पन्न हुँदै छ । स्थानीय तहको निर्वाचन धेरै दृष्टिकोणबाट नेपाली नागरिकहरूका लागि महत्वपूर्ण भएको छ थोरै भए पनि सिंहदरबार घर घरमा आएको अनुभुत केहि हद सम्म जनताले गरेका छन यो सकारात्मक पक्ष हो । यो निर्वाचन नेपालको नयाँ संविधान र बदलिएको राज्य संरचना पछिको दोस्रो स्थानीय निर्वाचन हो । अधिकतम विकेन्द्रीकरणको नीति अन्तर्गत स्थापित स्थानीय तहहरूले नै बालबालिका, महिला र श्रमिकहरूको सवाललाई सम्बोधन गर्ने अख्तियारी पाएको हुँदा गर्न बाकी रहेका कार्यहरूलाई निरन्तरता दिदै पुरा गर्न यो निर्वाचन हाम्रो लागि अझ महत्वपूर्ण रहेको छ । त्यसैगरी यो निर्वाचन विद्यमान संविधानका बारेमा रहेका असन्तुष्टीहरूका कारण संवेदनशील भएको सन्दर्भमा यसमा बालबालिकाको दुरुपयोग, शोषण, हिंसा र उनीहरूको संरक्षणको सवाल अझ टड्कारो बनेको छ ।
नेपाली बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, सहभागिता र संरक्षणका सन्दर्भमा नेपालको संविधान र नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय महासन्धिहरूमा भएका व्यवस्थाहरूको व्यवहारिक कार्यान्वयन गर्न स्थानीय तहको सरकार प्रमुख जिम्मेवार रहनुपर्दछ । तसर्थ आफ्नो स्थानीयतहलाई बालमैत्री, बालअधिकार सुरक्षित क्षेत्रको रूपमा विकास गर्दै सिङ्गो नेपाललाई नै बालअधिकार सुनिश्चित र बालमैत्री राष्ट्रको रूपमा विकास गर्न हामी निर्वाचनमा सहभागी हुने राजनीतिकदल, उम्मेदवारहरू तथा निर्वाचनको व्यवस्थापन गर्ने निर्वाचन आयोगसँग अनुरोध गर्दछौं । हाम्रो देशका राजनैतिकदलले जे प्रतिवद्धता गर्दछन् त्यसको कमैमात्रामा कार्यान्वयन गर्ने गरेका छन् ।
बालबालिकाको हकमा पनि कुनै त्यस्तो राजनैतिक दल छैन जसले बालबालिकाको वकालत नगरेको । राजनैतिक रुपमा कुनै पनि दलले बालबालिकालार्ई प्रयोग गर्ने कुरा स्विकादैनन् । तर व्यवारमा तिनले कलिला बालबालिकालाई राजनैतिक अभिष्ट पुरा गर्न प्रयोग गरेका छन् । अहिले सम्मको अनुभवमा राजनैतिक दलहरुले बालबालिकालाई चुनावी गतिविधिमा पोष्टर टाँस्न, पर्चा बाँड्न, पम्प्लेट ओसार पसार गर्न, बालबालिकालाई प्रयोग गर्ने गररेको पाइएको छ । कति सम्म भने विद्यालयको पठनपाठन बन्द गरेर दलको प्रचार प्रसारको लगेको नजिर पनि यथावतै रहेको छ,त्यो अवस्था यो निर्बाचनमा नदोहोरियोस । कतिपय ठाउमा दोहोरो झडपमा बालबालिका परेका छन् । चुनावमा सक्रिय र बहिस्कार दुबैखाले दलहरुले बालबालिकाको सुरक्षा र तिनको अधिकार सुनिश्चत गर्ने सवालमा असंवेदनशिल देखिनु दुर्भाग्य हो ।
राजनीतिक दलकाकोण सभा गर्न, झण्डा बोक्न, –याली जुलुस घर दैलो कार्यक्रम गर्न बालबालिकाको आफै अग्रसर हुने र लगाउने गरिएको छ । चुनावको आचार संहिताले पनि बालबालिकालाई प्रयोग गर्न बन्देज गरेको छ । चुनावमा बालबालिकाको प्रयोग गर्दा त्यसले एकातिर उनिहरुको सुरक्षा जोखिम बढाउंछ भने अर्को तर्फ उनिहरुको मनोवैज्ञानिक त्रासको सृजना गर्दछ । राजनैतिक दलले यो संवेदनशिलतालाई बुझि स्थानिय निकाय निर्वाचनमा बालबालिकालाई पुर्णतः प्रयोगमा बन्देज लगाउन अनुरोध गर्दछौं । हुनत बालअधिकारका जति नै ठुला भाषण गरेपनि जव जव आम सभा हुन लाग्छ वा थाल्छ बालबालिकाहरु सबैभन्दा अगाडी रो मा बस्न पुगेका हामीले नदेखेका होइनौं । तर यसो भन्दैमा उनिहरुको वालापनको दुरुपयोग पनि गर्न पाइदैन् । विद्यालयमा निर्वाचनको आचारसंहिता विपरित कार्यक्रम गर्न नपाउने व्यवस्था भए पनि यसको बिगतका दिनहरुमा पालन भएको छैन ।
बालबालिकाहरु अवोध हुन्छन् । उनिहरुले आफ्नो आवाज आफै राख्न सक्दैनन् । झण्डै आधा जनसंख्या प्रत्यक्ष निर्वाचनमा बिमुख रहेका छन् । तिनको अवस्थामा अव राजनैतिक दलले आफ्नो चुनावी घोषणा पत्रमा बालअधिकारका बिषयलाई विशेष प्रकारले संवोधन गरिनु पर्दछ अन्यथा त्यस्ता राजनैतिक दल गैर जिम्मेवार ठहरिनेछन् । बालबालिकालाई जुलुसमा, आमसभामा लानसके तिनिहिरु मार्फत अविभावक लाई सचेत पार्न सक्छन् भनेर पनि केहि दलहरुले प्रयोग गरेको यदा कदा देखिएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ जारी गरेको छ । सो आचार संहिता अनुसार बालबालिकाको पक्षमा निम्न विषयहरु समेटिएका छन् ।
१) परिच्छेद २ को ग अनुसार कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धि भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुने
२) परिच्छेद २ को छ अनुसार १८ वर्ष पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने
३) परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न नपाउने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुने
४) शिक्षकहरुले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन नपाइने, मत माग्न पनि नपाइने
५) परिच्छेद ३ को ११ अनुसार गैरसरकारी संस्थाका पदाधिकारी, कार्यरत कर्मचारीहरुले दलगत पक्षधरता लिन नपाइने, सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न, दलगत पक्ष धरता लिन नपाइने
६) परिच्छेद ४ को ट अनुसार राजनीतिक दल, उम्मेदवार, वा दलका भातृसंगठनले १८ वर्ष पुरा नभएका बालबालिकालाई चुनावी प्रचार प्रसार धर्ना जुलुस आम सभामा प्रयोग गर्न नपाइने।
नेपालको संविधान २०७२ अनुसार बालबालिकाको सर्वोत्तम हितलाई विशेष ध्यान दिइयोस । निर्वाचन पुर्व निर्वाचनको दिन निर्वाचन पछि समेत प्रचार प्रसारमा बालबालिकाहरुको प्रयोग नर्गन अनुरोध गर्दछौं । विद्यालयलाई सबै जसो राजनैतिक दलहरुले शान्ति क्षेत्रको रुपमा लिइनुपर्दछ भनेर हस्ताक्षर समेत गरिसकेको अवस्था रहेको छ त्यसको कार्यन्वयन होस ।
राजनीतिक दलहरूको प्रतिबद्धतामा गरिएको अपेक्षा ः
आफ्नो निर्बाचन क्षेत्र भित्र अस्थायी वा स्थायी बसोबास गर्ने सबै बालबालिकाको जन्म दर्ताको सुनिश्चितता । ३ देखि ५ वर्ष भित्रका बालबालिकालाई उपयुक्त हेरचाह तथा सिकाइ अवसर प्रदानगर्न स्थानीयतहमा पर्याप्त प्रारम्भिक बाल विकास केन्द्रको स्थापना र सञ्चालन । अस्थायी वा स्थायी बसोबास गर्ने सबै बालबालिकाले नदोहोरिने गरी नेपाल सरकारबाट उपलब्धहुने सामाजिक सुरक्षाका सुविधाहरू प्राप्तगर्न सक्ने व्यवस्था । स्थानीय तहमा बालबालिका लक्षित शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितासँग सम्बन्धित कार्यक्रमहरूको लागि नियमित बजेट विनियोजन सहितको आवधिक योजना निर्माण र लागु गरिने सुनिश्चित्ता ।
व्यवसाय, उद्योग कलकारखाना तथा निजी घर, खेत आदिमा बालश्रमको प्रयोग पूर्णतया निषेध गरिने व्यवस्था । बाबुआमा गुमाएका बालबालिकाहरू, जोखिममा रहेका बालबालिकाहरूका लागि वैकल्पिक परिवारिक स्याहार तथा सामाजिक सुरक्षा उपलब्ध गराइने व्यवस्था र अपाङ्गता भएका बालबालिकाहरुको लागी दिवा सेबा केन्द्र संचालन गर्ने व्यबस्था । आफ्नो क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर, प्रविधि मैत्री र मानवश्रोत साधनको अभिवृद्धि गर्दै कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था । स्थानीय संरचना तथा भौतिक पूर्वाधारहरू बालमैत्री, बालबालिकाको लागि सुरक्षित र अपाङ्गमैत्री हुने कुरा सुनिश्चित गरिने । स्थानीय विकास, नीति तथा योजना निर्माण र कार्यान्वयनका क्रममा गैससहरूलाई साझेदार तथा नागरिक अनुगमन र पैरबी कर्ताको रूपमा उपयुक्त स्थान र अवसर प्रदान गरिने सुनिश्चितता ।
गैससहरूलाई स्थानीय तहमा विकास, मानवअधिकार, समावेशीता, सामाजिक न्याय आदिका क्षेत्रमा सहजतापूर्वक कार्य गर्ने वातावरण्को सुनिश्चितता गरिने, झन्झटिलो प्रशासनिक प्रकृयालाई सुधार गरी सहज र गैसस मैत्री बनाउने सुनिश्चितता । सबै स्थानीयतहको योजना तथा नीति निर्माण तर्जुमामा बालबालिकाको सरोकारका बिषय र अर्थ पुर्ण सहभागिता , गाउँ तथा नगर बाल परिषदको व्यवस्था, बाल कल्याण अधिकारीको तत्काल नियुक्ति गर्नु पर्ने । बालबालिका विरुद्ध हुने हिंसा, श्रम शोषण एवं बेचबिखन नियन्त्रणका लागि निर्वाचित प्रतिनिधिको नेतृत्वमा तोकिएको कर्मचारी रहेको गाउ तथा नगर बाल संरक्षण समितिको व्यवस्था ।
निश्कर्षमा बालबालिका काचो माटो हुन,अवोध हुन, तिनिहरु आफ्नो अधिकार आफै माग्न सक्दैनन् । जो सुकैको लागि जहां सुकै पनि उपयोग हुन पनि सक्छन् । तिनको अधिकारको संरक्षण गर्ने दायित्व सरकारको हो, र हामी प्रौढको पनि हो । राज्यले यस विषयमा बिभिन्न अन्तराष्ट्रिय सन्धि अभीसन्धीहरुमा राज्य पक्ष भई हस्ताक्षर गरिसकेको अवस्था छ । बालबालिकाका अधिकारको प्रत्याभूत गर्ने भनेर नेपालमा बालबालिका सम्वन्धी ऐन २०७५ लागु गरिसकेको बेलामा यस किसिमका बिषयमा विशेष ध्यान दिन जरुरी छ । ५ वर्ष पछि हुन लागेको स्थानिय निकाय निर्वाचनमा राजनीतिक दलहरुबाट बालबालिकाको प्रयोग भए यसको विशेष अनुगमन हुनु पर्दछ र त्यस्ता राजनीतिक दलहरुलाइ आ आफ्नो प्रतिबद्धता अनुसारको गतिबिधि भए नभएको बारेमा खवरदार गर्ने काममा प्रसासन, निर्बाचन आयोग सचेत बन्नु पर्दछ। नागरीक समाजको तर्फबाट पनि सचेतना जगाउनु पर्दछ । सजाय ठुलो नहुन सक्छ तर राजनितिक दलबाट गरिएका प्रतिबद्धता र इमानदारीताको पालना महत्वपूर्ण हुनेछ ।
जय बालबालिका !

पान बहादुर जिसिद्वरा माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता !!

पान बहादुर जिसिद्वरा माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता !!

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)बाट बागी उम्मेदवारी दिनुभएका युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

गत वैशाख १२ गते गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पान बहादुर जिसीले आज लाहाचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उम्मेदवारी फिर्ता लिएपछि उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न आफ्नो पार्टी एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ ७० बर्षमा पनि पार्टीलाई जिताउन हिड्ने केपी ओली देख्दा मन मानेन । मैले निर्वाचन जितौला तर मेरो कारणले पार्टी हार्यो भने लाल गद्दार भएर समाजमा रहन पनि सक्ने परिस्थिति बन्दैन । त्यसैले उम्मेदवारी फिर्ता लिएको छु ।”

पान बहादुर जिसीको उम्मेदवारी फिर्ता गराउन राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी,नेकपा एमाले गण्डकी प्रदेश सचिब माधब बस्तोला,माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, नेकपा(एमाले)बाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका उम्मेदवार विक्रम गुरुङ, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य दिल्ली राम सुबेदि लगायले पहल गर्नुभएको थियो ।

जगन्नाथ पौडेलसँग डराएको सत्ता गठबन्धन!!

काठमाडौँ – भरतपुर महानगरपालिकाको बागी उम्मेदवार फिर्ता गराउने सत्ता गठबन्धनको प्रयास असफल भएसँगै चुनावी परिणामसम्मै भरतपुरले चर्चा पाउने भएको छ।
उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म प्रयास गर्दा पनि गठबन्धनले कांग्रेसको तर्फबाट बागी उम्मेदवार दिएका जगन्नाथ पौडेललाई पछि हटाउन सकेन।
उम्मेदवारी फिर्ता नलिएका पौडेललगायत कांग्रेसका सबै बागी उम्मेदवार पार्टीबाट स्वतः निष्कासित भएका छन्।
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले दबाब, प्रभाव र प्रलोभन देखाउँदासमेत पौडेल आफ्नो निर्णयमा अडिग बने। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले त उम्मेदवारी फिर्ता लिएर राष्ट्रियसभा सदस्य बन्नसमेत फकाएका थिए।
भरतपुर महानगरको प्रमुखको सिट माओवादी केन्द्रलाई दिएदेखि नै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले पार्टी सभापति देउवालाई भेटेर उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।
चितवन जिल्ला सभापतिसहित पुगेको टोलीलाई चुनावी तालमेलबारे पुनर्विचार गर्ने आश्वासन दिए पनि निर्णय गर्दा भने देउवाले उनीहरूको आग्रहलाई वेवास्ता गरे। स्थानीयस्तरमा छलफल र सल्लाह नै नगरी केन्द्रले गरेको चुनावी तालमेलको निर्णय भरतपुरका स्थानीय जनता, नेता र कार्यकर्ता सबैलाई मान्य हुन सकेन।
परिणास्वरुप गठबन्धनको चुनावी तालमेलको निर्णयसँगै सन्तुष्ट बन्न नसकेका कार्यकर्ताको समर्थनमा पौडेलले बागी उम्मेदवारी दिएका हुन्। बागी उम्मेदवारी दिएका पौडेल आफू जित्नेमा विश्वस्त छन्।
वडा तहमा कांग्रेसको राम्रो पकड भएको भन्दै जित्नेमा उनी ढुक्क छन्। बागी उम्मेदवार फिर्ता नलिने अडान लिएका पौडेलको राजनीतिप्रतिको प्रतिबद्धताको कांग्रेस नेता कार्यकर्ताले प्रशंसा पनि गरेका छन्। भरतपुर महानगरका २९ वटा वडामध्ये २० वटा वडा कांग्रेसले लिएको छ।
गठबन्धनले गरेको प्रलोभनदेखि पार्टीले गर्ने कारबाहीको समेत परबाह नगरी बागी उम्मेदवारीबाट पछि नहटेका उनलाई वास्तविक कांग्रेस कार्यकर्ता मान्नेहरू बढेका छन्।
यसले पनि भरतपुरमा उनका मतदाता थपिने सम्भावना छ। राष्ट्रियसभाका पूर्वसांसद र तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुखसमेत बनिसकेका उनको स्थानीय स्तरमा लोकप्रियता पनि छ। कांग्रेसमा आस्था राख्ने भरतपुरका अधिकांश कार्यकर्ताले मत दिने उनले दाबीसमेत गरेका छन् । पौडेलले दाबी गरेजस्तै उनी भरतपुरको मेयर नबने पनि सत्ता गठबन्धनलाई भने ठूलो धक्का लाग्ने देखिएको छ।
गठबन्धनको तर्फबाट महानगर प्रमुखको उम्मेदवारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहालले दिएकी छन्। पौडेलको बागी उम्मेदवारीले रेणुको भोट काटिएर एमालेलाई फाइदा हुन सक्ने भरतपुरका स्थानीयबासी बताउँछन्।
यस्तो नतिजा आउन सक्ने त्रासले गठबन्धनले पौडेललाई उम्मेदवारी फिर्ता लिन भनेको थियो। पौडेलले भने आफू सामान्य नागरिकको हैसियतले उम्मेदवारी दिएको भन्दै आफूसँग नतर्सिन आग्रह गरेका छन्।
देशभरका ६ वटा महानगरमध्ये सत्ता गठबन्धनको चुनावी तालमेलमा माओवादी केन्द्रको भागमा परेको एउटा मात्रै महानगर प्रमुखमा विवाद भएपछि गठबन्धनमा थप किचलो हुने विश्लेषण सुरु हुन थालेको छ।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले स्थानीय तहको चुनावका लागि भएको तालमेल स्थानीय तहसम्म मात्रै सीमित रहने बताएका छन्। उनले देश सञ्चारसँग भने, ‘भरतपुर महानगरपालिकामा बागी उम्मेदवार पछि नहट्दा एमालेलाई फाइदा हुन्छ। कसले कति मतले जित्छ वा हार्छ त्यो मतपरिणाम चुनावपछि नै देखिन्छ तर सत्ता गठबन्धनको उम्मेदवारमाथि नै बागी परेपछि विपक्षीलाई फाइदा पुग्छ।’
गठबन्धनकै कारण शेरबहादुर देउवा नेतृत्वको सरकार सम्भव भएको भन्दै स्थानीय तहको चुनावी तालमेलमा किचलो आउन नहुने उनको बुझाइ छ। यसले प्रदेश र संघको चुनावलाई पनि प्रभाव पार्ने उनले बताए।
चितवन जिल्लाभर ३ लाख ९५ हजार ६ सय ८५ मतदाता छन् भने भरतपुर महानगरपालिकामा मात्रै १ लाख ८५ हजार ७ सय ५२ जनाले मत दिँदै छन्।
बागी उम्मेदवारबाट टसको मस नभएका पौडेलले महानगर प्रमुखको बाजी मार्छन् भने निश्चित नभए पनि गठबन्धनको समर्थनले अघि बढाएको उम्मेदवारलाई ठूलै धक्का पार्ने भन्ने पक्का छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय